Uncategorized

नारीचुली – प्रेमराजेश्वरी थापा


प्रियतम ! तिम्रो वक्षस्थलमा
केवल एकैफेरा
आ“खा चिम्लीकन सकेन
मस्तक मेरो बिचरा ।
प्रियतम प्रियतम ! भजिरहेछ
जिह्वा सबेरा !
प्रियतम भनीकन बज्न सकेन
प्रियतमको मुख मेरा ।
प्रेमराजेश्वरी थापाले प्रेमका परिभाषामा कविता लेखिन्, प्रेमीप्रतिका समर्पणमा कविता लेखिन् र प्रेममय जीवनलाई नै कवितामा स्थापित गरिन् । उनको कवितालेखनको स्रोत नै माया हो, उनको काव्यरचनाको गन्तव्य नै स्नेह हो र उनको सिर्जनात्मक अभिव्यक्तिको केन्द्रीय स्वरूप नै प्रेमको प्रस्तुति हो । त्यसैले उनी ‘शारदा’ युगमा नेपाली साहित्यमा झुल्कनेबित्तिकै चर्चित भइन्, पछि प्रसिद्ध भइन् अनि सुप्रसिद्ध पनि भइन् । त्यस युगमा प्रेममा डुबेर, प्रेममा भिजेर र प्रेममा नुहाएर कवितारचना गर्ने नारीस्रष्टाहरूको प्राय: अभाव नै थियो । प्रेमराजेश्वरी थापाले भने प्रेमविषयकै काव्ययात्रामा सक्रियतापूर्वक लागेर नारीको सर्वाङ्गीण प्रतिनिधित्व गरेकी थिइन् ।

प्रेमराजेश्वरी थापा तनकी पनि सुन्दरी थिइन्, मनकी पनि सुन्दरी थिइन् र धनकी पनि सुन्दरी थिइन् । तीमध्ये उनको व्यक्तित्वको रौनकले धेरैलाई लोभ्याएको थियो । उनको सुन्दरताको पारख गर्न धेरै युवाहरू थापानिवासमा झुम्मिने गर्थे । उनको शारीरिक चमकले त्यस बेलाका युवाहरूलाई लट्ठ्याएको थियो । उनको जीउडालको विषयमा
व्यक्तित्वको लेखाजोखा गर्न समालोचक हृदयचन्द्रसिंह प्रधान पनि अग्रपङ्क्तिमा उभिएका थिए । प्रधानले कवयित्री थापाको काव्यकृतिको गहिरिएर समीक्षा गर्दै लेखे— “कुमारी डम्बरशमशेर थापा नामबाट लेखिएका कविता पनि यिनै कवयित्री प्रेमराजेश्वरीका रहेछन् । यिनी श्री भिक्षुस्कूलकी कवयित्री देखिन्छिन् । भिक्षुका साथ यिनले पनि छायावादको प्रेमप्रवाह ल्याइन् । तर प्रेमतइभ्वको गहिराइमा कुमारी कवयित्री भिक्षुभन्दा पनि दुई कदम अगाडि पुगेकी हुन् ।… नेपाली व्यथाकाव्यकी प्रसिद्ध कवयित्री प्रेमराजेश्वरी थापाले आफ्नो भावाभिव्यक्तिको टेको ‘प्रियतम’ अर्थात् ‘प्रेम’देवताको आधार लिइन् । ‘प्रियतम’ को टेकोमा टेकेर कुमारी थापा प्रेमको सतहमा निक्कै पर पुग्न खोजेकी छन् ।…वास्तवमा कुमारी थापाको काव्यसाधनामा पीडाको सुस्केरा खूब छ, उनी पनि भिक्षुजस्तै दुःख, व्यथा वा पीडाकी सफल छायावादी कवयित्री हुन् । तर भिक्षुजीको व्यथा र कुमारी थापाको कथा बेग्लाबेग्लै छ । कुमारी प्रेमराजेश्वरी थापाको व्यथा चाहिँ केवल प्रेमको निम्ति एकोहोरिएको छ । प्रेमव्यथाकै उनी कवयित्री हुन्, उनको व्यथा प्रेमसित एकाङ्गी छ ।”
प्रेमराजेश्वरीका काव्यका सन्दर्भमा डा. ईश्वर बरालले पनि लेखेका छन्— “Òथापा नारी हुनाले प्रतिविह्वलताका अभिव्यक्तिमा भिक्षुभन्दा बढ्ता छटपटी छ । तिनका प्रेमार्थी भावना प्रियका निम्ति उद्रिक्त भएका छन् । यस प्रकारको प्रीतिपिपासामा थापाको सुकुमार हृदय धेरैजसो यस विषयसंसारमा यन्त्रणाबोधले पराहत भएको देखिन्छ । …सम्भ्रान्त परिवारकी युवती कुमारीको साहित्यक्षेत्रमा पदार्पण नभन्दै सप्रशंस थियो । त्यसमाथि झन् कवयित्री र लेखिकाको नगण्यतामा थापाको प्रयास अग्रगण्य भएको छ । Òप्रेमराजेश्वरीको नारीहृदय यस पुरुषसञ्चालित र अङ्कुशित संसारमा सीमाबद्ध भएकोले खुइय गर्दछ; मानौँ तिनका भिजेका आँखा छन् र डढेको मनोजगत् ।”
प्रेमराजेश्वरी थापाले प्रेमविषयका कविता जति लेखिन् ती सबै प्रेम र प्रेमबाट पलाउने विरह, आशा, नैराश्यका छायामा उनिएर लेखिन् । उनका लेखनको प्रेरक तइभ्व नै प्रेम हो । उनी सैद्धान्तिक र व्यावहारिक जीवनमा पनि प्रेमकी दोभान नै हुन्, चौतारी नै हुन् र भन्ज्याङ नै हुन् । उनको जीवन नै प्रेम हो र उनको जगत् नै प्रेम हो । उनी प्रेमविनाको मान्छे र पानीविनाको माछालाई एउटै धारमा राख्ने कवयित्री हुन् । त्यसैले उनले आफ्ना शब्दशब्दमा प्रेमको संसार पैmलाइन् । त्यति मात्र होइन लेखनको आरम्भदेखि नै उनले प्रेमगीत मात्र लेखिरहिन्—
प्रेमधन छ अनमोल वस्तु, प्रेम हो प्रभुको वरदान
प्रेममन्त्र पढेपछि कस्तै नीच होस् हुन जान्छ महान् ।
प्रेमराजेश्वरी थापाले आफ्नो साहित्यिक धारामा बग्दै जाँदा प्रेमका कविता मात्र लेखिनन् । उनले आफ्ना समकालीन साहित्यकार भवानी भिक्षुसँगको दोहोरीलेखन र काव्यिक मित्रता पनि परिपक्व बनाइन् । त्यसैले त्यस बेला यिनीहरूमाझ प्रेमकाव्यको जुहारी चलिरह्यो । यिनीहरू एकअर्कामा भावनात्मक रूपमा समर्पित थिए; तर अन्तर्जातीयताका कारणले औपचारिक रूपमा यिनीहरूले प्रेमप्रकरणलाई जनमानसमा देखाउन सकेनन् । भिक्षुसँग यिनको मन, वचन र कर्म जति नै समर्पित भए तापनि तात्कालिक समाजमा यिनीहरू हात समातासमात गरेर हिँड्न सक्तैनथे; तर पनि प्रेमराजेश्वरी थापा र भवानी भिक्षुमाझ सम्बन्ध प्रगाढ भइरह्यो । सुश्री थापा भिक्षुलाई कति सम्झन्थिन् भने उनी आफ्नो घरका पक्वान्नहरूसमेत भिक्षुलाई प्राय: पठाइरहन्थिन् ।
प्रेमराजेश्वरी थापा र भवानी भिक्षुको प्रेमप्रसङ्ग समकालीन साहित्यकारमाझ लुकेको थिएन । वास्तवमा दुवै स्रष्टाहरू प्रेम, यौवन र समर्पणकै कवितामा पाठकहरूलाई आपूmप्रति तान्ने गर्थे । यसै प्रसङ्गमा कुमारी थापाका प्रेमकविताका महइभ्वबारे रत्नध्वज जोशीले पनि लेखे— “प्रेमराजेश्वरीका कवितामा यौवनको गीतमा हुने स्वर तीखो भएको छ ।… कुमारी ड.श.थापाका सबैजसो कविताको विषय एउटै छ प्रेम ।”
प्रेमराजेश्वरी थापाका बुबा कमान्डिङ कर्नेल डम्बरशमशेर थापा धनी, स्पष्ट र कडा थिए । क. क. थापा भन्नु तात्कालिक समयमा धन पनि, शक्ति पनि र व्यक्तित्व पनि भएका व्यक्ति थिए । त्यस बेला क.क. डम्बरशमशेर थापासँग जोकोहीले फुर्ती हाँक्न गाह्रो पथ्र्यो । त्यसै परिवेशमा नै कुमारी थापा हुर्केकी थिइन् । थापाले गर्दा किशोरावस्थाको खानदानलाई धान्न कुमारी थापालाई सजिलो भएन । एकातिर उनले घरबाहिर जान ठूलै सङ्घर्ष गर्नुपथ्र्यो र बाहिर जानुपर्दा पनि मोटरमा नै चढेर हिँड्नुपथ्र्यो । त्यति बेलाको कथनबारे कुमारी थापाका भदा अमृतशमशेर थापा भन्छन्— “हाम्रो घरमा मोटर थियो र मोटरमा पर्दा लगाउने चलन थियो । खास गरेर नारीजातिलाई सवारीमा पर्दा खोल्न अनुमति थिएन ।”
स् घद्द स्
कर्नेल वीरेन्द्रविक्रम राणा भन्थे— “मेरी सानीमाको शारीरिक व्यक्तित्वको धेरैले प्रशंसा गरे ।” वास्तवमा उनी न गोरी थिइन्, न काली थिइन्, न अग्ली थिइन् र न होची थिइन् । त्यति बेला क. क. डम्बरशमशेर थापाका घरमा विविध वर्गका मान्छे अनेक निहुँमा भेला हुने गर्थे । मान्छे त्यहाँ जाने प्रमुख आकर्षण नै सुश्री थापा थिइन् । त्यस बेला क. क. थापाका घरमा गणेशशमशेर राणाको पनि प्रवेश भइरहन्थ्यो । उनी प्रेमराजेश्वरी थापालाई एकोहोरो प्रेम गर्थे; तर सुश्री थापा भने भिक्षुसँगका भावनामा आफ्नो भावना गाँस्ने गर्थिन् । राणाचाहिँ सुश्री थापाको रूप, रङ, बाबुको नाउँ र धनका लागि पछि लागेका थिए । यस्तै बेमौसमहरूका बीच प्रेमराजेश्वरी थापाको किशोरावस्थाले बिट मारेको थियो । त्यसपछि क. क. डम्बरशमशेर थापा आफ्नी छोरी ताक्न आएका युवाहरूलाई पन्छाउँदै आफ्नी छोरीलाई सम्झाइरहन्थे । त्यसघडी उनी प्रेमराजेश्वरीलाई भन्थे— “छोरी ! म तिम्रो बिहे त्यस व्यक्तिसँग गरिदिन्छु जसको जात छ, इज्जत छ र व्यक्तित्व पनि छ ।”
त्यति बेला अत्यन्तै ठूलो कुलघरानमा मात्र आफ्नी छोरी दिन डम्बरशमशेर थापा लागिपरेका थिए । थापा आपूmभन्दा तलकालाई छोरी दिन त के त्यस विषयको कल्पनासम्म पनि गर्दैनथे । उनी छोरीका निम्ति भनेजस्तै वरको खोजीमा थिए । आफ्नी छोरीलाई जोडा छान्दाछान्दा डम्बरशमशेर थापाले काठमाडौं उपत्यकामा योग्य वर भेटाउन सकेनन् । यही परिपाटीले गर्दा प्रेमराजेश्वरी थापाको कलकलाउँदो उमेर पनि क्रमश: ढल्ँिकदै जान थाल्यो । यो प्रकरण क. क. डम्बरशमशेर थापाका लागि पनि अमिलो हुँदै गयो । परिणामस्वरूप डम्बरशमशेर थापाले अनेक जुक्ति खियाएर प्रेमराजेश्वरीको बिहे भारतस्थित कानपुरका योगेन्द्रप्रताप शाहीसँग संवत् २००५ फागुनमा गरिदिए । शाही उत्तरप्रदेशस्थित सुल्तानपुरका रजौटा थिए । शाही हरेक हिसाबमा थापाका स्तरमा दाँजिने खालकै थिए । त्यसैले थापाले शाहीलाई आफ्नी छोरी कन्यादान गरेका थिए । त्यसपछिका प्राय: सम्पूर्ण दिन प्रेमराजेश्वरीले कानपुरमा नै बिताइन् । यिनले त्यहीँबाट म्याट्रिक पनि गरिन् । यिनीबाट सन्तान चाहिँ भएनन् ।
कानपुरमा बसेर पनि प्रेमराजेश्वरीले आफ्ना सबै सीपलाई निरन्तरता दिइन् । तर त्यहाँ बसेताका उनले नेपाली भाषामा कविता चाहिँ लेखिनन् । त्यहाँ रहँदा उनले हिन्दीभाषामा केही कविता लेखिन् । करिब आधा शताब्दी जीवन उनले कानपुरमा नै बिताएकी थिइन् ।
प्रेमराजेश्वरी थापा बहुआयामिक व्यक्तित्वकी धनी थिइन् । उनी हार्मोनियम बजाउँथिन्, सितार बजाउँथिन् र गीत पनि गाउँथिन् । साथै उनी पेन्टिङ गर्थिन्, कपडामा पूmलबुट्टा भर्थिन् र इम्ब्राइडरी गर्थिन् । उनी बुन्ने काममा विशेष रुचि राख्थिन् । उनको घरपरिवारका मान्छेहरूले त्यस बेला स्वीटर किन्नुपर्दैनथ्यो । सबैलाई उनी नै स्वीटर बुनेर प्रेमोपहार दिन्थिन् । त्यति मात्र होइन चिनेजानेका गण्यमान्य र मन परेका मान्छेलाई पनि उनी आपैmँले बुनेको स्वीटर उपहार दिने गर्थिन् ।
प्रेमराजेश्वरीको विशेष रुचिचाहिँ तस्बिर खिच्नु र खिचाउनुमा थियो । उनी पूmलबगैँचाकी सौकिन पनि थिइन् । उनी घरमा थरीथरीका पूmल रोप्थिन् । रूपकी धनी, प्रतिभाकी खानी र धनीकी छोरी भएर पनि उनमा कुनै तुजुक थिएन । उनी सादा जीवनको नमुना नै थिइन् ।
प्रेमराजेश्वरीको सबैभन्दा ठूलो गुण उनी मानवधर्मकी पक्षपाती थिइन् । उनी मिलनसार पनि थिइन् । उनी अर्काका सेवामा आफ्नो समय अर्पण गर्थिन् । घरपरिवारमा पनि पकाउने र खुवाउने काममा उनी समर्पित हुन्थिन् । उनी हरेक काम गर्दा जाँगरमा फक्रेकी हुन्थिन् । उनले आफ्नो शरीरमा अल्छीपन कहिल्यै ल्याइनन् । प्रणयले गर्दा उनी आफ्नो लेखनको एकसुरे बानीमा नै समर्पित थिइन् । उनी प्रेममा हाँसेर पनि कविता लेख्थिन् र प्रेमसँग दुःखमनाउ गरेर पनि कविता लेख्थिन् । उनी कविता लेख्तालेख्तै आफ्नो मनको गाँठो सर्लक्कै फुकाइसक्थिन्—
सहू“ सहू“, सब सहन सकू“ म
तीता तिम्रा सब गाली
जीवन अर्पण गर्दछु सहजै
मेरा प्रियतमको लागि ।
क.क. डम्बरशमशेर थापा तथा भीमकुमारीका तीनभाइ छोराहरू तिलकशमशेर, प्रसादशमशेर र लोचनशमशेर एवं तीनबहिनी छोरीहरू डोलराजेश्वरी, दुर्गाराजेश्वरी र प्रेमराजेश्वरी थिए । थापाका ६ जना सन्तानमा प्रेमराजेश्वरीको जन्म संवत् १९७२ फागुन १७ गते सोमबार काठमाडौंको हात्तीसारमा भएको थियो ।
प्रेमराजेश्वरी थापाले बिहेपछि पनि कविता लेखिरहिन् । ‘शारदा’मा छापिएका उनका कविताबाहेक भारतमा पुगेपछि उनी हिन्दीमा कवितालेखनमा अग्रसर भइन् ।

मायादेवी सुब्बाको जन्म संवत् १९७७ माघ १४ गते बुधबार दार्जिलिङको सुकियापोखरीमा भएको थियो । सरदार मदनदास सुब्बा र बोधकुमारीका तीनभाइ छोरा र चारबहिनी छोरीमध्ये मायादेवी जेठी छोरी थिइन् । त्यसैले पनि
प्रेमराजेश्वरी थापा ‘शारदा’ मासिक पत्रिकाको संवत् १९९७ चैत अङ्कमा प्रकाशित ‘किन ?’ शीर्षक कविताका माध्यमबाट नेपाली भाषासाहित्यका फाँटमा उदाइन् । उनको पहिलो प्रकाशित कवितासङ्ग्रह ‘अनुभूति’ (२०३१) हो । ‘अनुभूति’को भूमिका तारानाथ शर्माद्वारा लेखिएको छ । मुद्राराक्षस (अशुद्धि)का कारणले त्यस कृतिलाई प्रचारमा ल्याइएन भनिन्छ । अमृतशमशेर थापाका सौजन्यमा प्रेमराजेश्वरी थापाको अर्को कवितासङ्ग्रह ‘तिम्रो याद वर्षा’ (२०६३) प्रकाशित भयो ।
उमेर ढल्केपछि बिहे गरे तापनि प्रेमराजेश्वरी थापाले सुखमय जीवन बिताउन सकिनन् । यिनका पति योगेन्द्रप्रताप शाही सुभाषचन्द्र बोसको दलका कार्यकर्ता थिए । त्यसैले शाहीको समय पूर्णतया राजनीतिमा नै केन्द्रित थियो । एकातिर सन्तान नहुनु, अर्कातिर विदेशको वास हुनु अनि आफ्ना पतिको जीवन राजनीतिमा सक्रिय हुनु नारीका लागि कष्टकर नै हुन्छ । यसै परिस्थितिमा प्रेमराजेश्वरी पनि बाँधिएकी थिइन् ।
बुढेसकालमा पनि प्रेमराजेश्वरी थापा नेपाल आइरहन्थिन् । माइतीघरमा नै यिनी आफ्नो जीवन घरीघरी ल्याउन चाहन्थिन् । तर त्यस बेलासम्ममा यिनको मन आपैmसँग भाँचिइसकेको थियो । त्यति बेला पूर्वस्मृतिका अनेक विम्बहरू उनका आँखामा नाच्न थाले । अन्तत: उनीभित्र कुण्ठाको वास हुन थाल्यो । उनी झोक्राउन थालिन् । त्यस बेला उनी भन्थिन्— “मैले जीवनमा केही गर्न सकिनँ ।” जीवनप्रतिको नैराश्यमा नै उनी भौँतारिन थालिन् । त्यसपछि उनी अस्वस्थताले गर्दा चाहेर पनि आफ्नो माइतीघर आउन सकिनन् । यस्तै स्थितिमा उनी डिप्रेसनमा भास्ँिसदै गइन् । त्यसै रोगले उनको इहलीला समाप्त भयो । उनी २०५८ साल असार ३१ गते आफ्नै घर भारतको आर्यनगर, कानपुरमा स्वर्गीय भइन् ।
भौतिक रूपमा प्रेमराजेश्वरी थापाको जीवन सकिए पनि भावनात्मक रूपमा उनी यस धरतीमा नमर्ने नाउँ बनिन् । नेपाली कवितामा ‘छायावाद’की प्रतिनिधि कवयित्रीका रूपमा उनी जुनीजुनी बाँच्ने नारीस्रष्टा बनिन् । अनि प्रेम, विरह र समर्पणको काव्यसृजनाकी आधिकारिक गजुरका रूपमा उनी नेपाली भूगोलमा चिरञ्जीवी बनिन् । वास्तवमा उनी कवयित्री मात्र होइन, आशुकवयित्री नै थिइन् । उनी सुरुमै जे लेख्थिन् त्यही उनको आधिकारिक कविता बन्थ्यो । उनी लेखिसकेर फेरि त्यस कवितामा पूmलबुट्टा भर्ने काम गर्दिनथिन् । एकपटक कोरेपछि उनका कवितामा प्राण भरिइसकेको हुन्थ्यो । उनी अक्षर पनि सुन्दर लेख्थिन्; तर लेखिसकेको अक्षर उनले दोहो¥याएर गनिनन् । उनले एकपटक लेखिसकेपछि त्यही कविता अन्तिम हुन्थ्यो—
प्रेमै हो जीवनको आधार, प्रेमै दिन्छ आनन्द अपार !
प्रेम नै हो जीवनको सार, प्रेम गर्नु नै हो सत्य विचार !

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *