Uncategorized

नारीचुली – मोतीरामको आदर्श र सत्यार्थ (भूमिका) – ईश्वरवल्लभ


नरेन्द्रराज प्रसाईले विशेषत: जीवनीलेखनमा बढी समय दिन थालेका बेहोराको साक्ष्य सतत छ र त्यही निरन्तरतामा उनको अर्को जीवनीग्रन्थ प्रकाशनमा आएको छ । उनी कविगीतकार, निबन्धकार र अतिरिक्तमा जीवनीकारका रूपमा झनै अरू सुपरिचत स्रष्टा हुन् र उनको जीवनीलेखनको सामथ्र्य साक्ष्य पनि त्यही हो; जसका बारे यता आएर धेरैैैले धेरै कुरा भनिसकेका पनि छन् । यसै सन्दर्भमा अथवा ‘पारिजातको जीवनकथा’मा प्राध्यापक राजेन्द्र सुवेदीको समाविष्ट आलेखमा पनि भनिएको छ, “प्रसाईले पारिजातलाई चिन्न गरेका र अभिव्यक्त गर्न गरेका प्रयत्नहरू यहाँ पाइन्छन् र पाइन्छन् लेखकको मनमा तयार भएका लेखनपात्रप्रतिका आस्था । त्यस्तो आस्था निर्माण भएपछि मात्र लेख्न सकिन्छ जीवनवृत्त ।”
नरेन्द्रराज प्रसाई स्वयं रचनात्मक कवि तथा लेखक भएका हुनाले कुनै अर्को लेखकमाथि उनको आस्था हुनु र प्रेम हुनु स्वाभाविक हो । यदि लेखक स्वयं रचनाकार नभएको भए, मात्र इतिहासकार तथा जीवनीवृत्तकार मात्र हुन्थ्यो भने उसका अभिव्यक्तिले वस्तुगत यथार्थ र त्यसको स्वभाव खोज्नमा मात्रै प्रतिबद्ध हुने सम्भावना थियो । तर राजेन्द्र सुवेदीले भनेझैं सो ‘आस्था’ले गर्दा नरेन्द्रराज प्रसाईका लेखनमा अर्कै र इतर भिन्न स्तर र शैलीको निर्माण भएको छ ।
नेपाली साहित्य तथा जीवनीलेखन विधामा नरेन्द्रराज प्रसाई विशिष्ट तथा अनन्यतम स्रष्टा हुन् । यस क्षेत्रमा उनी अतुलनीय र अद्वितीयसमेत छन् । खास गरेर जीवनीलेखनका क्षेत्रमा अहिलेसम्म उनको समकक्ष उभ्याउन सकिएको छैन पनि । उनी केवल जीवनी लेख्ने मात्र स्रष्टा होइनन्; लुकेका र हराएका प्रतिभालाई समेत इतिहासको अँध्यारो गर्तबाट खोजेर र झिकेर समाजसामु ल्याउँछन् । यसैले त डेढदशकअघि नै मैले उनका विषयमा लेखेको थिएँ ‘‘आफूले गरेका काम मर्दैनन् भन्न त भन्छन् मानिसहरू तर ती कामहरूबारे लेखिदिने र भनिदिने नरेन्द्रराज प्रसाईजस्ता मोतीराम भट्टहरू भइदिएनन् भने जस्तैसुकै महान् भानुभक्तहरू पनि समाजमा अपरिचित भएर बिलाउन पनि सक्छन् । मानिसको महइभ्वलाई चिनाउने मानिसको आवश्यकता पर्छ, नत्र जस्तोसुकै ठूलो महइभ्व पनि महइभ्वहीन भएर हराउन सक्छ कतै शून्यमा !’’
त्यस समयदेखि वर्तमानको यस समयसम्म इतर राजनैतिक, सामाजिक तथा सांस्कृतिक इतिहासहरूले र यता वाङ्मयिक इतिहासले पनि अर्को महायात्रा हिँडिसकेको छ । क्रममा र क्रमको सातत्यमा भाइ नरेन्द्रराज प्रसाईले पनि, मैले सोच्दा त मेरै उक्त अभिव्यक्तिको समान्तर परिप्रेक्ष्य र सापेक्षमा अहिलेसम्म आधा सय ग्रन्थ लेखिसकेका छन् र अझ अरू लेखकलेखिकाहरूका जीवन र जिजीविषाका सम्बन्धमा उनी निरन्तर लेखिरहेका छन् । त्यस अभिव्यक्तिको दूरदर्शिताको भविष्य यति महान् र यति नै विस्तृत हुन सक्छ भन्ने मैले सोचेको नै थिइनँ । मैले सोचेको थिइनँ त्यो लेखक जसलाई मैले मोतीराम भट्ट भनें ऊ आज झनै साँच्चै नै यथार्थ र वास्तविक मोतीराम भट्ट भएको छ, यहाँनेरि म पनि सुखद आल्हादमा छु, सार्थकताको आल्हाद पनि अहम्कै पुष्टिको आल्हाद नै त हो मभित्र पनि बनिरहेको छ ।
मेरो त्यो अभिव्यक्ति ‘मोतीराम भट्ट’ को आदर्श र सत्यार्थलाई भाइ नरेन्द्रराज प्रसाई भने बडो आनन्द र आल्हादसहित आफ्नो त्यही ‘उपाधि’ अरूलाई पनि दिन्छन् । ती ‘उपाधि’ पुन: ग्रहण गर्नेमध्ये विशेषतम वाङ्मयिक व्यक्तित्व कमल दीक्षित पनि एकजना उदाहरण हुन् ।
फेरि समयको र लेखकीय निरन्तरताको विशद विस्तृतिपछि आज प्रस्तुत पुस्तक पनि नरेन्द्रराज प्रसाईले लेखिकाहरूका जीवनका सम्बन्धमा नै निर्माण गरेका छन् । यो कदापि सहज होइन, खेलाँची पनि त होइन ! जुन ग्रन्थ विस्तृत र जीवन्त भएको छ । फेरि त्यही ग्रन्थमा मैले केही लेख्न पाउनु त झन् ठूलो अवसर पाएको सम्झेको छु ।
जीवनवृत्त लेखनका परिप्रेक्ष्यमा राजेन्द्र सुवेदीले नरेन्द्रराज प्रसाईको जीवनीलेखन ढाँचालाई वैज्ञानिक पद्धति भनेका छन् । प्रखर वाङ्मयिक र राजनैतिक चिन्तकहरू मोदनाथ प्रश्रित, राजेश्वर देवकोटा, जगदीशशमशेर राणा, नरहरि आचार्य, प्रदीप नेपाल आदिआदिहरूसमेतले नै पनि नरेन्द्रराज प्रसाईका लेखनमा अधिकतम चासो र प्रशंसाका माला बुनेका छन् । व्यक्तिप्रशंसा होइन कार्यप्रशंसा, अभिलेखप्रशंसा, जनचासोजन्य प्रशंसा स्वयम् पनि अभिलिखित र सामाजिक कृतज्ञताको स्वरूप हुँदै हो र हो प्रेरक अनि आपैmँमा ।

लेखक नरेन्द्रराज प्रसाईले ‘नारीचुली’मा त्यति परिचयमा आइनपुगेका स्रष्टाको आलेख लेखेका छन् । यस परिप्रेक्ष्यमा प्रथम नारीस्रष्टाको उल्लेख मात्र नगरी दरिलो प्रमाण र पुष्टिका साथ रानी ललितत्रिपुरसुन्दरीको उपस्थिति
लैनसिंह बाङ्देल, पारिजात तथा आदिगायक सेतुरामका बारे लेखनहरू सिद्धान्तअनुरूप वैज्ञानिक लेखनपद्धति हुन् । ग्रन्थाकार तथा लेखाकारअन्तर्गत समाविष्ट उल्लेखको सङ्केत तथा विषय निर्देशले विज्ञानको उपर्युक्त कथनको परिभाषा इङ्गित गर्छ । यसप्रकार नरेन्द्रराज प्रसाई अद्वितीय ‘जीवनगाथा’ लेखक भएका छन् । त्यसैले मलाई दोहो¥याएर भन्न मन लाग्छ ‘‘अहिलेलाई अर्को व्यक्ति जीवनी लेखनमा नरेन्द्रराज प्रसाईतुल्य कोही छैन ।’’
प्रस्तुत ग्रन्थ ‘नारीचुली’ लेखनक्रममा आफ्ना प्राप्तिअप्राप्ति सफलताअसफलता तथा विषयोपलब्धि अनुपलब्धिका बारे अनुभव जे जस्तो छ, त्यो सबै लेखकको अन्तरङ्ग अनुभवगत चिन्तनको पक्ष हो । तर लेखनविस्तारसँगसँगै हाम्रा समाज, संस्कृतिका र वाङ्मयका महत्तम पुरोधाहरूलाई सम्पूर्ण समेट्नु त्यति सजिलो पनि छैन । तर ती असजिला बाधा, व्यवधानका अनेकौंं कठिन स्थितिका विरुद्ध पनि अझ विशेष सफलता सोपान चढ्न सफल लेखक भएका छन् नरेन्द्रराज प्रसाई ।
‘नारीचुली’मा समाविष्ट स्रष्टाहरूले आफ्नो स्वभाव, जिन्दगी, प्रकृति, चरित्र र आचरणको विम्ब ऐनामा हेर्न सक्छन्, मोह र स्नेहसहित मुसार्न र सुम्सुम्याउन पनि सक्छन् । छेवैमा पुगेर माया र प्रेम गर्न सक्छन् ।
वास्तवमा जीवनीलेखन फेरि एक प्रकारले इतिहासलेखन हो । लेखक स्वयंको र विषय स्वयंको वरिपरिको समय, सामाजिक परिवेश र वातावरणको आलेख पनि हो जीवनीलेखन । वर्तमानका सापेक्षमा विगतलाई हेर्ने र अनुभव गर्ने र विगतका परिप्रेक्ष्यमा वर्तमानलाई आकलन गर्ने, स्पर्श गर्ने र अनागतलाई अनुमान गर्ने प्रक्रिया हो जीवनीलेखन ।
केन्द्रबिन्दुमा सेतुराम प्रधान या पारिजात या बाङ्देल अथवा कोही पनि र त्यसको वरिपरि परिवेश र समयका लेखाजोखाको आलेख हो र दस्तावेज हो जीवनी । जसको पनि, लेखकीय रूपमा वाङ्मयिक संस्कृतिका सापेक्षमा उपस्थित स्रष्टाको जीवन अरू महइभ्वपूर्ण हुन्छ । नरेन्द्रराज प्रसाईको प्रस्तुत पुस्तकमा नारीस्रष्टाहरूको जीवनी समाविष्ट छ । समयले पुरातन मानिएका र समयले नै अधुनातन तथा समकालीन मानिसका लेखकीय दस्तावेज र नारीलेखनको साङ्केतिक प्रवृत्ति तथा ऐतिह्य र अझ भनूँ मान्छेमान्छेभित्रको सिङ्गो जीवनलाई समेत यस पुस्तकले प्रदर्शन गरेको छ । झन्नै समग्र नारीस्रष्टाको यसैअनुरूपले साङ्गोपाङ्ग अध्ययन र विश्लेषणको दस्तावेज हो यो पुस्तक । यता आएर नरेन्द्र भाइले त नारी साहित्यकारहरूको साङ्गोपाङ्ग अवस्थिति नै प्रस्तुत गरे र साहित्यकारहरूको परिचयको उदाहरणीय राजमार्ग निर्माण गरिदिए । अब यसरी नारीहरूका वैशिष्ट्य प्रतिध्वनित भइदिँदा कतै परोक्षमा एउटा हिसाबकिताब पनि हुन आग्रह गर्छ युगको आवाज पनि खोज्छ, अब यसरी पनि हिँड्नुपर्छ भन्ने मार्गचित्र जस्तै भएको छ ‘नारीचुली’ । भाइले तयार गरेको यो जीवनीसङ्ग्रह म अहिले यस बेला यसरी अनुभव गरिरहेको छु ।
यस पुस्तकको महइभ्व यसको विस्तृति पनि र विस्तार आग्रह पनि हो । आफ्नै देशका मात्रै नभएर देशबाहिरका अर्थात् विस्तार भूमिका नेपाली नारीलेखिकाहरू र स्रष्टाको परिचय वा जीवनी ‘नारीचुली’ पुस्तकमा लेखिएको छ । लेखकले एकाङ्गी सीमाबद्ध कथित देशीय क्षितिजदेखिन् पर विस्तृत सीमाहीन पल्लो परिसर तथा प्राङ्गण समेट्ने यहाँ प्रशस्त प्रयत्नहरू गरेका छन् । जोसुकैको राजनैतिक चिन्तन र आस्थालाई पनि उनका कलमले अनादर गर्दैन । मूलत: स्रष्टालाई ससम्मान काँधमा बोकेका छन् नरेन्द्र भाइले । वास्तवमा उनको यो उदार प्रवृत्ति हाम्रो वर्तमानका परिदृश्यमा उल्लेख्य र प्रेरक नै हुन पुगेको छ ।
आखिर वाङ्मयको तथा संस्कृति र चिन्तनको नेपाली स्रष्टालाई सङ्कुञ्चित गर्न नखोज्नु नै भाइ नरेन्द्रको उदारता र महत्ता हो । वास्तवमै लेखकले माटाको र भूगोलको सीमाबाहिर पनि नेपाली चिन्तन र विचारको ऐतिह्य विस्तृत छ भन्ने चेतना जुनप्रकारले अभिव्यक्त गर्छ पुस्तकको गरिमा अझ धेरै बढ्छ । नरेन्द्र भाइको ‘नारीचुली’ त्यही भयो । नेपाली भाषा, नारीसाहित्यकार, स्रष्टा तथा वाङ्मयसेवीहरूको सर्वोपरि महइभ्वपूर्ण आलेख हुने वैभव यस पुस्तकले प्राप्त गरेको छ र त्यही विशिष्ट महत्ता सृजना गर्ने क्रमअन्तर्गत भाइ नरेन्द्रराजको अथक मिहिनेतले ‘नारीचुली’ ग्रन्थ तयार भएको छ । एउटा सिङ्गो संस्था, सरकार या राष्ट्रले गर्ने काम भाइ नरेन्द्रले सजिलैसँग गरिदिएका छन् । इमानदार स्रष्टालाई सृजनाका लागि कुनै सरकार अथवा लगनशील अनुसन्धातालाई त्यसै गरी कुनै साध्यको भन्दा उसकै अभ्यर्थनाको मात्रै खाँचो हुँदो रहेछ जुन ज्वलन्त भयो नरेन्द्र र उनको ‘नारीचुली’को यस प्रस्तुतिले । उनीद्वारा तयार भएको यो ग्रन्थ नेपाली वाङ्मयको सतत गौरव भएको अनुभूति पनि लिएँ मैले । ‘नारीचुली’ अब नेपाली साहित्यको गरिमावृद्धिका रूपमा अर्को पनि वाङ्मयिक दस्तावेजका स्वरूपमा नै प्रस्तुत भएको छ भन्ने पनि मैले बुझें ।

प्रत्याभूत गरेर उनी नै नेपाली साहित्यकी प्रथम नारी हस्ताक्षर हुनुको यथार्थबोधसमेत कृतिले प्रस्तुत गरेको छ । यसरी ललितत्रिपुरसुन्दरी नेपाली भाषासाहित्यको विशिष्ट पुरोधा नारीस्रष्टा हुन् । यस ग्रन्थमा रानी ललितत्रिपुरसुन्दरी तथा हीरा गाइनेनी (?) जस्ता नारीस्रष्टा शिखरहरूबाट प्रारम्भ भएको नारीस्रष्टाहरूका लेखनको र उनका जीवनपरिचयको अभूतपूर्व गाथाको कथा लेखिएको छ । त्यसैले त्यस बेलादेखिन् आजको यस वर्तमानसम्मको नारीवैशिष्ट्यको सविस्तार आलेख नै भएको छ यो किताब ।
जहाँ नेपाली वाङ्मयका लागि नेपाली वाङ्मयका एकजना अनन्यतम स्रष्टा नरेन्द्रराज प्रसाईले शब्दअक्षरसुमनद्वारा पूजन गरिएका नारीचुलीको यो वरिपरि कसो नरम्लान् तथा प्रसन्न नहोलान् देवताहरू !
२०६३ पुस २७

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *