तिमीस“ग (कविता) – With You (Poem)

तिमीस“ग (कविता)

निस्लोट भावहरूलाई तिमी अमूल्य उपहार बनाई फर्काइ दिन्छांै लाग्यो
मन भित्रका ज्वाराभाटाहरू तिमी स्थिर तलाउ बनाउछांै झै लाग्यो
मेरो मनको आवाज तिमी सुनाइ दिन्छौं जस्तो लाग्यो
मबाट बाहिरिएको विश्वास पुनः रोपिदिन्छौं झै लाग्यो
रित्ति सकेका मनका रहरहरूमा प्राण भरिदिन्छौं झै लाग्यो
रङ्गीन बनाएर मेरा भाग्यहरू कोरिदिन्छौं कि जस्तो लाग्यो
नशाको मातस“गै तिमीलाई मनको साथी बनाउ जस्तो लाग्यो
रिस उठे तिमीलाई नै फकाएर रुवाउ भैm लाग्यो
तिमीलाई नभेटदा एकछिन संघारको बत्ति निभे जस्तो लाग्यो
लठ्ठ बनाई दिने भएर होला तिमी नशा झै लाग्यो
डुब्न आ“टेको आस्थाको नाउलाई तिमी तारिदिन्छौं जस्तो लाग्यो
संसारबाट टाढिरहेको म तिमीले नै हात थामिदिन्छौं झै लाग्यो

नरेन्द्र पौडेल “आन्जन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *