किन यसरी बदलि दियौं – Why you changed like this?
किन यसरी बदलि दियौं – Why you changed like this?
हातहरू थामी ज¨घारहरू एक्लै तारिदिएकी थियौ
मुटुभित्र लुकाएर चा“दनी जस्तै आधर चम्काइदिएकी थियौ
तर आज किन यसरी हातहरू छोडि तिमी बदलिदियौं किन
लक्ष्य सम्म नपुग्दै बीचमै अ“धेरी रात पारिदियौं किन
संसारभरिमा बढी माया गर्ने तिमी, निसंकोच भन्थ्यौ
सानो मेरो गल्तिमा पनि चित्त दुखाएर रुने गर्दथ्यौ
तर आज छेपराको र¨ झै तिमी बदलिदियौं किन
मेरै छाति माथी विस्तारै कुल्ची गयौं किन
दुःख सुख साझा भनि मलाई आशावादी बनाइदियांै
आशुका भेललाई हा“सोमा बदली मलाई बा“च्न सिकायौं
तर आज मेरो सानो तिरस्कारलाई नसहेर बदलिदियौं किन
मलाई आ“सुको पोखरीमा डुबाएर आफू फर्कि आयौं किन
एकल यात्री भनि दिल भित्र मलाई बास दिए थियौं
अधेरीलाई चिरी मेरो ओठामा मुस्कान भरिदिएकि थियौं
तर आज अञ्जान बनि बाटो नै बदलि दियौं किन
मलाई सागर बीचमा छाडी आफू बिलाइ गयौं किन
हराउन लागेका आशालाई परेली भित्र सजाई दियौं
चिप्लि लडन आ“टका पाइलालाई धर्ती बनि रोकिदियौं
तर आज फक्रन आटेको कलिलो मनलाई धोका दियौं किन
साह्रो पथ्थर सम्झी नदीको बगरमा नै छोडिदियौ किन
का“डा बीच फक्रिएको गुलाफ भनि सबै सामु सजाइदियौं
ओइलाइ रहेका आस्थामा पनि शीत बनि फक्राइ दियौं
तर आज कठोर हुरी बनी मलाई भु“इमा झारिदियौं किन
पापी फूल भनी सबै सामु एउटा नमूना बनाइदियौं किन
– नरेन्द्र पौडेल “आन्जन”