इन्दिरा प्रसाई

पहिलो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

आज नीला र आभासको बिहे भएको पहिलो दिन हो । विवाहित हुनुको कुनै नौलो अनुभूति नहु“दानहु“दै पनि आज नीलाका मनका तहतहमा खुसीका मीठा अनुपम लहरहरू आउ“दै जा“दै गर्दै छन् ।

“नीला † मेरो इच्छा पुग्यो । तिमीहरूको जीवन सुखमय बितेको देख्नसुन्न पाऊ“ ।” त्यस रात सुदेश र उर्मिलालाई बिदा गर्ने बेलामा नीलालाई आÏनो अ“गालोमा बा“धेर उर्मिलाले भनेकी थिई । आभास र नीलाका सल्लाहले नै आÏनो बिहाको उपलक्ष्यमा उर्मिला र सुदेशलाई मात्र बेलुकीको खानाका लागि बोलाएका थिए ।
आपूmभित्र उमङ्ग, उत्साह र अपार आनन्दप्राप्तिको अवसर भए पनि उनीहरू दुवैको यो दोस्रो विवाह भएका कारण पराई आ“खाका अघि आÏनो रमाइलो खण्डित हुने डरले उनीहरूले कसैलाई पनि डाकेका थिएनन् । उनीहरूबीचको पुल भएकी उर्मिलालाई मात्र आÏनो खुसीमा साझेदार बनाएका थिए ।

“नीला † तिमीलाई पाएपछि मैले मेरो जीवनको रोकिएको गतिलाई अघि बढाउन पाएको महसुस गरेको छु । म तिमीलाई खूबै माया गर्छु≤ सधै“ गरिरहनेछु ।” त्यस रात भावविभोर भएर आभासले भनेको थियो । “मलाई पनि तिम्रो साथले नवजीवन दिएको छ । म जीवनपर्यन्त तिम्रो प्रेमको आभारी रहनेछु ।” आभासको अ“गालोमा बा“धिएको त्यस क्षण उसैको नसामा डुबेकी नीलाले पनि भनेकी थिई । “जिल्ला अदालतको मेरो साथी अनुप बाहिर गएको रहेछ≤ एक हप्तामा ड्ढर्कन्छ । ऊ आउनासाथ “कोर्ट म्यारिज” पनि गरिहाल्ने ।” आभासले अ“गालो कस्तै भनेको थियो । “भैगो नि † हामीले भगवान् साक्षी राखेर बिहे गरिसक्यौ“ । कोर्ट म्यारिज किन गर्नुप¥यो र ?” नीलाले अ“गालोबाट केही फुत्कन खोज्दै भनेकी थिई । “होइन नीलु † हामी दुई नै बा“चुन्जेलसम्म त कानुनी कुराको

जरुरी पनि पर्दैन । तर केही गरी म पहिले मरे“ भने“” आभासले बोल्दाबोल्दै उसको मुखमा नीलाले आÏनो दाहिने हात पु¥याएकी थिई । “तिमी मात्रै चाहिन्छ मलाई≤ तिमी नभएपछिको तिम्रो धन के काम मलाई ? आजको दिन पनि यस्तो नरमाइलो कुरा गर्ने तिमी ?” नीलाले केही रुष्ट हुन खोज्दै भनेकी थिई । कसोकसो उसको गला पनि अवरुद्ध हुन खोजेको थियो । “होइन≤ मेरी प्यारी, जीवनमा धेरै कुरा सोच्नुपर्छ । मैले तिम्रो चित्त दुखाउन खोजेको पक्कै पनि होइन । तर अहिलेको युग कानुनी मान्यतामा अडिएको युग हो । धर्म र अधर्मको नापजोख पनि कानुनले नै गर्छ । त्यसैले हाम्रो विवाहलाई कानुनसम्मत पनि बनाउनुपर्छ भन्न मात्र खोजेको हु“ मैले ।” त्यसपछि पुनः रातको मिठास बोलाउने क्रममा आभासले नीलालाई पनि आÏना कुरामा सहमत बनाएको थियो ।
नाइटबल्बको उज्यालामा पनि तस्बिरका बिरालाका आ“खाले भने नीलालाई हेरिरहेझै“ लाग्यो । तर त्यस बेला उसले त्यो तस्बिरको बिरालाका आ“खा नदेखेजस्तो गरेर आÏनो मनलाई बा“धिरही ।

आधारातमा नीला बिउ“झिएकी थिई । त्यस बेला पनि तस्बिरको बिरालाका आ“खाले एकनास उसलाई हेरिरहेका थिए । रातको चकमन्नतामा बिरालाका एक जोडी कुइरा आ“खा देख्दा नीलालाई अचानक डरको अनुभूति पनि भयो । आभास सन्तुष्ट निद्रामा मस्त थियो । नीलाले नाइटबल्ब पनि निभाई । कोठामा अब निस्तब्ध अन्धकारको मौनता छाएको थियो ।

नीलाले आ“खा चिम्लिई । झनै अ“ध्यारो भयो । उसले हात बढाएर निदाएको आभासलाई अ“गालो हाली । मनको डर भने हरायो तर आभास र आपूm टा“स्सिएको अ“गालोका बीचमा त्यही तस्बिरको बिरालाका आ“खा आएजस्तो लाग्यो उसलाई । नीला आभासस“ग एकदमै टा“स्सिएर निदाउन खोजी ।

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *