तिमीलाई भनु म कसरी – How can I say with you?

तिमीलाई भनु म कसरी – How can I say with you?

बगिरहने तिम्रो आँसुको मुहान म कसरी रोकु
फेरिहने तिम्रो चोखो वाचा कसरी मानु
बदलिरहने तिम्रो चञ्चल मन कसरी समातु
समात्न नसकेपछि तिमीलाई भइन दयालु
रोइ हास्ने तिम्रो अधर कसरी चम्काउ
लुक्न खोज्ने तिम्रा पीडा कसरी भेटाउ
फेरिरहने तिम्रो मुहार कसरी हसाउ
ह“साउन नसके पछि तिमीलाई भए शनि र राउ
सानो पीडामा रुने आँखाहरु कसरी मनाउ
खुला किताब नबन्ने तिम्रा कहानी कसरी छपाउ
उम्लिरहने तिम्रो रीसलाई कसरी सेलाउ
सेलाउन नसके पछि भन कसरी मै बिलाउ

बिष पिएर बा“चिरहने तिम्रो आत्मा कसरी बचाउ
सानो बेगमा लडि दिने तिम्रो जीवन कसरी उठाउ
दबी रहने तिम्रो आवाजलाई कसरी सुनाउ
सुनाउन नसकेपछि भन म कसरी हराउ

– नरेन्द्र पौडेल “आन्जन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *