Happy Mother’s Day to You – आमा!

Happy Mother’s Day to You आमा!

I’m just making this post to wish you happy mother’s day to all of you. I’e some short pieces or likely to be called as poems for mothers day or Mata Tirtha Aushi or Ama ko mukh herne din. You can share these as your facebook or twitter status or in any other social media.
Happy Mother's Day Nepal 2016 (2073)/आमा को मुख हेर्ने दिन
Happy Mother’s Day Nepal 2016 (2073)/आमा को मुख हेर्ने दिन

आमा को मुख हेर्ने दिन 

————————————————————————————————————————–

आमा! तिमी ब्रम्हाण्डकी रानी हौ
स्वच्छ, निर्मल गंगाकी पानी हौ
एक्लै पर्ने हो कि डर छ सर्बत्र
साथ हुन्छौ मेरी साथी सानी हौ
सदमार्गमा लाग्ने प्रेरणा दियौ
शालीन तिमी असल बानी हौ
जस्तै भुल गर्छु चोट पुर्‍याई
दिन्छौ माफ् बिर्सी पीडा दानी हौ
दिएर कहिल्यै त्यो नरित्तिने
दया, माया, ममताकी खानी हौ

————————————————————————————————————————–

अनुहार र फिगर जस्तो सुकै किन नहोस्
उस्को बच्चा सँग सोध संसारमै सबैभन्दा राम्रो को छ भनेर
सबै भन्दा सुन्दरता ले भरिपूर्ण उत्तर आउने छ
‪#‎आमा‬

————————————————————————————————————————–

आमा!
छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि सुनिरहेकी थिईन।

छोरा- हामी आफ्नो जागीरको कारणले गर्दा आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई बृद्धाआश्रम भर्ती गराईदिउँ “त्यहाँ उनको हेरचाह पनि हुन्छ र हामी पनि कहिलेकहिँ भेट्न जाँदै गरौंला।

छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्किए।

बुहारी- पैसा कमाउनको लागि त पूरा जिन्दगी छ हजुर, तर आमाको आशिर्वाद जति पनि मिलोस् त्यो कम हुन्छ “उहाँलाई पैसाभन्दा धेरै हाम्रो साथको जरुरत छ।

यदि मैले job गरिन भने पनि धेरै नोक्सान नहोला,

म आमासँगै बस्छु, बरु घरमै बच्चाहरूलाई ट्युशन पढाउँछु, जसकारण आमाको हेरचाह पनि हुनेछ।

याद गर्नुस्, बचपनमै तपाइँको बुवा बित्नुभयो, तपाइँकी आमाले निक्कै दुख कष्ट सहेर तपाइँको पालनपोषण गर्नुभयो, तपाइँलाई पढाउनु भयो लेखाउनु भयो, यत्तिको सक्षम बनाउनु भयो।

त्यतिबेला उहाँले तपाइँलाई कहिल्यै छिमेकीको भरोसामा छोड्नु भएन,

कारण: तपाइँको हेरचाह उहाँ बाहेक अरु कसैले राम्रोसँग गर्न सक्दैन्थ्यो।

र आज त्यही आमालाई तपाइँ यस्तो भन्दै हुनुहुन्छ??

तपाइँ जेसुकै भन्नुस्, तर आमा हाम्रो साथमै रहनुहुनेछ, सधैं, अन्तिम क्षण सम्म।

बुहारीको कुरा सुनेर आमा रुन थाल्छिन, र रुँदै पुजा कोठामा पुग्छिन,

ईश्वरको अगाडि उभिएर आमा उनको आभार व्यक्त गर्दै भन्छिन- भगवान, तपाइँले मलाई छोरी दिनु भएन, यसकारण धेरैपटक मैले तपाइँको अपमान गरेकी थिएँ,

तर..

आज यस्तो लक्ष्मी मेरो घरमा दिनुभयो “तपाइँको आभार कसरी प्रकट गरुँ?

लक्ष्मि जस्ती बुहारी पाएर मेरो जिन्दगी सफल भयो भगवान, धेरै धेरै धन्यवाद तपाइँलाई।
मोरल: सबै बुहारीहरु सासुको विरुद्ध हुँदैनन्, कोहि समझदार पनि हुन्छन् “जसले आमाको महत्त्व बुझेको हुन्छन् “त्यस्ता बुहारीहरु लाई मेरो सलाम।

महत्त्वपूर्ण मोरल: आमाले जुन गुन लगाएकी हुन्छिन्, त्यो कहिल्यै तिर्न सकिँदैन “आमाको माया, शितल ममताको छाँया अनि आमाले उठाएको दुख …त्यो अमुल्य अनि सदा अमर हुन्छ।
————————————————————————————————————————–
जब म एक्लो अनि साहारा बिहिन हुन्छु ।
तब
उसैको याद आउँछ जस्ले ।।
मलाई यो सन्सार मा जन्म दिने ।
आमा!

————————————————————————————————————————–

बुहारीले ऐनामा लिपिस्टिक ठिक गर्दै भनिन , ” आमा! आज तपाइले आफ्नो खाना आफै बनाउनु , मलाइ र यिनलाई आज एउटा पार्टीमा जानुछ ” वृद्ध आमाले भनिन ” छोरी मलाइ ग्यासबाला चुल्हो बाल्न आउदैन “

तब छोराले भन्यो ” आमा छेउमा रहेको मन्दिरमा आज भण्डारन छ त्यहाँ गइहाल्नु खाना बनाउने झन्झट गर्नु
 पर्दैन….!!! आमा चुपचाप आफ्नो चप्पल लगाएर मन्दिर भएको तिर गइन।

यो पूरा वार्तालाप 10 सालको छोरा रोहनले सुनिरहेको थियो । पार्टीमा जाने समयमा रोहनले आफ्नो ममिडेडिलाई भन्यो “डेडी जब म धेरै ठूलो मान्छे बन्छु नि तब म पनि आफ्नो घर कुनै मन्दिरको छेउमा नै बनाउछु ” ममिले उत्सुकतावस सोधिन ” किन छोरा ? रोहनले जुन जवाफ दियो त्यो कुरा सुनेर उनिहरु दुवैजना

को शिर लाजले निहुरिएर तल पर्यो । रोहनले भन्यो ” किनकी ममि मलाइ पनि कुनैदिन यस्तै पार्टीमा जानुपर्ने हुदा तपाईं पनि कुनै मन्दिर मा खाना खान जानुहुनेछ । म चाहदिन कि कुनै टाढाको मन्दिरमा जानुपरोस …!!!!!

————————————————————————————————————————–

ढुङ्गा तबसम्म शुरक्षित हुन्छ,

जबसम्म पर्वतसँग जोडीएको हुन्छ ।

पात तबसम्म शुरक्षित हुन्छ, 
जबसम्म रुख सँग जोडीएको हुन्छ ।

मान्छे तबसम्म शुरक्षित हुन्च,

जबसम्म ऊ परीवारसँग जोडीएको हुन्छ ।

किनकि परीवारसित अलग भएर स्वतन्त्रता त मिल्न सक्छ,

तर सँस्कार गइदिन्छ ।
————————————————————————————————————————–
एक मसानघाटमा लेखिएको थियो ” कसैलाइ के आरोप लगाउनु साथी ….. जिन्दगीमा सताउनेहरु पनि आफ्नो थिए र जलाउनेहरु पनि आफ्नो थिए ।
————————————————————————————————————————–

आमा दैब ईस्वर ममता कि खानी ” सबै आमा एक सम्मान हुन 

You can also find  Mother’s Day Facebook status in English too.

Leave a Reply

Your email address will not be published. Required fields are marked *