मेरो जीवन – My Life

मेरो जीवन

कति ठक्कर छ प्रत्येक स–साना आस्थाहरूमा
कति धोका कति हार निर्दोष मेरो यो धड्कनमा
लाग्छ कहिले देख्दा मुटु नै शिशा झै फुट्दा जस्तो
तर छैन सुख यहा“ रहनुपर्छ भएर ज्यू“दो लाश जस्तो
कठोर यो जिन्दगीलाई भगवान् किन श्रृष्टि दियौ
अनि एकनासले दुःखै दुःखको भूमरीमा बेरिदियौं
त आज जिन्दगी एउटा बिरानो शब्द विहिन कहानीमा बद्लेको छ
आफूले आफै नचिन्ने एउटा डुबिरहेको नाउ भित्र कैदी बनेछ

अब त लाग्छ प्रत्येक पलहरू अचुक निशामा लम्किए जस्तो
सत्यताहरू पनि विश्वास विहिन बगरमा छटपटिए जस्तो
त आज जिन्दगीको कठिन रसीमा अल्झि गहिराइ नापी रहेछु
आफ्नै भाग्यलाई पि“जडामा थुनि कसैलाई सुम्पन चाहिरहेछु

फसेबूकमा नरेन्द्र पौडेल “आन्जन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *