Uncategorized

आज उनी हासिन – Today She Laughed

आज उनी हासिन

अन्धकार रातहरूमा
आफ्नै श्वासको आवाजस“गै
उनी डुल्ने गर्थिन
छचल्की पोखिएका
कयौं आशुका
थोपाहरूको साहारा लिएर
प्यास मेटाउने गर्थिन
निर्भिक बगिरहेका नदीका छालहरू
हेरि बस्थिन
अनि सोध्थिन बगि जाने हो कहा“
उत्तर विहीन भावहरू मुटुमा गाठो पारी
भक्कानो भुटाएर रुने गर्थिन छाती पिटी
तर चुप दुनिया“
तर आज
उनकै निर्दोष मनले
उनीलाई आग्रह गरेको छ
अनि मात्र मन भरिको पीडा बिर्सिइ
आज उनी हासिन

एकतर्फी जीवनको
एकपंक्ति आशाका बीच
उनी कुदिरहन्थिन नफर्किकन
सहन आफू पछिको छाया
चिसो चिसो सिरेठोमा,
जमिरहेको आफ्नो अस्तित्व
पगाल्ने गर्थिन जबर्जस्ती
सल्काएर भिजेको माया
ओठ मात्र चलाएर
कठोर दासता निडर स्वीकार्थिन
नसकेर कोर्न भाग्यरेखा
सुनौलो विहानीको
दिनभर भिजेका
उनका पुराना पानाहरू सुकाउथिन
फेरि राती त्यही पानाहरूमा
आशुले कोर्थिन कहानी जीवनको
तर आज
उनकै आफ्नै धडकनले
उनीलाई आग्रह गरेको छ
अनि आ“खा अगाडि टुक्रिएको संसारलाई चिम्ली
आज उनी हासिन

प्रत्येक पटक फेरि रहेको आफ्नै श्वासले
उनीलाई विष चढाइ लढाइ दिने गथ्र्यो
सारा संसार माझ
पूर्णिमाको चा“द पक्रन खोज्ने
उनको मन,
गुलाफझै फक्रन खोज्ने
उनको चाहनालाई
पैतालाले कुल्ची मात्र नै गर्थिन
उनका सपनाहरू
सगरबाट हि“ हि“ हु“ हु“ गरि
उनीलाई जिस्काइ टुक्राइ दिने गर्थे
छिनछिनमा
मुर्दा आशालाई
निस्क्रिय धडकनको सहरा लिइ,
मनको चितामा विलाउन खोज्थिन
जलेको विश्वासको लप्कामा
तर आज
उनको अस्तित्वले उनलाई स्वीकारेका छ
अनि मात्र
लामो यात्राको एउटा बिसौंनीमा
आफूलाई बिसाई
आज उनी हासिन


आज उनी हासिन
फसेबूकमा नरेन्द्र पौडेल “आन्जन”

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *