चौथो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

परेवाका बथानमा ऊ घेरिएकी थिई । परेवा, जताततै परेवा मात्र थिए । उसका दृष्टिले भ्याउने सम्पूर्ण दूरीसम्म परेवा थिए । त्यो एउटा भिरालो डा“डो थियो । सपनामा त्यहा“सम्म नीला आभासस“ग पुगेकी थिई । आभास परेवाका बथानले छोपिएको थियो । अन्ततः परेवाभित्रै आभास हराएको थियो । नीला निसास्सिएको अनुभूतिमा आभासलाई खोज्दै थिई । त्यसै बेला नीला निद्राबाट बिउ“झिएकी थिई । कोठामा भएका ठूलठूला झ्यालबाट कठिनताकासाथ घाम पस्न खोजिरहेको थियो । झ्यालमा बाक्ला खाले ठूलठूला पर्दा लगाइएका थिए । राति ढाकिएका पर्दा बिहान उघारिएका थिएनन् तर पनि पर्दाबाट छिरेको घामबाट दिन निकै बितिसकेको सहजै अनुमान गर्न सकिन्थ्यो । सपनामा देखिएका असङ्ख्य परेवाको एक किसिमको आतङ्कबाट अब नीला टाढिइसकेकी थिई । आभास सुतेको बिछ्यौनाको भाग रित्तो थियो । ऊ जुरुक्क उठी र सबैभन्दा पहिले झ्यालका पर्दा उघारी । बाक्लो पर्दाका भित्रपट्टि झ्यालको तलतिरको आधा भागमा सेतो जालीदार पर्दा लगाइएको थियो । अब घाम ≈वात्तै कोठामा पसेको थियो । काठमाडौ“को ड्ढागुन महिनाको एउटा सुन्दर बिहान झन्नै झन्नै बितिसकेको थियो । नीलाले पलङमै गा“सिएको साइडटेबलमा भएको घडीमा आ“खा पु¥याई । बिहानको नौ बजिसकेको रहेछ । त्यसै बेला बिरालो सुताइएको झोलुङ्गोमा पनि उसका आ“खा परे । त्यहा“ बिरालो थिएन । “ला ¬ बिरालो ¬ †” अचानक बिहानीपखको बिरालाको दृश्य उसका आ“खामा आयो ।
नीला हतारहतार आभासको खोजीमा बैठककोठातिर लम्किई, तर घर चकमन्न थियो । बाहिर निस्कने क्रममा ठूलो हलमा ऊ पुगेकी थिई । “मङ्गलमान, राजा कता सवारी भइस्यो ?” भित्तामा टा“गिएका पेन्टिङ र ठाउ“ठाउ“मा सजाइएका मूर्तिहरूबाट धूलो सड्ढा गर्दै गरेको घरको नोकर मङ्गलमानलाई देखेपछि उसले आभासबारे सोधेकी थिई ।
“राजा, बिरालोलाई ताजा हावा खुवाउन भनेर बगै“चामा सवारी भएको छ । किन र रानीसाहेब ?” मङ्गलमान आपूmले गर्दागर्दैको काम छोडेर नीलाका अघि अदबसाथ उभिएको थियो ।
“ए ऽऽऽ त्यसो भए बिरालो मरेको रहेनछ †” नीला मनमनै ढुक्क भई । “होइन, केही होइन≤ यसै राजालाई नदेखेर सोधेको मात्रै ।” नीला मङ्गलमानस“ग हत्तपत्त बोलेर लगत्तै त्यहा“बाट आÏनो कोठामा ड्ढर्केकी थिई ।
नीला नुहाइसकेर बाथरुममै गा“सिएको ˘ाृङ्गारकक्षमा बसेर ˘ाृङ्गार गर्न लागी । उसले मन नलागी नलागी बाध्यता भोगेजस्तो ˘ाृङ्गार पारी ।
नीला सम्पूर्ण रूपले तयार भएर कोठामा आउ“दा पनि आभास आएको थिएन । नीला बैठकमा पुगेर त्यहा“को झ्यालमा उभिई । त्यो झ्यालबाट आभासको ठूलो र मनोरम बगै“चा राम्ररी देखिन्थ्यो । नभन्दै अहिले पनि आभास बगै“चामा बनाइएका काठका झै“ देखिने ड्ढलामको बेन्चमा आरामस“ग बसेको थियो र उसको खुट्टा नजिकै बिरालो यताउति घुम्दै थियो । “बिरालो निको भएछ” उसले मनमनै ठह¥याई ।
“तिमी निदाएकी थियौ≤ उठाउन मन लागेन । मिलनलाई बिहानको हावाले राम्रो हुन्छ भनेर म सात बजे नै बगै“चामा गएको । हेरन, अहिले यो कति फ्रेस भएको छ ।” आÏना दुवै हातलाई छातीमा जोडेर बिरालाका लागि बस्ने ठाउ“ बनाएको आभासको छातीमा रमाएर बसेको बिरालोले नीलालाई हेरिरहेको थियो । उज्यालो अनुहार लगाएर नीलाका अघिल्तिर उभिएको आभासको छातीमा टा“सिएको बिरालाको छाउरो निसन्देह सुन्दर थियो, तर नीलालाई मन परेन । त्यहा“ आÏनो मनको कुरो व्यक्त गर्ने वातावरण पनि नीलालाई लागेन र आभासको प्रफुल्लतालाई रमाएर साथ दिन पनि उसले सकिन ।
“तिमी आज अड्ढिस जाने हो ?” आभासले नीलालाई त्यही“ उभिएरै सोधेको थियो । “होइन≤ आजसम्म बिदा छ, भोलिदेखि जानुपर्छ ।” नीलाले आभासको अनुहार र बिरालोबाट समेत आÏनो दृष्टि हटाएर भनेकी थिई । “तिमीले ब्रेकड्ढास्ट खायौ ?” आभासको यस प्रश्नले नीलालाई थप चोट पु¥याएको थियो । यो घरमा कहिल्यै पनि एक्लै केही नखाएकी नीलालाई आभासको यो प्रश्न एकदमै

पराई लागेको थियो । नीला केही पनि बोल्न सकेकी थिइन । “मङ्गलमान † मिलनलाई उसको कोठामा लगेर राख् र यसको हेरविचार गर् । एघार बजे यसलाई औषधी खुवाउनुपर्छ । त्यस बेला तैले मलाई सम्झाएस् है †” आभासले बिरालो मङ्गलमानलाई दिएको थियो । मङ्गलमानले पनि आभासले जस्तै आÏना दुवै हातलाई एकअर्कास“ग जोड्दै छातीमा टा“सेर बिरालाका लागि आसन बनाएको थियो । आभासको छातीबाट बिरालो हट्नेबित्तिकै नीलालाई आपूmभित्रको भारी हलुङ्गो भएको अनुभूति भएको थियो । उनीहरूभन्दा अघिअघि हि“डिरहेको मङ्गलमान उनीहरूको सुत्ने कोठा र बैठककोठा बीचको एउटा ढोका खोलेर त्यहा“भित्र पसेको थियो । त्यसअघि नीलाले त्यहा“ पनि कोठा छ भन्ने यादै गरेकी थिइन । त्यहा“ बिरालाका लागि पनि छुट्टै कोठा भएको कुरा थाहा पाएर ऊ अचम्ममा परेकी थिई । नीलाले त्यसरी छक्क परेर हेरेको देखेपछि आभासका ओठमा पनि केही मुस्कान छरिएका थिए । “तिमीले देखेकी थिइनौ ? यो कोठा बिरालाको नै हो । यो घर बनाउ“दा बुवाहजुरले आÏनो स्टुडियो बनाउने हिसाबले यो कोठा बनाउनु भएको थियो रे † तर बुवाहजुर यो घरमा पाहुनाजस्तो भएर आउने भएकाले यो कोठा स्टुडियोका रूपमा कहिल्यै आएन । मैले बिरालो पाल्ने रहर गरेपछि मम्मीहजुरले यो कोठा मेरो बिरालोका लागि दिइस्सेको थियो ।” आÏनो अ“गालोमा नीलालाई राखेर आभासले उसलाई बिरालाको कोठामा पु¥याएको थियो । “यो बिरालाको दराज हो । यसमा बिरालाका लागि चाहिने सबै कुरा राखिएको छ ।” त्यो कोठामा भएको एउटा दराज देखाउ“दै उसले भनेको थियो । “यी एलबममा मेरा सबै बिरालाका तस्बिरहरू छन् । कुनै फुर्सतको दिन हेरौ“ला ।” दराजको खापा उघारेर उसले एलबमका चाङ देखाउ“दा नीला झनै आश्चर्यचकित भएकी थिई । त्यो कोठा बैठकभन्दा सानो र उनीहरूको सुत्ने कोठाकै हाराहारीको थियो । कोठाको भुइ“मा टम्म पारेर गलै“चा ओछ्याइएको थियो । कोठा बन्द भइराखेर होला, कोठाबाट ओसजस्तो गन्ध तीव्र रूपमा आइरहेको थियो । “मङ्गले † यो कोठा कहिल्यै सड्ढा गर्दैनस्, झ्याल खोल्नुपर्दैन ? हेर गन्हाएको ।” आभासले पनि कोठाको गन्ध महसुस गरेर मङ्गलमानलाई हप्काएको थियो । मङ्गगलमान बिरालो भुइ“मा राखेर झ्याल खोल्न लागेको थियो । भुइ“मा राखिएको बिरालोले आभासका खुट्टानेर आएर “म्याउ“” ग¥यो । “मेरो मिलन †” आभासले भावविभोर हु“दै पुनः बिरालो बोकेर छातीमा ट“ासेको थियो । यस बेला आभासको अनुहारमा प्रसन्नताका लहरहरू आइरहेका थिए । नीलाका अनुहारमा भने ऊ आड्ढै“ले पनि थाहै नपाई बादल लागिसकेको थियो । “आभासलाई यत्ति सारै मनपर्ने यो बिरालो मलाई किन मनै पर्दैन ।” नीलाले मनमनै आड्ढै“स“ग प्रश्न गरेकी थिई । तर यस प्रश्नको जवाड्ढ दिन उसको मनले पनि सकेन । “आभास † यस्ता जनावरहरू पाल्दा त रेबिज हुन्छ रे होइन ?” आपूmलाई बिरालो मननपर्ने कुरा नीलाले यसरी व्यक्त गरेकी थिई । “होइन, होइन≤ बिरालोले केही हु“दैन । ससाना बच्चाहरूलाई यसका रौ“ले गर्दा डिप्थेरिया हुने डर हुन्छ । ठूलालाई त बिरालाका कारण कुनै रोग भएको अहिलेसम्म सुनिएको छैन । तिमीले भनेको कुरा कुकुर, बा“दर आदि जन्तुमाचाहि“ लागू हुन्छ ।” आभासले आपूmले जानेसम्मको जानकारी नीलालाई दि“दा विद्यार्थीले मास्टरलाई पाठ बुझाए झै“ बुझाएको थियो ।
बिरालाको कोठा भनिएको त्यस कोठाका भुइ“मा प्लास्टिकका केही रङ्गीचङ्गी गोलहरू छरिएका थिए । नाइलनको डोरीमा नक्कली खरायोको रौ“ले बनाइएको मुसो पनि त्यहा“ थियो । त्यहा“ भित्तामा भुइ“बाटै ठड््याइएको एउटा ठूलो ऐना पनि थियो ।
“मङ्गले, राम्ररी खेला है मिलनलाई, यसलाई चोट लाग्ला, बिरामी पनि छ, सानो त छ“दै छ ।” आभासले मिलनलाई आपूmबाट अलग पार्न नचाहेजस्तो गरेर भुइ“मा राखेको थियो ।
त्यसपछि त्यस कोठाबाट निस्किएर उनीहरू आÏनो कोठामा पुगेका थिए । “तिमी बस्तै गर, म नुहाएर आइहाल्छु ।” आभासले नीलालाई कोठामा पु¥याएपछि भनेको थियो । “तिमी टेलिभिजन हेर्दै गर न” बाथरुमको ढोकामा पुगेर पनि आभास ड्ढर्केर आएको थियो । टेलिभिजन खोलिदिएर रिमोट नीलाका हातमा दिएर ऊ बाथरुम पसेको थियो । उसले टेलिभिजनका सबै च्यानलहरूमा आ“खा पु¥याएकी थिई, तर कुनै पनि च्यानलमा उसको मन अडिएको थिएन ।
आभास बाथरुमबाट उसको कुनै प्रिय गीत गुनगुनाउ“दै बाहिर निस्केको थियो । नीलाले सङ्गीत बुझी तर शब्द उसको सम्झनामा आएन≤ एकछिन सम्झ“दा पनि आएन । “जाऊ“, ब्रेकड्ढास्ट डाइनिङरुममै गरौ“” आभासले गाएको गीतको शब्द ड्ढेला पार्न लागेकी नीलालाई आभासले बाथरुमको ढोकैबाट बोलाएको थियो । त्यसपछि टी.भी. बन्द गरेर ऊ पनि आभासको पछि लागेकी थिई । आभास उत्साहित पाइलाले अघि बढ्दै थियो । नीला भने आभासकी पत्नी नभएर पाहुनाको अनुभूतिमा उसको पछिपछि डाइनिङ रुमसम्म पुगेकी थिई ।
“दलबहादुर दाइ, हामीलाई छिट्टो बे्रकड्ढास्ट ल्याऊ त †” भित्ताको घडी हेर्दै आभासले भनेको थियो । “राजा बाहिर सवारी होइबक्सने हो कि ? बे्रकड्ढास्टको समय बितिसकेकाले आज ज्यूनार गरिबक्सन्छ भन्ठानेर मैले छिट्टै भुजा नै तयार गर्दै छु ।” दलबहादुर दाइले विनम्र स्वरमा बिन्ती बिसाएका थिए । “होइन≤ अहिले बाहिर कतै नजाने । पौने एघार भएछ, एघार बजे मिलनलाई औषघी खुवाउनुपर्छ । भुजालाई कति बेर लाग्ला ?” आभासले सोधेको थियो । “अब पन्ध्रबीस मिनेटमा तयार भइसक्छ ।” दलबहादुर दाइले भित्ताको घडी हेर्दै भनेका थिए । “ए त्यसो भए मिलनलाई औषधी खुवाएपछि हामी भुजै खाने≤ हु“दैन त नीला ?” आभासले दलबहादुर दाइलाई निर्देशन दिएको थियो र सो निर्देशनमा उसले नीलाको पनि औपचारिक सहमति खोजेको थियो । “भइहाल्छ नि † मलाई त भोक पनि लागेको छैन ।” नीलाले जवाड्ढ ड्ढर्काएकी थिई । वास्तवमा केहीबेरअघि देखापरेको उसको भोक केही क्षणअघि अचानक हराएको थियो ।
त्यसपछि उनीहरू बैठककोठामा आएर बसेका थिए । नीलाका अनुहारमा हलुका पीडाका रङहरू छरिएका थिए । आभासका अनुहारमा उत्साह र उमङ्गका रङ पोखिएका थिए । आभासको अनुहारका रङहरूले नीलालाई थप पीडाबोध भइरहेको थियो । नीलाका लागि त्यसपछिको समय रसहीन भएरै बितेको थियो ।
त्यस दिन पनि आभास दिनभरि नै बिरालाको खोजखबरमा लागिर≈यो । दिउ“सो एकपल्ट डा. दत्त पनि बिरालाको सन्चोबिसन्चो सोध्न आएको थियो । “तपाईंले ठूलो गुन लाउनुभयो डाक्टरसाहेब † हिजो राति तपाईं नआएको भए मेरो मिलन खत्तम हुने थियो ।” आभासले डा. दत्तको ढाडमा धाप मार्दै भनेको थियो । “मैले त्यस्तो के गरे“ र राजा † त्यो त मेरो कर्तव्य नै थियो≤ आपूmले जानेको कुरो ।” डा. दत्तले हा“स्तै भनेको थियो । “डाक्टरसाहेब, भरे सा“झ यतै बसौ“ न † आजको डिनर हामीकहा“ गरौ“ हुन्न ?” आभासले डाक्टरलाई बिदा गर्ने बेलामा उसस“ग हात मिलाउ“दै भनेको थियो । “हो र राजा † कति बजे आऊ“ ?” डाक्टर दत्त निम्तोकै प्रतीक्षामा भएझै“ उत्साही भएर बोलेको थियो । “छ बजे नै आउनोस् न, छिट्टै भेला हु“दा केहीबेर कुराकानी पनि गर्न पाइन्छ ।” आभासले भनेको थियो ।
त्यसपछि डा. दत्त बिदा भएको थियो । “बिचरो डाक्टर राति त्यसरी बोलाउनासाथ नआइदिएको भए के हुन्थ्यो के ?” डाक्टर गएको बाटोतिर कृतज्ञतापूर्ण दृष्टिले हेर्दै आभासले भनेको थियो ।
त्यसै बेलुकी डाक्टर र आभासले रक्सी पिएका थिए । नीलाले चिसो पेय लिएर उनीहरूलाई साथ दिएकी थिई । डाक्टर पा“च पेग रक्सी पिएर पनि अझै थप्ने उत्साहमा थियो । “हाम्रो तलबले यस्ता मह“गाखाले रक्सी पिउन कहा“ पुग्छ र राजा † हजुरहरूजस्तै मनकारी मानिसहरूको दयामायामा कहिलेकाही“ पिउन पाइन्छ । त्यसो त म ज्यान गए पनि सस्तोखाले रक्सी पिउ“दिन राजा ।” रक्सी लाग्दै गएपछि डा. दत्तले उसको गोपनीयता खोलेको थियो । “मानिसहरू भूmटो सान देखाउ“छन् । अस्तिको हप्ता पुराना सचिवज्यूको बिदाइ र नया“ सचिवज्यूको स्वागतमा हाम्रो पशुस्वास्थ्य चिकित्सक संघका अध्यक्ष डा. पन्तले एउटा डिनरको आयोजना गरेका थिए । भुर्कुट नक्कली रक्सी≤ ब्ल्याकलेबल र रेडलेबलको बोतलमा च्यालेन्जर भरेर राखेको रहेछ । मैले त पहिलो पेगमै चिनिहाले“ । के भन्ने कसलाई ? चुप लाग्नु सिवाय के गर्नु र ? तर कसैलाई केही मतलब हु“दो रै’नछ । घटाघट सबैले पिए । म एकजना मात्र एक पेगमा थन्किए“ । मलाई सबैले कर गर्दै थिए तर मैले “सन्चो छैन” भनेर टारे“ ।” डा. दत्त केही लरबराएको स्वरमा बोल्दै थियो ।
“राजा, भनिबक्सियोस् त च्यालेन्जर किन भर्नुपरेको तिनीहरूलाई † रेडलेबल धान्न नसके च्यालेन्जर भनेर नै राखिदिए भइहाल्छ नि ?” डा. दत्त आÏनो असन्तुष्टि पोख्न व्यस्त थियो । “तर राजा, मानिसहरू च्यालेन्जरलाई रेडलेबल र ब्ल्याकलेबल भनेर गर्वका साथ पिउ“दा रहेछन् । डा. पन्तलाई सबैले सम्मान गरेका थिए, “ओहो कस्तो दिलदार मानिस, रेडलेबल र ब्ल्याकलेबल त पानीसरह खुवाएका थिए । पार्टी भनेको त त्यस्तो होस् न †” हाम्रा डाक्टरसापहरूको समूहमा डा. पन्त त हीरो नै भएका थिए ।” डा. दत्तको रक्सी अब चूप नलाग्ने गरी चम्केजस्तो थियो ।

“रानीसाहेबले लिई बक्सेन ?” नीलातिर पनि डा. दत्त लक्षित थियो । “उनी रक्सी पिउन्नन्” आभासले नीलाको साटो जवाड्ढ दिएको थियो ।
आभास तेस्रो पेगको चुस्की लिं“दै थियो । डा. दत्त छैटौ“ पेगमा अघि बढ्दै थियो । “मलाई रक्सी लागेको जस्तो भएको छ राजा, अब मैले सुत्नुपर्छ । म घर जानुप¥यो ।” केही लर्बराएको आवाजमा दत्तले भनेको थियो । जुरुक्क उभिएको डा. दत्त पुनः सोड्ढामा बसेको थियो । “भुजा खाएर जाने होइन ?” आभासले भनेको थियो । “होइन ? अब भुजा खान सक्तिन“ म, घरमा गएर थपक्क सुत्छु । ड्ढेरि स्न्याक्स धेरै खाएकाले पेट पनि भरिएको छ ।” उभि“दै डा. दत्तले भनेको थियो र ड्ढेरि थ्याच्च सोड्ढामै बसेको थियो । “तपाईं कसरी मोटर हा“क्नुहुन्छ ? तपाईंको मोटर भोलि लैजानुहोला≤ अहिले मेरो मोटरमा पु¥याइदिन्छु ।” आभासले डाक्टरको स्थितिको अवलोकन गरेर भनेको थियो ।
“आइ एम सरी राजा † धेरै दिनपछि राम्रो रक्सी खान पाउ“दा अलि धेरै नै भएछ≤ मलाई होसै भएन ।” डा. दत्तले दुवै हात जोडेर भनेको थियो । “केही छैन≤ डाक्टर साहेब † बरु तपाईं भुजा नखाने नै हो भने तपाईंलाई पु¥याएर आऊ“ ।” आभासले घडीमा आ“खा पु¥याएको थियो । घडीले दश बजाएर पनि अघि बढिसकेको थियो । विशालनगरबाट सीतापाइला डाक्टरको घरसम्म पु¥याएर आउन आभासलाई झन्नै एकघण्टा लागेको थियो ।
त्यस सा“झ डा. दत्त र आभासका बीच धेरै बेरसम्म मिलनको रोग, उपचार, हेरचाह र उसको राम्रो स्वास्थ्यका लागि पालन गर्नुपर्ने विषयमा नै धेरैजसो कुराकानी केन्द्रित भएको थियो । झी“जोलाग्दो वातावरण र विषयले नीला आजित भइसकेकी थिई । अझ पछिल्लो समयमा डा. दत्तलाई पु¥याउन गएको आभासलाई रातको चकमन्नतामा पर्खेर बस्नुपर्दा नीलालाई त्यस रात अपार खिन्नताबोध भइरहेको थियो ।
“मङ्गले, ए मङ्गले † मिलनले दूध खायो ?” डा. दत्तलाई पु¥याएर घरको ढोकाबाट पस्नासाथ आभास चिच्याएको थियो । “छैन हजुर” मङ्गलमानको मधुरो स्वर आएको थियो । “हेर त्यो बिचरा कति भोकायो होला † छिटो लेर आइज त्यसको दूधदानीमा दूध ।” आभासले बिरालाको कोठामा प्रवेश गर्दै मङ्गलमानलाई आदेश दिएको थियो ।
आभासले बिरालो बोकेर बैठककोठामा ल्याएको थियो । केही बेरमै दलबहादुर दाइले दूधदानीमा दूध हालेर ल्याएका थिए । “राजा, मङ्गलेले मिलनलाई दूध खुवाउ“छ । हजुरहरू भुजा ज्यूनार गरिस्योस्≤ चिसो भइसक्यो ।” दलबहादुर दाइले आÏनो पछिपछि आएको मङ्गलेलाई देखाउ“दै भनेका थिए । “भैगो, यता देऊ दूधदानी । यो मङ्गले केही कामको छैन । मैले बिर्संदा आज मिलन भोकै भयो । मिलनलाई दूध खुवाइसकेपछि मात्रै हामी भुजा खाने, है नीला †” आभासले नीलाको पनि सहमति खोजेको थियो । नीलाले टाउको हल्लाएर सहमति जनाएकी थिई । दलबहादुर दाइ पराजित भाव बोकेर त्यहा“बाट ड्ढर्केका थिए । मङ्गले त्यतै कतैतिर छेउलागेर अपराधी भावमा उभिरहेको थियो । सोड्ढामा बिरालोलाई सुताएर आपूm भुइ“ गलै“चामा बसेर आभास दूधदानीबाट बिरालोलाई दूध चुसाइरहेको थियो । बिरालोले पनि घटघटी दूध खाइरहेको थियो । बोतलमा दूध रित्तिएपछि आभासले बिरालोलाई उसैको कोठामा पु¥याएर मङ्गलेको जिम्मा लगाएको थियो ।
उनीहरू त्यस रात खाना खाइसकेर आÏनो कोठामा आउ“दा घडीले बाह्र बजाउनै लागेको थियो । “पख है † म मिलनलाई लिएर आउ“छु ।” सुत्ने कोठामा पसिसकेको आभासका आ“खा रित्तो झोलुङ्गोमा परेपछि ऊ तुरुन्तै कोठाबाट बाहिरिएको थियो । त्यसको एकैछिनमा छातीमा बिरालो टा“सेर ऊ ड्ढर्किएको थियो ।
बिरालोलाई उसको पलङमा सुताएर आभास रात्रिपोसाकमा नीला नजिक आएको थियो । नीलालाई निद्राभन्दा धेरै आभासकै प्रतीक्षा थियो । आभासले अ“गालोमा आपूmलाई बा“ध्नासाथ उसले आÏना मनका सबै तुसहरू पखालिसकेकी थिई । “जे भए पनि आभास मेरो हो र ऊ अब बिहानसम्म मेरो हुनेछ≤ रात ढीलै बितिदिए हुने थियो ।” आÏना मनमा यस्तै कल्पना सजाएकी नीलाले क्रमशः आपूmलाई सम्पूर्ण रूपले आभासमै समर्पण गर्दै थिई । “बुझ्यौ नीला † अब मिलनलाई केही पनि हु“दैन । हिजो राति त मलाई असाध्य डर लागेको थियो । मेरो आ“खा पनि कस्तो पोलेको छ । हिजो राति निद्रा पनि पुगेको छैन । तिमी त निदायौ हैन ?” नीलालाई अ“गालोमा राखेको आभासले नीलालाई आÏनो विषय बनाउन सकेको थिएन । “हेर न, बिहान मिलन छिट्टै उठ्छ । सबेरै यसलाई बगै“चामा घुमाउनुपर्छ≤ मङ्गलेको भर छैन । मैले नगरे यो मर्छ ।” नीलाले आभासको अ“गालोबाट निसास्सिएर आपूmलाई मुक्त पारी । “हे भगवान् †” अचानक नीलालाई आपूm निरीह भएको अनुभूति भयो र उसले मनमनै भगवान् गुहार्न पुगेको पनि स्वयं उसैले पत्तो पाएकी थिइन ।
“मेरो शरीर पनि कति सारो दुखेछ, दिनभरि त पत्तै पाइन“ ।” आभासले पनि नीलालाई अ“गालेको हात झिकेर उत्तानो पर्दै भनेको थियो । त्यसको केहीबेरमै ऊ मस्त निद्रामा परेको थियो । निदाएको आभासको अनुहार देखेर नीलालाई यसै नरमाइलो लागिर≈यो≤ उसलाई क्वा“क्वा“ डा“को छाडेर रोऊ“रोऊ“ लागेर पनि आएको थियो । नीला रुन पनि सकिन । निद्राको समय बितिसकेको कारणले हो अथवा किन हो ? उसको निद्रा पनि हराएजस्तो भएको थियो । नीला निद्रा बोलाउने क्रममा ओल्टेकोल्टे ड्ढर्कंदै रात बिताउ“दै थिई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *