उनी (She)

उनी (She)

सप्तर¨ी इन्देणीको आ“चल ओढी उनी मुस्कुराउछिन
छाति भित्र छङछङ झर्ने झरनाको माया बोकी गीत गाउ“छिन
झरेका पातहरूलाई सिन्कामा उनेर उनी नया“ आकृति कुन्दछिन
वसन्तको सुसेली छोपी निरस आवाजमा जोश थपि दिनछिन

नदिका छालझै ठोकिइ बगे पनि सागर जस्तै महानता लुकाइरहेछिन
अग्नी कुण्डमा जलि रहे पनि पानी भैm बर्सिएर सितलता दिइरहेछिन
न्याउलीले गाइरहेको आफ्नो जीवनलाई बिर्सी कोइली अवाज गाइरहेछिन
का“डै का“डको पक्षमा उभिरहेर पनि फूलको शैøया विच्छाइ रहेछिन

औशीको रात झै व्यथा सहेर पनि हिमाल झै हा“सि रहेछिन
कन्टकको विष पिएर पनि अमृत धारा बगाई रहेछिन
शिशा झै चर्किएर पनि मनको बा“धमा हा“सोहरू बा“धिरहेछिन
बादल बनि आकाशमा छाए पनि मीठो पवन पनि सुस्कुराई रहेछिन

– नरेन्द्र पौडेल “आन्जन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *