तिमी हिजो किन नजरमा आयौं
दिलभित्र पाहुना बनि बास माग्यौं
तर आज किन फेरिएर टाढी गयौं
टाढा–टाढा धेरै टाढा टुटी गयौं
तिम्रा नयन नशालु किन पगाल्यौ
मुस्कानमा तिमीले किन मन अल्झयौ
थाहै नपाइ किन तिम्रा अधरहरू चुमायौ
तर आज मरो निर्दोष मनलाई टुक्राई दियौ
के थाहा नजर तिम्रो फेरिन्छ भन्ने
सानो ह्दय पनि तिम्रो बदलिन्छ भन्ने
हा“सी हासी माया बटुल्ने तिमीले पनि
आसु आसुको भारि बोकाइ दिन्छौं भनि
– नरेन्द्र पौडेल “आन्जन”