Uncategorized

नारीचुली – सृजनाका नारीचुली (लेखकीय)

शास्त्रीय परम्परामा आड लागेर भन्ने हो भने नारी जननी हुन्, जननी भनेकी आमा हुन्, आमा भनेकी देवी हुन्, देवी भनेकीे सृष्टिकर्ता हुन् । तिनै सृष्टिकर्ताको सुन्दर सृजनामा नै आजको मानवबस्ती बसेको हो । हाम्रो वैदिक कालखण्डमा नारीजातिको महत्तालाई यसैअनुरूप प्रतिष्ठापन गरिएको पनि पाइन्छ । तर आधुनिक चलनचल्तीमा नारीलाई देवीको स्थानमा पु¥याएर कुरा गर्ने हो भने लाजमर्दो विषय हुन जान्छ । त्यतिमात्र होइन नारीलाई पुरुषका समकक्षमा नाप्ने प्रचलन नै हराउँदै, बिलाउँदै र छोप्पिँदैै गएको छ ।
प्राचीन ऐतिहासिक दस्ताबेजलाई आधार मानेर हेर्दा मातृसत्ताको विकृतिबाट हैरानी खेपेका पुरुषवर्गले पितृसत्ताको सूत्रपात गरेको देखिन्छ । पितृसत्तात्मक सोचको तत्कालीन अनुदारताको प्रभाव नै अहिलेसम्म पनि नारीजातिले भोग्नुपरेको छ र समाजमा असमानताको परिपञ्च कायमै छ । पुरुषबाटै निर्माण भएका अनेक नियम, कानुन र रीतिरिवाजका कारणबाट नारीलाई पुरुषको हैसियतभन्दा तलै राखिँदै आएको पाइन्छ । त्यति मात्र होइन; नारीलाई हरेक प्रकारका सामाजिक बन्देज लगाएर उनीहरूको बुद्धि, क्षमता र प्रगतिमा बिर्को लगाउने क्रमले अझै पछ्याउन छाडेको छैन । नारीपुरुषको सामाजिक असमानताकै कारणले आजको विश्व भनेजस्तै साङ्ग र सम्पूर्ण पनि हुन सकेको देखिँदैन ।
आजको विश्वको परिवेशमा नारी भन्नु खालि बिहे गरेर पुरुषगृहमा प्रवेश गर्ने जात वा घरमै केन्द्रित वस्तुझैँ ठहरिँदै आएको देखिन्छ । चाहे अत्यन्तै विकसित र अति प्रजातान्त्रिक मुलुकमा होस्, चाहे साम्यवादी मुलुकमा होस्; नारीका नाउँमा ऐन, कानुन र संविधानमा जस्तोसुकै हीराका अक्षर जडिए तापनि व्यवहारमा नारीको जात भन्नु हारेको कर्मका अतिरिक्त पुरुषको सम्पत्ति, सजावट वा गहनामा मात्र सीमित भएको पाइन्छ । यस्तो परिस्थितिसँग जुधेर पनि केही नारीहरूले अन्धविश्वासका बलिया तगारा, अग्ला बार र चट्टाने पर्खाल भत्काएका स्तुत्य उदाहरणहरू हाम्रै समाजमा प्रशस्त देखापरेका छन् । आज हामीे तिनै नारीलाई वीराङ्गनाको पगरीले सहर्ष स्तुति पनि गर्ने गर्छौं ।
संसारकै कानुनका आँखा हुँदैनन् । जबसम्म नारीहरू आपैmँ आफ्नो हक लिनका लागि जागृत हँुदैनन् त्यस अवस्थामा आधुनिक सभ्यता पनि नारीहरूका लागि अन्धकारयुगकै प्रतिविम्ब हुन जान्छ । यसै परिप्रेक्ष्यमा हरेक क्षेत्रमा नारीले आफ्नै मनका जोस, जाँगर र उत्साह बोकेर आआफ्नो हैसियत कायम गरेका कैयौँ उदाहरणहरू पनि पाइन्छन् । तर पनि हाम्रो सामाजिक संरचना नारीहरूका लागि अझै त्यति उदार बनिसकेको छैन । अझै स्पष्ट रूपमा भन्ने हो भने नारीले समानताको हकको कुरा गर्नु भनेको बालुवामा बिरुवा रोप्नुजस्तो मात्र भएको देखिन्छ ।

खास गरेर पुरुषवर्गबाट नारीहितका निम्ति औपचारिक काम भएका छैनन् । पुरुषबाट महिला समानताका नाराहरू जति ठूलठूला स्वरमा घन्काइएका हुन्छन् उनीहरूबाटै नारीहरूलाई त्यति नै पछौटे बनाउन खोजिएको पनि पाइन्छ । अन्तर्राष्ट्रिय जगत्मा पनि उदारता देखाउनका लागि नारीस्वतन्त्रता, नारीजागरण र नारीउत्थानका जेजति बोक्रे नाराबाजी भए तापनि तिनलाई कार्यान्वयन गरिएको पाइँदैन । वास्तवमा ती होहल्लाभित्रभित्रै पनि नारीमुक्तिका

ललितत्रिपुरसुन्दरी नेपाली भाषामा लेख्ने प्रथम नारीमा देखा परिन् । उनले पनि गच्छेअनुसारको सङ्घर्ष नै खेपेकी थिइन् । एकातिर उनले बाल्यकालमा नै वैधव्य ग्रहण गर्नुप¥यो भने अर्कातिर क्रमश: छोरा नातिको राजगद्दी जोगाउन उनले धेरै कसरत पनि गर्नुप¥यो । उनी राजगद्दीकी नायब थिइन् । त्यसै कारण पनि उनी संस्कृत भाषामा
नाउँमा नारीलाई यातना र पीडा दिने प्रपञ्च भएका देखिएका छन् । त्यसमाथि पनि यस सन्दर्भले नेपाली भूमिलाई अझ बेस्सरी रङ्गाएको पाइन्छ ।
नारीप्रति समाजको कठोर बन्देज हुँदाहुँदै पनि नारीहरू आफ्ना यात्रामा चम्केका पनि छन् । आजको युगमा पुरुषवर्गबाट समाजसामु नारीलाई सम्मान नगरिएको पनि देखिँदैन । तर पुरुषको नारीप्रतिको ओठे प्यारभन्दा मन, मुटु र हृदयबाट सच्चा प्रेम हुन सक्यो भने मात्र समाजका लागि त्यो विषय उपलब्धिपूर्ण बन्न सक्छ । आजको पुरुषप्रधान भूगोलमा नारीलाई प्रेमपूर्वक औपचारिक रूपमा अघि सारिएको इतिहास बिरलै भेटिन्छ । त्यसैले आजसम्म नारीजातिले जेजति प्रगति गरेका छन् त्यो स्वयंमा नै स्तुत्य छ भन्नुपर्छ । साँचो अर्थमा भन्ने हो भने नारीलाई पुरुषले एकातिर प्रेमको नाटक रचेर पासो लगाउन छाडेको छैन भने अर्कातिर नारीले नारीकै खुट्टा तानेका उदाहरणहरू पनि छ्याप्छ्याप्ती देखिएका छन् । नारीको नारीप्रतिको सहिष्णुता, उदारता र उत्प्रेरणाको अभाव पनि नारीप्रगतिकै वाधक भएको देखिन्छ । विकासका पथमा लाग्ने नारीले एकातिर पितृसत्तात्मक परम्परासँग विद्रोह गर्नुपर्छ भने अर्कातिर आफ्नै जातीय सङ्कीर्णतासँगको कोपबाट बाँच्न सङ्घर्ष पनि गर्नुपर्छ । त्यसैले एउटी नारीले आफ्नो स्वत्व कायम गर्ने क्रममा परजातीय र स्वजातीय दुवै बान्कीका द्वन्द्व र युद्ध जित्नुपर्ने आवश्यकता छ ।

नेपाली परिवेशको मात्रै कुरा गर्ने हो भने खास गरेर २००७ सालअघि वा राणाकालीन युगमा नारीहरूले घरको सँघार काट्नु भनेको उनीहरूले महाभारतको युद्ध जित्नुसरह मानिन्थ्यो । त्यस युगमा नारी भनेको पशुसरहका जीवमा गनिन्थे । त्यस्तो कालो समाजमा औपचारिक रूपमा नारीलाई घरबाहिर एक्लै हिँड्न नै प्रतिबन्ध थियो । त्यतिमात्र होइन; त्यस घडी नारीशिक्षामा अघोषित रूपमा पूर्ण प्रतिबन्ध थियो । नारीशिक्षाको कुरा मात्रै पनि सामाजिक अपराधमा गाँसिएको विषयवस्तु थियो ।
त्यो कालो कालखण्डमा समाजसामु उभिएर नारीले अलिक जान्नेसुन्ने भएर कुरा गरे, नारीले आफ्नो विवेकका काम गरे र नारीले लेखपढ गरे भने तिनीहरू ‘राँडी, पातर, पुmँडी, बेस्से र रन्डी’मा दाखिला हुन्थे । त्यस बेला यस्ता कटु वचनका सिकार भएका नारीप्रति फेरि नारीहरू नै खप्टिएर पुरुषसँगको स्वरमा सार मिलाउने गर्थे । त्यस बेलादेखि यस बेलासम्म पनि नारीहरूको व्यक्तित्वविकासमा नारीपुरुष दुवै वर्गबाट वाधा पुगेको छ । अनि पुरुषप्रधानताका कारण स्थापित सामाजिक नेलद्वारा नारीलाई नियन्त्रण गरिएको देखिन्छ । त्यस घडी पुरुषवर्गद्वारा नारीप्रति जे लाञ्छना लगाइन्थ्यो समाजले त्यसैलाई लालमोहर डामेर सदर गरिदिन्थ्यो । यति हुँदाहुँदै पनि नेपाली धर्तीमा केही बलिया नारीहरू प्रगतिपथमा लम्केका पनि देखिए ।

प्रकृतिप्रदत्त कर्तव्य निर्वाह गर्ने क्रममा नारीजातिले यो जगत् सञ्चालनार्थ आफ्नो ज्यानको बाजी राख्नुपर्ने हुन्छ भने अर्कातिर हाम्रो सामाजिकपारिवारिक संरचनाका कारण पनि नारीलाई परिबन्दका अनेक जन्जालले बाँधिराखेका हुन्छन् । यस्तो परिस्थतिमा साहित्यसृजनाका पथमा आवश्यकीय समर्पणका लागि नारीले समय र उपयुक्त वातावरण पनि पाएको देखिँदैन । त्यसैले प्रकृतिजन्य र मानवजन्य प्रतिकूलतालाई अनुकूलतामा परिणत गरेर साहित्यको सृजना गर्नु पनि नारीका लागि झन्नै महाभारतको युद्ध जित्नुसरहको चुनौती नै देखिन्छ । यी सत्यतथ्यलाई आधार बनाएर भन्ने हो भने पक्कै पनि नारीका सृजनालाई पुरुषका सृजनासँग दाँज्न मिल्दैन । हुन त कतिपय नारीसाहित्यकारबाटै साहित्यिक सर्जकलाई लिङ्गभेद गरिनुहुँदैन भनेर आवाज पनि उठेको सुनिन्छ; तर सीमित, स्वतन्त्र, समर्थ र पहुँचवाला नारीहरूका यस्ता आवाजलाई अधिकांश निर्धा, निमुखा र परतन्त्र नारीसाहित्यकारहरूको प्रतिनिधि आवाज मान्न सकिँदैन । त्यसैले पनि पुरुषस्रष्टाका हाराहारीमा नारीस्रष्टालाई नराखी पुरुषस्रष्टाभन्दा नारीस्रष्टालाई एक तह माथि राखेर हेरिनुपर्छ भन्ने मेरो धारणा छ ।
नेपालको साहित्यिक इतिहासलाई हेर्दा नेपाली साहित्यमा पहिलोपल्ट कलम चलाउने व्यक्तित्व ललितत्रिपुरसुन्दरी हुन् । उनले संवत् १८८१ मा ‘महाभारत’को शान्तिपर्वअन्तर्गत ‘राजधर्म’ को अनुशासनपर्व नेपाली भाषामा अनुवाद गरेकी थिइन् । जसरी रानी ललितत्रिपुरसुन्दरीले त्यस युगमा नेपाली भाषामा रचनाको औपचारिक शङ्खनाद गरिन् त्यसै गरी हीरा गाइनेनी (?) पनि पहिलोचोटि गीतिकविता प्रस्तुत गरेर नेपाली गीत गायनकी गजुरका रूपमा चर्चित भएकी थिइन् भनिन्छ ।

‘नारीचुली’ लेखनका क्रममा मैले मेरा दृष्टिमा पुग्न नसकेका पुराना नारीस्रष्टाबारे जानकारी प्राप्त गर्न विविध जातजातिका वंशावली पनि चहारेँ । तर त्यस क्रममा सूचना र तथ्यहरू प्राप्त गर्नुको साटो मैले आपूmभित्र निराशा मात्रै फेला पारेँ । सन्ततिहरूको सृजना गरेर वंशपरम्परालाई निरन्तरता दिने नारीजातिलाई नै सम्बद्ध वंशका वंशावलीभित्र नराखिएको बेहोराले मलाई अत्यन्त दुःखित पनि तुल्यायो । यस्तो परिस्थितिले पनि नारीसाहित्यकारहरूको परिचय अभिलिखित गर्ने मेरो योजना झनै क्रियाशील भएको सत्य पनि मैले यहाँ प्रस्तुत गर्नैपर्छ ।
भएको राजधर्मलाई नेपाली भाषामा अनुवाद गरी जनमानसमा त्यसको महिमा पु¥याउन उद्यत भइन् । यसै सिलसिलामा उनले कविता पनि लेखेकी थिइन् । त्यसैले हालसम्म प्राप्त तथ्यअनुसार नेपाली भाषामा पहिलोचोटि कविता लेख्ने नारीस्रष्टामा पनि ललितत्रिपुरसुन्दरीकै नाउँ कायम भयो । यस स्थितिमा नेपाली नारीसाहित्यसृजनाकोे प्राथमिक उद्बोधन ललितत्रिपुरसुन्दरीबाट भएको देखिन्छ ।

नारीप्रगतिका सन्दर्भमा नेपाली साहित्यमा २००७ सालअघि योगमायादेखि चन्द्रकान्तादेवी र प्रेमराजेश्वरी थापा हुँदै गोमासम्मले अत्यन्तै ठूलो साहस देखाए । यिनीहरूले साहित्यसृजना गर्नु अहिले आएर जति उपलब्धिपूर्ण देखिएको छ त्यस घडी त्यति नै यिनीहरू समाजका कर्के आँखाका सिकार हुने गर्थे ।
नेपाली भाषासाहित्यमा योगमायाको सृजनात्मक अभिव्यक्ति पनि तत्कालीन पृष्ठभूमिमा अत्यन्तै क्रान्तिकारी कदम थियो । योगमाया भन्नु स्वयंमा एउटी परित्यक्ता, असहाय र सामाजिक लाञ्छनाबाट मर्माहत नारी थिइन् । तर तिनैले नारीजागरणका लागि तन र मन निचोरेर महाभारतीय कृष्णले झैं अर्को एउटा विराट् शङ्ख फुकिन् । वास्तवमा योगमाया युगकी चेतनाबिन्दु, जागरणबिन्दु र उत्थानबिन्दु नै थिइन् । योगमायाको त्यही मनशिखरलाई छोएर, उनको सृजनाको सम्मान गरेर उनलाई आशुकवयित्रीको आमुख मान्नुपर्छ । साथै साहित्यरचनामा क्रान्तिकारी नारीका नेतृत्वको भूमिकाको जिम्मा पनि योगमायालाई नै समर्पण गर्नुपर्छ भन्ने बेहोरा उनैका कृतिले देखाएका छन् ।

नेपाली भाषासाहित्यमा नारीचुलीको पहिलो पङ्क्तिमा मैले ललितत्रिपुरसुन्दरीलाई नै गजुर बनाएको छु । नेपाली साहित्यमा उभिएका (कतिपय हालसम्म फेला नपरेका पनि हुन सक्छन्) नारीस्रष्टाको प्रसङ्गमा मैले ‘नारीचुली’लाई सहज रूपमा प्रस्तुत गरेको छु । मेरो वैयक्तिक रुचितर्पm विचार गर्नेे हो भने म आफूलाई आकाशमा उडिरहेको चरो भन्न रुचाउँछु । मेरो मनको सेरोफेरो भनेको मानवतामात्र हो । त्यसैले पनि मैले यस कृतिप्रति सकेसम्म न्याय गरेको छु भन्ने मलाई लागेको छ । समयको पछिल्लो गतिसँगै यस कृतिका अरू पानाहरू निश्चय नै थपिँदै जानुपर्छ भन्ने पनि मेरो मान्यता छ । यस्तो अनुसन्धानात्मक कार्यले थकाइ मार्न पाउँदैन भन्ने कुरा कसैका लागि पनि नौलो होइन । त्यसैले यस कृतिले अहिले नै बिट मार्ने काम गरेको छैन भन्ने बेहोरा पनि मैले पाठकमाझ बिन्ती गर्नैपर्छ । वास्तवमा यस कृतिलाई निरन्तरता दिनु मभित्रको लेखकीय धर्म पनि हो ।

मेरो जीवनीलेखनयात्राका प्रेरक व्यक्ति भारत दार्जिलिङका प्राध्यापक राजनारायण प्रधान हुन् । राज दाइकै सद्भावलाई शिरमा राखेर मैले २०४५ सालतिरै ‘नारीचुली’को लेखन आरम्भ गरेको थिएँ । वास्तवमा त्यस घडी राजनारायण प्रधान र मेरा बीच नारीविषयक जीवनी लेख्नेबारे सम्झौता भएको थियो । त्यसैअनुरूप राज दाइले विश्वका ‘नौ नामी नारी’ लेख्ने र मैले नेपाली साहित्यका ‘नारीचुली’ लेख्ने बारेमा हाम्रो सहमति भएको थियो । राज दाइले ल्फोरेन्स नाइटिङ्गेलदेखि म्याडम क्युरीसम्मको जीवनी लेखेर मलाई देखाउँदै पनि गएका थिए । तीमध्ये केही जीवनी मैले मेरो सम्पादनमा प्रकाशित हुने ‘उपकार’मा पनि छापेको थिएँ । तर राज दाइको ‘नौ नामी नारी’ प्रकाशनमा आयोआएन मैले थाहा पाउन सकेको छैन । मेरो हकमा चाहिँ मैले त्यस बेला श्रीगणेश गरेको कार्य अहिले आएर बिसाएको छु ।

मैले यस कृतिमा समाविष्ट सम्पूर्ण नारीस्रष्टाका बारेमा विस्तारपूर्वक लेख्न सकिनँ । एक्लो प्रयास र सीमित साधनका कारण मैले आदिकवयित्री ललितत्रिपुरसुन्दरीदेखि अत्याधुनिक साहित्यकार सीता पाण्डेसम्मका नेपाली भाषासाहित्यका प्रतिनिधि नारीस्रष्टाका विषयमा मात्र लेख्न सकेँ । सम्बद्ध लेखिकाहरूलाई विस्तारपूर्वक प्रस्तुत गर्न नसकिए तापनि आपूmले पाएसम्मका तथ्य र सूचनाहरूलाई आधार बनाई यो ग्रन्थ तयार पार्ने प्रयास गरेको छु । यस क्रममा मैले संवत् २०१७ सालसम्म जन्मेका स्रष्टालाई यस ग्रन्थमा विराजमान गराउन सकेँ ।

‘नारीचुली’ भित्र मैले प्रतिनिधि स्रष्टाको चयनका निम्ति विभिन्न आधारहरूको अवलम्बन गरेको छु । खास गरी २०४६ सालअघि स्थापित नारीस्रष्टाहरूलाई प्रतिनिधिका रूपमा चयन गरी यस ‘नारीचुली’मा समेट्ने प्रयत्न गरिएको छ । यसबाहेक ऐतिहासिकता, निरन्तरता, स्तरीयता, जनप्रियता र जातीयतालाई पनि नारीचुली चयनको आधार बनाइएको बेहोरा पनि म मेरा प्रिय पाठकसमक्ष अनुरोध गर्न चाहन्छु ।

आरम्भदेखि २०१७ सालसम्म जन्मेकामध्ये स्थापित भइसकेका नारीसाहित्यकारलाई मैले यस ग्रन्थको मूल भागमा समावेश गरेको छु । यति हुँदाहुँदैे २०१७ सालपछि जन्मेका प्रतिभाशाली, स्थापित र प्रतिनिधि नारीस्रष्टा जस्तै बाबा बस्नेत, ज्ञानू पाण्डे, मोमिला आदिलाई उमेरका कारणले मैले यस संस्करणमा समाविष्ट गर्न सकिन । साथै लेख्न खोजेर पनि केही प्रतिनिधि नारीस्रष्टासँग भेटघाट नहुनु र उनीहरूका विषयमा पर्याप्त जानकारी नपाउनाले मैले चाहेर पनि उनीहरूलाई यस ग्रन्थको मूल भागमा प्रस्तुत गर्न सकिनँ । तर पनि त्यस कोटिका स्रष्टालाई मैले आनुष्ठानिक सूचीमा राख्ने प्रयास गरेको छु; जसअनुसार यस ग्रन्थमा मैले २२४ जना नारीस्रष्टाको यथोचित वर्णन गरेको छु । मान्छेअनुसारको कुरा र देउताअनुसारको पूजा भनेझैँ मैले जुन स्रष्टालाई जस्तो देखेँ ‘नारीचुली’मा उनीहरूलाई त्यस्तै लेखेँ । वास्तवमा म नारीस्रष्टाहरूको सृजनात्मक योगदानका विषयमा भिज्दै जाँदा मैले देउरालीमा जेजस्तो पाती भेटेँ त्यही पाती टिपेर त्यहीँकी देवीलाई चढाइदिएँ ।

मैले ‘नारीचुली’लाई मेरी पूज्य आमा भागीरथा प्रसाईमा भक्तिपूर्वक समर्पण गरेको छु । मेरी आमा अक्षर पढ्नमा असमर्थ भए तापनि अक्षर हेर्दा रमाउने गरेको मैले कैयौँपल्ट चाल पाएको छु । वास्तवमा मातृभक्त हुनुको तात्पर्यले नै नारीप्रतिको मेरो थप अभिरुचि गाँसिएझैँ मलाई लाग्छ । त्यसमाथि पनि स्रष्टा नारीलाई म सरस्वतीकै पुत्री मान्छु । आफ्नो यसै आराधनाको क्रममा मैले यस कृतिमा सरस्वतीपुत्रीको अर्चना गरेको छु ।
यस कृतिलाई अघि सार्ने क्रममा मेरी हृदयसाम्राज्ञी इन्दिराको भूमिकालाई म बिर्सनै सक्तिनँ । उनी पनि नेपाली साहित्यकी एक चुली हुन् र त्यसमाथि मेरो आफ्नै वैयक्तिक संसारमा उनको उपस्थितिले म झन् उत्साहित हुने गर्छु । उनको जागरण, समर्पण र निष्ठा जोडेर उनीसँगको संयुक्त प्रयासमा म ‘नारीसाहित्यकार कोश’ तयार गर्ने बाटातिर पनि लागिरहेको छु ।
‘नारीचुली’को आनुष्ठानिक सूची तयार गर्ने क्रममा भारत दार्जिलिङकी एउटी प्रतिभासम्पन्न नारीसाहित्यकार विन्द्या सुब्बाको विशिष्ट कोटिको सौहार्द गाँसिएको छ । मेरो यस अभियानमा मन, वचन र कर्मबाटै संलग्न विदुषी विन्द्या सुब्बाप्रति म कृतकृत्य छु ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकी सहायक प्रशासक पार्वती नेपालको पनि मेरो ‘नारीचुली’ लेखनमा विशेष भूमिका जोडिएको छ । साथै मेरा लेखनमा सघाउपघाउ गरिरहने दाजुद्वय प्राध्यापक दिनेशराज पन्त र शिव रेग्मी, बहिनी लीला लुइँटेल अनि दार्जिलिङका दाजु नरबहादुर दाहाल र भाइ ज्ञानेन्द्र अर्यालले लगाएको गुनको पातीलाई मैले आफ्नो कानमा सिउरिएको छु । साथै यस कृतिको निर्माणमा घटराज भट्टराईद्वारा लिखित ‘नेपाली लेखक कोश’, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, नइ प्रकाशनको पुस्तकालय र मदन सौरभको साइबर धधध।mउउ।यचन।लउ समेतको सौजन्य जुटेको बेहोरासमेत प्रस्तुत गर्दछु ।
‘नारीचुली’लाई सिँगारपटार गर्ने क्रममा मेरा मित्र केशव सुवेदी र भाइ डा.शैलेन्दुप्रकाश नेपालप्रति पनि म अनुगृहीत छु । मेरा कतिपय कृतिमा मेरा मित्र सुवेदी र डा. नेपालको भाषिक सल्लाह पनि गाँसिएको बेहोरा प्रकट गर्नु पनि म आफ्नो कर्तव्य ठान्दछु ।
‘नारीचुली’लाई सजाउने क्रममा मैले कलाकार इन्द्र खत्रीलाई नेपाली भाषासाहित्यका नारीचुलीको चित्र निर्माणका लागि अनुरोध गरेँ । भाइ इन्द्रले मेरो वचन राखिदिए । अन्तत: इन्द्र खत्रीजस्ता प्रतिभाशाली चित्रकारका चित्रहरू पनि यस कृतिको थप आभूषण भएको मैले महसुस गरेको छु ।
मेरा कृति पढेर रमाउने अर्का व्यक्तित्व वीरेन्द्रबहादुर शाह ‘लवराजा’ को नाउँ लिन अहिले मेरा लागि सान्दर्भिक बेला हो । लवराजाको मप्रतिको सद्भावना, सद्विचार र सद्गुण मेरो मनमा अक्षय रहेका छन् भन्दा मलाई गर्व लाग्ने पनि गर्छ । सादा जीवन र उच्च विचारका कुबेर वीरेन्द्रबहादुर शाहले यस कृतिको निर्माणमा हरेक पल चासो राखेको बेहोराले म थप प्रेरित भएको छु ।

मैले २०४७ सालमा ‘समाजका केही चिन्तक’ नाउँको जीवनीसङ्ग्रह लेखेको थिएँ । त्यति बेला दाजु ईश्वरवल्लभले उक्त कृतिको भूमिका लेख्ने क्रममा ‘त्यत्तिकै जीवन्त र यथार्थ’ शीर्षकमार्फत मलाई उत्साह दिएको बेहोरा अझै मेरा लागि ताजै छ । वास्तवमा राष्ट्रकवि ईश्वरवल्लभबाट मेरा सृजना र सङ्गठनप्रति सदैव न्यानो स्नेह खन्याइएको बेहोरा मैले अनुभूत गर्दै आएको छु । वल्लभ दाजुको मप्रतिको त्यही मायामा लुटुपुटु भएर मैले पनि आफ्नो यात्रालाई झन् गतिशील बनाउन थालेँ । त्यसैको परिणतिस्वरूप नै अरू जीवनीसङ्ग्रह पनि प्रकाशनमा ल्याउन म सफल हुँदै गएँ । आज झन्नै सत्र वर्षपछि पनि वल्लभ दाजुको स्नेहपूर्ण भावनाले समेत रङ्गिएको मेरो अर्को जीवनीसङ्ग्रहलाई मैले पाठकमाझ राख्न पाएँ । त्यति विशिष्ट स्रष्टाले मलाई सुम्सुम्याउँदा म साँच्चै नै फुर्किसकेको छु । वास्तवमा ईश्वरवल्लभ ख्यालठट्टाको नाउँ हुँदै होइन पनि । वल्लभ दाइका विषयमा २०३० सालमै नाट्यसम्राट् बालकृष्ण समले भनेका थिए:
‘‘ईश्वरवल्लभजी लेखनाथजीभन्दा ठूलो हुनुहुन्छ, देवकोटाभन्दा ठूलो हुनुहुन्छ भन्ने कुरा त भन्न सकिन्न तर यतिसम्म त म भन्न सक्छु जुन ठाउँमा लेखनाथ पुग्नुभएको छैन, जुन ठाउँमा देवकोटा पनि पुग्नुभएको छैन, त्यो ठाउँमा ईश्वरवल्लभजी पुग्नुभएको छ र उहाँको अर्कै दुनियाँ छ । शायद त्यो दुनियाँ लेखनाथजीले नदेख्नु भएको होला । देवकोटाजीले नदेख्नु भएको होला तर यस्तो दुनियाँ छ जहाँ ईश्वरवल्लभजी पुग्नुभएको छ । त्यो ठाउँमा पुग्नलाई मानिसहरूलाई परिश्रम गर्न पर्छ ।’’

प्रस्तुत ‘नारीचुली’लाई मैले मेरो जीवनी लेखनयात्राको महइभ्वपूर्ण उपलब्धि मानेको छु । यस ग्रन्थको निर्माणका लागि मैले जति परिश्रम गरेँ अहिले आएर ती विगतका क्षणहरू मेरा बिर्सिनसक्नुका प्रिय र लोभलाग्दा समयमा अनुवाद भएको मैले अनुभव गरेको छु । वास्तवमा यही नै मेरो सत्रअठार वर्षको उपलब्धि पनि हो । यस उपलब्धिले आज मलाई आत्मसन्तुष्टिको चुलीमा पु¥याएको छ ।
संवत् २०६३ नरेन्द्रराज प्रसाई
……………………………………………………

हर्वर्ट एडवार्डले हेनरी लरेन्सको जीवनी लेख्ने क्रममा नेपालका माथबरसिंह थापाका विषयमा कुनै करिया हीराले स्तुतिगीत गाएको प्रसङ्गमा हीरालाई क्ष्लनभच लेखेका आधारमा उत्तम कुँवरले नेपाली त्रैमासिक संवत् २०२० कात्तिक, मङ्सिर, पुस अङ्कमा हीराले गाएको गीत अनुवाद गर्ने क्रममा हीरालाई स्त्रीका रूपमा प्रस्तुत गरेका छन् । हर्वर्टले हीरालाई प्रस्ट रूपमा नारी वा पुरुष नलेखे तापनि हर्वर्टको हीराप्रतिको झिनो सङ्केतचाहिँ नारी भएका आधारमा उत्तम कुँवरले हीरालाई खुलस्तै रूपमा नारी अर्थात् गाइनेनी उल्लेख गरेको देखिन्छ । त्यही आधारलाई पछ्याएर कमल दीक्षितले पनि ‘बुइँगल’ (चौथो संस्करण : २०५०) मा हीरा गाइनेनी लेखेका छन् । ‘बुइँगल’मा कमल दीक्षित लेख्छन् “विदेशी भाषाको माध्यमबाट यस सङ्ग्रहमा भित्रिन पुगेकी हीराको थरघरको केही पत्तो पाइँदैन । हेनरी लरेन्सको जीवनी लेख्ने क्रममा नेपालको राजकाजको वर्णन गर्दा सर हर्वर्ट एडवार्डले माथबरसिंहको पनि बयान गरेका छन् । त्यसै सिलसिलामा माथबरसिंहको गुणगान गर्ने भनी यी गायिकाको नाम आएको छ । यिनका गीतको गेडा, बोली के थियो हामीलाई थाहा छैन । त्यसको भावसम्म मात्र अङ्ग्रेजी अनुवादबाट हामीले पाएका छौँ । यसरी ठीक पाठसम्म फेला पार्न नसकिएको र हुलिया पनि थाहा नभएको कविको कृति भ्रष्ट रूपमा यसरी यस सङ्ग्रहमा स्थान पाउने एउटै कारण छ । त्यो के भने शुरुदेखि सुवानन्ददाससम्ममा फेला परेको वीरपूजाको परम्परा नेपाली जनमानसमा कत्तिको भिजेको रहेछ, त्यो यस गीतबाट अझ स्पष्ट हुन्छ ।”

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *