Uncategorized

नारीचुली – मायादेवी सुब्बा


मायादेवी सुब्बा नेपाली साहित्यमा लामो र छोटो कथा बुन्न सिपालु शिल्पीको नाउँ हो । उनी नारीका लागि अप्ठ्यारोे मानिने त्यस समयमा पनि नेपाली भाषासाहित्यको आन्दोलनमा लागिन् । वास्तवमा त्यस घडी नारीलाई कविलेखक भएर हिँड्न त्यति सहज परिस्थिति थिएन । तर उनी आफ्नो रुचिमा दौडँदै हिँडिन् । अथवा भनूँ; त्यस बेला आफ्नो सृजनात्मक प्रतिभा पोख्न उनी सक्रिय भइरहिन् । बाल्यकालमा नै उनी कवितालेखनमा आकृष्ट थिइन् । उनी कृतिगत रूपमा ढिलो जन्मे तापनि फुटकर रचनाकारका रूपमा सातसालको हाराहारीमा उदाएकी थिइन् । त्यति बेला उनको उत्साह विशेष गरी साहित्यमा झ्याङ्गिएको थियो ।
मायादेवी सुब्बा नेपाली भाषासाहित्यमा तेस्रो उपन्यासकारका रूपमा स्थापित स्रष्टाको नाउँ हो भनिन्छ । अर्थात् नेपाली साहित्यमा अम्बालिकादेवी र पवनकुमारीपछि उनी अर्की नारी उपन्यासकारका रूपमा झुल्किन् । उनले उपन्यासमात्र लेखिनन् कथासङ्ग्रह पनि प्रकाशनमा ल्याइन् । उनले फुटकर रूपमा नै भए पनि नाटक, प्रहसन र निबन्धप्रबन्ध नेपाली साहित्यसंसारमा पस्किन् । तर उनका अरू विधाका प्रसङ्गलगायत उनले लेखेको उपन्यासका बारेमा समेत आजसम्म कसैले चर्चा गरेको पनि पाइँदैन । वास्तवमा उपन्यासविधाका कुनै समालोचकले पनि उनको नाउँमात्रै पनि कहीँकतै उल्लेख गरेको देखिएन ।
स् घद्ध स्
उनले बाल्यकालदेखि नै हरेक कुरामा सरदार सुब्बाको तालिम पाएकी थिइन् । सरदार सुब्बा त्यहाँका नामी व्यापारी थिए । अङ्ग्रेजहरूबाहेक निजी मोटर चढ्ने पनि उनी नै पहिलो नेपाली थिए । अङ्ग्रेजले उनलाई स्थानीय सरदारको दरबन्दी दिएका थिए ।
मायादेवी सुब्बाले आफ्नै बुबाबाट कखरा पढेकी थिइन् । स्कुलका हकमा दार्जिलिङको मिसिनरी गल्र्स स्कुलमा उनी शिशुकक्षामा भर्ना भएकी थिइन् र त्यहीँबाट उनले एस.एल.सी.सम्म पढिन् । त्यसपछि वैवाहिक कारणले यिनको पढाइमा बढोत्तरी हुन सकेन ।
मायादेवीको बिहे इलामका पदमबहादुर देवानसँग भएको थियो । बिहेताका यिनी सोह्र वर्ष पुगेकी थिइन् । बिहेपछि पनि मायादेवीले आफ्नो नाउँपछि पतिको थर झुन्ड्याइनन् । त्यति बेलाको कठोर पुरुषप्रधान समाजमा पनि उनी आफ्नै जन्मजात सुब्बा थर लेख्न र बोल्नमा नै केन्द्रित भइन् ।
मायादेवी सुब्बाका पति पदमबहादुर देवान नेपालको सामाजिक र राजनैतिक क्षेत्रमा सुपरिचित छन् । देवान पनि सामाजिक सेवामा क्रियाशील थिए । खास गरेर उनी नारीशिक्षा, नारीहित र नारीजागरणका लागि पहरा फोर्न पनि पछि सर्दैनथे । त्यसैले मायादेवी सुब्बाले दाम्पत्य जीवनको प्रारम्भिक बेला पनि आपूmलाई नयाँ ठाउँमा पुरानो बनाएकी थिइन् ।
सुब्बा दम्पतीले चार छोरी रुद्रकुमारी श्रेष्ठ, उषा महरा, मीना जोशी र मुक्ता श्रेष्ठ तथा तीन छोरा अशोक देवान, उदय देवान र अनुप देवान जन्माएका थिए । मायादेवीका सबै छोराछोरीले आआफ्नै प्रकारले घरजम गरे र सकेसम्म सबैले स्तरीय जीवन निर्वाह गरे । छोरीहरूजतिले चाहिँ अन्तर्जातीय बिहे गरे ।
मायादेवी सुब्बा सानैदेखि सुकिली थिइन् । यिनको मन पनि त्यति नै सुकिलो थियो । यिनको बानीबेहोरा पनि स्वच्छ, कञ्चन र निर्मल थियो । खास गरेर उनी गरिब, दुःखी र असहायकी करुणा पनि थिइन् । उनी मन, वचन र कर्मले जनसेवामा जुट्ने प्रकृतिकी थिइन् । उनी जति नरम थिइन् त्यति नै क्रान्तिकारी स्वभावकी पनि थिइन् । उनी महिला थिचोमिचोको खुलेर विरोध गर्थिन् । खास गरेर महिला जागरणका दिशामा उनको गतिलो पहल हुन्थ्यो । महिलाका लागि उनी आफ्नो सम्पूर्ण समय अर्पण गर्थिन् । यसै क्रममा उनले २००३ सालमै नारीका लागि अनौपचारिक शिक्षाको आरम्भ गरेकी थिइन् । त्यसघडी उनी घरघरबाट महिलाहरूलाई ललाइफकाइ गरेर आफ्नो धुलेस्कुलमा ल्याउने गर्थिन् । त्यति बेला उनको त्यस कामको सबैले स्तुति गर्थे । साथै उनैका पहलमा २००९ सालमा इलाममा सरस्वती कन्या हाईस्कुलको पनि स्थापना भयो । त्यसै वर्ष काठमाडौंबाट त्रिमूर्ति (कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा) इलाम पुगेका थिए ।
इलामको सरस्वती कन्या हाईस्कुलमा मायादेवी सुब्बाले शिक्षा सेवा पनि गरिन् । सो स्कुल त्यहाँको पहिलो कन्या स्कुल थियो । उनले आफ्नो जीवनको धेरै भाग आफ्नो पौरखले सिँचिएको त्यही सरस्वती कन्या हाईस्कुलमा लगाइन् । वास्तवमा उनी त्यस भेगकी गुरुआमामा स्थापित भइन् ।
मायादेवी सुब्बाले सानैदेखि लेख्न थालिन् । वास्तवमा आफ्नो घरपरिवारको लेखकीय वातावरण उनका मनमा पनि टाँस्सियो, अनि उनले पनि रङ र मसी बोकेर चित्रकारितादेखि हिमालसम्म लेखिन् । उनको बाललेखन र चित्रकारिता त्यति प्रखर भएर अघि बढ्न सकेको थिएन । तर उनले बाल्यकालमा पाएको प्रेरणाले भने उनलाई क्रमिक रूपमा कलाकै क्षेत्रमा उत्प्रेरित बनाएको थियो । उनको लेखनको आँकुरा उनका भाइ गणेशलाल सुब्बा थिए । त्यसो त यिनको औपचारिक साहित्यिक सृजना भने बिहेपछि मात्र देखिएको थियो । २००९ सालमा इलामबाट प्रकाशित भएको ‘घाँसी’ नामक हस्तलिखित पत्रिकामा मायादेवीको ‘ममता’ शीर्षक कविता प्रथम पटक प्रकाशित भएको थियो । सो पत्रिकाका सम्पादकचाहिँ श्यामकृष्ण श्रेष्ठ थिए ।
मायादेवी सुब्बालाई ‘घाँसी’मा प्रकाशित ‘ममता’ले धेरै चस्का लगाएको थियो । त्यस कविताले उनी आफ्ना पतिदेखि अरू साहित्यानुरागीसम्म प्रशंसाकी पात्र भएकी थिइन् । परिणामस्वरूप उनले सरस्वती राईसँग मिलेर २०१४ सालमा ‘पालुवा’ नामक हस्तलिखित पत्रिकाको सम्पादन गरिन् । ‘पालुवा’को सुरुको अङ्कमा उनले पनि एउटा एकाङ्की नाटक लेखिन् । ‘पागल ! पागल !’ शीर्षकको सो नाटकले त्यतिखेर निक्कै चर्चा पनि पाएको थियो ।
मायादेवी सुब्बाकै कारणले त्यस बेला इलाममा ‘नाटक’ प्रदर्शनी राम्ररी फस्टाएको पनि थियो । त्यतिखेर स्कुलका सांस्कृतिक कार्यक्रमहरूका लागि उनी नाटक लेख्ने गर्थिन् र अभिनय पनि गर्ने गर्थिन् । साथै उनका पति पदमबहादुर देवानले ती नाटकको निर्देशन गर्ने गर्थे । त्यसैले इलामेली नेपाली नाटकको इतिहासमा ‘पदममाया’को नाट्यकलाको महइभ्वपूर्ण योगदान भेटिन्छ ।

पुण्यरश्मि सानैदेखि नरम, सरल र सहज थिइन् । उनको लगनशीलताबाट उनका बुबाआमा पनि प्रसन्न हुन्थे । नेपालका पहिला एम.बी.बी.एस. डा.सिद्धिमणि आचार्य दीक्षित र हेमप्रभा आचार्य दीक्षितकी छोरी पुण्यरश्मिको जन्म संवत् १९८० जेठ ५ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा भएको थियो । आमाबुबाले दिएको सुखसयलमा यिनको बाल्यकाल बितेको थियो । त्यति बेला यिनका बुबा श्री ३ राणाका पनि चिकित्सक भएकाले राणाहरू औषधी उपचार गर्न भारतको दिल्ली, कोलकाता जाँदा दीक्षित पनि सँगसँगै जाने गर्थे । त्यसैले त्यहाँबाट ल्याएका खानेकुरा र लाउने कुराबाट सानैदेखि पुण्यरश्मि परिचित थिइन् ।
मायादेवी सुब्बाले धेरै फुटकर कविता लेखिन्, एकाङ्की नाटक लेखिन् तथा कथा र लोककथा अनि उपन्यास पनि लेखिन् । उनका लेखरचनाहरू ‘सौगात’, ‘जुनेली’, ‘महिला बोल्छिन्’, ‘भानु’, ‘पारिजात’, ‘रत्नश्री’ आदि पत्रपत्रिकामा प्रकाशित भए । यसै सन्दर्भमा उनले केही उपन्यास लेखिन् तर ती भने प्रकाशनमा आएनन् । उनको ‘परिचय’ नामक सामाजिक उपन्यास प्रकाशन गर्न भनी भवानी घिमिरेले लगेका थिए । तर छपाउने सर्तमा लगेको त्यो पाण्डुलिपि घिमिरेले नै हराइदिए भन्ने गुनासो मायादेवीकी साइँली छोरी मीना जोशीको रहेको छ ।
मायादेवी सुब्बाले पुस्तकाकार रूपमा दुईवटा किताब लेखिन् । यसै क्रममा २०२० सालमा उनको लघु मौलिक उपन्यास ‘पश्चात्ताप’ विष्णु राई (गोरखपुर, भारत) द्वारा जनसमक्ष आयो । अनि त्यसै वर्ष उनको ‘बिलौना’ कथासङ्ग्रह पनि गोरखपुरबाटै प्रकाशित भयो । यिनका कृतिहरूमा नेपाल र दार्जिलिङको सामाजिक परिवेशका घटना अङ्कित भएका हुन्छन् । त्यसैले यिनी लेखनमा यथार्थवादी स्रष्टाका रूपमा देखा परिन् । चाहे उपन्यासलेखनमा होस्, चाहे कथालेखनमा होस्, चाहे कविता रचनामा होस्; उनी कल्पनालाई यथार्थले थिच्ने गर्छिन् । उनको लेखनको धारा नै सत्य, तथ्य र यथार्थ हो किनभने उनी नेपाली जनजीवनभित्रै भिजेकी स्रष्टा हुन् ।
मायादेवी सुब्बाले सानैदेखि मञ्चमा कलाकार हुने सीप पाएकी थिइन् । सानामा उनी नाच्न, गाउनमा पनि निपुण थिइन् । बिहेपछि पनि उनको यस रीतले मौलाइरहने मौका पायो । यिनी नाटकमा प्रमुख नारीको भूमिकामा रमाउने गर्थिन् । त्यस घडी उनको कला हेरेर उनका पति पदमबहादुर देवान पनि गदगद हुन्थे । त्यतिमात्र होइन; गाउँका नारीहरू उनको कलाबाट प्रेरित भएर यस क्षेत्रमा लम्कने गर्थे ।
मायादेवीले नेपाली साहित्यमा पाइला टेकेर कविता पनि लेखिन् । लेख्ने क्रममा उनले जनताको गीत लेखिन्, प्रकृतिको गीत लेखिन्, राजमुकुट र राजसंस्थाको गीत पनि लेखिन् । उनले नेपाली समाजका कथा लेखिन्, जीवन र जगत्को विवरण लेखिन् र नारी र पुरुषको बाटो लेखिन् । लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यमा सदा बाँचिरहने स्रष्टा बनिन् ।
मायादेवी सुब्बाको साहित्यिक व्यक्तित्वलाई उनका पतिको व्यक्तित्वले सर्लक्कै ढाकेको थियो । त्यति बेला उनका पति निर्वाचित भएर नगरपालिकाको अध्यक्ष भए; पछि नगरपञ्चायतका प्रधानपञ्चसम्म भए भने त्यसपछि श्री ५ महाराजाधिराजबाट राजसभा स्थायी समितिको सदस्यमा मनोनीत पनि भएका थिए । त्यस अवधिमा पनि मायादेवीले समाजसेवामा आफ्नो नाउँलाई बलियो पारेर राखिन् । त्यस घडी उनको घरको आर्थिक स्थिति सन्तोषजनक नै थियो । वास्तवमा उनले माइतीमा जति सुखसुविधा र चैनले जीवन बिताइन् बिहे गरेपछि पनि उनी त्यत्तिकै सुख, समृद्धि र आनन्दको जीवनमा आबद्ध भइन् । घरमा पनि उनलाई खानलाउन दुक्ख थिएन । सबैभन्दा ठूलो कुरा उनका पतिले उनलाई हरेक व्यवहारमा सहयोग गरेका थिए ।
मायादेवी सुब्बाले साहित्यसेवामा समर्पण गरेको योगदानले नेपाली साहित्यको आकाश सिँगारिएको छ । तर पनि यिनी साहित्यबाट ओझेल परिरहिन् । केन्द्रीय रूपमा यिनको योगदानको स्मरण नगरिए तापनि इलामबाट चाहिँ यिनले विष्णुनवीन स्मृति पुरस्कार पाइन् । अन्तत: यिनले समाजबाट जे पाए तापनि र जे नपाए तापनि यिनको समाजसेवाको कृत्यले इलामचाहिँ भरिएको थियो । बुढेसकालमा पनि मायादेवी सुब्बा समाजसेवामा नै आबद्ध थिइन् । उनी सक्रिय जीवन भोगिरहेकै बेला उच्च रक्तचापबाट थला परिन् । अनि उनी प्यारालाइसिस भएर एक महिना वीर अस्पताल पनि बसिन् । अन्तत: उनी २०४९ साल फागुन १३ गते बुधबार काठमाडौंमा स्वर्गीय भइन् ।

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *