नारीचुली – उषा शेरचन – इन्दिरा प्रसाई – शारदा शर्मा – पुष्पलता आचार्य – सीता पाण्डे –

By | March 28, 2010

उषा शेरचन
सबैस‘ग भेटे पनि यो मनले तिम्रै हात मागेको हुन्छ
सबैस‘ग हिंडे पनि यो मनले तिम्रै साथ रोजेको हुन्छ ।
उषा शेरचन जीवनका भोगाइको काव्य लेख्छिन्, उषा शेरचन पीडाभित्र डुबेर कविता कोर्छिन् र उषा शेरचन हाँसीहाँसी पनि वेदना पोख्छिन् । उनको लेखनले जीवनको यथार्थ धरातल पहिल्याएको हुन्छ, जिन्दगानीको चित्रण प्रस्तुत गरेको हुन्छ र मानवीय आकर्षण, प्रेम र विश्वासलाई व्यक्त्याएको हुन्छ । त्यसैले उनी चाँडोभन्दा चाँडो चर्चित बनिन्, प्राय: सबैकी प्रिय बनिन् र नेपाली साहित्यसंसारकी आवश्यकता बनिन् ।

विश्वासको जग नै बलियो राख्न नसके
उनको प्रतिभा चाँडै अङ्कुरित भयो, चाँडै फुल्यो र चाँडै फक्र्यो । उनी नेपाली साहित्यको काव्यसंसारमा स्थापित भइन् ।
यस जगत्को पोखरा उपत्यकामा सर्वप्रथम २०१२ साल भदौ ६ गते सोमबार उषा शेरचन रोएकी थिइन् । अथवा भनूँ त्यस दिन यी झपटबहादुर भट्टचन र यामकुमारी भट्टचनकी सुपुत्री बनिन् । जन्मदै उषा शेरचनको अनुहारमा चन्द्रमाको ज्योति छरिएको थियो । यति हुँदाहुँदै पनि उषा शेरचनको एउटा विद्रोही प्रेमीको झैँ, एउटा असन्तुष्ट मान्छेको झैँ र एउटा विक्षिप्त परिवारको झैँ जीवनकथा भेटिन्छ । वास्तवमा उनको जीवनकथा पढ्दा एउटी सङ्घर्ष नै सङ्घर्षमा बेरिएकी स्रष्टाको नाउँ उषा शेरचन भन्नुपर्छ । किनभने उनी लेख्ता आफ्नो छाती उदाङ्गो पारेर लेख्छिन्, छातीभित्र जे छ नलुकाई उनी त्यही पस्किन्छिन् । अनि उनको लेखाइ एउटा सिङ्गो जीवनको परिभाषा हुन्छ । वास्तवमा मनमा उठेको भावना बेर्दाबेर्दै, उन्दाउन्दै र कोर्दाकोर्दै उनी उषा शेरचन बनिन् । खासगरेर उनको नाउँ नेपाली साहित्यको प्रतिनिधि मुक्तककारमा स्थापित भयो । त्यतिमात्र होइन उनी नेपाली मुक्तकको चर्चित व्यक्तित्व बनिन्:
विक्षिप्त मनस्थिति बोकेर घोर यातनाका दिनहरू भोगिरहेकी छु
अभिशप्त छाती बोकेर घोर पीडाजन्य रातहरू बिताइरहेकी छु
जिन्दगीका चारै दिशा हराएर अचेल म
दिग्भ्रमित भएर घोर अन्धकारमा रुमल्लिइरहेकी छु ।
उषा शेरचनले साहित्यिक गोरेटो हिँड्दाहिँड्दै बी.ए. गरिन् । उनले आफ्ना दुःखेका गोडा चाल्दाचाल्दै २०३८ साल फागुन २० गते डी.बी. शेरचनसँग बिहे गरिन् । अनि जिन्दगानीका विभिन्न आरोहअवरोहमा लुकामारी खेल्दाखेल्दै छोरी आस्था जन्माइन् र छोरो आस्तिक पनि पाइन् घरपरिवारमा अति सन्तुष्टिको जीवन भोग्नेमध्ये उनी पनि एक बनेर चिनिइन् ।
उषा शेरचनको हाँसो र आँसुको सृजनात्मक यात्राचाहिँ घरजमपछि पनि जारी नै रह्यो । आफ्नो सीप, लगन र योग्यता प्रदर्शन गर्दै जाँदा उनी रत्नश्री स्वर्णपदकबाट सम्मानित भइन्, व्यथित काव्य पुरस्कारबाट पुरस्कृत भइन्, राष्ट्रिय गौरव युवा सम्मानबाट सम्मानित भइन् र प्रज्ञापदकबाट पनि सम्मानित भइन् । उनले प्राप्त गरेका अन्य सम्मान हुन्— भूपिस्मृति सम्मान, लोकप्रिया पुरस्कार, पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार, प्रतिभा सम्मान । साथै उनी वीरेन्द्र ऐश्वर्य सेवा पदकबाट पनि अलङ्कृत भइन् ।
लेखेर नै उषा शेरचनको व्यक्तित्व झाङ्गिन थाल्यो, मौलाउन थाल्यो र हराभरा हुन थाल्यो । त्यसैको परिणामले उनको कवितासङ्ग्रह नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट छापियो । डी.बी. शेरचनको सिन्दूरले रङ्गिएको दस वर्षपछि उषा शेरचनले ‘नजन्मेका आस्थाहरू’ (कवितासङ्ग्रह : २०४८) जन्माएकी थिइन् । त्यसैगरी उनले ‘अक्षरहरूका शिबिरबाट’ (मुक्तकसङ्ग्रह : २०५६) र ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ (कवितासङ्ग्रह : २०६२) प्रकाशनमा ल्याइन् । त्यतिमात्र होइन गीतकार उषा शेरचनका गीतिक्यासेटहरू ‘अभीप्सा’, ‘सञ्चयन’ र ‘मेरो माटो : मेरो गीत’ पनि जनसमक्ष आए । उनका काव्य र गीतिकाव्यले त्यस बेला पाठक र श्रोताहरूलाई च्याप्पै समात्ने गर्थे । त्यो कला क्रमश: विकसित हुँदै जाँदा उनी खासगरी पाठकहरूका हृदयमा थकाइ मार्न थाल्ने भइन् । वास्तवमा लेखिसकेपछि यी आपूmले दिग्विजय प्राप्त गरेको अनुभूति सँगाल्ने गर्छिन् । यसै प्रसङ्गमा उषा शेरचन भन्छिन्, “मलाई लेखिसकेपछि प्रसवको अनन्त पीडापछिको असीम सुखानुभूतिझैँ लाग्छ ।” तर पनि उनका लेखनमा त्यही प्रसवका विम्बहरूले सधैँ पछ्याइरहेका हुन्छन् । उनी लेख्ता पनि त्यही मानवीय पीडालाई अघि सार्ने गर्छिन् । त्यसैले हुन सक्छ उनी चाँडै धुरी चढ्ने कवयित्री बनिन् ।
कवयित्री शेरचन जिन्दगी जिउने क्रममा आपूmले देखेका, भोगेका र अनुभूतिमा सँगालेका कुरा लेख्छिन् । उनी आफ्ना भावनालाई सर्लक्क पाठकसामुन्ने पु¥याएर पाठकको मनमस्तिष्कलाई छुने कसरत गर्छिन् । वास्तवमा उनको लेखनीको शैली नै प्रभावशाली छ । उनका भावना कोमल भएर पनि लचकदार छन् । अनि उनको संसार विशाल भएर पनि साँगुरो छ । लेखनको विषयवस्तु प्रेम, समर्पण र पीडालाई बनाएर पनि उनी यी त वहरूलाई आफ्नै छातीभरि कैदी बनाउन चाहन्छिन् । त्यसैले उनी मनको पिङ मच्चाएर आफ्नो वैयक्तिक जीवनको धीत मार्ने गर्छिन्:
ठेस लागेर विश्वासहरू कहिलेकाहीं लड्खडाउन सक्छ
बिथोलिएर विश्वासहरू कहिलेकाहीं धमिलिन पनि सक्छ
मायाका घरहरू कुनै पनि क्षण तासका घरझैं भत्किन सक्छ ।

नेपालमा उषा शेरचनहरू जति नै ठूला भए पनि सृजनाबाट आर्थिक लाभ पटक्कै हुँदैन । यहाँ स्रष्टाहरूको अन्य पेसा, अन्य आयस्रोत र अन्य व्यवहार छैन भने उनीहरू भोकै मर्छन् । त्यसैले उषा शेरचन पनि आफ्ना पतिको व्यापारबाट मक्ख पर्ने गर्छिन् । आफ्नो काँधमा आर्थिक झन्झट नहुँदा उनी मानसिक पीडाबाट रन्थनिनुपर्दैन । तर आर्थिक हिसाब नछोएरै पनि स्रष्टाले उत्कृष्ट सृजना गर्न सक्छन् । यति हो धनीले मीठो खान्छ र धनी मान्छे देशविदेश घुम्न पनि सक्छ । यदि उसको मन छ भने उसले कुनै समूह, संस्था र मान्छेहरूलाई आर्थिक सहयोग पनि गर्छ । यस परिप्रेक्ष्यमा उषा शेरचन पनि त्यस्तै छिन् । उनको सहयोगमा लालीगुराँस फक्रिएको हुन्छ ।
उषाको प्रकृतिसँग गाढा साइनो छ । प्रकृतिका सुन्दर छटाहरू नियाल्नु उषा शेरचनको विशेष रुचि देखिन्छ । उनलाई गीत सुन्न अत्यन्तै मन पर्छ । जीवनका खुसी र दुक्खका रचनाका बेग्लाबेग्लै मोडहरूलाई पनि उनी आत्मसात् गर्न सक्छिन् । त्यसैले उनका रचनाहरू विशेष गरेर व्यवहारजन्य घातप्रतिघातका घाउ र पीडाहरूबाट सिञ्चित भएर उब्जेका हुन्छन् । सुधारात्मक भावबोध र युगपरिवर्तनीय आशापुञ्जको चाहना राख्न मन पराउने उषा शेरचनका प्रत्येक हिँडाइ कलाले सुसज्जित हुन्छन् । उनका लेखनका हरेक बुँदा, हरेक मोड र हरेक अध्याय कलाकौशलले नै भरिपूर्ण हुन्छन् । उनी लेखनाथ, देवकोटा र समबाट यात्राका अविरल राजमार्ग खोज्छिन्, पारिजात, भूपि शेरचन र बी.पी. कोइरालाबाट जीवनका अधिकतम चाहना रोज्छिन् अनि नारायणगोपाल र अरुणा लामाका सुस्केराहरूलाई सधैँ मनमनै भोग्ने गर्छिन् । उनी परलोकका लागि पनि जीवन अक्षय पार्न उद्यत छिन् । उनका लागि कर्म नै विशाल छ, अपरिमेय छ र अनन्त छ । त्यही सुदूर जीवनका लागि उनी एकोहोरो मरिमेटेकी छिन् । जीवनमा अनगिन्ती प्राप्तिका शिखर टेक्दाटेक्दै पनि उनी जीवनदेखि थाकिसकेकी छिन् । उनको थकाइमा पनि लक्ष्य भत्किएको छ, उनको विश्राममा पनि घातप्रतिघातले आक्रमण गरेको छ र उनको शरीरका रगतभरि पनि गन्तव्य ठप्प भएर अडेको छ:
म क्षणप्रतिण निरुद्देश्य लक्ष्यहीन बाटो हिंडिरहेकी छु
म क्षणप्रतिण घातप्रतिघातका अचानोमा पिल्सिरहेकी छु
असीमित चोट र पीडाहरूको शरशैøयामा छटपटाउ‘दै
म क्षणप्रतिक्षण गन्तव्यरहित ऑसुको नदी बगिरहेकी छु ।
सानै उमेरमा उषा शेरचनले थुप्रै फुटकर रचनाको निर्माण गरिन् । उनले ‘गोरखापत्र’ देखि ‘विमर्श’ सम्म र ‘कान्तिपुर’ देखि ‘मधुपर्क’ सम्म लेखिरहिन्; साथै ‘अभिव्यक्ति’, ‘रत्नश्री’, ‘राष्ट्रपुकार’, ‘साप्ताहिकमञ्च’, ‘समीक्षा’ लगायत अन्य विविध पत्रपत्रिकामा उनका कविताहरू छापिने गर्थे । उनको पहिलो रचना ‘जिन्दगी’ शीर्षक कविता २०३५को असोज ७ गते ‘गोरखापत्र’ मा छापिएको थियो । उनले आधी नेपालका विभिन्न ठाउँ घुमिसकेकी छिन् । नौनीघ्यूभन्दा नरम भावना बोकेर उनी बादलमाथि पनि चढेकी छिन् भने जमिनमुनि पनि पसेकी छिन् । यही रीतमा उनले भारत, थाइल्यान्ड, हङकङ, मलेसिया, सिङ्गापुर, जापान, युरोप र अमेरिकाको भ्रमण गरी अनुभवहरूको सङ्ग्रह गरेकी छिन् ।
साहित्यसृजना र सङ्गठनमा त्यत्तिकै उत्साहित उषा शेरचन गुञ्जन समूहकी संस्थापक र नारी प्रतिष्ठानकी संरक्षक पनि हुन् । उनी कोइलीदेवी सङ्गीत कोष र नारायणगोपाल सङ्गीत कोषमा पनि कोषाध्यक्षमा आसीन छिन् । उनी पोखरेली युवा सांस्कृतिक संस्थाकी उपाध्यक्ष पनि थिइन् । शेरचनको रचनानिर्माण र सङ्गठन परिचालनबाट उनको व्यक्तित्वको सिन्धु विस्तारित भएको महसुस हुन्छ । उनी सृजनामै समर्पित छिन् किनभने सृजनामा माटो हुन्छ, जनजनको धुकधुकी हुन्छ अनि सृष्टिको रस हुन्छ । आज त्यही विशाल वटवृक्षको निर्माणमा उषा शेरचन जुटेकी छिन् । उनका निराशावादी दिनहरू पनि अब क्रमश: गुफाहरूमा प्रवेश भइसकेका छन् । उनी अब हिम्मतका साथ नयाँ बिहानी उघार्न लम्किरहेकी छिन् । उषाका लालीहरू चुमेर उनी आफ्नो नयाँ दिन रङ्गाउन साइत बनेर बसेकी छिन् । अब उनका मनभरि, आँखाभरि र आशाभरि उत्साह छमछम नाचिरहेका देखिन्छन्:
एउटा कॉधमा सूर्य र अर्को कॉधमा चन्द्र बोकी आउनु तिमी
साथमा ताराका बारातहरू पनि लिएर आउनु तिमी
सपनाको राजकुमार भएर दन्त्यकथाहरूमा जस्तै
मेरो मनऑगनमा घोडाका टापहरू बजार्दै आउनु तिमी ।

इन्दिरा प्रसाई

कहिले आस्थामा रोए‘
कहिले अनास्थामा रोए‘
ऑसुको पोखरी सुकेपछि
बालुवाका थुप्राहरूमा रोए‘ ।
इन्दिरा प्रसाईले हिमाल टेकेर कविता लेखिन्, मरुभूमिमा बसेर कविता लेखिन् र पानीभित्रभित्रै डुबेर पनि कविता लेखिन् । त्यसैले इन्दिराका कविताका अक्षरअक्षरमा अर्थ हुन्छ, कविताको भावभावमा दर्शन हुन्छ र कविताको निस्कर्षमा लालीगुराँस फुलेको हुन्छ, सयपत्री फक्रेको हुन्छ र चमेली मगमगाएको हुन्छ । उनीभित्रको कविहृदय कहिले कर्कलाका पातमा टल्केको पानीको थोपा भएर नाच्ने गर्छ, कहिले आकाशबाट पानी बर्सन लागेको बादलजस्तै भएर भौँतारिने गर्छ र कहिले मरुभूमिको रूखबिरुवा भएर बाँच्ने आशामा खङ्ग्रिएको हुन्छ । त्यसैले उनका कविताको स्वर पनि बहुआयामिक हुन्छ ।
इन्दिरा प्रसाई कविताकी सहोदरी त हुन् नै तर उनी कविता मात्र लेख्तिनन् उपन्यास पनि लेख्छिन् । उनी जसरी उपन्यासकारका रूपमा परिचित भइन् त्यसैगरी उनी कथाकारका रूपमा पनि चर्चित भइन् । गीत, निबन्ध र समालोचनाका फाँटमा पनि उनका सुन्दर हस्ताक्षरहरू देख्न सकिन्छ । त्यतिमात्र होइन उनी थुप्रै साहित्यिक र सांस्कृतिक संघसंस्थाहरूकी निर्माता पनि हुन् । त्यसैले पाठकहरूले एकै स्वरमा भनेका छन्— नेपाली साहित्याकाशमा इन्दिरा प्रसाई बहुआयामिक व्यक्तित्वकी धनी हुन् । वास्तवमा इन्दिरा नेपाली साहित्यकी सृजनशील स्रष्टा हुन् ।
इन्दिराको जन्म २०१४ साल फागुन ३ गते, शुक्रबार भएको थियो । त्यति बेला उनका बुबा दार्जिलिङको सेन्ट जोसेफ कलेजमा पढ्दै थिए र आमाचाहिँ बुबाकी भान्से थिइन् । त्यही ताका इन्दिराको जन्म भिक्टोरिया अस्पताल दार्जिलिङमा भएको थियो । अनि पृथ्वीमा अवतरण भएपछि इन्दिरालाई देख्ने पहिलो व्यक्ति थिइन् देवकुमारी थापा । त्यस बेला देवकुमारी सोही अस्पतालमा कार्यरत थिइन् । गणेशदुर्गाका पाँच सन्तानमध्ये इन्दिराचाहिं प्रथम हुन् ।
इन्दिराका बुबा गणेशप्रसाद नेपाल आफ्नो नामका पछाडि शर्मा लेख्थे किनभने दार्जिलिङमा बाहुन जातिलाई शर्मा भनिन्थ्यो । उनी त्यहाँ दारीवाला बाजेका नाउँबाट परिचित थिए । गणेशप्रसाद शर्मा स्वाभिमानी प्रकृतिका थिए; त्यसैले उनी घरबाट एक पैसा नमागी आपैmँ कमाएर पढ्ने गर्थे । त्यस बेला उनको आम्दानीको स्रोत जजमानी थियो । दारीवाला बाजे भनेपछि त्यस ठाउँमा गणेश गुरु पुजिन्थे ।
इन्दिराकी आमा दुर्गादेवी सुत्केरी भइन्जेल दार्जिलिङमै बसिन् र छोरी तीन महिना भएपछि घर फिरिन् । त्यति बेला गणेशप्रसाद शर्माको घर धनकुटाको चुङवाङ थियो । चुङवाङमा नै इन्दिराले तीन वर्ष बिताएकी थिइन् । त्यसपछि इन्दिराहरूको बसाइँ कोलकाता स¥यो ।
कोलकातामा दुई वर्ष बसेपछि गणेशप्रसाद शर्मा परिवारसहित विराटनगर आए । त्यसैले इन्दिराले विराटनगरको सरस्वती हाईस्कुलमा पढिन्; कलेज पनि महेन्द्र मोरङ क्याम्पस पढिन् । त्यहीँबाट यिनले आई. ए. पास गरिन् र बी. ए. पनि पास गरिन् । त्यसपछि यिनले बिहे पनि गरिन् । बिहेपछि पुन: यी पढ्न थालिन् र यिनले महेन्द्र मोरङ क्याम्पसबाटै एम. बी. ए. पनि गरिन् । त्यसै ताका यिनले गीताञ्जलि पाइन्, क्रमश: निकेतिका जन्माइन् र अनुकृतिका पनि पाइन् । लालाबालाहरूलाई पढाउँदै उनी जीवन बाँच्ने सङ्घर्षमा होमिइन् । दिनहुँको घरमूलीको छलछामबाट एकातिर उनी बिरक्तिएकी थिइन् भने अर्कातिर तीनवटी छोरीको मायाले गर्दा जीवन रोज्ने बाध्यतामा गाँसिएकी थिइन् । त्यसैले उनको दाम्पत्यको पातलो सिसा झरम्मै फुट्यो । उनी छोरीहरूका साथ बेग्लै बसिन् । त्यसपछि उनी आफ्ना कर्मठ खुट्टा टेकेर उभिइन् ।
इन्दिराले दोस्रो बिहे गरिन् । अथवा भनूँ नरेन्द्रराज प्रसाईका साथ उनको पुन: वैवाहिक सम्बन्ध कायम भयो । दोस्रो बिहेपछिको कुरा कोट्याउने हो भने उनले दुई छोरीलाई संरक्षण दिइन् (जेठी छोरी अमेरिका गइसकेकी थिइन्) । त्यसपछि उनका छोराका नाउँमा कञ्चनजङ्घा पनि थपियो । अनि इन्दिरा र नरेन्द्रको सक्रियतामा छोराछोरीहरूको भविष्यनिर्माणको प्रयत्न जारी रह्यो; जसअनुसार निकेतिका आई. ए. पास गरेर बेलायत लागिन्, एउटा छोरा र एउटी छोरी आमाबाबुसँगै बसेर पढिरहे । इन्दिराले आपूmले पढेको व्यवस्थापन विषय छोराछोरीमा जोडिन् ।
इन्दिराले कहिले विराटनगरको महेन्द्र मोरङ क्याम्पस पढाइन्, कहिले काठमाडौंका पद्मकन्या क्याम्पस र पशुपति क्याम्पस पढाइन् । जागिरको कुरा गर्ने हो भने उनी विद्यार्थीजीवनमा सुनसरी मोरङ सिँचाइ आयोजनामा नायब सुब्बा पनि भइन् ।

इन्दिराको व्यक्तित्वमा साहित्यिक सङ्गठन र सृजना बराबरी पैmलिएको छ । खासमा सृजनातर्पm उनको मुख्य विधा कथा नै हो तापनि विभिन्न विधामा उनको बराबरी हैसियत स्थापित भएको पाइन्छ । लेखनको धारा केलाउने हो भने उनी मनोवैज्ञानिक धाराअन्तर्गत पर्छिन् र उनले यौनमनोविश्लेषणलाई अघि सार्ने गर्छिन् । यसै सिलसिलामा उनको प्रेमसम्बन्धी दृष्टिकोण पनि देख्न सकिन्छ । उनले आफ्ना प्रेमी पतिलाई फेरि अर्को एउटा चिठी लेखिन्:
इन्दिराका हृदयमा जति घाउ भए पनि उनले ती घाउ कोट्याएर समाजमा कहिल्यै देखाइनन् । उनका छातीमा जतिजति चोट लाग्छ ती विषयवस्तुलाई उनले आफ्ना लेखनमा अघि सार्ने गर्छिन् । उनका ती बेहोराहरू पाठकहरूले जसरी बुझे पनि उनले चाहिँ आफ्नो मर्म सविस्तार लेखिरहिन् । आफ्नो मनभित्रको आँसुलाई उनले सामाजिक चेतको बिन्दु बनाइन् । त्यसैले उनी नेपाली भाषासाहित्यकी प्रखर स्रष्टामा दरिइन् । वास्तवमा उनका सृजनात्मक अभिव्यक्तिले नै उनलाई गरिमाको चौतारीमा उभ्याइदियोः
सडक ! छातीमा असङ्ख्य पैताला बोकेर
अविरल थकाइरहित हिंडिरहन्छ
सहनुको पराकाष्ठा हो सडक
यात्राको अनन्तता हो सडक
सङ्घर्षको विकरालता हो सडक ।
इन्दिरा एउटी सुकोमल मनकी रानी हुन् । उनी स्वच्छ मनकी करुणा हुन् । उनी समाज, राष्ट्र र जनजीवनलाई मनैदेखि माया गर्छिन् । उनले परिवारका लागि त्याग गरिन्, समाजका लागि पनि आफ्नो गच्छे रोपिन् र राष्ट्रका लागि पनि आपूmले सकेको सेवा अर्पण गरिन् । नेपाली भाषासाहित्यमा उनको सृजना मात्रै होइन सङ्गठनात्मक कला पनि विशिष्ट श्रेणीको देखिन्छ । उनैका पहलमा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान खोलियो, उनैका नेतृत्वमा बालकृष्ण सम फाउन्डेसन स्थापना भयो र उनैका सक्रियतामा लेखनाथ पौड्याल काव्यसभा स्थापित भयो । यी संस्थाहरू कागजमा मात्र होइन; कार्यक्रमहरूमा पनि प्रस्तुत भइरहने क्रियाशील संस्था हुन् । यिनकै सक्रियतामा यी प्रत्येक संस्थामा लाखौँलाख रुपियाँको अक्षयकोषको जोहो पनि भएको छ । त्यतिमात्र होइन काठमाडौंको सञ्चारग्राममा त्रिमूर्ति निकेतनको आविष्कारमा पनि इन्दिराकै प्रमुख भूमिका छ । उनी त्यस विशिष्ट संस्थाकी उपाध्यक्ष भइन् र अध्यक्ष पनि भइन् ।
त्रिमूर्ति निकेतनको अध्यक्षता ग्रहण गरेपछि इन्दिरा प्रसाई त्रिनारीरत्न (प्रेमराजेश्वरी थापा, गोमा र पारिजात) को पूर्णकदका सालिक निर्माणका लागि समर्पित भएकी छिन् । यसका साथै भूपालमानसिंह कार्की प्रज्ञापरिषद्देखि सीताराम प्रज्ञाप्रतिष्ठानको सञ्चालनमा पनि उनी सक्रियतापूर्वक लागेकी छिन् । कोइलीदेवी सङ्गीतकोषको निर्माणमा पनि उनकै ओजिलो नेतृत्व थियो । अनि नइ प्रकाशनमा पनि उनैको प्रमुख भूमिका गाँसिएको छ । वास्तवमा उनी बाल्यकालदेखि नै सङ्गठनमा रुचि राख्थिन् । किशोरी हुँदा पनि उनी सङ्गठनकै ढाँचामा हिँडिन् । युवावस्थामा उनी पूर्वाञ्चलको साहित्यिक गतिविधिमा लागिन् । विभिन्न साहित्यिक र सांस्कृतिक संस्थाहरूका अतिरिक्त उनी पूर्वाञ्चल साहित्य प्रतिष्ठानका संस्थापक सदस्यसचिवका रूपमा पनि स्थापित भइन् । विराटनगरको युवा साहित्य परिवारमा उनको योगदान बिर्सिनसक्नुको थियो । साथै सिलसिलाको संयोजक बनेर उनले पूर्वाञ्चलमा सांस्कृतिक मोर्चा नै बनाएकी थिइन् ।
श्री ५ महाराजाधिराजका अध्यक्षतामा गठित मन्त्रिपरिषद्को निर्णयले २०६२ सालमा इन्दिरा प्रसाई गोरखापत्र संस्थानमा कार्यकारी अध्यक्ष भइन् । गोरखापत्रको एक शताब्दीभन्दा लामो नेपाली पत्रकारिताको इतिहासमा पहिलो नारी अध्यक्ष हुने सौभाग्य उनैलाई जु¥यो । गोरखापत्र संस्थानमा पुगेर पहिला उनले राष्ट्रियता हेरिन्, दोस्रो कर्मचारीको हित हेरिन् र तेस्रो त्यहाँको भ्रष्टाचारको कालो जालो भत्काइन् । उनले त्यहाँ चाँडोभन्दा चाँडो आफ्नो पहुँच देखाइन् । तर त्यो विषयचाहिँ सम्बन्धित मन्त्रीलाई विष बन्न पुग्यो । वास्तवमा उनले सम्बन्धित मन्त्रीको स्वार्थी, भ्रष्ट र अयोग्य निर्देशनपालनमा मन दिइनन् । उनले ऐन, कानुन र नीतिबारे आफ्नो पदको उपयोग गरिन् । राजाका कृपाले उनी फेरि श्री ५ को सरकारको सल्लाहकार पनि भइन् । श्री ५ को सरकारको सल्लाहकारमा पनि उनी इतिहासमा प्रथम महिला भइन्; जसअनुसार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आफ्नो पदीय सेवामा उनी रहिन् । मुलुकमा राजनैतिक परिवर्तन आएपछि र राष्ट्रको बदलिँदो परिस्थितिलाई ध्यानमा राखेर उनले सरकारको सल्लाहकार पदबाट राजीनामा दिइन् ।
समाजसेवा र नेपाली भाषासाहित्यमा योगदान दिएबापत इन्दिरा प्रसाई प्रबल गोरखादक्षिणबाहु, वीरेन्द्रऐश्वर्य सेवापदक, गद्दीआरोहणको रजतपदकबाट विभूषित भइन् । साथै उनी राष्ट्रिय प्रतिभा पुरस्कार, युवावर्ष मोती पुरस्कार, मैनाली कथा पुरस्कार, राष्ट्रिय गौरव युवा सम्मान र भानु साहित्य सम्मानबाट पनि सम्मानित भइन् ।

“प्रेम सृष्टिको अनुपम वरदान हो, ईश्वरको अपार अनुकम्पा हो र प्रेम नै यस जगत्लाई निरन्तरता दिने अचुक साधन हो । त्यसैले प्रेमविनाको जीवनको कल्पना पनि म गर्न सक्तिनँ । प्रेमको पराकाष्ठाले नै कुनै पनि व्यक्तिले अनकन्टार जङ्गल र अथाह समुद्र नाघ्न सक्छ । प्रेमरसमा डुबेपछि नै मानिसले यो सांसारिक सुखको भोग गर्न सक्छ ।”
इन्दिराले अनौपचारिक रूपमा २०२६ देखि लेख्न थालिन् । यिनको पहिलो कथा २०३० सालमा ‘प्रेरणा’ पत्रिकामा छापिएको थियो । कृतिकारका रूपमा उनले हालसम्म २८ वटा कृतिको लेखन र सम्पादन गरिसकेकी छिन् । सम्पादित कृतिहरूबाहेक पनि उनले तेह्रवटा मौलिक किताब लेखिन् । उनको ‘उसको लोग्ने र बिरालो’ उपन्यास त्जभ जगकदबलम ७ तजभ ऋबत का नामबाट बज्रेश खनालद्वारा सन् २००५ मा अनुवाद भएको छ । ‘त्रिमूर्ति निकेतन’ (२०६१) नामक कृतिसहित इन्दिरा प्रसाईका पन्ध्रवटा सम्पादित ग्रन्थहरू प्रकाशनमा आएका छन् । ती ग्रन्थहरू नरेन्द्रराज प्रसाईसमेतको सम्पादनमा प्रकाशित भएका हुन् । यसबाहेक ‘मेरा जीवन: मेरी कहानी’ (२०५४) नेपालीभाषाबाट हिन्दीभाषामा उनको अनूदित कृति हो ।
इन्दिराले समाजका राम्रा र नराम्रा पक्ष जससँग मितेरी लगाइन् र तिनै विषयमा आफ्ना कलमलाई तिखारिन् । उनी समाज र राष्ट्रका विषयवस्तुलाई सर्लक्कै साहित्यमा समावेश गर्न सक्ने स्रष्टा हुन् । उनका रचनामा प्रकृति र पुरुष हुन्छ, उज्यालो र अँध्यारो हुन्छ अनि जीवन र मृत्यु हुन्छ । उनी आफ्नो मन लेख्छिन्; त्यसैले उनको लेखन मनोविश्लेषणमा आधारित हुन्छ । उनको मन जति चम्किलो छ, तन पनि त्यत्तिकै सुन्दर, शान्त र विशिष्ट छ । अनि उनका अक्षर जसरी अनारदानाजस्ता देखिन्छन् त्यस्तै साहित्यिक सौन्दर्य यिनको साहित्यमा फस्टाएको पाइन्छ । सृजनामा निरन्तर रूपमा अग्रसर इन्दिरा प्रसाईका हरेक रचनाले कुनै न कुनै सन्देश दिइरहेका हुन्छन् किनभने उनी लेख्ता धर्तीको गीत लेख्छिन्, आकाशको कविता लेख्छिन् र जीवनमृत्युको सङ्गीतमय धून लेख्छिन् । त्यसैले उनका रचना जीवन्त हुन्छन् ।
इन्दिरा पनि मान्छे हुन्, कहिले रुन्छिन्, कहिले हाँस्छिन् र कहिले गम्भीर भएर आफ्नो पाइला उचाल्ने गर्छिन् । उनी अध्ययन गर्न, जनसम्पर्क गर्न, परिवारमाझ अल्मलिन र भ्रमण गर्नलाई आफ्नो रुचि ठान्छिन् । उनी नपुगेका ठाउँमा पनि उनका सृजना पुगेका छन् । विश्वभरिका नेपाली भाषा बोल्नेले इन्दिरा प्रसाईलाई चिने । उनको विशेष रुचिचाहिँ भ्रमण पनि हो । यिनी जहाँजहाँ जान्छिन् एउटाएउटा रचना बोकेर फर्कन्छिन् । कहिले उपन्यास लिएर आउँछिन्, कहिले कथा लिएर आउँछिन्, अनि कहिले निबन्ध लिएर आउँछिन् । यिनले जुनजुन विषयमा आफ्नो हस्ताक्षर समर्पण गरे तापनि कवितामा चाहिँ यिनी नाचीनाची हिँड्ने गर्छिन्:
कहिले आकाशमा पु¥याउ‘छौ मलाई
कहिले रसातलमा धसाउ‘छौ
म भने धरतीको सतहमा रमाउ‘छु
तिमीस‘ग दुई पाइला हिंडे पनि
कोसौंको सन्तुष्टिमा
युगौंसम्म निदाउ‘छु ।
………………………
इन्दिरा प्रसाईका कृतिः
कथासङ्ग्रह : (१) मन सायद उघ्रँदैन (२०५१), (२) बयान (२०५५), (३) दोस्रो सत्ता (२०६२) । उपन्यास : (४) विश्वामित्र (२०५५), (५) रनमाया (२०५८), (६) शिखा (२०५९), (७) उसको लोग्ने र बिरालो (२०६०) । कवितासङ्ग्रह : (८) बाईपङ्खी घोडा (२०५७), (९) तिमी हुनुको (लामोकविता : २०५७), (१०) नेपाल न्यूज डट कम (२०५९), (११) माल्दाइलाई चिठी (२०६१), (१२) ए समुद्र ! (लामोकविता : २०६३) । समीक्षात्मक पत्रनिबन्ध : (१३.) ‘प्रिय नरेन्द्र’ (२०६१) ।
सम्पादन : (१) भारती खरेल : सृजना र समीक्षा (२०५२), (२) पौरखी पुरुष (२०५२), (३) एउटा अमर प्राज्ञ : बालकृष्ण सम (२०५४), (४) रुद्रराज पाण्डे : सृष्टि र दृष्टि (२०५४), (५) गणेश गुरु : साधनादेखि समाधिसम्म (२०५४), (६) भूपाल अर्चना (२०५५), (७) उकाली ओरालीहरूमा तारादेवी (२०५६), (८) ईश्वर बराल : कृति र कीर्ति (२०५७), (९) श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (२०५७), (१०) सङ्गीतशिरोभूषण : नातिकाजी (२०५८), (११) ईश्वरवल्लभ : आयाम र आकृति (२०५९), (१२) कमल दीक्षित : कालो अक्षरदेखि सग्लो अक्षरसम्म (२०६०), (१३) मिश्रका कृति : कविका दृष्टि (२०६०) र (१४) शरदचन्द्र भट्टराईको इतिवृत्त (२०६२) ।

यदुनाथ खनाल मात्र होइन शारदा शर्माको लेखनको रसास्वादन गर्ने अर्का समालोचक डा. ईश्वर बराल र डा. दुर्गाप्रसाद भण्डारी पनि हुन् । डा. बरालले शारदा शर्माका काव्यलाई माथिल्ला कोटिमा प्रस्तुत गरेका छन् भने डा. भण्डारीले शारदाको समालोचकीय व्यक्तित्वलाई धुरी चढाएका छन् । त्यति मात्र होइन शारदाका लेखनीको गुणगान नगर्ने कुनै पनि समीक्षक भेटिँदैनन् । कट्टर राजनैतिक समीक्षकहरूका अगि पनि शर्माका सृजनालाई उभ्याइदियो भने उनका रचनाले विजय हासिल गर्छन्; किनभने उनी लेख्ता मुटुको स्पन्दनले लेख्छिन्, उनी आफ्नो ब्रह्मलाई साक्षी राखेर लेख्छिन् र उनी सृजनाको जगत्मा केन्द्रित भएर लेख्छिन् । लेख्तालेख्तै उनले २०४८ सालमा ‘आस्थाको भग्नावशेष’ (कथासङ्ग्रह) लेखिन्, २०४९ सालमा ‘युद्धोपरान्त’ (कवितासङ्ग्रह) लेखिन्, २०५३ सालमा ‘स्वर्णसूत्र’ (कवितासङ्ग्रह) र ‘विश्वेश्वरप्रसाद कोइरालाका नारीपात्र’ (समालोचनात्मक ग्रन्थ) लेखिन् भने २०६३ सालमा ‘अग्निस्पर्श’ (निबन्धसङ्ग्रह) लेखिन् । लेखेर नै उनी नेपाली साहित्यमा चम्किलो तारा बनिन् । विभिन्न पत्रपत्रिकामा लेखेर पनि उनी त्यत्तिकै चर्चित बनिन् । उनको चर्चामा पनि ओजपूर्ण चमक भेटिन्छ । उनको कृतित्वको सौन्दर्यले नै उनले यस माटामा चिरञ्जीवी बन्ने सौभाग्य जोडिन् । सानै उमेरमा ठूलो कृत्य प्रदान गर्ने स्रष्टा पनि सम्भवत: शारदा
शारदा शर्मा
हेर्दाहेर्दै ऑखाभरि तिम्रै छायॉ टॉसू‘जस्तो
कताकता मुटुभरि तिम्रै माया सॉचू‘जस्तो ।
कवयित्रीका रूपमा प्रसिद्धि बटुल्ने शारदा शर्मा गीत पनि त्यत्तिकै ज्वलन्त लेख्छिन् । त्यसैले उनी नेपाली साहित्याकाशमा चर्चित छिन् । नेपाली भाषामा कविता, कथा र समालोचना लेखेर छोटो समयमा ख्याति कमाउने स्रष्टामध्ये शारदा शर्मा पनि एक हुन् । शारदा शर्माका लेखनमा भावना र बौद्धिकताको बराबरी आत्मीयता जोडिएको हुन्छ । वास्तवमा मुटु र विवेकको दोभान नै शारदा शर्मा हो । त्यति मात्र होइन, शारदा शर्माका कलममा स्रष्टा, सृष्टि र दृष्टिको त्रिवेणी भेटिन्छ ।
आठ वर्षका उमेरदेखि शारदा शर्माले लेख्न थालिन् । उनी सानैदेखि संवेदनशील, भावुक र बौद्धिक थिइन् । स्वाभिमान उनको शिरको ताज थियो, सङ्कोचीपन शारदा शर्माको जीवनसँगै टाँसिएको मौलिक गुण थियो । त्यसैले शारदा शर्मा जति बौद्धिक छिन् त्यति नै अन्तर्मुखी छिन् । उनका जीवनका यिनै आधारशिलाबाट उनले राम्रा शब्द कुँद्न सकेकी हुन् । उनका सृजनाका प्रत्येक शब्दमा विम्ब लहसिएको हुन्छ ।
डा. महेश्वर शर्मा तथा राधाकुमारी शर्माकी प्रथम सन्तानका रूपमा शारदाको जन्म २०१५ साल कात्तिक ४ गते सोमबार स्याङ्जामा भएको थियो । उनले विज्ञान पढिन् र नेपाली भाषासाहित्य पनि पढिन् । उनले त्रिभुवन
विश्वविद्यालयबाट बी.एस्सी. र एम.ए. समुत्तीर्ण गरिन् । किताबी पढाइभन्दा उनी आफ्नै जिन्दगानीको स्वाध्ययनबाट पारङ्गत भइन् । जीवन बाँच्तै र जिन्दगानी पढ्दै जाने क्रममा उनी अक्षरभण्डारभित्रभित्रै ज्ञानकी लखपति पनि बनिन् ।
शारदा शर्माको प्रारम्भिक बाल्यकाल पोखरामा बित्यो । उनी हिमाल, ताल, जङ्गल, डाँडाकाँडा, नदीनाला, भीरपखेरामा लड्दैपड्दै हुर्किन् । वास्तवमा मान्छेको जीवनको सुखको खेतीको समय नै त्यही हो । त्यस बेला उनको जीवनमा प्रकृतिले छाएको ओतले उनी संवेदनाका झर्ना बन्न थालिन् । यसै प्रसङ्गमा उनी आफैँ भन्छिन् “जीवन, प्रकृतिको रहस्यमयता र सौन्दर्यले मलाई अभिभूत बनाउँथ्यो, अत्यन्त संवेदनशील बनाउँथ्यो । सम्भवत: यसैलाई अभिव्यक्त गर्ने आन्तरिक इच्छाकै कारणले लेख्न मन लाग्यो ।”
सृजनाको इतिहासमा शारदा शर्मा कविताबाटै झुल्केकी थिइन् । उनको पहिलो प्रकाशित रचना पनि कविता नै थियो । २०३९ सालमा बी.पी. विशेषाङ्कका रूपमा प्रस्तुत ‘पूजा’ पत्रिकामा शारदा शर्माको ‘नहार्ने योद्धालाई मेरो बधाई’ शीर्षकको कविता प्रकाशित भएको थियो । साथै उनको प्रथम कृति ‘सीमान्त अनुभूति’ (२०४४) पनि कवितासङ्ग्रह नै थियो र यस कृतिबाट उनी झनै चर्चित बनिन् । यस सङ्ग्रहलाई प्रा.यदुनाथ खनालले आफ्ना न्यायोचित तराजुले जोख्ता शारदाको कवितात्मक मूल्यको गरिमा अझै बढेको देखियो । वास्तवमा उनी लेख्ता मनको सक्कली आवरण प्रस्तुत गर्ने गर्छिन्ः
प्रिय ! वर्षौं अगाडि
तिम्रा नाममा लेखेको
कविता अझै सकिएको छैन ।

शारदा शर्मा जीवनको यथार्थ भोगाइबाट टाढा छैनन् । उनी जिन्दगानीका साँचा कुरा लेख्छिन्, चिन्तन लेख्छिन् र यथार्थ धरातल लेख्छिन् । उनको बोलाइ कहीँकतैको प्रतिविम्बझैँ लाग्छ, उनको आवाज सुमधुर स्वरको आभास झैँ लाग्छ र उनको बोल्ने शैली मनमोहक, मनोरम र मनोवैज्ञानिक लाग्छ । उनी आफ्नो त्यही स्वरूप बोकेर नेपाल अधिराज्यका आधा भाग घुमिन् र देशको प्रतिनिधित्व गरेर चीन, जापान, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, इजरायल, इन्डोनेसिया, थाइल्यान्ड, हङकङ र भारत पुगिन् । उनका लागि स्वदेश र विदेशमा कुनै फरक छैन । बालकृष्ण समका शब्दमा भन्ने हो भने “मान्छे उभिएको ठाउँ नै उसको स्वदेश हुन्छ ।” त्यस्तै शारदा पनि स्वदेश र विदेशका प्रसङ्गमा भन्छिन्, “जुन ठाउँमा गए पनि टेक्ने उही माटो हो । सास फेर्ने उही हावा हो, पानी उही हो, उही आकाश, बादल, घाम, चन्द्रमा र रातदिन ऋतुचक्र उही हो । तर स्वाभाविक रूपमा
शर्मा नै बनिन् । हुन त उनी आफ्नो खुसीका लागि लेख्छिन् । लेखिसकेपछि उनलाई जीवनप्रति नै आत्मसन्तुष्टि हुन्छ र उनी भन्छिन् “लेखिसकेपछि जीवन नवीकरण भएजस्तै लाग्छ ।” हो; उनका रचनामा जीवनभित्रको अर्को भागले आफ्नो पुन: अर्को अनुहार प्रस्तुत गरेको हुन्छः
मेरो अस्तित्व
सृष्टिमा अन्तिम होइन,
म नभए अर्को हुन्छ ।
शारदा शर्मा जति शिक्षित छिन् त्यसभन्दा उनी बौद्धिक छिन् । उनको त्यो आकर्षक बौद्धिक व्यक्तित्व नेपाली राजनीति र साहित्यका अर्का बौद्धिक व्यक्तित्वसँग प्रणयसूत्रमा बाँधियो । अर्थात् २०३५ सालमा नरहरि आचार्यसँग शारदा शर्माको लगनगाँठो कसियो । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा संलग्न नरहरि आचार्य पछि नेपाली कांग्रेस पार्टीको सरकारमा मन्त्रीसम्म पनि भए । त्यतिमात्र होइन नरहरि आचार्य नेपाली राजनैतिक धरातलका एउटा चिन्तकका रूपमा चर्चित र स्थापित पनि भए । शारदा शर्माले यिनै आचार्यसँग मिलेर अनामिका र अपराजिता जन्माइन् ।
शारदा शर्मा स्वयं सरल, भद्र र संवेदनशील छिन्; त्यसैले उनी सुमधुर गीतसङ्गीतमा कान लगाउन मन गर्छिन् । उनी घरगृहस्थीमा पनि त्यति नै निपुण छिन्; त्यसैले उनी बारीबगैंचामा काम गर्न मन पराउँछिन् । उनी बौद्धिक रूपमा परिचित स्रष्टा हुन्; त्यसैले उनी विशेष गरी वैचारिक रचनाहरूका आकर्षणमा डुब्न पुग्छिन् । यी सबैभन्दा ठूलो कुरा उनको खास अभिरुचिको विषय जीवन हो । जीवन आपैmँ प्रेम, प्रकृति र जगत्सँग अन्योन्याश्रित छ । त्यसैले उनका रचनामा यी सबै पक्षहरूले आवश्यकतानुसार प्रवेश पाउँछन् ।
कथा र समीक्षामा शर्माको कलम स्थापित भए तापनि कवयित्रीका नाउँले उनी प्राय: चिनिन्छिन् । उनका कवितामा जीवनको भोगाइ हुन्छ, मान्छेको रोजाइ हुन्छ र अदृश्य सोचाइ हुन्छ । उनी जसरी कथामा आफ्नो शिखर भावना प्रस्तुत गर्छिन्, त्यसै गरी कवितामा पनि जीवनको मोह अर्पित गरिरहन्छिन् । उनका कविताका दुःखात्मक कथा र निराशाका अभिव्यक्तिहरू जति जीवन्त छन् त्यहाँ त्यति नै आशाका ज्योतिहरू चम्किरहने गर्छन्; किनभने उनी लेख्ता आफ्नो मन नै उदाङ्गो पारेर लेख्छिन्:
कणकणमा तिमीलाई अनुभव गरेकी छु
विना अहङ्कार विना आवरण
तिम्रा सामु
सम्पूर्ण आफूलाई अर्पण गरेकी छु
तिमी मलाई स्वीकार गर !
शारदा शर्मा मान्छेहरूका बीच बस्न र गफ गर्न असजिलो अनुभव गर्छिन् । उनी प्राय: एक्लै अथवा परिवारका अत्यन्त निकट सदस्यहरूसँग घरभित्रै बस्न रुचाउँछिन् । सहरबजारमा भन्दा उनी डाँडाकाँडा, जङ्गल, खोला भएका एकान्त स्थलहरूमा घुम्न मन गर्छिन् । त्यहीँको वातावरणले उनको सृजनामा थप ऊर्जा दिन्छ । त्यसपछि अक्षर र शब्दहरू खिपेर उनी आफ्ना रचनाको निर्माण गर्छिन् । यिनै विविध कारण पनि जोडिन जाँदा उनको लेखनी माथिल्ला कोटिमा पुगेको हुन सक्छ ।
सृजना आँसुमा मौलाउँछ, आँसु नै सृजनाको जीवन मानिन्छ । संसारका महान् साहित्यकार आँसुमै लेख्थे । शारदा शर्माका पनि जिन्दगीमा प्रशस्त आँसु छन् । त्यही आँसुभित्र डुबेर उनी आफ्नो काव्यसृजना गर्छिन् । यसै प्रसङ्गमा उनी भन्छिन् “म प्रशस्त रुन्छु । सम्भवत: जीवनमा सबैभन्दा धेरै गरेको काम यही हो ।” त्यसैले नै सायद शारदाका लेखनी जीवन्त भएका हुन्, विशिष्ट भएका हुन् र हृदयलाई छुने भएका हुन् । वास्तवमा उनी रोइसकेपछि र लेखिसकेपछि आफूलाई हलुङ्गो अनुभव गर्छिन् ।
स् ज्ञद्धण् स्
विदेशमा भन्दा स्वदेशमा मान्छेले आफूलाई बढी सुरक्षित, सहज र सजिलो स्थितिमा रहेको अनुभव गर्छ, म पनि गर्दछु ।” वास्तवमा जीवनमा आस्था, शान्ति र सुरक्षाभन्दा ठूलो पनि केही हुँदैन । शारदा पनि यी मौलिकताभित्रै बाँधिएकी छिन् ।
शारदा शर्मा मानवीय चेतनाको कमलो, रसिलो र झरिलो नाउँ हो । उनको कार्यशैलीले मान्छेलाई जीवनप्रतिका कर्तव्यको पाठ पढाउँछ । उनी आफ्नो जीवनका खुसीसँग अरूलाई जोड्न पाए हुन्थ्यो भन्छिन् । तर आफ्ना कारण अरूलाई चोट नपु¥याऊँ भन्ने दृढ धारणा राख्छिन् । आफ्नो सिद्धान्तमा अटल रहेर उनी आइपरेका सामाजिक, प्राज्ञिक, प्रशासनिक र राजनैतिक दायित्वहरू आफ्नो हैसियत र रुचिअनुसार पूरा गर्ने गर्छिन् । जागीरका हिसाबमा उनी नेपाल परिवार नियोजन सङ्घमा आबद्ध भइन् । उनी परिवार कल्याणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईपीपीएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय भारतको नयाँ दिल्लीमा कार्यक्रम अधिकारीका रूपमा पनि कार्यरत छिन् ।
स्रष्टा सृष्टिले बाँचेको हुन्छ । त्यसमाथि सुन्दर सृष्टिको निर्माण गर्ने मान्छे लोकप्रिय र अमर हुन्छ । त्यही क्रममा शारदा शर्मा आफ्ना दृष्टि बोकेर सृष्टिमा समर्पित भइरहेकी छिन् । उनको समर्पणमा लालीगुराँस फक्रिएको हुन्छ किनभने उनका रचना पारखीको धीत मार्ने खालका हुन्छन् । नेपाली साहित्यमा आफ्नो शब्दरचनाले उनी नेपाली पाखा, बेंसी र तराईका फाँटहरूमा चिनिएकी छिन् । उनी उत्कृष्ट बौद्धिकताका कुरा लेख्छिन्, लुकेका कुरा लेख्छिन्, दुःखेका कुरा लेख्छिन्, भावनाका कुरा लेख्छिन्, खुसी लेख्छिन् र चोट लेख्छिन् । अथवा उनी जे देख्छिन् त्यो लेख्छिन् । उनको लेखनको आफ्नै विशिष्ट शैली छ । छोटकरीमा भन्ने हो भने शारदा शर्मा नेपाली साहित्यकी एउटी सशक्त संवाहक हुन्, सृजनाकी मुहान हुन् र साहित्यिक धाराकी प्रवाह हुन् । त्यसैले पृथ्वीमा जहाँजहाँ नेपाली साहित्यका पाठक बस्छन्, त्यहाँत्यहाँ शारदा शर्माका अमरवाणी पुगेका हुन्छन्:
मेरा ऑखामा अझै हरियो जीवन बॉकी छ
मेरा धड्कनमा अझै रुमानी कम्पन बॉकी छ
अहिले भर्खरै पो चाल पाए‘ मैले
कि म अझै ज्यू‘दी छु
मेरा श्वासमा
अझै उमङ्गको उच्छ्वास बॉकी छ ।

पुष्पलता आचार्य

चिसा हुन्छन् परेली यी कसले पुछिदिने
छियाछिया मुटु हुन्छ कसले बुझिदिने ?
नेपाली भाषासाहित्यको आँगनमा पुष्पलता आचार्य भन्ने त्यो नाउँ हो जसले समकालीन पुस्तामा सबैभन्दा धेरै नेपाली अक्षरमा आफ्नो नाउँ लेखिन्, सबैभन्दा धेरै आफ्नो अनुहार अङ्कित तस्बिर प्रकाशनमा ल्याइन् । उनको व्यक्तित्व र कृतित्वका विषयमा पनि अत्यधिक चर्चापरिचर्चा भए । उनका कृत्यले के देखाउँछन् भने उनको जीवनप्रतिको आशा नै अपरम्पार छ । उनी आफ्नो मनकी रानी हुन्; उनी जे चाहन्छिन् त्यही गर्छिन् । आपूmले जे गर्नु छ त्यो उनी गरेरै छाड्छिन् ।
हाम्रो समाजको कुसंस्कारको भीर, पहरा फोर्नेदेखि आँधीहुरी छेक्नेसम्मको काम गरेर पुष्पलता थोरै समयमा चर्चित पनि भइन् । नेपाली समाजमा पत्नीपक्षले कलिलै उमेरमा विधवा हुँदा पनि घरपरिवार र समाजको करकापमा कपाल खौरेर, सेता लुगा लगाएर बाँचुन्जेल एकल जीवन बिताउनुपर्ने र लोग्नेपक्षले चाहिँ स्वास्नी मर्नेबित्तिकै जतिसक्तो चाँडो अर्की पत्नी भि याए पनि हुने परम्परासँग सिँगौरी खेल्ने पुष्पलता एउटी साहसी नारी हुन् । त्यसैले समाजका चेतनशील व्यक्तिहरूद्वारा यिनको साहसको प्रशंसा गर्दै र यिनका जीवनका विविध रूप जोडेर बत्तीसवटा कृति निर्माण गरिए । ती सबै किताब पुष्पलता आचार्यकै प्राय: रङ्गीन तस्बिरका आवरणले ढकमक्क भएका छन् । उनका नाउँमा निक्लेका ती किताबमध्ये कुनैकुनैचाहिँ ‘बाहिरबाहिर नैनासुत र भित्रभित्र भुइँमा सुत’ रहेका पनि छन् । यति हुँदाहुँदै पनि नेपाली साहित्यका स्रष्टामध्ये नेपालका राष्ट्रकवि माधव घिमिरेदेखि सिक्किमका टीका ढुङ्गेलसम्मले कृतिगत रूपमा पुष्पलताको जयजयकार गरेका छन् । त्यसैले उनी आफ्नो यात्रामा सफल मानिन्छिन्;

किनभने लेख्नेहरूले हात काटेर दिएपछि अन्तत: पुष्पलताकै व्यक्तित्व चुलिँदै गएको मानिन्छ । वास्तवमा लेखनका क्रममा पुष्पलता आचार्यले धेरैबाट धेरै प्रोत्साहन पाइन् र उनले पनि लेखनकै विधामा धेरैलाई धेरै प्रोत्साहन दिइन् ।
नेपाली समाजमा पुष्पलताले आफ्नो कर्म गरेर नै देखाइन् । उनको सोख वा रुचि जे छ उनी त्यही गर्ने हिम्मती नारी मानिन्छिन् । नेपाली समाजमा उनी निर्धक्क बोल्छिन्, स्वतन्त्र भएर हिँड्छिन् र भावनाअनुरूप आफ्ना कार्य गर्छिन् । उनी साहित्यमार्फत सांस्कृतिक क्रान्ति गर्छिन् । परम्पराको थोत्रो आभूषणलाई उनी पैतालाले टेक्तै हिँड्छिन् । त्यसैले उनले आफ्ना पति स्वर्गीय हुँदा पनि रातो टीका नै लगाइन्, अनुहारको श्रृङ्गारमा पनि नियमितता दिइन् र रातो रङ्ग जोडिएका रङ्गीबिरङ्गी लुगा नै लगाइन् । “लोग्नेको मृत्युको शोक मनाउने काम मनको हो शरीरको होइन” भन्ने धारामा बग्दै जाँदा केहीले यिनको प्रशंसा गरे र केहीले यिनलाई कुलङ्गार आइमाई पनि भने । तर जसले यिनको प्रशंसा गरे पनि र जरा काटे पनि आखिर जित भने पुष्पलता आचार्यकै भयो किनभने समाजका कुरीतिलाई वहन गर्न यी एक इन्च पनि अगि बढिनन् । बरु रुढिवादी परम्पराको पर्दा च्यात्न यी सफल भइन् । खास गरेर नेपालका विधवाहरूलाई प्रोत्साहन, हिम्मत र प्रेरणा दिन यिनले साहित्यिक परिवेशबाट गुरुतर भूमिका खेलिन् ।
पुष्पलता सानैदेखि हुने बिरुवाको चिल्लो पात थिइन् । उनी तोतेबोलीमा नै गीत गाउँथिन् । बाल्यकालमा नै उनी नृत्यकलामा पनि आबद्ध थिइन् । कखरासँगसँगै गीत गाउनु र नाच्नु पनि उनको अनिवार्य दैनिकी देखिन्थ्यो । उनी सानामा गाउँघरका चल्तीका खेलकुदमा सरिक हुन्थिन् । सानामा लुकामारी, डन्डीबियो, खोपी खेल्न पनि उनी सिपालु थिइन् । त्यतिमात्र होइन उनले किशोरावस्थाअघि नै लमजुङको मादी नदीमा पौडी खेल्न जानिसकेकी थिइन् । प्राय: स्कुलको छुट्टीमा उनी पौडी खेल्न मादी नदीमा जाने गर्थिन् । सानैदेखि यी घोडा चढ्ने रहर गर्थिन् र यी आफ्नो रहर पूरा पनि गर्थिन् । मीठो बोल्ने र राम्री भएकाले यिनलाई गाउँघरका प्राय: सबैले माया गर्थे । स्कुलका गुरुहरूले पनि यिनको प्रतिभाको प्रशंसा गर्थे । वास्तवमा स्कुलको पढाइका समयमा नै उनी स्कुलभित्र कवयित्रीका नाउँमा परिचित भइसकेकी थिइन् । स्कुलमा मात्र होइन आफ्ना गाउँमा पनि उनी किशोरावस्थामा नै साहित्यकार भनेर चिनिइसकेकी थिइन् ।
पुष्पलताको जन्म २०१५ साल चैत ११ गते मङ्गलबार लमजुङको रम्घामा भएको थियो । त्यस बेला यिनका बुबा रघुनाथ न्यौपाने कृषि र पशुपालनमा सक्रिय थिए । साथै घरको धन्दादेखि गाईवस्तुको सम्पूर्ण व्यवस्था गर्नसमेत उनकी आमा देवी न्यौपाने सरिक थिइन् । यिनका बुबाका तीन पत्नीहरूमध्ये यिनकी आमा देवीचाहिँ माइली थिइन् । रघुनाथ न्यौपाने र देवीका दुई सन्तानमध्ये पुष्पलता एउटै छोरी हुन् । अनि उनका भाइचाहिँ तीन वर्ष नलाग्दै दिवङ्गत भएका थिए ।
पढाइको सन्दर्भमा पुष्पलतालाई ठूलो वर्णमाला सिकाउने यिनकै बुबा रघुनाथ थिए । यिनको प्राथमिक शिक्षालय स्थानीय शान्ति प्राथमिक विद्यालय थियो । त्यसपछि यी क्रमश: मालिका निम्नमाध्यमिक विद्यालय र दमौलीको भानु माध्यमिक विद्यालयमा स्थानान्तरण भइन् । त्यहीँबाट यिनले एस. एल. सी. उत्तीर्ण गरिन् । आई. ए. पढ्ने क्रममा यी पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना पनि भइन् ।
पुष्पलताले सत्र वर्षमा बिहे गरिन् । उनी ललितपुरका आत्माराम आचार्यकी उपपत्नी अथवा कान्छी श्रीमती थिइन् । आपूmभन्दा झन्नै एक दर्जन बढी हिउँद खाएका यिनका पति मोटरव्यवसायमा आबद्ध थिए । यी दम्पतीले एउटा छोरा र एउटी छोरी जन्माए । यिनका छोरा अन्दिप उच्च शिक्षामा संलग्न छन् भने छोरी अनीता वैवाहिक सूत्रमा गाँसिएकी छिन् । पुष्पलताले आफ्ना पतिसँग साढे छब्बीस वर्षसम्म जीवन भोग गरिन् । त्यसपछि उनका पति आत्माराम आचार्यले पृथ्वीबाट बिदा मागे ।
पुष्पलताको जीवनको प्रारम्भदेखि नै उनको जीवन र जगत् साहित्य बन्यो । कविताप्रकाशनको हिसाब जोड्ने हो भने उनी ‘जिन्दगी कस्तो, कस्तो !’ शीर्षकको कविता लेखनबाट साहित्यमा झुल्केकी थिइन् । काठमाडौंबाट प्रकाशित हुने ‘सपना’ मासिक पत्रिकाले २०३९ सालमा यिनको साहित्यिक नाउँको न्वारन गरेको थियो । त्यसपछि यिनका कृतिहरू विभिन्न याममा प्रकाशित भइरहे ।
पुष्पलता आचार्यका विविध विधाका नेपाली भाषामा जम्मा छत्तीसवटा पुस्तक प्रकाशित भएका छन् । यिनका कृतिहरू सङ्ख्यात्मक रूपमा जसरी प्रकाशमा आए गुणात्मक हिसाबमा पनि उत्कृष्टताका कोटिमा स्थापित भए । खास गरेर यिनका कथा र गीतले पाठकको हृदयलाई च्याप्पै समाउने गर्छन् । यिनी खास गरेर प्रेम, विरह, पीडा र नेपाली सामाजिक परिवेशका यथार्थ घटना लेख्छिन् । यिनको साहित्यलेखनको प्रमुख स्रोत नै प्रकृति, प्रेम अनि जीवन र जगत् नै हो ।

(१) सागरसन्ध्या (आधुनिक गीतसङ्ग्रह, २०५१), (२) अञ्जुली (भजनसङ्ग्रह, २०५१), (३) रित्तो वर्तमान (कथासङ्ग्रह, २०५१), (४) गाउँको माया आमाको काख (लोकगीतसङ्ग्रह, २०५२), (५) समयको हुरी (आधुनिक गीतसङ्ग्रह, २०५२), (६) सपनाका बोझहरू (कवितासङ्ग्रह, २०५३), (७) दोहोरी गीत सँगालो (लोकगीतसङ्ग्रह, २०५३), (८) यात्रा र ठेसहरू (आधुनिक गीतसङ्ग्रह, २०५३), (९) शुरुहीन अन्त्य (कथासङ्ग्रह, २०५३), (१०) म, मृत्यु र आकाश (कवितासङ्ग्रह, २०५४), (११) मनको घाउ (आधुनिक गीतसङ्ग्रह, २०५५), (१२) बगलामुखी स्तोत्र (भजन, २०५५), (१३) हरिद्वार (भजनसङ्ग्रह, २०५६), (१४) एक्लो यात्री (कवितासङ्ग्रह, २०५६), (१५) मनका छालहरू (सूत्रकाव्य, २०५६), (१६) अर्को किनारासम्म (कथासङ्ग्रह, २०५८), (१७) श्रद्धाञ्जलि (खण्डकाव्य, २०५८), (१८) लोकसुसेली (गीतिकवितासङ्ग्रह, २०५८), (१९) जिगर के टुकडे ‘मनका छालहरू’ को हिन्दी रूपान्तरण : २०५९), (२०) मादीकी पूर्णिमा (उपन्यास, २०५९), (२१) पुष्पकलश (शेयर शायरी: रूपान्तर), २०६०), (२२) पुष्पलताको असमयात्रा (यात्रासंस्मरण, २०६०), (२३) लामो अन्तरालपछि (उपन्यास, २०६०), (२४) रोजी (उपन्यास, २०६१), (२५) फट्याङ्ग्राको कविगोष्ठी (बालकथासङ्ग्रह, २०६१), (२६) अर्को घाउ (गीतसङ्ग्रह, २०६२) (२७) साई पुष्पाञ्जलिभजनसङ्ग्रह, २०६३), (२८) प्रेमवस्ती (कथासङ्ग्रह, २०६३), (२९) गहिरो घाउ (काव्य,
पुष्पलताले नेपाल अधिराज्यका विभिन्न भूभाग डुलिन् । साथै यिनले भारत, चीन, थाइल्यान्ड, हङकङ, सिङ्गापुर, श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, भूटान, इन्डोनेसिया, मलेसियाको पनि भ्रमण गरी आफ्नो जीवनमा अनुभवहरूको सङ्ग्रह गरेकी छिन् । यी जुनजुन ठाउँमा पुगिन् त्यहाँत्यहाँको कला, साहित्य र संस्कृति पनि मनमा पोको पारेर ल्याइन् । आफ्नो साहित्यिक, सांस्कृतिक र सामाजिक निष्ठामा समर्पित भएबापत पुष्पलता नेपाल तथा भारतका विभिन्न सङ्घसंस्थाबाट अभिनन्दित भइन् ।
पुष्पलताले आफ्नो रुचिअनुसार गीत पनि लेखिन् । नेपाली साहित्यका स्रष्टाहरूको लेखाजोखा गर्दा एकल गीतकारका यतिका धेरै क्यासेट एल्बमहरू प्रकाशनमा आएका पनि पुष्पलताकै एल्बम हुन् । उनले लेखेका गीतहरूमध्ये लोकगीत, आधुनिक गीत, भजन र लोकदोहोरी गरी जम्मा एकतीसवटा गीतिक्यासेट जनसमक्ष आएका छन् । साथै यिनले २०६१ सालमा ‘गङ्गा’ र ‘वज्रपात’ नामक दुईवटा नेपाली कथानक चलचित्रको पनि निर्माण गरिन् । यी जेजे काममा लागिन् सफल पनि भइन् किनभने यी जुनसुकै काममा पनि तन, मन र धनले समर्पित हुने गर्छिन् ।
पुष्पलता आचार्य नेपाली साहित्यमा एक्कासि सितारा भएर चम्किन् । उनका कृतिहरू एकपछि अर्को लगातार प्रकाशनमा आउँदै गए । कहिलेकाहीँ उनीद्वारा सृजित कृति प्रकाशनमा आउन ढिला भयो भने उनको गाथा गाइएका कृतिहरू प्रकाशनमा आइरहेका हुन्छन् । उनले जसरी सृजनात्मक अभिव्यक्ति दिइन् त्यसरी नै प्रकाशकको भूमिका पनि निर्वाह गरिन् । आफ्ना विषयमा अरूद्वारा लेखिएका तथा सम्पादन गरिएका, आफैँले लेखेका र अन्य स्रष्टाले लेखेका गरी यिनले अनगिन्ती नै पुस्तक प्रकाशित गरिन् । त्यतिमात्र होइन २०५९ सालपछि उनको मुहार नै समेटिएका क्यालेन्डरहरू पनि प्रकाशन हुन थाले । दुई दर्जनभन्दा बढी मासिक, द्वैमासिक र त्रैमासिक पत्रिकामा उनको आवरण कथा, जिन्दगानी र विचार प्रकाशनमा आएका छन् । यस विषयमा उनका सचेत पाठकहरू पुष्पलताका प्रकाशित रङ्गीन अनुहारहरूले क्रमश: उनका सृजना पनि थिचिन थालेको टिप्पणी गर्छन् । त्यति राम्रो सृजना गर्ने पुष्पलतालाई उनको आत्मप्रशंसाले भुइँमा थेचारिदिएको छ । वास्तवमा पुष्पलता आचार्य आख्यानलेखनकी एउटी सशक्त नमूना पनि हुन् । उदाहरणका लागि उनको ‘लामो अन्तरालपछि’ नामक उपन्यासको एउटा अनुच्छेद हेरौँ:
“न धर्ती न आकाश ! शून्य वायुमण्डलमा यो नौलो परिवेशभित्र नौलै उदाहरण लिएर आएको यो प्रेम स्त्रीपुरुषबीच सामीप्यको एउटा नैसर्गिक प्रक्रिया हो । प्रकृतिको यो स्वाभाविक प्रक्रियामा स्त्री र पुरुष एक अर्काको नजिक आउन चाहने प्रखर रुचिले आशक्त पारेको हुन्छ उनीहरूलाई । व्यक्तिगत चाहना इच्छा आकाङ्क्षाभन्दा धेरै माथि उठेर मनभित्र कसैलाई माया गर्ने इच्छा जाग्छ भने एक अर्काको कमी कमजोरीहरूलाई पनि स्वीकार गरेर आत्मीयता गाँस्नु नै प्रेम हो । यो प्रेमको परिभाषा एकरूपमा कहीँ पनि देखिँदैन । प्रेमको बन्धनमा बाँधिन गाह्रो र बाँधिएपछि छुट्टिन पनि गाह्रो हुन्छ । एकछिन भए तापनि अलग रहँदा आपूmलाई अधुरो महसुस हुने यस्तो मानवीय सम्बन्ध नै प्रेमको परिभाषा हो भने व्याकुल मनस्थिति बोकेर कसै गरे तापनि मायाले जितेर आपूmले मनपराएको मान्छेलाई पाउन सक्नु पनि प्रेमको उपलब्धि हो ।”
पुष्पलता आचार्य भन्नु नेपाली भाषासाहित्यकी एउटी चर्चित स्रष्टाको नाउँ हो । उनले आफ्नो जीवनको सबैजसो समय वाङ्मयको श्रीवृद्धिका लागि रोपिन् । आपूmले गरेको कर्मको समष्टिमा नै उनी ‘पुष्पलता’ का रूपमा यस धरामा स्थापित भइन् । आखिर उनी जे छिन् र जहाँ छिन् त्यो सबै अक्षरकै आराधनाबाट प्राप्त भएको हो । उनका शब्द, उनको शैली र उनको प्रस्तुति नै उनको व्यक्तित्वको सग्लो रूप हो:
आफ्नै मुटु निचोरेर कति रगत झारू‘
निर्दोष मनलाई निमोठेर कतिपटक मारू‘ ।
……………………….
पुष्पलता आचार्यका कृतिः

२०६३) । साथै २०६३ सालका बालसाहित्य : (३०) दिदीका कविता, (३१) ज्ञानी छोरी, (३२) दिदीभाइ, (३३) आमाछोरा, (३४) पूmल, (३५) सानो बाबू, (३६) चरी ।
पुष्पलता आचार्यका गीतिक्यासेटः
(१) पोखराको शिरैमा इन्द्रजाल (२०५३), (२) माकुरी जालैमा (२०५३), (३) दोहोरी गीत सँगालो (२०५४), (४) माया जालैमा (२०५४), (५) साइँली र माइली (२०५४), (६) ऐले सालैमा (२०५४), (७) झल्को मेटन (२०५४), (८) क्षितिजपारि (आधुनिक गीत) (२०५४), (९) बरको छायाले (२०५५), (१०) दोहोरी गीतसँगालो (२०५५), (११) तानसेन घमाइलो (२०५५), (१२) हितैकी रानी (२०५५), (१३) पहेँलो पटुकी (२०५५), (१४) निर्माया सलल (२०५५), (१५) इन्द्रकमल पूmल (२०५६), (१६) छड्के सलाम (२०५६), (१७) घर त खैरेनी (२०५६), (१८) गैरी प¥यो गाउँ (२०५६), (१९) लोकगीत (२०५६), (२०) सराङकोटैमा (२०५७), (२१) झम्के मायालाई (२०५७), (२२) अनिष्ट अन्ठावन्न (२०५८), (२३) परदेशी साइँलो (लोकदोहोरी, २०५८), (२४) प्रभुको चरणमा (भजन, २०५८), (२५) भक्तिभजन (२०५८), (२६) शरणमा आएँ (२०५९), (२७) मुग्लिन–नारायणघाट (२०५९), (२८) श्रद्धान्जली (२०५९), (२९) प्रियतमा (२०५९), (३०) यतिन्जेल मायालु (लोकगीत, २०६१), ३१. पानी घुटुक्कै (लोकगीत, २०६२) ।
पुष्पलता आचार्यका विषयमा लेखिएका कृतिः
(१) पुष्पलताको जीवनी, व्यक्तित्व र कृतित्व (शोधपत्र, २०५७ : वासुदेव ज्ञवाली), (२) पुष्पलता शोक र संघर्ष (अभियान, २०५८ : आर. के. पाण्डे), (३) पुष्पलता : यात्रा र जीवन (नियात्रा, २०५९: आर. के. पाण्डे), (४) पुष्पलता व्यक्तित्व र कृतित्व (समीक्षा, २०५९ : रामप्रसाद पन्त), (५) पुष्पलता र उनका कथाहरू (कथासङ्ग्रह, २०६०: आर. के. पाण्डे), (६) पुष्पलतासँगको त्यो क्षण (काव्य, २०६१ : जयप्रसाद आचार्य), (७) पुष्पलता : कलमका डोबहरूमा (गजल, २०६१ : ऋचा लुइँटेल), (८) पुष्पलता: अतीत र वर्तमान (व्यक्ति वृत्तान्त, २०६१ : आर. के. पाण्डे), (९) पुष्पलता आचार्यको कथाकारिता (शोधपत्र, २०६२ : लीलाकुमारी उप्रेती), (१०) पुष्पलता : क्रान्तिदेखि शान्तिसम्म (गीतिकाव्य, २०६२ : महादेव अधिकारी), (११) पुष्पलता : हृदयका तारहरूमा (गीतसङ्ग्रह, २०६२ : तेजबहादुर हमाल), (१२) पुष्पलता : सामाजिक सान दैवी वरदान (२०६२ : धनराज गिरी), (१३) पुष्पलता : सारगर्वित गर्वमा (२०६२ : टीकाराम ढुङ्गाना), (१४) पुष्पलता : मलाई नजन्माउने आमा (कविता २०६२: ऋचा लुइँटेल), (१५) मैयाँ दिदी (महाकाव्य, २०६२ : महादेव अधिकारी), (१६) पुष्पलता : प्रशंसाको शिखरमा (लघुकाव्य, २०६२ : नरेश गौतम), (१७) पुष्पलता : समाजदेखि सगरमाथासम्म (गजल, २०६२ : सुविसुधा आचार्य), (१८) पुष्पलता : भावनाका छालहरूमा (गीतसङ्ग्रह, २०६२ : सुविसुधा आचार्य), (१९) पुष्पलता : नारीक्रान्तिकी योद्धा (हाइकुसङ्ग्रह, २०६२ : हरिबोल आचार्य ‘वसन्त’), (२०) पुष्पलता : प्रवासीका हृदयमा (गीतिकाव्य, २०६२ : हरिबहादुर खड्का), (२१) पुष्पलता : हाम्रो मुटुमा (खण्डकाव्य, २०६२ : खगेन्द्र, नरेश), (२२) पुष्पलता : आँखाको नानीमा (गीतिकाव्य, २०६२ : ऋतु कँडेल), (२३) पुष्पलता : कलियुगकी देवी (मुक्तकसङ्ग्रह, २०६२ : सुविसुधा आचार्य), (२४) पुष्पलता : कथाको खण्डहर (कथासङ्ग्रह, २०६२: सुविसुधा आचार्य), (२५) पुष्पलता : नेपाली आमा (कवितासङ्ग्रह, २०६२: सुविसुधा आचार्य), (२६) पुष्पलता : दयाकी प्रतिमूर्ति (ताङ्कासङ्ग्रह, २०६२: सुविसुधा आचार्य), (२७) पुष्पलता : राष्ट्रिय उज्ज्वल तारा (हाइकुसङ्ग्रह, २०६२ : अनुपराज कँडेल), (२८) पुष्पलता : सूत्रमा मिलाउँदा (सूत्रकाव्य, २०६२ : अनुपराज कँडेल (२९) पुष्पलता : सिक्किममा पनि (निबन्धसङ्ग्रह, २०६२ : टीका ढुङ्गेल), (३०) पुष्पलता : पत्रहरूमा (विविध सँगालो, २०६२ : रमेश लुइँटेल), (३१) एक व्यक्ति : अनेक वार्ता (अन्तर्वार्तासङ्ग्रह, २०६३ : रमेश शुभेच्छु) र (३२) पुष्पलता विषयक कृतिहरू (समीक्षण, २०६३ : टीका ढुङ्गेल) ।

सीता पाण्डे

सीता पाण्डेको साहित्यिक दर्शन नै सेक्स हो । उनको सेक्सविषयक धारणा नै काव्यात्मक दर्शनमा समावेश भएको हुन्छ । सेक्सदर्शनको चौतारीमा बसेर नै उनले साहित्यिक कृतिको निर्माण गरिन् । त्यसैले नेपाली साहित्यको प्राङ्गणमा सीता पाण्डे भन्नु सेक्ससाहित्यको पर्यायवाची नाउँ बन्यो । त्यस विषयमा पौडँदै जाँदा उनी लैङ्गिक समानताका लागि पनि पहरा फोर्ने प्रयासमा लम्किन् र भनिन् “पुरुष मात्र किन जहिले र जहाँ पनि माथि ? प्रेम गर्दा र मायालु भएको बेला पनि ऊ मास्तिरै बसेर वा सुतेर मच्चिने गर्छ । चाहे ऊ सय केजी तौल भएको मोटो, भुस्तिघ्रे होस् र स्वास्नीमान्छे ख्याउटी तथा मरन्च्याँसी किन नहोस् !”
कुनै साहित्यिक पुरुषले सीता पाण्डेको नाउँ सुन्दा मात्रै ऊ दङ्ग पर्छ, किनभने सेक्सको साहस नै सीता पाण्डे हो । उनले जति लेखिन् पुरुषलाई आकृष्ट बनाएर नै लेखिन् । एकपटक सीता पाण्डेकोे सृजनासँग नजिक पुगेको पुरुष सीता पाण्डेसँगै पल्किन्छ । वास्तवमा सिद्धान्तमा मात्र उनी सेक्सलाई शिरको ताज बनाउँदिनन् । वैवाहिक हिसाबको प्रसङ्गचाहिँ कोट्ट्याउने हो भने सीताले २०४८ सालमा योगेश उपाध्यायसँग बिहे गरेकी थिइन् र अर्को वर्ष छोरो पाएकी थिइन् ।

सीता पाण्डेको जतिजति उमेर चढ्दै गयो उतिउति उनी आफ्नो शरीरप्रति आकर्षित हुन थालिन् । उनकै भावनालाई समेटेर भन्नुपर्दा दसएघार वर्षकी भएपछि आफ्ना विकसित हुँदै गएका स्तन देखेर उनी आफैँ लजाउने गर्थिन् । त्यसै अवस्थामा उनले आफ्ना छातीका दायाँबायाँ ‘टुटिल्को’ स्थापना भएको चाल पाइन् । त्यसै प्रसङ्गलाई सम्झँदै सीता पाण्डेले लेखिन् पनि “म हरेक एकान्तमा बयरका गेडाहरूलाई छाम्थेँ, नियाल्थेँ र छुन्थेँ । त्यसरी जीवनमा पहिलोचोटि किशोरी हुन थालेको मैले अनुभव गरेँ ।” त्यति बेलाको उनको त्यो उमेर सारै रहरलाग्दो थियो । त्यस घडी
सीता पाण्डे आफ्नो भविष्य उज्यालो बनाउने हेतु आफ्ना माइला भिनाजु के.वी. मरठाको सौजन्यमा २०३४ सालमा काठमाडौैँ प्रवेश भइन् । तर सुरुसुरुमा उनले काठमाडौंमा अति नै दुःख पनि पाइन् । उनकै शब्दमा भन्ने हो भने ‘‘एउटी गाउँले सोह्रसत्र वर्षकी ठिटी, निर्दोष र निश्छल आँखा भर्खर फक्रिन लागेको गुलाबझैँ मभित्र बैँसहरू आफ्ना रङ्गहरू पोत्दै थिए । एउटा सानो झोलामा एक जोर लुगा, दैनिक आवश्यकताका ससाना कुरा र केही विश्वास अठोटहरू बोकेर हस्याङफस्याङ गर्दै बसबाट ओर्लेँ… । …मैले जागिर खाँदै पढेँ अथवा पढ्दै जागिर खाएँ । त्यस क्रममा मैले कैयौँपटक आफूलाई अपमानित पनि महसुस गरेँ, अनि विद्रोही पनि बनाएँ । …यात्रामा कैयौँ भेटिए, छुट्टिए । त्यसैबीच मैले केही नाम कमाएँ होला, केही बदनाम पनि । किनभने मैले हिँड्ने बाटामा मेरो घरपरिवारले मलमल बिछ्याएको थिएन । म कुनै सुविधाभोगी र सम्भ्रान्त परिवारकी थिइनँ । अनि क्रमश: आत्मविश्वासहरू ममा झ्याङ्गिन थाले, उत्साह र उमङ्गका पालुवाहरू मभित्र पलाउन थाले… । कतिपटक धूलोमा लडेँ । ढुङ्गा र गेग्रानमा हिँडेँ । ठेस लाग्यो, चोट लाग्यो, रक्ताम्मे भएर पनि म हिँडेँ ।”
सीता पाण्डेले काठमाडौं आएर आपूmलाई स्थापित बनाएरै छाडिन् । अनि साहित्यकार बन्नुको तात्पर्यमा यी साहित्यिक पुरुषहरूको समूहमा पनि पसिन् र पुरुषहरूको चिल्लो र चिप्लो मोहमा पनि फसिन् । विस्तारैविस्तारै तिनीहरूबाटै सीताका विरोधमा विद्रोह हुन थाल्यो । अनि उनीहरूमध्ये नै क्रमश: सीताको बदनाममा उचालिन थाले । एउटी छक्कापन्जा गर्न नजान्ने, सादा र गाउँले केटीको शोषण गरी तिनै यौनशोषकहरू सीताको चरित्रमा प्रश्न उठाउँदै हिँड्न थाले । तर पनि सीता पाण्डेले आफ्नो जीवनसँग हिम्मत हारिनन् । उनी लेख्न, पढ्न र जागिर खानमा केन्द्रित भइन् । त्यति मात्र होइन उनी सिनेमा खेल्न पनि थालिन् । उनी जति ठाउँ पुगिन् त्यहाँ गएर उनले सेक्सका विम्बहरूको सङ्ग्रह गरिन् । आफ्नै नितान्त मीठा र कतिपय तीतासमेत अनुभूति पनि यिनले नेपाली भाषासाहित्यको मन्दिरमा जोडिदिइन् । त्यसैले सेक्सविषयक स्रष्टामा उनी अनन्त बाँच्ने नाउँ बनिन्:
तिमी त्यो कालो पोखरीमा एक्लै हेलि‘दै थियौ
म पनि आपूmस‘ग भएको
सम्पूर्ण बल र सामथ्र्यलाई समेट्तै
पारि पुग्ने चाहनामा थिए‘—
तिमी खूब पौडिरहेका थियौ
म पनि खूब पसिना काढिरहेकी थिए‘…
सीता पाण्डे सेक्सविषयमा एउटी विशेषज्ञ लेखकमा नै अनुवाद भइन् । नेपाली भाषामा सेक्सको प्रसङ्गलाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने धाराकी यी गुरुआमा बनिन् । यिनले सेक्सभित्रै डुबेर गहिरो अध्ययन गरिन् । यसै प्रसङ्गमा यौनसमागमका बेलाका नारी पुरुषका विषयमा पनि उनले सङ्क्षिप्त कुरा ओकलिन् “स्वैच्छिक सेक्समा पनि पुरुषहरू छिट्टै उत्तेजनामा आउँछन् । छोटो दूरीको, सय मिटर दौडजस्तो तेज गतिले आउँछन् अनि त्यसरी नै छिट्टै समाप्त पनि हुन्छन् भने स्त्रीहरूलाई उत्तेजित हुन समय लाग्दछ । तर उनीहरूको त्यो उत्तेजना धेरैबेरसम्म रहन्छ । साथै एकपटकको उत्तेजनाको समयपछि अर्को उत्तेजनाको क्षण उत्पन्न गर्न पुरुषलाई लामो समय लाग्छ, पर्खिनुपर्छ भने स्त्रीलाई समय लाग्दैन ।”
सीता पाण्डे २०१६ साल फागुन १६ गते आइतबार झापा गौरादहको हाँसखोरामा जन्मेकी थिइन् । खिलध्वज पाण्डे र खिलकुमारीका सात छोरी र तीन छोरामध्ये सीता पाण्डेचाहिँ साइँली छोरी हुन् ।
सीता पाण्डे सानैदेखि प्राकृतिक न्यायका सिद्धान्तमा हिँडिरहिन् । सीताले बाल्यकालमा नै लैङ्गिक असमानताका बारे चर्को कुरा निकालिन् “मलाई पिसाब फेर्न अप्ठेरो भयो । पिसाब फेर्दा सधैँ मेरो कट्टु भिज्छ ।” आफ्नो क्रान्तिकारी स्वभावलाई घरपरिवारमा प्रस्तुत गरिरहेका बेला एकपटक यिनकी दिदीले यिनलाई बलात्कार गरेकी थिइन् । सीता पाण्डेकै शब्दमा भन्ने हो भने “दिदीले उसलाई उत्तानो पारेर पल्टाइदिई र दिदीचाहिँले उसका दुवै कुम दुवै हातले च्याप्पै समातेर आफू घोप्टो परेर जोडले मच्चिन थाली । त्यस बेला उसलाई दिदीको भारी शरीर थाम्न र सास फेर्न निक्कै गाह्रो भइरहेको थियो । यो के गरेकी ? उसले विरोध गरी र उम्किन खोजी । पख न पख एकैछिन त हो नि ! भन्दै दिदीले न्याँकीरही ।”

साथीहरूले उनको फ्रक उचालेर चियाउन थाले । नाइँनाइँ भन्दै उनीहरूबाट उम्किन र जतिजति उनी भाग्न खोज्थिन् त्यतित्यति उनीहरू उनको छाती चियाउन उनको फ्रक उचाल्थे ।
सीता पाण्डे सानैदेखि संवेदनशील थिइन् । उनी नारीजातिप्रति पुरुषप्रधान समाजले गरेको थिचोमिचोको विरोधी थिइन् । बाल्यकालदेखि उनका आँखाले देखेको र जीवनले भोगेको यथार्थ सत्यको तखता पल्टाउन उनी दृढसङ्कल्पमा लागिन् । त्यसपछि उनले सकेका ठाउँमा नारीप्रभाव पनि जमाइन् र नसकेका ठाउँमा निहुरेर पनि हिँडिन् । तर उनको दृढताका कारण उनी साहित्यका माध्यमले पुरुषवर्गको शोषणका विरुद्ध भने सङ्घर्षरत रहीन् ।
सीता पाण्डेले झापाको गौरादहको जनता माध्यमिक विद्यालयमा पढिन् । त्यसपछि उनले काठमाडौंको पद्मकन्या क्याम्पसबाट आई.ए. र विराटनगरको महेन्द्र मोरङ्ग क्याम्पसबाट बी. ए. पास गरिन् । उनी कीर्तिपुरको कान्तिईश्वरी छात्रावासमा बसेर त्यहीँ एम. ए. पढ्दै थिइन्; तर बीचैमा आफ्नो पढाइलाई छाडेर जागिरमा केन्द्रित भइन् । जागिरको प्रसङ्गमा कुरा गर्ने हो भने यी सुरुमा महालेखा परीक्षकको कार्यालयमा प्रवेश भइन् । त्यसपछि यी रेडियो नेपालमा समाचारवाचिका पनि भइन् । उनी त्यहाँ टिक्न नसकेपछि प्रेस काउन्सिलमा छिरिन् । त्यसपछि उनी जनक शिक्षा सामग्री केन्द्रकी पनि जागिरे भइन् । अधिकृत स्तरको जागिर खाने अभिप्रायले नै उनी रन्थनिन थालिन् । फलस्वरूप उनी राष्ट्रिय खेलकुद परिषद्मा एक्कैचोटि अधिकृत स्तरमा नै भर्ना भइन् । त्यस दिन उनी खुसीले रोइन् । जीवनमा बाँच्नका लागि त्यो ठाउँ उनका निमित्त एउटा आधारशिलाका रूपमा स्थापित भएको त्यस बेला यिनले महसुस गरिन् । राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत भएका बेला यी नेपाल बास्केटबल संघकी महासचिव र राष्ट्रिय महिला खेलकुद संघकी अध्यक्ष भएकी थिइन् । त्यहीँ कार्यरत भइरहेका बेला उनी आफ्नो एक मात्र दस वर्षीय छोरो अनल र पतिलाई छाडेर संयुक्त राज्य अमेरिका गइन् । तर उनले अमेरिकाबाटै छोराको रेखदेख गरिन् र खर्च ठेलेर आफ्नो छोरालाई काठमाडौंकै बूढानीलकण्ठ स्कुलमा पढाइन् । यसअघि उनी आफ्नो कार्यालयबाट भारत, चीन, बङ्गलादेश, मलेसिया, जापान, फिनल्यान्ड र स्पेन पनि घुमिसकेकी थिइन् ।
सीता पाण्डे चालीसको दशकमा यौनलेखनमा सहनायिकाका रूपमा गणनामा आइन् । सेक्सका विषयको लेखनमा नायिकाका रूपमा उभिएकी प्रेमा शाहभन्दा उनी थप अर्को एक फड्का अगाडि पुगिन् । आधुनिक नेपाली कविता, कथा र निबन्धलेखनमा सीताले आफ्नो बेग्लै आयामको स्थापना गरिन् । यिनले आफ्ना कविता र कथामा समाजको सग्लो, स्पष्ट र प्रत्यक्ष चित्रण प्रस्तुत गरिन् । कुनै ठाउँमा यिनले आफ्नो जिन्दगी लगेर पनि कथा र कविता सिँगारिन् र कुनै ठाउँमा जाने, सुनेका विषयवस्तुलाई पनि जलप लगाएर साहित्यमा टाँसिदिइन् । यिनले साहित्यिक सृजना गर्दै जाँदा सर्वप्रथम २०४२ सालमा ‘असजिला खुसीहरू’ नामक कथा र कविताले नेपाली साहित्यमा यौनसाहित्यको स्पष्ट छाप देखाइन् । त्यसै गरी यिनले २०४५ सालमा ‘बन्धकी खुसीहरू’ नामक कथासङ्ग्रह प्रकाशनमा ल्याइन् : “यता आऊ त मैयाँ भन्दै र झन्डै घिसार्दै एउटा कुनातिर पु¥यायो । मेरो हातमा कुनै तात्तातो र घिनलाग्दो स्पर्श गरायो । मलाई सर्प छोएजस्तै भयो । तातो साप र कस्तो तातो सर्प !”
साहित्यको यात्रामा हिँड्दाहिँड्दै सीता पाण्डेले संयुक्त उपन्यास (२०४५) मा पनि आफ्नो हस्ताक्षर दिइन् । उनले २०५६ मा लघुउपन्यास ‘अन्तद्र्वन्द्व’ पनि पाठकमाझ पु¥याइन् । साथै ‘सीता पाण्डेका कथाहरू’ (कथासङ्ग्रह : २०५४) पनि प्रकाशनमा आयो । त्यसै गरी ‘यौन र अनुभूति’ (निबन्धप्रबन्धसङ्ग्रह : २०५६) पनि प्रकाशनमा आयो ।
सीता पाण्डे नेपाली साहित्यमा यौनसिद्धान्तकी एउटी प्रखर प्रवक्ता मानिन्छिन् । उनले सेक्सको व्यावहारिक पद्धतिलाई सैद्धान्तिक रूपमा प्रस्तुत गरेकी छिन् । उनका सेक्सबारेका दृष्टिकोणहरूले मान्छेलाई काउकुती लागे पनि, त्यो विषय बाहिरबाहिर नपचे पनि र सरमको चित्र भए पनि उनीचाहिँ यस विषयमा जिब्रो चपाएर बोल्ने स्रष्टा होइनन् ।
सीता पाण्डेलाई चिन्नुपर्दा नेपालीमा सेक्ससाहित्यकी संवाहक भनेर नै चिन्नुपर्छ भन्ने समालोचकहरूको पनि मान्यता छ । त्यसैले पनि उनी फुर्कीफुर्की सेक्सका विषयमा आफ्ना मन्तव्य, धारणा र विचार राख्न रुचाउँछिन् । त्यतिमात्र होइन पुरुषप्रधान समाजको अहम्का रेखामा आफ्नो मनभित्र इगोको सिमाना कोर्दै उनी भनिरहेकी हुन्छिन् “म पनि भौतिक रूपले त्यति सम्पन्न र समृद्ध भइदिएकी भए एक दर्जन पुरुषहरूसित खुसीसाथ बिहे गर्थें । …त्यसो गर्न सकेकी भए आहा ! कति रमाइलो हुन्थ्यो होला ? एक दर्जन श्रीमान्हरूले म एक जनालाई अधैर्यपूर्वक प्रतीक्षा गरिरहेको ! …अनि मन लागेको कुनै पनि बेला म घर आउँथेँ । तिनीहरूमध्ये बेफिक्रीसित आज तिम्रो पालो भन्दै कुनैलाई लिएर जब म अर्को कोठातिर लाग्थेँ भने बाँकी पुरुषको अनुहार हाल कस्तो हुन्थ्यो होला ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *