नारीचुली – चन्द्रकान्तादेवी


चन्द्रकान्तादेवी सानैदेखि सुकिली थिइन् । उनको तन जति सुकिलो थियो उनको मन पनि त्यत्तिकै सङ्लो थियो । सौन्दर्यको हिसाबमा भन्ने हो भने उनी टकटकाउँदी थिइन् । उनी जति हे¥यो त्यति नै हेरिरहूँजस्ती राम्री, सुन्दरी र हिसी परेकी थिइन् । त्यसैले उनलाई हेरेर त्रूmर राणाशासक पनि बुहारीझार हुन्थे । उनको रूप, रङ र पोसाक अनि उनको हाउभाउ चमत्कारी देखिन्थ्यो । त्यसैले एक पटक श्री ३ महाराज जुद्धशमशेरले हजुरिया जर्नेल सिंहशमशेरलाई हुकुम गरे “चन्द्रकान्ता जोशिनीका काम केके छन् गरिदिनू ।” त्यस बेला श्री ३ महाराजको त्यस्तो हुकुम हुनु भनेको जनताका लागि जिउँदै स्वर्ग पुगेजस्तो मानिन्थ्यो ।
चन्द्रकान्तादेवीले जुद्धशमशेरलाई रिझाएर काठमाडौंमा कन्या स्कुलको स्थापना गरिन् । उनको त्यो साहस, त्यो हिम्मत र त्यस करामतबाट धेरै मान्छे चकित परे । चन्द्रकान्ता जोशिनीले स्कुलको स्थापना गरेपछि सो स्कुलको पाठ्यपुस्तकसमेत लेखिन् ‘गृहलक्ष्मी’ । संवत् १९९२ मा प्रकाशित सो प्रबन्धसङ्ग्रह जुद्धशमशेरलाई समर्पण गर्दै यसमा निज श्री ३ को तस्बिरसमेत राखिएको छ । सो प्रबन्धसङ्ग्रहमा लेखिकाद्वारा नारीहरूको दैनिक जीवनका ज्ञान, सीप, विद्या, नीतिका उचित बेहोरा खामिएका छन् ।
चन्द्रकान्ता जोशिनीका नाउँमा १९९६ सालमा जनमाझ आएको अर्को प्रबन्धसङ्ग्रह हो ‘गृहस्थाश्रम धर्मशिक्षा’ । यस कृतिको आवरणमा नै श्री ३ जुद्धशमशेरको तस्बिर छापिएको छ । गृहस्थाश्रमको उपयोगिता, विवाहको अर्थ र प्रयोजन, मनुष्य जीवनको उद्देश्य र मातृत्व विषयलाई यस कृतिमा समेटिएको छ ।
चन्द्रकान्ताको जिन्दगानीको नालीबेली चाहिँ उनीद्वारा लेखिएको ‘मेरो आत्मकथा’ (२०३६) मा समेटिएको छ । नेपाली साहित्यमा आत्मकथा डेढ दर्जन पनि नपुगेको सन्दर्भमा चन्द्रकान्ता प्रथम नारी आत्मकथाकारका रूपमा प्रस्तुत भएर उनले नेपाली आत्मकथाको इतिहासमा आपूmलाई स्थापित गरेकी छिन् । सरल भाषा, मीठो शैली र निर्भीक विचार उनको आत्मकथाको आत्मा हो । त्यसैले उनी चर्चितमाथि थप चर्चित भइन् र प्रसिद्धमाथि सुप्रसिद्ध भइन् । तत्कालीन समयमा उनीद्वारा लेखिएका कृतिले उनलाई नेपाली भाषासाहित्यमा नअस्ताउने तारा बनाएका छन् ।
चन्द्रकान्तादेवीका बुबा माधवराज जोशी नामी ज्योतिषी थिए र आमा रत्नकुमारी गृहिणी थिइन् । चन्द्रकान्ताको जन्म संवत् १९५५ पौषशुक्ल पञ्चमीका दिन पाटनको बकुंबहालमा भएको थियो । त्यसै वर्ष नै उनका बुबाले पाटनमा ‘आर्यसमाज’ को स्थापना गरेका थिए । त्यस संस्थाको स्थापना नै जोशीपरिवारको नाशको बाटो पनि बन्न पुग्यो । त्यही डोरी बाटिँदै जाँदा जोशीलाई राणासरकारले रक्ताम्मे पा¥यो, मानसिक यातना दियो र नेलसहित जेल हाल्यो । त्यसपछि जोशीपरिवार एक्कासि आर्थिक सङ्कटमा भास्सियो । त्यतिमात्र होइन माधवराज जोशीका परिवारलाई पानी काड्नेदेखि समाज बहिष्कार गर्नेसमेत काम भयो । साथै उनका छोराहरू अमरराज, शुक्रराज र वाक्पतिराज पढ्दै गरेका दरबार स्कुलबाट निकालिए । त्यसपछि चन्द्रकान्ता पनि आमा र दाजुहरूसँग तत्कालै काठमाडौं उपत्यकाबाहिर लागिन् ।
१९६४ सालको आखिरीतिर चन्द्रकान्ताहरू वीरगन्ज पुगे । त्यहाँ उनीहरूसँग सामान्य किसिमका लाउने र सुत्ने कपडाबाहेक सम्पत्तिका नाउँमा फुटीकौडी थिएन । त्यसै बेलाको प्रसङ्गमा उनले भनेकी छिन् “बाँच्नका निम्ति रछ्यान चाट्नुपर्छ भने पनि हामी बाध्य थियौँ ।” बलियी र मोटी भएका कारण त्यस बेला यिनकी आमाले ढिकीमा धान कुटेर पनि छोराछोरीको प्राणरक्षा गरिन् ।

काठमाडौं सहरमा चन्द्रकान्ताका व्यक्तित्वको रौनक नै बेग्लै हुन गयो । राणाहरूसँग पनि खुलस्त बोल्न सक्ने क्षमता भएकी र प्रमुख गुरुमासमेत हुँदा उनी झनै चमत्कारी देखिइन् । त्यस घडीको वस्तुस्थितिलाई उनले आफ्नो
बेलाको स्थितिका बारे चन्द्रकान्तादेवीले आफ्नै आत्मकहानीमा लेखिन् “…हामीहरू गोरखपुर, लखनउ, देहरादून, मुसुरी, गढवालजस्ता ठाउँमा भतुवा लाग्दै हिँड्न थाल्यौँ ।”
माधवराज जोशी सपरिवार देहरादून पुगे । त्यहाँ उनका छोराहरू क्रमश: अमरराज मेरठस्थित स्वामी तुलसीदासकहाँ पढ्नका निम्ति गए, शुक्रराज स्वामी अच्युतानन्दको शरणमा देहरादूनमा नै बसे अनि वाक्पतिराजचाहिँ सिकन्दरवादमा रहेको गुरुकुल शिक्षा ग्रहण गर्न हानिए । चन्द्रकान्ताचाहिँ मेरठस्थित डा. रामचन्द्र कन्या पाठशालामा भर्ना भइन् । यी चारैवटा गुरुकुलमा खान, बस्न र पढ्न पैसा लाग्दैनथ्यो । त्यसैले जोशीपरिवारको जीवन धान्न ती स्कुलहरूले राहत दिएका थिए ।
चन्द्रकान्ता स्कुलमा भर्ना हुँदा नौ वर्षकी थिइन् । उनलाई एक्कैचोटि आमाको काख छोड्नु निक्कै गाह्रो थियो । त्यसैले उनलाई उनका बुबाले फुल्याउँदै भनेका थिए “हेर छोरी ! विदुषी भयौ भने मजासँग जीवनमा सुख भोग्न पाउने छ्यौ; कथंकदाचित् दुःखी भइहाल्यौ भने पनि तिमीलाई विद्याले सबै दुःखहरूलाई कालकूटसरह सहन गर्ने शक्ति दिनेछ ।” त्यस बेला चन्द्रकान्तालाई जबर्जस्ती स्कुल पठाइयो । उनी प्राय: सधैँ रोइरहन्थिन् ।
डा. रामचन्द्र भन्नु चन्द्रकान्ताका धर्मपिता झैँ प्रिय थिए । उनले पनि आफ्नी धर्मपुत्री र चन्द्रकान्तालाई बराबरी माया गरे । स्कुल छुट्नेबित्तिकै उनले ती दुवै केटीलाई प्राय: बग्गी चढाएर सहर घुमाउँथे । रामचन्द्रको पितृवत् स्नेहका कारण चन्द्रकान्ताको मन क्रमश: स्कुलमा गाँसिँदै थियो । तर उनी स्कुलमा भर्ना भएको केही वर्षमा डा.रामचन्द्रको चोला उठ्यो । त्यस प्रसङ्गलाई उनले आफ्नो पुस्तकमा पनि लेखिन् “अब कन्या पाठशाला फुङ्ग उडेको धर्तीजस्तै, डरलाग्दो भूतबङ्गला लाग्न थाल्यो । प्रेमको शीतल रूख नै गल्र्यामगुर्लुम्म ढलिसकेपछि अमृतको घडा नै पान गराइए पनि गुमेको प्रेमको मीठो स्वाद लिनु सम्भव थिएन । त्यस्तो स्थितिमा त्यहाँबाट पिण्ड छुटाउनु नै एक मात्र ओखती मैले पाएँ । मैले “मलाई लिन पठाउनुहोस्” भनी पिताजीलाई पत्र लेखेँ ।”
चन्द्रकान्ताको चिठी पढेर माधवराज जोशीले आफ्नी छोरी लिन पठाए । त्यस बेला जोशीचाहिँ दार्जिलिङको आर्यसमाजको अध्यक्ष थिए । दार्जिलिङ पुगेपछि चन्द्रकान्ताको पढाइका लागि जोशीको दौडधूप सुरु भयो । कुचविहारकी रानीद्वारा खोलिएको स्कुलमा बङ्गाली केटीहरूले मात्र पढ्न पाउने भए तापनि जोशीको अनुनयविनयका कारण चन्द्रकान्ताले सोही स्कुलमा भर्ना पाइन् । चन्द्रकान्ताले राम्रो स्कुलमा पढ्न त थालिन् तर उनको मनमा चाहिँ बादल लागेको थियो । त्यसै प्रसङ्गमा चन्द्रकान्ताले आफ्नो किताबमा लेखेकी छन् “ममाथि अब आत्मग्लानिको भवसागर खनिन आइपुेको थियो । सबै केटीहरू धनीका छोरीहरू मात्र हुनाले दिनदिनै नयाँ लुगामा चिटिक्क परेर पुतलीझैँ सिँगारिएर स्कुल आउँथे । म भने भीखमङ्गा झुम्राकी पुतलीसरहÓ । नोकरहरू उनीहरूलाई मीठास्वादिला खाजा लिएर आउँथे; म भने टिफिनका समयमा धारातर्पm दौडन्थेँ । अनि कलकली पानी पिएर टम्म अघाएको बहाना गरिदिन्थेँ । त्यस स्कुलमा अङ्ग्रेजी, बङ्गाली, संस्कृत, सङ्गीत, सिलाइ, बुनाइ, ड्रइङड्रिल सबै कुरा सिकाइन्थ्यो ।Ó बिस्तारै मभित्र जागृतिको नयाँ लहर नजानिँदो गरी उम्लिन थाल्यो । नेपालमा कन्या स्कुल छैन भन्ने वेदनाले मुटुमा चस्सचस्स घोच्न थाल्यो । म अठोट गर्दै जान थालेँ— नेपालमा पनि कन्या स्कुल नखोली छाड्दिनँ ।”
नेपाल छाडेको सात वर्षपछि माधवराज जोशीका परिवार पुन: नेपाल फर्किए । त्यस घडी जोशीलाई वीरगन्जमै छाडेर अरू सबै काठमाडौं उक्ले । चन्द्रकान्ताचाहिँ काठमाडौं आइपुगेर सर्वप्रथम आफ्ना बुबाका निम्ति माफी माग्न श्री ३ चन्द्रशमशेरका ढोकामा पुगिन् । दार्जिलिङको रहनसहनमा सिँगारिएकी सोह्र वर्षीय किशोरी गगल्स, हिलजुत्ता र नयाँ पहिरनका साथ राणाका दरबारमा पुग्दा राणाका कारिन्दादेखि मालिकसम्म मन्त्रमुग्ध भइसकेका थिए । त्यसैले माधवराज जोशीले १९७२ सालको आगमनसँगै सम्पूर्ण माफी पाए ।
चन्द्रकान्ताले चन्द्रशमशेरसमक्ष कन्या स्कुल खोल्न पाऊँ भनी फेरि बिन्ती गरिन् । तर चन्द्रशमशेरले उनको त्यस बिन्तीलाई जवाफ दिए “स्वास्नीमानिसहरूको स्कुल हुँदैन ।” चन्द्रशमशेरको मन दुख्ने वचन सुनेर चन्द्रकान्ता पनि उनको छायाबाट अलग्ग हुन चाहिन् ।
चन्द्रकान्ता चन्द्रशमशेरको शेषपछि श्री ३ भीमशमशेरनजिक पनि पुगिन् । तर काम पट्याउने बेलामा भीमशमशेरले प्राणत्याग गरे । त्यसपछि जुद्धशमशेर श्री ३ भए । अनि अनेक जुक्ति खियाएर उनी श्री ३ जुद्धलाई भेट्न नागार्जुन दरबार पुगिन् । चन्द्रकान्तालाई देख्नेबित्तिकै नागार्जुनको वन थर्काएर जुद्धशमशेर गर्जे “कन्या स्कुल खोल्छु भन्ने तिमी नै होइन त ?” चन्द्रकान्ताले जुद्धशमशेरसमक्ष झनै विनम्रता जाहेर गरिन् । अन्तत: श्री ३ जुद्धको निगाहले चन्द्रकान्ताले १९९० सालमा काठमाडौंमा कन्या स्कुल खोलिन् । त्यसपछि उनी जुद्धशमशेरकी झनै भक्त भइन् ।

डायरीमा पनि कोरेकी थिइन् “स्कुल जाँदा र फर्किंदा बाटामा मानिसहरू मलाई यस्तरी हेरिरहेका हुन्थे, मानौँ म पनि कुनै एउटी महारानी हुँ ।” त्यति बेला घरबाट बाहिर निस्कँदा उनी दसहाते सारी लगाएर हिँड्ने गर्थिन् ।
कन्या स्कुलमा नारीलाई आदर्श ज्ञान सिकाउने शिक्षा त छँदै थियो । त्यसका साथै काट्ने, बुन्ने, बेलबुट्टा भर्न सिकाउने स्कुलको प्रमुख कार्य थियो । सुरुमै त्यस स्कुलमा दुई सय विद्यार्थी पुगेका थिए । त्यस घडी त्यो स्कुल दिन दुई गुना र रात चौगुनाको हिसाबले प्रचारमा आयो । हुँदाहुँदै नेपालमा पहिलो उद्योग प्रदर्शनी भएका बेला त्यस स्कुलको पनि प्रमुख सहभागिता रहेको थियो । सो उद्योग प्रदर्शनीको श्री ३ जुद्धले नै उद्घाटन गरेका थिए र कन्या स्कुलका केटीहरूले उनको स्वागतमा स्वागतगान गाएका थिए । अनि गीतचाहिँ शुक्रराज शास्त्रीले लेखेका थिए:
जुद्ध ज्योतिको प्रकाश
स्वतन्त्र देशको विकास ।
जुद्धशमशेरको स्तुति गरेर गीत रचेको चार वर्ष नपुग्दै श्री ३ जुद्धले शुक्रराज शास्त्रीलाई झुन्ड्याउने हुकुम दिए । आफ्ना दाजु सहिद भएको घटनाले चन्द्रकान्ताको छाती काँक्राको चिराझैँ भयो । त्यस बेला उनी राणालाई सराप्तै र धिक्कार्दै डाँको छाडेर रोइन् ।
चन्द्रकान्ताको जीवन आरम्भदेखि नै घातैघातको èाृङ्खला बन्दै आयो । बिहे गर्न नचाहँदानचाहँदै उनी उमेश्वरलाल मल्लसँगको मायाजालमा फसिन् । उमेश्वरले चन्द्रकान्तालाई टुना गरे, मुना गरे, गीत लेखे, चिठी लेखे । उनले हरेक कसरत गरेर चन्द्रकान्तालाई आफ्नो प्रेमको माखेसाङ्लोले बाँधे । त्यसैले उनी अठार वर्षको उमेरमा मल्लकी उपपत्नी भइन् । तर बिहेको भोलिपल्टै उनका पति घरबाट भागे र बेपत्ता भए । त्यसपछि चन्द्रकान्ता केशरमहल पसिन् । तर उनी त्यहाँको रहनसहनमा भिज्न नसकेपछि उनले दार्जिलिङमा बसेका आफ्ना दाजु शुक्रराजलाई चिठी लेखिन् । शुक्रराजले पनि एउटा बिन्तीपत्र लेखेर उनलाई दरबार छोड भन्ने आदेश दिए । त्यसपछि चन्द्रकान्ता केशरमहलबाट बाहिर निस्किन् ।
दाजुहरूको लहैलहैमा लागेर चन्द्रकान्ता फेरि पतिविहीन घर पुगिन् । सुरुमा त्यहाँ उनलाई हरेक यातना दिँदा पनि उनले सहिन् । त्यस घडी उनलाई त्यहाँ कसैले बेस्या भने, कसैले उनको करङ खुस्काउने धम्की दिए र घरपरिवार मिलेर उनको जात पनि काढे । तर उनी रगतका आँसु पिएरै भए पनि त्यही घरमै बसिन् । चन्द्रकान्ता अनेक अपमान र तिरस्कार सहेर बस्ता पनि सौतालगायतको सानो जुलुसले उनलाई घोक्य्राएर घरबाटै निकाल्यो । त्यसपछि उनी फेरि माइतमै बस्न थालिन् ।
१९९६ सालमा उमेश्वरलाल मल्ल नायबसुब्बा भए । त्यस बेला एकातिर उनकी जेठी स्वास्नी बिरामी भइन् । अर्कातिर कान्छी स्वास्नी गुरुमाका रूपमा प्रसिद्ध भएकी थिइन् । साथै आफ्नी कान्छी पत्नीसँग श्री ३ जुद्धको न्यानो सम्बन्धको हल्लाखल्ला पनि उनका कानमा आइपुग्यो । त्यसैले बिहे गरेको चौबीस वर्षपछि उनले आफ्नी कान्छी पत्नीलाई कन्या स्कुल छाड्ने सर्तमा घरमा हुले । चन्द्रकान्ता पनि पतिको इच्छाबमोजिम आफ्नो प्राणप्रिय स्कुल छाडेर पतिका पछि लागिन् । तर घरमा प्रवेश गरेपछि उनलाई सबैले पुन: घृणा गरे, फेरि अपमान गरे र अछूतै राखे । उनकी सौता मरेपछि मात्र त्यस घरमा उनको हैसियत बढ्यो । उमेर छिप्पिएपछिको पतिसँगको सम्बन्धले गर्दा चन्द्रकान्ताका सन्तानचाहिँ भएनन् ।
चन्द्रकान्तादेवीको सामाजिक व्यक्तित्व उच्चकोटिको थियो । त्यसैले उनी २०११ सालमा श्री ५ त्रिभुवनबाट सल्लाहकार सभामा मनोनीत भइन् । त्यसपछि उनी २०१३ सालमा सोभियत रुसमा अन्तर्राष्ट्रिय युवा भेलामा सहभागी भइन् । साथै २०१५ सालमा उनी श्री ५ महेन्द्रबाट राजनीतिक पीडित सहायता समितिको सदस्यमा मनोनीत भइन् । यसरी बाँचुन्जेल उनी नेपाली समाजमा चर्चित भइरहिन् ।
चन्द्रकान्तादेवीले काठमाडौंमा आफ्ना दाजु शुक्रराज शास्त्रीका नाउँमा २०१८ सालमा स्कुल खोलिन् । उनी शहिद शुक्र विद्यालयमा २०२२ सालदेखि आठ वर्षसम्म प्रधानाध्यापिका भइन् । क्रमश: सो स्कुल भौतिक रूपले पनि सुसज्जित बन्यो । उनले आफ्ना गरगहना र सारा सम्पत्ति त्यही स्कुलमा लगेर खन्याइन् ।
चन्द्रकान्ताका पति २०३५ सालमा स्वर्गे भए । पतिको निधनसँगै उनको जीवनको एउटा पट्यारलाग्दो नाटकले पनि विश्राम लियो । त्यसपछिका दिनमा पनि सौताका छोरा परमेश्वरले उनलाई रुवाउनु रुवाए, दुक्ख दिनु दिए र सताउनु सताए ।
मैयाँ मल्लको भनाइअनुसार वृद्धावस्थामा पनि चन्द्रकान्तादेवी मल्ल जोसिली थिइन् । उनी काम गरेर थाक्तिनथिन् । अन्तत: यस भूमिको सेवार्थ जुट्ताजुट्तै २०४३ साल असार ३१ गते चन्द्रकान्ता

मल्ल स्वर्गीय भइन् । उनलाई मर्ने बेलामा चौथो श्रेणीको गोरखादक्षिणबाहु पनि भिराइयो । उनले विभिन्न सामाजिक सङ्घ संस्थाहरूबाट थुप्रै अभिनन्दनहरू पाइसकेकी थिइन् । वास्तवमा जसले जे दिए पनि र कसैले केही नदिए पनि चन्द्रकान्तादेवी मल्लको छोटो परिचय भन्नुपर्दा उनी नेपालकी सबैभन्दा ठूली शिक्षासेवी नारी, प्रथम प्रधानाध्यापिका र आत्मकथा लेख्ने प्रथम नारीका रूपमा प्रतिष्ठापित भइन् । यिनै योगदानका कारण उनी नेपाली नारीहरूमा अमर पनि बनिन् ।
…………………………………….
मेरठको कन्या पाठशालाका संस्थापक दम्पती डा.रामचन्द्र र ज्वालादेवीका आफ्ना सन्तान थिएनन् । उनीहरूले त्यहाँ विद्यालय स्थापना गरी झन्नै छ करोड रुपियाँको सम्पत्ति पनि त्यस विद्यालयलाई दान दिएका थिए । त्यहाँ अनाथ कन्यालाई मात्र पढाइन्थ्यो; तर त्यहाँ भर्ना भइसकेका नानीहरूलाई धनाढ्यका छोरीझैँ ठाँटिला बनाइन्थ्यो । अनि त्यहाँका कन्याको बिहे पनि त्यस्तै वर खोजेर धूमधामका साथ गराइन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *