नारीचुली – ललितत्रिपुरसुन्दरी

नेपाली भाषासाहित्यमा पहिलोपल्ट अक्षर खेलाउने नारी ललितत्रिपुरसुन्दरी हुन् । साथै नेपाली भाषामा पहिलोचोटि कविता लेख्ने नारीस्रष्टा पनि ललितत्रिपुरसुन्दरी नै हुन् । ‘महाभारत’लाई संस्कृत भाषाबाट नेपालीमा अनुवाद गर्ने क्रमको सिरानमा नै उनले नेपाली भाषामा आफ्नो मौलिकता प्रस्तुत गरिन् । सृजनात्मक अभिव्यक्ति र अनुवादकार्य गरेर उनले नेपाली साहित्यको नारी इतिहासको जगमा आफ्नो नाउँलाई सुरक्षित राखिन् ।

आदिकवयित्री ललितत्रिपुरसुन्दरीको जन्म संवत् १८५० मा भएको थियो । यिनका बाबुआमाको खुट्पत्तो नभए तापनि यिनी थापाछेत्री (बगाले) की छोरी हुन् भन्ने बेहोरासम्म सुनिन्छ । यिनको बिहे पनि जनरल भीमसेन थापाका पहलमा श्री ५ रणबहादुर शाहसँग भएको थियो । ललितत्रिपुरसुन्दरीचाहिँ रणबहादुर शाहकी पाँचौं अथवा कान्छी रानी
ललितत्रिपुरसुन्दरीले आफ्नो नायबी राज्यकालमा देशको वस्तुस्थिति देखिन् , दुक्खसुख भोगिन् र सफलतापूर्वक राजकाज पनि गरिन् । उनले आफ्ना पतिको शासनको ज्ञान ग्रहण गर्न नपाए तापनि छोरा र नातिकी नायबी भएर शासन गरेपछि तत्सम्बन्धी ज्ञानगुनका धेरै कुरा जनसमक्ष ल्याइन् । नेपालको इतिहासमा आफ्ना नायबी कालमा अनेक ठाउँमा भाषिक शिलालेख अङ्कित गर्ने उनी प्रथम नारी हुन् । विविध ठाउँमा उनले राखेका शिलालेखको अध्ययन गर्ने हो भने उनी नेपाली भाषासाहित्यप्रति रुचि राख्ने, मोह देखाउने र समर्पित हुने कोटिमा जाज्वल्यमान भएर स्थापित भएको देखिन्छ । नेपाली भाषासाहित्यप्रतिकोे निष्ठामा बाँधिएर नै त्यस बेला उनले कविता पनि लेखिन् । उनको त्यस घडीको लेखनको धारा नै कल्कलाउँदो भएर अविरल बगेको छ । उनको त्यही सृजनात्मक सक्रियतालाई शिरोपर गर्दै ईश्वरवल्लभ लेख्छन् ‘‘ललितत्रिपुरसुन्दरी नेपाली भाषासाहित्यको विशिष्ट पुरोधा नारीस्रष्टा हुन् ।’’
ललितत्रिपुरसुन्दरी नेपाली भाषासाहित्यमा पहिलोपल्ट ग्रन्थ तयार गरेर नेपाली नारीस्रष्टाकी गजुरका रूपमा स्थापित भइन् । उनले संस्कृत भाषामा लेखिएको ‘महाभारत’ शान्तिपर्वअन्तर्गतको अनुशासनपर्वको सरल नेपाली भाषामा अनुवाद गरिन् र त्यसलाई ‘राजधर्म’का नाउँबाट प्रस्तुत गरिन् । यसबाट उनले सृजनाका क्षेत्रमा ऐतिहासिक कार्यको श्रीगणेश गरिन् । वास्तवमा उनले ‘राजधर्म’लाई नेपाली भाषामा ल्याउने काम मात्र गरिनन्; ग्रन्थको अनुवाद गर्ने क्रममा मौलिक कविता रचना गरेर पनि आफ्नो सृजनात्मक परिचय प्रदान गरिन् । उनका नायबीकालका अनेक शिलापत्रहरूमा झैं यस ग्रन्थमा पनि उनको गतिलो भाषिक प्रस्तुति देखिन्छ । त्यसैले ‘राजधर्म’ले पाठकको मनलाई नेपाली भाषाको थप मोहमा तानेको पनि पाइयो । दिनेशराज पन्तका शब्दमा भन्ने हो भने “ ‘राजधर्म’को भाषा, शैली र प्रस्तुति अत्यन्तै मिठासपूर्ण छ । अहिलेका लेखकसाहित्यकारको भाषाभन्दा त्यस बेलाको भाषा नै सुन्दर थियो भन्ने बेहोरा ‘राजधर्म’ले प्रस्तुत गरेको छ । ‘राजधर्म’ नेपाली भाषासाहित्यको गर्व हो ।”
ललितत्रिपुरसुन्दरीले आफ्नो ठाँटको राजसी जीवनमा पनि भाषिक सेवामा आपूmलाई सदुपयोग गरिन् । राजदरबारको उच्चस्तरीय वातावरणमा हुर्केर पनि उनले नेपाली भाषासाहित्यका लागि आफ्नो मन रोपिन् । अनि राजकाजको व्यस्त समयबाट उम्ँिकदै उनले नेपाली भाषाका मन्दिरमा एउटा बडेमाको ग्रन्थ चढाइन् । उनका पालामा उनले गरेका सबै राम्रा बेहोरालाई बिर्सिएरै पनि यही ‘राजधर्म’लाई मात्र समाउने हो र यसैलाई आधार मानेर भन्ने हो भने पनि उनी प्रतिभासम्पन्न साहित्यकार हुन् । उनको यो एउटै कृतिले उनको नाउँ नेपाली भाषासंसारमा स्थायी बनाएको छ । उनी साहित्यकार मात्र होइन, प्रथम नेपाली नारीस्रष्टा भएको बेहोरा नेपाली साहित्यको इतिहासमा अङ्कित छ । यसबारे मोदनाथ प्रश्रितले पनि उनको महिमा उल्लेख गर्दै भनेका छन् ‘‘अहिलेसम्म चर्चामा आएसम्म र सामग्री भेटेसम्म नेपालको प्रथम नारीसाहित्यकारमा ललितत्रिपुरसुन्दरीको नाउँ आएको छ । नेपाली साहित्यकारको सन्दर्भमा ललितत्रिपुराको भन्दा अर्को नाउँ भेटिएको छैन । …साहित्यलेखनको पक्षमा चर्चित नारीको रूपमा उनी आइन् ।’’ त्यसै गरी श्यामदास वैष्णवले पनि उनको गरिमालाई आत्मसात् गर्दै मन्तव्य प्रकट गरेका छन् “निश्चय नै अग्रणी र गौरवमयी नारीस्रष्टा हुन् ललितत्रिपुरसुन्दरी ।”
रानी ललितत्रिपुरसुन्दरीले ‘राजधर्म’ संवत् १८८१ मा लेखिन् भन्ने जानकारी योगी नरहरिनाथले दिएका छन् । यसलाई सुन्दर अक्षरमा लिपिकार भुवनानन्दले संवत् १९३० मा सारेको यसको प्रति जगदम्बा प्रकाशनले भेटेको छ । अनि त्यही पाण्डुलिपिलाई जगदम्बा प्रकाशनले प्रकाशनमा ल्याएर प्रशंसनीय काम ग¥यो । यही ओजिलो ग्रन्थमार्फत सृजनामा प्रवेश गरेकी नारीस्रष्टा ललितत्रिपुरसुन्दरीले नेपाली भाषाका मन्दिरमा दिएका योगदानले साहित्यको गरिमा बढेको यथार्थ छर्लङ्गै छ । उनको यही योगदानको रेखाङ्कन गर्दै दयाराम श्रेष्ठले लेखेका छन् “ललितत्रिपुरसुन्दरीद्वारा ‘महाभारत’ शान्तिपर्वको नेपाली अनुवाद ‘राजधर्म’ लेखिबक्स्यो । तत्कालीन राजनैतिक परिस्थितिका निम्ति आवश्यक महसुस गरिएको विषय यसमा छ । नेपाली वाङ्मयको यो एउटा ऐतिहासिक उपहार हो ।”
ललितत्रिपुरसुन्दरीले त्यस कालमा यस किसिमका ग्रन्थको सृजना र अनुवाद गर्नु भनेको नेपाली भाषाका लागि ठूलो उपलब्धि हो । उनको यो रचनात्मक कार्य नेपाली भाषासाहित्यमा युगौंयुग जीवित रहनेछ । वास्तवमा ‘राजधर्म’ले नेपाली भाषासाहित्यको बौद्धिक चेतलाई क्रमश: आफूतिर आकृष्ट गरेको पाइन्छ । यसबारे चर्चा परिचर्चाको क्रम पनि निरन्तर बगिरहेको छ । यसै परिप्रेक्ष्यमा चिरञ्जीवीदत्त पाण्डेले लेखेका छन् ‘ललितत्रिपुरसुन्दरीले ‘राजधर्म’लाई संस्कृतबाट नेपालीमा अनुवाद गरेकी छन् ।’ यसैबारे जगदीशशमशेर पनि भन्छन् ‘‘…‘राजधर्म’ हेरेपछिमात्र मैले रानी ललितत्रिपुरसुन्दरीबारे जानें । त्यस बेला यस्तो रोचक भाषामा, यत्रो साहित्यिक, धार्मिक र नैतिक परिवेशमा लेखिएको ग्रन्थ लेख्ने या लेखाउने या लिपिबद्ध गर्ने नारीलाई पुज्नु योग्य कार्य हो ।’’

राजमाता ललितत्रिपुरसुन्दरीका हरेक कामलाई जोड्दै मूल्याङ्कन गर्ने हो भने उनी स्रष्टाका रूपमा पनि श्रद्धेय भई नेपाली भाषासाहित्यका देउरालीमा ढकमक्क फुलेर बसेकी छिन् । यिनको साहित्यप्रतिको समर्पणलाई राष्ट्रिय
भएको थाहा पाइन्छ । यिनको बिहे पनि राजकीय पारामा नै भएको थियो । बिहे गरेको अर्को वर्ष यिनका पतिको निधन भएको थियो । जनरल भीमसेन थापाको सहयोग, सद्भावना र सहृदयताले यिनले पतिसँगै चितामा बलेर सती जानु परेन । अनि संवत् १८६३ देखि यिनले बालविधवाका रूपमा आफ्नो जीवन व्यतीत गरेकी थिइन् ।
श्री ५ रणबहादुर शाहको हत्यापछि ललितत्रिपुरसुन्दरीको व्यक्तिगत जीवन दुखे तापनि राष्ट्रिय जीवनमा चाहिँँ हरियाली छाएको देखियो । यिनका पति स्वर्गीय भएपछि यिनले राष्ट्रमा सुधारका राम्राराम्रा काम गरिन् । त्यसैले एकल जीवनमा नै यिनको सर्वत्र प्रशंसा भएको थियो । यी अठार वर्ष पुगेका बेला नै यिनका प्रारम्भिक योगदानका बारे वाणीविलास पाँडेले वाग्मती पुलको स्तम्भमा यिनको स्तुति लेखेको बेहोरा ईश्वर बरालद्वारा सम्पादित ‘सयपत्री’मा अङ्कित छ । यिनी ज्यादै राम्री थिइन् । उनको रूपका बारे पनि ‘संस्कृत सन्देश’ (१–७) मा पाँडेले लेखेका छन् “ललितत्रिपुरसुन्दरीÓबहुत सौन्दर्यले युक्त भयाका कैलासविषे विराजमान भयाकी साक्षात् पार्वतीजस्ता ।” साँच्चै नै यिनी आदर्शवादी चरित्रकी धनी थिइन् । यिनकै गीत गाउँदै हिँड्ने राजेश्वर थापा (बगाले) का अनुसार पनि “ललितत्रिपुरसुन्दरीकोÓ निष्ठा, प्रतिबद्धता र समर्पणको भावनामा कुनै शङ्का रहेन ।” आफ्नो गतिलो कामबाट नै उनी जनहृदयमा टाँस्सिएकी थिइन् ।
ललितत्रिपुरसुन्दरीको नायबीकालमा यिनका नाउँमा दुईवटासम्म टक चल्तीमा आएका थिए । त्यस बेहोरालाई सत्यमोहन जोशीद्वारा लिखित ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । साथै यसबारेको थप जानकारी बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली र प्रकाश ए. राजले पनि दिएका छन् ।
ललितत्रिपुरसुन्दरीेराज्यलक्ष्मीदेवी शाह छोरा श्री ५ गीर्वाण र नाति श्री ५ राजेन्द्रकी नायबी भएर पच्चीस वर्षसम्म नेपाल अधिराज्यको शासनमा बसेकी थिइन् । ती दुवै राजाका पालामा राजदरबारमा लेखककविहरूको घुइँचो लाग्थ्यो । वास्तवमा त्यस घडी स्रष्टाहरूलाई रानी ललितत्रिपुरसुन्दरीबाट कदर गरिने परिपाटी थियो । राजमाता आफू पनि लेखिका तथा कवयित्री भएका नाताले उनले कविलेखकको महइभ्व पनि बुझेकी थिइन् । राजमाताकै प्रेरणाले श्री ५ गीर्वाणयुद्धविक्रम शाहका नाउँमा पनि तीनवटा ग्रन्थ तयार भएको देखिन्छ । त्यति मात्र होइन ललितत्रिपुरसुन्दरीका नायबीकालमा राजकीय पुस्तकालयको समेत निर्माण भएको थियो जुन पुस्तकालय पछि राष्ट्रिय अभिलेखालयमा रूपान्तरित भयो । साथै श्री ५ राजेन्द्रले पनि राजमाताबाट त्यस्तो वातावरण पाए जसले गर्दा उनले पनि तीनवटा पुस्तक लेखेको देखिन्छ ।
आफ्ना जीवनकालमा रानी ललितत्रिपुरसुन्दरीले काशीमा ललिताघाटको निर्माण गरिन् । साथै यिनले नै पशुपतिनाथको देवल गुठीको स्थापना गरिन् । यिनैले गोरखामा गोरखकाली गुठी पनि बनाइन् । यिनैले त्रिपुरेश्वरको कालमोचनमा महादेवको निकै विशाल मन्दिर बनाइन् । यिनले ज्ञानेश्वर गौचरनमा पनि देवल बनाइन् । साथै यिनले काठमाडौं ललितपुर आवतजावत गर्नका लागि थापाथलीमा वाग्मतीको पुल हालिन् । यिनैले भीमसेन थापाप्रति कृतज्ञताज्ञापन गर्दै धरहरा पनि बनाएकी थिइन् । मोदनाथ प्रश्रितका शब्दमा भन्ने हो भने ‘‘सायद उनलाई (सती जानबाट) बचाएका कारणले भीमसेन थापाप्रति उनी कृतार्थ थिइन् ।’’ सुन्धारा बनाउने काम पनि यिनैबाट भएको थियो । यिनका नायबीकालमा मुलुकभित्र र मुलुकबाहिर अनेक ठाउँमा बनाइएका स्तम्भ, मन्दिर र देवलहरूमा सजिलो नेपालीे भाषामा कपिएका शिलालेखहरू स्थापित भएका छन् । वास्तवमा शिलापत्र राख्ने कार्यमा यी निकै जागरुक थिइन् । यसै पृष्ठभूमिमा यिनको जीवनका सफलताका गुन गाएर सुन्दरानन्दले ‘त्रिरत्नसौन्दर्यगाथा’मा यिनलाई एक रत्नका रूपमा जयजयकार गरेका छन् ।
ललितत्रिपुरसुन्दरीका सृजनाले उनलाई झन् विशिष्ट कोटिकी बनाइदिए । यसै सन्दर्भमा घटराज भट्टराईले लेखेका छन् “…ललितत्रिपुरसुन्दरीको ‘राजधर्म’ नेपाली भाषामा पाइएको महइभ्वपूर्ण ग्रन्थ हो । राजनीतिक, भाषिक र साहित्यिक दृष्टिले पनि यस ग्रन्थले निकै महइभ्व राख्छ ।” ललितत्रिपुरसुन्दरीले ‘राजधर्म’को अनुवाद गर्दै जाँदा हरेक अध्यायका अन्त्यमा कविता प्रस्तुत गरेर पनि ‘राजधर्म’लाई थप सिँगारेकी छिन्; जसले गर्दा ‘राजधर्म’ अझ पठनीय कृति बन्न पुगेको देखिन्छ ।
ललितत्रिपुरसुन्दरीेराज्यलक्ष्मीदेवी शाहले आफ्नो छोटो जीवनकालमा जेजे गरिन् अमर हुने काम गरिन् । देश र समाजमा समर्पित लगानीकै कारण नेपाली भूगोलमा उनको नाउँले अक्षय हुने मौका पायो । उनी नेपाली धरतीमा राजमाताका रूपमा सम्मानित मात्र होइन स्थायी नाउँमा अभिलिखितसमेत भइन् । उनको कार्यले उनलाई अत्यन्तै मर्यादित बनाएको बारे इतिहासका पानाहरू पनि खुलेर बोल्ने गर्छन् ।

ललितत्रिपुरसुन्दरीको नाउँका सन्दर्भमा काठमाडौंको त्रिपुरेश्वरमा ललितत्रिपुरसुन्दरी आपैंmले स्थापना गरेको त्रिपुरेश्वर महादेव मन्दिरस्थित उनको सालिक उठाएको स्तम्भको शिलालेखमा लेखिएको छ “श्रीमन् महाराजाधिराज श्रीश्रीश्रीश्रीश्री रणबहादुर शाह
गरिमाले ढाकेको छ । यिनको साहित्यिक लेखनबारे शैलेन्द्र साकारले पनि लेखेका छन् “ललितत्रिपुरसुन्दरीलाई आजसम्म थाहा भएअनुसार प्रथम नारीलेखिका मानिएको छ ।” वास्तवमा नेपाली साहित्यको नारीसृजनाका क्षेत्रमा ललितत्रिपुरसुन्दरी पहिलो पाइलो एवम् इतिहासको जग बनेकी छन् । उनको यसै परिवेशलाई बुन्दै भारत दार्जिलिङकी मातृका गजमेरले पनि लेखिन् “नेपालकी महारानी ललितत्रिपुरसुन्दरीदेवी पहिलो नेपाली विदुषी नारी थिइन् ।” यी सम्पूर्ण तथ्यको निचोडमा बालकृष्ण पोखरेलले लेखेका छन् ‘‘राजधर्मको अनुवाद ललितत्रिपुरसुन्दरीले गरेकी हुन् भनेर अधिकांश विचारकहरूले मानेका छन् ।’’ पोखरेलको यसै भनाइमा जगदीशचन्द्र रेग्मीले पनि आफ्नो बूढी औंठा थिचेका छन् ।
‘राजधर्म’को अनुवादबाट ललितत्रिपुरसुन्दरी एउटी गतिली आख्यानकारमा स्थापित भइन् । त्यस कालमा न शिक्षाको प्रबन्ध थियो न नारीशिक्षामा बढावा थियो । रानीले त्यस बखत पढेरलेखेर होइन, लेखककवि र पण्डितहरूसँगका सत्सङ्गतले उनी सर्जक बनेकी थिइन् । साथै जीवनलाई हेर्ने अन्तर्मुखी र अध्यवसायी दृष्टिकोणबाट प्रेरित भई उनले ‘राजधर्म’को अनुवाद गरेको हुनुपर्छ । उनले यसै कृतिमार्फत जीवन र जगत्लाई आध्यात्मिक दृष्टिकोणबाट हेर्ने प्रयत्न गरेकी छिन् । वास्तवमा नारीका लागि त्यस्तो औंसीको समयमा पनि ललितत्रिपुरसुन्दरीले आफ्नो आत्मसन्तुष्टिका साथै जनतालाई राजधर्ममा डो¥याउने अभिप्रायले ग्रन्थको निर्माण गरिन् । त्यति विशाल कृतिको सृजना गरेर उनले ख्याति पनि कमाइन् । ‘राजधर्म’का माध्यमबाट उनले आफ्नो भाषा, शैली र प्रस्तुति पनि जनमाझ पु¥याइन् । उनले प्रयोग गरेको भाषा अहिलेसम्म पनि त्यति नै सान्दर्भिक भएको र उनको अभिव्यक्ति पनि त्यत्तिकै ज्वलन्त रहेको पाइन्छ: “Ó झुटो बोली आफ्नु होवोस् अथवा अर्कैको होवोस् तापनि प्राणको रक्षा हुन्छ भने झुटो बोल्नु… । …आगो जो छ सो पानीदेषि निस्क्याको हो, क्षत्रिय जो छन् सो ब्राम्हणदेषि निस्क्याका हुन्, फलाम् जो छ सो पत्थरदेषि निस्क्याको हो । आगो, क्षत्रिय, फलाम् इ तिन् कुराको सबै वस्तुमा सामथ्र्य चल्दछ, आपूmलाई जन्माउन्यामा सामथ्र्य चल्दैन, किनभने फलामले सबै कुरो काट्दछ, पत्थर काट्न लाग्यो भन्या त्यो फलामै नाशिन्छ । आगोले सबै कुरा डढाउँछ पानीलाई डढाउन लाग्यो भने त्यो आगै निभ्दछ । क्षत्रियले सबैको नाश गर्न सक्दछ, ब्राम्हणमाथि लाग्यो भने त्यो क्षत्रियै नाशिन्छ ।”
ललितत्रिपुरसुन्दरीको कलात्मक यात्राका एकएक कारण जोडिएर उनी नेपाली माटामा चिरञ्जीवी नारीपात्र भइन् । साहित्यिक यात्राले उनलाई नेपाली संसारमा जीवित बनायो । त्यसमाथि उनको स्तरीय लेखन स्वयम् उनको व्यक्तित्वको सिफारिस बन्यो । देवीप्रसाद सुवेदीका भाकामा बोल्ने हो भने ‘‘राजधर्मको प्रत्येक अध्यायको अन्त्यमा दिएको टुङ्ग्याउनी पद्यश्लोकले राजधर्मकी अनुवादक ललितत्रिपुरसुन्दरीको कवित्वशक्तिको परिचय पाइन्छ र उनको गद्यलेखनमा देखिएको परिष्कारले उनमा रहेको विशिष्ट गद्यकारिता पनि झल्कन्छ ।’’
जीवनको अन्त्य समयसम्म पनि ललितत्रिपुरसुन्दरी समाजसेवामा नै समर्पित थिइन् । जनकल्याणका काममा संलग्न हुँदाहुँदै अपर्झट उनी सिकिस्त भइन् । खास कुरा के हो भने त्यतिखेर नेपालमा बेलाबेला बिफर (शीतलामाई)को महामारी आउँथ्यो । जनजीवनमा गाँसिएर सेवा गर्दागर्दै उनलाई पनि त्यस बिफरको महामारीले घुँडा टेकाएको थियो । अनि त्यही अस्वस्थताले संवत् १८८८ चैत १६ गते उनको भौतिक चोला उठ्यो । असमयमै उनको भौतिक शरीर माटो भए तापनि उनको कीर्तिको सुवासले उनी ठूली भएर यही माटोमा सधैंै मग्मगाइरहेकी छिन्:
श्री नारायणलाई भक्तिरसले आफ्ना मनैमा धरी ।
अन्धा शास्त्र नजानने जन पनि हेरून् कथाका कुरा ।।
तत्पर् भै हरि गुन् भजन् भनि त जो भाषा रच्याँ षुप् गुनी ।
अध्या येक् सय तीस् त्यहाँ पुकिगयो राज्धर्म सम्पूर्ण भो ।।

(‘नेपाली’मा नरेन्द्रराज प्रसाईका कुनै लेख आजसम्म छाप्न पाइएको थिएन । अहिले आएर एउटा महइभ्वपूर्ण विषयमा लेखिएको प्रबन्ध हामीले उनीबाट पायौं र यहाँ भियभयाएका छौं । २०१९ सालमा प्रकाशित गर्दा ‘राजधर्म’को लेखक (अनुवादक) यही हो भन्ने हिम्मत जगदम्बा प्रकाशनले गर्न सकेको थिएन । त्यसको विवाद समाधान भएको थिएन, विद्वान्हरूकै मत बाझेका थिए । यस लेखमा प्रसाईले अठोटका साथ महारानी ललितत्रिपुरसुन्दरी नै राजधर्मकी सर्जक हुन् भन्ने ठोकुवा गरेका छन् । यतिविधि खोजखाज गरी आफ्नो तर्क प्रस्तुत गरेकाले यो लेख पठनीय र सूचनामूलक भएको छ भन्ने हामीलाई लाग्छ ।)
नेपाली पूर्णाङ्क १८९ (२०६३), मदन पुरस्कार गुठी

कनिष्ठपट्टराज्ञ्या: श्रीललितत्रिपुरसुन्दरीदेव्या: ।” साथै त्यहीं राखिएको अर्को शिलालेखमा “श्रीमल्ललितत्रिपुरसुन्दरीदेव्याः” लेखिएको छ । गोरखादरबारको गोरखनाथमा ललितत्रिपुरसुन्दरीले संवत् १८६९ मा चढाएको घण्टाको अभिलेखमा ‘श्री ५ ललितत्रिपुरसुन्दरीदेवी’ लेखिएको छ ।
‘राजधर्म’ स्रोतविहीन ढङ्गबाट मदन पुरस्कार पुस्तकालयमा आएको देखिएको छ ।
जगदम्बा प्रकाशनले कवयित्री तथा अनुवादक ललितत्रिपुरसुन्दरीको नाउँ ग्रन्थको अग्रभाग र आवरणपछि (भूमिका अगाडि) को पानामा उल्लेख नगरी प्रकाशकीयमा मात्र राखेको छ । तर ‘मदन सौरभ’ (मदन पुरस्कार पुस्तकालयको पुस्तकसूचीको पहिलो संस्करण २०३१ को पृष्ठ २९६) मा ललितत्रिपुरसुन्दरीलाई ‘राजधर्म’ की ले. (लेखिका) का रूपमा प्रस्तुत गरिएको छ ।
योगी नरहरिनाथ, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, सूर्यविक्रम ज्ञवाली, केशरशमशेर, सोमनाथ शर्मा, बालचन्द्र शर्मा, सत्यमोहन जोशी, जनकलाल शर्मा, चूडानाथ भट्टराय, पद्मप्रसाद भट्टराई, ऋषभदेव शर्मा रेग्मी, कमल दीक्षितलगायत पचास जना जति विद्वान्ले ‘राजधर्म’की अनुवादक ललितत्रिपुरसुन्दरी नै हुन् भन्ने अभिलेखसहितको ‘राजधर्म’ जगदम्बा प्रकाशनले संवत् २०१९ मा प्रकाशनमा ल्यायो ।
योगी नरहरिनाथद्वारा ‘राजधर्म’की अनुवादक ललितत्रिपुरसुन्दरीबारे प्रस्तुत भएका प्रमाण तर्कसङ्गत भईकन बलिया छन् । थापाथली वाग्मती पुलका छेउमा अवस्थित सिंहकेतुमा लेखिएको शिलापत्रको भाषामा र राजधर्मको भाषामा धेरै साम्य छ भनेर योगी नरहरिनाथले थप टिप्पणी पनि गरेका छन् ।
योगी नरहरिनाथले ‘राजधर्म’की अनुवादक ललितत्रिपुरसुन्दरी नै हुन् भन्ने बेहोराको अर्को थप पुष्टि गरेका छन् “…श्री ५ रणबहादुर, श्री ललितत्रिपुरसुन्दरी, श्री जनरल भीमसेनका ३ रत्नका प्रतिपादक ‘त्रिरत्नसौन्दर्यगाथा’का लेखक सुन्दरानन्द वज्राचार्यका छोरा भुवनानन्दले (?) ‘राजधर्म’को प्रतिलिपि गरेका छन् ।”
योगी नरहरिनाथले ललितत्रिपुरसुन्दरीकोे लेख्ने रुचिका विषयमा थप प्रकाश पारेका छन् “ललितत्रिपुरसुन्दरीको पुस्तकहरू लेख्ने, लेखाउने र दान गर्ने योग्यता र स्वभाव थियो ।”
इतिहासशिरोमणि बाबुराम आचार्यका तर्क प्रमाणविहीन नै देखिन्छन् । उदाहरणका लागि भन्ने हो भने:
संवत् १८८८ मा स्वर्गीय भएकी ललितत्रिपुरसुन्दरीको ग्रन्थ बयालीस वर्षपछि लिपिबद्ध भएको बेहोरालाई असम्भव भन्दै बाबुराम आचार्यको “जङ्गबहादुरका समयकी कुनै राणाजीकी रानीसाहेब ललिताको खोजमा लागेको थिएँ” भन्ने तर्कमा कुनै ठोस आधार देखिँदैन ।
बाबुराम आचार्यले एकातिर ‘राजधर्म’ अनुवाद गर्ने ललिता जिना रानी (जङ्गबहादुर राणाकी ३८औं उपरानी) हुन् पनि भन्छन् भने अर्कातिर उनी अलिअलि संस्कृत जान्दथिन् पनि भन्छन् । अलिअलि संस्कृत जानेका भरमा संस्कृत भाषाको यति विशाल ग्रन्थ जिनाले कसरी अनुवाद गरिन् ? भनी प्रश्न गर्ने ठाउँ पनि उनले राखिदिएका छन् ।
फेरि बाबुराम आचार्यले “रानीसाहेब खूद आफ्नो हातले यस्तो (राजधर्म) लेख्न सक्तिनथिइन्” पनि भनेका छन् ।
‘रानी’ भन्ने शब्दलाई पछ्याएर ग्रन्थको अनुवादक पत्ता लगाउने बाटोमा हिँड्दाहिँड्दै आचार्यले यस कामबाट तुरुन्त हात झिक्नुपर्ने कारण के थियो ? भनेर अर्को थप प्रश्न गर्ने ठाउँ पनि उभिएको छ ।
खड्गनरसिंह राणाले अन्तर्लापिकाको खुल्को निष्कर्षमा लेखेका छन् “ललितत्रिपुरसुन्दरीरानीकी सधर्क १ वचन् ।” यस खुल्ले पनि ललितत्रिपुरसुन्दरीद्वारा नै ‘राजधर्म’ अनुवाद भएको तथ्य प्रस्ट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *