Uncategorized

तेस्रो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

आÏनो गालामा कसैको चिसो तर मीठो स्पर्श परेपछि नीलाका आ“खा उघ्रेका थिए । “रानी † उज्यालो भएको पनि निकै बेर भइसक्यो ।” गए रातिको बा“की नसालाई स“गाल्दै नीलाका गाला चुमेर आभासले भनेको थियो । नीलाले आभासलाई हेरी । आभासले नुहाई पनि सकेको प्रमाण उसका भिजेका केशहरूले दिइरहेका थिए । “मलाई अघि नै किन नउठाएको, आपूm मात्रै उठेर ¬” नीलाले मायालु पाराले आभासको गर्दनमा आÏना हातहरूको मालाकार पारेर झुन्डेको भाकामा टा“स्सि“दै भनेकी थिई । “तिम्रो त्यस्तो आनन्दको मस्त निद्रा भङ्ग गर्ने अपराध म गर्ने नै थिइन“ प्यारी † सरयुगकाकाले पठाएको फुच्चे केटो दुईपल्ट आइसक्यो । चिया ल्याउने खबर लिएर आएको त्यो केटो ड्ढेरि पनि आइपुग्ला भन्ने डरले मैले तिमीलाई उठाउने धृष्टता गरेको हु“ । प्यारी † मैले तिम्रो मीठो निद्रा विथोले“ ।” आभासले नीलालाई मायाको सागरमा डुबाउ“दै भनेको थियो । “आभास † जीवन कति रमाइलो रहेछ † यो पल यही“ रोकिए हुन्थ्यो≤ तिमीस“ग यसरी नै युगयुग बिताउन पाए हुन्थ्यो † तिमीले मलाई यस्तो जिन्दगी दिएर तिमीप्रति मलाई जन्मजन्मान्तरका लागि आभारी बनायौ । के तिमीलाई पनि मलाईजस्तै रमाइलो भएको छ ?” नीलाले आभासबाट पाएको अपरिमित आनन्द भोग्दै उसैलाई प्रश्न गरेकी थिई । “मलाई लाग्छ, तिमीले भन्दा मैले अझ बढी आनन्द प्राप्त गरिरहेको छु । तिमीले मेरो निरस जीवनमा रससञ्चार गरिदिएकी छौ । तिम्रो संसर्गबाट मलाई पनि अतुलनीय सुख प्राप्त भएको छ ।” आभासले पनि नीलाको अस्तित्वलाई हार्दिक रूपले स्वीकार गरेको सुनेपछि ऊ थप पुलकित भएकी थिई ।
त्यसपछि नीला नित्यकर्मबाट निवृत्त हु“दा नहु“दै सरयुगकाकाले पठाएको केटो चिया ल्याउने खबर लिएर गएको थियो । बगै“चामा राखिएका मेचटेबुलमा बिहानको सुखद समय बित्न लागेको थियो । उनीहरूले चिया पिउ“दापिउ“दै सरयुगकाका पनि त्यहा“ आएका थिए । “राजा † यसो आÏनो गाउ“तिरको हालखबर पनि लिइबक्सने हो कि ? किसानहरूलाई उनीहरूकै दैलोमा हजुरले हेरिदि“दा मात्रै पनि उनीहरू सारै रमाउ“छन् ।” सरयुगकाकाले गाउ“ घुम्ने प्रस्ताव राखेका थिए । “जाऔ“ न त काका, के भो र ? नीला तिमी पनि जाने हो ? हि“ड न, कस्तो रै’छ हाम्रो गाउ“ तिमी पनि हेर ।” आभासले नीलातिर ड्ढर्केर भनेको थियो । “एकैछिन है त ?” नीला उनीहरूस“ग अनुमति मागेर भित्र पसेकी थिई ।
केही हलुका ˘ाृङ्गार र सामान्य पोसाकमै नीला पनि आभासका साथमा त्यहा“बाट हि“डेकी थिई । झन्नै पन्ध्रबीसओटा जति झोपडी घरहरू भएका किसानहरूस“ग आभासले त्यस दिन भलाकुसारी ग¥यो । ती किसानहरूले आभासका खुट्टै ढोगु“लाजस्तो गरेको देख्दा नीलालाई कसोकसो नरमाइलो पनि लाग्न खोजेको थियो । यसो हेर्दा आभासका हजुरबा जस्ता उमेरका मानिसहरू पनि आभासस“ग नुहेको देख्दा नीलालाई संसारको भौतिक प्रबलताप्रति वितृष्णा हुन खोज्यो । कतिपय आइमाईहरूले नीलालाई पनि त्यसै गरेर उनीहरूस“ग धन नहुनुको निरीह सम्मान प्रकट गरेका थिए ।
“अब आजलाई यही“बाट ड्ढर्कौं सरयुगकाका । नीलालाई त्यत्तिको पैदल हि“ड्ने बानी पनि छैन । तिमी थाक्यौ होला नीला ? अब ड्ढर्कने ।” आभासले नीलाका दाया“ का“धमा उसको दाहिने हात राख्तै भनेको थियो । नीलाको सम्पूर्ण थकाइ उसको स्पर्शले हराउन खोज्दै थियो, तर लगत्तै उसले आÏनो हात हटायो । तिर्खाएको बेला भेटिएको पानी प्यास नमेटि“दै सुकेको अनुभूतिले नीलाले “किन हात हटाएको” भन्ने भावले आभासका अनुहारमा हेरेकी थिई । आभासले नीलाको असन्तुष्टि दृष्टिबोघ गरेर आÏना आ“खाले नै उनीहरूबीच सरयुगकाकाको उपस्थिति पनि भएको लक्ष्य गरेको थियो । त्यसबखत नीलालाई पनि सरयुगकाकाको उपस्थितिको प्रत्यक्षताले लज्जाबोध भएको थियो ।
“राजा † ऊ त्यो घर जसबहादुरको हो≤ त्यहा“सम्म पुगेर ड्ढर्कौं हु“दैन ?” सरयुगकाकाले उनीहरूभन्दा झन्नै बीस कदमजति पर भएको घरलाई लक्षित गर्दै भनेका थिए ।
“आहा † बिरालाका कस्ता राम्रा बच्चा रहेछन्, हेर त नीला †” एउटा मात्र माउ बिरालाका ओरिपरि घुम्दै गरेका तीनओटा छाउरा देखाउ“दै आभासले भनेको थियो । उनीहरूले जसबहादुरका आ“गनमा टेक्दा नटेक्दै आभासको दृष्टि बिरालामा परिसकेको थियो । सेतो र खैरो पाटा परेका घोर्ले

खालका बिरालाका बच्चाहरू हेर्दा सुन्दर पनि थिए । त्यसो त मसिना बच्चाहरू केका पो नराम्रा हुन्छन् र † “तिम्रो बिरालो हो जसबहादुर ?” आभासले आÏनाअघि उभिएको मानिसलाई सोधेको थियो । “हो राजा, मेरै घरपालुवा बिरालो हो । यो नभए त मुसाले टिक्नै दि“दैन् नि हजुर हामीलाई † छओटा पाएकी थिई, ढाडेले छाउरा बा“च्नै दि“दैन । बल्लतल्ल अहिलेसम्म तीनओटालाई जोगाउन सकेका छौ“ ।” जसबहादुरले निहुरिएर आÏनो चोरऔ“ला र बूढी औ“लाले एउटा छाउराको घा“टी मास्तिरको छालामा समातेर झुन्ड्यायो । “लौ न नि, के गरेको होला त्यस्तो, त्यो बच्चालाई †” त्यस्तो दृश्य जीवनमा पहिलोपल्ट देखेकी नीला चिच्याएकी नै थिई । उसका अनुहारमा पनि डरका रङहरू देखापरेका थिए । “ए लाटी, बिरालाको छाउरो बोक्ने असली तरिका नै त्यही हो । हेर त त्यसले कति सन्चो मानेको छ । माउले पनि तिनीहरूलाई त्यसरी नै बोक्छे ।” आभासले हा“सेर नीलाको डर हटाउन खोजेको थियो । आभासका कुरा सुनेर नीला केही आश्वस्त भएकी थिई तर कताकता उसको चित्तचाहि“ बुझिरहेको थिएन ।
“जसबहादुर † यो एउटा मलाई देऊ≤ म काठमाडौ“ लान्छु । अब त दूध खानसक्छ होइन यल्ले ।” आभासले जसबहादुरका हातमा भएको बिरालाको छाउरो आÏनो अ“जुलीमा थाप्दै भन्यो । आभासको अ“जुलीमा आएको बिरालो बिस्तारै “म्याउ“” ग¥यो । त्यसै बेला माउ बिरालो पनि आभासका खुट्टानेर आएर “म्याउ“ म्याउ“” गरिरह्यो । ठूलो बिरालाका पछिपछि साना बिरालाहरू पनि मसिनो स्वरमा “म्याउ“ म्याउ“” गर्दै थिए । आÏनो पारिवारिक विखण्डनको जानकारी पाइसकेका ती बबुराहरू त्यसरी एकोहोरो कराउनुबाहेक अरू के नै गर्न सक्थे र †
“यति सानो बच्चा, अलि ठूलो भएपछि लैजा“दा हु“दैन ?” नीलाले आमा बिरालोका काखबाट बच्चा बिरालो नखोस्ने भावले आभाससमक्ष मधुरो प्रतिकार गरेकी थिई । “तिमीलाई के थाहा नीला ? दूध मात्रै खान सक्यो भने भइहाल्छ । जति सानो छाउरो पाल्यो त्यति छिट्टो रत्तिन्छ । मैले मनमतीलाई योभन्दा सानामा पालेको थिए“ । यसले पनि भा“डामा खानसकेन भने दूधदानीमा खुवाउनुपर्ला ।” आभास अब बिरालाको छाउरो छोड्ने मनस्थितिमा छ“दै थिएन । “दुइटै लगिबक्सिए पनि भइहाल्छ नि राजा †” जसबहादुरले अर्को छाउरो पनि अघिकै ढा“चाले उचालेको थियो । “मलाई एउटा छाउरो भए पुग्छ । यो मैले बोकेको छाउरो नै हो हैन त सरयुगकाका ?” आभासले बिरालाको लिङ्ग ठहर गर्न सरयुगकाकास“ग पनि सहयोग मागेको थियो । “हो राजा, यो त छाउरै हो तर छाउरी पाल्नु राम्रो भन्छन् नि होइन र ?” सरयुगकाकाले बडो ध्यानपूर्वक बिरालाको अङ्ग नियालेपछि किटानी दिएका थिए । “कतै ढाडेको सङ्गत प¥यो भने ब्याउ“छन् र ब्याएपछि ड्ढेरि ढाडेबाट बच्चा जोगाउन अर्को टेन्सन । हेन्द्रीका एउटै बच्चा जोगिएनन्≤ चारबेत ब्याउ“दा पनि सोह्रैओटा बच्चा ढाडेले मा¥यो । त्यसपछि मैले छाउरी चाहि“ नपाल्ने निर्णय गरे“ । त्यसो भन्दाभन्दै पनि एउटी मनमती एकजनाले घरैमा ल्याइदिएकाले नपाली भएन । तर बिचरी त्यो ब्याउनुअघि नै परमधाम गई ।” आभासले आÏनो बिरालापालनको कथा नै सुनाएको थियो ।
“हजुरको विचार †” सरयुगकाकाको समर्पणभावको अभिव्यक्ति वातावरणमा गुन्जेको थियो भने जसबहादुर पूर्ण स्वामीभक्तिमा अर्पित थियो । हि“ड्ने बेलामा आभासले गोजीबाट केही रुपिया“ जसबहादुरका हातमा हालिदिएको थियो । रुपिया“ के कति थियो ? नीलाले देखिन तर सो रुपिया“ले जसबहादुरको अनुहारमा ल्याएको रौनक भने राम्रैस“ग देखिएको थियो । जब उनीहरू जसबहादुरका घरबाट ड्ढर्किएका थिए, त्यस बेला आभासको अनुहारमा पनि भिन्नै उज्यालोे देखिएको थियो । आभासको त्यस्तो उज्यालो अनुहार नीलाले यसअघि कहिल्यै देखेकी थिइन । त्यसबेला आभासको अ“गालोमा बिरालाको त्यही छाउरो टा“सिएको थियो । केही बेरसम्म छाउराले “म्याउ“म्याउ“” गरेर आÏनो वाध्यताको आवाज पनि निकालेको थियो । माउ बिरालाले पनि एकैछिन उनीहरूको पछि लागेर विरोधप्रदर्शन गरेको थियो, तर आÏना अरू दुई लालाबालाको रोदनपट्टि ध्यान दिनुपर्ने भएकाले माउ बिरालो नमीठो आवाजमा सायद रु“दै ड्ढर्केको थियो । यसरी एउटा बालकलाई उसकी आमाको काखबाट खोसेर ल्याउ“दा नीला पनि आपूm आमा जाति भएका कारणले हो या किन हो ? उसले आपूmभित्र नमीठो गरी दुखेको महसुस गरेकी थिई । नीलाले मन नपराएको दृष्टिले आभासलाई हेरेकी थिई, तर आभासले नीलाको दृष्टिलाई कुनै महइभ्व दिएको थिएन । यसबेला आभासका अनुहारमा अनौठोखाले ओज पोखिएको थियो ।

नीलाको दुखेको मनस“ग सरोकारै नराखी आभास झन्नैझन्नै विश्वविजयको अनुभूतिमा बिरालाको छाउरो बोकेर हि“डिरहेको थियो ।

“नीला, बाटामा यसलाई तिमीले काखमा बोकिदेऊ ल † त्यसो त यसका लागि एउटा पेरुङ्गोमा ड्ढोम ओछ्याएर तयार गरिएको छ, तर एक्लै यो आत्तिन्छ होला ?” मोटरमा चढ्ने बेलामा आभासले नीलालाई भनेको थियो । आपूmले स्टेयरिङ्ग सम्हाल्नुपर्ने भएकाले काखको बिरालो उसले नीलालाई थमाइदिएको थियो । एक त बिरालो, त्यसमा पनि यस्तो कलिलो छाउरो आÏनै काखमा आपूmले राख्नुपर्दा नीलालाई सिकसिको लागेजस्तो भएर जिरिङ्ग पनि भएको थियो । “आभासको खुसीका लागि बोकिदिन्छु ।” नीलाले मनमनमा यस्तै सोचेकी थिई ।
“पख है, एउटा ड्ढोटो खिचौ“” स्टेयरिङ्ग समातिसकेको आभास मोटरबाट तल ओर्लेर नीलाको र बिरालाको ड्ढोटो खिच्न तम्सेको थियो । नीलालाई बिरालोस“ग ड्ढोटो खिच्दा कस्तोकस्तो लागेको थियो, तर नीलाले “उसलाई मन पर्छ” भन्ठानी । सरयुगकाका र उनका परिवारस“ग बिदा भएर उनीहरू बाटो लागेका थिए । नारायणी नदीको छेउमा पुगेपछि आभासले मोटर रोक्यो । “नीला यो नदीको ब्याकग्राउन्ड पारेर यो बिरालाको र मेरो तस्बिर खिचन है †” आभासले भनेको थियो । त्यसपछि उनीहरू मोटरबाट तल ओर्लेका थिए ।
त्यहा“ आभासले बिरालोस“ग दुईतीन पोजको ड्ढोटो खिच्यो । त्यसरी ड्ढोटो खिचेका बेला आभासका अनुहारमा नीलाले एउटा अनौठो तृप्ति देखी । एक वर्षको घनिष्ठतामा आभासले नीलास“ग मुस्किलले दुईतीनओटा ड्ढोटो खिचेको थियो । बिरालालाई गालामै टा“सेर उभिएको आभासको ड्ढोटो त नखिचौ“जस्तो लागेको थियो नीलालाई, तर उसको खुसीको कुरा भनेर क्लिक गरिदिएकी थिई ।
“भन त नीला यसको नाम के राख्ने ?” मोटरतिर जा“दै गरेको आभासले नीलालाई नहेरी भनेको थियो । बिरालोलाई छातीमा टा“सेको उत्साहित आभास अघिअघिजस्तो र आÏना पाइलाहरू आड्ढै“लाई पनि भारी भएको अनुभूतिमा नीला पछिपछि मोटरसम्म पुगेका थिए ।
“यसको नाम मैले ठहर गरे“≤ आहा † तिमीलाई पनि मन पर्छ । ल भन त एकदमै सजिलो र एकदमै राम्रो नाम छ । ल क्लिउ पनि दिन्छु, यो नाम हामी दुईजनास“ग सम्बन्धित छ ।” आभासले नीलालाई बिरालो थमाइसकेपछि आपूm ड्राइभिङ्ग सीटमा बस्दै भनेको थियो । बिरालाको सिकसिकोले सताइएकी नीलालाई भने उसको उत्साहले भरिएको आवाजले पटक्कै स्पर्श गर्न सकेन । “नीलु, भन त मैले के नाम सोचे“ हु“ला यसको ?” आभासको रमाएको दृष्टि नीलाका काखमा भएको बिरालोमा थियो । “अब बिरालाको पनि किन नाम राख्नुपर्ने होला≤ राखे नै पनि जे राखे पनि भै गो नि † यसका लागि केको सल्लाह गरिरहनुपथ्र्यो र †” नीलाका मनमा यस्तै कुरा आएका थिए तर यसबेला आभासको खुसीमा सहभागी भइदिनु नै उसलाई उचित लाग्यो । “खोइ † मैले भन्न सकिन“” नीलालाई कुनै सङ्घर्षमा भागै नलिई पराजित भइदिन मनलाग्यो । “धत् लाटी † यत्ति पनि भन्न नसकेकी, म भन्दिऊ“ ?” बिरालामा गाडिएका उसका प्रेमिल दृष्टि एकैछिन नीलामा पनि परेका थिए, तर ती दृष्टि पुनः नीलाका काखमा नै ड्ढर्किए । “मिलन, यसको नाम मिलन≤ कस्तो लाग्यो ? तिम्रो र मेरो मिलनको प्रतीक †” आभासले आÏनो बाया“ हातले नीलालाई अ“गालो मारेर भनेको थियो । “राम्रो छ” नीलाले खुसी हु“दै भनेकी थिई । उसको अस्तित्वलाई पनि महइभ्व दिइएकाले होला † नीला यसबेला अप्रत्याशित खुसी भएकी थिई र आभासले एउटा हातले स्टेयरिङ्ग सम्हालेर अर्को हातले उसलाई अ“गालो हालेपछि पाएको उसको स्पर्शले धेरै बेरपछि नीलालाई आनन्द आएको थियो । “सा“च्चै राम्रो नाम राख्यौ तिमीले यसको, मिलन ।” नीलाले पहिलोचोटि आÏनै काखमा भएको बिरालोलाई मनपराउन चाहेर हेरेकी थिई ।
“आभास र मेरो मिलनको प्रतीक मिलन †” नीलाले मनमनै आभासले भनेको कुराको सत्यतालाई पहिल्याउन खोजेकी थिई । नीला अलमलिई, कताकता कसोकसो हराउन खोजी । यतिबेला आभासले राजमार्गमा मोटर गुडाइसकेको थियो ।
“आभास मोटर रोक रोक, यसले के ग¥यो कुन्नि † चिसो भयो भित्रसम्म ।” अचानक नीलाको झन्नै चिच्याएको झै“ आवाज सुनिएको थियो । एकसुरमा सुसेल्दै मोटर कुदाइरहेको आभासले पनि आत्तिएरै ब्रेकमा खुट्टा पु¥याएको थियो । निकै हतारिएर किनारा लगाउ“दै उसले मोटर रोकेको थियो ।

“के भयो नीला ?” आभास अझै पनि आत्तिएकै थियो । “म्याउ” बिरालो पनि डराएको थियो । “मिलन के भयो ?” आभासले बिरालो आपूmले लि“दै स्थितिको अध्ययन गर्न खोजेको थियो ।
आभासले बिरालो लैजानासाथ नीलाले आÏनो काखमा ध्यान दिएकी थिई । “लौन नि यसले त यही“ हगीमुती गरेछ । जम्मै मेरो जीउभरि । अब के गर्ने, छि छि †” नीला घिनले तमतमाएर कराएकी थिई । बिहाकै उपलक्ष्यमा आभासले किनिदिएको एकदमै दामी सारीमा मिलनले दिसापिसाब गरिदिएको थियो । “नीला † ब्यागमा ट्वाइलेटपेपर छ, पुछ र तुमलेटको पानीले हात धोऊ । अब दुई घण्टामा त घर पुगिहालिन्छ ।” पछिल्लो सीटमा भएको ब्यागतिर देखाएर आभासले शान्त आवाजमा भनेको थियो । “हो नि, ट्वाइलेटपेपरले पुछेर कसरी हुन्छ, आÏनो भित्रसमेत भिजेको छ । ओहो † कस्तो गन्हाएको ? तिमीले यो के रहर गरेको होला ? यस्तो थाहा पाएको भए म त मरे आउन्नथे“ ।” गनगनाउ“दै र ड्ढतड्ढताउ“दै नीलाले ब्यागबाट ट्वाइलेटपेपर झिकी ।
जति नै सड्ढा गर्दा पनि भित्रसम्म पसेको बिरालाको ड्ढोहोर निख«ेको थिएन । नीला त्यसै त बिरालाको सिकसिकोमा थिई, अब झनै घिनले दिगमिग लागेर वान्ता हुन खोजिरहेको थियो । एकदुईचोटि उसको भु“डी बटारिएर पनि आयो, तर बान्ता नै चाहि“ भइहालेको थिएन । त्यस घटनाका कारण राजमार्गको त्यो नागीमा उनीहरूको मोटर झन्नै आधाघन्टा जति रोकिएको थियो ।

“मिलनलाई पेरुङ्गोमा राखिदिऊ“ नीला †” निकै बेरसम्म नीलाको बाटो हेरेपछि अझै आशा मार्न नसकेको आभासले भनेको थियो । आभासको त्यो स्वरमा निरीहता पनि मिसिएको थियो । त्यसरी प्रत्यक्ष आÏनो भनाइ राख्ने आभासभित्र नीलाले मिलनलाई बोकिदिए हुन्थ्यो भन्ने चाहना थियो । तर बिरालोले बिराएकाले आभास नीलालाई बिरालो पुनः बोकिदिने अनुरोध गर्न पनि नसक्ने अवस्थामा थियो । आपूmले मोटर हा“क्नुपर्ने बाध्यताका कारण असहाय मिलनलाई आÏनो काखमा राख्न पनि आभास असमर्थ थियो । “नीलालाई मोटर हा“क्न आए पनि त” आभासले सम्झेको थियो । तर भरखरै मोटर हा“क्न सिक्न लागेकी नीलाले यो पहाडी बाटोमा मोटर हा“क्ने कुरै थिएन । पेरुङ्गोमा हाल्ने बेलासम्म पनि आभासले नीलाले बिरालो काखमा लिइदिन्छे कि भन्ने आश मार्न सकेको थिएन । नीलाले पछाडि ड्ढर्केर हेर्दा पनि हेरिन । नीला अब कुनै पनि हालतमा बिरालो काखमा बोक्ने पक्षमा थिइन । नीलाले आभासको बिरालोस“ग कुनै सरोकारै नराखी चूप लागेरै बसिरही । राजमार्ग भएर पनि सडक त्यत्ति राम्रो अवस्थामा थिएन । सडक लामो समयदेखि मर्मत नगरिएको अवस्थाको देखिन्थ्यो । त्यसैले सडकमा प्रशस्त खाल्डाखुल्डीहरू थिए । ज्यादै सावधानीपूर्वक मोटर हा“क्ता पनि पेरुङ्गो धेरै हल्लिरहेको हुन्थ्यो । अभ्यास नभएको कलिलो छाउरो कहिले यता र कहिले उता लड्दालड्दै आजित भइसकेको थियो । “मिलनलाई धेरै गाह्रो भयो≤ एकैछिन यसलाई बाहिरको हावा खुवाउनुप¥यो ।” मुगलिङ काटेर अघि बढेपछि एक ठाउ“मा आभासले मोटर रोकेको थियो ।

बिरालाको गुहुमुत परेकाले सबै शरीर गन्हाएर सकस परिरहेकी नीलाप्रति आभासले कुनै सहानुभूति व्यक्त गरेन । “नीला, कठै तिमीलाई बिरालाको गुहुमुतमा लपेसिनुपर्दा कति सिकसिको लाग्या होला ?” आभासले आÏनो अ“गालोमा उसलाई बा“धेर यसो भनिदिए हुन्थ्यो भन्ने अपेक्षामा नीला थिई । तर मोटर रोक्नेबित्तिकै पेरुङ्गोबाट बिरालो झिकेर सुमसुम्याइरहेको आभासले नीलातिर हेर्दा पनि हेरेन । “हेरन † बिचरा मिलन, कति लखतरान भएछ । अब एकघण्टामा घर पुगिन्छ≤ यसलाई भोक पनि लाग्यो होला ?” सडक किनारको एउटा ढिस्कोमा बसेको आभासले बिरालोलाई काखमा राखेको थियो । डराएको भावमा बसेको बिरालाको ढाड आभासले दाहिने हातले मुसारिरहेको थियो ।
“नीला † तिमी कति भोकायौ होली, थाक्यौ पनि होली † अब हामी चा“डै घर पुग्छौ“ प्यारी †” नीलाको कल्पनाको संसारमा नीलालाई अ“गालामा बा“धेर आभासले यसरी भनेको थियो, तर वास्तविकताको संसार भने नीलाका लागि अप्रिय थियो ।
“मिलनलाई पेरुङ्गोमा धेरै अप्ठ्यारो भएजस्तो छ ।” आभासले नीलालाई सुनाउ“दै भनेको थियो । नीलाले आभासको कुरा सुने पनि नसुनेजस्तो गरेर बेवास्तामा उसले अर्कैतिर आÏनो ध्यान भएजस्तो गरिरही । त्यसपछि आभासले पनि त्यो कुरा दोहो¥याएको थिएन ।

अघिजस्तै आभासले बिरालो पेरुङ्गोमा हालेर पछिल्लो सीटमा राखेको थियो । उनीहरू पनि पहिलेजस्तै गरी अर्थात् आभास ड्राइभिङ्ग सीटमा र नीला उसस“गैको सीटमा बसेकी थिई । त्यसपछि उनीहरूबीच कुनै कुराकानी पनि भएन । नीला मनभित्र नरमाइलोपनको भारी बोकेर यात्रामा सामेल थिई । हिजोको यही यात्रा सम्झ“दा हिजो सपना थियो वा आज सपना हो जस्तो उसलाई लागिरहेको थियो । आभास पनि सधै“ झै“ शान्त तर अनुहारमा असन्तुष्टिका भावहरू बोकेर मोटर कुदाइरहेको थियो ।
यो यात्रा बा“की एक घण्टाको भनेर आभासले घोषणा गरेको थियो । मनको बोझ र नरमाइलोपनले गा“जेर हो कि किन हो † नीलालाई भने यो एकघण्टा अति लामो र पट्यारलाग्दो लागेको थियो ।
नीलाको आभासस“गको संसर्गमा बितेका यत्तिका दिनहरूमध्ये आजै यस्तो अप्रिय समय बितेको थियो । यसअघि आभासस“ग हु“दा उसको कुनै पनि समय थाहै नपाई बित्ने गथ्र्यो । तर आज भने यही समय उसका लागि पत्याउनै नसकिने गरी लामो भएको थियो ।

“शेरबहादुर, चा“डो छिटो गरेर मिलनका लागि दूध लिएर आइज ।” घरमा पुगेपछि मोटरबाट ओर्लनासाथ आभास कराएको थियो । “निकै सानो रहेछ हजुर, कचौरामा ल्याउने कि बोतलबाट खुवाउने हो ?” शेरबहादुरले पेरुङ्गोमा राखिएको बिरालोलाई हेर्दै भनेको थियो । “पहिले कचौरामा ल्याइहाल≤ खाएन भने बोतलमा खुवाउ“ला ।” आभासले पेरुङ्गोबाट बिरालो झिक्तै भनेको थियो ।
“नीला † तिमी चा“डै नुहाइधुवाइ गर अनि हामी स“गै बसेर चिया खाने ।” उसस“ग आभासले भन्दै नभनेका कुराहरू नीलाका कानसम्म आएका थिए । आभास बिरालो बोकेर अघिअघि लागेको थियो भने नीला कताकता अपमानको अनुभूतिमा रुमल्लि“दै उसको पछिपछि लागेकी थिई ।
बिरालाको गुहुमुतको सिकसिकोले र यात्राको थकाइले लखतरान नीला नुहाइधुवाइ सकेर बाहिर निस्क“दा पनि आभास बिरालाकै व्यवस्थामा नोकरहरूस“ग व्यस्त देखिन्थ्यो । उनीहरूको कोठाको रूप पनि ड्ढेरिएको थियो । एउटा सानो झोलुङ्गोखाले पलङ उनीहरूको कोठाको किनारमा राखिएको थियो । उनीहरूको सुत्ने पलङको शिरलाई पनि उल्टोपट्टि ड्ढर्काइएको थियो । अर्थात् उनीहरूको पलङको सिरानीमा टाउको राखेर सुत्ने मानिसले त्यहा“बाट नउठीकन नै त्यो सानो झोलुङ्गोखाले पलङलाई राम्ररी हेर्न सक्थ्यो । “अब बिरालाको तस्बिरका साथै बिरालाको पलङ्ग पनि हेर्नुपर्ने भयो ।” नीलाले मनमनै सोचेकी थिई ।
“ए तिमीले त नुहाई पनि सकिछौ † दलबहादुर दाइ, रानीसाहेबलाई चिया बनाएर त्याऊ । अ“ऽऽऽ मलाई पनि ल्याइदेऊ न, म ननुहाई खान्छु एककप चिया ।” आभासले अह्राएको थियो । दलबहादुर तुरुन्तै आदेशको पालना गर्न त्यहा“बाट हि“डेको थियो । “हेर न नीला † मिलन लामो यात्राले होला, कस्तो लल्याकलुलुक भएको छ । एकचोटि डा. दत्तलाई ड्ढोन गर्नुप¥यो ।” आभासले पलङमा सुतिरहेको बिरालोलाई लक्षित गर्दै नीलास“ग लामो समयपछि केही नजिक भएर कुरा गरेको थियो । त्यसपछि ऊ लगत्तै ड्ढोनमा डा. दत्तस“ग कुरा गर्न लागेको थियो ।
उनीहरूले चिया पिइसक्ता नसक्तै डाक्टर दत्त आएका थिए । पशुडाक्टर दत्तले बिरालाको राम्ररी परीक्षण गरिसकेपछि डा. दत्तलाई लिएर आभास बैठककोठामा गएको थियो । त्यसपछि झन्नै एकघण्टासम्म डाक्टर दत्तस“ग आभासले कुराकानी गरेको थियो । चियाचमेना गराएर आभासले डाक्टर दत्तलाई बिदा गर्दा रात्रिको प्रथम प्रहर बित्न लागेको थियो । “रानीसाहेबले भुजा ज्यूनार गरिबक्सेन, हजुरलाई पर्खिबक्सेको छ ।” दलबहादुर दाइले आभासलाई बेलुकीको भोजनको निम्तो गरेको थियो । “ओहो † मैले त नुहाएकै छैन, दलबहादुर दाइ † त्यतिन्जेल मिलनका लागि दूध ठीक पार त । त्यो मनमतीको दराज छ नि, हो त्यसमा दूधको बोतल पनि छ, त्यसलाई माझेर दूध ल्याऊ है †” आभासले हतारहतारमा भनेको थियो । त्यसपछि झन्नै दौड“दैजसो ऊ नुहाउने कार्यमा जुटेको थियो ।

उनीहरू खानाखाने टेबुलमा पुग्दा रात धेरै बितिसकेको थियो । नीलालाई भोकले धेरै थिचेकाले गर्दा खाना खाने रुचि नै हराएजस्तो भएको थियो । “तिमीले अघि नै खाएकी भए पनि हुन्थ्यो नि नीला †” आभासले दिएको सल्लाहको नीलाले कुनै जवाड्ढ दिन चाहिन ।
दलबहादुर दाइको सुरुचिपूर्ण परिकारले पनि नीलालाई त्यसबेला तृप्ति दिन सकेन । पेट भोकै भएर पनि नीलाको मुख भने अघाएको थियो । आभासले चाहि“ सदाझै“ आÏनो सामान्य खानपिन गरेको थियो । तर नीलालाई “आज किन थोरै खाएकी ?” भन्नु त परै जाओस् उसको थालतिर पनि उसले हेर्दै हेरेन । खानाखाने टेबुलबाट उठेर आभास आÏना कोठातिर लागेको थियो≤ नीला उसका पछिपछि ।
“बुझ्यौ नीला, मिलनलाई ज्वरो आएजस्तो छ । यी डाक्टरहरूलाई के गर्नु ? अघिमात्र जा“चेर ठीक छ भनेर गएको दत्ते, म ड्ढोन गरेर सोध्छु एकपटक ।” बिरालाको पलङमा पुगेर बिरालो सुमसुम्याउ“दै आभासले भनेको थियो । त्यसपछि ऊ ड्ढोन गर्न लाग्यो । नीला आÏनो बिछ्यौनामा पुगेर ढल्केकी थिई ।
हुन पनि आज ज्यादै थाकेकी थिई नीला । यात्राले भनौ“ भने आजको यात्रा त्यस्तो खास जटिल पनि होइन । कच्ची सडकमा दुईतीन दिनको यात्रा पनि उसले गरेकी छ । राजमार्गमा धेरैजसो सलल बगेको गाडीमा आज खास दुःख भएको थिएन, तर पनि उसले अचाक्ली थाकेको महसुस गरिरहेकी थिई । त्यसैले नीलाले चुपचाप निदाउने अभिप्रायले आ“खा चिम्लेकी थिई≤ निद्रा तर उसका नजिक आउन चाहेको थिएन । आ“खा चिम्लेर थकाइ मेटाउने प्रयत्नमा ऊ लागिरही ।
डाक्टर दत्तले ड्ढोनबाटै कुनै औषधीको नाम लेखाएर छुटकारा पाउन खोजेका थिए, तर आभासले औषधी लिई आउन र एकपटक मिलनको पुनः जा“च गर्न आग्रह गरेको थियो । जसले गर्दा आधारातमा पनि औषधी बोकेर डाक्टर दत्त उनीहरूको शयनकक्षमा प्रवेश गरेका थिए । परपुरुष शयनकक्षमा प्रवेश गर्नु, त्यो पनि आपूm सुतिरहेको बेला, नीलाले सरमको अनुभूतिलाई निदाएको नाटकले छोपिदिई । कालो थसुल्ले तर फुर्तिलो डाक्टरले आभासका आ“खा छलेर यसो एकदुई पटक निदाएको भन्ठानिएकी नीलातिर पनि हेरेको थियो ।
“यो औषधीले यसलाई ड्ढाइदा भइहाल्छ । राजा † अब सुतिबक्से हुन्छ≤ हजुरले चिन्ता गर्नुपर्दैन । बिरालो पनि औषधीको प्रभावले अब बिहान मात्रै उठ्छ ।” बिरालोलाई सुई घोचिसकेपछि दत्तले आभासलाई आश्वस्त पार्न खोजेको थियो । त्यसपछि डाक्टर दत्त बिदा हुन खोजेको थियो, तर आभासले केहीबेर अलमल्याएर बैठक कोठामा दुवै गड्ढ गरेर बसेका थिए । झन्नै आधाघण्टा जति पछि पुनः डाक्टर दत्तलाई लिएर आभास कोठामा आएको थियो । “मैले भने नि राजा, अब यो निदाएको छ । हजुर पनि सुकला भए हुन्छ ।” डा.दत्तले बिरालोलाई स्टेथेस्कोपले जा“च्दै भनेका थिए ।
आभास बिछ्यौनामा आउ“दा बिहान हुनका लागि केही घण्टामात्र बा“की थियो । नीला पनि रातैभरि निदाउन सकेकी थिइन । यस्तो नौलो परिवेशमा निदाउनुको अनुभूति नीलाका लागि ज्यादै अनौठो र अप्रियसमेत भएको थियो । उसलाई जीवनमा पहिलोपल्ट सडकमै सुतेजस्तो लागेको थियो । त्यस रात नीला पनि निदाएकी थिइन भन्ने कुरा आभासलाई भने थाहा भएन । आभास बिछ्यौनामा ढल्किनासाथ निदाएको थियो । दिनभरिको थकाइले पिरोलिएको आभासको स्वाभाविक निद्रा स्वीकार गर्दै नीला भने बिउ“झै पल्टिरही । असहज अनुभूतिले मर्माहत उसका आ“खामा भने निद्रा आउनै सकेन ।
बिहानीपख शौचालय जाने क्रममा नीलाले आÏना अप्रिय दृष्टिहरू बिरालाका पलङमा नचाह“दा नचाह“दै पनि पारेकी थिई ।
जिब्रो मुखबाट अलिकति बाहिर निकालेको बिरालो लामोलामो सास ड्ढेरेर निदाएको थियो । जीर्णशीर्ण त्यो बबुराको सानो शरीरको भु“डीको भाग एकदमै छिटोछिटो बाहिरभित्र गरिरहेको थियो । “यो त मर्छ जस्तो छ, आभासलाई उठाइदिनुप¥यो” नीला पिसाब गर्न नगएर आभासलाई जगाउन बिछ्यौनातिर गई । तर मस्त निद्रामा भएको आभासको निद्रा बिथोल्न पनि उसले सकिन । जे होस्≤ ऊ पिसाब गरेर आई र पुनः बिछ्यौनामा ढल्की ।
नीलालाई निद्रा लागेजस्तो भएर आएको थियो र ऊ निदाई पनि ।

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *