तिम्रो विविधता

तिम्रो विविधता
गुलाफ फक्रयो तिमी मुस्कुराउदा
पवन चल्यो तिमी सुस्कुराउ“दा
पात नाचे तिमीले नाचिदिंदा
ताराहरू चम्के तिमीले चियाइ दिदा
ऋतुहरू बद्ले तिमीले हेरि दिदा
मेघहरू गर्जे तिमीले रिसाइ दिदा
हिमालहरू पग्ले तिमीले दया बालि दिदा
गंगाहरु उर्लिए तिमीले प्रिय वर्षाइ दिदा
बाटाहरू कुदिए तिम्रो चाहना बगि दिदा
अधरहरू चम्किए तिमी ह्दयमा बसि दिदा
– नरेन्द्र पौडेल “आन्जन”
Add it to Google
Recent Comments