नारीचुली – आनुष्ठानिक सूची – नेपालमा जन्मेका नारीस्रष्टा

By | March 28, 2010


आनुष्ठानिक सूची
नेपालमा जन्मेका नारीस्रष्टा
नारीस्रष्टाले आफ्नो सृजनात्मक रागलाई प्रस्फुटन गरेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएका छन् । यसमा नेपाली भाषासाहित्यमा एउटासम्म कृति अर्पण गर्ने नारीस्रष्टाको सङ्क्षिप्त परिचय सँगालिएको छ । यस सूचीमा २०१७ सालसम्म नेपालमा जन्मेका नारीस्रष्टालाई समाविष्ट गरिएको छ ।

१. दुर्गादेवी आचार्याणीको जन्म १९५४ सालमा काठमाडौंमा भएको थियो । उनको ‘भार्याकर्तव्य’ (प्रबन्ध : १९७०) नामक कृति प्रकाशित भयो । उनी १९८५ सालमा स्वर्गीय भइन् ।
२. भगवत्कुमारी पाण्डेको जन्म १९५८ सालमा काठमाडौंको कालिकास्थानमा भएको थियो । उनका प्रकाशित कृति ‘भक्तितिलक’ (काव्य : १९७६) र ‘भगवत्पुष्पाञ्जलि’ (काव्य : २०२९) हुन् । पाण्डेले सानै उमेरदेखि साहित्यरचना गर्न थालिन् । उनले कविता लेख्ता र समाजसेवा गर्दा तत्कालीन सामन्ती समाज उनलाई गालीगलोज गर्न पछि परेको थिएन । वास्तवमै उनी बहुआयामिक व्यक्तित्वकी धनी थिइन् । उनी नारीजागरणमा समेत समर्पित थिइन् । त्यस बेला उनी निर्भीक र जागरुक स्रष्टामा परिचित भइन् । त्यतिमात्र होइन; मोतीराम भट्टले सुरु गरेको श्रृङ्गारिक कवितालेखन परम्परामा उनी प्रथम कवयित्री थिइन् भनिन्छ । आफ्नो चञ्चले स्वभावका कारण उनले कवितामा पनि आफ्नो प्रतिविम्ब दिइन् । साहित्यकार पोषण पाण्डे यिनैका छोरा हुन् । पोषण पाण्डेकी छोरी समालोचक डा. ज्ञानू पाण्डेका अनुसार यी भगवत्कुमारी पाण्डेको २०२८ साल चैत १८ गते स्वर्गारोहण भयो ।
३. पुण्यमतीदेवीको जन्म १९६६ साल पुस १९ गते धनकुटाको छथरमा भएको थियो । पतिको स्वर्गारोहण भएपछि ६ वर्षीय नाबालक च्यापेर उनी बनारस लागिन् । त्यहीँ उनी वैष्णव सम्प्रदायमा दीक्षित भइन् । २० वर्ष बनारस बसेपछि छोरा लिएर उनी फेरि नेपाल फर्किन् र धरानमा बसिन् । उनले वार्णिक छन्दमा कविता लेखिन् । उनको प्रकाशित कृति हो ‘प्रदक्षिणा’ (खण्डकाव्य : २०२६) । उनले केही फुटकर लेखरचनाहरू पनि लेखिन् । उनका छोरा टीकाप्रसाद वस्तीले पनि संस्कृत साहित्यमा प्रसिद्धि कमाए । पुण्यमतीदेवी २०२४ साल फागुनकृष्ण तृतीयाका दिन बनारसमा स्वर्गीय भइन् ।
४. तारादेवी रेग्मीको जन्म १९६९ सालमा भएको थियो । उनका ‘मनोरमा शिक्षा’ (भाग—१ र २ : प्रबन्ध २००४), ‘ग्रामविकास योजना’ (२००६), अर्जुनगीता (काव्य : २०१०) र ‘नेपाल विवाह बिल’ (२०११) गरी चारवटा कृति प्रकाशनमा आए । तत्कालीन समयमा उनी क्रान्तिकारी थिइन् । यिनले राणाकालमा नै म्याट्रिक उत्तीर्ण गरेकी थिइन् । यिनी आपूm बीस वर्षकी भएपछि नारीहित, नारीजागरण र नारीशिक्षाका लागि कलैया र बारामा निक्कै सक्रिय भएर लागेकी थिइन् । यिनी अखिल नेपाल महिला सङ्घकी पनि अध्यक्ष भइन् । २०५४ सालमा यिनको स्वर्गारोहण भयो ।
५. चन्द्रकलादेवी धनञ्जयको जन्म १९७२ साल जेठ ८ गते अर्घाखाँचीको मन्द्रेमा भएको थियो । उनको प्रकाशित कृति हो ‘उपदेश चन्द्रकला’(नीतिकथाः१९९१) । चन्द्रकलादेवी धनञ्जयका भान्जा मोदनाथ प्रश्रितका अनुसार ‘‘चन्द्रकलादेवी बिहेअघि निरक्षर थिइन् । टीकाराम धनञ्जयले बिहेपछि आफ्नी पत्नीलाई चिठी लेख्नेसम्म बनाएका थिए । विशेष परिस्थितिमा आफ्नी श्रीमती चन्द्रकलादेवी धनञ्जयका नाउँमा उनले ‘उपदेश चन्द्रकला’ छापेका थिए ।’’ ‘उपदेश चन्द्रकला’ त्यस बखतको पश्चिम नेपालमा अत्यन्तै चर्चित र लोकप्रिय नीतिकथाको ग्रन्थ मानिन्थ्यो ।
६. कृष्णकुमारी कार्कीको जन्म १९७६ साल साउन ११ गते पूर्व २ नम्बरमा भएको थियो । उनको पहिलो कृति ‘एक अबलाको शोकमय जीवन’ (२००६) हो । ‘एक अबलाको शोकमय जीवन’ निजात्मक निबन्ध र लोकगीतको दोभानका रूपमा प्रस्तुत भएको छ । ३६ पृष्ठको यस कृतिमार्पmत उनले आफ्ना वेदना, पीडा र पश्चात्तापहरू प्रस्तुत गरेकी छिन् । त्यस कृतिको सेरोफेरो नै स्रष्टाको मनका बिलौना हुन् । आपूmले जीवनमा भोगेका तीता कुराहरू र भविष्यमा भगवान्मा समर्पित हुनुपर्ने हिसाबमा सो कृतिले बिट मारेको छ । सो कृति कार्कीका जीवनका पीडैपीडाले भरिएको छ:
पानी प¥यो आमै बगायो बाढीले
छैटीको दिनमा के लेख्यो भावीले ?
कृष्णकुमारी कार्कीको अर्को निबन्धसङ्ग्रह ‘शोकमय जीवनको बाँकी जीवन’ (२०५४) पनि प्रकाशित छ ।

७. रोहिणी शाहको जन्म १९७८ साल भदौ २२ गते काठमाडौंमा भएको थियो । २०५० सालमा उनको उपन्यास ‘प्रेरणा’ प्रकाशित भयो । सो उपन्यास सामाजिक जागरणमा आधारित छ । श्रीमती शाह नेपालको राजनीति र समाजसेवामा सक्रिय थिइन् । उनी २०१५ सालमा परामर्शदात्री परिषद्को सदस्यमा पनि मनोनीत भएकी थिइन् । नेपाली महिलाकी प्रेरक व्यक्तित्वका रूपमा चिनिएकी रोहिणी शाहले नेपाल अधिराज्यका प्राय: सबै भूभाग र विश्वका अधिकांश मुलुकको भ्रमणसमेत गरेकी थिइन् । उनी २०४९ साल असार २६ गते स्वर्गीय भइन् ।
८. कृष्णकुमारीदेवीको जन्म १९८० सालमा काठमाडौंमा भएको थियो । सृजना र अनुवादमा प्रसिद्धि कमाएकी कृष्णकुमारीदेवीले अनेक स्रष्टालाई साहित्यिक यात्रामा हिँड्न सहयोग पु¥याइन् । उनी लेखक तथा प्रकाशकका रूपमा बराबरी समर्पित भइन् । उनका प्रकाशित कृति हुन् : ‘भारतीय बीरबाला’ (कथासङ्ग्रह : २०१३), ‘पञ्चतन्त्रका कथा’ (अनुवाद : २०३५) ।
९. मङ्गलादेवी सिंहको जन्म १९८१ साल मङ्सिर २५ गते काठमाडौंको न्ह्योखाटोलमा भएको थियो । उनी २००७ सालअघि र पछि नारीहितका निम्ति सङ्गठन र आन्दोलनमा सक्रिय थिइन् । नेपाल महिला सङ्घकी संस्थापक तथा अध्यक्ष मङ्गलादेवी सिंहका प्रकाशित कृति हुन् ‘नारी सङ्घर्षका पाइलाहरू’ (निबन्धसङ्ग्रह : २०५१) र ‘नेपाली संस्कृतिका छटाहरू’ (प्रबन्धसङ्ग्रह : २०५४) । गणेशमान सिंहकी श्रीमती मङ्गलादेवी सिंह २०५३ साल भदौ १० गते काठमाडौंको छेत्रपाटीमा स्वर्गीय भइन् ।
१०. शान्ता पोखरेलको जन्म १९८४ सालमा काठमाडौंमा भएको थियो । ‘नारीका मूल्य’ (प्रबन्ध), ‘एक पूmल अनेक रङ्ग’ (प्रबन्ध : २०४४) र ‘जीवनका डोबहरू’ (निबन्ध : २०५२) उनका प्रकाशित कृतिहरू हुन् । यीबाहेक उनका अन्य प्रकाशित कृति हुन् ‘स्वास्नीमान्छे’ (२०१६), ‘विकास र नारी’ (२०३२), ‘शिशु उपहार’ (२०३५), ‘एक दशकका उपलब्धि’ (२०४२) । उनका यी कृतिहरूचाहिँ सामाजिक र राजनैतिक विषयवस्तुमा आधारित छन् । उनीे विभिन्न अलङ्कार, अभिनन्दनलगायत सीताराम विशेष सम्मानबाट पनि सम्मानित भएकी छिन् ।
११. सुशीला थापाको जन्म १९८५ साल भदौ १५ गते काठमाडौंको बालुवाटारमा भएको थियो । उनी २०१३ सालमा सल्लाहकार सभामा निर्वाचित भइन् । उनी अठार वर्षसम्म राष्ट्रिय पञ्चायतकी निर्वाचित सदस्य भइन् । उनी पटकपटक मन्त्री पनि भइन् । उनी प्रसिद्ध गोरखादक्षिणबाहु (दोस्रा) र विभिन्न अलङ्कारबाट विभूषित र अलङ्कृत भइन् । उनको प्रकाशित कृति हो ‘सृजना र सम्झना’ (गीतिकविता निबन्धसङ्ग्रह : २०६१) ।
१२. मनोहराको जन्म १९८७ साल माघ २० गते काठमाडौंमा भएको थियो । उनले २००४ सालदेखि लेख्न थालिन् । उनको प्रकाशित कृति हो ‘घाँसको पूmल’(कवितासङ्ग्रह : २०६२) । उनको वास्तविक नाउँ सुशीला राणा हो । उनले २७ वर्ष राजदरबारमा काम गरिन् ।
१३. चारुशीला मिश्रको जन्म १९८७ सालमा काठमाडौंको गैरीधारामा भएको थियो । उनका ‘भावाञ्जलि’ (कवितासङ्ग्रह : २०४५), ‘श्रद्धाञ्जलि’ (कवितासङ्ग्रह: २०६०), ‘भावसरिता’ (कवितासङ्ग्रह: २०६१) र ‘भक्तिसरिता’ (प्रबन्धसङ्ग्रह: २०६१) प्रकाशित छन् । उनले निबन्ध र कथा पनि लेखेकी छिन् ।
१४. कुन्तीदेवी भट्टराईको जन्म १९८८ साल भाद्र कृष्णसप्तमीका दिन काठमाडौंको ठमेलमा भएको थियो । उनी कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी हुन् । उनले वार्णिक छन्दमा कविता लेखेकी छन् । उनका प्रकाशित कवितासङ्ग्रहहरू हुन् ‘सम्झना श्रद्धाञ्जलि’ (२०५१), ‘लालित्यकला’ (२०५१), ‘प्रार्थनाप्रवाह’ (२०५३) र ‘वेदस्तुतिमा आधारित भक्तिपुष्प र केही प्रार्थना’ (काव्य : २०६३) । श्रीमती भट्टराई समाजसेवा र साहित्यिक सङ्गठनमा पनि क्रियाशील छिन् । नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराई जन्माउने पनि कुन्तीदेवी भट्टराई नै हुन् ।
१५. अङ्गूरबाबा जोशीको जन्म १९८९ सालमा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशी नेपाली नारीशिक्षा र उत्थानमा समर्पित नाउँ पनि हो । बनारस विश्वविद्यालयबाट एम.ए. गरेकी जोशीले पटना विश्वविद्यालयबाट बी. एल्. पनि पास गरिन् । उनी नेपालको राजनीति, समाजसेवा र शिक्षाक्षेत्रकी परिचित व्यक्ति पनि हुन् । उनी राष्ट्रिय पञ्चायतको सदस्य पनि भइन् । उनको प्रकाशित कृति ‘कल्पना’ कथासङ्ग्रह (२०३१) हो ।
१६. भुवनेश्वरी सत्यालको जन्म १९९३ साल असारमा काठमाडौंको ज्ञानेश्वरमा भएको थियो । सत्यालले कविता, निबन्ध र प्रबन्ध प्रकाशनमा ल्याइन् । खास गरेर बालकका लागि लेखेर उनले आफ्नो व्यक्तित्वको छवि प्रस्तुत गरेकी छिन् । उनले धेरै वर्षसम्म नेपाल बाल सङ्गठनको उच्च तहमा रहेर काम गरिन् । एम.ए. उत्तीर्ण गरेपछि उनी समाजसेवामा लागिन् । उनले फुटकर रूपमा धेरै रचनाहरू प्रकाशनमा ल्याइन् । उनका प्रकाशित कृति ‘गीताबोध’ (

अनुवाद : २०५३), ‘पञ्चतन्त्रका कथा, (भावानुवाद : २०६२) हुन् । जीवनलाल सत्यालकी श्रीमती भुवनेश्वरी सत्यालले ‘चिचिला’ नामक बालपत्रिकाको सम्पादन पनि गरिन् ।
१७. शशि रिमालको जन्म १९९३ साल मङ्सिरमा काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनका प्रकाशित कृति हुन् ‘कविताकुञ्ज’ (कवितासङ्ग्रह : २०४२) र ‘स्मृतिका झस्काहरू’ (कथासङ्ग्रह : २०५३) । साथै उनले ‘कवयित्री लोकप्रियादेवी’ (२०४०) नामक कृतिको सम्पादन पनि गरिन् । उनी गीतलेखनमा पनि चर्चित छिन् । ईन्जीनियर शङ्करनाथ रिमालकी श्रीमती शशि रिमालले आफ्नी आमा लोकप्रियादेवीका अप्रकाशित रचनाहरू प्रकाशन गरेर नेपाली भाषासाहित्यलाई समेत गुन लगाइन् । साहित्यसृजनाका अतिरिक्त समाजसेवामा पनि उनी समर्पित छिन् ।
१८. मिठाईदेवी विश्वकर्माको जन्म १९९३ साल फागुन १० गते काठमाडौंको इन्द्रचोकमा भएको थियो । स्नातक उत्तीर्ण विश्वकर्माको प्रकाशित कृति हो ‘नेपाली नारीको अवस्था र अवस्थिति’ (प्रबन्धसङ्ग्रह : २०६१) । उनी कथाकार, कवयित्री र निबन्धकारमा पनि परिचित छिन् । उनी मूलत: समाजसेवी र राजनीतिज्ञ नै हुन् । उनले भारत, श्रीलङ्का, थाइल्यान्ड, हङकङ र संयुक्त राज्य अमेरिकाको पनि भ्रमण गरेकी छिन् । उनी उनका पतिका नाउँमा स्थापित ‘टी. आर. विश्वकर्मा स्मृति प्रतिष्ठान’ को संरक्षक पनि भइन् ।
१९. पीताम्बरा उपाध्याय ‘पीयूषको जन्म १९९४ साल कात्तिकको धन्वन्तरी जयन्तीका दिन बनारसस्थित देवशमशेरको नेपाली कोठीमा भएको थियो । बी. ए., बी. एड. र हिन्दीमा साहित्यरत्नको शैक्षिक योग्यता हासिल गरेकी पीयूषका ‘तिमी केवल तिमी’ (कवितासङ्ग्रह : २०५९), ‘युगको प्रतीक्षा’ (काव्य : २०६०), ‘सम्झना’ (शोककाव्य : २०६०) तथा ‘बाटामा बसेको बाघ’ (उपन्यास : २०६०) ‘साँझको घाम’ (कथासङ्ग्रह : २०६१) प्रकाशित छन् । उनी साहित्यिक सङ्गठनलगायत धार्मिक र सामाजिक संस्थाहरूमा क्रियाशील छिन् ।
२०. अञ्जु दीक्षितको जन्म १९९४ साल माघ २६ गते रौतहटमा भएको थियो । उनको प्रकाशित कृति हो ‘त्यो गोरो हात’ (कथासङ्ग्रह: २०५७) । उनी स्रष्टा कमल दीक्षितकी धर्मपत्नी हुन् ।
२१. सुशीला द्विवेदीको जन्म १९९५ सालमा वीरगन्जमा भएको थियो । उनको प्रकाशित कवितासङ्ग्रह हो ‘क्षितिजलाई हेर्दा (२०५१) । एम. ए. समुत्तीर्ण द्विवेदी श्री ५ को सरकारको सेवामा समेत लामो समयसम्म कार्यरत रहिन् ।
२२. सुशीला कोइरालाको जन्म १९९५ साल फागुन २८ गते विराटनगरको तीनपैनीमा भएको थियो । उनका प्रकाशित कृति हुन्— ‘आराधना’ (कवितासङ्ग्रह : २०१८), ‘दीपिका’ (कवितासङ्ग्रह : २०२४), ‘अर्चना’ (गीतिकवितासङ्ग्रह : २०५१), ‘परदेशीलाई पत्र’ (गद्यकवितासङ्ग्रह : २०५१) र ‘चेतना’ (खण्डकाव्य : २०५३) । सुशीला कोइरालाले भारतको बिहारबाट पीएच.डी. गरिन् । धेरैले यिनको विद्वत्तामा शङ्का पनि गरे; तर यिनले आफ्नो नाउँका अगाडि डा. लेख्न छाडिनन् । यिनी समीक्षक डा.गणेश भण्डारीकी उपपत्नी हुन् ।
२३. पार्वती उप्रेतीको जन्म १९९६ साल साउन ९ गते काभ्रेको खरेलथोकमा भएको थियो । सामाजिक तथा धार्मिक जागरणमा समर्पित श्रीमती उप्रेतीको प्रकाशित कृति ‘श्रद्धार्चना’ (कवितासङ्ग्रह : २०५९) हो । उनी भारती खरेल सम्मानलगायत केही अलङ्कारबाट समेत विभूषित छिन् ।
२४. सरिता ढकालको जन्म १९९६ सालमा इलाममा भएको थियो । उनको प्रकाशित कृति ‘प्रगतिशील दृष्टिमा केही समालोचनाहरू’ (समालोचनासङ्ग्रह : २०२०) हो ।
२५. सावित्री पोखरेलको जन्म १९९६ सालको पूmलपातीमा धनकुटाको सिबुवामा भएको थियो । उनको साहित्यिक कृति ‘कलङ्की समाज’ (नाटक : २०१५) हो ।
२६. सुशीला भट्टको जन्म १९९६ साल फागुन १७ गते काभ्रेपलाञ्चोकको खरेलथोकमा भएको थियो । निबन्ध र समालोचना विधामा अग्रसर भट्टको प्रकाशित कृति हो ‘गुरुप्रसाद मैनाली व्यक्ति र कृति’ (जीवनी र समीक्षा : २०६०) । उनी समालोचक आनन्ददेव भट्टकी धर्मपत्नी हुन् ।
२७. सविता अज्र्यालको जन्म १९९६ फागुन २७ गते विराटनगरमा भएको थियो । उनको निधन २०५७ भदौ ५ गते विराटनगरमै भएको थियो । उनको प्रकाशित कृति हो ‘सविताका कविता’ (कवितासङ्ग्रह : २०५८) । गायन तथा वीणावादनमा उनको विशेष रुचि थियो । उनी समाजसेवीका रूपमा पनि परिचित थिइन् । उनी जनरल मातृकाप्रसाद कोइरालाकी जेठी छोरी हुन् ।

२८. किरण शाक्यको जन्म १९९७ सालमा भएको थियो । उनी २०१४ सालमा ‘भारती’ (९—१) मा ‘बिर्सेको सम्झना’ मार्फत सृजनात्मक कोसेली बोकेर साहित्यमा झुल्केकी थिइन् । उनका प्रकाशित कृति हुन् ‘बन्धनमुक्त’ (कथासङ्ग्रह : २०२०) र ‘दीपमाला’ (सामाजिक नाटक : २०२३) ।
२९. कमला न्यौपानेको जन्म १९९७ साल साउन १६ गते सुनसरीस्थित धरानको विजयपुरमा भएको थियो । उनी समाजसेवी र राजनीतिज्ञका रूपमा परिचित छिन् । उनी राष्ट्रिय पञ्चायत र पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्य पनि भइन् । निबन्ध, प्रबन्धमा हात बसिसकेकी कमलाले ‘उसको सपना’ (उपन्यास : २०३४) पनि लेखेकी छिन् । डा. हरिभक्त न्यौपानेकी श्रीमती कमला न्यौपानेले ‘शारदावाणी’, ‘प्रणमाञ्जलि’, ‘महिला बोल्छिन्’ र ‘ओइरो’ पत्रिकाको पनि सम्पादन गरिन् । लेखनमा उनले ‘रत्नश्री स्वर्णपदक’ पाइन् ।
३०. इन्दिरा श्रेष्ठको जन्म १९९७ साल मङ्सिर २३ गते झोंछेटोल, काठमाडौंमा भएको थियो । एम.एस्सी. समुत्तीर्ण इन्दिरा श्रेष्ठले एम.म्यूज (सङ्गीत) पनि गरेकी छिन् । उनी नेपाल महिला सङ्गठनकी केन्द्रीय सभापति पनि भइन् । उनी स्नातकबाट राष्ट्र्यि पञ्चायत सदस्य, पञ्चायत नीति तथा जाँझबुझ समितिकी सदस्य, त्रिभुवन विश्वविद्यालय सभा सदस्य र राजपरिषद् सदस्य भइन् । कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयकी अध्यक्ष इन्दिरा श्रेष्ठले आफ्नै स्वरमा अङ्कित धेरै गीति क्यासेट पनि प्रकाशन गरिन् । उनका नेपाली र अङ्ग्रेजी भाषामा थुप्रै लेखरचनाहरू प्रकाशित भएका छन् । उनको प्रकाशित मौलिक कृति हो ‘नारी आज पनि दान पात्र ?’ (प्रबन्धसङ्ग्रह : २०६३) ।
३१. विष्णुकुमारी शर्माको जन्म १९९७ सालमा इलामको नामसालिङमा भएको थियो । उनले अनुसन्धान र समालोचनामा आधारित धेरै लेखरचनाको निर्माण गरिन् । उनको सिङ्गो कृतिका हकमा सन् १९९२ मा ‘नारीमनोविज्ञान तथा अस्तित्ववादको सन्दर्भमा विश्वेश्वरप्रसाद कोइरालाको साहित्य’ प्रकाशनमा आयो । मनोविज्ञान र नेपालीमा एम.ए. समुत्तीर्ण शर्माले उत्तरबङ्ग विश्वविद्यालयबाट सन् १९८६ मा पीएच्.डी. गरिन् । भारतमा नेपाली भाषाका माध्यमबाट पीएच्.डी. गर्ने उनी प्रथम नारीमा स्थापित भइन् । उनले धेरै वर्ष उत्तरबङ्ग विश्वविद्यालय र बनारस हिन्दू विश्वविद्यालयमा पनि प्राध्यापन गरिन् । वैवाहिक जीवनमा गाँसिएपछि उनी भारततर्पm लागेकी हुन् ।
३२. हरिकला चुडाल ‘गर्गको जन्म १९९८ साल असोज २ गते ताप्लेजुङको हाङपाङमा भएको थियो । उनी सानैदेखि साहित्य रचनामा उद्यत थिइन् । उनका रचनाहरू प्राय: धर्मसंस्कृतिमा आबद्ध छन् । उनको साहित्यिक सृजनाचाहिँ ‘हिमा’ शोककाव्य (२०४२) हो । अध्यात्मचेतनामा आधारित उनका प्रकाशित कृतिहरू हुन् ‘भजनमाला’ (२०४२), ‘भक्तिपत्र’ (२०४२), ‘देवी दिव्यदर्शन’ (२०५४), ‘त्रैलोक्येश्वरी दिव्यदर्शन’ (२०५६), ‘शिव वेदगीता’ (२०५७), ‘श्री दिव्यधाम’ (२०५७), ‘चित्त्शक्ति ब्रह्मत्व’ (२०५९), ‘ब्रह्मात्मज्योति हरिकलादर्शन’ (२०५९), ‘चेतचेतन गीता’ (२०५९), ‘ॐ श्री अम्बा सहस्रनाम’, ‘हरिकला भक्तिभजन’, ‘जीवनदर्शन’ र ‘श्रीपराविद्या पुरुषोत्तमदर्शन’ (२०६१) ।
३३. प्रकाश प्र्रधानाङ्गको जन्म १९९८ साल रामनवमीमा पाल्पा, तानसेनमा भएको थियो । उनको प्रकाशित कृति ‘अपवाद’ (कथासङ्ग्रह : २०६३) हो । उनले यस कृतिलाई नेपालभाषा (नेवारी) बाट नेपालीभाषामा अनुवाद गरिन् र आपूmले लेखेका दुईवटा नेपाली भाषाका कथा पनि यसै कृतिमा समावेश गरिन् ।
३४. स्नेह पोखरेलको जन्म १९९८ सालमा काठमाडौंमा भएको थियो । उनका प्रकाशित कृति हुन् ‘कमलविनायक आराधना’ (भजनसङ्ग्रहः२०५९) र ‘कथाकोसेली’ (बालकथासङ्ग्रह : २०६३) । उनी समाजसेवीका रूपमा पनि चर्चित रहिन् ।
३५. सुमित्रा अधिकारीको जन्म १९९९ साल जेठ १४ गते महाराजगन्ज, काठमाडौंमा भएको थियो । उनको प्रकाशित कृति हो ‘श्राप परेको नाता’ । उक्त उपन्यासमा मिति खुलेको छैन । स्रष्टाका अनुसार सो उपन्यास २०६१ सालमा छापिएको हो ।
३६. रेवती राजभण्डारीको जन्म १९९९ साल असार ७ गते काठमाडौंको ठमेलमा भएको थियो । साहित्यमा सृजनात्मक र सङ्गठनात्मक रूपमा उनी बराबरी संलग्न छिन् । उनी सङ्गीतजगत्सँग पनि घनिष्ठ छिन् । उनले पाँचवटा कृति प्रकाशनमा ल्याइन् : ‘खिचडी’ (कवितासङ्ग्रह : २०४६), ‘दाइजो’ (कथासङ्ग्रह : २०४६), ‘भिजेको तकिया’ (शोककवितासङ्ग्रह : २०४८) ‘मुक्ति’ (कथासङ्ग्रह : २०५३), ‘बालसुधा’ बालकथासङ्ग्रह: २०५५), ‘भूतसँगजम्काभेट’(बालकथासङ्ग्रह : २०६२),‘मोती’ (बालकथासङ्ग्रह : पाण्डुलिपि पुरस्कार प्राप्त : २०६०), ‘राजाको सीङ छ’ (बालकथा : २०६२) । साथै नेवारी भाषामा उनका चारवटा कृतिहरू प्रकाशित छन् । उनी विभिन्न अलङ्कार र सम्मानबाट सम्मानित छिन् । उनले भारत, संयुक्त अधिराज्य, फ्रान्स, निदरल्यान्ड, बेल्जियम आदिको भ्रमण गरेकी छिन् ।

४५. हिरण्यकुमारी पाठकको जन्म २००२ साल साउन १५ गते काठमाडौंको प्यूखाटोलमा भएको थियो । समाजसेवाका फाँटमा उनको योगदान पाइन्छ । उनी नारी सेवा समन्वय समितिमा पनि कोषाध्यक्ष थिइन् । उनी विभिन्न सामाजिक, धार्मिक र साहित्यिक संघसंस्थामा सक्रिय रहिन् । राष्ट्रिय वाणिज्य बैंकको प्रबन्धक पदसम्म रही उनले सेवा गरिन् । नेपालको बैंकिङ क्षेत्रमा उनी प्रथम नारी प्रबन्धक हुन् । उनी विभिन्न विभूषण, अलङ्कार र
३७. कौशला जोशीको जन्म १९९९ सालको कात्तिक (लक्ष्मीपूजा) मा वटुटोल, काठमाडौंमा भएको थियो । उनको प्रकाशित कृति ‘नेपाली साहित्याकाशका सात तारा’ (जीवनीसङ्ग्रह : २०४४) हो । उनी २०५० साल जेठ ३० गते स्वर्गीय भइन् ।
३८. चन्द्रवदना घिमिरेको जन्म २००० साल वैशाख १८ गते लमजुङको भन्ज्याङमा भएको थियो । एम. ए., बी. एड. समुत्तीर्ण घिमिरे लामो समयसम्म शिक्षणपेसामा आबद्ध भइन् । उनले भारत, थाइल्यान्ड, जापान र संयुक्त राज्य अमेरिकाको पनि भ्रमण गरिन् । उनका प्रकाशित कृति हुन् ‘प्रयास’ (कवितासङ्ग्रह : २०५६) र ‘श्वेता’ (शोककाव्य : २०५६) ।
३९. लक्ष्मीदेवी राजभण्डारीको जन्म २००० साल असार ३१ गते भारतको दार्जिलिङस्थित कालिम्पोङमा भएको थियो । यिनले एम. ए. उत्तीर्ण गरेपछि साहित्यिक कृति जनसमक्ष ल्याउन थालिन् । उनका प्रकाशित कृति हुन् : ‘जीवनयात्राका क्षणहरू’ (कवितासङ्ग्रह : २०४७), ‘दीपशिखा’ (कवितासङ्ग्रह : २०४८), ‘अपराजिता’ (कवितासङ्ग्रह : २०५१), ‘अपलक चियाइ’ (काव्य : २०५१), ‘गुन्जिरहोस् अपार’ (कवितासङ्ग्रह : २०५६), ‘सर्वस्व तिमी’ (कवितासङ्ग्रह : २०५६ं) र ‘लक्ष्मीका अभिव्यक्तिहरू’ (२०६१) । लक्ष्मीदेवी राजभण्डारीले अङ्ग्रेजी भाषासाहित्यमा पनि लेखरचनाको निर्माण गरेकी छिन् । अङ्ग्रेजी भाषामा उनका एक दर्जन कृति प्रकाशित छन् ।
४०. सुभद्रा पन्तको जन्म २००० साल माघ शुक्लत्रयोदशीमा काठमाडौंमा भएको थियो । २०१७ देखि २०४५सालसम्म शिक्षण पेसामा संलग्न पन्त समाजसेवामा पनि सक्रिय भइरहिन् । उनका तीनवटा बालकथासङ्ग्रह प्रकाशनमा आए । उनका प्रकाशित कृति हुन्: ‘पौराणिक कथासङ्ग्रह’ (भाग १: २०५७) ‘पौराणिक कथासङ्ग्रह’ (भाग२ः२०५७) र ‘लोखर्केको बुद्धिमानी’ (२०५८) ।
४१. बिन्दु कोइरालाको जन्म २००० सालमा सिन्धुलीको दुम्जामा भएको थियो । उनी नेपालीमा एम.ए. उत्तीर्ण गरी प्राध्यापन पेसामा संलग्न भइन् । उनी समालोचनाको फाँटमा सक्रिय रहिन् । त्यसैले उनका प्रकाशित कृतिमध्ये दुईवटाचाहिँ समालोचनामा नै आधारित छन् : ‘धरणीधरदेखि शङ्करसम्म’ (२०५५), ‘नेपाली कथा, उपन्यास र कविता’ (२०५५) । साथै उनको कवितासङ्ग्रह ‘केही तुनेका थाङ्नाहरू’ (२०५७) पनि प्रकाशित छ ।
४२. सावित्री थापाको जन्म २००१ साल जेठ २५ गते भक्तपुरमा भएको थियो । समाजसेवामा समर्पित थापाले एम. ए., बी. एल. उत्तीर्ण गरिन् । उनी सानैदेखि सृजनामा पनि आबद्ध थिइन् । उनका दुईवटा कृति प्रकाशित छन् : ‘नेपालमा समाजसेवा’ (प्रबन्ध : २०३१) र ‘जीवनधारा’ (काव्य : २०५४) । नेपालका सामाजिक सेवासँग सम्बद्ध धेरै सङ्घसंस्थामा उनको भूमिका सक्रिय छ । साथै थापा प्रशासकीय व्यक्तित्वमा पनि परिचित रहिन् । उनले महिला तथा सीप विकास केन्द्रमा कार्यकारी निर्देशक, साझा केन्द्रको सदस्यसचिव, साझा स्वास्थ्य सेवामा महाप्रबन्धक पदमा रही सेवा गरिन् । उनले जहाँजहाँ पुगेरकाम गरिन् त्यहाँत्यहाँ आफ्नो व्यक्तित्वको सग्लो छाप छोड्न पनि सफल भइन् ।
४३. इन्दिरा मल्लको जन्म २००१ भदौ २५ गते केशरमहल, काठमाडौंमा भएको थियो । स्नातक समुत्तीर्ण मल्ल समाजसेवीका रूपमा चर्चित छिन् । श्री ५ बडामहारानी ऐश्वर्यबाट उनी बालकल्याण समन्वय समितिको सभापतिमा मनोनीत भइन् । साथै उनी श्री ५ ऐश्वर्य स्वास्थ्य उपचार सहायता कोषको अध्यक्ष र गीता समुदायको कोषाध्यक्ष पनि भइन् । अन्य विभिन्न सामाजिक संस्थाहरूमा पनि उनी संलग्न छिन् । सुप्रबल गोरखादक्षिणबाहुद्वारा विभूषित मल्लका फुटकर लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने गर्छन् । उनको प्रकाशित कृति हो ‘जीवन र सन्देश : श्रीमा आनन्दमयी’ (जीवनीप्रबन्ध : २०५३) । उनी हिज हाइनेस फिल्ड मार्सल केशरशमशेर ज.ब.रा. की छोरी र जनरल शान्तकुमार मल्लकी धर्मपत्नी हुन् ।
४४. सुभद्रा प्रसाईको जन्म २००२ साल असार १७ गते काठमाडौंमा भएको थियो । स्नातक समुत्तीर्ण प्रसाईको कवितासङ्ग्रह ‘सन्धिपत्र’ (२०६३) प्रकाशित छ । तीसको दशकको आरम्भमा ‘यति’ मा प्रकाशित उनका कथाहरू चर्चित थिए । हिमालयप्रिन्सेप छात्रवृत्तिकोष प्रबन्ध समितिकी संस्थापक तथा अध्यक्ष प्रसाईले अन्य विभिन्न सामाजिक सङ्घसंस्थामा पदाधिकारीका रूपमा रही मह वपूर्ण जिम्मेवारी सम्हालिन् । प्राध्यापक डा. भीष्मराज प्रसाईकी श्रीमती सुभद्रा प्रसाईले नेपाल अधिराज्यका प्राय: सबै अञ्चललगायत एसिया, युरोप र अमेरिकाका अनेक राष्ट्रको भ्रमण गरिन् ।

पुरस्कारबाट पनि सम्मानित भइन् । उनले एसिया र युरोपका विभिन्न मुलुकका अतिरिक्त संयुक्त राज्य अमेरिकाको पनि भ्रमण गरिन् । नेपालीमा एम. ए. उत्तीर्ण भएपछि उनी साहित्यरचनामा समर्पित भइन् । उनका प्रकाशित कृति ‘श्री ५ बडामहारानी सरकार तथा समाज सेवा’ (प्रबन्ध : २०४६), ‘मोहचक्र’ (कथासङ्ग्रह : २०५०), ‘श्रीकृष्ण लीला’ (बालसाहित्य : २०५४), ‘शून्यवत्’ (कथासङ्ग्रह : २०५७), ‘अव्यक्त’ (गीतिकवितासङ्ग्रह : २०६०), ‘मिहिनेती मौरी’ (बालकथासङ्ग्रह : २०६३) हुन् । उनले ‘गोमाःसङ्घर्षशील जीवनका पाटाहरू’ (२०६०) को सम्पादन गरिन् । साथै उनले ‘नारी’ र ‘महिला चेतना’ पत्रिकाको सम्पादन गरेर पनि आफ्नो कुशल सम्पादकीय व्यक्तित्वको परिचय दिइन् । हिरण्यकुमारी पाठक प्रसिद्ध इतिहासकार प्रा. तोत्रराज पाण्डेकी छोरी हुन् ।
४६. केशरी वज्राचार्यको जन्म २००२ साल पुस १० गते विराटनगरमा भएको थियो । उनले आफ्ना दुईवटा कवितासङ्ग्रह ‘मरुभूमिको काँडा’ (२०५५) र ‘वर्तमान खोजिरहेछु’ (२०६१) जनसमक्ष ल्याइन् । प्रा. डा. उषा ठाकुरद्वारा सो कृति हिन्दी भाषामा पनि अनुवाद भयो । यस कृतिलाई सरोजकुमार शाक्यले अङ्ग्रेजी तथा सुरेन्द्र शाक्य र नवीन वैद्यले नेवारी भााषामा पनि अनुवाद गरे । साथै केशरी वज्राचार्यबाट हिन्दी भाषाका निम्नलिखित ग्रन्थ नेपाली भाषामा अनुवाद भए— ‘कुसीनगरको सङ्क्षिप्त इतिहास’ (२०५९), ‘मनुस्मृति किन जलाइयो ?’(२०६०), ‘भिक्षुको पत्र’ (२०६०), ‘विश्व बालकथा’ (२०६३) र ‘आदर्श बौद्ध महिलाहरू’ (२०६३) । उनले ‘बुद्धहृदय’ (२०४४) नेवारी भाषाबाट नेपाली भाषामा अनुवाद गरिन् । साथै उनले ‘महागुरु पद्मसम्भव’ (जीवनी र प्रबन्ध २०५६) पनि लेखिन् । उनले ‘धर्मचक्र’ द्वैमासिक पत्रिकाको सम्पादन पनि गरिन् । उनी विभिन्न सामाजिक र साहित्यिक सङ्गठनमा सक्रिय रहिन् । सरल जीवन र ठूलो विचार उनको व्यक्तित्वको विशेषता मानिन्छ ।
४७. कविता पौडेलको जन्म २००२ साल माघ ६ गते अर्घाखाँचीको खिदिममा भएको थियो । उनी सामाजिक जागरणकी प्रवक्ता हुन् । उनैले सर्वप्रथम हलो जोतेर नारीले हलो जोत्नु हुँदैन भन्ने रूढिवादी संस्कारलाई चुनौती दिएकी थिइन् । उनले राजनीति, समाजसेवा र साहित्यको त्रिवेणीमा आफ्नो नाउँ लेखाइन् । उनका प्रकाशित कृति हुन्— ‘तीजका गीतहरू’ (२०५७), ‘योगासन र ध्यान (२०५९), ‘काँडेघारीको यात्रा’ (निबन्धसङ्ग्रह : २०५९), बालचीत्कार (उपन्यास : २०६२) र ‘धर्मपुत्र’ (उपन्यास : २०६३) । कविता पौडेल चिन्तक, स्रष्टा तथा राजनीतिज्ञ मोदनाथ प्रश्रितकी जीवनसँगिनी हुन् ।
४८. स्नेहप्रभा अज्र्यालको जन्म २००२ सालमा काठमाडौंमा भएको थियो । उनले ‘संस्कृति’ (प्रबन्ध : २०४५) प्रकाशनमा ल्याइन् । उनले ‘सेवा सुमन’को पनि सम्पादन गरिन् ।
४९. सावित्री अज्र्यालको जन्म २००२ सालमा धादिङमा भएको थियो । उनले ‘कल्पना’ (नाटक : २०२१) लेखिन् । साथै उनले शरद्चन्द्र चट्टोपाध्यायको ‘देवदास’ उपन्यास हिन्दीबाट सन् १९६४ मा नेपाली भाषामा अनुवाद गरिन् । पाटन संयुक्त क्याम्पसमा प्राध्यापन गर्ने अज्र्यालले २०५८ मा ‘चेपाङ जातिको रीतिरिवाज’ विषयमा पीएच्. डी. गरिन् ।
५०. जलेश्वरी श्रेष्ठको जन्म २००३ साल फागुन ७ गते काठमाडौंको वटुमा भएको थियो । उनका प्रकाशित कृति हुन् ‘लाभाका बाफहरू’ (कथासङ्ग्रह : २०५८), ‘परीको घर’ (बालकथासङ्ग्रह : २०६०), ‘मिहिनेती गौरी’ (बालउपन्यास : २०६१) ‘मौन विद्रोह’ (कथासङ्ग्रह : २०६१), ‘टिसाको जन्मदिन’ (बालकथासङ्ग्रह : २०६१) उनी नारी साहित्य प्रष्ठिानकी संरक्षक र गुञ्जनकी कोषाध्यक्ष पनि भइन् । उनले भारत, थाइल्यान्ड, जर्मनी र संयुक्त राज्य अमेरिकाको भ्रमण गरिन् । उनी स्रष्टा द्वारिका श्रेष्ठकी धर्मपत्नी हुन् ।
५१. सुमित्रा वान्तवाको जन्म २००३ सालमा तेह्रथुममा भएको थियो । उनी स्वास्थ्यसेवामा आबद्ध रहिन् । स्वास्थ्यसेवाका क्रममा पनि उनका केही कृति निर्माण भएका छन् । साहित्यतर्पm उनको ‘जीवनको अन्तरालभित्र रुमलिँदा निस्केका सुस्केराहरू’ (निबन्धसङ्ग्रह : २०५४) प्रकाशित छ ।
५२. कल्पना प्रधानको जन्म २००३ सालमा खोटाङको मार्सेमा भएको थियो । यिनले बालसाहित्यलेखनमा प्रसिद्धि कमाइन् । यिनका सम्पूर्ण कृति बालकथामा आधारित छन् । लोककथा र पौराणिक कथा यिनका लेखनका विषयवस्तु हुन् । यिनका प्रकाशित पुस्तक सोह्र्रवटा छन् : ‘रुपियाँ फल्ने रूख’ (२०३७), ‘सेतीपरी कालीपरी’ (२०४०), ‘हीरा र मोती’ (२०४२), ‘पञ्चतन्त्रका पाँच कथा’, (२०४२), ‘चीँमुसी चीँ’, (२०४३), ‘खिच्रीमिच्री’ (२०४३), ‘मेरो सानो घोडा’ (२०४५), ‘अर्थ न बर्थका कुरा’ (२०४५), ‘अपरा’ (२०४५), ‘खरायो र उसको छाया’ (२०४७), ‘दयालु परी’ (२०५२), ‘शोकाकुल ढुङ्गाहरू (२०५२), ‘सुनचाँदीको बालक (२०५३), ‘घोडाको मोल’ (२०५४), ‘विनाको बर्थडे’ (२०५५), ‘दाउरेको छोरो’ (२०५६) । कल्पना प्रधान स्रटा परशु प्रधानकी धर्मपत्नी हुन् ।

५३. ईश्वरी खड्काको जन्म २००३ सालमा काठमाडौंमा भएको थियो । उनका प्रकाशित कृति हुन्, ‘बदलिँदो परिवेश’ (कथासङ्ग्रह : २०५२), ‘सविता पोइल गई’ (उपन्यास : २०५४), ‘अनुराग’ (कवितासङ्ग्रह : २०५५) ।
५४. मङ्गलादेवी श्रेष्ठको जन्म २००४ साल पुस १५ गते बाग्लुङ बजारको कम्पुटोलमा भएको थियो । उनको प्रकाशित कृति हो ‘हिमाचल’ (कवितासङ्ग्रह : २०५९) ।
५५. दुर्गा घिमिरे २००५ साल वैशाख ३० गते धरानमा जन्मेकी थिइन् । एम.ए.,बी.एल.को शैक्षिक उपाधि ग्रहण गर्ने घिमिरेले जीवनको अधिकांश भाग समाजसेवामा बिताइन् । उनी नारीजागरणका विभिन्न सङ्घसंस्थामा पनि सक्रिय भइन् । सुरुमा राजनीतिमा लाग्दा उनी जेल पनि बसिन् । पछि उनी श्री ५ बडामहारानी ऐश्वर्यबाट नारी सेवा समन्वय समितिको सभापतिमा पनि मनोनीत भइन् । ए.बी.सी. नेपालको स्थापना गरेर उनले नारीहितका काम पनि प्रशस्तै गरिन् । उनले ‘जेलको सम्झना’ (२०५०) लेखेर उत्तम शान्ति पुरस्कार पनि पाइन् । साथै उनले ‘चेलीको कथा र व्यथा’ (निबन्धसङ्ग्रहः२०६१) पनि लेखिन् । उनले विश्वका अठ्ठाईस मुलुकको भ्रमण गरेकी छिन् । दुर्गा घिमिरे नेपाली राजनीति र सामाजिक पृष्ठभूमिमा अत्यन्त चर्चित नाउँ हो ।
५६. लीला श्रेष्ठ सुब्बाको जन्म २००५ साल कात्तिक ५ गते ताप्लेजुङमा भएको थियो । उनको कथासङ्ग्रह ‘फकलैन्ड’ (२०४९) प्रकाशित छ । उनले इतिहास विषयमा एम. ए. पास गरिन् । उनी प्रतिनिधिसभाकी उपसभामुख पनि भइन् ।
५७. कल्पना पाण्डेको जन्म २००५ साल फागुन पूर्णिमामा काठमाडौंमा भएको थियो । उनी वरिष्ठ प्रहरी उपरीक्षक (एस. पी.) सम्म भइन् । विविध विभूषण र अलङ्कारबाट विभूषित श्रीमती पाण्डे समाजसेवीका रूपमा पनि परिचित छिन् । गीतकारका रूपमा समेत प्रतिष्ठित कल्पना पाण्डेका प्रकाशित कृति हुन् ‘समर्पण’ (गीतसङ्ग्रह : २०५९) र ‘श्रद्धा सुमन’ (कवितासङ्ग्रह : २०५९) ।
५८. आशा सिंहको जन्म २००६ साल जेठ १५ गते काठमाडौंको महाराजगन्जमा भएको थियो । आशा सिंह कविता विधामा चर्चित नाउँ हो । उनले निबन्ध, प्रबन्ध र कथा पनि लेखिन् । उनका कृतिहरू हुन् ‘आँसुको थोपा’ (कवितासङ्ग्रह : २०२४), ‘दुई किनारा : एक सुस्केरा’ (कथासङ्ग्रह : २०२५) । उनले लामो समयसम्म ‘सिम्रिक’ पत्रिकाको सम्पादन गरिन् ।
५९. सन्तु श्रेष्ठको जन्म २००६ सालमा बाग्लुङ बजारमा भएको थियो । उनले बाग्लुङमा आफ्ना बुबाआमाका नाममा जगत्चन्द्र स्मृति सम्मानकोष (२०५८) स्थापना गरिन् । उनी समाजसेवीका रूपमा पनि परिचित छिन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम. ए. समुत्तीर्ण सन्तु श्रेष्ठका प्रकाशित कृति हुन् ‘कुहिरोभित्र श्वेत बान्की’ (कवितासङ्ग्रह : २०५८) र ‘क्षतिग्रस्त अक्षरहरू’ (कवितासङ्ग्रह : २०६३) ।
६०. शुभ श्रेष्ठको जन्म २००६ सालमा पाल्पाको तानसेनमा भएको थियो । उनले एम. ए., बी. एड. को शैक्षिक उपाधि हासिल गरेकी छन् । उनका ‘मेरो छानामाथिको नीलो आकाश’, (कवितासङ्ग्रह : २०४३), ‘बन्द मनको पिँजडाभित्र’ (कवितासङ्ग्रह : २०५४) र ‘अस्मिताको खोजीमा’ (उपन्यास : २०५९) प्रकाशनमा आएका छन् ।
६१. चन्द्रकला शाहको जन्म २००६ साल चैत रामनवमीमा दाङको गुर्जेसिस्नेरीमा भएको थियो । उनी नेपाली लोकगीतको सङ्कलन र गायन तथा गीत रचनाकारका रूपमा चर्चित छिन् । उनको प्रकाशित कृति ‘आँधी आएर’ (ताङ्का, हाइकु : २०६१) हो ।
६२. सरिता अर्यालको जन्म २००६ सालमा बानेश्वर, काठमाडौंमा भएको थियो । उनी पन्ध्र वर्ष पुग्दानपुग्दै अपाङ्ग भइन् । उनी शारीरिक रूपमा अशक्त भए तापनि मानसिक रूपमा पूर्ण स्वस्थ थिइन् । उनले ‘उद्गार’ नामक कवितासङ्ग्रह (२०४८) जनसमक्ष ल्याइन् । उनी २०६० सालमा स्वर्गीय भइन् ।
६३. गायत्री श्रेष्ठको जन्म २००७ सालमा इलाम बजारमा भएको थियो । प्राध्यापन पेसामा आबद्ध उनको प्रकाशित कृति हो ‘देवकुमारी थापाको व्यक्तित्व र कृतिविश्लेषण’ (२०४६) । उनले ‘दीपशिखा’ र ‘मारुनी’ को पनि सम्पादन गरेकी छिन् ।
६४. बेटी वज्राचार्यको जन्म २००७ साल जेठ २ गते पाल्पाको तानसेनमा भएको थियो । भारतको बरोदा विश्वविद्यालयबाट नृत्यकलामा स्नातकोत्तर र अभिनयकलामा स्नातक उत्तीर्ण उनले दिल्लीको पञ्जाब विश्वविद्यालयबाट चित्रकला र योगसम्बन्धी विशेष अध्ययन गरिन् । पछि उनले त्रिभुवन विश्वविद्यालयबाट पनि एम. ए. उत्तीर्ण गरिन् । उनले पद्मकन्या क्याम्पसमा प्राध्यापन गरिन् । उनका प्रकाशित कृति ‘नृत्यकला’ (२०३७), ‘नपोखिएका व्यथाहरू’, (कवितासङ्ग्रह : २०४५) हुन् ।

६५. सुशीला प्रधानाङ्गको जन्म २००७ साल भदौ १० गते रुपन्देहीको बुटवलमा भएको थियो । २०६३ सालमा उनका बालसाहित्यका दुईवटा कृति प्रकाशनमा आए, ‘सन्तेको मिहिनेत’ र ‘मोहनको हिम्मत’ । प्रगतिशील लेखक सङ्घकी केन्द्रीय सदस्य प्रधानाङ्ग सृजनात्मक र सङ्गठनात्मक गतिविधिमा परिचित व्यक्तित्व हुन् ।
६६. शान्ति राणा चिरागको जन्म २००७ सालको असोज ९ गते काठमाडौंको बालाजुमा भएको थियो । स्नातक उत्तीर्ण राणा २०२५ सालमा इलाममा सम्पन्न पूर्वाञ्चल कविसम्मेलनमा प्रथम भएकी थिइन् । २०६० सालमा ‘चिरागका केही कविताहरू’ नामक उनको कवितासङ्ग्रह प्रकाशनमा आयो ।
६७. सुशीला शर्माको जन्म २००७ साल पुस २८ गते काठमाडौंमा भएको थियो । उनले भजनसङ्ग्रह ‘भजनामृत’ (२०५६) र २०५९ सालमा ‘नारी अस्मिता’ नामक प्रबन्धसङ्ग्रह प्रकाशनमा ल्याइन् ।
६८. सुषमा आचार्यको जन्म २००७ साल फागुनमा काठमाडौंमा भएको थियो । भूतका भिनाजु अर्थात् वासुदेव लुइँटेलकी छोरी आचार्यले एम. ए., एम. एड.पनि गरिन् र जापानबाट पीएच.डी. पनि गरिन् । उनका प्रकाशित कृति हुन्, ‘गजुर ढल्कँदै छ’ (कवितासङ्ग्रह : २०४७), ‘लैनसिंह बाङ्देलका औपन्यासिक कृतिको मूल्याङ्कन’(समालोचना : २०५८) । उनी त्रिुभवन विश्वविद्यालयमा प्राध्यापन पेसामा आबद्ध रहिन् ।
६९. वसुश्री पाण्डेको जन्म २००८ सालको कृष्णजन्माष्टमीमा काठमाडौंको कालधारामा भएको थियो । उनको कवितासङ्ग्रह ‘एकक्षण’ (२०५३) प्रकाशित छ । उनी विभिन्न साहित्यिक संस्था र सामाजिक सेवामा समेत समर्पित व्यक्तित्व हुन् ।
७०. मृदुला शर्माको जन्म २००८ साल असोज ८ गते काठमाडौंको बानेश्वरमा भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट ‘नेपाली कवि केदारमान व्यथित और उनका हिन्दी काव्य’ विषयमा पीएच. डी. गरेर उनले नेपाली साहित्यमा पनि पाइला राखिन् । उनको प्रकाशित कृति हो ‘अभिव्यक्ति’ (कवितासङ्ग्रह : २०६१) । साथै उनले ‘सङ्क्षिप्त नेपाली हिन्दी शब्दकोश’ (सन् २००६) पनि लेखिन् । उनी हिन्दी साहित्यमा चर्चित हुनुको साथै हिन्दी भाषामा केही कृति लेखेर प्रसिद्ध भइन् । उनी अनुवादक पनि हुन् ।
७१. सीतादेवी प्रधानको जन्म २००८ सालमा काठमाडौंको कालीमाटीमा भएको थियो । उनी सृजनात्मक र सङ्गठनात्मक कार्यमा गाँसिएकी स्रष्टा हुन् । उनी समाजसेवाका अतिरिक्त शिक्षा सेवामा पनि लागिन् । उनका दुईवटा कृति प्रकाशित छन् ‘कोसेली’ (कवितासङ्ग्रह : २०२४) र ‘ढुङ्गो फक्रन्न’ (खण्डकाव्य : २०२८) ।
७२. प्रमीला शर्माको जन्म २००८ साल पुस १७ गते महोत्तरीको मनरामा भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा एम. ए. उत्तीर्ण शर्माका प्रकाशित कृति हुन् ‘प्रेमको खोजीमा’ (कथासङ्ग्रह : २०६१) र ‘सम्झनाको झरी: अमेरिकामा घरीघरी’ (नियात्रासङ्ग्रह : २०६२) ।
७३. अनुपमाको जन्म २००८ साल फागुन ४ गते काठमाडौंको नक्सालमा भएको थियो । कथा र उपन्यासलेखनमा चर्चित अनुपमाले जासुसी र सामाजिक उपन्यासमा विशेष नाउँ कमाएकी छिन् । उनका तीनवटा उपन्यास प्रकाशित भएको पाइन्छ : ‘दुई हत्या एक भेद’ र ‘रहस्यमय युवक’ अनि ‘शिवा’ (साप्ताहिक ‘सुधा’ मा धारावाहिक रूपमा पाँच अङ्कसम्म छापियो) । उनको वास्तविक नाउँ प्रमीला उपाध्याय हो । स्नातक उत्तीर्ण उपाध्यायले काठमाडौंको नन्दी रात्रि माध्यमिक विद्यालयमा पढाउँछिन् ।
७४. उमा श्रेष्ठको जन्म २००९ साल फागुन ७ गते ठमेल, काठमाडौंमा भएको थियो । उनी समाजसेवा र राजनीतिमा परिचित छिन् । नारी जागरणका कार्यमा समर्पित उमा श्रेष्ठ प्रबल गोरखादक्षिणबाहु, गद्दीआरोहण रजतपदक र वीरेन्द्रऐश्वर्य सेवापदकबाट विभूषित र अलङ्कृत छिन् । उनी हिमाली महिला क्लब र श्रीपञ्चमुखी राष्ट्रिय सामाजिक समितिको अध्यक्षमा आसीन छिन् । उनको प्रकाशित कृति हो ‘शुभसौगात (गीतिकवितासङ्ग्रह : २०५७) । शुभसौगातको परिचय (भूमिका) श्यामदास वैष्णवबाट लेखिएको छ ।
७५. कृष्णादेवी श्रेष्ठ (शर्मा) को जन्म २००९ साल फागुन १५ गते पर्वतको मुडिकुवामा जन्मेकी थिइन् । उनले एम. ए. पास गरेपछि साहित्यसृजनामा आपूmलाई समाहित गरिन् । उनले धेरै वर्ष पर्वतको फलेवासस्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा पढाइन् । उनका प्रकाशित कृति हुन् : ‘सुनाखरी र लालीगुराँसको देश’ (कवितासङ्ग्रह : २०५७), ‘नारायणहिटी पर्व’ (तीजगीत सँगालो : २०५८), ‘अत्याचारी घर’ (तीजगीत सँगालो : २०५९), ‘घरबेटी भाउजू’ (कथासङ्ग्रह : २०५९), ‘प्रजातन्त्रमा प्रश्नचिन्ह ?’ (तीजगीत सँगालो : २०६०), ‘स्मृतिको एक झिल्को’ (खण्डकाव्य : २०६२) । कृष्णादेवी विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छिन् ।

ले नेपाली, थारू र अङ्ग्रेजी भाषामा गरी जम्मा ४९ वटा पुस्तक लेखिन् । १.शान्तिको आत्मकथा (आत्मकथाः२०४७), २. सृजनाको गीत (कवितासङ्ग्रह : २०४९),३. गाउँमा हिँड,गाउँमा जाऊँ (कवितासङ्ग्रह : २०४९), ४. काठमाडौं शहरलाई सफा र स्वच्छ राखौँ (कवितासङ्ग्रह : २०४९), ५. फुटेर होइन जुटेर हामी छुनेछौँ लक्ष्यलाई (कवितासङ्ग्रह : २०४९), ६.जागरणगीत (२०४९), ७. दुई बिघा जमीन (कवितासङ्ग्रह : २०४९), ८.नेपाली महिलामा जनचेतनाको वृद्धि (प्रबन्ध र कवितासङ्ग्रहः२०४९), ९. विगडल तोहर थारू समाज है (थारू भाषा, कवितासङ्ग्रह : २०५१), १०. छोरीको पतन र दोषी अविभावक (प्रबन्धसङ्ग्रह : २०५१), ११. भेदभाव विरुद्धको युद्ध (कविता र प्रबन्धसङ्ग्रह : २०५१), १२. आदिवासी (कविता र प्रबन्धसङ्ग्रह : २०५१), १३. निम्नतहका जनताको आवाज (कविता र प्रबन्धसङ्ग्रह : २०५२), १४. कमैया (थारूभाषा, कवितासङ्ग्रह : २०५२), १५. कमैया (थारू र अङ्ग्रेजी भाषा, कवितासङ्ग्रह : २०५२), १६. नेपालका शोषित तथा तराईका मधेसीमूलका महिलाको समस्या र समाधान (प्रबन्धसङ्ग्रह : २०५३), १७. हमर दुधु (थारूभाषा, कवितासङ्ग्रह : २०५३), १८. बेटी (थारूभाषा, कवितासङ्ग्रह : २०५४), १९. गाँजा, दारु, अफिम, एगो जहर बा (थारूभाषा, कवितासङ्ग्रह : २०५४), २०. दालभात : लन्चडिनर (कवितासङ्ग्रह : २०५४), २१. पुस्तकउपहार (कवितासङ्ग्रह : २०५४), २२. मानिस किन गरीब हुन्छ ? (कवितासङ्ग्रह : २०५४), २३. गावके पहिचान (थारूभाषा, कवितासङ्ग्रह : २०५४), २४. कन्यौति (
७६. उषा दीक्षितको जन्म २०१० साल भदौ १८ गते काठमाडौंको डिल्लीबजारमा भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट एम. ए. समुत्तीर्ण उषाले अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीबाट एम. एस्. गरिन् । विभिन्न पत्रपत्रिकामा यिनका कथा, कविता, निबन्ध र प्रबन्ध प्रकाशित भएका छन् । दीक्षित बालसाहित्यलेखनमा चर्चित नाउँ हो । यिनका प्रकाशित कृतिहरू हुन् : ‘सेती नदीको तीरैतीर’ (बालकथा : २०४०), ‘इच्छाधीन नेपाली’ कक्षा ९—१० (लेखन तथा सम्पादन : २०४०), ‘फेरि मुसै भएस्’ (बालकथा : २०४१), ‘मुसीको बिहे’ (बालकथा : २०४३), ‘फलपूmल र सागपात’ (बालसाहित्य : २०४४), ‘मेरो नेपाली किताब’ (कक्षा तीन : २०५१), ‘मेरो नेपाली किताब’ (कक्षा पाँच : २०५३), ‘अँजुलीभरिको आकाश’ (कथासङ्ग्रह : २०५४), ‘नेपाली बाल शब्दकोश’ (२०५७) र ‘एकादेशमा’ (बालकथा : २०५९) ।
७७. इन्दिरा कोइरालाको जन्म २०१० सालमा काठमाडौंमा भएको थियो । उनले आध्यात्मिक चिन्तनबारे दुईवटा कृति निर्माण गरिन् ‘अध्यात्म उपदेश तथा पाञ्चायन महिमा’ (२०५१) तथा ‘श्रीसत्य मृत्युञ्जय स्तोत्र र गजेन्द्र मोक्ष’ (२०५५) ।
७८. शीला पन्तको जन्म २०१० साल कात्तिकमा चाबेल, काठमाडौंमा भएको थियो । साहित्य र समाजसेवामा बराबरी समर्पित पन्त धार्मिक जागरणमा पनि चर्चित छिन् । उनका ‘भावनाका सयपत्री’ (गीतिकवितासङ्ग्रह : २०५३), ‘भजनशीला’ (भजनसङ्ग्रह : २०५४), ‘सबतिर देख्छु खाली हात’ (भजनमाला : २०५६), ‘मनको सन्देश’ (गीतसङ्ग्रह : २०६१), ‘भावगङ्गा’ (भजनमाला : २०६१) ‘हाँसिरहोस् मेरो देश’ (राष्ट्रिय गीतसङ्ग्रह : २०६३) प्रकाशित छन् । साथै उनका थुप्रै गीतिक्यासेट पनि जनसमक्ष आएका छन् । उनी विभिन्न विभूषण, अलङ्कार र पुरस्कारबाट सम्मानित छिन् ।
७९. इल्या भट्टराईको जन्म २०१० साल मङ्सिर १३ गते वीरगन्जमा भएको थियो । शिक्षण पेसामा १४ वर्ष बिताएकी भट्टराईले एसिया र युरोपका केही मुलुकको भ्रमण गरिन् । उनी सुप्रसिद्ध साहित्यकार, चिन्तक र पत्रकार मदनमणि दीक्षितकी छोरी र इन्जिनियर दीपक भट्टराईकी श्रीमती हुन् । उनका प्रकाशित कृति हुन् : ‘मन मनै त हो’ (कथासङ्ग्रह : २०६०), ‘लफवराको ओरिपरि’ (निबन्धसङ्ग्रह : २०६१), ‘अनि’ (कथासङ्ग्रह : २०६२) र ‘निःशब्द प्रश्नहरू’ (कथासङ्ग्रहः२०६३) ।
८०. गौरा रिजालको जन्म २०१० साल चैत २२ गते तेह्रथुमको आठराई इवामा भएको थियो । उनका प्रकाशित कृतिहरू हुन्— ‘अघोषित द्वन्द्व’ (उपन्यास : २०६०) र ‘ऊ बेचिने रातहरू’ (कवितासङ्ग्रह : २०६०) ।
८१. शान्ति चौधरीको जन्म २०११ साल पुस १३ गते काठमाडौंको नक्सालमा भएको थियो । कानुनमा इन्टरमिडियट तहको शिक्षा हासिल गरेकी चौधरीे सामाजिक तथा कानुनी सङ्घसंस्थासँग २०३६ सालदेखि निरन्तर आबद्ध हँुदै आएकी छिन् । उनी देशविदेशका विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित छिन् । उनले प्राप्त गरेका पुरस्कारहरू हुन् : राष्ट्रिय पारिजात पुरस्कार (श्री ५ को सरकारः२०५६), राममाया राष्ट्रिय दलित महिलासेवा पुरस्कार (श्री ५ को सरकारः२०५८) । राममाया पुरस्कारका विषयमा शान्ति चौधरीले वक्तव्य पनि दिएकी थिइन् “मलाई मङ्गलादेवी राष्ट्रिय पुरस्कार दिने भन्ने घोषणा भयो, सम्बन्धित मन्त्रालयबाट मैले त्यही बेहोराको चिठी पाएँ । तर पुरस्कार ग्रहण गर्ने समारोमा मलाई दलितका नाउँमा स्थापित पुरस्कारको उद्घोषणसहित त्यही पुरस्कार प्रदान गरियो । म दलित पनि होइन र दलितबारे मैले केही काम पनि गरेकी छैन । यो पुरस्कार मलाई किन प्रदान गरिएको हो ?” बारा निवासी चौधरी विभिन्न सामाजिक र राजनैतिक सङ्घसंस्थाबाट पनि अभिनन्दित भएकी छिन् । साथै उनले संयुक्त राज्य अमेरिकाबाट अशोका फेलोसिप पनि पाइन् ।

शान्ति चौधरीका कृतिः
८९. भारती गौतमको जन्म संवत् २०१२ साल फागुन ८ गते धनकुटाको फलाटेँमा भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एम. ए. पास गरेपछि उनी आफ्ना पति शिव गौतमका साथ संयुक्त राज्य अमेरिका गइन् । संस्कृतसाहित्यका विद्वान् हेमचन्द्र पोख्रेलकी छोरी भारती गौतमले ‘हेमचन्द्र पोख्रेलस्मृतिग्रन्थ’ (२०५६) पनि
कथासङ्ग्रह : २०५४), २५. तपाईं के चट्टान और मधेसी पहिचान (हिन्दीभाषा कवितासङ्ग्रह : २०५४), २६. अडान (कवितासङ्ग्रह : २०५४), २७. शक्तिकी प्रतीक (अङ्ग्रेजी नेपाली भाषा, कवितासङ्ग्रह : २०५५), २८. प्रबल नेतृत्वदायी व्यक्तित्व (अङ्ग्रेजी नेपाली भाषा, कवितासङ्ग्रह : २०५५), २९. श्री ५ वीरेन्द्र तथा मौसूफको भ्रमण, कवितासङ्ग्रह : २०५६), ३०. वाराके जनजाति थारू के संरक्षण खातिर नेतृत्व के विकास, (थारूभाषा, कवितासङ्ग्रह : २०५५), ३१. उज्ज्वल तारा उजर तारा (कवितासङ्ग्रह : २०५५), ३२. आवाज (कवितासङ्ग्रह : २०५५), ३३. जनजातिको राजनैतिक जोगी र प्र.म. कोइराला (कवितासङ्ग्रह : २०५५), ३४. जागृति (कवितासङ्ग्रह : २०५६), ३५. कोफी अन्नान (कवितासङ्ग्रह : २०५६), ३६. आदर्श (कवितासङ्ग्रह : २०५६), ३७. मेरो रगत सद्दामको लागि (कवितासङ्ग्रह : २०५७), ३८. राष्ट्रको आत्मा (कवितासङ्ग्रह : २०५७), ३९. मुक्त कमैया के वर्तमान हालत (थारूभाषा कवितासङ्ग्रह : २०५७), ४०. राममाया राष्ट्रिय दलित महिला सेवा पुरस्कार (लेख : २०५९), ४१. प्रेरणा र दलित (कवितासङ्ग्रह : २०५९), ४२. श्री ५ ज्ञानेन्द्रको शुभजन्मोत्सव (कवितासङ्ग्रह : २०६०), ४३. श्री ५ ज्ञानेन्द्रको ०५९ असोज १८ को शाही घोषणा अघि र पछिका घटनाक्रमहरू (कवितासङ्ग्रह : २०६१), ४४. तिलासङ्क्रात : माघी (नेपाली र थारूभाषा, कविता र कथासङ्ग्रह : २०६१), ४५. जनजाति आदिवासी आन्दोलनको कर्मयोगी योद्धा : परशुराम तामाङ (कवितासङ्ग्रह : २०६२), ४६. थारू संस्कृति : साहित्यका केही हास्यव्यङ्ग्य पक्षहरू (लेख : २०६२), ४७. श्री ५ को माघ १९ को ऐतिहासिक शाही घोषणा (प्रबन्ध : २०६२), ४८. लोकतान्त्रिक जनयोद्धा भूमिपुत्र प्रभुनारायण थारू (प्रबन्ध : २०६२), ४९. प्रेमकी परी (एलिजावेथ द्वितीयाका सम्मानमा रचित कविता र लेख : २०६३) ।
८२. नवीना श्रेष्ठको जन्म २०११ साल पुस १८ गते ललितपुरको ईखाछेँटोलमा भएको थियो । एम.ए., एम.पी.ए. उत्तीर्ण श्रेष्ठ नेपाल बैंक लिमिटेडमा प्रबन्धक छिन् । उनका प्रकाशित कृति हुन् ‘बाँडिएका सपना’ (कथासङ्ग्रहः२०६२) र ‘मातृविलाप’(शोककविताः२०६३) । उनी २०५७ सालमा आयोजित नेपाल चलचित्र महोत्सवमा उत्कृष्ट कथाकार पुरस्कारबाट सम्मानित भइन् ।
८३. नन्दमाया नकर्मीको जन्म २०११ साल माघ २ गते छेत्रपाटी, काठमाडौंमा भएको थियो । उनले नेपालीमा पीएच्.डी. गरिन् । उनको प्रकाशित कृति हो ‘नेपाली नाटकमा नारीसमस्या (समालोचना : २०६३) । उनी पद्मकन्या बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छिन् ।
८४. बिन्दु सुवेदीको जन्म २०१२ साल असार ८ गते काठमाडौंमा भएको थियो । उनका प्रकाशित कृति हुन् ‘जापानमा एक वर्ष’ (नियात्रासङ्ग्रह : २०५९) र ‘कुहिराको घर’ (बालकथासङ्ग्रह : २०६१) । साथै उनका सम्पादनमा ‘एक्रस’ (अङ्ग्रेजी र नेपाली त्रैमासिक) पत्रिका ६ वर्षजति प्रकाशनमा आयो । उनले २४ वर्षजति राष्ट्रिय वाणिज्य बैंकमा सेवा गरिन् । त्यस बैंकमा उनी अधिकृत थिइन् ।
८५. प्रमीला उप्रेतीको जन्म २०१२ साल कात्तिक २९ गते काभ्रेपलान्चोकमा भएको थियो । उनी साहित्यरचनाका अतिरिक्त गायनमा पनि लागिन् । उनी रेडियो नेपालमा हिन्दी र नेपाली भाषामा समाचार वाचन गर्छिन् । उनको प्रकाशित कृति ‘डढेलो’ (कवितासङ्ग्रह : २०६२) हो । उनी भानुमोती पुरस्कारबाट पुरस्कृत भएकी छन् । उनी कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाउँमा स्थापित ‘त्रिमूर्ति निकेतन’ की संस्थापक सदस्यका अतिरिक्त २०६३ सालदेखि सो निकेतनकी कोषाध्यक्षका पदमा क्रियाशील छिन् ।
८६. सुलोचना मानन्धरको जन्म २०१२ सालमा काठमाडौंको झोंछेमा भएको थियो । उनी नेवारी र नेपाली भाषामा साहित्यको सृजना गर्छिन् । उनका नेपाली भाषाका साहित्यिक कृति हुन्—‘अनुभूतिका थोपाहरू’ (कथासङ्ग्रह : २०५९), ‘इतिहासका ज्यूँदा पानाहरू’ (निबन्धसङ्ग्रह : २०६०) ।
८७. यमुना रायको जन्म २०१२ सालमा काठमाडौंको ओमबहालमा भएको थियो । उनी नेपाली, मैथिली र हिन्दी भाषामा साहित्यको रचना गर्छिन् । एम. ए. पास गरेपछि उनी साहित्यिक फाँटमा सक्रिय भइन् । नेपाली भाषामा प्रकाशित उनका दुईवटा कृति छन् ‘अल्झिएको जिन्दगी’ (कवितासङ्ग्रह : २०४७) र ‘कथैकथा : व्यथैव्यथा’ (कथासङ्ग्रह : २०५१) ।
८८. उन्नति बोहोरा ‘शीलाको जन्म २०१२ साल पुस २९ गते बाग्लुङको गलकोटमा भएको थियो । बी. ए. पास गरेपछि उनले आपूmलाई साहित्यसृजनामा समाहित गरिन् । उनका प्रकाशित कृति हुन् : ‘कोसेली उसैलाई’ (कवितासङ्ग्रह : २०५९), ‘अदृश्य घाउ’ (गीतसङ्ग्रह : २०६१), ‘काफल पाक्यो’ (बालगीतमाला : २०६१), ‘भावनाका तरङ्ग’ (कवितासङ्ग्रह : २०६१) र ‘सिक्काका दुई पाटा’ (उपन्यास : २०६३) । यिनले रूपन्देहीको पक्लिहवा माध्यमिक विद्यालयमा ६ वर्ष पढाइन् । विभिन्न सङ्घसंस्थामा आबद्ध उन्नति विभिन्न पुरस्कारबाट सम्मानित छिन् ।

सम्पादन गरिन् । उनको मौलिक कृति ‘आकाशमाथिको शहर’ (कवितासङ्ग्रह : २०६३) हो । अमेरिकामा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासाच्यूसेट्स् च्याप्टरको उनी अध्यक्ष छिन् ।
९०. सिर्जना शर्माको जन्म २०१३ साल भदौ १७ गते डोटीमा भएको थियो । उनका प्रकाशित कृति ‘पल्लव’ (बालचित्रकथा : २०५७), ‘अन्त्यहीन पहिराहरू’ (कथासङ्ग्रह : २०६२), ‘जुनकिरीको उडान’ (मुक्तकसङ्ग्रह : २०६२), ‘पुतलीको बिहे’ (बालकथासङ्ग्रह : २०६३), ‘मन चिन्ते झोला’ (बालकथासङ्ग्रह : २०६३), ‘छट्टू स्याल’ (बालचित्रकथा : २०६३), ‘को ठूलो’ (बालकथासङ्ग्रह : २०६३), ‘पीपी बाजा’ (बालकथासङ्ग्रह : २०६३) र ‘खोले भूत’ (बालकथासङ्ग्रह : २०६३) हुन् । यिनी समाजशास्त्रमा एम. ए. गरेर सेवामा पसिन् । यिनी सेभ द चिल्ड्रेन (यू. एस.) मा सञ्चार अधिकृत छिन् । यिनले किशोरहरूका लागि तयार पारेको व्यङ्ग्यचित्र ‘युवा खुल्दुली’ (२०६३) पनि प्रकाशित छ ।
९१. वीणा पौडेलको जन्म २०१३ साल असोज १५ गते ललितपुरमा भएको थियो । उनी सञ्चारविद् रामराज पौड्यालकी छोरी हुन् । उनले बनारस हिन्दू विश्वविद्यालयबाट मूर्तिकलामा विद्यावारिधि गरिन् । उनी त्रिभुवन विश्वविद्यालयको पुरातत्व तथा संस्कृति विभागमा सहप्राध्यापक पदमा कार्यरत छिन् । उनका प्रकाशित साहित्येतर कृति हुन्— ‘नेपाली मूर्तिकला र चित्रकला’ (२०५७), ‘सर्वेश्वर महादेव’ (२०६०), ‘काठमाडौ उपत्यकामा उमामहेश्वर र भैरव’ (२०६०), ‘काठमाडौं उपत्यकाका विष्णुदिभव मूर्तिहरू’ (२०६२) र ‘वेदपुराणका केही रत्नहरू’ (२०६३) । अङ्ग्रेजी भाषामा पनि उनले केही कृति लेखेकी छिन् । उनी कथा, कविता र निबन्धलेखनमा पनि परिचित छिन् । उनी खास गरेर महिलाका समस्याबारे लेख्ने स्रष्टा हुन् ।
९२. कल्पना घिमिरेको जन्म २०१३ सालमा काठमाडौंको बागबजारमा भयो । उनको मौलिक कृतिचाहिँ ‘मान्छे ताक्छु मुढा’ (नाटक) हो । उनी बालचन्द्र शर्माकी छोरी हुन् ।
९३. अमुदा श्रेष्ठको जन्म २०१३ सालमा काठमाडौंमा भएको थियो । नेपाली भाषामा उनले आधा दर्जनभन्दा बढी व्यवस्थापन विषयक कृति लेखिसकेकी छिन् । उनको प्रकाशित साहित्यिक कृति चाहिँ ‘चुपचाप सहिरहन्छु’ (कवितासङ्ग्रह : २०५९) हो । उनी त्रिभुवन विश्वविद्यालयको शङ्करदेव क्याम्पसकी प्रमुख पनि भइन् ।
९४. सरस्वती रिजालको जन्म २०१३ सालमा भएको थियो । उनको प्रकाशित कृति हो ‘एक झुल्को घाम’ (कवितासङ्ग्रह : २०५१) ।
९५. शान्तिकुमारी राईको जन्म २०१३ सालमा उदयपुरको बलम्ता माझागाउँमा भएको थियो । एम. ए., बी. एल. गरेर उनले ‘सङ्घर्षशील जीवन’ (कवितासङ्ग्रह : २०४१) र ‘आमाको सपना’ (कवितासङ्ग्रह : २०५४) पाठकमाझ ल्याइन् । उनले राई चाम्लिङ भाषामा पनि साहित्य सृजना गरेकी छन् । उनी समाजसेवी तथा अधिवक्ताका रूपमा क्रियाशील छिन् । उनी नेपाल अधिराज्यको अन्तरिम संविधान मस्यौदा समिति (२०६३) की सदस्य पनि भइन् । चर्चित पपगायक धीरज राई जन्माउने पनि यिनै हुन् ।
९६. सुवर्ण कक्षपतिको जन्म २०१३ सालमा चितवनमा भएको थियो । उनी नारी जागरणबारे लेखरचनाको निर्माण गर्छिन् । उनको प्रकाशित कृति हो ‘मेरी धवला’ (कवितासङ्ग्रह : २०४०) ।
९७. सुशीला श्रेष्ठको जन्म २०१३ साल मङ्सिर १५ गते ताप्लेजुङको खोक्लिङमा भएको थियो । कथालेखनबाट साहित्यमा प्रवेश गरे तापनि प्रथमत: उनले जीवनीसाहित्यमा आफ्नो नाउँ राखिन् । उनको प्रकाशित कृति हो ‘साहना प्रधानःस्मृतिका आँखीझ्यालबाट’(२०६०) । यस कृतिमा सुशीला श्रेष्ठको लेखन अथवा सम्पादनकला परिष्कृत देखिन्छ । यस कृतिको सुरुदेखि अन्त्यसम्म साहना प्रधान स्वयम् बोलेकी छिन् । त्यसैले साहित्यको प्राविधिक पक्षलाई पनि ध्यान दिनुपर्दा यस कृतिलाई साहना प्रधानको आत्मकथा भन्नु उपयुक्त हुन्छ ।
९८. मिनीको जन्म २०१४ साल भदौ ४ गते चन्द्रगढी झापामा भएको थियो । उनका प्रकाशित कृति हुन् ‘रश्मि खोई ?’ (कथासङ्ग्रह : २०४०) र ‘दुई किनारा’ (कवितासङ्ग्रह : २०४०) । उनको वास्तविक नाउँ रीमा पाण्डे हो । उनी पत्रकार नकुलकाजीकी पत्नी हुन् ।
९९. वेदकुमारी न्यौपानेको जन्म २०१४ साल भदौ २० गते धादिङमा भएको थियो । उनले एम. ए., बी.एल. र बी. एड.को उच्च शिक्षा हासिल गरिन् । उनका निम्नलिखित कृति प्रकाशित छन्— ‘पूर्णिमाको जून’ (कवितासङ्ग्रह : २०३६), ‘अर्को एउटा विद्रोह’ (पूर्णाङ्की नाटक : २०५३), ‘धूवाँ (उपन्यास : २०५७) र ‘विचलित वर्तमान’ (पूर्णाङ्की नाटकः२०५८) । उनले भारत, बङ्गलादेश, थाइल्यान्ड र जापानको भ्रमण गरिन् ।
स् ज्ञछठ स्
१००. सम्झनाको जन्म २०१४ साल पुस १ गते काठमाडौंको कमलपोखरीमा भएको थियो । उनका तीनवटा कृति प्रकाशित भएका छन्— ‘आऊ साथी’ (कवितासङ्ग्रह : २०५४), ‘पचास प्रतिशत हकदार’ (निबन्धसङ्ग्रह : २०५६) र ‘गुरु हो कि गोरु ?’ (निबन्धसङ्ग्रह : २०५७) । उनी नन्दी रात्रि माध्यमिक विद्यालयमा अध्यापन गर्छिन् ।
१०१. शारदा अधिकारीको जन्म २०१४ साल फागुन ३ गते काभ्रेको दाप्चामा भएको थियो । उनको प्रकाशित कृति हो ‘अनमोलमणि’ (बालकथासङ्ग्रह : २०३५) । उनी स्रष्टा कृष्णप्रसाद पराजुलीकी जेठी छोरी हुन् ।
१०२. इन्दु पन्तको जन्म २०१४ साल फागुन १३ गते काठमाडौंमा भएको थियो । यिनले आफ्ना पति निरञ्जन पन्तसँगको संयुक्त लेखनमा ‘स्वीकृति’ (उपन्यास : २०६१) र ‘संसृष्टि’ (कथा, कवितासङ्ग्रह : २०५६) प्रकाशनमा ल्याइन् । यी दुवै कृतिहरूमा लेखकको नाउँ ‘इनि’ राखिएको छ । ‘संसृष्टि’ मा इन्दु पन्तले कविता लेखिन् र निरञ्जन पन्तले चाहिँ कथा लेखे । इन्दु पन्तले त्रिभुवन विश्वविद्यालयबाट चित्रकलामा स्नातक गरिन् ।
१०३. माया निराशीको जन्म २०१४ साल फागुन १५ गते धादिङको गुम्दीमा भएको थियो । उनका दुईवटा उपन्यास प्रकाशित भए ‘ज्योतिको सपना’ (२०४५) र ‘पश्चात्तापको आँसु’ (२०४९) ।
१०४. रुकु कार्कीको जन्म २०१५ साल जेठ १० गते धादिङको गजुरीमा भएको थियो । उनका प्रकाशित कृति हुन् ‘रुकु कार्कीका कविताहरू’ (कवितासङ्ग्रह : २०५९), ‘यस्तो युग आयो ?’ (गीतिकवितासङ्ग्रह : २०६०), ‘आहत मनका सपनाहरू (कवितासङ्ग्रह : २०६०), ‘आँसुले व्यथा मेटिने भए’ (गीतसङ्ग्रह : २०६०), ‘आफ्नै जीवन र अनुभूति’ (निबन्धसङ्ग्रह : २०६२) र ‘मधुरिमा’ (उपन्यास : २०६३) ।
१०५. लक्ष्मी उप्रेतीको जन्म २०१५ साल साउन २३ गते ताप्लेजुङको हाङपाङमा भएको थियो । उनी नेपाली भाषासाहित्यको सृजना र सङ्गठनमा संलग्न रहिन् । उनले चौधवटा सृजनात्मक कृति जनसमक्ष ल्याइन्, ‘यौटा बाटो खोजिरहेछ जीवन’ (कवितासङ्ग्रह : २०५१), ‘मृदु स्मृतिहरू’ (कवितासङ्ग्रह : २०५६), ‘मनेको म्याँम्याँ’ (बालकवितासङ्ग्रह : २०५७), ‘कृष्णको पछुतो’ (बालकथासङ्ग्रह : २०५७), ‘कर्मको फल’ (बालकथासङ्ग्रह : २०५८), ‘बुद्धिमानी बाँदर’ (बालकथासङ्ग्रह : २०५९), ‘स्निग्ध अनुभूति’ (लामोकविता : २०५९), ‘साहसी आकाङ्क्षा र पवन परी’ (बालउपन्यास : २०६०), ‘कमिलाको ताँती’ (चित्रकविता : २०६१), ‘सुनको अण्डा दिने चरी’ बालकथासङ्ग्रह : २०६१), ‘समयस्पर्श’ कवितासङ्ग्रह : २०६१) ‘सानुको मामा घरको यात्रा’ (बालकथा : २०६३), ‘तिर्सना’ (कथासङ्ग्रह : २०६३) र ‘मेरो जीवनका अनुभूति’ (परिचय : २०६३) । साथै उनका पाँचवटा सम्पादित कृति पनि प्रकाशनमा आए, ‘साहित्यकार देवकुमारी थापाको व्यक्तित्व र कृतित्व’ (२०५९), ‘बालकथाका फूलबारी’ (२०६१), ‘नारीहरूलाई कोसेली’ (२०६३), ‘लीला विमर्श’ (२०६३), ‘सेवा र सृजनाका परिधिमा भद्रकुमारी घले’ (२०६३) । उनी ‘वनिता’ साहित्यिक पत्रिकाकी सम्पादक पनि हुन् । उनले पारिजात बालसाहित्य पुरस्कार, षडानन्द प्रतिभा पुरस्कार, लक्ष्मी कार्की साहित्य पत्रकारिता पुरस्कारलगायत विभिन्न सम्मान ग्रहण गरिन् ।
१०६. सरला विष्टको जन्म २०१५ साल मङ्सिर २८ गते काठमाडौंको वटुमा भएको थियो । उनको कवितासङ्ग्रह हो ‘आकाशबेली’ (२०३८) । उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा दुईचोटि पुरस्कृत भइन् । उनी राष्ट्रिय वाणिज्य बैंकको अधिकृतमा सेवारत छिन् । लेखक तथा पत्रकार शिव अधिकारीसँगको वैवाहिक जीवनमा बाँधिएकी सरलाका पति शिव अधिकारी युवावस्थामै स्वर्गीय भए ।
१०७. श्यामा ओझाको जन्म २०१५ साल फागुन २४ गते डोटीको मौवामा भएको थियो । उनले २०४३ सालमा ‘विपरीत’ कवितासङ्ग्रह प्रकाशित गरिन् ।
१०८. सपनाको जन्म २०१५ साल फागुन २६ गते काठमाडौंको कमलपोखरीमा भएको थियो । उनको प्रकाशित कृति हो— ‘रातो एल्फ दैत्य किन रोयो ?’ (जापानी बालकथासङ्ग्रह : सन् २००४) । साथै उनले सुप्रसिद्ध फ्रान्सेली उपन्यासकार एक्जुपेरीको बालउपन्यासलाई नेपाली भाषामा ‘सानो राजकुमार’ शीर्षकमा २०५४ सालमा अनुवाद गरिन् ।
१०९. सुधा त्रिपाठीको जन्म २०१५ मा दोलखाको सुनखानीमा भएको थियो । उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राध्यापन पेसामा आबद्ध छिन् । उनका ‘बादल धर्ती र आस्थाहरू’ (निबन्धसङ्ग्रह : २०५०), ‘जीवनसूत्र र स्वप्नाभास’ (निबन्धसङ्ग्रह : २०५३) ‘निःश्वासका गुजुल्टाहरू’ (लघुनाटक : २०५४), ‘दृष्टिचौतारी’ (समालोचनासङ्ग्रह : २०५८), भूपीका कवितामा व्यङ्ग्यालङ्कार चेतना (समालोचना : २०५८) र ‘टाइसुट र सुँगुर’ (निबन्धसङ्ग्रह : २०५९) प्रकाशित भएका छन् । साथै उनले ‘महिला समालोचक र नेपाली समालोचना’ (२०६३) को पनि सम्पादन गरेकी छिन् ।

११०. हरिदेवी कोइरालाको जन्म २०१५ साल चैत १७ गते पोखराको बैदाममा भएको थियो । सुप्रसिद्ध लोकगीत गायिका हरिदेवी कोइरालाका प्रकाशित कृति पाँचवटा छन् : ‘मेरो देशको छातीभित्र दुखेजस्तो लाग्छ’ (कवितासङ्ग्रह : २०५४), ‘तरङ्ग’ (कवितासङ्ग्रह : २०५४), ‘न घाम झ¥यो, न जून झ¥यो’ (कवितासङ्ग्रह : २०५९), ‘आफ्नै गीत आफ्नै भाका’ (२०६२) र ‘माइतै रमाइलो’ (२०६३) । उनका स्वरमा करिब छ सय गीत स्वराङ्कन भएका छन् । उनी प्राय: आफ्नै सङ्कलन, आफ्नै स्वर र आफ्नै लयमा मात्र गीत गाउँछिन् । उनी ‘कोइलीदेवी सम्मान’ (२०६२) बाट सम्मानित छिन् । राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमा गरी उनले तीन दर्जनभन्दा बढी सम्मान, अभिनन्दन र पुरस्कार प्राप्त गरेकी छिन् । पोखराको ‘लेखनाथ पौड्याल प्रतिष्ठान’ की अध्यक्ष श्रीमती कोइराला समाजसेवीका रूपमा पनि परिचित छिन् ।
१११. सावित्री मल्ल कक्षपतिको जन्म २०१६ साल साउन ४ गते पाल्पामा भएको थियो । नेपाली भाषासाहित्यमा एम. ए. उत्तीर्ण गरेपछि उनी प्राध्यापन पेसामा संलग्न भइन् । उनले आफ्नो मातृभूमि पाल्पाको लोकगीतका विषयमा निक्कै अध्ययन गरिन् । उनले ‘पाल्पाका लोकगीत : अध्ययन र विश्लेषण’ (२०५२) प्रकाशनमा ल्याइन् ।
११२. मिता सिंहको जन्म २०१६ साल भदौमा काठमाडौंको क्षेत्रपाटीमा भएको थियो । त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक र शिक्षण अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. सिंहको प्रकाशित कृति हो ‘बासँगका सम्झनाका क्षणहरू’ (निबन्धसङ्ग्रह : २०५५) । उनी गणेशमान सिंहकी कान्छी छोरी हुन् ।
११३. शशिकला मानन्धरको जन्म २०१६ साल असोजमा काठमाडौंको वसन्तपुरमा भएको थियो । उनको प्रकाशित उपन्यास ‘बाटोमा भेटिएको मान्छे’ (२०६३) हो । एम. एस्सी. समुत्तीर्ण मानन्धर विभिन्न पुरस्कारबाट सम्मानित भइन् । उनले भारत, फ्रान्स र बेलायतको भ्रमण गरिन् । उनका नेवारी भाषामा उपन्यास, कथासङ्ग्रह र पूर्णाङ्की नाटक गरी सातवटा कृति प्रकाशित छन् । नेवारी भाषामा पूर्णाङ्की नाटक र उपन्यासलेखनमा उनी प्रथम नारीस्रष्टा हुन्् ।
११४. इन्दिरा अर्यालको जन्म २०१६ साल फागुन १ गते धादिङको सुनौलाबजारमा भएको थियो । उनका प्रकाशित कृति हुन् ‘प्रेमवाद’ (पत्रनिबन्धसङ्ग्रह : २०६२) र समयसङ्ग्रह (कवितासङ्ग्रह : २०६२) ।
११५. भवानी छेत्रीको जन्म २०१७ साल साउन २० गते भोजपुरमा भएको थियो । उनी कविता र कथालेखनमा चर्चित छिन् । उनका प्रकाशित कृति हुन् ‘एउटा सुनामी’ (कवितासङ्ग्रह : २०५६) र ‘उजेलीहरू’ (कथासङ्ग्रह : २०६०) । उनी झापाको बिर्तामोडमा व्यापार व्यवसायमा संलग्न छिन् ।
११६. चन्द्रा शर्माको जन्म २०१७ सालमा सुर्खेतमा भएको थियो । उनको ‘सङ्कल्प’ नामक कवितासङ्ग्रह २०५१ सालमा प्रकाशित भएको छ ।
११७. राधा भण्डारीको जन्म २०१७ सालमा भोजपुरको साङपाङमा भएको थियो । उनको प्रकाशित गीतिकवितासङ्ग्रह हो ‘शून्य कोठाको धिपधिप बत्ती’ (२०५८) ।
भारतमा जन्मेका नारीस्रष्टा
नेपाली भाषासाहित्यका नारीस्रष्टाहरूमध्ये भारतमा जन्मी, हुर्की, बढेका अनि भारतलाई कर्मथलो बनाई बसोबास गर्दै नेपालीभाषामा न्यूनतम एउटा कृति लेखी साहित्य रचनागर्ने स्रष्टाहरूलाई यहाँ समावेश गरिएको छ । त्यस भेगका मीना सुब्बा, रेमिका थापा, सविता ‘सङ्कल्प’, सुधा राई, कमला खप्तावली, कविता लामा, मायादेवी योञ्जन, सरला राई, निना राईजस्ता प्रतिभाशाली स्रष्टालाई उमेरका कारण यस सूचीमा आबद्ध गर्न सकिएन । सन् १९६१ अगाडि जन्मेका स्रष्टाहरूलाई मात्र समेट्ने निर्दिष्ट योजनाअनुरूप यो सूची तयार पारिएको हो ।

१. सानुमती राईको जन्म सन् १९२९ नोभेम्बर २२ मा दार्जिलिङको कालेबुङमा भएको थियो । पी.यू.सी. शिक्षा ग्रहण गरेकी राईले सन् १९४७ देखि लेखनमा हात हालेकी थिइन् । उनका रचना ‘गोर्खा’, ‘जागृति’, ‘भारती’ र ‘धरती’ मा छापिन्थे । उनको प्रकाशित कवितासङ्ग्रह हो ‘उद्गार’ (सन् २०००) ।
२. आशारानी राईको जन्म सन् १९३५ मा मणिपुरमा भएको थियो । धेरै फुटकर रचनाका अतिरिक्त उनको प्रकाशित सिङ्गो कृति हो ‘यम द्वितीया’ (कथासङ्ग्रह : १९९०) ।
स् ज्ञछढ स्
३. विनीता सिंहको जन्म सन् १९३६ मार्च २८ मा दार्जिलिङमा भएको थियो । उनका दुईवटा कवितासङ्ग्रह ‘दीपक पुन: जलिरहेछ’ (सन् १९६३) र ‘स्मृति सुमनमा’ (सन् १९९३) प्रकाशित भए । सन् १९९० नोभेम्बर ३ मा उनको निधन भयो ।
४. सुभद्रा सुब्बाको जन्म सन् १९३६ डिसेम्बर २८ मा दार्जिलिङको खरसाङमा भएको थियो । उनको ‘बालमहाभारत’ (बालकथा : १९५६) प्रकाशित भएको छ । यस कृतिका बारेमा उनी भन्छिन् “म स्कूले जीवनमा रहँदा ‘रामकृष्ण परमहंस आश्रम’ का स्वामीको आग्रहमा मैले त्यो किताब लेखेँ । किताब छाप्नुअघि सूर्यविक्रम ज्ञवालीसमक्ष परीक्षण हुन पुगेछ । ज्ञवाली सरले मलाई भन्नुभएको थियो त्यो किताब अशुद्ध छ नछाप्नु राम्रो हुन्छ । तर आश्रमका स्वामीले छापिदिनुभएछ । पारसमणि प्रधानले पनि मलाई भन्नुभएको थियो “तिमीले नेपालीमा नलेख्नू; तिमीलाई नेपाली लेख्नै आउँदैन ।’’ सुभद्रा सुब्बाले भाषाविज्ञानमा भारतको पूना विश्वविद्यालयबाट पीएच.डी.गरिन् । प्रा.डा.बल्लभमणि दाहाल र डा.सुभद्रा सुब्बाको दाम्पत्य जीवन कायम भएपछि त्रिभुवन विश्वविद्यालयको प्राध्यापनसेवामा समेत उनीहरूको महत्वपूर्ण भूमिका रह्यो ।
५. खिरोदा खड्काको जन्म सन् १९३७ जुलाइ १९ मा दार्जिलिङमा भएको थियो । उनी जीवनीलेखनमा चर्चित भइन् । उनको जीवनीलेखनको उद्देश्य विद्यार्थी तथा युवाहरूमा सही बाटो देखाउनु नै हो । उनको प्रकाशित कृति ‘अमर आदर्श जीवनी’ (संवत् २०४५) हो । उनले ‘अमर आदर्श जीवनी’का अरू दुई भाग पनि प्रकाशनमा ल्याइन् । साथै उनले ‘बालबाटिका’ (बालकवितासङ्ग्रह) पनि लेखिन् । खड्काले ‘बालबगैँचा’ नामक बालपत्रिकाको पनि सम्पादन गरिन् । विशेषत: उनको योगदान बालसाहित्यमा नै केन्द्रित रह्यो । गरेकी खड्काको सन् २००३ अगस्त १५ मा निधन भयो ।
६. लक्ष्मी कालिकोटेको जन्म सन् १९३८ फरवरी २४ मा दार्जिलिङमा भएको थियो । उनको प्रकाशित कृति हो ‘मोहभ्रान्त’ (कथासङ्ग्रह : सन् २००२)
७. गीता उपाध्यायको जन्म सन् १९३९ मा असमको तेजपुरमा भएको थियो । एम. ए. पास गरेकी उपाध्यायले असमकै शिव सागर कलेजमा प्राध्यापन गरिन् । उनी नेपाली साहित्य परिषद् असमकी अध्यक्ष पनि भइन् । उनले नेपाली भाषा र आसामी भाषाका माध्यमबाट साहित्यिक सृजना गरिन् । उनका प्रकाशित कृति हुन् ‘महापुरुष शङ्करदेव’, ‘नेपाली शिशुकथा’, ‘आमा म फाष्र्ट भएँ’ (निबन्ध : सन् १९९८) । उनको अनूदित कृति ‘एनपे्रmङ्कको डायरी’ निकै प्रसिद्ध छ ।
८. गीता शर्माको जन्म सन् १९४० अप्रिल २५ मा सिक्किममा भएको थियो । एम.एस्सी., बी.एड्. को शैक्षिक उपाधि ग्रहण गरेकी गीता ‘भानु पुरस्कार’ (सिक्किम), शिवकुमार राई स्मृति पुरस्कार (दार्जिलिङ) बाट सम्मानित भइन् भने भारतको सिल्भर स्टार पदकले समेत अलङ्कृत भइन् । साथै उनले ‘पारिजात मितेरी पुरस्कार’ (काठमाडौं) पनि ग्रहण गरिन् । उनका प्रकाशित कृति हुन्— ‘खुसुबु’ (लघुउपन्यास : १९९२) र ‘भारतीय नेपाली नारीहरू’ (शोधग्रन्थ : १९९७) । उनले जीवनको अधिकांश भाग शिक्षणसेवामा समर्पित भई बिताइन् । कालेबुङ, असम र सिक्किममा उनी धेरै वर्ष प्रधानाध्यापक पनि भइन् । उनले झन्नै एक दर्जन पत्रिकाको सम्पादन पनि गरिन् । उनी सृजनात्मक र सङ्गठनात्मक क्षमता भएकी व्यक्तित्व हुन् ।
९. जलनको जन्म सन् १९४० मा दार्जिलिङमा भएको थियो । उनको निधन भएकै वर्षमा मोहन ठकुरीको सम्पादनमा ‘जलनका कथाहरू’ (कथासङ्ग्रह : सन् २००४) प्रकाशित भएको हो ।
१०. पुष्पा राईको जन्म सन् १९४० जुलाई २ मा दार्जिलिङको खरसाङमा भएको थियो । एम.ए. समुत्तीर्ण राईले ‘भोलिको प्रतीक्षामा’ (उपन्यास : सन् १९९०) लेखेकी छन् ।
११. सरिता राई प्रधानको जन्म सन् १९४० जुलाई १७ मा दार्जिलिङमा भएको थियो । उनका प्रकाशित कृति हुन्— ‘अर्चना’ (उपन्यास : सन् १९७१), ‘यौवनको सँघारमा’ (कथासङ्ग्रह : सन् १९७६), ‘यहाँ इतिहास दोहोरिन्छ’ (नाटक) र ‘पहाडी गुलाफ’ (कवितासङ्ग्रह) । बी.ए. पास गरेपछि उनी शिक्षाक्षेत्रमा नै समर्पित भइन् । सोबापत उनलाई भारत सरकारले राष्ट्रिय पुरस्कार पनि अर्पण ग¥यो ।
१२. सावित्री सुन्दासको जन्म सन् १९४१ मा जनकपुरमा भएको थियो । उनको कर्मथलो दार्जिलिङको खरसाङ बन्यो । उनका प्रकाशित कवितासङ्ग्रहहरू हुन् ‘भावचित्र’ (सन् १९७४), ‘इच्छाको अवशेष’ (सन् १९९६) र ‘दग्दशील’ । उनले ‘प्रतिध्वनि’ पत्रिकाको पनि सम्पादन गरिन् । सुन्दास भारतीय दलित साहित्य एकादमी, (दिल्ली) फेलोसिपद्वारा सन् १९९७ मा सम्मानित भइन् ।

२४. कुमारी खातीको जन्म सन् १९५५ मा दार्जिलिङमा भएको थियो । उनका चारवटा प्रकाशित कृतिहरूमध्ये तीनवटा कवितासङ्ग्रह रहेका छन् । उनका प्रकाशित कवितासङ्ग्रह हुन् ‘नयन सागरभित्र’, ‘कुमारी खातीका
१३. गोमा शर्माको जन्म सन् १९४२ मा गुवाहाटीमा भएको थियो । यिनका दुईवटा कृति प्रकाशित छन् ‘केवल तिम्रो निम्ति’ (गीतिकवितासङ्ग्रह : सन् १९८६) र ‘तिम्रो प्रेरणाले’ (गीतसङ्ग्रह : सन् १९८६) । उनी गीतकारका रूपमा जसरी चर्चित भइन् त्यसै गरी समाजेवाका क्षेत्रमा पनि उनले आफ्नो नाउँ अभिलिखित गरेकी छिन् ।
१४. चन्द्रकला नेवारको जन्म सन् १९४२ मा डिगबोइ, असममा भएको थियो । उनका प्रकाशित कृति हुन् ‘ममता’ (कथासङ्ग्रह : संवत् २०२२), ‘चक्रव्यूह’ (कवितासङ्ग्रह : संवत् २०५०), ‘मेरी यासिलालाई मेरो आज’ (कवितासङ्ग्रह : संवत् २०६२), ‘तृष्णाको लहरी’ (गीतसङ्ग्रह : संवत् २०६२), ‘साँगुरो धरातल’ (कथासङ्ग्रह : संवत् २०६२) । उनकै स्वरमा आबद्ध ‘चन्द्रकला नेवारका आधुनिक गीत’ पनि प्रकाशनमा आएको छ । उनी सादा जीवन र उच्च विचारकी व्यक्तित्व हुन् । भारतमा नेपाली भाषालाई संवैधानिक भाषा बनाउन पहल गर्नेमध्ये चन्द्रकला नेवारको पनि भूमिका अग्रपङ्क्तिमा रहेको पाइन्छ ।
१५. सम्पूर्णा राईको जन्म सन् १९४८ अप्रिल ५ मा दार्जिलिङको कालेबुङमा भएको थियो । एम.ए., बी.एड्. तथा विशारदको शैक्षिक उपाधि प्राप्त गरेकी राईले सन् १९९६ मा ‘नाभो’ कथासङ्ग्रह जनसमक्ष ल्याइन् । उनी शिक्षणपेसामा आबद्ध भइन् । उनी कथा, कविता र निबन्धलेखनमा पनि चर्चित छिन् । उनी व्यङ्ग्य पनि लेख्छिन् । उनी ‘अरुगी पुरस्कार’द्वारा सम्मानित छिन् । उनी नयाँ दिल्लीस्थित साहित्य अकादमीको सल्लाहकार पनि भइन् ।
१६. मटिल्डा राईको जन्म सन् १९४८ मई १७ मा डुबर्समा भएको थियो । एम.ए. को शैक्षिक उपाधि ग्रहण गरेकी राईका ‘टोटोलाको पूmल’ (कथासङ्ग्रह : सन् १९७६), ‘जीवनका केही रेखारङ’ (निबन्धसङ्ग्रह : सन् २००१) प्रकाशित भएका छन् । उनी दुलीचन्द स्वर्णपदक र ‘अरुगी पुरस्कार’ बाट सम्मानित छिन् । उनी शिक्षणपेसामा आबद्ध भइन् ।
१७. पवित्रा रेग्मी (अधिकारी)को जन्म सन् १९४८ मई १८ मा दार्जिलिङमा भएको थियो । नेपालीमा एम.ए. समुत्तीर्ण पवित्राको ‘नारी अवधारणा’ (प्रबन्धसङ्ग्रह : सन् २०००) प्रकाशित छ ।
१८. वीणा हाङ्खिमको जन्म सन् १९५० फरवरी १४ मा दार्जिलिङमा भएको थियो । हाङ्खिमले एम.ए., बी.एड. को शैक्षिक उपाधि प्राप्त गरेकी छिन् । उनी सन्त तेरेजा उच्चतर कन्या विद्यालय, दार्जिलिङमा शिक्षिका छिन् । उनको प्रकाशित कवितासङ्ग्रह ‘भावानुभव’ (सन् २००४) हो ।
१९. इन्द्रमणि दर्नालको जन्म सन् १९५० मार्च १३ मा दार्जिलिङमा भएको थियो । दर्नालले नेपालीमा एम.ए. समुत्तीर्ण गरिन् । दर्नालका प्रकाशित कृति हुन्— ‘म्याडम’ (कथासङ्ग्रह : सन् १९९९) अनि ‘ययाति’ (नाटक : सन् २००२) । उनी भारतीय दलित साहित्य अकादमी (दिल्ली) फेलोसिपद्वारा सन् १९९७ मा सम्मानित भइन् ।
२०. शोभाकान्ति थेगिमको जन्म सन् १९५० जुलाइ ४ मा सिक्किममा भएको थियो । भारत सरकारको प्रकाशन तथा प्रसारण विभागबाट सिक्किममा आयोजना भएको नेपाली भाषामा आधारित निबन्ध प्रतियोगितामा यिनले तीनपटक भाग लिएकी थिइन् र सो प्रतियोगितामा यिनी तीनैपटक पुरस्कृत पनि भएकी थिइन् । यिनले ‘नेपाली समालोचनाको परम्परा : मूल्याङ्कन तथा विश्लेषण’ (सन् १९९२) नामक ग्रन्थ लेखिन् । यो उनको पीएच.डी. को शोधग्रन्थ पनि हो । उनले बनारस हिन्दू विश्वविद्यालयबाट पीएच.डी. गरेकी थिइन् । पीएच.डी. गर्ने यी सिक्किमकी प्रथम महिला हुन् । सन् १९९६ अक्टोबर ३१ मा यिनको स्वर्गारोहण भयो । त्यसपछि तत्कालै यिनका स्मृतिमा ‘डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति गुठी’को स्थापना भयो ।
२१. मैना थापा ‘आशा को जन्म सन् १९५२ जनवरी २४ मा गुवाहाटी, असममा भएको थियो । उनका दुईवटा कृति प्रकाशित भएका छन्; ‘रजनीगन्धा’ (कवितासङ्ग्रह : सन् १९९५) र ‘कस्तूरी’ (नाटक : सन् २०००) । आशाले स्नातकतहको शैक्षिक उपाधि ग्रहण गरेकी छिन् ।
२२. लक्ष्मी मीनूको जन्म सन् १९५५ मई १९ ऐन्जल, मिजोराममा भएको थियो । उनका प्रकाशित कृति ‘कर्तव्य’ (नाटक : सन् २००३) र ‘मिर्मिरेका अनुभूतिहरू’ (कवितासङ्ग्रह : सन् २००६) हुन् । उनले बी.ए., बीएड. को शैक्षिक उपाधि ग्रहण गरेकी छिन् ।
२३. कमला ‘ऑसुको जन्म सन् १९५५ मा दार्जिलिङको मिरिकमा भएको थियो । उनका तीनवटा कथासङ्ग्रह प्रकाशित भएका छन्; ‘सेतो गुलाफ’ (सन् १९९५), ‘ममताको छालभित्र’ (सन् १९९८) र ‘आफ्नो माटोको सुगन्ध’ (सन् २०००) । सन् २००६ मार्च ७ मा आँसुको निधन भयो ।

१. गङ्गादेवीको जन्म सन् १८७९ (अनुमानित) मा भारतको बनारसमा भएको थियो । ‘सुन्दरी’को वर्ष २, लीला २ (संवत् १९६६ जेठ) मा ‘आर्योपदेशिका’ शीर्षकमा यिनको कविता छापिएको थियो । त्यस बखत यिनका बाबु हरिहर
कविताहरू’ र ‘आमा’ । उनको ‘बीसौं शताब्दीमा नारी’ नामक प्रबन्ध पनि प्रकाशनमा आएको छ । खाती भारतीय दलित साहित्य अकादमी दिल्लीको फेलोसिपद्वारा पनि सम्मानित छिन् ।
२५. वीणाक्षी खरेलको जन्म सन् १९५७ मई ४ मा सेलिम्बोङ चियाकमान, दार्जिलिङमा भएको थियो । खरेलका दुईवटा कवितासङ्ग्रह प्रकाशित छन् ‘प्रश्नचिह्न’ (सन् १९९७) र ‘मेरो बकपत्र’ (सन् २००३) ।
२६. राधा रसाइलीको जन्म सन् १९५९ फरवरी १५ मा फुवागढी चियाकमान, दार्जिलिङमा भएको थियो । उनले माध्यमिक बी.टी.सम्मको शिक्षा हासिल गरिन् । उनका प्रकाशित उपन्यासहरू हुन् ‘गङ्गा सागर’, ‘बदलिँदो समाज’ (सन् १९८६), ‘आँधी’ र ‘त्याग’ ।
२७. वसन्ती शर्माको जन्म सन् १९५९ दिसम्बर ३० मा कालेबुङ, दार्जिलिङमा भएको थियो । एम.ए.समुत्तीर्ण शर्मा भारतस्थित सिक्किमको भी.सी.गञ्जु लामा सरकारी उच्चतर माध्यमिक विद्यालयमा शिक्षण पेसामा आबद्ध छिन् । उनको प्रकाशित कृति हो ‘म जलिरहेछु’ (कवितासङ्ग्रह : सन् २००१)
जन्ममिति नखुलेका नारीस्रष्टा
नेपाली भाषासाहित्यमा कीर्ति निर्माण गरेका तर जन्ममिति र जन्मस्थान फेला नपरेका स्रष्टालाई यस सूचीमा समाविष्ट गरिएको छ । यस पाठमा संवत् २०१७ सालअगाडि सिर्जना गरिएका कृतिकार र कृतिको नामावली प्रस्तुत गरिएको छ ।

१. भक्तिकुमारी राणाले ‘भक्तिलहरी’ (भजनसङ्ग्रह : १९५८) लेखिन् । जनरल जगतजङ्ग राणाकी श्रीमती भक्तिकुमारी राणाले विधवा जीवनमा भक्तिमार्ग समाइन् र भजनहरू लेखिन् ।
२. लक्ष्मीकुमारीदेवी राणाको प्रकाशित कृति ‘ श्री ३ महाराजको गुणगान’ (स्तुतिकाव्य : १९८९) हो ।
३. देवकुमारी ढकालनीको ‘कृतज्ञता प्रकाश ’ (कवितासङ्ग्रह : १९९३) प्रकाशित भएको छ ।
४. चैतन्य जीवकुमारीको ‘सत्सङ्ग श्रीकृष्णप्रेम कीर्तनपुष्प’ (भजनसङ्ग्रह : १९९५) प्रकाशित भएको छ ।
५. कुसुममञ्जरीदेवी प्रेमराजेश्वरी थापा र गोमाको हाराहारीकी कवयित्री थिइन् । कुसुममञ्जरी पनि थापा र गोमाझैँ चोटिला कविता लेख्थिन् । यिनले ‘सीताविलाप’ (खण्डकाव्य) लेखिन् । १९९६ सालको ‘शारदा’मा यिनको उक्त खण्डकाव्य प्रकाशित छ । कुसुमका अन्य फुटकर लेखरचना पनि ‘शारदा’ मा धारावाहिक रूपमा छापिएका छन् । यसबाहेक उनका रचना अन्य पत्रपत्रिकामा पनि प्रकाशित भइरहे ।
६. सुशीलादेवीको कृति ‘स्वावलम्बी केटो’ (उपन्यास: १९९६) मा प्रकाशित भएको छ ।
७. शान्तिकुमारी राणाको प्रकाशित कृतिको नाउँ हो – ‘गीतासागर’ (१९९९) ।
८. रमादेवी गीतादेवीका नाउँबाट ‘साँघु’ कथासङ्ग्रह २००४ सालमा प्रकाशित छ ।
९. विष्णुमायाको प्रकाशित कृतिको नाउँ हो ‘विचार–दीपक’ (काव्य : २००८) ।
१०. फलेन्द्र जगत्कुमारी राणाले कथा, कविता, निबन्धहरूको एउटै बिटो बाँधेर ‘दिदीबहिनीहरूमा भेट’ नामक कृति २०१२ सालमा प्रकाशनमा ल्याएकी थिइन् ।
११. किशोरीदेवीको ‘एउटा छोटो कथा’ (कथासङ्ग्रह : २०१५) प्रकाशित छ ।
पुस्तक नछापिएका नारीस्रष्टा
नेपाली भाषासाहित्यमा ऐतिहासिकता सँगालेका, प्रसिद्धि कमाएका तथा उत्कृष्ट रचना गरेका तर पुस्तकाकार कृति प्रकाशित नभएका स्रष्टालाई यहाँ प्रस्तुत गरिएको छ । यस सूचीमा २००० सालअगाडि जन्मेका स्रष्टालाई समावेश गरिएको छ ।

शर्मा लामिछाने ‘सुन्दरी’का सञ्चालक थिए । यी हरिहर शर्मा बनारसका प्रख्यात प्रकाशक तथा लेखक थिए । गङ्गादेवीको बिहे तत्कालीन चर्चित लेखक सदाशिव शर्मा अधिकारीसँग भएको थियो । ‘सुन्दरी’की गङ्गादेवीका विषयमा उनी सही कवयित्री हुन् या होइनन् भनेर निक्कै छानबिन पनि भयो । यसै प्रसङ्गमा शिव रेग्मीले २०५२ साल माघको ‘मधुपर्क’मा ‘आर्योपदेशिका’ लेख्ने गङ्गादेवी नभएर अरू कुनै लेखकको छद्मनाउँमा सो कविता आएको बेहोरा लेखे । साथै त्यो लेख छापिएका बेला गङ्गादेवीको स्वर्गारोहण भइसकेको थियो भनेर यसबारे अर्कातिरबाट पनि खण्डन आएको देखियो । तर ‘आर्योपदेशिका’ शीर्षकको कविता लेख्ने गङ्गादेवी नै हुन् भन्नेबारे निम्न तर्क पनि दिन सकिन्छ:
‘सुन्दरी’का सञ्चालक गङ्गादेवीकै बाबु हुनु,
‘सुन्दरी’का सञ्चालक हरिहर शर्मा लामिछाने स्वयं लेखक पनि हुनु र त्यसको प्रभाव छोरीमाथि पनि पर्न सक्नु,
गङ्गादेवीले लेखेको सो कविता उनको देहावसानपछि उनका बाबुले आफ्नो पत्रिकामा छापिदिएको पनि हुन सक्छ,
छद्मनाउँमा आएका रचना आफ्नी छोरीका नाउँमा छाप्ने मनस्थिति बाबुको हुनु नपर्ने,
गङ्गादेवीका पति पनि लेखकै हुनु ।
२. गङ्गावतीको जन्म संवत् १९५० सालमा (अनुमानित) भएको थियो । ‘बरालका आँसु’ नामक सङ्ग्रहमा यिनका पनि कविता सङ्कलित छन् ।
३. मेलवादेवी गुरुङको जन्म संवत् १९५९ सालमा ओखलढुङ्गाको रुम्जाटारमा भएको थियो । चन्द्रशमशेरका दरबारमा बसेर उनले गीत गाइन् । औपचारिक रूपमा १९८५ को छेका उनले केही गीत रचेको देखियो । तीमध्ये ‘थापाथली’ शीर्षकको गीतिकविता यौन, प्रेम र समर्पणमा आधारित छ । साथै ‘सवारी मेरो रेलैमा’ उनैको त्यस बेलाको जीवनमा आधारित गीत हो । २०१२ सालमा खाना पकाउँदापकाउँदै स्टोभ पड्केर भारतको कोलकातामा उनीे स्वर्गीय भइन् । यिनका केही शब्दरचना ‘नेपाली सङ्गीतका शिखर’ (२०५९) मा प्रकाशित छन् ।
४. अञ्जनादेवी राईको जन्म सन् १९०४ मा भारत, दार्जिलिङको खरसाङमा भएको थियो । बाल्यकालमा नै यिनको बिहे भएको थियो । यिनको दाम्पत्यजीवन धेरै दिन टिक्न सकेन । त्यसपछि यिनी भक्तिमार्गमा समर्पित भइन् । यिनको त्याग, तपस्या र आराधनाका कारण यिनलाई ‘नेपाली मीरा’ भनिन्थ्यो । यिनको एउटा कविता ‘ज्ञानअमृत’ ‘अकादमी निबन्धावली’ (२०३३) मा प्रकाशित छ । सोही निबन्धावलीमा इन्द्र सुन्दासले अञ्जनादेवी राईका विषयमा प्रकाश पारेका छन् । उनी बाईस वर्षका उमेरमा स्वर्गीय भइन् ।
५. कुमारी विद्यावती (नाहन) को जन्म संवत् १९६६ सालमा भएको थियो । नेपाली भाषासाहित्यको माध्यमिक कालमा उनी निबन्ध लेखनका क्षेत्रमा शीर्षस्थ स्रष्टा हुन् । नेपाली निबन्धका फाँटमा प्राथमिक बेलामै उनले निबन्ध सृजनामा आफ्नो सक्रियता देखाइन् । ‘तरुणी, तरुणी कुन छन्न ?’ शीर्षकको निबन्ध ‘गोर्खासंसार’ (वर्ष ४ किरण ६ डिसेम्बर सन् १९२९ : संवत् १९८६) मा छापिएको थियो । कुमारी विद्यावतीका निबन्धबारे ईश्वर बरालले ‘सयपत्री’ मा लेखेका छन् “उनका निबन्ध ओजपूर्ण छन् र शैली विदग्ध ।”
६. एम. लक्ष्मी अर्थात् मोतीलक्ष्मी ‘उपासिका को जन्म संवत् १९६६ असारमा, काठमाडौंको तुन्छेँगल्लीमा भएको थियो । उनले संवत् १९९२ सालको ‘शारदा’ को वर्ष १ सङ्ख्या ९ मा ‘रोदन’ शीर्षक कथा लेखेर साहित्यमा आफ्नो नाउँ सार्वजनिक गरिन् । त्यसै सालको ‘शारदा’को वर्ष २ सङ्ख्या १ मा उनको ‘पुनर्विवाह’ शीर्षकको अर्को कथा छापियो । उनले ‘शान्तालाई जवाफ’ भन्ने शीर्षकमा ‘शारदा’ को वर्ष २ सङ्ख्या १ मा कविता पनि लेखिन् । कृष्णचन्द्रसिंह प्रधानका अनुसार “नेपाली भाषामा आधुनिक पाराले सामाजिक रूपका पत्रात्मक कथा लेख्ने उनी प्रथम नारी हुन् ।” उनी सामाजिक विषयवस्तुका कथाका अतिरिक्त पत्रात्मक कथा लेख्ने प्रथम नारी कथाकार भएको बेहोराको बयान ईश्वर बरालले पनि आधा शताब्दीअघि नै सार्वजनिक रूपमा दिएका थिए । बरालका अनुसार नेपाली भाषासाहित्यमा एम. लक्ष्मी नै पत्राचारपद्धतिमा कथा लेख्ने पहिलो नारी कथाकार हुन् । मोतीलक्ष्मी ‘उपासिका’ ले नेवारी भाषामा साहित्य रचेर त्यस क्षेत्रमा पनि आपूmलाई निक्कै अग्ली बनाइन् । उनी चित्तधर हृदयकी बहिनी हुन् । एम. लक्ष्मी अर्थात् मोतीलक्ष्मी उपसिका २०५४ साल माघ १९ गते स्वर्गीय भइन् ।

१५. मानकुमारी छेत्रिनीको जन्म सन् १९२८ मा दार्जिलिङमा भएको थियो । उनको पहिलो लेख दार्जिलिङको ‘खोजी’ नामक पत्रिकामा ‘मातृप्रेम’ शीर्षकमा सन् १९४१ मा छापिएको थियो । साथै उनको ‘मेरो स्कट्ल्यान्ड यात्रा’ ‘भारती’ (संवत् २०१०) पत्रिकामा छापिएको थियो । उनी लैनसिंह बाङ्देलकी पत्नी हुन् ।
७. कमलकुमारी देवीको जन्म सन् १९१० (अनुमानित) मा दार्जिलिङको कालेबुङमा भएको थियो । उनको ‘वीरमहिमा’ शीर्षकको कविता ‘गोर्खासंसार’ १ः२४ मा र ‘लौ अब उठ !’ शीर्षकको कविता ‘गोर्खासंसार’ (१।२८) मा छापिएको थियो ।
८. तुषारमल्लिकाको जन्म सन् १९२० डिसेम्बर बालाचतुदर्शीका दिन भारतको बनारसमा भएको थियो । नेपाली भाषासाहित्यमा प्रथम नारीकथाकारका रूपमा कुमारी तुषारमल्लिकाको नाउँ अङ्कित छ । शिव रेग्मीका अनुसार “तुषारमल्लिका आधुनिक नेपाली कथालेखनकी प्रथम नारी हुन् । उनीभन्दा पहिला नेपाली भाषामा आधुनिक कथा लेख्ने महिला फेला परेका छैनन् ।” उनको पहिलो कथा ‘शारदा’को वर्ष १ सङ्ख्या ५, १९९२ असारमा ‘स्त्रीरत्न’ शीर्षकमा छापिएको हो । म्याट्रिक अध्ययन गरेकी कुमारी तुषारमल्लिका सन् १९९४ मा स्वर्गीय भइन् ।
९. इन्दिरा आचार्यको जन्म संवत् १९७९ माघ १५ गते भारतको बनारसमा भएको थियो । उनी ‘शारदा’कालीन चर्चित कवयित्री र कथाकार हुन् । उनका कथा ‘शारदा’ मा माघ १९९६, मङ्सिर १९९७ र असार १९९७ मा छापिएका छन् । साथै उनको एउटा कविताचाहिँ १९९६ फागुनको ‘शारदा’ मा छापिएको छ । यिनी डा. पिनाकीप्रसाद आचार्यकी धर्मपत्नी तथा शैलजा आचार्यकी आमा हुन् ।
१०. पुण्यप्रभादेवी ढुङ्गानाको जन्म संवत् १९८१ तीजको दरखाने दिन काठमाडौंको ठमेलमा भएको थियो । उनी कविशिरोमणि लेखनाथ पौड्यालकी जेठी छोरी हुन् । उनी सल्लाहकारसभा (संसद) को सदस्य र नेपाल महिला सङ्गठनको केन्द्रीय अध्यक्ष पनि भइन् । नेपालको राजनीति र समाजसेवाका पाटामा सदैव चर्चित पुण्यप्रभा २०५३ सालमा स्वर्गीय भइन् । उनले अनेकौँ फुटकर लेख, निबन्ध र प्रबन्ध लेखिन् । साहित्यमा उनी वर्णमात्रिक छन्दकी कवयित्रीका रूपमा चिनिन्छिन् ।
११. सुशीला कोइरालाको जन्म संवत् १९८३ मा कपिलवस्तुमा भएको थियो । उनी कविता, कथा र निबन्धलेखनमा रुचि राख्थिन् । उनले आई.ए. पास गरेकी थिइन् । उनको ‘दुलही’ शीर्षकमा ‘शारदा’को वर्ष ५ अङ्क ९ (पुस १९९६) मा कथा छापियो । त्यसपछि उनका पति विश्वेश्वरप्रसाद कोइरालासँगको संयुक्त नाउँमा उनको दोस्रो कथा ‘शारदा’ वर्ष ६ अङ्क १ (वैशाख १९९७) मा प्रकाशनमा आयो । साथै उनले केही संस्मरणहरू पनि लेखिन् । उनको ‘पुनर्जागरण’ वर्ष ६ अङ्क २ (२०४४ चैत) को ‘योगेन्द्रमान शेरचन स्मृति अङ्क’ मा ‘योगेन्द्रमानजीको दुःखान्त सम्झँदा’ संस्मरण प्रकाशनमा आयो । उनी नृत्यकलामा पनि पारङ्गत थिइन् ।
१२. अमृतादेवी छेत्रीको जन्म सन् १९२७ जून १० मा दार्जिलिङमा भएको थियो । उनी सामाजिक जागरणमा आधारित चोटिला कथा र निबन्धलेखनमा सुपरिचित भइन् । नेपाली भाषासाहित्यमा उनका धेरै फुटकर रचनाहरू प्रकाशनमा आए । उनले सन् १९५० देखि लेख्न थालिन् । ‘भारती’, ‘हाम्रोकथा’, ‘साथी’ आदि पत्रपत्रिकामा उनका लेखरज्ञचना छापिन्थे । उनले बी. ए., बी. टी. पास गरेर दार्जिलिङको नेपाली कन्या उच्च विद्यालयमा पढाइन् ।
१३. भुवनेश्वरी तिवारीको जन्म संवत् १९८४ चैत्र कृष्ण दशमीमा ज्ञानेश्वर काठमाडौंमा भएको थियो । जुद्धकला पाठशालाबाट उनले ललितकलामा स्नातक गरिन् । २०१९ सालमा उनले चित्रकलामा पुरस्कार पाइन् । उनले जनकशिक्षा सामग्री केन्द्रमा पनि चित्रकला सम्बन्धी नोकरी गरिन् । साथै उनले महेन्द्रभवन माध्यमिक विद्यालयमा पनि चित्रकला पढाइन् । उनी कथाकार हुन् । ‘निहु चाहिएको छ’ शीर्षक कथा ‘स्वास्नीमान्छे’मा वर्ष २ अङ्क १ (२०१६ साउन, भदौ, असोज)मा छापियो । साथै ‘सासु’ शीर्षक कथा पनि ‘स्वास्नीमान्छे’ वर्ष ३ को ४, ५, ६ (२०१७—२०१८) को संयुक्त अङ्कमा छापिएको थियो । साथै उनका कथाहरू परोपकारमा पनि छापिएका थिए । उनी भीमनिधि तिवारीकी धर्मपत्नी हुन् ।
१४. रञ्जना शाहको जन्म संवत् १९८५ भदौ ४ गते काठमाडौं, लाजिम्पाटमा भएको थियो । ‘रत्नश्री’ वर्ष १९ अङ्क ४ मा कवयित्री शाहका दुईवटा गीतिकविता छापिएका छन् । रञ्जना शाहका विषयमा धेरैले धेरै कुरा लेखे । तीमध्ये वाई.जी. कृष्णमूर्तिले लेखे “महारानी रत्नराज्यलक्ष्मी आर्य नारीत्वकी प्रतीकस्वरूप पुष्प हुन् ।” त्यसै गरी शाहबारे राजनारायण प्रधानले लेखेका छन् “उनी राजा महेन्द्रकी अर्धाङ्गिनी थिइन्, दुक्खसुखकी सँगेनी थिइन्, सर्वस्व थिइन् । राजा महेन्द्रले ‘फेरि उसैको लागि’ रानी रत्नलाई अर्पित गरेका हुन् ।” नारी जागरणकी प्रेरणा र बालबालिकाकी संरक्षकका रूपमा सुपरिचित श्री ५ मुमाबडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको काव्यात्मक शुभनाउँ नै रञ्जना शाह हो ।

१६. मधुमालती प्रधानको जन्म सन् १९३३ को हाराहारीमा भारतको दार्जिलिङको सेरोफेरोमा भएको हुनुपर्छ । यिनको ‘मेरो बनारसयात्रा’ शीर्षकको निबन्ध २०१२ सालमा ‘भारती’ मा छापिएको थियो ।
१७. स्नेहलता पन्तको जन्म संवत् १९९३ सालको फागुनमा काठमाडौंको पकनाजोलमा भएको थियो । उनको ‘बगैंचा’ पत्रिका (वर्ष १ अङ्क २, २०१८ असोज–कात्तिक) मा ‘उसैका लागि पर्वमाथि एक दृष्टि’ शीर्षकको समीक्षा छापियो । त्यस लेखले उनी निक्कै चर्चित भइन् । त्यो लेख छापिएको महिना दिन नपुग्दै उनी स्वर्गीय भइन् । टीबीको रोग लागेर २०१८ सालको कात्तिकमा उनको देहावसान भएको थियो । उनी दिवङ्गत भएपछि उनका लेखरचनाको बाकस घरपरिवारले फेला पारे । आफ्नी छोरी त रहिनन् भने यी कागजको के काम भनेर उनकै परिवारले उक्त लेखरचनाको बाकसमा आगो लगाइदिएपछि उनका रचनाको नामोनिसान नै बाँकी रहेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *