नारीचुली – देवी शर्मा – प्रेमा शाह – वानीरा गिरी – मीरा प्रधान रेम – भुवन ढुङ्गाना – माया ठकुरी – कुन्ता शर्मा – शान्ति छेत्री – बेन्जु शर्मा – तोया गुरmङ – पद्मावती सिंह – उषा ठाकुर –

By | March 28, 2010

देवी शर्मा

सिमसिमे पानी परी भिजि गयो तन
कैलेसम्म पर्खी बसू‘ तिमी आपै‘m भन ।
देवी शर्माले फाट्टफुट्ट गीतिकविताको आविष्कार गरे तापनि उनी समालोचनाका फाँटमा स्थापित छिन् । सक्रिय रूपमा यिनको समीक्षात्मक अभिव्यक्ति २०३५ सालदेखि आरम्भ भएको थियो । क्याम्पसमा नेपाली भाषासाहित्य पढाउँदापढाउँदै उनले समालोचनाको फाँटमा कलम चलाइन् । त्यही परिवेश विकसित भएर उनी समालोचनाका क्षेत्रमा चिनिइन् । साहित्यसृजनाको हिसाब गर्दा उनले २०१५ सालमा पहिलोचोटि आफ्नो कविता जनसमक्ष पाठ गरेकी थिइन् ।
प्रकाशनको हिसाबको कुरा गर्ने हो भने २०२६ सालमा ‘तर्क’ साप्ताहिकमा देवी शर्माको पहिलो कविता प्रकाशनमा आएको थियो; अनि त्यस कविताको शीर्षक थियो ‘सहू र सम्हालिऊ’ । त्यसपछि उनी साहित्यरचनामा लागिरहिन् । उनको आराधनाले उनी नेपाली साहित्यमा परिचित भइन् । उनले जति निबन्ध लेखे तापनि र जति कविता कोरे तापनि उनको लेखनीको प्रमुख विधाचाहिँ समालोचना नै भयो । उनको नाउँ कवयित्रीभन्दा समालोचककै हिसाबमा गणना भयो; किनभने उनीद्वारा रचित कविताले त्यति विराट्स्वरूप प्राप्त गर्न सकेनन्; तर समालोचनाका फाँटमा चाहिँ उनी निक्कै चर्चित पनि बनिन् ।

साहित्यरचनाका अतिरिक्त देवी शर्मा साहित्यिक सङ्गठनमा पनि क्रियाशील छिन् । वाङ्मयसँग आबद्ध संस्थाहरू स्थापना गर्नेदेखि हुर्काउनेसम्ममा यिनको विशेष योगदान रहेको पाइन्छ । यस क्रममा उनी भैरव पुरस्कार गुठीकी कोषाध्यक्ष, नेपाली नारीसाहित्य सङ्घ, नेपाली नारी साहित्य सेवा केन्द्र र छिन्नलता पुरस्कार गुठीकी सदस्य रहिन् ।
देवीले शिशुकालदेखि नै दुक्ख पाइन् । एकपछि अर्को दुक्खका घटनाले उनलाई फस्टाउन पनि गाह्रो भइरह्यो । घरको साँघुरो आर्थिक अवस्थाका कारण उनले स्कुल गएर सहज रूपमा पढ्ने वातावरण पनि पाएकी थिइनन् । तर पनि आमाबाट यिनले ठूलो वर्णमाला पढ्न आरम्भ गरेकी थिइन् । आमाले नै यिनलाई घरधन्दादेखि पढाइसम्मका लागि घोट्ने गर्थिन् ।
घरको दयनीय आर्थिक अवस्थाका कारण देवीले बिहानबेलुका घर र घरबाहिरका काम गर्ने गर्थिन् । त्यही रीतले उनले पढिरहिन् । घरको आर्थिक अवस्था कमजोर भए तापनि उनले भोकतिर्खा बिर्सिएर पढाइलाई नै प्राथमिकता दिइरहिन् । आफ्नो सग्लो मिहिनेतका कारण उनले कक्षा तीनदेखि पशुपति मित्र हाईस्कुलमा पढिरहिन् र त्यही स्कुलबाट २० वर्षको उमेरमा यिनले एस. एल. सी. परीक्षा पास गरिन् । त्यसपछि पनि उनलाई पढ्न जाँगर चलिरह्यो । उनी काम गर्दै आई. ए. पढ्न थालिन् । उनले नेशनल कलेजबाट आई. ए. र बी. ए. पनि पास गरिन् । त्यति बेला यिनको सपना बिपना नै पढाइ मात्रै थियो । खुरुखुरु पढ्दै जाँदा यिनले २०२६ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एम. ए. उत्तीर्ण गरिन् । त्यो उनको जीवनको शिखर उपलब्धिको क्षण थियो ।
देवी शर्माको पूर्व जीवनलाई हेर्दा उनले एस.एल.सी. पास गरेपछि ट्युसन पढाउन थालिन् । त्यसपछि उनले समयसमयमा स्कुलमा पनि पढाइन् । केही समय उनी श्री ५ को सरकारको अस्थायी खरिदार पनि भइन् । साथै यिनले केही वर्ष रेडियो नेपालमा पनि जागिर खाइन् र त्यहाँ उनको प्रमुख काम कार्यक्रम उद्घोषण गर्ने थियो ।
देवीले एम.ए.पास भएपछि भने त्रिभुवन विश्वविद्यालयअन्तर्गत सहायक प्राध्यापकमा परीक्षा दिएकी थिइन् । त्यसमा उनी पास भइन् । त्यसपछि यिनले पद्मकन्या कलेजमा पढाउन थालिन् । २५ वर्ष सेवा गरेपछि उनले स्वास्थ्यका कारण त्यहाँबाट अवकाश लिइन् । त्यतिन्जेलसम्ममा उनी त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पनि भइसकेकी थिइन् । क्याम्पसमा पढाइन्जेल उनले साहित्यरचनामा पनि आपूmलाई लगाइरहिन् । उनले खास गरेर नारीस्रष्टाहरूकै बढी समीक्षा लेखिन् । समालोचनाको मात्रै कुरा गर्ने हो भने विभिन्न पत्रपत्रिकामा यिनका आधा सयजति समालोचनात्मक लेखहरू प्रकाशनमा आए । उनको समालोचनात्मक कृति पनि प्रकाशित भएको छ— ‘शोध र समीक्षा’ (२०४५) । यस कृतिबाट उनी यस क्षेत्रमा निकै चर्चित भइन् । उनी समालोचनामा डुबेपछि स्रष्टाको मुख हेर्दिनन् सृष्टिको मात्रै मुख हेर्छिन् ।
देवीको सृजनात्मक व्यक्तित्वको अर्को पाटो निबन्धकारिता हो । आफ्ना निबन्धहरूमा पनि उनी नारीचरित्रकै व्याख्या, विश्लेषण र चिन्तनमा लागिपरेकी छन् । उनीद्वारा लिखित हालसम्मका निबन्धरचनाको गणना गर्ने हो भने तिनको सङ्ख्या पनि झन्नै आधा सय पुगेको पाइन्छ । साथै यिनले सृजना गरेका ती सबै निबन्धहरू विभिन्न पत्रपत्रिकामा छापिएका छन् । ‘जनसंवाद’ साप्ताहिकमा स्तम्भकार हुँदा उनीद्वारा ती निबन्धहरूको आविष्कार भएको पाइन्छ । पत्रिकामा लेख्न थालेपछि गुणात्मकताका अनुपातमा सङ्ख्यात्मक हिसाबले यिनका निबन्धहरू प्रस्तुत भए ।
देवी शर्माले कवितामा पनि आपूmलाई परिचित गराएकी छिन् । उनका कविताको कृति ‘कटुसका पूmलहरू’ (२०६१) प्रकाशित भएको छ । खास गरेर छन्दोबद्ध शास्त्रीय कवितारचनामा उनको रुचि रहेको पाइन्छ । साहित्यरचनाको मूल्याङ्कन गर्दा यिनका कविताभन्दा निबन्ध माथिल्लो कोटिका हुन्छन् र निबन्धभन्दा समालोचना उच्चकोटिका देखिन्छन् ।
देवी शर्माको नाउँ कथामा पनि आउँछ । उनले २०२७ सालमा गोरखापत्रमा छापिएको ‘बाफिएको अस्तित्व’ बाट कथा लेख्न सुरु गरिन् । कथामा पनि नारीचरित्र छान्ने उनको प्रवृत्ति देखिन्छ । सङ्ग्रहका रूपमा प्रकाशनमा नआए तापनि उनले विभिन्न पत्रपत्रिकामा एक दर्जनजति कथा प्रकाशन गरिसकेकी छिन् । यिनका कथामा मानव जीवनका सामाजिक भोगाइहरू समेटिएका हुन्छन् । खास गरेर नारीका दुक्ख, कष्ट, पीर, मर्का उनका कथाका विशेषता हुन् । यिनले जति कथा लेखे तापनि यिनलाई पाठकले ज्यादाजसो समीक्षकका रूपमा नै हेर्ने गरेको भेटिन्छ ।
देवी शर्माले सृजनाबाहेक सम्पादनकलामा पनि प्रसिद्धि कमाएकी छिन् । उनले नारीसँग सम्बन्धित चारवटा पत्रिकाको सम्पादन गरिसकेकी छिन् । उनले सम्पादन गरेका पत्रिकाहरू ‘कर्मिका’ मासिक (२०४१), ‘युगश्री’ वार्षिक (२०४४—०५२), ‘जीवनका डोबहरू’ (२०५२) र ‘विदुषी’ (२०५३) हुन् । देवी शर्मा जहाँजहाँ पुग्छिन् त्यहीँत्यहीँ एउटा न एउटा काम गरेर आफ्नो अस्तित्व देखाउँछिन् । आफ्नो योग्यताअनुसारको काम गर्न उनी कहिले पछि सरिनन् । वास्तवमा कामले नै उनी जनमाझ परिचित भइन् ।

प्रेमा शाह शिशुकालमा नै मावलीकी सम्पत्ति बनिन् । उनका मावलीपट्टिका हजुरबुबा विज्ञानशमशेर त्यति बेला जर्नेल थिए । जनरल राणाकै पालनपोषणमा प्रेमा शाहको शिशुकाल बित्यो र बाल्यावस्था पनि बित्यो । उनी
साथै केही शिक्षण संस्थाहरूमा पनि यिनी सल्लाहकार रहिन् । उनका पाइला जहाँजहाँ पर्छन् त्यहीँत्यहीँ उनले आफ्नो आनीबानीलाई अरूमाझ चिनाएकी हुन्छिन् । किनभने उनी प्रस्ट रूपमा आफ्नो हैसियतको काम देखाउँछिन् ।
देवी शर्माको बहुआयामिक साहित्यिक व्यक्तित्व छ । विविध विधामा उनको हस्ताक्षर छ । खासगरेर उनी रचनाको निर्माण गर्नेदेखि समालोचना लेखनसम्म र सम्पादनकलादेखि सङ्गठनात्मक शैलीसम्म केन्द्रित रहेकी छिन् ।
देवी शर्माको जीवनका हरेक दफा अचम्मले परिचालित भएका छन् । घरको दर्दनाक आर्थिक अवस्थाका कारण उनकी दिदी तारा र देवी शर्मालाई उनका काका देवव्रत लामिछानेले एउटै वरसमक्ष संवत् २००८ सालमा कन्यादान दिएका थिए । त्यति बेला यिनीहरू ८–१० वर्षका मात्र थिए । तर आफ्नो मनमस्तिष्कमा चेतनाको वृद्धि भएपछि यी दुवै दिदीबहिनीले त्यस बिहेलाई अमान्य गराइदिए । परिणामस्वरूप यिनीहरू दुवै जना माइतीमा नै आएर बस्न थाले । त्यसपछि यी दिदीबहिनीले अर्को बिहे पनि गरेनन् ।
नेपाली साहित्यको सेवा, साधना र आराधना गरेबापत देवी शर्माले २०४४ सालमा रत्नश्री स्वर्णपदक पाइन् । साथै उनले २०५३ सालमा भारती खरेल व्याख्यान पुरस्कार पनि पाइन् । सानामा यिनले स्कुलबाट पनि पुरस्कार पाइन् । ठूली भएपछि कलेजहरूबाट पनि यी पुरस्कृत भइन् ।
देवी शर्माको लेखनक्षेत्र मूलत: समालोचना भए तापनि निबन्ध, कथा र कवितामा पनि उनी परिचित भइन् । कविता लेख्ता उनी जे देख्छिन् त्यही लेख्छिन् । कवितामा उनी आफ्नो जीवन लेख्छिन्, समाज र राष्ट्र लेख्छिन्, औँसी र पुर्णेको घटना पनि लेख्छिन् । त्यसैले उनका कविताले पाठकको मन छुन्छ्:
शोकसन्तप्त काठमाडौं
रानीपोखरीको डिलमा त्यसै चूपचाप झोक्राएर बसेजस्तो छ
काठमाडौ गन्तव्य छोडेर अन्त कतै गएजस्तो छ
सिन्दूर चूरा पोते फालेर काठमाडौ विधवा भएजस्तो छ ।

प्रेमा शाह

म सूर्यस‘ग सम्भोग गर्छु

आऊ मलाई सम्भोग गर !
प्रेमा शाह समकालीन पुस्ताकी हट्टाकट्टा, साहसी, निर्भीक, दृढ र सक्रिय नारीस्रष्टाको नाउँ हो । कुनै बेला राजधानीमा उनी जब कविता सुनाउन मञ्चमा उभिन्थिन् तब त्यहाँ एउटा उत्साह, उमङ्ग र जागरणको वातावरण सृजना हुन जान्थ्यो । उनी कविता भन्दाभन्दै एउटा कवितामय जीवन नै भनिसकेकी हुन्थिन् । प्रेमा शाहको कविता र जीवनको परिभाषाले साहित्यकै परिभाषालाई चुली पारेको हुन्थ्यो । त्यसैले प्रेमा शाह त्यसै बेलादेखि नै नेपाली साहित्यमा चर्चित बनिन्, प्रसिद्ध भइन् र अन्तत: नअस्ताउने तारा नै बनिन् ।
प्रेमा शाह कविता पढेर चर्चाको शिखरमा पुगेको नाउँ हो । त्यो नाउँ झनैझनै उकालोमा नै हिँडिरह्यो किनभने उनले लेख्नका लागि आफ्नो मन, वचन र कर्म अर्पित गरिन् । चर्चाको जुन टाकुरो छोए पनि उनले लेखी नै रहिन् । कहिले उनले कविता लेखिन्, कहिले कथा लेखिन् र कहिले उपन्यास लेखिन् । लेख्तालेख्तै फेरि उनी चर्चित बनिन््, उनी कति चर्चित भइन् भने अति चर्चित भइन् । ‘अति सर्वत्र वर्जयेत्’ भनेझैँ चर्चाचर्चाले नै उनी नेपाली भाषा साहित्यबाट एकाएक हराइन् । अथवा भनूँ खाने, कमाउने, बाँच्ने र जीवन धान्ने कामका लागि सक्रिय रूपमा रचनानिर्माणका बाटाबाट उनी पर सरिन् ।
प्रेमा शाहको जन्म संवत् २००२ असार १६ गते शुक्रबार वीरगन्जको श्रीपुरमा भएको थियो । यिनको चिनाको नाउँ गिरिराजलक्ष्मी शाह हो । प्रेमा शाहको जन्म भएपछि यिनलाई उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहको न्यानो काखबाट अलग्याइयो । अर्थात् जन्मेको चौध दिनमा उनलाई वीरगन्जबाट काठमाडौंस्थित उनको मावलीघर ल्याइएको थियो ।

बाल्यकालदेखि नै गीत गाउने र नाच्ने कलामा पनि आबद्ध थिइन् । यिनको नाच्ने कला देखेर यिनकी धाईआमा मक्ख पर्थिन् । वास्तवमा प्रेमा शाहकी धाईआमा नै यिनकी सर्वस्व पनि थिइन् । त्यसै सन्दर्भमा यिनले आफ्नो डायरीमा पनि लेखिन् “मैले मेरी आमाको अनुहार देखेको छैन । मैले मेरी आमाको दुध पनि चुस्न पाइनँ । मेरी बुबू धाईआमा (तुलसीदेवी उपाध्याय कोइराला) नै मेरी आमाको रूपमा मैले पाएँ ।”
प्रेमा शाहलाई मावलीघरमा अत्यन्तै चिज गरेर राखिएको थियो । उनलाई त्यहाँ पढ्न पनि निक्कै राम्रो व्यवस्था थियो । उनले मावलीमा नै कखरा पढिन् । ठूलो वर्णमाला र साधारण लेखापढी पनि उनले त्यहीँ पढिन् । यिनलाई पढाउन मामाघरमै अलगअलग विषयका बेग्लाबेग्लै शिक्षक नियमित रूपमा आउने गर्थे । घरमा राम्ररी पढ्नलेख्न जानेपछि यिनलाई पाटन हाईस्कुलको बिहानको कक्षामा एकैचोटि छैटौँ कक्षामा भर्ना गरियो ।
प्रेमा शाह सुरुसुरुमा स्कुल जाँदा आँखामा लामोलामो गाजल, मुखमा क्रिम पाउडर र हीराको टप लगाएर जाने गर्थिन् । त्यसबखत उनले थाइकट कपाल काटेकी हुन्थिन् । उनी सिँगारिएर स्कुल जाँदा आपूm बेहुलीझैँ भएको अनुभूति बटुल्थिन् । यिनलाई स्कुल पु¥याउन र ल्याउन ‘हिलम्यान’ नामक कालो मोटर जान्थ्यो । त्यति बेला यिनको बेग्लै सान र मान थियो । प्रेमाले एक वर्ष पाटन हाईस्कुलमा पढेपछि त्यस स्कुलको बिहानका सम्पूर्ण कक्षा मदन मेमोरियल स्कुलमा सरे । त्यसपछि उनी पनि मदन मेमोरियल स्कुल जान थालिन् । त्यस बेला पनि उनी स्लिकको लुगामा ठाँटिएर स्कुल जान्थिन्; उनको त्यो सान देख्न नसकेर साथीहरूले पछाडिपट्टिबाट उनका लुगा ब्लेडले काटिदिने गर्थे । त्यहाँ उनले आठ कक्षासम्म मात्र पढिन् । अनि उनी पाटनको त्रिपद्म स्कुलमा भर्ना भइन् । त्यसपछि यिनलाई पाटन मङ्गलबजारस्थित आदर्श कन्या निकेतनमा पु¥याइयो । त्यही स्कुलबाट यिनले २०१६ मा एसएलसी दिइन् ।
प्रेमा शाहलाई सधैँ स्कुल पु¥याउने अङ्गरक्षक सलोनी थिइन् । पहिले सलोनी पुष्करशमशेरका घरमा काम गर्थिन् र त्यहाँबाट उनी जनरल विज्ञानशमशेरका घरमा पुगेकी थिइन् । प्रेमालाई स्कुल पु¥याउने क्रममा सलोनीचाहिँ सोही स्कुलको पालेसँग चटारिन थालिन् । हुँदाहुँदै उनी प्रेमा शाहलाई स्कुल पु¥याएर एक दिन पालेसँग हिँडिन् । त्यसपछि प्रेमाले अङ्गरक्षकको खासै काम देखिनन् र उनले एक्लै स्कुल जाने दृढता व्यक्त गरिन् ।
प्रेमा शाहले पढ्दै साहित्यसृजना गर्दै गरिन् । उनी पाटन कलेजबाट आई. ए. र बी. ए. गरिन्जेलमा नेपालका डाँडाकाँडा ढाक्ने साहित्यकार भइसकेकी थिइन् । त्यसबेला यी ‘बिहान’ तथा ‘हिमानी’ पत्रिकाको सम्पादक मण्डलमा रहिन् । यिनले त्रिभुवन विश्वविद्यालयमा एम. ए. पढ्न थालिन् । त्यहाँ पढ्दा यिनले ‘देउराली’ को सम्पादन पनि गरिन् । त्यस बेलासम्ममा यिनी नेपालभित्र मात्र होइन नेपालबाहिर नेपाली भाषा बोल्नेहरूमाझ समेत साहित्यकारका रूपमा चम्किसकेकी थिइन् ।
नेपाली भाषासाहित्यमा प्रेमा शाह कलिलै उमेरदेखि नै चर्चित थिइन् । यी मदन मेमोरियल स्कुलमा पढ्दै गर्दा ‘शारदा’ पत्रिकाका लागि रत्नध्वज जोशीले यिनको एउटा रचना लिएर गएका थिए । त्यसपछि विभिन्न पत्रपत्रिकामा यिनका लेखरचना, कथा, कविता प्रकाशनमा आइरहे ।
प्रेमा शाहको यौवनावस्थामा यीसँग धेरै पुरुषहरू झुत्ती खेल्थे । खास गरेर युवाहरूमा पनि बौद्धिक वर्ग यिनको पछि लाग्ने गथ्र्यो । विद्यार्थीजीवनमा प्रेमा शाहसँग नजिक हुन धेरै विद्यार्थीले धेरै कसरत पनि गरे । धेरैले यिनलाई आकाशका तारा झार्ने वचन पनि दिए । वास्तवमा प्रेमा शाह रूपमा पनि सुन्दरी थिइन्, बिछट्टै राम्री थिइन् र खुलस्त पनि थिइन् । यिनको मिलनसार स्वभावबाट मान्छेहरू झन् यिनीसँग हुरुक्कै हुन्थे । त्यति मात्र होइन; यिनले रचना पनि पुरुषलाई झुम्म पार्ने खालका लेख्थिन् । त्यसैले स्कुल, कलेज र विश्वविद्यालय पढेताका एकातिर यी आफ्ना पछि लाग्ने पुरुषहरूसँग सामना गर्थिन्, अर्कातिर आफ्नो पढाइलाई अगि बढाउने क्रम थियो भने साहित्यरचनामा पनि यिनलाई नसा लागिसकेको थियो । सामाजिक, पारिवारिक र वैयक्तिक हरेक सङ्घर्षसँग जुधेर यिनले २०२६ सालमा नेपाली विषयमा एम. ए. पास गरिन् ।
प्रेमा शाहले यौवनावस्थामा उनका पछि लाग्ने पुरुषहरू एकएक गर्दै छाडिसकेकी थिइन् । यसै बीच २०२८ साल असार १८ गते यिनको पाटनका जे. पी. शाहीसँग लगनगाँठो कसिएको थियो । बिहेपछि प्रेमा शाह बनारस पढ्न गइन् । उनी बनारसमा पढ्न बस्ता शाहीले उनलाई धूमधाम सहयोग पनि पु¥याएका थिए । त्यसै समयमा प्रेमा शाहले बनारस हिन्दू विश्वविद्यालयबाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरिन् । साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरिन् । तर शाही दम्पती नेपाल फर्केपछि लगत्तै यिनीहरूको पारपाचुके भयो । किनभने आपूm शाहीकी दोस्री पत्नी हुन पुगेको कुरा उनले त्यसै बेला थाहा पाएकी थिइन् । लोग्नेसँग सम्बन्धविच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागिन् ।

प्रेमा शाहका जिजुबुबा जनरल विज्ञानशमशेर राणा तात्कालिक त्रूmर संस्कारका प्रतिनिधि थिए । उनी आपूmभन्दा सानालाई मान्छे नै गन्दैनथे । उनीद्वारा नोकरहरू कहिले जुत्तैजुत्ताले पिटिएका हुन्थे भने कहिले उनी भान्से र सुसारेलाई भ¥याङबाट खसाउने गर्थे । त्यतिमात्र होइन यिनका जिजुबुबाले घरका सुसारेहरूसँग शारीरिक सम्पर्क पनि गर्थे । यदि
जापानबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् । त्यस बेला अर्थात् २०३६ सालसम्ममा यिनका पुराना मित्रहरूमध्ये धेरैजसो यीदेखि टाढाटाढा पुगिसकेका थिए । त्यसैले त्यति बेला यी बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान्थिन् । तर यिनको सुन्दरताको पारख गर्ने मान्छेको त्यहाँ पनि अनिकाल लागेन । त्यहाँ पनि धेरै मान्छेको भीड चिरेर उनका सामुन्ने एक जना युवकको उपस्थिति भयो । अथवा भनूँ त्यति बेला नै उनको परिचय आर. एम. कर्माचार्यसँग भयो ।
आर. एम. कर्माचार्यसँग पनि प्रेमा शाह लट्ठ परिन् । वास्तवमा कर्माचार्य पनि आकाशपाताल जोडेर गफ गर्न सिपालु थिए । कतिसम्म भने कर्माचार्यले ‘मेरो आफ्नो घरको सुनको लिस्नो टेक्ने एक जना अप्सरा तिमी मात्रै हुन सक्छ्यौ’ भनेर प्रेमा शाहलाई एकोहो¥याएका थिए । यी विविध प्रपञ्चका कारण शाहको मन उनीसँग टपक्कै टाँसिएको थियो । वास्तवमा प्रेमा शाह भित्री हृदयकी सोझी थिइन् । एकातिर कर्माचार्य आपूmसँग मरिमेट्ने र अर्कातिर प्रेमालाई पनि आफ्नो सन्तान जन्माउने विशेष इच्छा थियो । उनले समाजसामु पनि एक जना वरसँग वरण हुनु नै थियो । त्यसैले दुई वर्ष प्रेम गरेपछि यी प्रेमीप्रेमिकाको बिहे गर्ने निष्कर्ष निस्क्यो ।
प्रेमा शाह आर. एम. कर्माचार्यसँग गुह्येश्वरी गइन् । त्यहाँ गएर कर्माचार्यले प्रेमा शाहको सिउँदोमा एक मुठी सिन्दूर हालिदिए । यिनीहरू एकअर्काले माल्यार्पण गरे । वाचाबन्धनका साथ उनीहरू एउटा डेरामा बस्न थाले । बिहेपछि प्रेमा शाह आफ्नो नवशिशुको प्रतीक्षामा रहन थालिन् ।
बिहे गरेको अर्को वर्ष जल जन्मिन् । अथवा भनूँ २०३९ सालमा जल शाहको अवतरण भयो । छोरी जन्मेपछि प्रेमा शाहको एउटा आन्तरिक इच्छा पूर्ति पनि भयो । आर. एम. कर्माचार्य, प्रेमा शाह र जलको संयोग त्यति बेला लोभलाग्दो नै देखिन्थ्यो तर यो सानो र सुखी परिवारमा एक्कासि हुन्डरी आयो । किनभने प्रेमा शाहले कर्माचार्यको पनि आपूm दोस्री पत्नी भएको थाहा पाइन् । त्यही कारणले नै कर्माचार्यको जीवनबाट प्रेमा शाह आफ्नी छोरीसहित टाढाटाढा जाने निस्कर्षमा पुगिन् । त्यसपछि चाहिँ उनी काखे नानी बोकेर सर्लाहीतिर लागिन् ।
प्रेमा शाह कहिले कता लागिन्, कहिले कता हिँडिन्; तर जताजता पाइला चाले तापनि उनको खोकिलामा जल शाह नै टाँस्सिएकी थिइन् । उनको ध्यान नै आफ्नी छोरीलाई शिक्षादीक्षा दिनु थियो । सर्लाहीमा पनि टिक्न नसकेर उनी वीरगन्जमा आइन् । तर पनि रोजीरोटीका लागि उनले कुनै न कुनै काम गर्नै पथ्र्यो । त्यसैले उनले फेरि सर्लाहीकै नवजीवन विद्याश्रममा पढाउने विचार गरिन् । उनले पढाउने विषय चाहिँ मुख्यतया अङ्ग्रेजी र नेपाली थिए । यी कहिलेकाहीँ इतिहास पनि पढाउँथिन् । त्यस हाईस्कुलमा उनले आठ वर्ष पढाइन् । त्यसपछि उनी फेरि वीरगन्जतिरै लागिन् । यसै क्रममा उनले सुरुमा वीरगन्जको ठाकुरराम क्याम्पस र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि पढाइन् ।
प्रेमा शाह आफ्नो पौरख रोप्तै फेरि वीरगन्ज पुगिन् । त्यहाँ गएर उनले साहित्यिक र सांस्कृतिक सङ्गठन गरिन् । उनी सङ्गठन गर्न सिपालु थिइन् । त्यसैले त्यस ठाउँका स्रष्टालाई उनले एउटै मञ्चमा राख्ने प्रयास गरिन् । उनैले त्यहाँ ‘नारायणी वाङ्मय प्रतिष्ठान’ खोलिन् र त्यस संस्थाको आपैmँ अध्यक्ष पनि भइन् ।
छोरीलाई लेखाउँदैपढाउँदै प्रेमा शाह पुन: काठमाडौंमा आइन् र डेरा जमाइन् । छोरी किशोरावस्थाबाट उक्लेपछि चलचित्रहरूमा जान थालिन् । हुँदाहुँदै एक दिन उनकी छोरी जल शाह नेपाली चलचित्रजगत्की सर्वश्रेष्ठ नायिका भएर देखापरिन् । सुरुमा प्रेमा शाह प्रेमा शाह नै भएर चिनिए तापनि छोरीको बढ्दो जनप्रियताका कारणले कालान्तरमा उनी जल शाहकी आमा भएर पनि चिनिन थालिन् । जल शाहले आफ्नी आमाको प्रभावबाट कविता पनि लेखिन् । जल शाहचाहिँ २०६३ सालको सुरुमा संयुक्तराज्य अमेरिका पुगिन् ।
प्रेमा शाहको जीवनमा मावलीको प्रभाव, श्रीमान्हरूको प्रभाव र छोरीको प्रत्यक्ष प्रभाव गाँसिएको पाइन्छ । यी सबै पूर्वदृश्यहरूका कारण उनका रचनाहरू पनि त्यही परिवेशबाट लेखिए । वास्तवमा यी विद्रोही स्वभावकी हुनाको प्रमुख कारण नै यिनका जिजुबुबा जनरल विज्ञानशमशेर ज.ब.रा. थिए । हजुरबुबाप्रति उनका मनमा घृणा थियो । आफ्ना हजुरबुबालाई भेटेपछि यी तर्कने नै गर्थिन् र वादविवाद प¥यो भने मुखमुखै पनि लाग्ने गर्थिन् । त्यतिमात्र होइन यिनले एकचोटि हातमा पिस्तोल बोकेर आफ्ना अर्का जिजुबुबा दमनशमशेरलाई हान्न पनि गइन् तर अरूले छुट्ट्याएर त्यस गोलीबाट दमनशमशेरलाई बचाएका थिए । त्यसैले यिनलाई यिनका मामा वरुणशमशेर राणा र मावलीपट्टिका जिजुबुबा विज्ञानशमशेर राणाले कम्युनिष्ट पनि भन्ने गर्थे । तर यिनीचाहिँ न्यायवादी थिइन् ।

गुट्मुट्याएर मैले तिम्रो कानमा
उनीहरूमध्ये कोही गर्भवती भए भने तिनलाई बैठकेसँग टीका लगाइदिएर डाँडो कटाउँथे । यी सबै दृश्यहरू हेरेर नै प्रेमा शाहले श्लील र अश्लील साहित्यको गोरेटो कोरिन् ।
प्रेमा शाह नेपाली साहित्यमा यौनसाहित्यलेखनमा बढी आकर्षित भइन् । यिनले ‘पहेँलो गुलाफ’ (कथासङ्ग्रह : २०२३) निकालेर नेपाली कथासाहित्यमा यौन आकर्षण प्रस्तुत गरेकी छिन् । ‘पहेँलो गुलाफ’को प्रकाशन नेपाली भाषासाहित्यमा यौनमनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धि थियो । ‘विषयान्तर’ (कथासङ्ग्रह : २०२८) पनि उनको दोस्रो यौनकथासङ्ग्रह हो । विषयान्तरमा प्रेमा शाहले सुरुमै लेखिन् “त्यसपछि उसले पेट बोकी र लोग्नेलाई राम्रो असर दिई, ‘हाम्रो परिणति ।’ तर लोग्ने केही बोल्दै बोलेन उ मात्रै केही दिनसम्म एकनासले त्यस परिणतिलाई लिएर फलाक्दै रही । अनि भित्रभित्र लाजले खुम्चिँदै गई । लोग्नेले एकचोटि पनि उसको पेटलाई लिएर कुरा गरेन । उसले लोग्नेको अनुहारमा कुनै भाव परिवर्तन पनि देखिन । खाली उ एक्लै पेट हल्लाएर हिँड्न थाली र त्यस्तै पेटको बोझ लिएर बस्न थाली । शायद उसले पेट बोक्नैपथ्र्यो त्यसपछि उसले ‘हाम्रो परिणति’ को बखान गर्न छोडिदिई ।”
“उ आपैmँलाई सम्झाउन थाल्छे लोग्ने उसको हक होइन । उसको त्यो बढेको पेटसित लोग्नेको नाता पनि छैन ।”
प्रेमा शाहले ‘ममी’ नामक उपन्यास पनि लेखिन् । सो कृति पनि यौनआकाशमै नाचेको पाइन्छ । यसका साथै ‘आकाश विभाजित छ’ नामक उपन्यासचाहिँ यिनले अरू चारजना स्रष्टाको सहभागितामा लेखिन् ।
प्रेमा शाहले साहित्यको सृजना गर्दै जाँदा ‘रामेको कथा’ (२०४२), ‘आनन्दको आविष्कार’ (२०४३) र ‘मनु र भँगेरा’ (२०४३) सहित तीनवटा बालउपन्यास लेखिन् । साथै उनले उमेर छिप्पिन थालेपछि बालकथाहरू लेख्न थालेकी थिइन् । उनका ६ वटा बालकथासङ्ग्रह प्रकाशित छन् । ‘जिन्की र जोकर’ (२०४०), ‘मन्टुकी बज्यैको कथाको पेटारो’ (२०४०), ‘इन्द्रधनुष’ (२०४२), ‘रङ्गीचङ्गी कथाहरू’ (२०४५), ‘राम्रो काम’ (२०५१), ‘रेका केही कथा’ (२०५१) । यिनका अतिरिक्त यिनले बालगीतका दुईवटा सङ्ग्रहहरू पनि प्रकाशनमा ल्याइन् । साहित्यमा लडीबुडी गर्दै जाँदा उनी ‘उज्यालो’ नामक बालपत्रिकाको सम्पादनमा पनि लागिन् ।
साहित्यको आराधनामा समर्पित भएबापत प्रेमा शाहले मैनाली कथा पुरस्कार र मैना पुरस्कार पाइन् । आई. ए. पढेताका अन्तरकलेज नेपाली भाषासाहित्य सम्मेलनमा यिनी कथामा प्रथम भएकी थिइन् । साथै त्यसैताका सम्पन्न चित्रकला प्रदर्शनीमा समेत यिनी प्रशंसित भएकी थिइन् । यिनले नेपाल अधिराज्यका विभिन्न ठाउँका अतिरिक्त भारत, हङकङ, थाइल्यान्ड, जापान र कतारको पनि भ्रमण गरिन् ।
प्रेमा शाह लेखनकलामा जसरी सफल भइन् त्यसरी नै यिनी सङ्गठनात्मक शैलीमा पनि सफल मानिन्छिन् । घरव्यवहार र गृहस्थी जीवनमा असफल भए तापनि यिनी छोरी पाउन, हुर्काउन र छोरीलाई प्रसिद्ध तुल्याउन सफल भइन् । त्यतिमात्र होइन यिनी साहित्यको फलैँचामा ढकमक्क फुलेरै बसिरहिन् ।
प्रेमा शाहलाई अझै प्रेमको भोक लागेको पाइन्छ । तर उनी आफ्ना लागि यस ब्रह्माण्डमा कुनै गतिला पुरुष देख्तिनँ भन्छिन् । यसै प्रसङ्गमा उनी फेरि आफ्नो मनको भाका ओकल्छिन् “यदि अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडी बाँचेर आए र मेरा अघि उभिएर प्रेमप्रस्ताव राखे भने उनीसँग समर्पित भएर मेरो बाँकी जीवन बिताउने मभित्र अझै चाहना छ ।”
यौनको केन्द्रविन्दुमा पुगेर साहित्यसृजना गर्ने स्रष्टामध्ये प्रेमा शाहको स्थान अग्रपङ्क्तिमा रहेको पाइन्छ । जीवनमा गतिलो पति नहुनाको तात्पर्यको अदृश्य कुण्ठा पनि प्रेमा शाहले आफ्ना रचनामार्फत प्रस्तुत गर्ने गर्छिन् । यति हुँदाहुँदै पनि उनी आफ्ना भावना मनोवैज्ञानिक ढङ्गबाट मीठो भाकामा प्रस्तुत गर्छिन् । नेपाली भाषासाहित्यमा उनको लेखनी आफ्नो बेग्लै आयाममा स्थापित भएको छ । उनको लेखनको सौन्दर्यका विषयमा धेरै समालोचकले उनको मुक्तकण्ठले प्रशंसा पनि गरेका छन् । उनी नेपाली साहित्यमा सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा लेख्ने स्रष्टा हुन् । त्यसैले उनले लेखेका कविता चाहिँ थोरै पनि छन् र ती थोरै पनि प्राय: यौन, प्रेम र समर्पणमा समर्पित भएका छन्:
तिमीमा मेरो प्यार हीराको जन्तर झैं
सधै छातीमा झुन्ड्याएर
तिमीलाई माया गरिसकेकी छु ।
जाडोका ती रातभर
तिमीलाई यी ओठका न्यानो आवरणमा
प्रणयका कति गीत भरिसकेकी छु ।

वानीरा गिरी

मान्छे जूनको अनुहार
अघिल्तिर प्रकाश र उज्यालो
पछिल्तिर कुरूपता र अनन्त अन्धकार
यस अर्थमा जून
एउटी किचकन्नी हो ।
डा. वानीरा गिरीका कवितामा गहनता ढाकिएका हुन्छन्, वास्तविकता ओगटिएका हुन्छन् र यथार्थता भरिएका हुन्छन् । गिरी कवितामा जीवन लेख्छिन् र जीवनै कवितामा लेख्छिन् । गिरीका भावभावमा अर्थको साङ्ले पुल जोडिएको हुन्छ । त्यसैले उनी कवितामय धर्तीको गीत लेखेर थाक्तिनन् । उनका कवितामा एकातिर दर्शनले साँध लगाएको हुन्छ भने अर्कातिर उनका काव्यात्मक विम्बमा लालुपाते फुलेको हुन्छ । उनी जीवन र जगत्का प्रसङ्गलाई अलङ्कारमय बनाउँछिन् । उदाहरणका लागि भन्ने हो भने जूनअगाडि जति सुन्दर भए पनि त्यसपछिको भाग कालै हुन्छ; अर्थात् त्यहाँ सायद किचकन्नी पनि बसेकी हुन्छे । मान्छे अगाडि मुखले ठिक्क पार्छ तर पछाडिपट्टिबाट उसले आफन्तकै डँडेल्नामा छुरी पनि हान्छ । वानीरा गिरीको परिभाषाबाट हेर्ने हो भने मान्छेहरूमध्येकै मान्छे पनि किचकन्नीको अर्को रूप हुन सक्छ ।
वानीरा गिरीको नाउँ सानामा सत्यदेवी थियो । उनी अक्षय तृतीयाका दिन जन्मेकीले उनलाई सत्यदेवी भनिएको थियो । उनको जन्म दार्जिलिङको खरसाङमा संवत् २००३ वैशाख २२ गते शनिबार भएको थियो । इन्द्रराज गिरी र जानकीदेवीका ६ जना सन्तानमध्ये सबैभन्दा कान्छी छोरीका रूपमा वानीरा गिरीको जन्म भएको थियो ।
वानीराले चार वर्षदेखि नेपाली वर्णमाला पढ्न थालिन् । त्यति बेला उनी आफ्नै गाउँको स्कट मिसन स्कुलमा भर्ना भएकी थिइन् । त्यस स्कुलमा उनले छैटौँ कक्षा उत्तीर्ण गरिन् । उनी कक्षा एकदेखि छसम्म पढाइमा प्रथम भइरहिन् । त्यसपछि उनलाई त्यहीँको सेन्ट जोसेफ स्कुलमा स्थानान्तरण गरियो । त्यहाँ पनि उनी कहिले कक्षामा प्रथम र कहिले द्वितीय हुन्थिन् । साथै त्यही स्कुलबाट उनले २०१६ सालमा एस. एल. सी. पास गरिन् ।
वानीरा गिरीले सानैमा स्वावलम्बनको पाठ पढेकी थिइन् । उनी सानैदेखि आफ्नो घरका सबै काम आपैm गर्थिन् । घरधन्दा र घरव्यवहारमा उनी त्यसै बेला निपुण थिइन् । आफ्नो खुट्टामा आपैmँ टेक्ने हिसाबले गर्दा किशोरावस्थामा पुगेपछि उनले कुखुरा पाल्दै बेच्तै पनि गरिन् ।
वानीरा गिरी सात वर्षकी हुँदा उनकी आमा स्वर्गीय भइन् । त्यसपछि उनका बुबाले छोरीलाई बोकीबोकी हिँडे । छोरीको पढाइलेखाइबाट इन्द्रराज गिरी धेरै सन्तुष्ट थिए त्यसैले उनी छोरीको भविष्य लगेर डाक्टरमा जोड्न पुग्थे । सोहीअनुरूप वानीराले पनि आई. एस्सी. पढिन् । आई. एस्सीको अन्तिम परीक्षा आउनु केही दिन अघि वानीराको टाउकामा अर्को पहाड आएर बज्रियो । भनूँ त्यस घडी उनका बुबाको पनि स्वर्गारोहण भयो । त्यसपछि वानीराको जीवन आँधीहुरीभित्रको जहाजझैँ हुन थाल्यो । तर पनि पुन: परीक्षा दिएर उनले आई. एस्सी. चाहिँ पास गरिन् ।
बुबाको निधन हुनु भनेको वानीराको जीवनको यात्रा पिटिक्कै भाँचिनु थियो । तर उनले आफ्नो जीवनलाई भाँचिनबाट जोगाइन् । त्यसपछि उनलाई आर्थिक अवस्थाले भने सारै सतायो, तर पनि उनी आत्तिइनन् । उनी आफ्नो यात्रामा कलिला पैताला फट्कार्दै अगि बढिन् । खास गरेर उनले त्यस घडी कथा, कविता र निबन्धहरू पनि लेखिन् । त्यति बेला उनको त्यो लेखन आत्मसन्तुष्टिको बाटोका कारणले मात्र नभई पारिश्रमिक लिने अभिप्रायले पनि प्रेरित थियो ।
वानीरा सानैदेखि कवितालेखनमा जोडिएको नाउँ थियो । एघार वर्षकै उमेरमा उनी कवितालेखनमा पुरस्कृत भइसकेकी थिइन् । उनका विषयमा ईश्वरवल्लभले भने पनि “बहिनी वानीरा एउटी सशक्त कवयित्री थिइन् । उनको भविष्यको काव्यभूमिको राप मैले त्यतिबेलै देखेको थिएँ । त्यसैले अगमसिंह गिरीले आयोजना गरेको कविगोष्ठीमा मैले उनलाई पुरस्कारस्वरूप केही कृति दिएको थिएँ ।”

डा. वानीरा गिरी स्पष्ट स्वभाव भएकी स्रष्टाको नाउँ हो । राम्री भएर पनि सादा र चाम्री भएर पनि सरल जीवन बिताउनु वानीरा गिरीको वैयक्तिक विशेषता मानिन्छ । यति हुँदाहुँदै पनि वानीरा गिरीलाई नजिकबाट चिन्नेहरूमध्ये केही व्यक्ति भन्ने गर्छन् “वानीराको व्यक्तित्व र कृतित्वमा आकाशपाताल फरक पाइन्छ । वानीरा अहङ्कारी र हुङ्कारी पनि छिन् ।”
नाचगान, पढाइ, व्यवहारजस्ता विविध पक्षमा दार्जिलिङमा वानीरा गिरीलाई सबैले मन पराउने गर्थे । नाचगानको कुरा गर्ने हो भने उनी सानैदेखि यस विषयमा पनि केन्द्रित थिइन् । उनी जसरी कथा, कविता लेख्थिन् त्यसै गरी स्कुलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहजतापूर्वक भाग लिने गर्थिन् । तेस्रो कक्षामा उनले सर्वप्रथम कलाकारको भूमिका पनि निर्वाह गरेकी थिइन् । चौथो कक्षामा पनि यिनले नाटकमा आफ्नो भूमिका देखाएकी थिइन् । चाहे वक्तृत्वकलामा होस्, चाहे गायनमा होस्, चाहे नृत्यमा होस् र चाहे नाटकमा होस् जुनसुकै विषयमा भाग लिए पनि उनी प्रतियोगितामा प्रथम हुन्थिन् र कहीँ कतै द्वितीय पनि हुन्थिन् । कविताप्रतियोगितामा पनि उनको स्तर अग्रपङ्क्तिमा नै हुन्थ्यो । यिनी आपूm मात्र कविता लेख्तिनथिन् अरूहरूलाई पनि प्रोत्साहन दिन्थिन् । उदाहरणका लागि भन्ने हो भने त्यस बेला यिनले ‘मुटु’ नाउँको भित्तेपत्रिका पनि निकालिन् । एघार वर्षको उमेरमा एउटी बालिकाले भित्तेपत्रिका सम्पादन र प्रकाशन गर्दा स्कुलका सम्पूर्ण शिक्षकहरू छक्क पर्थे ।
वानीरा गिरीले स्नातक गरेपछि एम. ए. पढ्ने पनि रहर गरिन् । तर उनका अगाडि त्यो त्यति सम्भव कुरो थिएन । यति हुँदाहुँदै पनि दैवको बेठी बजेर उनका लागि एम. ए. पढ्ने वातावरण निर्माण भयो । उनी बी. ए. को पुर्जा हातमा बोकेर २०२२ सालमा काठमाडौं आइन् र एम. ए. मा भर्ना लिइन् । भारतीय विद्यार्थीलाई नेपाली पढ्ने श्री ५ महेन्द्र छात्रवृत्तिअन्तर्गत नै उनले भर्ना पाएकी थिइन् । किशोरावस्थाको झट्का चुडिँदानचुडिँदै अर्थात् काठमाडौं टेकेपछि वानीराको शङ्कर गिरीसँग पनि परिचय भयो । अन्तत: २०२३ सालमा इन्जिनियर गिरीसँग वानीरा गिरीको वैवाहिक जीवन पनि स्थापित भयो ।
नेपाली विषयमा एम. ए. उत्तीर्ण भएपछि वानीरा गिरीले पद्मकन्या कलेजमा पढाउने काम पाइन् । केही वर्ष उनले ललितकला क्याम्पसमा पनि पढाइन् । प्राध्यापन गर्दै जाँदा केही समयपछि उनी पद्मकन्या क्याम्पसमा चर्चित पनि भइन् किनभने उनी खालि प्राध्यापनमा मात्र परिचित थिइनन् । त्यति बेलासम्ममा उनी एउटी सशक्त कवयित्रीका रूपमा पनि स्थापित भइसकेकी थिइन् ।
वानीरा गिरीले त्रिभुवन विश्वविद्यालयबाट नै एम. एड्. पनि गरिन् । पढाइमा उनको हौसला अझै चुलिँदै गयो । त्यसपछि उनले विद्यावारिधि गर्ने सोच बनाइन् । उनले यस विषयमा एउटा चिन्तन गरिन् र आपूmलाई मन पर्ने कविलाई पीएच्.डी. को नायक छानिन् । अनि उनले विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद ।’ यसै विषयमा वानीराले पीएच्.डी. गरिन् र नेपाली साहित्यमा पीएच्.डी. गर्ने उनी प्रथम नारी भइन् ।
वानीरा गिरीले बाल्यकालदेखि नै आपूmलाई साहित्यतर्पm लगाए तापनि पहिलोपल्ट उनको औपचारिक कविता २०२० सालमा छापिएको थियो । डी. के. खालिङको सम्पादनमा दार्जिलिङबाट प्रकाशित ‘दियो’ मा ‘मेरो साथी भन्छ’ शीर्षक कविता छापिएपछि वानीरा गिरी जनसमक्ष प्रस्तुत भएकी हुन् । त्यसपछि उनी कवितालेखनमा क्रमश: चम्कँदै गइन् । दार्जिलिङका विभिन्न पत्रपत्रिकाका अतिरिक्त काठमाडौंका पनि अनगिन्ती पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित भइरहे । कृतिकारका रूपमा चाहिँ उनी २०३१ सालमा देखापरिन् । त्यति बेला उनको ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ नामक कवितासङ्ग्रह प्रकाशित भयो । त्यसपछि २०३४ सालमा यिनको अर्को कवितासङ्ग्रह प्रकाशित भयो ‘जीवन: थायमरू’ अनि २०३५ सालमा उनको ‘कारागार’ नामक उपन्यास प्रकाशनमा आयो । ‘मेरो आविष्कार’ नामक उनको आत्मकाव्य पनि २०३४ सालमा प्रकाशित भयो । त्यसै गरी २०४४ सालमा उनले ‘निर्बन्ध’ नामक उपन्यास प्रकाशनमा ल्याइन् भने २०५६ मा उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ प्रकाशित भयो । उनको ‘शब्दातीत शान्तनु’ नेपाली साहित्यमा निकै चर्चित बन्यो । त्यही कृतिले संवत् २०५६ को साझा पुरस्कार पनि प्राप्त ग¥यो । वानीराले पाएका पुरस्कारको लेखाजोखा गर्ने हो भने उनी दार्जिलिङबाट काठमाडौं आएकै वर्ष नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा द्वितीय भएकी थिइन् । उनी प्रबल गोरखादक्षिणबाहुबाट पनि विभूषित भइन् ।
वानीरा गिरीले नेपाल अधिराज्यका विभिन्न भूभाग घुमिन् । उनले भारतका पनि विभिन्न ठाउँ डुलिन् । साथै यिनी २०३३ सालमा अफ्रो एसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत रुस गएकी थिइन् । मनकी सुन्दरी र तनकी सुन्दरी वानीरा अन्तत: धनकी पनि सुन्दरी बनिन् । उनले काठमाडौंको वानेश्वरस्थित मीनभवनमा एउटा भव्य, आकर्षक र राम्रो घर ठड्याइन् । वास्तवमा वैवाहिक जीवनमा गाँसिएपछि उनका जीवनमा कहिल्यै पनि आर्थिक सङ्कट आएन ।

मीरा जहाँजहाँ गइन्, उनले त्यहींत्यहींको वस्तुस्थिति केलाइन् । उनले नेपाली भाषाको कलम समाते पनि विश्वका नारीमाथिका सन्दर्भलाई कथाका भाकामा प्रस्तुत गरिन् । उनका कथा जीवन र जगत्मा व्याप्त प्रकृतिपुरुष र तिनका विकृति र विसङ्गति छिचोल्नमा सफल भए । सम्भोगका कथनदेखि मानव जीवनका सूक्ष्मतर
वानीरा गिरीको भावभूमितर्पm चहार्दा उनी वास्तविकतालाई आधार बनाई सृजना गर्ने स्रष्टा हुन् । उनको लेखनमा अस्तित्ववादी र निस्सारतावादी दृष्टिकोणले मितेरी लगाएको पाइन्छ । समाज र मानवीय दृष्टिकोणलाई उनका रचनाले थप अँगालो मारेको पाइन्छ । लेखनमा सरलता, सहजता र सरसताका कारणले नै नेपाली साहित्यजगत्मा माथिल्लो स्थानमा उनको पाइलो टेकिएको हो ।
पति र एक छोरा अपूर्ण तथा एक छोरी अपराजिताका माझमा आफ्नो प्राध्यापकीय जीवन र साहित्यिक परिवेश गाँस्तै आएकी वानीरा गिरी नेपाली भाषासाहित्यकी समकालीन पुस्ताकी सशक्त प्रतिनिधि स्रष्टा हुन् ।
वानीरा गिरीका जीवनमा जति उतारचढाव आए उनी त्यति नै सबल, सक्षम र सक्रिय रूपमा जीवनका वास्तविकतासँग लुकामारी खेल्दै हिँडिन् । त्यही परिवेशमा नहल्ली हिँडिरहँदा उनले जीवन्त कविता लेख्तै आफ्नो काव्यात्मक व्यक्तित्व जनसमक्ष प्रस्तुत गर्दै अघि बढिन्:
कानमायाको मानव अधिकार
तिनै चोला र पेटिकोटहरूबाट उदाउ छ
तिनै भोटा, पेटेभोटा र कानेटोपीहरूमा झुल्कन्छ
मान्छे र मान्छे नै मात्रको इन्द्रेणीमा रङ्गिन्छ ।

मीरा प्रधान रेम
‘‘छोरा पाउनुभएछ, बधाई … !”
‘‘छोरा शब्द सुन्नासाथ मैले भर्खर आफूले सहनुपरेको सबै शारीरिक कष्ट बिर्सें । मात्र आफूभित्र महिनौं महिनौंभरि सँगालिराखेको एक जीव आफूबाट अलग्गिएको त्यो न्यानो चिप्ल्याहटको अनौठो अनुभूति मेरो मस्तिष्कमा टाँसियो कहिले नबिर्सिने गरी ।”
‘‘एकैछिनका लागि डाक्टरले बच्चा मेरो छातीमा टाँस्न दिएर फेरि लगिन् । … मेरो खुसीमा चिसो तुसारो प¥यो । जन्मँदाखेरी सबै बच्चाहरू यस्तै देखिन्छन् क्यार ! मैले कहिल्यै भर्खर जन्मेको बच्चा देखेकी थिइनँ ।”
‘‘…मान्छेका लागि के छ र यो संसारमा, सबैको अन्त्य मृत्यु नै हुने भएपछि ? के हो र यो जिन्दगी ?”
‘‘… सबैको अन्त्य मृत्यु नै हुने भएपछि अन्त्यलाई पर्खेर किन बस्नु, सुरुमा नै किन नमर्नु ? किन व्यर्थै सङ्घर्ष गर्नु ?’’
माथि उल्लिखित प्रसङ्ग मीरा प्रधान रेमद्वारा रचिएको ‘एउटा महानगरमा’ नामक कथासङ्ग्रहको ‘बोध’ शीर्षक कथाबाट उद्धृत गरिएको हो । मीराले आफ्नो दिवङ्गत छोराका स्मृतिमा यो कथा लेखिन् । अनि यो कथा नै उनको प्रतिनिधि कथामा आबद्ध भयो । ‘बोध’ कथाका प्रसङ्गमा उनी भन्छिन् पनि ‘‘मेरो छोरो जन्मेको क्षण मेरा लागि अन्यन्तै खुसीको क्षण थियो । अनि जन्मेकै तीन घन्टामा मेरो छोराको मृत्यु भएको घटना मेरो जीवनको एउटा चिरस्मरणीय दुःखद घटना भयो ।’’ वास्तवमा छोराको मोहमा डुबेर मीरा प्रधानले लेखेको कथाले उत्कृष्टताको लहरो पनि समात्यो । उनका मन छुने र यथार्थवादी कथालेखनका कारण उनी नेपाली कथाका फाँटमा हराभरा भइन् । थोरै कथा लेखेर पनि उनले धेरै कथा लेख्नेलाई सर्लक्कै उछिनिन् । उनी आधुनिक नेपाली कथालेखनकी एउटी सक्कली कालिगढमा स्थापित भइन् ।
मीराले धर्तीको यथार्थ कथा लेखिन् । लेख्ने क्रममा उनी नारीवादी जागरणकी सेनानी बनिन् , मायाप्रीतिकी चौकीदार बनिन् र सेक्स विषयकी परिभाषा बनिन् । उनले आफ्ना भावनालाई जसरी प्रस्तुत गरे तापनि उनी भाषासौन्दर्यकी पुजारी बनिन् । मन पोख्ने हिसाबमा बहकिँदै जाँदा उनले न कतै आफ्नो नाङ्गो शब्द पोखिन् , न कतै भारी जालो लेखिन् र न कतै हलुका नारा थोपरिन् । नेपाली भाषामा उनले जति लेखिन् शिष्ट, सौम्य र शालीन रूपरेखा तयार गरिन् । त्यसैले एउटै कथासङ्ग्रहले नै पनि उनी नेपाली भाषासाहित्यको धुरी चढिन् ।

असन्तुष्टिसम्मका घटना र प्रतिघटनाको चित्रण, विश्लेषण र विम्बविधानलाई उनका कथाले सिउरिएका हुन्छन् । उनी मानवीय अतृप्ति, असन्तोष, पीडा र डाहालाई पनि कथामा बुन्दै लान्छिन् । त्यतिमात्र होइन जातिपाति, संस्कार र संस्कृतिका विविध घटनाहरू पनि उनका कथामा समेटिएका हुन्छन् । त्यसैले उनले थोरै अवधिमा पनि धेरै नाउँ कमाइन् ।
मीरा प्रधान रेम नेपाली कथाका फाँटमा चम्केकी तारा हुन् । यी ताराको जन्म संवत् २००३ जेठ १ गते मङ्गलबार काठमाडौंको भीमसेनस्थानस्थित विच्छेबहालमा भएको थियो । उनी प्रा. भैरवबहादुर प्रधान र गौरीनानीका छ छोरी र तीन छोरामध्ये कान्छी छोरी हुन् । जन्मेको सात वर्षमा नै उनी मातृविहीन भइन् ।
मीरा सानैदेखि तनकी पनि राम्री, मनकी पनि राम्री र बुद्धिकी पनि राम्री थिइन् । घरपरिवारदेखि साथीसँगीसम्म उनी प्रिय पनि थिइन् । उनको मिलनसारपन नानीदेखिकै विशेषता थियो । चञ्चलता उनको उमेरको नैसर्गिक गुण थियो, स्पष्टता उनको व्यक्तिगत परिचय थियो र सक्रियता उनको जीवनको मौलिक त व थियो । त्यसै परिवेशमा लडीबुडी खेल्दै उनले प्याफलस्थित कान्तिईश्वरी हाईस्कुलबाट एस.एल.सी. दिइन् ।
मीराको जीवनको उद्देश्य पढ्नमा नै केन्द्रित थियो । लेखपढ उनको रुचिको विषय पनि थियो । आफ्नो रुचिअनुसार उनले खुरुखुरु पढिन् । ताहाचलको दरबार कलेजबाट उनले आई.ए. र बी.ए. पास गरिन् । अनि यिनले अङ्ग्रेजी साहित्य लिएर त्रिभुवन विश्वविद्यालय कलेज, कीर्तिपुरबाट एम.ए. उत्तीर्ण गरिन् ।
मीराले विद्यार्थीजीवनदेखि नै साहित्य लेख्न थालिन् । त्यतिखेर उनको प्रतिभाको कदर उनकै दिदीहरूले गरिदिन्थे । दिदीहरूले उनलाई साहित्यरचनातर्फ लाग्न घच्घच्याइरहन्थे । त्यसो भए तापनि उनले बिहे गरेपछि मात्र औपचारिक ढङ्गबाट कथा लेख्न थालिन् ।
मीरा प्रधान एम.ए. पास गरेपछि त्रिचन्द्र कलेजमा अङ्ग्रेजी पढाउने गुरुआमामा नियुक्त भइन् । त्यसैबीच उनी विभिन्न भाषा सिक्न पनि अग्रसर भइन् । त्यही क्रममा उनले फ्रेन्च भाषा पढ्न थालिन् । उनी पढ्ने स्कुलमा इन्जिनियर एरेक रेम पनि अङ्ग्रेजी सिक्न आउँथे । त्यसै ठाउँमा उनीहरूको परिचय भयो । त्यस घडी रेम काठमाडौंको थापाथलीस्थित टेक्निकल इन्स्टिच्यूटमा जी टी जेड् अन्तर्गत जर्मन प्राविधिक सल्लाहकार थिए । फलस्वरूप जर्मन नागरिक एरेक रेमसँग मीराले आफ्नो जीवनगाँठो कसिन् । हुन त विदेशीसँग बिहे गर्न उनले धेरै सङ्घर्ष गर्नुप¥यो । अन्तत: नेपाली परम्पराअनुसार उनका बाबुले नै उनको कन्यादान गरिदिए ।
बिहे गर्दा मीराले पच्चीसवर्ष नाघेकी थिइन् । बिहेपछि उनी उनका पतिसँग सोमालिया गइन् । त्यहाँ एक वर्ष बसेपछि रेम दम्पती लेसोथो पुगे । लेसोथोमा उनले अमेरिकन मिसनरी स्कुलमा पढाइन् ।
विदेश पसेपछि मीरा आफ्ना पतिकी सहयोगीमा दर्ता भइन् । त्यसै प्रसङ्गमा उनी भन्छिन् “म उन्नति गर्न सक्ने नारी थिएँजस्तो मलाई लाग्थ्यो । तर म गृहिणीमा अनुवाद भएँ । मैले विदेशी भूमिमा स्थापित हुन धेरै सङ्घर्ष गर्नुप¥यो ।” उनको युवा अवस्थाचाहिँ अफ्रिकामा रित्तिएको थियो ।
मीराले विदेशमै प्रवेश गरेपछि पनि सक्रियतापूर्वक आफ्नो साहित्यिक अभिव्यक्ति दिन थालिन् । उनको पहिलो कथा २०४१ सालमा ‘गरिमा’मा छापिएको थियो । उनले सर्वप्रथम त्यो कथा लेखेर आफ्नै दिदी कमलेशलतालाई सुनाएकी थिइन् । अनि त्यसपछि मात्र उनले त्यो कथा छापामा दिइन् । सो कथा एउटी जर्मननारीका विषयमा आबद्ध थियो । यसै प्रसङ्गमा उनी भन्छिन् “मैले जसका विषयमा कथा लेखें ती महिलालाई मैले सुडानमा भेटेकी थिएँ ।” आफ्ना पतिको जागिरसँगसँगै नारिएर हिँड्दा मीराले भारत, पाकिस्तानलगायत युरोप र अफ्रिकाका धेरै देश घुमिन् । उनी जहाँजहाँ गइन् त्यहींत्यहींको चित्रात्मक कथनले उनले आफ्नो लेखनलाई परिमार्जन पनि गरिन् । आफ्ना श्रीमान् सेवाबाट अवकाश भएपछि उनी जर्मनी बस्न थालिन् ।
मीरा सानैदेखि न्यायपूर्ण प्रकृतिले फक्रेकी थिइन् । उनले सँधै अन्याय, अत्याचार र भ्रष्टाचारको विरोध गरिरहिन् । यसै प्रसङ्गमा उनी भन्छिन् ‘‘हुन त म त्यस ठाउँमा जन्में र हुर्कें जहाँ आइमाईले अन्यायलाई पनि शान्त भएर सहनुपथ्र्यो । त्यहाँ नारीको जीवनमा चेतना घुस्नेबित्तिक्कै तिनीहरूलाई सहनैपर्ने शिक्षा दिइन्थ्यो । त्यसैले मेरो जतिसुकै कडा मन भए तापनि मेरो चर्को रिस प्रस्तुत हुँदैन । मैले सधैं आफूलाई सहन सक्ने अवस्थामा मोडिरहें ।’’ मीराका यी अभिव्यक्ति भए तापनि उनका कथामा भने आगाको भुतभुतेजस्तै आक्रोशहरूका पनि थाक लागेका हुन्छन् ।

भुवन ढुङ्गानालाई हेर्ने मान्छेले उनलाई घमण्डी भन्छन्, उनीसँग बोल्नेले उनलाई सरल भन्छन् र उनीसँग सङ्गत गर्नेले उनलाई असल मान्छे भन्छन् । यी तीन प्रकारको व्यक्तित्वकी सङ्गम भुवन ढुङ्गाना जस्तो देख्छिन् त्यस्तै लेख्छिन् र त्यस्तै बोल्छिन् । उनी सरल भाषामा उच्चकोटिका सृजना गर्छिन् । यसै हिसाबमा उनले कविता लेखिन्, कथा लेखिन् र निबन्ध लेखिन् । यिनले जेजे लेखिन् तीती विषयमा यी पारङ्गत पनि भइन् । यिनका लेखनको चारै दिशाबाट प्रशंसा भयो । जुनसुकै राजनैतिक सिद्धान्तकारले पनि भुवन ढुङ्गानाको साहित्यिक व्यक्तित्वको तारिफ नै गरेका हुन्छन् किनभने उनी आफ्ना रचनामा शाश्वत मनको ढुकढुकी लेख्छिन्, मनका सुन्दर, सुकोमल र निर्मल झर्ना लेख्छिन् र मनमा मडारिएका बादल पनि लेख्छिन् । उनी राम्राराम्रा कविता लेखेर पाठकलाई मोहित पार्छिन् । वास्तवमा भुवनका कविता पनि जीवन्त हुन्छन् । अथवा भनूँ उनीजस्तै उनका कविता पनि सौम्य हुन्छन् । त्यसैले उनी थोरै लेखेर माथि पुग्ने कोटिकी स्रष्टा हुन् । स्रष्टाजस्तै उनको सृष्टि पनि त्यतिकै ओजिलो छ:
मीरालाई मनपर्ने विषय सङ्गीत हो, दर्शन हो र ज्योतिष विद्या पनि हो । उनलाई मान्छेका आँसुमा विश्वास छैन । जसरी कठोर मनस्थिति लिएर उनले युवावस्था पार गरेकी थिइन्, जीवनपरिचालनको त्यही परिभाषालाई शाश्वत देखाउन उनी कहिल्यै चुकिनन् ।
मीराले पति एरेक रेमलाई सदा साथ दिइन् । चिसोमा पनि उनी एरेकसँगै टाँंसिइन् र तातोमा पनि उनी एरेकसँगै गाँसिइन् । एरेक रेमले पनि उनलाई छाती खोलेर माया गरे । यी दुई मायालु मिलेर एउटी छोरी जन्माए । छोरी निशाले एम.एस्सी. पास गरिन् । त्यसपछि निशा बेलायतको अक्सफोर्ड शहरको पर्यावरण कार्यालयमा कार्यरत भइन् ।
मीरा प्रधान रेमले आमा भएरै राम्राराम्रा कथा लेखिन् । उनी बौद्धिकतामा आधारित कथालेखनकी नम्बरी सुन भइन् । नेपाली साहित्यमा उनका कथा स्तरीय मानिन्छन् । वास्तवमा उनले जतिजति कथा लेखिन् त्यतित्यति नै आफूलाई नामी बनाउँदै लगिन् । उनका अन्य थुप्रै फुटकर कथाहरूले पनि उनको सृजनात्मक क्रियाशीलताको उपक्रमलाई पुष्टि गरिरहेका छन् ।
मीराले विभिन्न भाषाका अतिरिक्त फ्रेन्च भाषामा डिप्लोमा गरिन् । पेसाका हकमा उनले विवाहपूर्व र विवाहपछि पनि केही वर्षसम्म काठमाडौंको कलेज अफ एग्रिकल्चर र त्रिचन्द्र कलेजमा अङ्ग्रेजी पढाइन् । त्यसपछि उनले अमेरिकाको मिसनअन्तर्गत दक्षिण अफ्रिकाको लेसोथोमा पनि अध्यापन गरिन् ।
मीरा प्रधान रेमले आफ्नो पछिल्लो समय जर्मनीमा नै बिताइरहेकी छिन् । उनले त्यहाँ नेपाली संस्कृतिको प्रचार पनि गरिरहेकी छिन् । त्यहाँ उनी नेपाली संस्कृतिमा आधारित प्रवचन दिने कार्यमा पनि लागिन्, नेपाली जनजीवनका लोकसंस्कृतिबारे जानकारी दिन पनि अग्रसर भइन् र नेपाली परम्पराबारेका लेखरचनाद्वारा त्यहाँका जनतालाई जानकारी दिने हेतुले पनि समर्पित रहेकी छिन् ।
मीराले जीवनका सत्य अनुभूतिलाई कथामा जोड्ने काम कहिल्यै छोडिनन् । यसै परिवेशमा उनले ‘उडान’ पनि लेखिन् । ‘उडान’ उनकी बाल्यसँगीको जीवनमा आधारित सत्यकथा हो । उनी आफू किशोरावस्थामा हुँदानहुँदै उनमा अनमेल बिहेप्रति वितृष्णा जागिसकेको थियो । उनको त्यही वितृष्णाको परिणतिस्वरूप नै ‘उडान’ जन्मेको हो । यस कथाले अनमेलविवाहको दुष्परिणाम र प्रेमविवाहको औचित्य पस्केको छ । वास्तवमा उनले जर्मन नागरिकसँग प्रेम गरेर उनैसँग बिहे गरेको घटनालाई ‘उडान’ कथाको लक्ष्यप्राप्तिको उल्लेखनीय प्रसङ्ग मान्नुपर्छ ।
जीवनमा आफ्नो कर्तव्य पूरा गर्दै जाँदा मीरा प्रधान रेमले नेपाल भाषा कथाप्रतियोगितामा स्वर्णपदक पाइन् । साथै उनले केदारमान व्यथित पदक र बैकुण्ठप्रसाद लाकौल पदक पनि पाइन् । अनि यसभन्दा ठूलो कुरा उनी जर्मन नागरिक भए तापनि उनले नेपाली भाषासाहित्यमार्फत कहिल्यै नउखलिने गरी आफ्नै मातृभूमिको माटोमा नै आफूलाई रोपिदिइन् । विदेशमा नेपाली मूलकी विदेशी भएर बाँचे पनि उनीभित्रको नेपालीपन भने अजम्बरी भयो । उनको त्यही नेपाली साहित्यप्रतिको मोह र प्रेम नै कालान्तरसम्म बाँच्ने मीरा प्रधान रेमका रूपमा स्थापित भयो ।

भुवन ढुङ्गाना

अपरिहार्य छ
मेरो उपस्थिति
यद्यपि तिमी
एकान्त खोजिरहेछौ ।
भुवन सानैदेखि सृजनामा आबद्ध थिइन् । स्कुलमा पढेताका नै उनी कथा, कविता र निबन्ध लेख्ने गर्थिन् । यिनले आफ्ना रचना स्कुलका गुरुहरूलाई देखाउँथिन् र उनीहरूबाट स्याबासी पनि पाउँथिन् । उनका बडाबाबुका छोरा धरणीधर कोइरालाको समेत प्रेरणा थपिएर साहित्यरचनामा उनी झनै जाँगरिली बनिन् । कोइरालाकै आग्रहमा उनले आफ्नो कविता ‘मधुपर्क’लाई दिइन् । २०२५ सालको जेठ महिनामा उनको ‘शब्दकोशको ‘अ’ झंै’ शीर्षकको रचना सर्वप्रथम जनसमक्ष आएको थियो । उनको पहिलो कथा २०२७ सालमा ‘मधुपर्क’ मार्पmत सार्वजनिक भएको थियो । त्यसपछि उनका कथा कविताहरू क्रमश: प्रकाशनमा आइरहे । कविताबाट साहित्यिक जीवनको आरम्भ गरे तापनि यिनको साहित्यिक व्यक्तित्वको परिचयचाहिँ कथाकार नै हो । ‘युद्धको घोषणा गर्नुभन्दा अघि’ नामक कृतिमा उनको लेखनकलाको स्पष्ट ढङ्गमा उल्लेख गरिएको छ “भुवन ढुङ्गानाका रचनाहरूमा अमूर्त र यथार्थको अनुपम मेल पाइन्छ । रचना शिल्पमा अद्वितीय कल्पनाशीलता र कति बेला अति यथार्थ; यस प्रकारको मौलिकता नै भुवन ढुङ्गानाका रचनाहरूका विशेषता हुन् ।”
भुवन सानैदेखि साहित्यप्रति रुचि राख्थिन् । किशोरावस्थादेखि नै कविताको रचना गर्नु, गीत गाउनु र नाच्नु उनका विशेष अतिरिक्त क्रियाकलाप मानिन्थे । उनले नाचेर गीत गाउन थालिन् र गीत गाउँदै जाँदा कविता लेख्न जानिन् । साथै उनले सानैदेखि चित्र पनि कोरिन् । त्यसैले स्कुले जीवनमा नै यिनको कार्यकुशलताबाट यिनका गुरुबाहरू खुसी हुन्थे । उनको सृजनात्मकशैलीलाई सबैले स्नेह गर्थे । त्यसै बेला स्कुलका गुरुहरू एकअर्कामा छलफल गर्दै भन्थे “भुवनले भविष्यमा केही न केही देखाउँछे ।”
भुवन सानैदेखि खेलकुदमा पनि रुचि राख्थिन् । स्कुलमा सम्पन्न खेलकुद प्रतियोगितामा उनी भाग लिन्थिन् । कविता प्रतियोगितामा चाहिँ उनले पुरस्कार पनि थाप्ने गरेकी थिइन् । नाच, गानमा पनि उनी पुरस्कृत हुने गर्थिन् । सानैदेखि उनी कल्पना गर्थिन् “म पढेर अवश्य एक दिन ठूलो मान्छे हुन्छु, म नाचगानमा पनि नाउँ कमाउनेछु र साहित्यमा पनि मैले आफ्नो नाउँ राख्न सक्नेछु ।” उनले सानैमा कोलकाताको शान्ति निकेतनको नाउँ सुनेकी थिइन् । त्यसै बेला ठूलो भएपछि त्यो ठाउँ अवश्य हेर्नेछु भन्ने दृढता उनका मनमा थियो । उनको लगन, परिश्रम र त्यागले उनीभित्र प्रखर ‘भुवन’ को जन्म भइसकेको थियो ।
भुवनको जन्म २००३ साल जेठ ३ गते विहीबार विराटनगरस्थित गहेलीटोलमा भएको थियो । यिनका बुबा विष्णुप्रसाद कोइरालाका दुईटी पत्नी थिए; तीमध्ये कान्छी नन्दकुमारी कोइरालाकी छोरी भुवन साइँली थिइन् । यिनको चिनाको नाउँ भुवनमञ्जरी लेखिएको थियो । घरका अविभावकहरूले चाहिँ यिनलाई भूपा भनेर बोलाउने गर्थे । यिनकी आमापट्टिका जम्मा ५ बहिनी छोरी जन्मे भने जेठी आमाबाट दीर्घराज कोइराला र ढुण्डिराज कोइराला जन्मे ।
भुवनका बुबा विष्णुप्रसाद कोइराला जागिरे भए तापनि समाजसेवी थिए । समाजसेवामा पनि शिक्षाको ज्योति फैलाउने काममा कोइराला सधैँ अग्रसर भइरहे । त्यतिमात्र होइन विश्वेश्वरप्रसाद कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाका प्रमुख सहयोगीमध्येका विष्णुप्रसाद कोइराला पनि एक थिए । उनी आपूmलाई प्रजातन्त्रका एउटा बफादार नागरिक मान्थे । उनी पृथ्वीमा कसैलाई शत्रु ठान्थे भने राणाहरू मात्रै नेपाल र नेपालीका शत्रु हुन् भन्थे । त्यसैले उनलाई पनि राणाका सिपाहीले पक्राउ गरी गालामा चड्काउँथे । त्यो रीत बढ्दै गएपछि राणाका आदेशले उनका दुवै हातमा नेल पनि ठोकिएका थिए । तर उनको जीवनमा जस्तोसुकै आँधी आए पनि उनी भने कहिले आत्तिएनन् ।
राणासरकारले विष्णुप्रसाद कोइरालालाई पक्राउ गरेर विराटनगरबाट धनकुटा लाने निर्णय ग¥यो । त्यसै अनुरूप विराटनगरबाट धनकुटा जाने क्रममा रात प¥यो । राति उनीहरू मूलघाटवारिपट्टिको साँघुरीमा बास बसे । त्यहाँ खानपिनको सुरसार चल्यो । कोइरालाले त्यहाँबाट आपूm फुत्कने सुर कसे । त्यसै बेला सिपाहीका आँखा छलेर कोइरालाले दालमा जाइदानो हालिदिए । परिणामस्वरूप दालभात खाएर सुत्नेबित्तिकै सिपाहीहरू निदाए । अनि कोइरालाले हतकडीसहित तमोरनदीमा हाम फाले । उनी राति नै तमोरपारि पुगे । त्यसपछि उनी राणाका जेलनेलबाट मुक्त भए । अनि उनी राणाविरोधी सङ्घर्षमा क्रियाशील भएर लागे । यो रोचक घटना बी. पी. कोइरालाले आफ्नो आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन् ।

विष्णुप्रसाद कोइराला टाठाबाठा र जाँगरिला पनि थिए । खास गरेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनले आफ्नो बाहुबल अर्पित गरेका थिए । तर उनले नेपालमा प्रजातन्त्र आएको देख्न पाएनन् किनभने २००७ फागुन ७ आउनुभन्दा बाइस दिनअघि नै उनी स्वर्गीय भए ।
विष्णुप्रसाद कोइरालाको निधनपछि भुवन परिवार अन्धकारमा पौडी खेल्न थाल्यो । तर यिनका दाजु दीर्घराज कोइराला आदर्शका राजमार्ग थिए । त्यसैले उनी आफ्ना दुवै आमा, बहिनीहरू र भाइलाई लिएर बनारस पुगे । आफ्ना परिवारलाई बनारसमा थन्क्याएर उनी नेपाल फर्के । किनभने त्यतिखेर कोइराला नेपालमै स्कुल इन्स्पेक्टरमा कार्यरत थिए ।
बनारसमा नै भुवनले अक्षरारम्भ गरिन् । यिनलाई अक्षरारम्भ गराउने गुरुचाहिँ केशव दुवाडी थिए । स्कुलको पढाइमा उनी राम्रो विद्यार्थी मानिन्थिन् । त्यतिखेर पढ्ने मात्र होइन, नाचगान र नाटकहरूमा अभिनय गर्ने कार्यमा पनि उनी निपुण थिइन् । त्यसैले थियोसोपिकल स्कुलमा उनी चर्चित थिइन् । उनले बनारसमा शिशु कक्षादेखि छ कक्षासम्म पढिन् । त्यसपछि उनका परिवारसँगै उनी फेरि विराटनगर नै आइन् ।
विराटनगर प्रवेशपछि भुवनलाई सात कक्षामा स्कुल भर्ना गराइयो । त्यति बेला उनी आदर्श बालिका विद्यालयमा पढ्थिन् र त्यहीँबाट यिनले २०१८ सालमा एस. एल. सी. पास गरिन् । त्यसपछि उनको पढाइलेखाइ गर्ने थलो काठमाडौं चुनियो । उनले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट आई. ए. पास गरिन् । आई. ए. पास गरेपछि भुवन कोलकाताको विश्वभारती विश्वविद्यालयअन्तर्गत शान्ति निकेतनमा भर्ना भइन् । त्यहाँ उनले सङ्गीत र नृत्यको ३ वर्षीय स्नातक पनि गरिन् । त्यसपछि उनी काठमाडौं आएर एम. ए. पढ्ने भावनामा जागृत भइन् । उनी एम. ए. पढ्न कीर्तिपुरस्थित विश्वविद्यालय कलेजमा भर्ना भइन् । त्यसैताका उनले एक जना वकिलसँग प्रेम गर्न थालिन् । त्यसघडी एकातिर उनी दमननाथ ढुङ्गानासँग समर्पित थिइन् भने अर्कातिर उनी पढाइलाई नै केन्द्रविन्दु बनाएर अघि बढिरहिन् । दुईटा नाउमा खुट्टा राखेर पनि उनी सफल भइन् ।
भुवन कोइराला प्रजातान्त्रिक खेमाकी प्रतिबद्ध नारी थिइन् । उनी साहित्यमा पनि नाउँ चलाउँदै गरेकी सशक्त कवयित्री र कथाकार थिइन् । त्यसैले उनको मन प्रजातन्त्रवादी कानुन व्यवसायीसँग मिलेको थियो । उनीहरूको औपचारिक विवाहचाहिँ २०२८ जेठ १३ गते बनारसको विश्वनाथ मन्दिरमा भएको थियो ।
भुवन ढुङ्गानाले बिहे गरेर मधुमास मनाउन पाउँदानपाउँदै दमननाथ ढुङ्गाना पक्राउ परेर लगभग एक वर्ष जेलमै बसे । त्यसघडी एकातिर उनी एम. ए. पढ्दै थिइन् भने अर्कातिर वैवाहिक जीवनको नयाँ संसार टेकेकी मात्रै थिइन् । त्यति बेला सासूससुरालगायत घरपरिवारको सम्पूर्ण दायित्व भुवन ढुङ्गानाका टाउकामा थपिएको थियो । तर पनि उनले पढाइलाई जीवनमार्ग ठानिन् र २०३० सालमा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एम. ए. पास गरिन् । साथै बिहे गरेको एक दशकपछि उनले आफ्ना पतिको आग्रहमा बी. एल. पढिन् र पास पनि गरिन् ।
आफ्ना खुट्टामा उभिने र आफ्नो पहिचान स्वयम्ले नै बनाउने भुवन ढुङ्गानाको वैयक्तिक रहर थियो । त्यसैले एम. ए. उत्तीर्ण भएकै दिन उनी नेपाल ल क्याम्पस पुगिन् र उनले सहायक प्राध्यापक भएर प्राध्यापन गर्न थालिन् । अध्यापनकालमा उनी विद्यार्थीमाझ भुवन म्याडम भनेर चर्चित भइन् । साथै जागिर पाएकै वर्ष उनकी छोरी पनि जन्मिन् । अर्को वर्ष उनी त्रिभुवन विश्वविद्यालय सेवाअन्तर्गत स्थायी पनि भइन् । त्यसपछि उनी झन् क्रियाशील भएर प्राध्यापन पेसामा समर्पित भइन् ।
भुवन ढुङ्गानाका पति दमननाथ ढुङ्गाना जेलबाट छुटेर आफ्नै राजनैतिक धरातलमा कुदिरहे । उनी राजनीतिमा जति सक्रिय भए तापनि उनले वकालत पेसाचाहिँ छाडेका थिएनन् । उनी आफ्नो पेसामा पनि प्रजातन्त्रलाई मन, वचन र कर्ममा सिउरेर हिँडिरहे । आफ्नो निष्ठा, समर्पण र जाँगरका कारण उनी २०४८ सालमा सांसद भए र त्यसै साल प्रतिनिधिसभाका सभामुख पनि भए । दमननाथ ढुङ्गाना राजनीतिज्ञ मात्र नभएर साहित्यकार पनि हुन् । त्यसैले भुवन ढुङ्गानाको साहित्यिक यात्रामा दमननाथ ढुङ्गानाको पनि गहिरो सौहार्द गाँसिएको छ ।
भुवन ढुङ्गाना सानैदेखि कविता लेख्थिन् । उनी सानैदेखि अध्ययनमा पनि रुचि राख्थिन् । उनले किशोरावस्थामा कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि देवकोटा पढेकी थिइन् । उनले बी.पी. कोइरालाको जीवनी, दर्शन र सिद्धान्तचाहिँ युवावस्थामा टेक्दा नटेक्दै कण्ठाग्र पारेकी थिइन् । त्यसपछि उनले वर्डस्वर्थ र कीट्सका केही कृति पनि मन लगाएर पढिन् । साथै उनले रवीन्द्रनाथ ठाकुरको व्यक्तित्व र कृतित्वको पनि कोलकाताको तीन वर्षको बसाइका बीचमा सुरुचिपूर्ण अध्ययन गरिन् ।

माया ठकुरी सानी छँदा उनको खेल्ने ठाउँ शिलाङस्थित मसानघाट थियो । त्यसताका उनको परिवार शिलाङको झालुपाडा भन्ने ठाउँमा बस्दथ्यो । त्यस ताका उनकी आमा बडाबजारका साहूकहाँबाट सुइटर बुन्ने ऊन लिएर आउँथिन् र ज्यालामा सुइटर बुन्ने गर्थिन् । कहिलेकाहीँ उनी सुपारी ताछ्ने काम पनि गर्थिन् । साथै उनकी आमाले शिलाङस्थित गोर्खा हाईस्कुलमा विद्यार्थीहरूका निम्ति खाजा बनाएर बेच्ने काम पनि गर्थिन् । त्यसै बेलाको कुरो हो उनीहरू बसेको ठाउँमा कसैको मृत्यु हुँदा शङ्ख बजाउँदै लासलाई मसानघाट लाँदा शङ्खको आवाज सुन्नासाथ माया ठकुरीचाहिँ दगुर्दै बाटामा पुग्थिन् र बाटामा छरेका तामाका सिक्का बटुलेर घाँघरको गोजीमा राख्दै मलामीका पछिपछि
विविध कारणवश भुवन ढुङ्गानाका सृजनात्मक कृतिमा आधारित पुस्तकहरू धेरै प्रकाशित नभए तापनि ‘युद्धको घोषणा गर्नुभन्दा अघि’ (सन् १९९२) कथासङ्ग्रह प्रकाशित भएको छ । पाकिस्तानी महिला लेखिकाहरूका सृजनासम्बन्धी उनीद्वारा अनूदित दुई पुस्तकहरू पनि प्रकाशित छन् । भुवन ढुङ्गानाले लेख्तै जाँदा एक सयजति फुटकर कविता लेखिन्, एक दर्जनजति मुक्तक लेखिन् र चालीसवटा कथा लेखिन् । २०२६ सालदेखि उनको साहित्यिक यात्रा निरन्तर जारी छ । साहित्यमा गहिरो रुचि रहेकाले उनले ‘सिउँडी’ नामक बहुचर्चित साहित्यिक पत्रिकाको सम्पादन पनि गरिन् । त्यसमा छापिने गरेका उनका धारावाहिक निबन्धले सर्वत्र चर्चा पाएका थिए । तिनै सृजनालाई जोडेर पारिजातले अस्तित्ववादी लेखनको सशक्त नमुना भनेर उनलाई हौसला दिने गर्थिन् ।
भुवन ढुङ्गानाले २०१८ सालमा नै भीमनिधि तिवारीका हातबाट चाँदीको कप पुरस्कार पाएकी थिइन् । त्यति बेला गण्डकी छात्र समितिद्वारा आयोजित कविगोष्ठीमा ‘एक्सरे भित्रको म’ शीर्षक कविता पाठ गर्दा उनी द्वितीय भएकी थिइन् । त्यसपछि उनले ‘रत्नश्री स्वर्णपदक’ पाइन् । साथै त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापन गरेबापत उनी २०४६ सालमा शिक्षा पुरस्कारबाट पनि सम्मानित भइन् । साथै उत्कृष्ट निबन्ध लेखेबापत उनी गरिमासम्मान, लोकप्रियादेवी पुरस्कार, वनिता पुरस्कार र हिमशिखर सम्मानबाट सम्मानित छिन् । २०६१ सालमा उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानकी सदस्य मनोनीत भइन् । उनको मनोनयनमा धेरै महिला स्रष्टाले हर्ष प्रकट पनि गरे । उनी पदमा भए पनि र नभए पनि उनको काव्ययात्रा चाहिँ सदैव चम्किरह्यो:
द्रोणाचार्य
तिम्रो चक्रव्यूहको
संरचनामा
जे नहुनुपर्ने थियो, भयो
अभिमन्यु मरेन
अश्वत्थामा म¥यो ।
पति दमननाथ ढुङ्गानासँगको सहयात्रा यिनको जीवनको मीठो यात्रा मानिन्छ । उनकी एक छोरी नीतिका वैवाहिक जीवनमा बाँधिएकी छिन् र यिनका दुई छोरा निशेष ढुङ्गाना र निमेष ढुङ्गाना उच्च शिक्षामा लागेका छन् ।
भुवन ढुङ्गानाले भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, स्पेन र अमेरिकाको पनि भ्रमण गरेकी छिन् ।

माया ठकुरी

संवत् २००३ असार १८ गते मङ्गलबारका दिन भारतको लखनउमा माया ठकुरी जन्मिएकी थिइन् । सात महिनासम्म आमाको गर्भमा रहेपछि माया ठकुरीको जन्म भएको थियो । उनी जन्मँदा एउटा झिल्लीभित्र थिइन् । अस्पतालकी एउटी नर्सले झिल्लीमा के रहेछ भनी जिज्ञासावश बाँसको झाडुको सिन्काले कोट्ट्याउँदा बच्चा सलबलाएको देखिन् । त्यसपछि उनलाई झिल्लीबाट बाहिर निकालियो । छोरी जन्मेको थाहा पाएपछि मायाका बुबाले चाहिँ उनको मुखै हेरेनन् ।
मायाको बाल्यकाल अति नै सङ्घर्षमय अवस्थामा बितेको थियो । उनी अभावैअभावको संसारमा हुर्किन् । जन्मेदेखि किशोरी अवस्था पार गर्दासम्म पनि मायाले दुःख, पीडा र लाञ्छना मात्र खेप्नु परेको थियो । परिणामस्वरूप आठनौ वर्षको कलिलो उमेरदेखि नै उनलाई जीवन धान्ने विषय रोज्नुपरेको थियो । उनको घरको आर्थिक अवस्था ज्यादै नराम्रो थियो । उनीहरूले दिनमा एक छाक पनि पेटभरि खान पाउँदैथे ।

लीलबहादुर छेत्री र डी.आर. सुब्बाद्वारा लिखित धेरैजसो रेडियो नाटकमा पनि माया ठकुरी भाग लिने गर्दथिन् । उनका कविताहरू पनि रेडियोद्वारा प्रसारण हुने गर्थे । अल इन्डिया रेडियोको उत्तराञ्चल अनुष्ठानद्वारा माया ठकुरीका गीतहरू प्रसारण हुनेताका नागालैन्डका हरिप्रसाद गोर्खा राई प्रोग्राम एक्ज्युक्टिभ भएर काम गर्ने गर्थे ।
लागेर मसानघाटमै पुग्थिन् । मलामीहरू मसानघाट पुगेपछि लासको दाहसंस्कार गर्नपट्टि लाग्दथे । उनी भने मसानघाट छेवैको कालीगेडीको झ्याङमा लुकेर त्यहाँका दृश्य हेरिरहन्थिन् । मलामी फर्केपछि उनी लासको दाहसंस्कार गरेको ठाउँमा पुग्थिन् । अनि त्यहाँ मलामीले टपरीमा छोडेका खानेकुरा उनी खुसी हुँदै खान्थिन् । साथै कात्रोका टुक्राटाक्री खोजेर उनी आफ्नो शरीरमा बेर्दथिन्; यसका साथै मसानघाटको निर्जनस्थानमा उनी आपैmँसँग बात मार्दै गीत गाउँदै एक्लै खेल्ने गर्थिन् । उनी यसरी खेल्दाखेल्दै कुनै समाधिमाथि कात्रो ओछ्याएर मस्तसँग निदाएकी पनि हुन्थिन् ।
माया ठकुरी सानैदेखि गीत गाउन र नाच्न भनेपछि हुरुक्कै हुन्थिन् । छरछिमेकमा कसैको घरमा पूजा, व्रतबन्ध, अन्नप्राशन आदि उत्सव भएको बेला हारमोनियम र तबलाको तालमा उनी रातभरि गाउने र नाच्ने गर्दथिन् । बाल्यकालमा उनी आफ्ना घरमा भन्दा अरूका घरमा रमाउने गर्थिन् ।
माया ठकुरीकी आमा देवी ठकुरी शान्त तथा धार्मिक स्वभावकी थिइन् । उनका पतिले जतिसुकै परस्त्री गमन गरे तापनि उनी पतिलाई देउता ठान्थिन् र हरेक बिहान आफ्ना पतिको गोडा पखालेर त्यो पानी खाने गर्थिन् । त्यसपछि मात्र उनी अन्नजल ग्रहण गर्थिन् ।
माया ठकुरीका पिताको वास्तविक नाउँ छविजङ्ग राणा र बोलाउने नाम गोपालजङ्ग राणा थियो । उनका बुबाको पुख्र्यौली थलो पाल्पा अर्घेलीमा थियो । माया ठकुरीका पिताले भारतीय सेनामा भर्ती हुनुभन्दा अघि आफ्नो नाउँ थर फेरेर गम्भीरसिंह ठकुरी राखेका थिए । माया ठकुरीका पिता स्त्रीगमन, मदिरासेवन र जुवा खेल्नमा सौकिन थिए । हुन त उनले सुरुमा व्यापारमा लागेर निकै सम्पत्ति आर्जन गरेका थिए । तर उनले जेजति कमाए त्यो सबै आफ्नै सुखसयलमा खर्च गरेर स्वाहा पारे । अन्त्यमा उनको सर्वनाश नै भएको थियो ।
घरको गरिबीले गर्दा माया ठकुरीले आफ्नो टोलछिमेकका बालबालिकाले झैँ स्कुलमा गएर औपचारिक शिक्षा हासिल गर्न सकेकी थिइनन् । तर पढाइप्रतिको उनको लगनशीलताले गर्दा अरूका पुस्तक मागेर भए तापनि उनले आफ्नै ढङ्गबाट त्यसलाई निरन्तरता दिँदै गइन् । उनको इच्छालाई उनकी आमाले पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरेकी थिइन् ।
त्यस बेला शिलाङमा विद्यार्थीहरूलाई पढाउनमा नाम कहलाएका शिक्षकहरूमध्ये एक जना शिक्षक सतीश शर्मा पनि थिए । माया ठकुरी हरेक दिन एकाबिहानै सतीशकहाँ पढ्नका लागि भनेर पुग्थिन् । तर त्यहाँ उनी सतीशकी पत्नीले अह्राएअनुसार कोठा बढार्ने, बेलुकी खाएका जुठा भाँडा माझ्ने, चिया बनाउने आदि घरेलु काम सघाउने गर्दथिन् । त्यसरी उनका गुरुले उनीप्रति गरेको गुनको साटो श्रम दिएर उनले पढ्ने गरेकी थिइन् । त्यो वर्ष म्याट्रिक दिएका केटीहरूमध्ये एउटी माया ठकुरी र अर्की सत्य छेत्री जम्मा दुईओटी केटी मात्र परीक्षामा उत्तीर्ण भएका थिए ।
नाटककार डी.आर.सुब्बा, सङ्गीतकर्मी के.बी. गुरुङ अनि साहित्यकार कृष्णप्रसाद ज्ञवालीले मायालाई साहित्यकार बनाउनमा ठूलो योगदान पु¥याए । साथै साहित्यकार मोदनाथ प्रश्रित, लीलबहादुर छेत्री, हरिभक्त कटुवाल, भवानी घिमिरे र दिल साहनीले पनि मायाको जीवन उकास्न ठूलो भूमिका खेले ।
शिलाङमा स्थानीय नेपालीहरू मिलेर एउटा संस्था खोलेका थिए ‘नेपाली सङ्गीत कला समिति’ । त्यस समितिमा भोला गुरुङ, के.बी. गुरुङ, डी.आर. सुब्बा, गोपीनारायण प्रधानहरू सक्रिय रूपमा संलग्न थिए । त्यस समितिमा माया पनि सदस्य भएकी थिइन् ।
माया ठकुरीका परिवारको विपन्न अवस्था देखेर डी. आर. सुब्बाले उनलाई एउटा प्रेसमा मेसिन सफा गर्ने र कम्पोजिटरको काम लगाइदिए । उनले पनि प्रेसमा आफ्नो दक्षताको प्रदर्शन गरिन् ।
सन् १९६४ सालमा ‘आशा’ पत्रिकामा माया ठकुरीद्वारा लिखित ‘बौलाही’ शीर्षक कविता प्रकाशित भएको थियो । आफ्नो कविता पत्रिकामा प्रकाशित भएको देखेर उनी हर्षले रोएकी थिइन् । उनको त्यस रुवाइमा उनकी आमाले पनि साथ दिएकी थिइन् ।
सन् १९५९ तिरको कुरो हो त्यति बेला लीलबहादुर छेत्री आसामस्थित गौहाटी रेडियो स्टेसनमा नेपाली कार्यक्रम सञ्चालक थिए । यिनै छेत्री स्वरपरीक्षणको कार्यक्रम लिएर शिलाङ पुगेका थिए । त्यहाँ उनले धेरै नेपाली युवायुवतीको स्वरपरीक्षण गरे । मायालाई डी. आर. सुब्बा र के. बी. गुरुङले स्वरपरीक्षणमा भाग लिन हौस्याए । मायाले स्वरपरीक्षणमा भाग लिइन् र उनी त्यस परीक्षामा उत्तीर्ण पनि भइन् ।

आक्रोशका घुड्का चुपचाप निल्नुपर्छ
२०२० साल र २०२२ सालमा ‘नेपाली सङ्गीत कला समितिको साङ्गीतिक टोलीसँग माया ठकुरी काठमाडौं आएकी थिइन् । त्यसै अवसरमा उनले श्री ५ महेन्द्रलगायत सूर्यविक्रम ज्ञवाली, बालकृष्ण सम, जनार्दन सम, नातिकाजी, तारादेवी, कोइलीदेवी आदिको हस्ताक्षर आफ्नो अटोग्राफमा सङ्कलन गरेकी थिइन् ।
२०३२ साल माघ १२ गते राजनीतिज्ञ धनपति उपाध्यायको सल्लाहमा इन्जिनियर दामोदर शर्मासँग माया ठकुरीले वैवाहिक सम्बन्ध गाँसिन् र नयाँ जीवन प्रारम्भ गरिन् । त्यसपछि यी दम्पती नेपालमै बसे । माया ठकुरीले नेपाल पसेर शिक्षण सेवा गरिन् जसअनुसार उनले त्रिशूलीको त्रिभुवन माध्यमिक विद्यालयमा चार वर्ष, पाल्पाको जनता माध्यमिक विद्यालयमा पनि चार वर्ष र पोखराको गण्डकी बोर्डिङ्ग स्कुलमा दस वर्षजति अध्यापन गरिन् । उनले विद्यालयमा पढाउने विषय अङ्ग्रेजी भए तापनि नेपाली साहित्य सृजनामा उनको निरन्तरता रहिरह्यो ।
माया ठकुरी जता पुगे पनि उनी नेपाली साहित्यको सेवामा जुटिरहिन् । उनले कथासङ्ग्रह मात्रै पाँचवटा लेखिन्– ‘नजुरेको जोडी (२०३०), ‘गमलाको पूmल’ (२०३३), ‘साँघु तरेपछि’ (२०३९), ‘चौतारो साक्षी छ’ (२०४६), ‘माया ठकुरीका कथाहरू’ (२०४८) । यसका साथै २०६१ सालमा उनको ‘इन्द्रधनुष’ नामक गीतसङ्ग्रह पनि प्रकाशनमा आएको छ । उपर्युक्त सृजनात्मक गतिविधिबाहेक माया ठकुरीका स्वरमा नेपाल तथा भारतबाट झन्नै दुई सयवटा गीतहरू रेकर्डिङ्ग भए । उनी गीतकार, सङ्गीतकार र गायनमा पनि चर्चित बनिन् । चर्चैचर्चामा गाँसिएर उनी नर्वे पनि पुगिन् ।
माया ठकुरीका कथाहरू हिन्दी, अङ्ग्रेजी, तमिल र जापानी भाषामा पनि अनुवाद भए । साथै त्रिभुवन विश्वविद्यालयको नेपाली विषयको पाठ्यक्रममा पनि उनका कथा समावेश गरिएका छन् । उनका बत्तीसवटा कथा अङ्ग्रेजीमा अनुवाद भए र ती इन्टरनेटबाट पनि प्रस्तुत भए ।
माया ठकुरीले स्तरीय साहित्यरचना तथा शिक्षासेवा गरेबापत रत्नश्री स्वर्णपदक, मैनाली कथापुरस्कार, मैना पुरस्कार, शिक्षा पुरस्कार आदि अनेकौँ सम्मान पाइन् । साथै मञ्च तथा रेडियो नाटकमा भाग लिँदै उनले २०३२ सालमा लीलबहादुर छेत्रीद्वारा लिखित ‘बसाइँ’ उपन्यासमा आधारित ‘बसाइँ’ नाटकमा सफल अभिनय गरेबापत प्रशंसापत्र पनि प्राप्त गरेकी थिइन् ।
अन्तत: माया ठकुरीले जेजस्तो जीवन भोगे पनि उनी नेपाली साहित्यमा अमर बनिन् । आफ्ना सृजनामा उनले आपूmलाई स्थापित गरिन् । उनका कथामा मानव जीवनको यथार्थ विवरण भेटिन्छ, सुक्ख र दुक्खको चौतारी पाइन्छ अनि जीवन र मृत्युको परिभाषा देखिन्छ । उनी सामाजिक धरातलका कथा लेख्छिन् । त्यसैले उनका कथा जीवन्त छन् । यसभन्दा ठूलो कुरा उनी कथा लेख्तै जाँदा प्राय: आफ्ना अतीतहरूलाई पनि ओछ्याइरहेकी हुन्छिन् । त्यतिमात्र होइन उनको लेखनीको निरन्तरताले उनी कथालेखनका चुलीमा स्थापित भएकी छिन् । चाहे शिल्पगत प्रस्तुतिका दृष्टिले होस्, चाहे मानवीय संवेदनाका प्रसङ्गले होस् वा चाहे नारीका यौनकुण्ठा, सामाजिक विसङ्गति र मानवीय श्रमशोषणको कथ्यगत अभिव्यञ्जनाका दृष्टिले होस्; उनका कथाहरू जीवन्त छन् । त्यसैले नै माया ठकुरी नेपाली भाषासाहित्यकी सदैव चर्चित, प्रिय र अमर नाउँ बन्न सक्यो ।
किशोरावस्थादेखि पच्चीसौँ वर्षसम्म कष्टमा हिँडे तापनि माया ठकुरीले नेपाली भाषासाहित्यमा कहिले नमेटिने पाइलाका डोब राखिन् । अहिले उनी पति दामोदर शर्मा, एउटी छोरी अनुराधा र दुइटा नाति देवाशिष र शुभाशिषका माझ सुन्दर पारिवारिक जीवनमा आबद्ध छिन् । उनका जिन्दगीभरिका आँसु अहिले खुसीमा छचल्किरहेका छन् । वास्तवमा उनका तिनै नबिर्सने आँसुका धारामा उनले कुनै बेला काव्यरचना पनि गरेकी थिइन् । अहिले जति नै सुखमा बाँचे पनि उनी त्यही पूर्वस्मृतिमा आपूmलाई डुलाइरहने गर्छिन्:
भनू‘ के म को ह‘, भनू‘ के म को हू‘
म हू‘ एक बत्ती, जो निभ्दै गरेको
कि त्यो बॉसुरी झै‘, कतै चर्किएको ।

कुन्ता शर्मा

पोथीले मात्र कुडकुडाउनुपर्छ
अन्डा पार्नुपर्छ ओथारा बस्नुपर्छ
स् ज्ञण्ज्ञ स्
जिन्दगीका यात्राहरूमा ठोक्ँिकदै जाँदा कुन्ता शर्मा आपूmलाई तत्वज्ञानी भएको महसुस गर्छिन् । खास गरेर उनको जीवनमा दाम्पत्यले धुमधाम ह्याङओभर गरेको पाइन्छ । त्यसै परिवेशमा उनी भनिरहन्छिन् “वैवाहिक जीवनमा गाँसिएपछि मान्छेमा दायित्व बढेर जान्छ । फेरि दाम्पत्य जीवनमा समझदारी भएन र सरसहयोग भएन भने त्यस्तो
चल्ला काड्नु अनि तन्मयतापूर्वक
बच्चा हुर्काउनुपर्छ
उन्मुक्त हॉसो हॉस्नुहु‘दैन
पोथी बास्नुहु‘दैन ।
कुन्ता शर्माले कविता पाठ गर्न थालेपछि मञ्जुलको पनि ताली बज्न थाल्छ । अथवा भनूँ कुन्ता शर्मासँग कटाक्ष गर्नेहरू, कुन्ता शर्माको विरोधमा चिच्याउनेहरू र कुन्ता शर्माको बदनाम गर्नेहरू पनि कुन्ताको कविताको तारिफ गर्ने गर्छन् । मानूँ कुन्ताका कविताका गेडामा भन्दा कुन्ताका स्वरका भाकामा जादू मिसिएको हुन्छ । त्यसैले श्रोतादीर्घाका सयकडा सय पर्यवेक्षकहरूले कुन्ताका स्वरमा मन मिलाएका हुन्छन् किनभने कुन्ता शर्मा जनजीवनका नारीभाका लेख्छिन््, मनभित्रको आवाज बोल्छिन् र करुणा, रोदन र उत्साहका सासहरूले कवितालाई कहिले भुइँमा पछार्छिन् र कहिले सिलिङमा टाँस्ने गर्छिन् । नेपाली भाषासाहित्यमा कुन्ता शर्माको छोटो परिचय यसरी नै दिन सकिन्छ । अझै उनको परिचयलाई टड्कारो पार्नु पर्दा उनी कविताकी स्पन्दन हुन् ।
कुन्ता शर्माको जीवन आँसुमा पनि बग्यो, रोदनमा पनि बित्यो र हाँसोमा पनि नाच्यो । उनी कहिले एकनासले हिँड्न सकिनन्; कहिले बिहे गरेर रुँदै हिँडिन् त कहिले पतिसँग कुरा नमिलेर पनि रुँदै हिँडिन् । उनी जति हिँडिन् कवितामा हिँडिन्, उनी जति हाँसिन् कवितामा हाँसिन् र उनी जति रोइन् कवितामा रोइन् ।
कुन्ता शर्माले आपूm २७ वर्ष पूरा भएका दिन उनकै क्षेत्रमा डुबेका र उनकै उमेरका मञ्जुलसँग बिहे गरिन् । तर त्यसको भोलिपल्टदेखि एकअर्काका कठालो र चुल्ठो समाएर चल्नु उनीहरूको जीवनको मौलिक परिभाषा बन्न पुग्यो । सँगसँगै हुन्जेल यस रोगले यिनीहरूलाई कहिल्यै छाडेन । एउटै छानामुनि बसिन्जेल मञ्जुलले कुन्ता शर्मालाई खूबै यातना दिए । कुन्ता शर्माका अनुसार मञ्जुल बराबर कुन्तालाई कुट्ने, पिट्ने र जगल्टाउने गर्थे । यसै परिवेशमा कुन्ता शर्मा भन्थिन् “मञ्जुलले मलाई सुत्केरी अवस्थामा पनि बुटैबुटले हान्थे, म सुतेको बेला पनि बुटले कुल्चेर मलाई सताउने गर्थे । उनले कहिले मलाई टोक्ने गर्थे, कहिले चिथोर्ने गर्थे र कहिले घाँटी निचोर्ने गर्थे । उनको दानवीय व्यवहारलाई पनि मैले सहेँ । मञ्जुलले हाम्रो जेठो छोराकी साथीसँग सम्बन्ध बढाउन थाले । अन्तत: मञ्जुल र मबाट जन्मेको कान्छो छोरो प्रशान्तलाई मेरो छोरो नै होइन भन्दै मेरो चरित्रमा लाञ्छना लगाएर उनले मलाई छाडे । अनि उनले तिनै हाम्रा छोराकी साथी सुन्दरीलाई बिहे गरे ।”
त्यस बेलासम्म कुन्तादम्पतीले सृजन, रोसन र प्रशान्त जन्माइसकेका थिए । तीनभाइ छोराहरूको अवतरण भएपछि यिनीहरूले एकअर्कालाई मन पराउन छाडे । त्यसैले यिनीहरूले एकअर्कासँग एकअर्काको सधैंका लागि काम सकिएको ठाने र बेग्लै बस्न थाले । आपूmले बिहे गरिसकेपछि पनि मञ्जुलचाहिँ तीन जना छोराहरूप्रतिको आफ्नो दायित्व लत्याएर कुन्ताकै बदनामी गर्दै हिँडे अनि कुन्ता भने आफ्ना छोराहरू पढाउन, बढाउन र बचाउन समर्पित भइरहिन् ।
कुन्ताको जीवनमा खप्टिएको एकपछि अर्को आपत्तिको कुनै समाधानको बाटै देखिंदैनथ्यो । त्यसमाथि मञ्जुलले कुन्तालाई ‘‘परपुरुषसँगको करणीमा बिग्रिएकी, पोइल गएकी ’’ आदिे घिनलाग्दा शब्द राखेर अदालतसमक्ष लिखित पनि दिंदै हिंडे । साथै मञ्जुलले कुन्ताका कोखबाट जन्मेको आफ्नै छोरो प्रशान्तलाई मेरो रगतबाट जन्मेकै होइन भन्दै नेपाली समाजमाझ छोरालाई विवादकै घेरामा राख्तै पनि हिंडे । त्यस बेहोरालाई पनि अदालतकै कठघरामा पु¥याइयो । अन्तत: राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा साठीसाठी वर्षीय मञ्जुल, कुन्ता र विवादित भनिएका छोरा पच्चीस वर्षीय प्रशान्तको डी. एन ए. परीक्षण पनि गरियो । अनि त्यसबाट प्रशान्तका जैविक बाबु मेघराज शर्मा नेपाल ‘मञ्जुल’नै भएको ठहर भयो । त्यस घडी कुन्ताले हर्षको आँसु पुछेकी थिइन् । अनि प्रशान्तले पनि पीडा र खुशीले घोलिएका आँसु त्यस बेला पृथ्वीमा झारेका थिए ।
कुन्ता शर्माको जन्म संवत् २००३ भदौ १ गते शनिवार धरानको महेन्द्रपथमा भएको थियो । मनहरि चौलागाईं तथा टुकमाया चौलागाईंका एक छोरा पुरुषोत्तम चौलागाईं र एउटी छोरी कुन्ता चौलागाईं जन्मे । कुन्ताले चाहिँ धरानको शारदा माध्यमिक विद्यालयबाट एस. एल. सी. दिइन् भने स्थानीय महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक गरिन् । साथै उनले भक्तपुरको सानोठिमी क्याम्पसबाट भी. टी. पनि पास गरिन् । त्यसै बीचमा उनले सर्वोच्च अदालतबाट अभिवक्ताको प्रमाणपत्र पनि लिइन् ।

दाम्पत्य जीवनभन्दा एक्लो हुनुमै बेस हुन्छ । मैले त त्यस्तो दाम्पत्य जीवन वरण गर्न पुगेँ, हिजोको मेरो स्थितिको कल्पना गर्दा पनि आज म झसङ्ग हुने गर्छु ।” वास्तवमा कुन्ताले दाम्पत्य जीवनको अनुभवलाई मनमा मात्र राखिनन् । उनले नारीजीवन भनेको खालि अर्काको भोग्यवस्तु मात्रै हो भन्ने बेहोराको निष्कर्ष दाम्पत्य जीवनमा प्रवेशपछि निकालिन् । त्यसैले उनले आफ्ना अनुभव घरिघरि जनमाझ लगेर पनि घोप्ट्याइरहिन्:
हामी विवश बिचरा धातुहरू
अर्कैको इच्छामा पग्लनुपर्ने
अर्कैको इच्छामा जम्नुपर्ने
अर्कैको इच्छामा पत्रु हुनुपर्ने
अर्कैको इच्छामा नयॉ बनिनुपर्ने !
कुन्ता शर्माले २९ वर्ष पढाइन् । उनले धरानको बालिका माध्यमिक विद्यालय, पब्लिक माध्यमिक विद्यालय, शहीद स्मृति माध्यमिक विद्यालय, वराहक्षेत्रचतराको आदर्श माध्यमिक विद्यालय, धनकुटाको बुधुक माध्यमिक विद्यालय, दुहवीको सरस्वती माध्यमिक विद्यालय र काठमाडौंको लेबोरेटरी माध्यमिक विद्यालयमा पढाइन् । यी विविध स्कुलमा उनले कहीँ खुसीले पढाइन् कहीँ तात्कालिक सरकारले दुक्ख दिनका निम्ति सरुवा गर्दा त्यहाँ गएर पनि पढाइन् । त्यसपछि उनी राजनीतिमा लागिन् । हुन त उनी स्कुलमा पढाएताका पनि भित्रभित्रै सक्रिय रूपमा राजनीतिमा नै लहसिएकी थिइन् । त्यसैले उनले कति ठाउँ पुगेर दुक्ख पाइन् र कति ठाउँमा सुक्ख पनि पाइन् ।
कुन्ता शर्मा प्रत्यक्ष रूपमा २०५६ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् । त्यस बेला उनी नेपाल कम्युनिष्ट पार्टी एमालेको टिकटबाट सांसद भएकी थिइन् । त्यसपछि उनले जनहित र पछौटे नारीका भाका संसदमा लगेर रोपिन् ।
कुन्ता शर्मा साहित्य र राजनीति जेमा लागे तापनि जनताको हितमा आफ्नो विवेक प्रयोग गर्ने गर्छिन् । उनीभित्रको समाजसेवाको भावनाले उनी जहाँ पनि चम्केकी हुन् । कुन्तालाई चिन्नेहरूले उनलाई मौलिकतामा आधारित कर्मठ व्यक्तित्व भनेर चिन्ने गर्छन् । मन कमलो भए तापनि उनको यात्रा अत्यन्तै कठोर रूपमा अगि बढेको पाइन्छ । त्यसैले पनि आपूmलाई एउटा परिवारमाझ मात्र सीमित नराखेर उनी समस्त मानवताको पक्षमा वकालत गर्ने गर्छिन् । यसै परिप्रेक्ष्यमा उनी भन्छिन् “सामाजिक मुक्ति र समानतायुक्त समाजको स्थापना हेतु अन्याय र अत्याचारको विरोधमा निम्छरा, निरीह र दुःखित मानिसहरूको स्वर उराल्ने हेतु, म आफ्नो साहित्यरचना गर्ने गर्छु ।” वास्तवमा उनले जति लेखिन् प्राय: जनक्रन्दन नै लेखिन् ।
कुन्ता शर्माले सानैदेखि साहित्य लेखिन् । उनको घरको परिवेश नै साहित्यिक थियो । उनका घरमा पाठपूजा, भजनकीर्तन भइरहने गर्थे । त्यसैले त्यति बेलाको उनको बाल्यविवेकमा काव्यसाधनाको मनोवैज्ञानिक छाप प¥यो । त्यतिमात्र होइन त्यस बेला उनका घरमा विविध पत्रपत्रिकाहरू पनि आउने गर्थे । सानी हुँदै उनी आफ्ना बुबा र हजुरबुबाद्वारा लिखित छन्दोबद्ध कविता पढ्ने गर्थिन् । खास गरेर उनका बुबा मनहरि चौलागाईं बिहान झिसमिसेमै देवीका स्तोत्र गाउने गर्थे । उनी पनि आफ्ना बुबासँगसँगै लागेर भजन गाउने गर्थिन् ।
कुन्ता शर्माका बुबाले टुक्रे कविता लेखे तापनि बाजे वेदनिधि चौलागाईंचाहिँ कवितालेखनमा चिनिएका व्यक्ति थिए । कुन्ता शर्माका भनाइअनुसार वेदनिधि चौलागाईं मोतीराम भट्टभन्दा अगाडि नै सृजनामा लागेका थिए । आफ्नो घरपरिवार नै कवितामय भएपछि कुन्ता शर्माले पनि साहित्यको पाटो कवितालाई नै उठाइन्, बोकिन् र सारा संसारमा आफ्ना शब्दहरू गुन्जाइन् । वास्तवमा कुन्ता शर्मा भनेकी ती कवयित्री हुन् जसले आफ्ना शब्दहरू संसारमा जहाँजहाँ नेपाली कविताका पारखी छन् त्यहीँत्यहीँ पु¥याइन् । उनी काव्यसाधनाकी गहकिली स्रष्टा हुन्; जसले आफ्ना हरेक कवितामा स्तरीय शब्द, गहन भावना र क्रान्तिकारी विचार प्रस्तुत गरिरहिन् । त्यसैले पाठकले पनि उनका कविता मनमा राखिरहे:
ऑखाहरूले
सपना देख्न पाउनुपर्छ
भाषाहरूले
सशक्त स्वर पाउनुपर्छ
बन्दी हुनुहु‘दैन आकाङ्क्षाहरू
छेकिनुहु‘दैन,
रोकिनुहु‘दैन गतिशील पाइलाहरू !
स् ज्ञण्घ स्
कुन्ता शर्माले किशोरावस्थामा नै काव्यसृजना गरेकी थिइन् । तर प्रकाशनका हिसाबमा यिनको पहिलो कविता २०२७ सालमा ‘सम्झना’ मा छापिएको थियो । त्यस कविताको शीर्षक ‘लाहुर गएको प्रेमीलाई एक पत्र’ थियो । त्यसपछि यिनका फुटकर कविता र कथा छापिन थालेका थिए । यिनका फुटकर कविता र कथाहरू संकल्प, झिसमिसे, सुस्केरा, वेदना, मातृभूमि, समीक्षा, दृष्टि, छलफल, प्रकाश, जनज्योति, आस्था, नेपाली पत्र, समकालीन, सम्बोधन, मधुपर्क, गरिमा, गोरखापत्र, मिर्मिरे, अबिर, नारी, बुधवार, विमर्श आदि पत्रिकाहरूमा छापिएका छन् । यिनले फुटकर कविता जति छापिन् विभिन्न साहित्यिक सभा र गोष्ठीहरूमा तीभन्दा चार दोब्बर धेरै कविता आपैmँले वाचन गरिन् । पुस्तकाकार कृतिका रूपमा यिनको एउटै कवितासङ्ग्रह २०५२ सालमा प्रकाशित भएको छ र त्यो हो ‘म उभिएको ठाउँ’ । यिनका एक सयजति फुटकर कविता छापिए भने दुई दर्जनजति कथा छापिए ।
कुन्ता शर्माले साहित्यको आराधना गरेबापत लोकेन्द्र शाह साहित्य पुरस्कार, पारिजात सृजन पुरस्कार र केवलपुरे प्रतिभा पुरस्कार पाइन् । साथै यिनको चारैतिर सम्मान भयो; कहीँ आफ्नै विचारका संस्थाले यिनको सम्मान गरे, कहीँ विशुद्ध साहित्यिक संस्थाले यिनको सम्मान गरे र कहीँ यिनका फ्यानहरूले यिनको सम्मान गरे । यिनले पुरस्कारका लागि कहिल्यै धाइनन्; पुरस्कारहरू नै उनका पछि लागे । उनी एउटी स्वाभिमानी साहित्यकार हुन् । जीवन र जगत्मा आधारित शब्द रचना गर्ने कुन्ताको सबैभन्दा मन पर्ने विषय प्रकृति हो । यसै प्रसङ्गमा उनी भन्छिन् “प्रकृति मलाई असाध्य मन पर्छ । प्रकृतिमा म घन्टौँ हराउन सक्छु । तर जीवनविनाको प्रकृति मलाई खल्लो लाग्छ ।”
कुन्ता शर्माले नेपाल अधिराज्यका धेरै ठाउँ डुलिन् । उनको मनपर्ने ठाउँचाहिँ इलामका कन्याम र करफोक नै हुन् । त्यसै गरी उनले भारतलगायत पाकिस्तान र अस्ट्रेलियाको पनि भ्रमण गरेकी छिन् । यिनको रुचिको विषय पनि जनसम्पर्क र भ्रमण नै हो । यिनी आपूmलाई मन परेका व्यक्तिहरूमा मदन भण्डारी, पारिजात र अरुणा लामाको नाउँ लिन चाहन्छिन् ।
कुन्ता शर्माको अनुहार र शारीरिक बनावट कठोर देखिए तापनि उनी पिन्चे मनकी धनी पनि हुन् । मन छुने कथा, उपन्यास र चलचित्र हेरेर उनी आफ्ना आँखामा आँसु थाम्न पनि सक्तिनन् । जसरी पानी परेपछि आकाश सफा देखिन्छ यी पनि रोइसकेपछि खुल्ने गर्छिन् । यिनले हर्ष र बिस्मातका विषयमा धेरै समय बिताएकी छिन् । तीमध्ये यिनको जीवनले आँसु नै धेरै झारेको पाइन्छ । किनभने यिनको जीवनको सुरुमा जे चीज अमृत भएर उपस्थित हुन्छ पछि त्यही विषय विषमा रूपान्तर हुन थाल्छ ।
जीवन घाम हो, जीवन रात हो, जीवन कमलो हो, जीवन सारो हो । यिनै उज्याला र अँध्यारा पक्षलाई नै कुन्ताले वास्तविक जीवन भनेर अपनाइन् । आपूm आँसु पिएर बाँचे पनि उनी जीवनमा आफ्ना छोराहरूको विषयमा खूबै चिन्तित छिन् । आफ्ना छोराहरूले समाजमा केही गरून् भन्ने भाका पोख्ने शर्माका छोराहरू सृजन र रोसन सङ्गीतमा आबद्ध छन् । उनीहरूले अत्याधुनिक बाजाहरू बजाएको सुनेर उनी रमाउने गर्छिन् । त्यस बेला उनलाई लाग्छ ‘विश्वमा सबैभन्दा राम्रो बाजा मेरा छोराहरूले बजाउँछन् ।’ त्यही बाजाका तालमा उनी हाँस्छिन्, तिनै बाजाका धूनमा उनी रुन पुग्छिन् । रुँदारुँदै उनी फेरि आफ्नै काव्यसृजनामा आपैmँलाई गाँसिदिन्छिन् र उही आफ्नो क्रान्तिकारी स्वभावलाई कोट्याएर उनी फेरि लेख्न थाल्छिन् । अनि त्यही लेखन उनको प्रतिनिधि कवितामा अनुवाद हुन पुग्छ:
पस्केको थाल हामी
इच्छा लागे खाऊ,
नलागे लत्याऊ
खुट्टाको जुत्ता हामी
इच्छा लागे लगाऊ,
नलागे मिल्काऊ !

शान्ति छेत्री

शान्ति छेत्री शिष्ट, मृदु र विशिष्ट नारीको नाउँ हो । उनी मान्छेप्रति अत्यन्तै सकारात्मक धारणा राख्ने गर्छिन् । स्रष्टा, सृष्टि र दृष्टिकी उनी साक्षात् प्रतिमा नै हुन् । उनको लेखनीलाई उनको सकारात्मक व्यक्तित्वको चमकले ढाकेको पाइन्छ र उनको व्यक्तित्वलाई चाहिँ उनका रचनाका सौन्दर्यले छोपेको देखिन्छ ।

शान्ति छेत्रीको लेखनमा परिष्कारले विजय हासिल गरेको देखिन्छ । त्यसैले उनी जीवनको यथार्थ बेहोराका उत्कृष्ट कथा लेख्छिन् । उत्कृष्टताकै हिसाब गर्ने हो भने संस्मरण र कविता लेखनमा केन्द्रित स्रष्टाका रूपमा उनको नाउँ अग्रपङ्क्तिमा आउँछ । उनका सृजनाको परिवेशमा जीवन, जगत् र प्रकृतिको सुमधुर गीत गुन्जिएको हुन्छ । त्यसै गरी उनका रचनाले सामाजिक बेथितिलाई छर्लङ्गै पार्नुका साथै तिनमाथि प्रहार पनि गरेका हुन्छन् । साथै राजनैतिक धरातल टेकेको उनको बौद्धिक लेखनी कतिपय अर्थमा समाजको मार्गदर्शकका रूपमा पनि उपस्थित भएको पाइन्छ ।
शान्ति छेत्री बौद्धिकतामा बाँधिएकी स्रष्टा हुन् । साहित्यका विविध क्षेत्रमा उनको उत्तिकै बाहुल्य छ । उनी निबन्ध, कविता र कथामा त्यत्तिकै प्रखर देखिन्छिन् । खास गरेर स्कुले जीवनदेखि नै उनी सृजनामा आबद्ध थिइन् । त्यसै बेलादेखि उनी उत्कृष्ट लेखनकी परिचय भइन् । उनको पहिलो लेख सन् १९६३ मा सिक्किमस्थित गान्तोकको कन्या उच्चतर विद्यालयको मुखपत्रमा छापिएको थियो । उनको त्यस प्रबन्धको शीर्षक थियो ‘नेपाली समाजमा नारीको स्थान’ । त्यस रचनाले उनी नेपाली भाषासाहित्यमा लाग्न झनै समर्पित भइन् ।
शान्ति छेत्रीले लेख्तै जाँदा सन् १९८६ मा निबन्ध लेखिन् ‘अरब सागरको सूर्यास्त’ । त्यसपछि सन् १९८८ मा उनको चिन्तन प्रधान प्रबन्ध प्रकाशनमा आयो ‘रामायणका नारीपात्रहरू : एक चिन्तन’ । त्यस कृतिकै आमुखमा उनले लेखिन्, ‘‘रामायण पारिवारिक, सामाजिक, ऐतिहासिक, पौराणिक, यथार्थवादी महाकाव्य त हुँदै हो तर यसलाई जम्मै युगहरूले स्वीकार्दै आएको प्रमुख कारण हो यसको करुण रस । यस प्राकृतिक गुणलाई विश्वले व्यथा भनेर चिनेको छ, नकार्न सकेको छैन । यसको लोकप्रियताको कारण पनि यही नै हो । कविलेखकहरू समाजभित्र मात्र बाँच्न रुचाउँछन्, समाजबाहिर उनीहरू बाँचेका हुँदैनन् र बाँच्न सक्तैनन् पनि । समाजभित्रकै गुणदोष टिपेर, केलाएर सजाउने गर्दछन् एउटा आदर्शलाई लक्ष्य राखेर ।’’
शान्ति छेत्रीको काव्यात्मक व्यक्तित्व प्रखर देखिन्छ । उनी कवयित्रीका रूपमा निकै चर्चित भइन् । उनको ‘ज्वालामुखी र छालहरू’ नामक कवितासङ्ग्रहचाहिँ सन् १९९२ मा प्रकाशनमा आएको हो । स्कुल पढेदेखि नै उनी सृजनात्मक अभिव्यक्तिमा पल्केकी थिइन् । उनले नामग्याल सिनियर सेकेन्डरी स्कुल पढिन् । साथै उनले दार्जिलिङ गभर्मेन्ट कलेजमा पढिन् । अनि उनले उत्तर बङ्ग विश्वविद्यालयबाट पीएच.डी. पनि गरिन् । उनको त्यो शोधग्रन्थ सन् १९९२ मा प्रकाशनमा आयो । ‘नेपाली समालोचना साहित्यमा रामकृष्ण शर्माको योगदान’ले नेपाली समालोचनाका फाँटमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । वास्तवमा यस ग्रन्थमा रामकृष्ण शर्माको जीवनीदेखि नेपाली समालोचनाका परम्परा, सिद्धान्त र प्रणालीहरूको विश्लेषणात्मक अध्ययन गरिएको छ ।
शान्ति छेत्रीले सन् १९९६ मा यात्रानिबन्धका फाँटमा पनि अर्को कृति पस्किन् ‘युरोप भ्रमणःकेही संस्मरण’ । नेपाली भाषासाहित्यमा नियात्रा विधा खासै नझाङ्गिएको अवस्थामा यस कृतिले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । त्यसमाथि नारीस्रष्टाहरूबाट नियात्रा लेख्ने क्रमले त्यति बाटो नपाइरहेको अवस्थामा यस कृतिले निक्कै नाउँ पनि कमायो । त्यसपछि उनको कलम फेरि कथासङ्ग्रह निर्माण गर्नेतिर सल्बलायो । यसैको परिणामस्वरूप सन् २००६ मा ‘मायाजाल’ प्रकाशनमा आयो ।
साहित्यसृजनामा मन, वचन र कर्मबाट समर्पित स्रष्टा शान्ति छेत्रीले नेपाली समाजमा सर्जक भएर नै नाउँ कमाइन् । साहित्यिक रचनाप्रतिको निष्ठाले उनी किशोरावस्थामै पुरस्कृत पनि भइन् । उनले सन् १९६५ मा गान्तोकमा आयोजित ‘भारत निर्माता जवाहरलाल नेहरू’ शीर्षकको आलेखमा प्रथम पुरस्कार पाइन् र अर्को वर्ष पुन: उनी दोस्रो भइन् । त्यसै गरी उनको साहित्यिक व्यक्तित्व छिप्पिएपछि उनले नेपाली साहित्य परिषद्, सिक्किमबाट भानु पुरस्कार पनि पाइन् ।
नेपाली भाषासाहित्यकी बलियो हस्ताक्षर शान्ति छेत्रीको सर्वाङ्गीण जीवनको सेरोफेरो नै साहित्यरचना बनेको छ । उनको मनभरि र मष्तिष्कभरि साहित्यले नै वास गरेको पाइन्छ । यसबारे उनी आपैmँ भन्छिन्, “साहित्यसृजना अब आफ्नो त धर्म भइसक्यो” । यति हुँदाहुँदै पनि उनी सृजनकर्मलाई जीवन बाँच्ने र प्रतिष्ठा आर्जन गर्ने माध्यम ठान्नचाहिँ सक्तिनन् र यसबारे भन्छिन्, “लेखेर मात्रै त जीवन धान्न सकिँदैन । प्रतिष्ठा कायम राख्न अन्य उद्योग गरिरहनु पर्छ ।”
शान्ति आफूलाई सृष्टिमा लेखिरहने दायित्वभित्रै बाँध्ने गर्छिन् । यसै परिवेशमा उनी लेखेरै आत्मसन्तुष्टिको बाटो समाउन सकिन्छ भन्ने दृढ अठोट पनि राख्छिन् । आफ्नो लेखनयात्राका क्रममा उनी कहिल्यै विचलित पनि भइनन् । जस्तोसुकै आँधीबेरीमा पनि उनका पैतला सृजनामा नै हिँडिरहे किनभने उनी जीवन बाँच्न नै सृजना गर्छिन्, उनी जीवनको सार्थकता पाउन नै सृजना रोज्छिन् र उनी जीवनको मूल्यका लागि नै सृजनाको आवश्यकता देख्छिन् । वास्तवमा सृजना नै शान्ति छेत्रीको अर्को एउटा जीवनयात्रा हो ।

त्यतिमात्र होइन; उनको लेखनका विषयवस्तुले साधारण जीवनपद्धतिको बोल प्रस्तुत गरेका हुन्छन् । उनको रचनाधर्मिताको लक्ष्यबिन्दु निम्नमध्यम वर्गीय समाज हुने गर्छ । त्यसैले उनी सिक्किममा मात्र प्रसिद्ध भइनन् । त्यहाँबाट उनको चर्चाले दार्जिलिङ ढाक्यो र मेची तर्दै उनको बखान नेपाल आइपुग्यो । त्यसपछि उनी नेपाली भाषा बोल्ने अधिकांश मान्छेका मनमनमा पनि पुगिन् । साहित्यका पाठकलाई एकैछिन बिर्सिदिने हो भने संसारभरि उनको नाउँ नजान्ने कुनै नेपाली स्रष्टा भएनन् । वास्तवमा उनी बौद्धिक मानिसका चेतनामा पनि निर्धक्क आसन ग्रहण गर्ने कोटिमा गनिइन् ।
शान्ति छेत्री असल वर्गमा नापिने नाउँ पनि हो । उनी असल बाटामा हिँड्दै सृजनात्मक अभिव्यक्तिमा बाँच्न चाहन्छिन् । रुँदा पनि उनी सृजना गर्छिन् र हाँस्ता पनि उनी सृजनामा आबद्ध हुन्छिन् । उनी कामविना लखरलखर हिँड्न मन पराउँदिनन् । कसैसँग वादविवाद गरेर उनलाई ठूलो हुनु पनि छैन । कसैसँग रिसाएर उनलाई जित्नु पनि केही छैन । यसै प्रसङ्गमा उनी भन्छिन्: “पहिलापहिला रिस उठेको बेला कहिले बागवानी गर्थें र कहिले लुगा धुने गर्थें । हिजोआज त रिसै पनि उठ्दैन ।” तर खुसी भएका बखत भने उनी चराहरू उडेको हेर्न मन पराउँछिन्, मनमा खुसीले पिङ मच्चाउँदा उनलाई गीत सुन्न पनि मन लाग्छ र खुसीमा डुबुल्किएका बेला उनलाई चिठी पनि लेख्न मन लाग्छ ।
शान्ति छेत्रीको जन्म २००४ साल असार २२ गते आइतबार पूर्वसिक्किमको रिनाकबजारमा भएको थियो । तुलसीप्रसाद प्रधान र देवीकुमारी प्रधानकी छोरी शान्ति छेत्रीले पच्चीस वर्ष पुगेपछि अन्तर्जातीय बिहे गरिन् । उनका पति चन्द्रमणि छेत्रीले उनलाई खुबै माया गर्थे । त्यस मायाको रापमा उनले झन् धेरै काम गरिन् । यी दम्पतीले तीनजना सन्तान जन्माए डा. ज्योत्स्ना कपिल, कोशी कपिल र निरञ्जन कपिल । घर, परिवार र छोराछोरीको शिक्षादीक्षाको कर्तव्यमा उनी उत्साहित हुँदै हिँडिन् । उनको लेखनीमा चन्द्रमणि छेत्रीले उत्साह दिइरहन्थे । तर जीवनयात्राकै क्रममा त्यो उत्साहको दैलो एक्कासि नै बन्द भयो । अथवा भनूँ बिहे गरेको तीन दशकको पूर्वसन्ध्यामै चन्द्रमणि छेत्रीको भौतिक चोला यस पृथ्वीबाट विसर्जन भयो ।
शान्ति छेत्री एउटी संवेदनशील साहित्यकार हुन् । उनी मानवतावादमा आस्था राख्ने स्रष्टा पनि हुन् । त्यसैले उनी रुनहाँस्नमा कुनै साइत देखाउने गर्दिनन् । तर उनले रुने क्रम क्रमश: घटाउँदै लगेकी छिन् । यसै प्रसङ्गमा उनी भन्छिन् “पहिलेपहिले म ससाना कुरामा पनि रुने गर्थें, प्राय: बिरामी पर्ने भएर होला । तर हिजोआज हत्तपत्त आँसु आउँदैन ।”
शान्ति छेत्री स्वभावैले बालप्रेममा आबद्ध छिन् । उनी आफ्ना छोराछोरीलाई जति माया गर्छिन्, अरू बालबालिकालाई पनि खुबै मन पराउने गर्छिन् । यसै कारणले छेत्रीले नानीहरूका लागि पनि पाठ्यपुस्तक लेखिन् ‘गुराँस गुच्छा’ । छेत्रीको मनपर्ने विषयकैे अरू थप कुरा गर्ने हो भने उनी फूल मन पराउँछिन्, कलात्मक ससाना र सस्ता चिजबीजहरू मन पराउँछिन् र मधुर सङ्गीत पनि मन पराँउछिन् अनि उनी बिहानीको कलिलो घाम झनै मन पराउँछिन् ।
शान्ति छेत्रीका मनपर्ने सर्जक डा. पारसमणि प्रधान, रामकृष्ण शर्मा र बालकृष्ण सम हुन् । उनी सृजना गर्न मात्र होइन चलचित्र हेर्नमा पनि निक्कै रुचि राख्छिन् । त्यसैले उनी हिन्दी चलचित्रका नायकनायिका अशोककुमार, शशिकपूर, वहिदा रहमान, माधुरी दीक्षित र हिन्दीइतर विश्वप्रसिद्ध हास्यअभिनेता चार्ली चेपलिनलाई पनि मन पराउने गर्छिन् । यसका साथै तुलसी घिमिरे र उनका गुरु लक्ष्मीकान्त शर्मा पनि उनलाई मनपर्ने व्यक्तित्वमा गणना हुन्छन् ।
शान्ति छेत्रीले भारतका विभिन्न तीर्थस्थलहरूको भ्रमण गरिन्, नेपाल घुमिन् र हङकङलगायत युरोपका आठवटा देश घुमिन् । युरोप घुमेका घटनाहरूलाई समेटेर उनले एउटा सग्लो ग्रन्थ नै निर्माण गरिन् ।
शान्ति छेत्रीले सुरुमा भारत स्काउट गाइडअन्तर्गत सिक्किम शाखामा स्टेट सेक्रेटरीको पद सम्हालिन् । त्यसपछि उनी सिक्किम उमेन्स काउन्सिल र सिक्किम उमेन्स फोरममा कोषाध्यक्ष र सचिव भइन् । उनी हिमाली लोकमञ्चकी कोषाध्यक्ष र ‘हिमरेखा’की सम्पादक पनि भइन् । उनी सिक्किमको नेपाली साहित्य परिषद् र भारतीय नेपाली राष्ट्रिय परिषद्की सदस्य पनि भइन् । साथै उनी साहित्य अकादमी नयाँ दिल्लीको जनरल काउन्सिलमा सिक्किम राज्यका तर्फबाट सदस्यमा मनोनीत भइन् ।
सङ्ख्यात्मक रूपले निकै थोरै नेपाली महिलाहरूमात्र पुग्न सकेको उच्च ओहदामा आसीन डा.शान्ति छेत्रीको महत्तालाई उनीद्वारा नेपाली साहित्यका क्षेत्रमा भएको योगदानले थप उजागर गरेको छ । नेपाली अक्षरसँग गाँसिएको उनको साहित्यिक कृत्य प्रशंसनीय, उदाहरणीय र अनुकरणीयसमेत छ ।

बेन्जु शर्मा

यो उकुसमुकुस र छटपटीलाई
एउटा बाटो दिने एउटा युगपुरुष
एउटा सहयात्रीको म पनि प्रतीक्षामा छु ।
बेन्जु शर्माको जीवनमा आएको भँगालो, बाढी र आँधीको प्रतिविम्ब नै उनका कविता हुन् । उनी कविता लेख्ता जीवन र जगत्का प्रश्नउत्तर पनि लेख्छिन् र त्यससँगसँगै बगेर उनी आफ्नो जीवनकथा पनि लेख्छिन् । किशोरावस्थाको कुरकुरे बैंसलाई नियन्त्रणमा राख्न सके पनि आफ्नो बैंसको चेतनालाई मानस पर्खालभित्र कैद गर्न नसकेर उनले आफ्ना छातीमा जमेका भावनालाई जनसमक्ष पु¥याइन् । त्यसमाथि बिहे गरेपछि पतिपत्नीको छुटानाम भएर थाँतीरहेको यौवनलाई बेन्जु शर्मा पुन: एकजना पुरुषसँग सम्बन्ध जोडेर पूर्णता दिन चाहन्छिन् । विघटित पुरुषझैँ नभएर उनको सम्पूर्ण जीवनलाई हाँक्न सक्ने युगपुरुषको चाहनामा बाँधिने, कसिने र अड्किने बन्धन उनले खोजेकी छिन् । खुल्ला रूपमा आफ्ना भावना प्रस्तुत गर्न सक्षम भएकाले उनी काव्यजगत्मा चर्चित भइरहिन् ।
बेन्जु शर्मा कविताकी आकाश हुन् र कथाकी धर्ती हुन् । उनीभित्रको साहित्यिक व्यक्तित्व नेपाली भाषासाहित्यको समकालीन युगको एउटा पाटो हो । जसरी उनी कवितासाहित्यकी एउटी बौद्धिक स्रष्टा हुन् त्यसरी नै उनी नेपाली साहित्यकी एउटी चर्चित स्रष्टा हुन् । त्यसैले बेन्जु नेपाली भाषासाहित्यकी प्रतिभाशाली नारीस्रष्टा हुन् ।
बेन्जु शर्माका बुबा साहित्यकार थिए, उनलाई धेरैले कवि भने, धेरैले नाटककार भने अनि तीभन्दा धेरैले भीमनिधि तिवारीलाई साहित्यका साधक भने । तिनै भीमनिधिकी छोरी बेन्जु शर्माले सानैदेखि आफ्ना बुबाको कविताको प्रभावले लेखिन् र आफ्नै मनका कारणले लेखिन् । उनले धेरै कविता लेखिन्; तर उनले युवापुस्ताको लोभलाग्दो उमेरमा पुगेपछि कथालेखनमा पनि आपूmलाई लगाइन् । अर्थात् यी पच्चीस वर्षमा टेकेपछि कथालेखनमा अग्रसर भइन् । त्यसपछि यिनले केही एकाङ्की नाटक पनि लेखिन् । यिनले जेजे लेखिन् सबै विधामा नाउँ चलाइन् । यसका साथै यिनले अन्य उपन्यासकारसँग जोडिएर दुई अध्याय उपन्यास पनि लेखिन् ।
बेन्जु शर्मा संवत् २००४ साल पुस १५ गते मङ्गलबार काठमाडौंको डिल्लीबजारस्थित तिवारी सदनमा जन्मिन् । उनलाई भुवनेश्वरी तिवारीले जन्माइन् । उनकी आमा चित्रकार पनि थिइन् । अनि कवि र चित्रकारको संयुक्त सम्मिश्रण बेन्जु शर्मा थिइन् । राम्रो बीउमा घुन लाग्न सक्छ; तर बेन्जु शर्माको दाम्पत्य जीवनमा घुन लागे पनि साहित्यिक जीवनमा घुन लाग्न पाएन । त्यसैले उनी नेपाली साहित्यकी अग्रणी स्रष्टा बनिन् ।
बेन्जु शर्माका साहित्यका विविध सृजनाहरू लोभलाग्दा छन् । उनी हरेक विधाका रचनाकी वायुपङ्खी नारी हुन् । उनी जुन विषय हाँक्छिन् त्यसमा स्पष्ट रूपले अग्रसर भएकी हुन्छिन् । उनी जताबाट लेख्ता पनि प्राय: नारीजातिमा नै केन्द्रित हुन्छिन् । समाजमा पुरुषका लाञ्छना, नियन्त्रण, शोषण, मैमत्तेपन आदिबाट उनी पनि दिक्क छिन् । त्यसैले उनी नारीपात्रलाई भड्काउँदै भन्छिन् “ अब म त्यस्तो नारीपात्रको खोजीमा छु, जो ठगिनुभन्दा यो धूर्त र बेइमानी समाजलाई केही मुक्का चखाएर ठग्नमा सिपालु होस् ।”
बेन्जु शर्माको यौनविषयक धारणा पनि स्पष्ट छ । उनी सेक्सलाई प्रेमको अवतार मान्छिन् र प्रेमलाई सेक्सको पर्यायवाची मान्छिन् । संसारमा भोग्ने र भोगिनेको अनुभूति उनका कविताका विम्ब हुन्छन् । कहीँ उनी ती विषयको बोक्रा लेख्छिन्, कहीँ उनी ती विषयको गुदी लेख्छिन् र कहीँकहीँचाहिँ उनी त्यसको स्वाद पनि लेख्छिन् । त्यतिमात्र होइन उनी जनजीवनले बुझ्ने खालकै स्पष्ट, पारदर्शी र छर्लङ्गै झल्कने कविता लेख्छिन्:
तिमी भरिला मकैका घोगाले
मेरो मुठी भरिदेऊ
चुम्बकको आकर्षणभित्र
हामी बसेर टॉस्सिऔ, बॉध्औ
फेरि कहिले नछुट्टिऔ ।
बेन्जु शर्मा सफल कवयित्रीको नाउँ हो, उत्कृष्ट कथाकारको नाउँ हो र नेपाली साहित्यमा चर्चित स्रष्टाको नाउँ हो । हुन त उनका बुबाले उनलाई नाटककार बनाउन चाहेका थिए । तर बाबुले उनका हृदयमा ठड्याएको ढोडको लट्ठी राम्ररी टेकिएन । अन्तत: आफ्नै मनमर्जीका कारण उनी कङ्क्रिटको एउटा स्तम्भ नै बनिन् । आफ्नो मन, वचन र कर्म साँधेर उनी कविता र कथालेखनकी अघिल्लो पङ्क्तिकी स्रष्टा बनिन् । लेख्तै जाँदा उनका झन्नै दुईसयवटा

कथा, कविता र एकाङ्कीनाटकहरू तयार भए । ती सबै रचनाहरूमध्ये समष्टिगत रूपमा कुनै कृतिका रूपमा आउन सके र कुनै आउन सकेका छैनन् ।
बेन्जुका प्रकाशित कृतिहरूचाहिँ ‘विसङ्गत’ कथासङ्ग्रह (२०४९), ‘आन्दोलनपूर्वका बन्द अभिव्यक्ति’ कवितासङ्ग्रह (२०५०), ‘सम्बन्ध प्रदूषण’ कवितासङ्ग्रह (२०५९), ‘टु सिस्टर’ (अङ्ग्रेजी भाषामा : सहलेखन कवितासङ्ग्रह, सन् १९९७), ‘देहमुक्त’ उपन्यास (सहलेखन : २०४४), ‘हाम्रो सवाल : दाइदाइको जवाफ’ (आफ्ना बाबुसँगको अन्तर्वार्ता : २०५०) हुन् । साथै उनले ‘तिवारी नाट्यसाहित्यको विश्लेषणात्मक अध्ययन’ (२०५४) ‘इतर किनाराको वरिपरि’ (२०६२) को पनि सम्पादन गरेकी छिन् ।
बेन्जु शर्मा के हुन् भनी जान्नलाई उनको युगमा पुग्नै पर्छ । त्यहाँ पुगेर उनका समकालीनलाई खोज्नै पर्छ । यस सन्दर्भमा उनका समकालीनमध्ये प्रमुख एक सर्जक हुन् परशु प्रधान । प्रधानले बेन्जु शर्माको व्यक्तित्वलाई “बलवती, महालक्ष्मी, महासरस्वती र महाकाली”को सम्मानले गुथेको पाइन्छ । उनी बेन्जु शर्माको काव्यात्मक व्यक्तित्वका विषयमा पनि स्पष्ट रूपमा भन्छन् “बेन्जुका कविताहरूले मलाई मोहनीजस्तै लगाए । ती रङ्गहरूमा, पानीका छालहरूमा चेतनापूर्ण भएर म डुबुल्की मार्दै गएँ । मलाई एकपछि अर्को कविता पढ्ने रहर जाग्दै आयो । यस्तो होला भन्ने मैले पनि कहिले सोचेकै थिएन । एउटी नेपाली महिलाको आँसुको विवशता र रोदनको इतिहास नै बढी छ, हाँसोमा होइन । उनको भोगाइका, उत्पीडनका, नारीदेहका, नारीव्यथाका आँसुहरू कवितामा छन् ।
मैले बेन्जु शर्माभित्रको आगोलाई चिनेको छु, उनको मनको पानीलाई चिनेको छु । उनका व्यथित र रुग्ण मनस्थितिलाई आत्मसात् गर्दै आएको छु, आगोका लहरहरूलाई गन्दै आएको छु, विद्रोह र आक्रोशका स्वरहरूलाई सुन्दै आएको छु । एउटी तेस्रो विश्वका शिक्षिता र चेतनशील नारीको बाहिरी र भित्री दुवै तस्बिरलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हेर्दै आएको छु ।”
बेन्जु शर्माका रचनाहरू र व्यक्तित्वले बराबरी ठाउँ पाएका छन् । उनको व्यक्तित्वले मानिसलाई जसरी झ्वाम्मै आकर्षण पैदा गर्छ, उनका रचनाहरूले पनि पाठकलाई तत्कालै आकर्षित गर्ने लहर पैदा गरिदिन्छन् । उनका रचनाको रसास्वादन तत्कालै सकिँदैन; उनका रचनाका विम्बले पाठकलाई पछिपछि र पछिपछिसम्म पनि लठ्याइरहेका हुन्छन् । त्यसैले नेपाली भाषासाहित्यमा उनको रचनाभूमि मर्यादित रहेको छ । नेपालको भूभागमा मात्र होइन जताजता नेपाली छन् त्यस भूगोलभरि बेन्जु शर्माका कुनै न कुनै रचना पाठकहरूले पढेकै हुन्छन् ।
जीवन भोग्ने क्रममा बेन्जुले बिहे गरिन् । उनको दाम्पत्य जीवनमा आँधीहुरी आयो । आफ्ना छोरा जुहारराज पाण्डे र छोरी जुनू पाण्डे बोकेर उनी बेग्लै बसिन्, उनले बेग्लै संसार बनाइन् र आफ्नो बेग्लै अस्तित्व बनाउन उनी कस्सिइन् । सोहीअनुरूप उनले पद्मकन्या क्याम्पसमा पढाइन्, माली गाउँमा एउटा ईष्र्यालाग्दो घर बनाइन् र आफ्ना छोराछोरीलाई सबल र समुन्नत बनाउन कम्मर कसिन् । त्यतिमात्र होइन उनी रचनानिर्माणमा पनि क्रियाशील भइरहिन् । उनी झन् मीठामीठा शब्दभण्डारकी प्रयोक्ता हुन पुगिन् । उनी कथा, निबन्ध र कवितालेखनको अग्लो ठाउँमा पुगिन् । उनका काव्यरचनाले उनलाई त्यहाँ पु¥याइदिए—
यौवन अभावमै बित्यो
यौवन मह‘गी र भोकमरीमै बित्यो ।
बेन्जु शर्माले स्कुल पढेदेखि नै कविता लेखिन् । उनले बुबाकै काखमा वर्णमाला पढेकी थिइन् । साथै उनी सुरुमा घरनजिकैको पद्मकन्या स्कुलमा भर्ना भइन् । त्यहीँबाट उनले एस. एल. सी. परीक्षा दिइन् । त्यसपछि उनी पद्मकन्या कलेजमा भर्ना भइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयमा एम. ए. पास गरिन् र नेपालीमा पनि एम. ए. को उपाधि लिइन् । आफ्नो मिहिनेत, जाँगर र इख राखेर उनले विद्यावारिधि पनि गरिन् । उनले बनारस हिन्दू विश्वविद्यालयबाट ‘मल्लकालीन समाज र संस्कृति’का विषयमा पीएच. डी. को उपाधि पनि लिइन् । बेन्जु शर्मा कलेज पढेताका नै प्रसिद्ध कवयित्रीमा स्थापित भइसकेकी थिइन् । सभा, समारोह र सम्मेलनमा उनका कविताका थुप्रै श्रोताहरू भए । नारीको अस्तित्वमा बाँधिएर नै उनले आफ्ना साहित्यिक रचना गरेकी छिन् । वास्तवमा उनले हाम्रो समाजका विकृतिलाई छर्लङ्गै पार्ने गरी आफ्नो काव्यधारा निर्माण गरेकी छिन् ।
बेन्जु शर्माको व्यक्तित्व सृजनामा मात्र सीमित छैन । उनी सङ्गठनकलामा पनि त्यत्तिकै क्रियाशील छिन्; राजनीतिमा पनि उनको प्रत्यक्षअप्रत्यक्ष साइनो गाँसिएको छ । संस्थागत हिसाबको कुरा गर्ने हो भने उनी तिवारी साहित्य समितिको सदस्यसचिवमा आबद्ध छिन् । कुनै बेला उनी साझा प्रकाशनकी सञ्चालक पनि थिइन् । त्यसै गरी उनले अफ्रोएसियाली लेखक सङ्घको उपाध्यक्ष पद पनि सम्हालिन् । उनी पेन नेपालकी संस्थापक सदस्य पनि भइन्,

तोया गुरुङ २००४ साल चैत ५ गते बुधबार सिन्धुपाल्चोकको तातोपानी कोदारीमा जन्मेकी थिइन् । उनका बुबा पूर्णबहादुर गुरुङ त्यहाँका लप्टन तथा बडाहाकिम भएका बेला उनकी आमा पद्मकुमारी गुरुङले तोया गुरुङलाई लोकार्पण गरेकी थिइन् । वास्तवमा संसारमा मान्छेहरू जन्मेर राम्रा काम पनि गर्दा रहेछन् भन्ने प्रमाण तोया गुरुङ भएकी छिन् । उनले राम्राराम्रा अक्षरहरू छरेर नेपाली सृजनाको पटभूमिलाई गुन लगाएकी छिन् । शाही नेपाली सेनाका मेजरकी छोरी भए तापनि उनमा कहिल्यै घमण्डको छाया पनि देखिएन । बरु आफ्नै खुट्टामा टेक्न उनी सदा समर्पित भइन् । परिणामस्वरूप २०२५ सालमा आई.ए.को अध्ययनका क्रममा उनी नेपाल बैङ्क लिमिटेडमा सहायक तहमा नियुक्त भएकी थिइन् । आफ्नै कमाइले उनले आई.ए., बी.ए., एम.ए. र बी.एल्. समुत्तीर्ण गरेकी थिइन् । करिब २३ वर्षसम्म निरन्तर बैङ्कको सेवामा रहेर उनले २०४८ सालमा सो बैङ्कबाट बिदा लिएकी हुन् । नेपाल बैङ्क लिमिटेडमा उनी प्रबन्धकसम्मको पदमा पुगेकी थिइन् । २०५६ सालमा उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सदस्य भइन् । प्रज्ञाप्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्यमा मनोनीत उनी प्रथम नारीस्रष्टा हुन् ।
प्रजातान्त्रिक महिला सङ्घकी उपाध्यक्ष र विश्व शान्ति समिति नेपालकी सचिव पनि भइन् । पछि उनी नेपाल टेलिभिजनकी अध्यक्ष भइन् । विभिन्न संस्थामा रहेर उनी हङ्गेरी, सोभियत सङ्घ, पोर्चुगल, जर्मनी र भारत गइन् ।
बेन्जु शर्माले २०३० देखि २०३४ सालसम्म रेडियो नेपालमा साहित्यिक कार्यक्रम चलाइन् । त्यस अवधिमा उनले साहित्यका पारखीलाई आपूmतिर आकर्षित पारिन् । त्यस बेला उनको उत्कृष्ट प्रस्तुतिले श्रोताहरू मनमुग्ध हुन्थे । वास्तवमा उनका वाणीमा श्रवणधर्मी व्यक्तिलाई उनकै शब्द र वाक्यको अघिपछि लगाउने शक्ति पनि लुकेको पाइन्छ । उनको प्रस्तुतिका कारणले रेडियो नेपालको त्यस बखतको साहित्यिक कार्यक्रम लोकप्रिय बन्न पुग्यो ।
बेन्जु शर्माले आफ्नो बुतालाई पृथ्वीमा अड्याएर नेपाली भाषासाहित्यको आराधना गरेकी छिन् । उनको लेखनी नेपाली भाषामा चर्चित सदैव रह्यो किनभने उनी लेख्ता आफ्नै मनभित्रका व्यथा लेख्छिन् । उनको त्यो व्यथा नै समस्त नारीहरूको कारुणिक व्यथा हो । त्यसैले उनी नेपाली समाजमा एउटी सफल अझै भन्ने हो भने अत्यन्तै सफल स्रष्टा भइन्—
सधैं सुरक्षाका पहरामा
औंला ठड्याएका हामी
पहरैपहराका संस्कारमा
हुर्किएका हामी !

तोया गुरmङ

अनुहार कतै चिनेजस्तो लाग्छ
ऑखा कतै देखेजस्तो लाग्छ
ओठ कतै चुमेजस्तो लाग्छ
हृदय कतै छोएजस्तै लाग्छ
माया कतै टॉसेजस्तै लाग्छ ।
नेपाली काव्यसंसारमा एउटा सुन्दर, सौम्य र शान्त अनुहारकी धनीको नाउँ हो तोया गुरुङ । गुरुङको बोलीचाली र व्यवहारले पनि उनको व्यक्तित्वलाई शालीन तुल्याएको छ । त्यतिमात्र होइन; तोयाद्वारा रचिएका कृतिहरूको अध्ययन गर्न थालेपछि काव्यसौन्दर्यको अर्कै संसारमा पुगेको अनुभव हुन थाल्छ । अथवा भनूँ; तोया गुरुङको जिन्दगानी, जीवनपद्धति र सृजनाको मुहान अत्यन्त स्वादिलो र अविस्मरणीय मानिन्छ । हाँसिरहने र बोलिरहने स्वभावले तिखारिएकी तोया गुरुङको लेखनको विशेषता पनि आस्थावादी मानिन्छ ।
तोया गुरुङको शिर पनि हिउँजस्तै छ, तर त्यहाँ चिसोपन देखिँदैन । उनमा शीतलताको झलक भने अवश्य छ । उनका मृदु बोलीमा कान नै जोडिरहूँजस्तो लाग्छ । सौम्य जीवन भोगिरहेकी तोया गुरुङ कवितालेखनमा प्राय: व्यस्त रहन्छिन् । साहित्यिक सभा, सम्मेलन र गोष्ठी भनेपछि जति खर्च लागे पनि उनी पुग्ने गर्छिन् । जुनसुकै दल, बल र जाति पनि तोया गुरुङका लागि बराबरी छन् । नेपाली साहित्यसंसारमा तोया गुरुङको नाउँ नलिने स्रष्टा भेटिँदैनन् । त्यसैले तोया गुरुङ नपुगेका सभासमारोहहरू पनि अधुरा नै हुन्छन् । छोटकरीमा भन्ने हो भने सृजनशील व्यक्तित्वकी एउटी नमुना हुन् तोया गुरुङ ।

तोया गुरुङको ३१ वर्षीय उमेरमा अपर्झट कुमार घलेको आगमन भएको थियो, अथवा भनूँ २०३५ साल वैशाख २६ गते कुमार घलेले तोया गुरुङसँग आफ्नो भावना जोडेका थिए, जीवन जोडेका थिए र साथ जोडेका थिए । कुमार घले पनि २९ वर्षसम्म शाही नेपाल वायु सेवा निगमको सेवामा रहे र प्रबन्धक पदमा पुगेपछि त्यस ठाउँलाई छाडेका थिए । यी दुवै पूर्वप्रबन्धकहरूको जीवनका हरेक पाटामा आत्मीयता जोडिएको छ । यी दम्पतीको श्रीसम्पत्ति नै यिनीहरूको माया, प्रीति, सद्भावना र आत्मीयता हो; किनभने यिनीहरू बिछट्टै मिल्ने गर्छन् ।
तोया गुरुङ सानैदेखि सुझबुझकी धनी थिइन् । साथै नाच्नेगाउने कलामा पनि उनको विशेष स्थान हुन्थ्यो । यस प्रसङ्गमा उनी आफैँ भन्छिन्, “मेरा बुबा सेनामा भएकाले प्राय: हाम्रा घरमा रमझम भैरहने गथ्र्यो । त्यसै क्रममा मेरा बुबाको फर्माइसमा म नाच्ने र गाउने गर्थें ।” त्यस बेलाको रौनकले तोया गुरुङलाई अहिलेसम्म तानेको छ, किनभने अहिले पनि नाच्ने र गाउने सीपमा उनी बाँधिएकी छिन् ।
स्वतन्त्र चिन्तन रुचाउने तोया गुरुङलाई अध्ययन असाध्यै गर्नुपर्छ । प्राय: पढ्ने, लेख्ने र जनसम्पर्क गर्ने कलाले समाजको एउटा कुशल, योग्य र सक्षम नागरिकमा उनी स्थापित भएकी छिन् । समाजका विविध घामछाया, दिनरात र दुक्खसुक्खसँग चाकाचुली खेल्दाखेल्दै उनले विभिन्न पत्रपत्रिकामा करिब दुई सयजति लेखरचनाको निर्माण गरिसकेकी छन् । उनले सर्वप्रथम २०१९ सालको ‘स्वास्नीमान्छे’ (द्वैमासिक)को साउनभदौ अङ्कमा ‘मेरो इतिहास बन्नेछ’ शीर्षकको कविता छपाएकी थिइन् । आफ्नो लेखन सार्वजनिक भएपछि क्रमश: उनी लेखनको थुम्को, डाँडो, टाकुरो चढ्दै अहिले शिखर आरोहणमा केन्द्रित छिन् । उनको लेखनप्रतिको समर्पणका कारणले हालसम्म उनका ‘सूर्योदय’ (कवितासङ्ग्रह) २०४२, ‘धूपी’ (एउटा लामो कविता) २०५२ र ‘देवल घुमेपछि’ (कवितासङ्ग्रह) २०५२ प्रकाशित भइसकेका छन् । उनका कवितामा प्रकृति, प्रेम, जीवन र मृत्युका आरोहअवरोहहरूले अभिव्यक्ति पाएका हुन्छन् । त्यसैले उनका कविताका बारेमा पारिजात, डा. तारानाथ शर्मा, बालकृष्ण पोखरेल, देवकुमारी थापा, डा. अभि सुवेदी, डा. लक्खीदेवी सुन्दास आदिले प्रशंसाका माला गाँसेका छन् ।
साहित्यमा लगन, त्याग र स्तरीयता जोडिनाले तोयाले २०४३ सालमा ‘प्रतिभा पुरस्कार’, २०४५ सालमा ‘व्यथित काव्य पुरस्कार’ र २०४६ सालमा ‘रत्नश्री स्वर्णपदक’ प्राप्त गरेकी थिइन् ।
साहित्यसृजनामा लाग्न मन पराउने तोया गुरुङ साहित्यकार भनेपछि जुनसुकै वाद र सिद्धान्तका मान्छेहरूसँग पनि त्यत्तिकै घुलमिल हुने गर्छिन् । त्यसैले पनि उनी साहित्यकारका बीचमा सर्वत्र प्रिय हुने गर्छिन् । वास्तवमा उनको राजनैतिक सैद्धान्तिक निष्ठाका बारेमा प्राय: कसैले पनि किटान गरेर भन्न सक्तैनन् किनभने उनी राजनैतिक सिद्धान्तमा होइन साहित्यमा बाँचेकी छिन् । हुन त आफ्नो विद्यार्थीकालमा उनी राजनीतिमा पनि केही सक्रिय थिइन् । २०२५ सालको कुरा हो; त्यसबखत विराटनगरको महेन्द्र मोरङ कलेजमा बी.ए. अध्ययनताका नेपाल विद्यार्थी सङ्घको छात्रा प्रतिनिधिमा तोया गुरुङ उठेकी थिइन् । त्यस बेला भोट सकिएपछि साँझमा ब्यालेटबक्स तोडफोड भएछ । त्यसै प्रसङ्गमा तोया गुरुङ भन्छिन्, “मेरो जीवनमा यही नै राजनीति हो र थियो ।”
तोया गुरुङ सानैदेखि लेख्नमा उद्यत थिइन् । लेखिसकेपछि उनलाई आत्मसन्तुष्टि लाग्दो हो; त्यसैले उनी खुसी मान्छिन् । तर उनको लेखकीय खुसीको क्षण अत्यन्तै छोटो हुन्छ; त्यसैले उनी फेरि लेख्न थाल्छिन् । लेख्तालेख्तै उनले नेपाली साहित्यमा आफ्नो नाउँलाई सुरक्षित राखिन्, अमर राखिन् र अविस्मरणीय राखिन् । सबै नेपाली लेखकको झैँ उनको लेखनले पनि उनलाई आर्थिक रूपले बलियो बनाउन सकेको छैन, तर पनि उनको साहित्यिक व्यक्तित्वको प्रतिष्ठाचाहिँ माथिल्लो कोटिमा पुगेको छ ।
हुन त नेपालमा लेखकको अन्य आयस्रोत छैन भने ऊ भोकै पनि मर्न सक्छ । यस देशमा लेखकहरूपट्टि फर्केर पुँजीपतिहरू बोल्ने गर्छन्, “लक्ष्मी र सरस्वती एकै ठाउँमा बस्तैनन् ।” तर नेपालमा मात्रै यो विडम्बना लागू हुने गर्छ । भारतलगायत विश्वका अधिकांश ठाउँहरूमा लेखकहरू पनि सृजनाबाटै धनी बनेका छन् । नेपालमा चाहिँ आफ्नो लेखनले खान नपुग्ने लेखकले पनि समाजमा दीर्घकालसम्म साहित्यकार भएर चिनिने कुरामा नै आत्मसन्तुष्टि लिन्छन् । यसै परिवेशमा तोया गुरुङ पनि कवयित्रीका रूपमा परिचित छिन् । त्यही नाउँबाट उनी यस समाजकी प्रतिष्ठित व्यक्तित्वमा रूपान्तरित भएकी छिन् । साहित्यसाधनाबाट प्राप्त उनको वर्चस्व पनि यही नै हो ।
कविहरू स्वभावैले भावुक प्राणी हुन् । त्यसमाथि नारीचेतना भनेको अत्यन्तै संवेदनशील र कोमल हुन्छ । तर पनि तोया गुरुङ रुन भनेपछि तर्कने गर्छिन् । यति हुँदाहुँदै पनि उनी मान्छे हुन्; कहिलेकाहीँ रोइदिन्छिन्, तर रोइसकेपछि उनमा आनन्द छाउने गर्छ । यसै प्रसङ्गमा उनी आफैँ भन्ने गर्छिन्, “रोइसकेपछि केही समयसम्मका लागि मनको विकार पखालिएजस्तो लाग्छ ।”

पद्मावती सिंह सानैदेखि खेल्ने, गाउने, नाच्ने र लेख्ने पनि गर्थिन् । बाल्यकालमा उनलाई खेलकुद र नाचगानमा गहिरो रुचि थियो । त्यही क्रमले उनलाई क्रमश: गीतगायन र काव्यरचनातिर डो¥याउन थाल्यो । त्यसैले उनी किशोरी हुँदै चर्चित खेलाडी, गायिका र कवयित्री बन्न पुगिन् । यी विषयमा पद्मावतीले विभिन्न समयमा स्कुल र कलेजबाट पुरस्कारहरू पनि थाप्न थालिन् । लेखरचनामा रुचि भएका कारण सत्र वर्ष पुग्दानपुग्दै यिनको कथा पनि प्रकाशित भइसकेको थियो । ‘आरती’ साप्ताहिकमा प्रकाशित अर्को कथाको शीर्षक ‘पत्थरको हृदय’ थियो । अनि त्यो कथा छापिएको एक वर्षपछि धूमधामले यिनको शुभविवाह भएको थियो ।
तोया गुरुङका एकलौटी सन्तानहरू भनेका उनीद्वारा जन्माइएका कृतिहरू नै हुन् । उनका ती कृतिहरू नै पछिपछिसम्म यस धर्तीमा रहनेछन् । राष्ट्रका ख्यातिप्राप्त समालोचकहरू र नियमित पाठकहरूले उनका कृतिको मूल्याङ्कन गर्दै तोया गुरुङको सृजनामा भावना, बौद्धिकता र चेतनाको उत्कृष्टता भेटिन्छ भनेका छन् । वास्तवमा उनका सृजना माझिएका र खारिएका हुन्छन् । उनका तिनै सृजनामा डुबुल्की मारेर पाठकहरू तोया गुरुङसँग नजिकिएका हुन् ।
नेपाल अधिराज्यका विभिन्न जिल्लाहरू घुमेकी तोया गुरुङ नेपाल बैङ्क लिमिटेडको जागिरे हुँदा बैङ्कक, हङ्कङ, श्रीलङ्का र भारतसम्म पुगेकी थिइन् । नेपाल अधिराज्यको माटोलाई असाध्यै प्यारो मान्ने तोया गुरुङका लागि वैदेशिक यात्रामा श्रीलङ्काले निकै लोभ्याएको रहेछ । त्यसैले उनी बराबर भन्ने गर्छिन्, “म पुगेका विदेशमा मलाई श्रीलङ्का नै मन प¥यो ।”
जीवनमा तोया गुरुङ हाँस्नु हाँसेकी छिन्, रुनु रोएकी छिन् र मौनतामा पनि त्यत्तिकै बाँधिएकी छिन् । जिन्दगानीका यस्ता उत्तारचढावहरूमा पौडँदै उनले आफ्ना सृजनाहरू जनसमक्ष पु¥याएकी छिन् । उनको लेखनी वास्तविकतास‘ग धेरै नजिक छ । उनको लेखनीले यथार्थका धरातलमा टेकेको हुन्छ । त्यसैले उनको लेखनीले धेरैसँग मितेरी लाएको हुन्छ:
‘भयो यो सन्तापलाई
यही दहमा डुबाइदेऊ
एकै छिनलाई बिर्सिदिने
कोसिस गरौ‘ जीवनलाई
तर के गर्ने
फेरि बीभत्स रूप
लहरहरूमा उर्लिरहेको हेरिरहेछु ।
समग्रमा तोया गुरुङ उनका कविताकी भोगाइ हुन्, कविताभित्रैकी रोजाइ हुन् र कविताकै आँधी, हुरी र बाढी हुन् । उनी काव्यसमुद्रको आकर्षणमा बाँधिएर नै नेपाली संसारमा बगेकी छिन् ।

पद्मावती सिंह

जीवन भोग्नका लागि हो । रात र दिन, औँसी र पूर्णिमा अनि आँसु र हाँसो नै जीवन हो । वास्तवमा जिन्दगानीका उकालीओराली नहिँड्नेहरूको जीवन हुँदैन । जीवन खोज्नेहरूले जीवनभित्रै लुकामारी खेल्न सक्नुपर्छ । जीवनपद्धतिको त्यही अविरल यात्रामा हिँड्ने यात्रीहरूको घुइँचोभित्र अर्की एउटी मान्छे रहेकी छिन् र उनको नाउँ हो पद्मावती सिंह । पद्मावती सिंहलाई जीवनका तिनै भोगाइहरू र विसङ्गतिहरूले लेख्न सिकाए । उनी आफ्ना जीवनका छालहरू हुत्याएर कहिले डाँडापारि पु¥याउँछिन्, कहिले डाँडावारि ल्याउँछिन् र कहिले मनभित्रको पोखरीमा कैद गर्छिन्; अनि कहिले आँसुका दहहरूमा थपिदिन्छिन् ।
२००५ साल वैशाख १९ गते शनिबार ओमबहाल, काठमाडौंमा पद्मावती सिंह जन्मेकी थिइन् । अनि यिनलाई जन्माउने बाबुआमाको नाउँ हो परशुरामभक्त माथेमा र चन्द्रभुवनेश्वरी माथेमा ।
बाल्यकालमा नै पद्मावती सिंह गायिका थिइन् । भनूँ सानामा उनी गीत गाउँदै रुने गर्थिन् र रुँदै गीत गाउने गर्थिन् । सायद गायकहरूमा अत्यधिक रुने व्यक्ति पनि पद्मावती सिंह नै हुनुपर्छ; किनभने उनी स्रष्टा पनि हुन् । स्रष्टा भन्नु नै भावना हो, मुटु हो र आँसु हो । त्यसैले पद्मावती सिंह बढी भावुक बनेकी हुन् ।

शिवपार्वती वैवाहिक जीवनमा बाँधिएका दिन नै पद्मावती माथेमा राजाबहादुर सिंहसँगको वैवाहिक जीवनमा उनिएकी थिइन् । अथवा भनूँ २०२३ सालको अक्षयतृतीयाका दिन यिनको ओभानो सिउँदोमा नेपालका राम्रा फुटबल खेलाडीका हातबाट सिन्दूर छरिएको थियो । यिनै राजाबहादुर सिंह पछि नेपालका नामी फुटबल खेलाडीमा रूपान्तरित पनि भए । उनी खेलकुदका अतिरिक्त शैक्षिक, प्रशासनिक र व्यवस्थापनविषयक सेवामा पनि आबद्ध भएका थिए । अनि यी दम्पतिले एउटी छोरी अन्ना र दुई भाइ छोरा असीम र आशिषको पनि निर्माण गरे ।
गायक, गीतकार तथा कथाकारमा चर्चित पद्मावती सिंह कथाक्षेत्रमा बढी समर्पित देखिन्छिन् । उनी आपूmले भोगेका बेहोरालाई कथामा प्रस्तुत गर्छिन् । त्यसैले यिनका कथा यथार्थवादी हुन्छन्, प्रस्ट हुन्छन् र मनमोहकारी हुन्छन् । समाजका विविध विसङ्गतिका अतिरिक्त मानवीय पीडा र व्यक्तिगत अनुभूतिहरू पद्मावती सिंहका सृजनाका स्रोतहरू हुन् । त्यसैले उनका रचना पठनीय हुन्छन् । उनका रचनामा वेदना पाइन्छ । उनको लेखनमा कथाविधाले चाहिँ निक्कै भाउ भेटेको अनुभव हुन्छ । यसै प्रसङ्गमा पद्मावती सिंह भन्छिन् “नारीजीवनका पीडा र व्यथा, उल्लास, घृणा र आघातलाई सरक्कै टिपेर कथामा सिउरिदिने मेरो आफ्नै रचनागत विशेषता रहेको छ । बौद्धिकता छाँटेर रचनालाई जटिल बनाई प्रस्तुत गर्ने मोहमा म कहिल्यै बाँधिइनँ ।”
कथामा आफ्ना सारा भावना समर्पित गर्दागर्दै पद्मावती सिंहले अहिलेसम्म कथाका चार कृतिलाई जन्म दिइसकेकी छिन्; ‘कथादि’ (२०३८), ‘कथायाम’ (२०३९), ‘कथाकार’ (२०४४), ‘पद्मावती सिंहका कथाहरू’ (२०५७) । उनको एउटा उपन्यास ‘समानान्तर आकाश’ (२०६२) पनि प्रकाशित भएको छ । साथै उनले ‘रूपरेखा’, ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘गरिमा’, ‘कविता’, ‘अस्मिता’, ‘नियोजन’, ‘लालित्य’, ‘यौवन’, ‘दायित्व’, ‘नारी’, ‘समकालीन’ आदि पत्रपत्रिकामा कथारचनामार्पmत आफ्ना सुन्दर हस्ताक्षरहरू अर्पण गरिसकेकी छिन् । वास्तवमा यी आफ्ना कथानिर्माणमा बढी होस्टे गर्छिन् तापनि यिनका गीत र कविताले पनि नेपाली साहित्यमा त्यत्तिकै चर्चा पाएका छन् ।
पद्मावती सिंहका काव्यमा नेपाली चिन्तन भेटिन्छ, नेपालकै माटाको रस भेटिन्छ र नेपालकै परिवेश भेटिन्छ । पद्मावती सिंह कुनै कुरा नलुकाई आफ्ना भावना सर्लक्कै प्रस्तुत गर्ने गर्छिन् । स्कुले जीवनदेखि काव्यसृष्टि र नाचगानमा लागेकी सिंह स्नातक समुत्तीर्ण भएपछि झन् मीठा, रोचक र स्तरीय सृजनामा आबद्ध हुन थालिन् । यसै क्रममा यिनले रत्नश्री स्वर्णपदक, मैनाली कथा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र वीरेन्द्र ऐश्वर्य सेवा पदक पनि पाइन् ।
पद्मावती सिंहले कुनै पहाड देखिन् भने पनि तिलजस्तो परिकल्पनामा आपूmलाई उठाउन सक्छिन् र कुनै तिल भेटिन् भने त्यसलाई पहाडै पार्न पनि सिपालु छिन् । यिनै कारणले उनको संवेदना चोटिलो पनि हुन्छ, रापिलो पनि हुन्छ । उनका सृजनाले जीवन र जगत्सँग मितेरी लगाएका हुन्छन् । उनका लेखनीको उचाइ उनका भोगाइको परिणति हो । उनका अनुभूतिले पाठकहरूको हृदयलाई रुवाएका हुन्छन् र हँसाएका पनि हुन्छन्; किनभने उनको लेखनी जीवन, परिवार र समाजबाट बाहिर गएको हुँदैन । उनी लेखिसकेपछि आपूmलाई हलुङ्गो भएको अनुभव गर्छिन् । वास्तवमा लेखिसकेपछि उनमा शान्ति छाउँछ, कान्ति छाउँछ र चरम सन्तुष्टि प्राप्त हुन्छ । यसै प्रसङ्गमा उनी भन्छिन् “म आत्मसन्तुष्टिका लागि साहित्य सृजना गर्छु ।”
समकालीन साहित्यिक परिवेशमा पद्मावती सिंह बहुआयामिक प्रतिभाकी धनी छिन् । घरपरिवार, साथीसँगिनीमाझ उनी जति सफल छिन् लेखनमा पनि उनको त्यत्तिकै महत्व छ । उनी लेखनमा मात्र प्रसिद्ध छैनन्; गायनमा पनि उनले त्यत्तिकै ख्याति बटुलेकी छिन् । कथाकार पद्मावती सिंह पाठकसामु जति भिजेकी छिन् कवयित्री पद्मावती सिंह पनि त्यत्तिकै जनसमक्ष पुगेकी छिन्; साथै गीतकार पद्मावती सिंह जति पाठकप्रिय छिन्, गायिका पद्मावती सिंह पनि श्रोताहरूसँग परिचित छिन् । पद्मावती सिंहका जीवनका हरेक पाटाहरूलाई हेर्दा उनी एउटी जाँगरिली स्रष्टाका रूपमा स्थापित भएकी छिन् । उनको सृजनात्मक सेवा, त्याग र समर्पणले नेपाली भाषा, साहित्य र सङ्गीत धन्य भएको छ । उनको मौलिक निर्माणकलाले उनी नेपाली साहित्य र सङ्गीतका फाँटमा स्थापित भएकी छिन् ।
पद्मावती सिंहले राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा पसेर पनि सेवा गरिन् । उनले नेपाल परिवार नियोजन सङ्घमा रहेर काम गरिन् । त्यसै बखत उनीद्वारा सम्पादित ‘नियोजन’ नामक पत्रिका पनि प्रकाशित भयो । साथै उनी एसिया फाउन्डेशनमा कार्यक्रम अधिकृत भइन् र सेभ दि चिल्ड्रेन (यू. एस. ए.) को प्रोजेक्ट कोअर्डिनेटरका रूपमा पनि संलग्न भइन् । जागिरको समाप्तिपछि उनी समाजसेवामा लागिन् । त्यतिमात्र होइन उनी साहित्यिक र सांस्कृतिक गतिविधिमा पनि समर्पित भइन् । महिला साहित्यकारको प्रतिनिधि संस्था गुन्जनको उनी संस्थापक संयोजक हुन् । पछि निर्वाचनबाट पनि उनी त्यस संस्थाकी अध्यक्ष बनिन् ।

पद्मावती सिंह रचना प्रस्तुत गरेर प्रख्यात हुनाको मुख्य कारण उनी आफ्ना रचनाहरूमा नारीजीवनका अन्तर वा बाह्यजगत्को सेरोफेरोमा घुम्ने गर्छिन् । उनी प्रकृतिले सृष्टि गरेका पूmललाई सबैभन्दा बढी मन पराउँछिन् । पद्मावती प्रकृतिका मनमोहक दृश्यहरू जस्तै— समुद्र, आकाश र झरना तथा आफ्नै मन, मस्तिष्क र चेतनामा घट्ने घटनाहरूलाई आफ्ना कथा, कविता र गीतका सेरोफेरोभित्रमा अनुवाद गर्छिन् । त्यसैले उनका रचना जीवन्त हुन्छन् । देशका तीस जिल्लाहरू मात्र भ्रमण गरे पनि उनका लेखनमा सिङ्गो नेपालको प्रतिविम्ब हुन्छ भने भारत, बङ्गलादेश, थाइल्यान्ड र क्यानाडाको मात्र भ्रमण गरे पनि उनले आफ्नो लेखनमा समग्र विश्वको नारीचित्रलाई प्रस्तुत गर्ने प्रयास गरेकी छिन् ।
पद्मावती सिंह गीतरचना र गायनमा पनि बराबरी आउने नाउँ हो । त्यसैले पनि होला यी राष्ट्रका विभूतिको सम्झनामा आपूmलाई समाहित गर्छिन् । उनका लागि लक्ष्मीप्रसाद देवकोटा, गुरुप्रसाद मैनाली र नारायणगोपाल सधैँ नजिक छन्; उनीहरू उनका हृदयमा चिरञ्जीवी छन् । भावनामा चक्कर लगाउने पद्मावती सिंह भावनाकै संसारमा खुसी छिन् र भावनाबाटै दुःखी पनि छिन् । जीवनमा अनगिन्ती पाइला टेक्दै जाँदा सर्वप्रथम उनी जुन दिन आमा बनिन् त्यो उनको सबभन्दा सुखद क्षण भयो । उनको जीवनको असीम सुखद क्षण त्यही नै हो ।
पद्मावती सिंह जति सरल छिन् त्यति नै मिलनसार पनि छिन् । उनी रोएर पनि हाँसिरहेकी हुन्छिन् । उनका छातीमा जति नै आगो बले तापनि उनी सधैँ उज्यालो अनुहारमा नै हिँडिरहेकी हुन्छिन् । उनको जीवनको विशेषता हो— उनका अनुहारमा निराशाका बादलका रेसाहरू कहिल्यै देखिएका हँुदैनन् । उनका लागि जीवन ठूलो हो । सृष्टिबाट प्राप्त जीवनमा उनी मानवीय संवेदनाका स्वरहरूलाई जनजनका ढुकढुकीमा पु¥याउन सक्रिय छिन् ।
जीवनका अनगिन्ती आशा, निराशा अनि साहस र भरोसा बटुलेर हिँडेकी पद्मावती सिंह नेपाली साहित्यको एउटा सुपरिचित नाउँ हो । पद्मावती सिंह लेखिएको नाउँमा नेपाली भाखा, नेपालीपन र नेपाली भावना टाँस्सिएको छ । उनका रचनाले मानव जीवनको प्रतिनिधित्व गरेका हुन्छन् । उनी कथायात्रामा मात्र होइन गीतियात्रामा पनि त्यत्तिकै सफल छिन्:
चुपचाप चुपचाप छ बै‘सालु यो रात
उर्लिरहेछ हजारौंहजारौं मनमा बात
पग्लिरहेछ पलपल मैनबत्तीझैं मेरो यौवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *