साथीहरु


नबोलाउ साथीहरू भेट्न भनि मलाई,
म त घर भित्रै कुज्जिएर हिंड्न नसक्ने भा छु 
न देउ साथीहरू उपहार भनि मलाई,
म त नियतिका उपहार मात्र लिने भा छु
नलगाउ साथीहरू आशाको खेति गर भनि मलाई,
म त चन्द्रमा सूर्य सम्म नचिन्ने भा छु
न लाग साथीहरू बदल्न भनि मलाई,
म त खिइएको नदिको ढुंगा भा छु
न लगाउ साथीहरू हास्न भनी मलाई,
नसम्झाउ साथीहरू जीवन के हो भनी मलाइ,
म त जीवको अर्थ क्यानभासमा कोर्ने भा छु
म त हास्न भुलिसकेकछु
नसोध साथीहरू के भो भनि ,
म त ज्वाला भित्र मस्त दन्कि रा छु
न देखाउ साथीहरू बाटोभनि मलाई,
म त जीवनको दोसा“धमानैं हराई रा छु
न कोर चिठी साथीहरू सम्झि मलाई,
म त संसारबाट टाढिने भा छु
– नरेन्द्र पौडेल “आन्जन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *