Uncategorized

सातौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

बिहान नीला बिउ“झि“दा कोठामा निकै उज्यालो पसिसकेको थियो । बिहानको घाम पनि निकै चर्को भएको थियो, बाक्लो पर्दा पनि छिचोलेर कोठामा घाम पसेको थियो । आÏनै बिछ्यौना नियाल्न पुगे नीलाका ऑखा । बिछ्यौनाको आभास सुतेको भाग रित्तो थियो । ऊ कुन बेला उठ््यो ? नीलालाई पत्तो भएन । “मेरी रानी † बिहान पनि बित्न लाग्यो” बिहे गरेको दोस्रो दिनको बिहान नीलाका ओठमा चुम्बन गरेर आभासले उसको निद्रा बिउ“झाएको घटनाको मृदु स्मृति भएर आयो उसलाई ।
त्यसै बेला उसका आ“खा पलङको सिरानीमा भएको घडीमा परे≤ सानो का“टाले आठको अङ्क पनि नाघिसकेको थियो । “आज अड्ढिस नजानुप¥यो” नीलाभित्र त्यसै त्यसै आलस्यले जरा गाड््यो । पलङकै टेबुलमा भएको टेलिड्ढोनबाट नीलाले आÏनो इन्चार्ज रघुजीलाई जानकारी गराई । भोलि पनि नआउने कुरा गरेपछि उनले सोमबारको निधो मागे । नीलाले सोमबार पक्का अड्ढिस आउने निर्णय दिई । त्यसपछि नीलाले आपूm निक्कै फुर्सदिलो भएको अनुभूति गरी ।
“आभास के गर्दै होला ?” मनले प्रश्न गरेपछि नीला अनायास कोठाको बगै“चापट्टि खुल्ने झ्यालमा पुगेकी थिई । पर्दा उघार्नासाथ नीलाका आ“खा आभासका ढाडमा गएर ठोक्किए । आभास उसको बिरालोस“ग तन्मय भएको थियो । आभासको बगै“चा पनि रमाइलो थियो । ड्ढागुन महिनाको अन्तिमतिर काठमाडौ“का बगै“चामा बहार आउ“छ । पुस र माघको चिसो याममा कठ्याङ्ग्रिएका बोटबिरुवाहरू ड्ढागुनको न्यानो पाउनासाथ रमाएर आङ तन्काउन थाल्छन् । त्यसैले बिहानको घाम तापेर पूmलबारीको आनन्द लि“दा एउटा स्वर्गीय अनुभूति हुने गर्छ । तर यो आनन्दको अनुभूति भन्ने कुरा पनि मनको खुसी र दुःखस“ग गा“सिएको हु“दो रहेछ । मान्छेको मनमा वैराग्यको बोलबाला भएका बेला जस्तोसुकै रमाइलोले पनि आनन्द सञ्चार गर्न सक्तो रहेनछ ।
आज पनि आभासको पूmलबारीमा आउ“दै गरेको बहारले नीलालाई कुनै आनन्दको अनुभूति गराउन सकेन । बिरालोस“ग तन्मयता गा“सेको आभासलाई देखेर कसोकसो डा“को छोडेर रू“रू“ जस्तो लाग्यो नीलालाई ।
पर्दा उघारे पनि धेरै बेरसम्म पूmलबारीको दृश्य उसले हेरिरहन सकिन । नीलाभित्र पूmलबारीको हावास“गस“गै नमीठोपन पनि प्रवेश गरिसकेको थियो ।
गलेको शरीरको भारी उसले पुनः आÏनो बिछ्यौनामा बिसाई ।

“नीलु † तिमीलाई ढीलो भएन आज ?” हस्याङड्ढस्याङ गर्दै आभास कोठामा आएको थियो । “नीलु † मिल्छ भने आज एक दिनको बिदा लेऊ न≤ तिमी र म आज कतै घुम्न जानुपर्छ ।” आभासले अ“गालामा राखेर यसो भन्नेछ भन्ने अपेक्षाले तुरुन्तै गा“जेको थियो नीलालाई । “नीलु † के तिमीलाई सन्चो भएन ?” प्रत्यक्षतः आभासले नीलाको निधार छामेको थियो । नीला भने आ“खा चिम्लिएर सुति नै रहेकी थिई । “मैले आज अड्ढिस बिदा लिएकी छु” नीलाले आ“खा चिम्लिएर नै जवाड्ढ दिएकी थिई । आ“खा खोलेर आभासको अनुहार हेर्ने मोह पनि पटक्कै भएन उसलाई । “तिमी फ्रेस हुने होइन ? म जाऊ“ बाथरुम ?” आभासले नीलास“ग अनुमति लि“दा नलि“दै शौचालयतड्र्ढ प्रवेश गरेको थियो । आभास शौचालयबाट निवृत्त भएर निस्क“दा पनि नीला भने बिछ्यौनामा उही अवस्था र गतिमा थिई ।
“नीलु † तिमी पनि फ्रेस भएर आइहाल, भोक लागेको छ ब्रेकड्ढास्ट खाइहाल्नुपर्छ । मिलनलाई दूध खुवाउन मङ्गलेलाई म अह्राउ“छु ।” आभास नीलास“ग बोल्दानबोल्दै कोठाबाट बाहिरिएको थियो । आभास बाहिर निस्किएपछि पनि धेरैबेर नीलाले आभास त्यही बाटोबाट ड्ढर्कने आशामा त्यतै हेरिरही । “मेरी नीलु † तिमीविनाको यो बिहान ज्यादै निरस बित्यो । बिन्ती, अब अबेर नगर≤ आज हामी साथै रमाउने ।” आभास ड्ढर्केर आउनेछ र नीलाका गाला, ओठ, निधार र यत्रतत्र चुम्बन गरेर आÏनो भरखरै मात्र नुहाएको केशको चिसोपनले नीलालाई ताजा पार्नेछ । नीलाले चाह“दानचाह“दै पनि ड्ढेरि पनि यस्तो कल्पना गरी । तर यसपालि पनि उसको कल्पना कल्पनाकै घेराभित्र मात्र र≈यो । अर्थात् त्यसो हु“दै भएन≤ ऊ आएन, आउ“दै आएन ।
“रानीसाहेब, राजाले बे्रकड्ढास्ट खाइस्यो रे † हजुर नुहाएर ब्रेकड्ढास्ट खान गइस्यो रे † राजा मिलनलाई लिएर डाक्टर देखाउन गैस्यो भन्दिनू भनिस्या’छ ।” सुरेशले कोठाको ढोकैबाट समाचार सुनाएर ड्ढर्केको थियो । त्यो केटो तुरुन्त आएर तुरुन्तै ड्ढर्केको पनि थियो ।
ऊ गइसकेको भए तापनि उसले बोलेको आवाजको तरङ्ग भने नीलाका कानभित्रबाट मनको कुनै कुन्तरमा पसिसकेको थियो । आशाको ससानो त्यान्द्रो पनि चु“डिएको मनस्थितिमा नीला बिछ्यौनाबाट जुरुक्क उठेकी थिई । लक्ष्यविहीन हुन खोजेका उसका पाइलाहरू शौचालयतड्र्ढ लागेका थिए ।
सुरेश त्यसपछि पनि ब्रेकड्ढास्टको निम्तो गर्न आएको थियो । एकैचोटि भात खाने सूचना दिएर नीला बिछ्यौनामै ढल्केकी थिई । नुहाइधुवाइ सकेर केहीबेर ध्यानमा बस्ने आÏनो आदतअनुसार आज पनि ऊ ध्यानमा बसेकी थिई । तर मनस्थितिमा आ“धीबेहरी दौडिरहेकाले उसको ध्यान पटक्कै एकत्रित हुन सकेको थिएन । केहीबेरको असड्ढल प्रयत्नपछि उसले आपूmलाई ध्यानको आडम्बरमा बा“ध्न उपयुक्त पनि ठानिन ।
“तिमी सुखी भएको हेर्न चाहन्छु, मम्मी, तिमी सुखी हुनुपर्छ ।” स्मृतिले भनेका शब्दहरू नीलाका मनभित्र आइरहे ।
“के म आभासस“ग सुखी हुन सक्छु ?” नीलाले पहिलोपल्ट आपूmले आड्ढै“स“ग प्रश्न गरी । यो प्रश्नको उत्तर नीलाको अन्तर्मनले उसलाई दिन सकेन । प्रश्नलाई आड्ढै“भित्र खेलाएर सम्भावित उत्तरहरू खोज्नमा नीलाको मनस्थिति प्रयत्नरत र≈यो ।
“रानीसाहेब, भुजा ज्यूनार गर्न सवारी होस् अरे † राजा डाइनिङ रुममा होइसिन्छ ।” पुनः सुरेश नै निम्तो बोकेर आएको थियो ।
“हेर न, मिलनलाई तागतको औषधि लेखिदेऊ भनेर डाक्टर दत्तकहा“ लगेको थिए“ । उसले लेखी त दियो तर त्यो औषधि कतै पाइएन । अब भात खानेबित्तिकै म पाटन र भक्तपुरका औषधि पसलमा यो औषधि खोज्न जान्छु । तिमी मस“ग जाने हो ?” नीला डाइनिङ टेबुलमा पुग्नासाथजसो आभासले भनेको थियो । “होइन म आज कतै नजाने, आज आराम गरेर बस्छु ।” नीलाले आभासको अनुहारमा नहेरी भनेकी थिई । दलबहादुर दाइले खानाका विशेष परिकारहरूले टेबल सजाएका थिए । नीलाले नाममात्रैको खाना आÏनो थालमा हालेकी थिई । आभासले उसको सधै“को मात्राअनुसारको खाद्यपदार्थ आÏनो थालमा भरेर खान पनि थालिसकेको थियो ।

“किन र रानीसाहेब, हजुरलाई मैले तयार गरेको खानेकुरा मीठो लागेन कि ? किन होला नारायणघाटबाट ड्ढर्केर आइबक्सेपछि हजुरले मन लगाएर भुजा ज्यूनार गरिबक्सेकै छैन । केही उचनीच भएको भए क्षमा पाऊ“ । हजुरको रुचिको जानकारी पाए त्यसैअनुरूपको भान्सा तयार गर्ने थिए“ ।” दलबहादुर दाइले अत्यन्तै विनम्रतासाथ नीलाबारेको आÏनो अनुसन्धान प्रस्तुत गरेका थिए ।
दलबहादुर दाइले नीलाका बारे उल्लेख गरेका कुराहरू अर्थात् विगत चार दिनदेखि उसले खाना खाने कुरामा रुचि नलिएको कुरा सत्य थियो । आपूmलाई माया गरेर, आÏनाबारे चासो राखेर दलबहादुर दाइले कुरा मात्र गरिदि“दा ती कुराले नीलाका अन्तरमनको कुनै कोमल मांसपेशी बेस्सरी दुखेको थियो । “होइन दाइ, त्यस्तो केही होइन≤ तपाईंले तयार गर्नुभएको खानामा कुनै दोष छैन । मलाई नै खानमा रुचि नभएको मात्रै हो ।” नीलाले भित्रभित्रै झन्नै पग्लन खोज्दै भनेकी थिई । “शरीर बिसन्चो भयो कि ? डाक्टरस“ग जा“च पो गराउनुपर्छ कि ?” दलबहादुर दाइले थप आत्मीयता प्रकट गरेका थिए ।
“होइन, त्यस्तो बिसन्चो पनि केही छैन ।” नीलाले टार्न खोजेर भनेकी थिई ।
दलबहादुर दाइको नीलाप्रतिको स्नेहपूर्ण व्यवहारले नीलालाई भाववि≈वल पारेको थियो । “आभासले मलाई यही कुरा भनेको भए ? उसले पनि मैले खाएनखाएको विचार गरेको भए ?” दलबहादुर दाइले गरेको मायालु खोजीनीतिले नीलालाई पुनः आभासप्रति उपेक्षित पारेको थियो । प्रत्यक्षतः आभासले दलबहादुर दाइले नीलास“ग गरेका कुराकानीस“ग पनि कुनै सरोकार राखेको थिएन । खानाको स्वादमा डुबेर ऊ एकनास खाइरहेको थियो । “हि“ड, आजै डाक्टरलाई देखाइहाल्नुपर्छ, यस्तो कुरामा बेवास्ता गर्नै हुन्न ।” बिहे गर्नुभन्दा एक महिनाअघि नीलाले दा“त दुख्यो भन्नासाथ आभासले नीलालाई तुरुन्तै दा“तको डाक्टरकहा“ पु¥याएको घटना नीलाले सम्झन पुगी ।
“मिलनले मलाई मेरो जिन्दगीको रमाइलो पुनः ड्ढर्काइदिएको छ नीलु † मलाई मिलनलाई भेटेको दिनदेखि यो संसार रमाइलो लागेको छ । मनमतीस“ग म यसरी नै रमाएको थिए“ । रूपाको दुष्टताले गर्दा उसलाई मस“ग छुट्ट्याइदिई । त्यसैले मिलनलाई म एकैछिन पनि आÏनो आ“खाबाट ओझेल पार्न चाहन्न । कसले कुन बेला के गर्छ, त्यो निरीह जीवले केही बुझ्दैन ।” आभासले खाइसकेपछि उनीहरू दुवै बिरालाको कोठाको ढोका अगाडि पुगेका थिए । “हेर न, हिजोआज त यसले पनि मलाई कस्तो पछ्याउ“छ ।” बिरालाको कोठामा प्रवेश गरेको आभासलाई देख्नासाथ सुतिरहेको मिलन म्याउ“ गर्दै आभासको खुट्टामा आएर लुटपुटिएको थियो । “मिलु †” आभासले खुट्टाको बिरालोलाई भावविभोर हु“दै दुई हातले उचालेर छातीमा टा“सेको थियो ।
आभासको यस्तो प्रसन्नतालाई नीलाले भने धेरैबेरसम्म हेर्न सकेकी थिइन । “म कोठामा गए“ है †” नीलाले आभासलाई जानकारी दिएकी थिई तर उसको प्रतिक्रिया सुन्न त्यहा“ पर्खेकी भने थिइन ।
“म आभासस“ग सुखी हुन सक्छु ?” आÏनो बिछ्यौनामा ढल्कनासाथ नीलाभित्रजागृत प्रश्नले उसलाई पुनः गिजोल्न लागेको थियो । “आभास र मेराबीच आएको बिरालोलाई म स्वीकार्न सकु“ला ? आभासले मलाईभन्दा बिरालोलाई माया गर्छ । मिलनस“ग टा“स्सिएको आभासलाई मैले स्वीकार गर्न पनि त सकिरहेकी छैन ।” अनगिन्ती तर्कवितर्कले नीलालाई पछ्याइरहे ।
“म के गरू“ ? यो जीवन र हिजोको मेरो जीवन मेरा लागि कुन राम्रो ? यसरी दिनरात छटपटिएर बा“च्नु राम्रो हो अथवा एकातिर लागेर शान्त भएर बा“च्नु राम्रो हो ? के म आभासलाई तिमी बिरालो र ममध्ये एकलाई रोज भन्न सक्छु ? बिरालोस“गको मेरो प्रतिशोधले आभासका लागि म र रूपाबीच के भिन्नता होला र ? जब म आभासस“ग गा“सिएको उसको बिरालो सहन सक्तिन“ भने आभासले पनि रूपाको पुनरावृत्ति सहन सक्तैन ।” नीलाले आड्ढै“स“ग प्रश्न पनि गरेकी थिई र आड्ढै“ले उत्तर पनि पहिल्याएकी थिई ।
“मलाई आभासको धनसम्पत्तिको आडम्बरी सुख चाहिएको हो या आभासको सम्पूर्ण माया ? अब म के आभासस“ग बिरालोलाई हैन मलाई माया गर भनेर मायाको भीख मागू“ ? अप्रत्याशित आभासले मेरो झोली भरिदियो भने पनि त्यस्तो मागेको मायाले के म तृप्त हुन सकु“ला ?”

“आभासले मलाई जसरी स्वीकारेको छ यही रूपमा सधै“ स्वीकारिरहला । तर के म आभासलाई यही रूपमा स्वीकार्न सक्छु ? सामाजिक धाकरवाड्ढका लागि यदि मैले आभासस“गको मन नपर्दो सम्बन्ध स्वीकारिरहे“ भने पनि म आÏनै लागि रमाएर बा“च्न सकु“ला ?”
“मैले अब आभासस“ग छुट्टिनुपर्छ । मैले आभासस“ग कानुनी बिहे नगरेकाले कानुनी पारपाचुके गर्नु पनि आवश्यक छैन । मैले आभासस“ग छुट्टिनुको कारण कसैलाई भन्न पनि सक्तिन“ । मैले भने“ भने पनि कसैलाई बुझाउन सक्तिन“ । जतिले मैले आभासस“ग बिहे गरेको थाहा पाएका छन्, आभासस“ग अलग्गि“दा तिनीहरूका दृष्टिमा म हास्यास्पद हुनेछु । आभासस“ग छुट्टिएपछि दर्पणस“गको सम्बन्धका लागि पनि मानिसहरूले मलाई नै दोषी ठह¥याउनेछन् । त्यो लाञ्छना भोग्नका लागि पनि मैले आपूmलाई तयार राख्नुपर्छ किनभने म अहिलेको यो पीडाबाट मुक्ति खोज्दै छु ।”
वर्तमानस“गको उन्मुक्तिका लागि आÏनै विचारहरूका जन्जालमा जेलिएको आÏनो अस्तित्वरक्षामा नीला तैनाथ थिई ।
“म अरूका आ“खाले शङ्कास्पद र केही घृणाकै छाया“भित्र देखिउ“ला पनि तर आपूm आÏनै नजरमा भने चोखो हुनेछु । अब म आभासस“ग बस्नु भनेको आभासप्रतिको छल हो र म आड्ढै“स“ग पनि यो छल मात्रै हुनेछ ।” नीला आपूm आड्ढै“स“ग कुरा गरेर केही दह्रो पनि भई ।
त्यसै बेला ड्ढोनको घण्टीले उसको एकान्त भङ्ग गरेको थियो । “त्यहा“ नीलाजी हुनुहुन्छ होला ?” ड्ढोनमा उतापट्टिबाट कुनै पुरुषस्वर आएको थियो । “म बोल्दै छु, यहा“ को बोल्नुभयो ?” अपरिचित आवाजस“ग नीलाले परिचय मागेकी थिई । “हजुर म रामजी शर्मा, हजुरले मस“ग घर किन्ने कुरा गर्नुभएको थियो । अहिले दुईचारओटा Ïल्याटहरू बिक्रीमा भएकाले हजुरस“ग सम्पर्क राखेको ।” त्यस मानिसले आÏनो परिचय र उद्देश्य पनि भनेको थियो । उसले परिचय दि“दा नदि“दै नीलाका सम्झनामा आएको थियो≤ ऊ घरजग्गा बिक्रीवितरण गर्ने दलाल थियो । ड्ढोन हातमा लिएर उसलाई के भनू“को मनस्थितिमा नीला अलमल्ल परिरही । “आज हजुरलाई फुर्सत भए” उताबाट रामजीको आवाज आएको थियो । “घरहरू राम्रा राम्रा छन्, भनेजस्तो घर भन्नेबित्तिकै पाइ“दैन । अहिले भेटिएको बेला, मैले हजुरको अड्ढिसमा ड्ढोन गरेर यो नम्बर पत्ता लगाएको हजुर † हजुरलाई रोजाएर मात्रै अरूलाई देखाउ“छु हजुर † त्यसैले हजुर आजै ¬” रामजी आत्मीयताका साथ बोलिरहेको थियो । उसको व्यावसायिक आत्मीयता पनि यसबेला नीलालाई मन परेको थियो ।
“तपाईंलाई कहा“ भेट्ने ?” नीलाले अनायास सोधेकी थिई । “हजुर बल्खुको चोकमा आइपुग्नुस् ठीक एक बजे≤ अहिले पौने बाह्र बजेको छ ।” उसले भनेको थियो । नीलाले पनि उसले भनेको समय ठह¥याउन घडी हेरेकी थिई । “हुन्छ, म आइपुग्छु” नीलाले निर्णय पनि दिएकी थिई । त्यसपछि नीला तयार भएर त्यहा“बाट फुर्तिलो चालमा निस्किएकी थिई ।
“नीलु † अड्ढिस नजाने भनेको होइन ?” सा“झ नीला घर ड्ढर्केपछि आभासले सोधेको थियो । धेरै दिनपछि आभासको दृष्टि नीलालाई परिचितजस्तो लागेको थियो । तर नीलाले यस कुरामा पटक्कै ध्यानै दिइन । “हेर न, म त दिनभरि मिलनको औषधि खोज्दाखोज्दा हैरान भए“ । दत्तलाई भेट्न पनि दुईपल्ट उसको अस्पतालमा पुगे“ । बल्लतल्ल भेटेर औषधिको नाम ड्ढेरेपछि किनेर ल्याए“ ।” आÏनो प्रश्नको नीलाबाट जवाड्ढ सुन्नुभन्दा पहिले नै आभासले आÏनो बेहोरा प्रस्तुत गरेको थियो । नीलाले कुनै रुचि नभए पनि आभासका कुराहरू सुनिरही, अथवा सुन्नुको बहाना गरिरही ।
“म साथीकहा“ गएकी थिए“ ।” आपूmले आजै घर किनेर दर्तापास पनि गरेर आएको सा“चो कुरा आभासलाई सुनाउन मनै लागेन नीलालाई । त्यसैले आभासस“गको सङ्गतमा नै पहिलोपटक भूmटो बोलेकी थिई नीलाले । यसरी आभासस“ग भूmटो बोलेको क्षण उसभित्र धेरै दिनपछि अर्कै किसिमको आनन्दको लहरले सरर छोएर गएको थियो ।
त्यस बेलुकी पनि सधै“झै“ उनीहरू खाना खाएपछि छुट्टिएका थिए । नीला सुत्ने कोठातिर लागी, आभास बिरालो बोकेर बैठककोठातिर लाग्यो । “तिमीलाई छिट्टै निद्रा लाग्छ, म मिलनलाई औषधि खुवाएर मात्र आउ“छु” छुट्टिने बेलामा आभासले नीलाको ढाडमा धाप मार्दै भनेको थियो ।
“आभास मेरो होइन, हुन पनि सक्तैन । ऊ बिरालाको हो र उसलाई मैले बिरालोबाट खोस्नु पनि हु“दैन ।” सुत्ने कोठामा पस्दापस्दै नीलाको मनले ठहर गरेको थियो ।

त्यस रात पनि नीलाको निद्रित अवस्थामै सधै“झै“ आभासले आÏनो आवश्यकता पूरा गरेको थियो । “नीलु † म तिमीलाई माया गर्छु, धेरै नै माया गर्छु ।” बितेका रातहरूमा झै“ यो वाक्य आभासले त्यस रात पनि दोहो¥याएको थियो । बितेका रातमा यही वाक्यले नीलालाई केही क्षणका लागि भए पनि अभिभूत पार्ने गथ्र्यो । ऊ त्यस क्षणको उन्मादमा दिनभरिको आभासको पराईपन बिर्सिने गर्थी । तर त्यस रात भने आभासको वाक्यले नीलालाई कुनै स्पर्श गर्न सकेन । किनकिन नीलालाई त्यसबेला आभासस“ग प्रतिप्रश्न गर्न मन लाग्यो । “म र मिलनमध्ये कसलाई धेरै माया गर्छौ ?” नीलाले सोधेकी थिई । आभासले के जवाड्ढ दिन्छ भन्ने कुरा पनि नीलालाई थाहा नभएको होइन तर पनि त्यस बेला उसलाई सोध्नै मन लागेको थियो । “उसलाई पनि माया गर्छु । तिमीलाई मैले भनेको होइन, बिरालो मेरो प्रिय जीव हो । म बिरालोलाई अति नै मन पराउ“छु । अहिले मलाई लाग्छ मिलनविना म बा“च्न पनि सक्तिन होला नीलु ?” भन्दाभन्दै आभासको आवाजमा तरलताले छोएको थियो । तर नीलालाई त्यस बेला आभासको तरलता पनि नदी किनारको बालुवाजस्तो लागेको थियो ।
कताकता दुखेजस्तो भए पनि आभासको जवाड्ढ सुनेपछि नीलाले आपूmलाई कुनै असर नपरेको जस्तो गरेर आभासस“ग अपरिचित हुन खोजी ।
“आभास †” नीलाले बिस्तारै बोलाउ“दा आभास पूर्ववत् आश्वस्त थियो र आनन्दको पौडीमा निदाउन लागेको थियो । “आभास † भोलिदेखि म आÏनै Ïल्याटमा ड्ढर्कंदै छु । आज दिउ“सो म आÏनो Ïल्याट किन्न गएकी थिए“ ।” आभासको रमाइलोमा सायद वज्रपात भएको थियो ।
“किन नीला तिमीलाई यहा“ के भयो ? के मैले कुनै गल्ती गरे“ ? त्यस्तो कुरो नगर नीला † मलाई छोडेर नजाऊ । म तिमीलाई असाध्य माया गर्छु ।” आभासले ड्ढरक्क ड्ढर्केर नीलालाई आÏनो अ“गालोमा बा“ध्दै भनेको थियो । आभासको एक स्पर्शले नै रोमाञ्चित हुने नीलाका इन्द्रियहरू यस बेला पत्थरका जस्ता भएका थिए ।
“आभास † मानिसलाई बा“च्नका लागि चाहिने सबैभन्दा आवश्यक कुरा मनको सुख रहेछ । मैले तिमीबाट मनको सुख पाउन सकिन“ । माया त म पनि तिमीलाई नै गर्छु, तर खोइ म तिमीस“ग खुसी हुन सकिन“ र खुसी भएको बहाना बनाएर म तिमीलाई झुक्याउन पनि सक्तिन“≤ अझ आपूmलाई त सक्तै सक्तिन“ ।” नीलाले एकदमै हतारहतार भनेकी थिई ।
त्यसपछि उनीहरूबीच कुनै संवाद भएन । त्यस रात आभास कतिखेर निदायो नीलालाई थाहा भएन तर नीला भने अनिद्रालाई लत्याएर अघि बढेकी थिई ।

“तिमी आÏनो निर्णय ड्ढिर्ता गर्न सक्तिनौ ?” त्यस बिहान आभासले नीलास“ग आग्रहका स्वरमा भनेको थियो । “आभास † तिमी मेरो जीवनमा आएका एकजना असल मित्र हौ । हाम्रो सम्बन्धले मित्रताको रेखाभन्दा अघि बढ्नु हु“दैनथ्यो । गल्तीलाई जबर्जस्ती अ“गालेर कसैको जीवन पनि कुण्ठित हुनुहु“दैन । हामी दुवैको आआÏनो जीवन आआÏना लागि उत्तिकै महइभ्वपूर्ण छ । तिमीस“ग बिहे गर्नुको भूल सच्याएर अब म तिमीस“ग छुट्टिएर बा“च्न चाहन्छु । आभास मलाई लाग्छ हामी दुवैको वैवाहिक जीवनबाट हामी दुवैले एकअर्कालाई मुक्त गर्नुमै हामी दुवैको कल्याण छ ।” नीलाले उसको र आभासको सम्बन्धलाई परिभाषित गर्दै आÏनो निर्णय सुनाएकी थिई ।
“मैले तिमीबाट यस्तो अपेक्षा गरेको थिइन“, नीला †” आभासको अन्तिम स्वर थाकेको थियो । “मैले पनि तिमीबाट यस्तो अपेक्षा कहा“ गरेकी थिए“ र ?” नीलाले आभासलाई त्यसबेला मनमनै मात्र जवाड्ढ दिएकी थिई । प्रत्यक्षतः नीलाले आभासलाई केही पनि भनेकी थिइन, मात्रै हेरिरहेकी थिई अनौठो दृष्टिले । यत्तिका दिन आÏनो भएको आभास त्यस क्षण नीलालाई एकदमै पराई लागेको थियो । चिनेको मान्छेजस्तो तर मन नपराएको मान्छेजस्तो । आÏनोजस्तो तर आÏनो हु“दाहु“दै बिरानो भइसकेको मान्छेजस्तो । कस्तोकस्तो ठम्याउन पनि सकिन उसले र त्यसपछि हेरिरहन पनि सकिन आभासलाई ।
सूत्र जानेर पनि मिल्न नसकेको हिसाबजस्तै भएको थियो उनीहरूको दाम्पत्यजीवन । किन र कसरी अनि के भयो ? आभासले चाल पाउन पनि सकेन ।

आभासको ड्राइभर हेमराजले नीलालाई उसको नया“ Ïल्याटमा पु¥याइदिएको थियो ।

आभास र नीलाको दाम्पत्यको प्रण त्यसपछि सकिएको थियो तर जीवन सकिएको थिएन ।

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *