Uncategorized

दोस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

“नीला † आज हामी नारायणघाट हाम्रो खेतीमा पुगेर आऊ“ । तिमीलाई पनि देखाइदिन्छु । धेरै दिन भयो म नगएको । यात्रा रमाइलो लाग्छ मलाई≤ अझ साथमा तिमी भए पछि झनै रमाइलो हुन्छ ।” बिहान सबेरै आभासले नीलालाई भनेको थियो । वीरगन्ज जा“दा बसबाट देखेको भए पनि नीलाका लागि नारायणघाट त्यत्ति परिचित ठाउ“ थिएन । नीलाले ब्याङ्कबाट तीन दिनको बिदा लिएका कारण उसलाई अरू दुई दिनसम्म केही चिन्ता थिएन । “मेरो भोलिसम्म मात्र बिदा छ ।” नीलाले आभासलाई आÏनो बिदाबारे पुनः जानकारी गराएकी थिई । “मलाई थाहा छ≤ त्यसैले त आजको रात त्यहा“ बस्ने, भोलि बेलुकी यहा“ आइहालिन्छ । तिम्रो अड्ढिस पर्सिदेखि जानुपर्ने हैन ?” आभासले सोधेको थियो ।
बाटाका लागि चाहिने सरसामानहरू आभास आड्ढै“ले नोकरहरूको सहयोगमा मोटरमा राखेको थियो । उसले सबै तयारी गरिसक्ता बल्लतल्ल नीला आपूm तयार भएकी थिई । बिहानको खाना अलि छिट्टै खाएर उनीहरू नारायणघाटका लागि हि“डेका थिए ।
“नीला † तिमी यो पेन्टिङ्स“गै उभिऊ त म तिम्रो ड्ढोटो लिन्छु ।” आभासले उसको बाबुका पेन्टिङहरू टा“गिएको हलका अघि उनीहरू पुग्नासाथ टक्क उभिएर भनेको थियो । आभास नीलाको ड्ढोटो खिच्न एकदमै तयार थियो । आभासका हातमा क्यामेरा भएको कुरा पनि नीलाले चाहि“ भरखरै मात्र याद गरेकी थिई । आपूm उभिएको भित्तातिर ड्ढर्केर नीलाले हेरी । त्यहा“ एउटा अमूर्त पेन्टिङ थियो । त्यो पेन्टिङ राम्रो थियो । पेन्टिङ अमूर्त भएको कारण नीला र आभास दुवैले आआÏना कल्पनाका दृश्यहरू त्यहा“ देख्थे । नीला त्यो पेन्टिङमा पहाडका थुम्काहरू र रुखहरू देख्थी भने आभास त्यस पेन्टिङमा बिरालाहरूको झुन्ड देख्थ्यो । आभासको मन परेको पेन्टिङमध्येको एउटा विशेष पेन्टिङ थियो त्यो । त्यसैले नीलालाई त्यस पेन्टिङस“ग ड्ढोटो खिच्नुको कुनै तुक नभए पनि आभासको खुसीका लागि ऊ पेन्टिङस“गै उभिई र आभासले आÏनो रुचिअनुरूप नीलाको तस्बिर क्यामेरामा कैद गरेको थियो ।

त्यसो त आभासले नीलाको यो पहिलो तस्बिर खिचेको पनि होइन । आभासलाई हातमा क्यामेरा भएपछि ड्ढोटो खिचिरहन मनलाग्दो रहेछ । उसले यसअघि अर्थात् नीला र आभासको घनिष्ठता भए यता नीलाका सयौ“ तस्बिरहरू खिचेको थियो । “किन यतिविघ्न तस्बिर खिच्छौ । के काम यत्तिका तस्बिर ? एकैखाले यत्तिका तस्बिरको अर्थ नै के छ र †” नीलाले एकदुईपटक नजानि“दो विरोध पनि जनाएकी थिई । “तिमीलाई थाहै छैन नीला † यो संसार परिवर्तनशील छ । यहा“ हरेक पलपलमा परिवर्तन हुन्छ । तिमी भन्छ्यौ एकै किसिमका तस्बिर खिचेको भनेर, यो कुरा सम्भव नै छैन । एउटा ड्ढोटो खिचिसक्ता नै तिमीमा कति ठूलो परिवर्तन आइसकेको हुन्छ । अर्को कुरा मलाई लाग्छ मेरा हातमा क्यामेरा होस् अनि म तिम्रो तस्बिर खिचिरहू“ ।” कविजस्तो भएर कवितामा बोलेको थियो ऊ । हुन पनि कहिले नीलाको टाउकाको मात्रै, कहिले उसको ऑखालाई महइभ्व दिएर, कहिले कपाललाई महइभ्व दिएर, कहिले नीलाले मोटर साइकिल हा“केको भावमा, कहिले मोटर, कहिले ट्रक र घोडा हा“केका समेत तस्बिरहरू आभासले खिचेको थियो । एउटै मानिसका यत्ति धैरै तस्बिर पनि खिचि“दोरहेछ भन्ने कुरा पनि नीलाले आभासकै साहचर्यबाट थाहा पाएकी थिई ।
नारायणघाट पुग्नुअघि पनि राजमार्गका अधिकांश सुन्दर दृश्यहरू भएका ठाउ“हरूमा आभासले नीलाको तस्बिर खिचिर≈यो । नारायणघाटस्थित उसको मौजामा पुग्दा आभासले नीलाका तस्बिर खिचेरै तीनओटा रीलहरू सिद्ध्याइसकेको थियो ।
ड्ढलपूmलका बगै“चाहरूले घेरिएको आभासको खेती निकै मनोरम थियो । मोटरमा चढेर घुम्दा पनि झन्नै तीस मिनेटभन्दा बढी समय लाग्ने उसको मौजा परिसरको क्षेत्रड्ढल कति होला भन्ने अनुमान नीलाले गर्न सकिन । आभासको त्यस मौजाको हेरचाह गर्ने सरयुग भन्ने मानिस रहेछन् । निकै मोटा सरयुग मिजासिला भएकाले नीलालाई पराईपनको अनुभूति पनि हुन पाएन । सरयुगकी स्वास्नी र बुहारीले नीलाको ज्यादै खातिरदारी गरेका थिए । सरयुगका बाजेको पालादेखि नै सरयुगहरूले उनीहरूको यो मौजाको रेखरेख गर्दै आएका रहेछन् । तर सरयुगभन्दापछि अब कसले यहा“को हेरविचार गर्ला भन्ने कुरामा सरयुग चिन्तित रहेछन् । किनभने सरयुगको एकमात्र छोरो रामप्रताप कलेजोको बिमारीले भरखरैमात्र मरेको रहेछ । छोरो बिरामी परेको थाहा पाइसकेपछि पनि नातिको आकाङ्क्षाले दुई वर्षअघि उनीहरूले बुहारी भियभयाएका रहेछन्, तर उनीहरूको इच्छा दैवलाई मन्जुर भएन । अहिले युवती विधवा बुहारीको भविष्यको चिन्ताले समेत उनीहरूलाई गालेको रहेछ ।

तराईवासी मधिसे समुदायका सरयुगको परिवारमा उनीहरूको आÏनो संस्कारका साथसाथै आभासको राणाखानदानको संस्कारको पनि मिसावट भएको रहेछ । “राजालाई गुन्द्रुक मीठो लाग्ने भएकाले यो गु्न्द्रुक रामप्रतापकी आमाले आड्ढै“ बनाएकी हो हजुर †” सरयुगले बेलुकीको खानपिनका बेला भनेका थिए । “खूवै मीठो पनि छ≤ काकीलाई भोलि बिहानको खानामा तामाबोडी पकाउन भन्नुस् है सरयुगकाका ?” गुन्द्रुक र भातको स्वाद लि“दै आभासले भनेको थियो । “बुझ्यौ नीला, मम्मीहजुर स्वर्गे भएपछि मलाई मीठो लाग्ने खानेकुरा यहा“ सरयुगकाकीले मात्रै खुवाउनु हुन्छ ।” आभासले सरयुगको अनुहारमा हेर्दै भनेको थियो । “हजुर, अब यो संसारमा हाम्रो पनि राजाबाहेक को छ र ? आज राजा सवारी भएकाले मात्रै रामप्रतापकी आमा कति दिनपछि भान्साघरमा आएकी हो । नत्र भान्सामा बुहारीले जे बनाई त्यही हो । हाम्रो स्वादको मीठो सबै रामप्रतापले लिएर गइहाल्यो ।” बोल्दाबोल्दै सरयुगको गह भरिएर आएको थियो । “राजा † यो हजुरलाई मीठो लाग्ने कुखुराको भियभया“स ।” त्यसै बेला रामप्रतापकी आमा खानेकुरा लिएर आएकी थिइन् । “काकी पेट भरिइसक्यो, अझै खानेकुरा ल्याउ“दै हुनुहुन्छ ।” आभासले खुसी हु“दै भनेको थियो । हुन पनि खाना अत्यन्तै सुरुचिपूर्ण र सुस्वादु थियो । नीलालाई पनि निकै लामो समयपछि यति स्वादिलो खाना खाएको अनुभूति भएको थियो ।
उनीहरूको खानपिन सरयुगकै घरमा भए पनि सुत्न उनीहरू आÏनै निवासमा पुगेका थिए । सरयुगको घरबाट पैदल हि“ड्दा मुस्किलले पा“च मिनेटको ड्ढरकमा आभासको घर थियो । मान्छे नबसेको त्यो घर पनि सड्ढा सुग्घर र झकिझकाउ थियो । बगै“चामा पनि मौसमअनुसारका पूmलहरू फुलिरहेका थिए । बिजुलीबत्तीको उज्यालोमा बगै“चाको रौनकले घरलाई थप आकर्षक बनाएको देखिन्थ्यो । राम्ररी हेरविचार गरिदिने मानिस भएमा मानिस नै नबसेको घर पनि राम्रो हु“दोरहेछ जस्तो लाग्यो नीलालाई ।

घरबाहिर मात्रै नभएर घरभित्र पनि एकदमै सड्ढासुग्घर, सजिसजाउ र व्यवस्थित देख्दा नीलालाई अचम्म पनि लागेको थियो । आभासको काठमाडौ“ विशालनगरस्थित निवास र यहा“को निवासमा एउटा कुराको चाहि“ गजब समानता थियो । यहा“ पनि त“छाड र मछाड गरिरहेका मूर्ति र पेन्टिङहरू देखिन्थे । आभासले भनेजस्तै अझ काठमाडौ“मा भन्दा धेरै कलाकृति यही“ थिए । सरयुगकाका उनीहरूलाई पु¥याएर ड्ढर्किसकेका थिए । नीला छक्क परेर मूर्ति र पेन्टिङका डङ्गुर हेरिरहेकी थिई । “बुवाहजुर धेरैजसो यसै घरमा राज हुन्थ्यो । विशालनगरमा त्यति मनपराइबक्सन्न थियो । मलाई पनि सानो छ“दा काठमाडौ“ पटक्कै मन पर्दैनथ्यो । ठूलो स्कुलमा पढाउनका लागि मम्मीहजुर मलाई लिएर काठमाडौ“मै राज भयो । अहिले मलाई खाना पकाएर खुवाउने दलबहादुर दाइले त्यस बेला बुवाहजुरको खानपिन हेर्थे । मम्मीहजुर मलाई होस्टलमा राख्न मन नपराउने, बुवाहजुरलाई काठमाडौ“ बस्न मनै नपर्ने र मेरो शिक्षाका लागि यहा“ राम्रो स्कुल नभएका कारण बुवाहजुर र मम्मीहजुर धेरैजसो अलगअलग्गै बस्नुहुन्थ्यो ।” आभासले आÏनो विगत नीलाका सामु उघार्न खोजेको थियो । “यहा“ यस्तो रमाइलो रहेछ । तिमी किन काठमाडौ“ बसिरहेको होला ?” नीलाले आभासका अनुहारमा हेर्दै भनेकी थिई । “अ“ ऽऽऽऽ हेर न केटाकेटीमा यहा“ एकदमै रमाइलो लाग्थ्यो । हिजोआज यसो कहिलेकाही“ भनेको भिन्नै हो≤ यही“ बस्न त मनै लाग्दैन । काठमाडौ“कै बसाइको बानी परेछ । अनि के त रानी अब यतै बस्ने त ?”
कुराकानी गर्दागर्दै उनीहरू सुत्नेकोठाको ढोकामा पुगिसकेका थिए । “तिमी बसे त म बसिहाल्छु नि † मलाई त सारै रमाइलो लाग्यो ।” नीलाले सुत्ने कोठाभित्र प्रवेश गरेर भनेकी थिई । “तिमी जहा“ म त्यही“, तिमी नभएपछि जस्तै रमाइलो ठाउ“ पनि नरमाइलो हुन्छ ।” आभासले सुत्ने कोठामा भएको भव्य एवम् विशाल पलङमा नीलालाई लडाएर म्वाइ“ खा“दै भनेको थियो । आभासको स्पर्शले रोमाञ्चित भएकी नीलाले केहीअघि मात्रै आभासको यति विघ्न सम्पन्नताका अघि आपूm आर्थिक रूपले पुड्को भएको अनुभूति पनि यस बेला बिर्सेकी थिई ।
“रूपाले यो घर सारै मन पराएकी थिई≤ काठमाडौ“मा छोराछोरीको स्कुल बिदा हुनासाथ ऊ यता आउन कर गर्थी ।” नीलालाई अ“गालोमा बा“धीबा“धी आभासले भनेको थियो । प्रेमपरिणयको संसारमा प्रवेश गर्न लागेकी नीलालाई यस्तो रमाइलो क्षणमा आभासले यसरी रूपाको कुरो उप्काएर वातावरण नै चिस्याएको अनुभूति भएको थियो । “यस्तो ठाउ“मा यस्तो राम्रो घर । बगै“चा कसलाई पो नराम्रो लाग्ला र †” रूपालाई सामान्यीकरण गरेर भए पनि नीलाले आÏनो मनको तुस ड्ढाल्न खोजेकी थिई ।
त्यसपछि यात्राको थकाइसमेतले गर्दा सुन्दर बिछ्यौना देख्नासाथ नीलाका आ“खालाई निद्राले छोप्न खोजेको थियो । हतारहतार शौचालय पसेर मुक्त भएपछि नीला रात्रिपोसाक पहिरिएर बिछ्यौनामा सुती आ“खा चिम्लिएर दिनभरिको थकाइ मार्न खोज्दै थिई । त्यसै बेला भरखरै मात्र बिछ्यौनामा आइपुगेको आभासले नीलाका नजिकमा आएर आÏनो दाहिने हातको चोर औ“लाले नीलाका ओठमा घर्षण गरेको थियो । तर नीलाले आ“खा नखोलेर निदाएकै अभिनय गरिरही । त्यसो त नीलाको निद्रा आभासको स्पर्शले कता हो कता भागेको थियो. ।
केहीछिनअघि मात्रै निद्रा र थकाइले गलेको नीलाको शरीर आभासको स्पर्शले तरोताजा भएर शरीरभरि स्पूmर्ति पनि सञ्चार भइसकेको थियो । भित्रभित्रै काउकुतिएकी नीलाले आ“खा चिम्लीचिम्ली आÏना ओठमा मुस्कान छरेकी थिई । बिस्तारै आ“खा खोलेकी नीलाले आपूmलाई नै एकटकस“ग हेरिरहेका आभासका एकजोडी आ“खालाई पनि झट्टपट्ट आÏनै आ“खामा कैद गरेकी थिई ।
त्यसपछि नवीन परिवेशमा पूर्वमिठासको पुनरावृत्तिको समय उनीहरूमाझ निर्विघ्न बितेको थियो । “आहा जीवन कति रमाइलो हु“दो रहेछ † सुख यसरी मानिसका रौ“का त्यान्द्रात्यान्द्रामा पनि सञ्चारित हुन सक्तो रहेछ ।” त्यस रात आभासको अ“गालोमा निदाउनुअघि नीला यस्तै अनुभूतिहरूले खचाखच भरिएकी थिई ।

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *