नारीचुली – लोकप्रियादेवी

हजुर पाल्नुहु“दा सिमला पुरी
मकन ल्याइदिनु सुनका चुरी ।
लोकप्रियादेवी व्यक्तिगत रूपमा जति असल थिइन् त्यति नै प्रतिभाकी धनी पनि थिइन् । पण्डित तिलमाधव देवकोटाकी छोरी भएका नाताले मात्र नभई र महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी भएका नाताले मात्र पनि नभई लोकप्रियादेवी स्वयं नै एउटी प्रतिभासम्पन्न कवयित्री थिइन् । आपूmले एकपटक सुनेको जुनसुकै श्लोक पनि उनलाई कण्ठ हुन्थ्यो । कसैले कथा भन्यो भने त्यो पनि उनी पानी पार्थिन् ।
स् द्दज्ञ स्
लोकप्रियादेवी त्यस बेलाकी एउटी चर्चित कवयित्री थिइन् । त्यसताका यिनका सहयोगी नारीस्रष्टाहरू गोमा र प्रेमराजेश्वरी थिए । उनीहरू प्राय: लोकप्रियादेवीका घरमा आउँथे र उनका कविता सुन्ने गर्थे । साथै त्यहाँ उनीहरू पनि आफ्ना कविता सुनाउने गर्थे । लोकप्रियादेवीले कविता सुनाउने काम मात्र गरिनन्; उनले पत्रपत्रिकामा आफ्ना रचना छाप्न पनि इच्छा जाहेर गरिन् । सोहीबमोजिम उनका रचनाहरू पनि पत्रपत्रिकामा छापिने क्रम चलिरह्यो ।
लोकप्रियादेवी सानैदेखि काव्य लेख्थिन् । कुनै विषय वा प्रसङ्ग लेख्नुप¥यो भने उनी कवितामा नै लेख्ने गर्थिन् । त्यसैले उनी कसैलाई चिठी लेख्ता पनि कवितामा नै आफ्नो मन खोल्ने गर्थिन् । आफ्ना पति भारत जाँदा पनि उनले कवितामा चिठी लेख्ने गर्थिन् । आपूmलाई चाहिने चिजबिज पनि उनले कवितामार्फत नै पतिसँग माग्ने गर्थिन् ।
पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीदेवीका छ छोरा र सात छोरीमध्ये लोकप्रियादेवी काइँली छोरी थिइन् । यिनी संवत् १९५५ जेठ महिनामा काठमाडौंमा जन्मेकी थिइन् । यिनको चिनाको नाउँचाहिँ हुतलक्ष्मी थियो । तर यिनलाई घरमा कसैले पनि हुतलक्ष्मी भन्दैनथे; घरमा यिनलाई काइँलीमैयाँ भनेर बोलाउने गरिन्थ्यो ।
लोकप्रियादेवीको बाल्यकाल बाबुआमाको अपार मायामा बित्यो । उनी सोझी, सरल र इमानदार थिइन् । उनको बानीबेहोराले घरका सबैले उनीप्रति विशेष स्नेह राख्थे । त्यतिमात्र होइन आफ्ना घरमा आउनेजाने र छरछिमेकीले पनि उनलाई बिछट्टै माया गर्थे । उनको बालकलाको धेरैले तारिफ गर्थे किनभने उनका बोलीवचन पनि काव्यात्मक ढाँचाका हुन्थे । यीबाहेक उनी मिलनसार र मायालु स्वभावले भरिएकी नारी थिइन् । सानै उमेरदेखि नै अरूको अड्को पड्को पनि उनी बुझ्ने गर्थिन् ।
त्यस बेलाको नेपाली समाजमा नारीशिक्षाको जागरण प्रारम्भ भएको थिएन । गतिला अभिभावक संरक्षक भएका खण्डमा छोरीलाई घरैमा ठूलो वर्णमालासम्म पढाउने चलन थियो । त्यसैअनुरूप लोकप्रियादेवीलाई पनि घरैमा अक्षरारम्भ गराइएको थियो । यिनले आफ्ना पिताबाटै साधारण लेखपढ गर्न जानेकी थिइन् । साथै त्यस बेला यिनलाई यिनका बुबाले संस्कृतका श्लोक, संस्कृतका सूक्ति र संस्कृतका कथासमेत सुनाउने गर्थे । लोकप्रियादेवीलाई पढ्नमा सारै रुचि थियो । त्यसैले यिनले सानै उमेरदेखि नै आनुपातिक रूपमा धेरै जान्न थालिन् । उमेर बढ्दै जाँदा यिनी साधारण रूपमा पढ्नलेख्न निपुण भइसकेकी थिइन् ।
लोकप्रियादेवी सानामा पनि कविता लेख्ने गर्थिन् । उनलाई कविता लेख्ने प्रेरणा दिने नै स्वयम् उनका बुबा तिलमाधव देवकोटा थिए । घरमा आएका पाहुनापासाका अगाडि लोकप्रियादेवीलाई उभ्याएर कविता वाचन गर्न लगाई तिलमाधवले आफ्नी छोरीलाई थप प्रेरणा दिन्थे । उनी पनि आफ्ना बुबालाई खुसी पार्न कविता लेख्ने गर्थिन् । उनी कहिले प्रकृतिका कविता लेख्थिन्, कहिले जीवनजगत्का कविता लेख्थिन् र कहिलेचाहिँ राष्ट्रप्रेमले ओतप्रोत कविता लेख्थिन् । बाल्यकालमा नै उनी कवयित्रीका रूपमा यसरी प्रस्तुत भएकी थिइन्:
प्यारो देश प्यारा बन्धु
प्यारो सपना देश र सिन्धु ।
लोकप्रियादेवीको बिहे आठ वर्षको उमेरमा भएको थियो । उनी संवत् १९६३ मा काठमाडौं डिल्लीबजारका लोकनाथ जोशीकी अर्धाङ्गिनीका रूपमा प्रवेश भएकी थिइन् । लोकनाथले नै आफ्नो नाउँको अघिल्लो शब्द ‘लोक’मा ‘प्रिया’ थपेर आफ्नी पत्नीको नाउँ लोकप्रिया राखिदिएका थिए । लोकनाथ जोशी त्यस समयका प्रख्यात महाजन थिए । ख्यातिप्राप्त व्यापारी भएका कारण श्री ३ महाराज जुद्धशमशेरसँग पनि उनको चिनजान थियो । त्यसैले उनी राणाकालीन राज्यसभाका पनि सदस्य थिए । त्यति बेला त्यस पदमा पुग्नु भनेको सारै ठूलो कुरो थियो । साथै उनी चेम्बर अफ कमर्सका पनि संस्थापक तथा अध्यक्ष भए । त्यसैले लोकप्रियादेवीले किशोरावस्थामा नै आफ्ना पतिमार्फत राष्ट्रको वाणिज्य नीतिको जानकारी पनि प्राप्त गरेकी थिइन् ।
लोकप्रियादेवी किशोरावस्थामा पुग्दा नपुग्दैदेखि प्राय: आफ्ना पतिसँग देशविदेशको भ्रमणमा गइन् । त्यति बेला विदेश भन्नु पनि भारत नै प्रमुख थियो । यिनी प्राय: भारत गइरहन्थिन् । भारत बसेताका यिनले हिन्दी भाषा बोल्न, पढ्न र लेख्न जानिन् । त्यति बेला यिनले हिन्दी भाषामा केही कविता पनि लेखिन् । त्यस बेला यिनका हिन्दी कविता पढेर महाकवि देवकोटा गदगद हुन्थे किनभने यिनले स्तरीय कविता लेखेर आफ्ना भाइलाई देखाउँथिन् ।
कवितालेखनको सन्दर्भमा कुरा गर्दा लोकप्रियादेवीको बिहेपछि उनलाई उनका भाइ लक्ष्मीप्रसाद देवकोटाले कविता लेख्न अभिप्रेरित गरिरहे । त्यतिमात्र होइन लोकप्रियादेवीका कविता पढेर खुसी हुने अर्का व्यक्ति कविशिरोमणि लेखनाथ पौड्याल थिए । त्यस समय पौड्याल लोकप्रियादेवीका घरछेउमा डेरा गरी बस्थे । लोकप्रियादेवीका पतिको आग्रहमा पौड्यालले उनलाई कविताको सिद्धान्त पनि पढाएका थिए । उनले लोकप्रियादेवीलाई कविता लेख्ने कार्यमा घच्घच्याइरहन्थे । साथै चक्रपाणि चालिसेले पनि उनलाई कवितालेखनको मूल्य बताइरहन्थे ।

लोकप्रियादेवीको ‘शान्तालाई जवाफ’ शीर्षकको कविता ‘शारदा’ (१९९२ फागुन)मा छापियो । त्यति बेला उनका भान्जा देवर प्रेमराज पौड्यालले लोकप्रियादेवीका कविता जबर्जस्ती ‘शारदा’मा पु¥याएका थिए । त्यतिखेर उनका भान्जा कमल दीक्षितले चाहिँ पत्रिकामा छाप्ने लेखरचनाहरू पहिला साफी गरिदिने काम गर्थे । त्यसैताका उनका तीनवटा कविताहरू ‘शारदा’मा छापिएका थिए । लोकप्रियादेवीका रचना प्रकाशनको सन्दर्भलाई हेर्दा चक्रपाणि चालिसेले पनि यिनका कविता पत्रपत्रिकामा पु¥याइनुपर्छ भन्ने कुरामा जोड दिन्थे । संवत् २००४ मा ‘उद्योग’ पत्रिकामा यिनको ‘दोस्ती’ शीर्षकको एउटा कथा छापिएको थियो । त्यस पत्रिकाका सम्पादकमा चक्रपाणि चालिसे र निजका छोरा लक्ष्मीनन्दन चालिसे थिए ।
संवत् १९९२ देखि २००० सालसम्म लोकप्रियादेवीका बाह्रवटा कविता छापिएका थिए । साथै ‘साहित्यस्रोत’ नामक पत्रिकामा पनि उनको ‘समदम’ शीर्षकको एउटा कविता छापिएको छ । उनका केही कविता ‘गोरखापत्र’मा पनि छापिए । उनको पुस्तकका हकमा उनी दिवङ्गत भएपछि मात्र उनकी सुपुत्री शशि रिमालको सम्पादनमा ‘कवयित्री लोकप्रियादेवी’ (कविताकथा सङ्ग्रह : २०४०) प्रकाशनमा आयो ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिमा लोकप्रियादेवीको निक्कै महइभ्व छ । त्यतिखेर साहित्यमा नारीहरूको उपस्थिति प्राय: शून्य रहेको अवस्थामा नारीस्रष्टाको नेतृत्वपङ्क्तिमा उनी उभिएकी थिइन् । वास्तवमा उनी आफ्ना पतिलाई तन, मनले माया गर्थिन् । त्यही परिवेशमा उनले मन, वचन र कर्म समर्पित गरेर आफ्ना पतिलाई कवितामा पनि चिठी लेखिन् । त्यति बेला उनका पतिले जतिसुकै स्वास्नी सोहोरे पनि लोकप्रियाचाहिँ आफ्नो प्रेममय जीवन र त्यही परिवेशको रचनामा नै केन्द्रित थिइन्:
तिमी छौ आ“शुकै रूपमा,
हार भनू“ कि मोती यहा“ !
जीवनभरको साथी भनू“ या
प्रेममिलनको प्रेमी भनू“ !
लोकप्रियादेवी विवाहिता पत्नी भए तापनि यिनका पतिले त्यस बेला ठाउँठाउँमा भित्रिनीहरू राख्ने गर्थे । यिनका पतिको जतिसुकै भित्रिनीप्रेम भए तापनि यी श्रीमान् श्रीमतीको समझदारीमा त्यति बादल लाग्न पाएको थिएन किनभने आफ्ना पतिको चालचलन र भित्रिनीप्रेमको सम्पूर्ण कथा लोकप्रियादेवीले बुझेकी थिइन् । त्यसैले उनी घरपरिवारमा सम्झौतावादी नारीका रूपमा परिचित थिइन् ।
लोकप्रियादेवीका पतिले बाहिर जति नै उपपत्नीहरू राखे तापनि उनका पतिबाट उनलाई शारीरिक र मानसिक यातना थिएन । तर घरमा सासूको कचकच, गनगन र कुदृष्टिबाट भने उनी वाक्क हुन्थिन् र एकान्तमा गएर रुन्थिन् । त्यतिमात्र होइन आफ्नी सासूको त्रूmरताले उनी धेरैपल्ट विक्षिप्त नै भएकी थिइन् । त्यसैले उनले सधैँ सासूको भयको कालकोठरीमा आफ्नो जीवनलाई कैद गरेकी थिइन् । त्यति बेला उनी जतिसुकै पीडा पनि खप्न सक्ने अवस्थामा थिइन् ।
लोकप्रियादेवीले पाँच भाइ छोरा महेन्द्र, सुशील, केशव, कमल र विमल जन्माइन् र तीन छोरी रूपवती पाण्डे, प्रभा रिमाल र शशि रिमाल जन्माइन् । यिनका सबै छोराछोरीले एस.एल.सी.सम्मको शिक्षा आर्जन गरे । पछि यिनीहरू आआफ्नै काममा संलग्न भए ।
लोकप्रियादेवीको वैवाहिक जीवनको पूर्वार्ध निक्कै रमाइलो ढङ्गबाट बिते पनि उत्तरार्ध केही कठिन अवस्थामा रूपान्तर भएको थियो । एकातिर यिनका पति भोगविलासमा समर्पित थिए भने अर्कातिर सासू कचकचे थिइन् । यसरी पारिवारिक रूपमा जतिसुकै व्यवधान उत्पन्न भए तापनि यिनले आपूmलाई आफ्नो कर्तव्यमा समेट्तै लगिन् । यिनले आफ्नो सम्पूर्ण समय घरपरिवारप्रति अर्पण गरेकी थिइन् । त्यसैले यिनका घरमा परिवारमाझ कहिल्यै आँधीहुरी आएको देखिएन ।
साहित्यकी प्रेरक व्यक्तित्व लोकप्रियादेवी त्यस बेलाकी चल्तापुर्जा व्यक्तित्व मानिन्थिन् । सोहीअनुरूप २०१० सालमा मनाइएको भानु जयन्ती समारोह समितिमा यी पनि कार्यकारी सदस्य भएकी थिइन् । वास्तवमा यिनले नेपाली भाषासाहित्यमा जति योगदान दिइन्, धेरै दिइन् । यिनको रुचि र प्रस्तुति नै त्यस युगको एउटा ओजपूर्ण प्राप्ति थियो । त्यस बेला यिनले नेपाली भाषामा रोपेको बिरुवा आज ढकमक्क भई फुलेको छ । लोकप्रियाको इहलीला २०१७ साल जेठ १८ गते मङ्गलबार समाप्त भए तापनि यिनी नेपाली भाषासाहित्यमा सदैव जीवित भइरहिन् र भइरहनेछिन् ।
लोकप्रियादेवी आफ्ना भाइ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई बिछट्टै माया गर्थिन् । त्यसैले उनले आफ्नो भाइको निधनपछि आफ्नो काव्ययात्रा पनि आफ्ना भाइप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेर बन्द गरिन् । २०१६ सालमा उनले

चन्द्रकान्ताका परिवार जीवन र मृत्युसँग जुधेर आत्तिरहेका बेला यिनका बुबा आफ्ना सन्तान खोज्दै राजधानीबाट वीरगन्ज पुगे । त्यस समय उनी जेलबाट भागेर डाँडा काटेका थिए । त्यसैले रातारात उनीहरू नेपालको सिमाना नाघेर भारतस्थित रक्सौलमा पुगे । त्यस घडी उनीहरूसँग खान र बस्नका लागि धनका नाउँमा मन मात्र थियो । त्यस
आफ्ना भाइको शोकमा डुबेर ‘शोक विन्दु’ र ‘भाइको अपसोचको आँसु’ शीर्षकमा दुइटा कविता लेखिन् । त्यसपछि उनले पुन: कविता लेखिनन् । यिनै कविता नै लोकप्रियादेवीका अन्तिम कविता थिए:
कसरी किन आज के भयो
जगतै यो नरमाइलो भयो
कसरी मन यो बुझाउनु
कसरी आ“सु सबै सुकाउनु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *