दार्जिलिङका नेता ज्युहरु लाई केहि प्रश्नहरु

दार्जिलिङका नेता ज्युहरु लाई केहि प्रश्नहरु दार्जिलिङका नेता ज्युहरु लाई केहि प्रश्नहरु

दार्जिलिङको एक नेताको मुख बाट निस्किएको शब्दले नेपाल र नेपालीको ध्वजि उडेको छ। दार्जिलिङमा भाषाको विषय लाई लिएर आन्दोलन सुरु भएदेखि ३ जना मारिए। यसो भई रहदा नेपाल लगायत बिश्वको कुनै पनि कुनामा बस्ने नेपालीको मन दुख्नु स्वभाविक पनि हो।त्यसैले सबै नेपालीले दार्जिलिङमा बसोबास गर्ने नेपाली माथी भएको दमनको बिरोध र दार्जिलिङबासी प्रती सहानुभुती सद्भाव राखेकै हो, यो सद्भाव कुनै पनि दार्जिलिङको नेताले दार्जिलिङ लाई नेपालमा गाभ्देला भन्ने आसले गरेको हैन त्यो हामी कदापी गर्ने वाला पनि छैनौ, तर जसलाई हामी हाम्रा दाजुभाइ भनेर सपोर्ट गर्यौ उनिहरु बाटै सामाजिक संजालमा यस्ता गलत आरोप र गाली सुन्नु पर्दा हामी नेपाली गोर्खालीलाई मान्य भएन पाच्य भएन,आम नेपाली समुदाय ले समर्थनको साटो बिरोध जनाउन थाले, हामीले गल्ती गरेको महसुस भयो |

अब रहयो गोर्खाल्यान्ड र गोर्खालीको कुरा यस् विषयमा दार्जिलिङमा बसोबास गर्ने दाजु भाइहरु यदि गोर्खाली हुन भने नेपाल युनिफिकेसन को ईतिहास पढ्न म अनुरोध गर्दछु, यदि तपाईंहरु इन्डियन हो भने तपाईहरु शिरमा ढाका टोपी लाउन छोड्नु होस दौरा सुरुवाल त्याग्नु होस नेपाली भासा त्याग्नुहोस र अर्कै तपाईंहरुको पहिचानमा आन्दोलन गर्नु होस त्यो उचित होला अनि त्यो नेता जसले नेपालीको मान मर्दन हुने अभिव्यक्ति दिए उनलाई नेपाल एकीकरणको ईतिहास पढाउनुहोस उहाँको पढाइ खासै भए जस्तो छैन यस्ता अनपढलाइ नेता मान्दा दार्जिलिङ बासिलाइ पनि कुनै फाइदा हुन्छ जस्तो मलाइ लाग्दैन ।
यो भन्दा अघिको गोर्खाल्यान्ड आन्दोलनको समयमा सि आर पि एफ को दमन सहन नसकेर नेपालमा सेल्टर लिएर बसोबास गर्ने दार्जिलिङ बासिको संख्या अझै पनि नेपालमा धेरै छ। तपाईंहरु आन्दोलनमा होमिनु भएको छ।त्यसमा सफलता हात लागोस मेरो शुभकामना छ। तर फेरि दमन भए भागेर नेपाल पस्ने दुस्साहस नगर्नु होला ।अन्त्यमा त्यो नेपाली र नेपाल प्रती घृणित शब्द ओकालत गर्ने नेतालाइ यो सन्देश पठाउन चाहन्छु कि आफ्नो आमा गरिब दुखी रोगी भइन भन्दैमा आफ्नो आमा स्याहार गर्न छाडेर अर्काकी आमाको पाउ ढोग्न कदापि जाइदैन ।यदि नेपाली हो भने गोर्खा हो भने ।
दार्जिलिंगे नेता ज्युहरुको कुरा सुनेर केहि प्रश्न गर्न र सल्लाह दिन मन लाग्यो :-

  1. तपाईहरु ईन्डियन मात्र हो भने गोर्खाल्यान्ड भन्ने नाम तुरुन्त परिवर्तन गरेर अर्कै नाम राख्नुस किनकि गोर्खा भन्ने शब्द नेपाल र नेपालिको मात्रै हो।
  2. ईन्डियामा बसेर गोर्खाल्यान्डको माग गर्न आफैले गल्ती गर्दै हुनुहुन्छ ।
  3. ईन्डिया र पाकिस्तान भन्ने देश जन्मनु अघि तपाईको दार्जिलिङ कुन देशमा थियो?
  4. सुगौली सन्धी पछि र त्यस पछिको सन्धिमा
  5. त्यो सुगौली सन्धी खारेज गरेपछि दार्जिलिङ कता तिर जानू पर्ने थियो त ?
  6. नेपाल गरिब देश हो तर नेपालको सबै जनता जतिको जनसंख्या जति त ईन्डियामा भिकारी छन किन?
  7. भुटानले जस्तो भोलि देश निकाला गर्यो भने शरण लिन कता जानू हुन्छ ?
  8. तपाईले आफ्नो शिरमा लाएको टोपी नेपाली हो किन लगाउनु हुन्छ ?
  9. तपाईले बोलेको भाषा नेपाली खस भाषा हो किन बोल्नुहुन्छ? चुप लागेर ममताले भनेको भाषा बोले भई गो नि।
  10. खुकुरिको सान बारे किन धाक लडाउनु हुन्छ त्यो नेपालको हो होइन र ?
  11. आफ्नो स्वभिमान धनि र गरिबी संग दाज्ने तपाई कस्तो नेता हो ?
  12. तपाईले दार्जिलिङ, सिक्किम, नेपाल अनि आफ्नो पिता पुर्खा बारे ईतिहास कतिको अध्ययन गर्नु भएको छ ?
  13. १९४९ र १९५० मा पाकिस्तान र ईन्डिया देश बनी सके दार्जिलिङ लगायत अरु नेपालको भु-भाग किन ईन्डिया रहन गयो थाहा छ ?
  14. तपाईं सिक्किमे दार्जिलिङगे नेपालीहरुलाई केही पर्दा हामि नेपालिको मन दुख्छ तर तपाईको हामी प्रती यस्तो सोच आखिर किन ?

यस्ता प्रश्नहरु धेरै छन। दार्जिलिङका नेता ज्युहरु। बोल्दा अलिक ज्ञान बटुलेर बोल्न पनि अनुरोध गर्दछु र राष्ट्रिय संबेदनसिलतालाई पनि ध्यान दिन अनुरोध गर्दछु | — पवन लिम्बू

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *