पहिलो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

आज नीला र आभासको बिहे भएको पहिलो दिन हो । विवाहित हुनुको कुनै नौलो अनुभूति नहु“दानहु“दै पनि आज नीलाका मनका तहतहमा खुसीका मीठा अनुपम लहरहरू आउ“दै जा“दै गर्दै छन् ।

“नीला † मेरो इच्छा पुग्यो । तिमीहरूको जीवन सुखमय बितेको देख्नसुन्न पाऊ“ ।” त्यस रात सुदेश र उर्मिलालाई बिदा गर्ने बेलामा नीलालाई आÏनो अ“गालोमा बा“धेर उर्मिलाले भनेकी थिई । आभास र नीलाका सल्लाहले नै आÏनो बिहाको उपलक्ष्यमा उर्मिला र सुदेशलाई मात्र बेलुकीको खानाका लागि बोलाएका थिए ।
आपूmभित्र उमङ्ग, उत्साह र अपार आनन्दप्राप्तिको अवसर भए पनि उनीहरू दुवैको यो दोस्रो विवाह भएका कारण पराई आ“खाका अघि आÏनो रमाइलो खण्डित हुने डरले उनीहरूले कसैलाई पनि डाकेका थिएनन् । उनीहरूबीचको पुल भएकी उर्मिलालाई मात्र आÏनो खुसीमा साझेदार बनाएका थिए ।

“नीला † तिमीलाई पाएपछि मैले मेरो जीवनको रोकिएको गतिलाई अघि बढाउन पाएको महसुस गरेको छु । म तिमीलाई खूबै माया गर्छु≤ सधै“ गरिरहनेछु ।” त्यस रात भावविभोर भएर आभासले भनेको थियो । “मलाई पनि तिम्रो साथले नवजीवन दिएको छ । म जीवनपर्यन्त तिम्रो प्रेमको आभारी रहनेछु ।” आभासको अ“गालोमा बा“धिएको त्यस क्षण उसैको नसामा डुबेकी नीलाले पनि भनेकी थिई । “जिल्ला अदालतको मेरो साथी अनुप बाहिर गएको रहेछ≤ एक हप्तामा ड्ढर्कन्छ । ऊ आउनासाथ “कोर्ट म्यारिज” पनि गरिहाल्ने ।” आभासले अ“गालो कस्तै भनेको थियो । “भैगो नि † हामीले भगवान् साक्षी राखेर बिहे गरिसक्यौ“ । कोर्ट म्यारिज किन गर्नुप¥यो र ?” नीलाले अ“गालोबाट केही फुत्कन खोज्दै भनेकी थिई । “होइन नीलु † हामी दुई नै बा“चुन्जेलसम्म त कानुनी कुराको

जरुरी पनि पर्दैन । तर केही गरी म पहिले मरे“ भने“” आभासले बोल्दाबोल्दै उसको मुखमा नीलाले आÏनो दाहिने हात पु¥याएकी थिई । “तिमी मात्रै चाहिन्छ मलाई≤ तिमी नभएपछिको तिम्रो धन के काम मलाई ? आजको दिन पनि यस्तो नरमाइलो कुरा गर्ने तिमी ?” नीलाले केही रुष्ट हुन खोज्दै भनेकी थिई । कसोकसो उसको गला पनि अवरुद्ध हुन खोजेको थियो । “होइन≤ मेरी प्यारी, जीवनमा धेरै कुरा सोच्नुपर्छ । मैले तिम्रो चित्त दुखाउन खोजेको पक्कै पनि होइन । तर अहिलेको युग कानुनी मान्यतामा अडिएको युग हो । धर्म र अधर्मको नापजोख पनि कानुनले नै गर्छ । त्यसैले हाम्रो विवाहलाई कानुनसम्मत पनि बनाउनुपर्छ भन्न मात्र खोजेको हु“ मैले ।” त्यसपछि पुनः रातको मिठास बोलाउने क्रममा आभासले नीलालाई पनि आÏना कुरामा सहमत बनाएको थियो ।
नाइटबल्बको उज्यालामा पनि तस्बिरका बिरालाका आ“खाले भने नीलालाई हेरिरहेझै“ लाग्यो । तर त्यस बेला उसले त्यो तस्बिरको बिरालाका आ“खा नदेखेजस्तो गरेर आÏनो मनलाई बा“धिरही ।

आधारातमा नीला बिउ“झिएकी थिई । त्यस बेला पनि तस्बिरको बिरालाका आ“खाले एकनास उसलाई हेरिरहेका थिए । रातको चकमन्नतामा बिरालाका एक जोडी कुइरा आ“खा देख्दा नीलालाई अचानक डरको अनुभूति पनि भयो । आभास सन्तुष्ट निद्रामा मस्त थियो । नीलाले नाइटबल्ब पनि निभाई । कोठामा अब निस्तब्ध अन्धकारको मौनता छाएको थियो ।

नीलाले आ“खा चिम्लिई । झनै अ“ध्यारो भयो । उसले हात बढाएर निदाएको आभासलाई अ“गालो हाली । मनको डर भने हरायो तर आभास र आपूm टा“स्सिएको अ“गालोका बीचमा त्यही तस्बिरको बिरालाका आ“खा आएजस्तो लाग्यो उसलाई । नीला आभासस“ग एकदमै टा“स्सिएर निदाउन खोजी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *