गीत

दिन ढल्यो रात आयो तर तिमी आएनौं
मन जल्यो खरानी भो तर तिमी फर्केनौं
प्रिय, तिमी किन आएनौं
मन मेरो फेरि किन सम्हालेनौं ?

थियो कसम सगै बाच्ने
माया बाडी सगै हा“स्ने
दुई दिनको यो चोलीमा
प्रिय तिमीले किन सम्झेनौं
मुटु मेरो फेरि किन चोरेनौं ?

आशै आशमा तिम्रो बाटो म कुरी बसे
रात दिन केवल तिम्रो यादमा तड्पी बसे
झुटो तिम्रो त्यो कसममा
प्रिय, तिमी किन बदलेनौं
फेरि फूल बनि मेरो मनमा फक्रेनौं ?

मन्द मन्द पवन मुस्कुराई रहेछ
आजाद पंछि भइ मन उडि रहेछ
कुना कुनाबाट तिम्रो यादले तड्पाई रहेछ
आखिर तिम्रो रूपले मलाई बेचैन बनाई रहेछ ?

नसोध मेरो घरको ठेगाना, पाती पातीले बारेको छ
नसोध मेरो मनको बेदना, आ“सु आ“सुले भरिएको छ
नपल्टाऊ मेरो जीवनको पाना, तीतो अतितले लेखिएको छ
नजिस्काउ मेरा नयन ताललाई पहिल्यै  तार टुटिसकेको छ
नदेउ प्रित सापटी मलाई प्रितको भण्डार त लिलामी भई सकेको छ

उडि हिड्ने चरीलाई के थाहा समुन्द्रको गहिराइ कति छ भनेर
बगि हिड्ने नदिलाई के थाहा स्थिर बगरको व्यथा कति छ भनेर
चुमि घुम्ने भभरालाई के थाहा पूmल भित्रकोे पे्रम कति छ भनेर
अन्धा स्वार्थीलाई के थाहा स्वार्थहिन संसारको वास्तविकता कति छ भनेर
बन्धन तोडी जानेलाई के थाहा बन्धनमा जलेर रहेको अस्तुको मूल्य कति छ भनेर

आकाशमा उड्ने नसके पनि धरर्तीमा गुड्न सकुला
धनको माया दिन नसके पनि आत्मा देखिको माया दिन सकु“ला
आकाशका नौलाख तारा सुम्पिने नसके पनि धर्तीकौ फूल दिन सकु“ला
सागरको सवै जल तिमीलाई चढाउन नसके पनि प्रितको जल चढाउन सकुला
सुन चादिले सुसज्जीत महलमा सजाउन नसके पनि सानो ह्दयमा सजाउन सकुला
सारा प्रकृतिका उपहार दिन सके पनि यो चोखो जीवन उपहार दिन नसकुला

– नरेन्द्र पौडेल “आन्जन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *