Uncategorized

पाचौ दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

“म्याउ“ † म्याउ“ † म्याउ“ †” बिरालाको एकनासको आवाज कानमा परेपछि नीला पनि बिउ“झिएकी थिई । नीला बिउ“झिनुअघि नै आभास उठेर बिरालो भएठाउ“मा पुगिसकेको थियो । आभासले मर्करी बत्ती बालेको कारण कोठा झलमल्ल भएको थियो । नीलाका आ“खा पलङकै सिराननिर राखिएको घडीमा परेका थिए । बिहानको चार बजिसकेको थियो ।
“के भयो † मिलन राजालाई के भयो †” आभास बिरालो भए ठाउ“मा पुगेर उसलाई सधै“ झै“ छातीमा टा“सेर ड्ढकाउ“दै थियो । बिरालो पनि आमाका काखमा पुगेको रु“दारु“दैको बच्चोजस्तो भएर चुप लागेको थियो । आभासको छातीमा टा“सिएको बिरालोलाई देखेर आपूmमा पैदा भएको असहजपनलाई लुकाउ“दै नीलाले निदाएजस्तो गरेर आ“खा चिम्लिरही ।
केहीबेर छातीमा टा“सेर कोठामा यताउति डुलाएपछि आभासले बिरालोलाई पुनः उसैको पलङमा हालिदिको थियो । त्यसपछि ऊ बत्ती निभाएर आÏनो बिछ्यौनामा आएर सरक्क सुतेको थियो । एकैछिन पनि बितेको थिएन≤ पुनः बिरालो “म्याउ“म्याउ“” गर्न लाग्यो । आभास जुरुक्क उठ्यो, बत्ती बाल्यो, बिरालो बोक्यो र बत्ती निभाएर कोठाबाट बाहिर निस्क्यो ।
अब नीला बिछ्यौनामा र कोठामा समेत एक्लै भएकी थिई । “बिरालोलाई त्यसको कोठामा छोडेर आभास आउ“छ होला †” नीलाले यस्तै सोचेकी थिई र ऊ आभासको प्रतीक्षामा बसिरही, तर समय क्रमशः रित्तै बितिर≈यो ।
बिहान झलमल्ल घाम लाग्दासम्म पनि आभास नीला नजिक आएन । रातभरिजसो निदाउन नसकेको अवस्थाको आलस्य बोकेर भए पनि आज नीलाले अड्ढिस जानैपथ्र्यो । त्यसो त ड्ढोनमा सूचना गरेर पनि बिदा बढाउन नसकिने होइन । तर किन र कसका लागि बिदा लिने ? उसले मनमनै प्रश्न पनि गरी । अब उसले अड्ढिस नै जानुपर्छ । आÏनो निर्णयका कारण उसको शरीरमा केही मात्रामा स्पूmर्ति पनि आएको थियो ।
ऊ जुरुक्क उठी, नित्यकर्म सकी र कार्यालय जाने तयारीमा जुटी । नीला अड्ढिसका लागि रेडी भइसक्दा पनि आभासको नाकमुख उसले देखेकी थिइन । नीला बैठकमा पुगेर आभासको खोजी गर्न मात्र लागेकी थिई । त्यसै बेला मूल गेट खोलेको आवाज आयो । नीलाका आ“खा मूलद्वारमै पुगे । घरको मोटर आएको थियो । मङ्गलमान पनि आभासस“गै थियो ।
“हेरन नीला † यसलाई चेकअप गराउन डा.दत्तकहा“ पुगेर आएको । यसलाई भएको भाइरल इन्ड्ढेक्सनका कारण अझै एक हप्तासम्म औषधी खुवाउनुपर्छ भनेको छ ।” आभासले बडो चिन्तित भएर भनेको थियो । बिरालो छातीमा टा“सेर आÏना अगाडि आइपुगेको आभासका अनुहारमा नीलालाई हेर्न पनि मन लागेको थिएन । “म अड्ढिस जान लागेकी” नीलाले निराश आवाजमा आÏनाबारे जानकारी प्रस्तुत गरेकी थिई । “तिमीले बे्रकड्ढास्ट खायौ ? लन्च त अड्ढिसमै गछ्र्यौ होइन ?” आभासले पनि नीलाको जानकारी लिन खोजेको थियो । नीलाले आभासको पछिल्लो

प्रश्नका लागि टाउको हल्लाएर स्वीकृतिसूचक जवाड्ढ दिएकी थिई र आभासले आÏना दुवै प्रसङ्गको सकारात्मक जवाड्ढ पाएको ठहर गरेको थियो ।
आभासस“ग बिदा भएर नीला घरबाट पहिलोपल्ट अड्ढिसतिर भोकै लागेकी थिई । “नीला † तिमी अड्ढिसबाट चा“डो घर आऊ है † मलाई तिमी नहु“दा नरमाइलो लाग्छ ।” आभासले नीलालाई अड्ढिस पठाउने बेलामा अ“गालोमा राखेर भन्नेछ । यो नीलाको मीठो कल्पना थियो । आभास उसलाई अड्ढिस पु¥याउन पनि आड्ढै“ मोटर हा“केर आउला । आ“खाभरि विरहको उदासी बोकेर अड्ढिसको गेटमा उसलाई पु¥याउने आभासस“ग छुट्टिन नीलालाई पनि गाह्रो पर्ला । यस्तै अपेक्षा बोकेकी थिई नीलाले ।
“हेमराज † रानीसाहेबलाई अड्ढिस पु¥याएर आऊ” आभासले आÏनो ड्राइभरलाई अह्राएको थियो । त्यसपछि नीलालाई हात हल्लाएर बिदा गर्दै छातीमा बिरालो च्यापेर आभास घरभित्र पसेको थियो ।
मनमा अथाह वेदनाको भारी बोक्दै नीला हेमराजले हा“केको मोटरमा चढेर अड्ढिस पुगेकी थिई ।

“कस्तो भयो त हनिमुन ? तिमीले किन लामो बिदा नलिएकी मोरी † एकबारको जिन्दगीमा रमाइलो गरिहाल्नुपर्छ नीलु †” उर्मिलाले उत्ताउलि“दै भनेकी थिई । कसैलाई नडाकी, कुनै सुइ“को नदिई गरेको नीलाको बिहेको समाचार किल्किले नभएकी उर्मिलाका कारण अड्ढिसमा सनसनीपूर्ण समाचार भइसकेको रहेछ । “नीला जी, यस्तो त भएन नि † हामीलाई भोजै नखुवाई सुटुक्क आपूmमात्र रमाइलो गर्ने ?” अड्ढिसका सबै सहकर्मीहरूको एकैखाले भनाइ थियो ।
यस्तो बेला खुसी छचल्किएर कहा“ पोखू“ हुनुपर्ने नीला भने आपूmभित्र पीडा उमारेर आÏनै लागि दयनीय भएकी थिई । उसको दर्द कसैलाई बा“ड्न सकिने पनि थिएन । त्यसैले यस बेला नीलाले आÏना ओठमा जबर्जस्ती मुस्कान ड्ढैलाउनुबाहेक केही गर्नसकेकी थिइन ।
कार्यालयको काममा व्यस्त भएको समय नीलाका लागि आत्मपीडाबाट केही राहतको उपायझै“ भएको थियो । लन्चआवरमा भने ऊ पुनः साथीभाइहरूको ठट्टारमाइलोको केन्द्रविन्दु नै भएकी थिई ।
“नीलाको त रौनक नै भिन्नै भएछ नि †”
“नीलाजीलाई अब छोड्नुहुन्न≤ उहा“ले भोज खुवाउनै पर्छ ।”
“हाम्रो मिस्टर नीलाजीलाई पनि हेर्नुप¥यो नि †”
“नीलाजीको हनिमुन कता नि †”
“निकै धनी हुनुहुन्छ रे मिस्टर नीलाजी † हङकङ, बैङ्कक, सिङ्गापुरतिरै होला हनिमुन †”
“नीलाजी हामीलाई पनि सम्झनुस् है † बैङ्कक छिट्टै जानुभयो भने म पनि एकदुइटा सामान झिकाउ“छु≤ मस“ग डलर रेडी छ ।”
विभिन्न कुराहरू, मान्छेमान्छेका कुराकानीले नीलालाई यो आधाघण्टाको लन्चआवर घण्टौ“को भएजसरी बितेको थियो ।
“किन नीला तेरो अनुहार ज्यादै मलिन छ नि † आ“खा पनि रातभरि जागै बसेजस्ता छन् । यो आभासले¬” उर्मिलाले लन्च सकिएपछि एकान्त पारेर सोधेकी थिई । केही नजिक भएर उर्मिलाले गरेको प्रश्नले नीलाको मनको भित्री अंश छुनछुृन खोजेको थियो । तर आपूmलाई ज्यादै संयमित पार्ने क्रममा अलि कठोर हुन खोजेकी थिई ऊ “त्यस्तो केही होइन≤ टाउको दुखिरहेकाले पनि यस्तो भएको होला †”
“सिटामोल खान त” उर्मिलाले सहानुभूतिपूर्वक सल्लाह दिएकी थिई । “अघि नै खाइसके“” नीलाले अलि तर्कन खोज्दै भनेकी थिई ।

अड्ढिसमा बसुन्जेल बनावटी मुस्कान मुस्काउ“दा मुस्काउ“दै त्यस दिन उसको मुख नै थाकेको थियो । बल्लतल्ल अड्ढिस बिदा हुने बेला भएको थियो । “नीलाजीको त मोटर आइहाल्छ, हामीलाई पो बसको भीडमा घुस्रिनुपर्छ ।” एउटी सहकर्मीले ईष्र्याले ग्रस्त हु“दै नीलालाई हेरेर भनेकी थिई । नभन्दै छ बज्नासाथ अड्ढिस परिसरमा आभासको मोटर प्रवेश गरेको थियो । आआÏनो बाटो लाग्ने तरखरमा रहेका धेरैजसो सहकर्मीले त्यसबेला नीलालाई पुलुक्क हेर्दै मन्द मुस्कान पोखेका थिए ।
ड्राइभिङ्ग सीटमा आभास नै बसेको थियो । यसरी आभास नै मोटर लिएर आएको देख्नासाथ नीला पनि प्रफुल्लित भएकी थिई । “तेरै त चा“दी कटाइ छ मोरी † गर मस्ती । जा जा छिट्टो जा, दिनभरि छोड्नुपर्दा उसलाई कति गाह्रो भयो होला ?” उर्मिलाले उत्ताउलिएर भनेकी थिई ।
“नीला तिमी नहु“दा दिनभरि कस्तो शून्य भयो, तिमीस“ग छुट्टिएर बस्दा सारै नरमाइलो हु“दो रहेछ ।” आभासको मोटरतिर जा“दा नीलाले पनि आभासबाट यस्तो अपेक्षा गरेकी थिई । नीला मोटरको ढोका खोलेर भित्र बसिसकेकी थिई र आभासले एकपल्ट उसको अनुहारमा पुलुक्क हेरेर केही हा“स्न मात्रै खोज्यो र मोटर स्टार्ट ग¥यो । “हेर न, मिलनको औषधी सकिएको रहेछ । त्यसैले औषधी पनि किन्नुप¥यो र तिमीलाई पनि लिएर जानुप¥यो भनेर म आएको । हेमराजले तिमीलाई लिन भनेर गाडी स्टार्ट गरिसकेको थियो । त्यसै बेला मैले मिलनको औषधी किन्नुपर्ने कुरा सम्झे“ । उनीहरूलाई औषधी लिन पठाउ“दा अर्कै औषधी ल्याएर हैरान पार्छन् । त्यसैले मै आएको ।” आपूm आउनाको कारण आभासले खुलस्त पारेको थियो । भूmटै भए पनि “तिमीलाई लिन आएको” मात्र आभासले भनिदिएको भए नीलाको मनको अपेक्षाले भत्कनुको पीडा भोग्नुपर्ने थिएन ।
केहीअघि मात्र आभासलाई देख्दा नीलाभित्र उम्रिएका प्रफुल्लताका बिरुवाहरू हुर्किनै नपाई मरेका थिए । त्यसपछि उसले खुसी भएर आभासका अनुहारमा हेर्न पनि सकिन ।
पशुऔषधी पसलबाट आभासले औषधीहरू किनेर ल्यायो । नीला भने छेउ लगाइएको मोटरमै बसिरही ।
“मिलनलाई छ बजे नै औषधी खुवाउनुपर्ने, हेर न ढीलो भइसक्यो ।” आभासले नाडीघडी हेर्दै भनेपछि मोटरको स्पिड बढाएको थियो ।
उनीहरू घरपरिसरमा पुग्दा सा“झको अ“ध्यारोले छपक्कै छोप्न लागेको थियो । बिजुलीबत्ती बलिसकेको थियो । बिजुलीबत्तीको झलमल्लले रात परिसकेको सूचना दिइरहेको थियो ।
नीला थकाइले लखतरान भएर आÏनो कोठातिर लागेकी थिई भने आभास बिरालाको कोठाभित्र पसेको थियो । कोठामा पुगेर लुगा पनि नड्ढेरी नीला पलङमा डङरङ्ङ पल्टेकी थिई । आपूm यतिविधि थाकेको कुरा नीलालाई अड्ढिसमा थाहा थिएन । यस बेला उसलाई कसैस“ग नबोलू“ र चुपचाप सुतिरहू“जस्तो लागेको थियो । ऊ लखतरान परेकी थिई ।
“रानीसाहेब † राजाले चिया ज्यूनार गर्न बोलाइबक्सेको छ ।” दलबहादुरदाइको छोरो सुरेश कोठाको ढोकामा उभिएको थियो । नीला झन्नैझन्नै निदाउन लागेकी थिई । “ह“, के भयो ह“ ?” नीलाले आत्ति“दै सोधेकी थिई । उसले आपूm आउनाको कारण पुनः दोहो¥याएपछि नीला मन नभईनभई पनि यन्त्रचालित झै“ उठेर सुरेशको पछि लागेकी थिई ।
आभास बैठककोठामै एउटा सोड्ढामा बसेको थियो । त्यही“ नजिकै भुइ“मा मङ्गलमान बिरालो खेलाउ“दै थियो ।
नीला पुग्दा नपुग्दै दलबहादुर दाइ चियाको सर्दाम बोकेर उपस्थित भएका थिए । सधै“ झै“ चिया नीलाले नै बनाएकी थिई । चिया बनाउ“दा बनाउ“दै उसको ध्यान आÏनो कपडामा गएको थियो । ऊ अझसम्म अड्ढिसकै युनिड्ढर्ममा थिई । “नीला तिमीले किन लुगा नड्ढेरेको †” अब आभासले सोध्नेछ । ऊ सम्भावित जवाड्ढ खोजेर पर्खिरही, तर आभासले सोधेन≤ अह“ राम्रोस“ग हेर्दा पनि हेरेन । दुवैले चिया पिइरहे । त्यसपछिको समय गह्रु“गो भएर बितेको थियो । आभास त्यसैबेला टेलिभिजनको आपूmलाई मनपर्ने जियोग्राड्ढिकल च्यानल खोलेर मस्त भएको थियो । नीलाले आपूmलाई पनि त्यही च्यानलमा डुबाउने प्रयत्न गरेकी थिई, तर ऊ निरर्थक भई । एकनास टेलिभिजन हेरिरहेको आभासलाई उसका आ“खा छलेर नीलाले हेरेकी थिई । उसमा कुनै परिवर्तन थिएन ।

हिजोको आभास र आजको आभासमा रत्तीभरको पनि परिवर्तन देखि“दैन । तर किन नीलालाई आभास अर्कैजस्तो लागिर≈यो≤ एकदमै पराईजस्तो आभास देखी उसले ।
“नीला † जिन्दगीको यस मोडमा तिमी मेरो साथ हु“दा मलाई जिन्दगी सारै रमाइलो लागेको छ । अब तिमीविनाको जीवनको कल्पना पनि म गर्न सक्तिन“ ।” त्यसै बेला आभासले भनेजस्तो लाग्यो नीलालाई । उसले आभासलाई ठह¥याउने गरी हेरी । तर आभास भने टेलिभिजनमा देखाइएका जनावरहरूमै डुबेको थियो । टेलिभिजनको आवाजबाहेकको त्यो समय निःशब्द थियो र त्यस समयले दिएको पीडाबाट आहत नीलाको अबचेतनको क्रन्दनले नीला बिथोलि“दै गएकी थिई ।
आभासको आपूmप्रतिको पलायनलाई नीलाले खप्न सकिन । त्यसैले ऊ त्यहा“बाट उठेर हि“डेकी थिई । “नीला † यही“ बस न, तिम्रो अनुपस्थितिमा यो टेलिभिजनको कुनै आकर्षण हुनेछैन ।” आभासले नीलाको हात च्याप्प समातेर उसलाई आपूmस“गै बसालेको कल्पना पनि नीलाले गरी, तर यो पनि उसको कल्पना मात्रै र≈यो । आÏनो कल्पनाप्रति लालायित हु“दै नीला थाकेको गतिमा अन्ततः त्यहा“बाट हि“डेकी थिई । आÏनो तुहेको अपेक्षाको बोझले गलेकी नीलाले जा“दाजा“दै पनि आभासलाई हेरेकी थिई, तर आभासले टेलिभिजनबाट आ“खा अलिकति पनि नीलातिर ड्ढर्काएको थिएन । त्यसबेला नीलालाई लाग्यो, आभासलाई ऊ हुनुको र नहुनुको खास अर्थ रहेनछ ।
“रानीसाहेब, यति थोरै किन ज्यूनार गरिबक्सेको ? मीठो भएन कि ?” त्यस बेलुकी दलबहादुर दाइले नीलालाई सोधेका थिए । “होइन दलबहादुर दाइ, आज मलाई भोक नै छैन ।” नीलाले जवाड्ढ दिएकी थिई । “दलबहादुर दाइ, मिलनलाई दूध ठीक पार त । उसलाई औषधी खुवाउनेबित्तिकै दूध खुवाउनुपर्छ । बिहानको भन्दा अलि बढी हाल्नू है † त्यो भोकायो पनि होला ।” आभासले आपूmले खा“दाखा“दै दलबहादुर दाइलाई निर्देशन दिएको थियो ।
“नीला, तिमीले किन यति थोरै खाएकी † तिमीले नखाए म पनि खान्न“≤ कि तिमीलाई सन्चो छैन ? चेहरा पनि मलिन देख्छु ।” नीलाको कुण्ठित अपेक्षा अझै पनि आभासको उसप्रतिको समर्पणको भोकमा थियो । तर दलबहादुर दाइले भनेका शब्दहरूको सत्य जा“च गर्ने चाहना पनि आभासले यथार्थमा लिएको थिएन । उसले नीलाका थालतिर हेर्दा पनि हेरेन । लामो बसयात्रामा यात्रा गर्ने विविध दिशाका यात्रुहरूले कुनै होटलको एउटै टेबुलमा खाना खाए जसरी नै त्यस बेला उनीहरूले पनि खाएका थिए ।
नीला खाना खाएपछि सुत्ने कोठातिर लागी भने आभास बिरालाको कोठातिर लागेको थियो ।
“तिमी निदायौ ?” विगत रातहरूको अनिद्राले गर्दा पनि नीला त्यस रात सा“च्चै नै निदाइसकेकी थिई । आभासले अ“गालोमा बेरेको क्षण ऊ बिउ“झिन पुगेकी थिई । नीलाको अपेक्षा ढीलै भए पनि पूरा गर्न आइपुगेको आभासका बलिष्ठ पाखुरालाई उसले ह्दयबाट नै स्वागत गरी । यति दिनदेखि आभासका विरुद्ध आपूmभित्र पलाएका विचारहरूलाई पनि उसले त्यसै बेला लघारेकी थिई । नीला धेरै दिनपछि आभासको बाहुपाशमा निर्धक्क हुन खोज्दै थिई । उसको हराएको स्वर्णिम सुख ऊ नजिक आउन लागेको थियो ।
“म्याउ“ † म्याउ“ † म्याउ“ † म्याउ“ †”
प्राप्तिको नजिक नजिक पुग्न लागेका बखत बिरालाको आवाजले आभास नीलाबाट अलग्गियो । आकाशको माथिल्लो सतह छुन लागेको चङ्गा चु“डिएको अनुभूतिले मर्मान्त भई नीला । भोकाएको बेला मुखमा हालिसकेको गा“स थुतिएझै“ भयो उसलाई । “एकैछिन है, मिलनलाई के भयो ?” बिरालाको पलङतिर हानि“दै आभासले भनेको थियो । कोठाको ठूलो बत्ती बालेर आभास बिरालोमा केन्द्रित भएको थियो ।
अप्राप्तिजन्य पीडाको मर्मले छटपटिएकी नीलाले आभासलाई नजाऊ भनेर रोक्न पनि सकिन र ऊ गएको सत्यलाई हार्दिकतापूर्वक स्वीकार गर्न पनि सकिन । आÏनै शरीरको जलन र मनको आगाको Âापमा नीला छटपटिइरही मात्रै ।
“हेरन, आÏनी आमाको सम्झना आयो होला त्यसलाई । यत्तिकै कराएको रहेछ, दूधदानी मुखमा हालिदिए“, अहिले चुसेर सुतेको छ ।” आभासले आपूmलाई पूर्वअवस्थामा पु¥याउने प्रयत्न गर्दै भनेको थियो ।

बिजुलीद्वारा सञ्चालित अटोमेटिक मेसिन जस्तै ऊ तुरुन्तै आÏनो पूर्वक्रियामा जुटेको थियो तर नीलाले आपूmलाई कसै गरे पनि पूर्व अवस्थामा पु¥याउन सकिन ।
एक्लो आनन्दप्राप्तिपछि आभास एकैछिनमा मस्त निद्रामा पुगेको थियो र नीला भने अप्राप्तिको दाहमा रातभरि भतभती सल्किरही । थाहा छैन रातको पछिल्लो पहरमा पनि ऊ कतिखेर निदाई †

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *