Uncategorized

चौथो दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

परेवाका बथानमा ऊ घेरिएकी थिई । परेवा, जताततै परेवा मात्र थिए । उसका दृष्टिले भ्याउने सम्पूर्ण दूरीसम्म परेवा थिए । त्यो एउटा भिरालो डा“डो थियो । सपनामा त्यहा“सम्म नीला आभासस“ग पुगेकी थिई । आभास परेवाका बथानले छोपिएको थियो । अन्ततः परेवाभित्रै आभास हराएको थियो । नीला निसास्सिएको अनुभूतिमा आभासलाई खोज्दै थिई । त्यसै बेला नीला निद्राबाट बिउ“झिएकी थिई । कोठामा भएका ठूलठूला झ्यालबाट कठिनताकासाथ घाम पस्न खोजिरहेको थियो । झ्यालमा बाक्ला खाले ठूलठूला पर्दा लगाइएका थिए । राति ढाकिएका पर्दा बिहान उघारिएका थिएनन् तर पनि पर्दाबाट छिरेको घामबाट दिन निकै बितिसकेको सहजै अनुमान गर्न सकिन्थ्यो । सपनामा देखिएका असङ्ख्य परेवाको एक किसिमको आतङ्कबाट अब नीला टाढिइसकेकी थिई । आभास सुतेको बिछ्यौनाको भाग रित्तो थियो । ऊ जुरुक्क उठी र सबैभन्दा पहिले झ्यालका पर्दा उघारी । बाक्लो पर्दाका भित्रपट्टि झ्यालको तलतिरको आधा भागमा सेतो जालीदार पर्दा लगाइएको थियो । अब घाम ≈वात्तै कोठामा पसेको थियो । काठमाडौ“को ड्ढागुन महिनाको एउटा सुन्दर बिहान झन्नै झन्नै बितिसकेको थियो । नीलाले पलङमै गा“सिएको साइडटेबलमा भएको घडीमा आ“खा पु¥याई । बिहानको नौ बजिसकेको रहेछ । त्यसै बेला बिरालो सुताइएको झोलुङ्गोमा पनि उसका आ“खा परे । त्यहा“ बिरालो थिएन । “ला ¬ बिरालो ¬ †” अचानक बिहानीपखको बिरालाको दृश्य उसका आ“खामा आयो ।
नीला हतारहतार आभासको खोजीमा बैठककोठातिर लम्किई, तर घर चकमन्न थियो । बाहिर निस्कने क्रममा ठूलो हलमा ऊ पुगेकी थिई । “मङ्गलमान, राजा कता सवारी भइस्यो ?” भित्तामा टा“गिएका पेन्टिङ र ठाउ“ठाउ“मा सजाइएका मूर्तिहरूबाट धूलो सड्ढा गर्दै गरेको घरको नोकर मङ्गलमानलाई देखेपछि उसले आभासबारे सोधेकी थिई ।
“राजा, बिरालोलाई ताजा हावा खुवाउन भनेर बगै“चामा सवारी भएको छ । किन र रानीसाहेब ?” मङ्गलमान आपूmले गर्दागर्दैको काम छोडेर नीलाका अघि अदबसाथ उभिएको थियो ।
“ए ऽऽऽ त्यसो भए बिरालो मरेको रहेनछ †” नीला मनमनै ढुक्क भई । “होइन, केही होइन≤ यसै राजालाई नदेखेर सोधेको मात्रै ।” नीला मङ्गलमानस“ग हत्तपत्त बोलेर लगत्तै त्यहा“बाट आÏनो कोठामा ड्ढर्केकी थिई ।
नीला नुहाइसकेर बाथरुममै गा“सिएको ˘ाृङ्गारकक्षमा बसेर ˘ाृङ्गार गर्न लागी । उसले मन नलागी नलागी बाध्यता भोगेजस्तो ˘ाृङ्गार पारी ।
नीला सम्पूर्ण रूपले तयार भएर कोठामा आउ“दा पनि आभास आएको थिएन । नीला बैठकमा पुगेर त्यहा“को झ्यालमा उभिई । त्यो झ्यालबाट आभासको ठूलो र मनोरम बगै“चा राम्ररी देखिन्थ्यो । नभन्दै अहिले पनि आभास बगै“चामा बनाइएका काठका झै“ देखिने ड्ढलामको बेन्चमा आरामस“ग बसेको थियो र उसको खुट्टा नजिकै बिरालो यताउति घुम्दै थियो । “बिरालो निको भएछ” उसले मनमनै ठह¥याई ।
“तिमी निदाएकी थियौ≤ उठाउन मन लागेन । मिलनलाई बिहानको हावाले राम्रो हुन्छ भनेर म सात बजे नै बगै“चामा गएको । हेरन, अहिले यो कति फ्रेस भएको छ ।” आÏना दुवै हातलाई छातीमा जोडेर बिरालाका लागि बस्ने ठाउ“ बनाएको आभासको छातीमा रमाएर बसेको बिरालोले नीलालाई हेरिरहेको थियो । उज्यालो अनुहार लगाएर नीलाका अघिल्तिर उभिएको आभासको छातीमा टा“सिएको बिरालाको छाउरो निसन्देह सुन्दर थियो, तर नीलालाई मन परेन । त्यहा“ आÏनो मनको कुरो व्यक्त गर्ने वातावरण पनि नीलालाई लागेन र आभासको प्रफुल्लतालाई रमाएर साथ दिन पनि उसले सकिन ।
“तिमी आज अड्ढिस जाने हो ?” आभासले नीलालाई त्यही“ उभिएरै सोधेको थियो । “होइन≤ आजसम्म बिदा छ, भोलिदेखि जानुपर्छ ।” नीलाले आभासको अनुहार र बिरालोबाट समेत आÏनो दृष्टि हटाएर भनेकी थिई । “तिमीले ब्रेकड्ढास्ट खायौ ?” आभासको यस प्रश्नले नीलालाई थप चोट पु¥याएको थियो । यो घरमा कहिल्यै पनि एक्लै केही नखाएकी नीलालाई आभासको यो प्रश्न एकदमै

पराई लागेको थियो । नीला केही पनि बोल्न सकेकी थिइन । “मङ्गलमान † मिलनलाई उसको कोठामा लगेर राख् र यसको हेरविचार गर् । एघार बजे यसलाई औषधी खुवाउनुपर्छ । त्यस बेला तैले मलाई सम्झाएस् है †” आभासले बिरालो मङ्गलमानलाई दिएको थियो । मङ्गलमानले पनि आभासले जस्तै आÏना दुवै हातलाई एकअर्कास“ग जोड्दै छातीमा टा“सेर बिरालाका लागि आसन बनाएको थियो । आभासको छातीबाट बिरालो हट्नेबित्तिकै नीलालाई आपूmभित्रको भारी हलुङ्गो भएको अनुभूति भएको थियो । उनीहरूभन्दा अघिअघि हि“डिरहेको मङ्गलमान उनीहरूको सुत्ने कोठा र बैठककोठा बीचको एउटा ढोका खोलेर त्यहा“भित्र पसेको थियो । त्यसअघि नीलाले त्यहा“ पनि कोठा छ भन्ने यादै गरेकी थिइन । त्यहा“ बिरालाका लागि पनि छुट्टै कोठा भएको कुरा थाहा पाएर ऊ अचम्ममा परेकी थिई । नीलाले त्यसरी छक्क परेर हेरेको देखेपछि आभासका ओठमा पनि केही मुस्कान छरिएका थिए । “तिमीले देखेकी थिइनौ ? यो कोठा बिरालाको नै हो । यो घर बनाउ“दा बुवाहजुरले आÏनो स्टुडियो बनाउने हिसाबले यो कोठा बनाउनु भएको थियो रे † तर बुवाहजुर यो घरमा पाहुनाजस्तो भएर आउने भएकाले यो कोठा स्टुडियोका रूपमा कहिल्यै आएन । मैले बिरालो पाल्ने रहर गरेपछि मम्मीहजुरले यो कोठा मेरो बिरालोका लागि दिइस्सेको थियो ।” आÏनो अ“गालोमा नीलालाई राखेर आभासले उसलाई बिरालाको कोठामा पु¥याएको थियो । “यो बिरालाको दराज हो । यसमा बिरालाका लागि चाहिने सबै कुरा राखिएको छ ।” त्यो कोठामा भएको एउटा दराज देखाउ“दै उसले भनेको थियो । “यी एलबममा मेरा सबै बिरालाका तस्बिरहरू छन् । कुनै फुर्सतको दिन हेरौ“ला ।” दराजको खापा उघारेर उसले एलबमका चाङ देखाउ“दा नीला झनै आश्चर्यचकित भएकी थिई । त्यो कोठा बैठकभन्दा सानो र उनीहरूको सुत्ने कोठाकै हाराहारीको थियो । कोठाको भुइ“मा टम्म पारेर गलै“चा ओछ्याइएको थियो । कोठा बन्द भइराखेर होला, कोठाबाट ओसजस्तो गन्ध तीव्र रूपमा आइरहेको थियो । “मङ्गले † यो कोठा कहिल्यै सड्ढा गर्दैनस्, झ्याल खोल्नुपर्दैन ? हेर गन्हाएको ।” आभासले पनि कोठाको गन्ध महसुस गरेर मङ्गलमानलाई हप्काएको थियो । मङ्गगलमान बिरालो भुइ“मा राखेर झ्याल खोल्न लागेको थियो । भुइ“मा राखिएको बिरालोले आभासका खुट्टानेर आएर “म्याउ“” ग¥यो । “मेरो मिलन †” आभासले भावविभोर हु“दै पुनः बिरालो बोकेर छातीमा ट“ासेको थियो । यस बेला आभासको अनुहारमा प्रसन्नताका लहरहरू आइरहेका थिए । नीलाका अनुहारमा भने ऊ आड्ढै“ले पनि थाहै नपाई बादल लागिसकेको थियो । “आभासलाई यत्ति सारै मनपर्ने यो बिरालो मलाई किन मनै पर्दैन ।” नीलाले मनमनै आड्ढै“स“ग प्रश्न गरेकी थिई । तर यस प्रश्नको जवाड्ढ दिन उसको मनले पनि सकेन । “आभास † यस्ता जनावरहरू पाल्दा त रेबिज हुन्छ रे होइन ?” आपूmलाई बिरालो मननपर्ने कुरा नीलाले यसरी व्यक्त गरेकी थिई । “होइन, होइन≤ बिरालोले केही हु“दैन । ससाना बच्चाहरूलाई यसका रौ“ले गर्दा डिप्थेरिया हुने डर हुन्छ । ठूलालाई त बिरालाका कारण कुनै रोग भएको अहिलेसम्म सुनिएको छैन । तिमीले भनेको कुरा कुकुर, बा“दर आदि जन्तुमाचाहि“ लागू हुन्छ ।” आभासले आपूmले जानेसम्मको जानकारी नीलालाई दि“दा विद्यार्थीले मास्टरलाई पाठ बुझाए झै“ बुझाएको थियो ।
बिरालाको कोठा भनिएको त्यस कोठाका भुइ“मा प्लास्टिकका केही रङ्गीचङ्गी गोलहरू छरिएका थिए । नाइलनको डोरीमा नक्कली खरायोको रौ“ले बनाइएको मुसो पनि त्यहा“ थियो । त्यहा“ भित्तामा भुइ“बाटै ठड््याइएको एउटा ठूलो ऐना पनि थियो ।
“मङ्गले, राम्ररी खेला है मिलनलाई, यसलाई चोट लाग्ला, बिरामी पनि छ, सानो त छ“दै छ ।” आभासले मिलनलाई आपूmबाट अलग पार्न नचाहेजस्तो गरेर भुइ“मा राखेको थियो ।
त्यसपछि त्यस कोठाबाट निस्किएर उनीहरू आÏनो कोठामा पुगेका थिए । “तिमी बस्तै गर, म नुहाएर आइहाल्छु ।” आभासले नीलालाई कोठामा पु¥याएपछि भनेको थियो । “तिमी टेलिभिजन हेर्दै गर न” बाथरुमको ढोकामा पुगेर पनि आभास ड्ढर्केर आएको थियो । टेलिभिजन खोलिदिएर रिमोट नीलाका हातमा दिएर ऊ बाथरुम पसेको थियो । उसले टेलिभिजनका सबै च्यानलहरूमा आ“खा पु¥याएकी थिई, तर कुनै पनि च्यानलमा उसको मन अडिएको थिएन ।
आभास बाथरुमबाट उसको कुनै प्रिय गीत गुनगुनाउ“दै बाहिर निस्केको थियो । नीलाले सङ्गीत बुझी तर शब्द उसको सम्झनामा आएन≤ एकछिन सम्झ“दा पनि आएन । “जाऊ“, ब्रेकड्ढास्ट डाइनिङरुममै गरौ“” आभासले गाएको गीतको शब्द ड्ढेला पार्न लागेकी नीलालाई आभासले बाथरुमको ढोकैबाट बोलाएको थियो । त्यसपछि टी.भी. बन्द गरेर ऊ पनि आभासको पछि लागेकी थिई । आभास उत्साहित पाइलाले अघि बढ्दै थियो । नीला भने आभासकी पत्नी नभएर पाहुनाको अनुभूतिमा उसको पछिपछि डाइनिङ रुमसम्म पुगेकी थिई ।
“दलबहादुर दाइ, हामीलाई छिट्टो बे्रकड्ढास्ट ल्याऊ त †” भित्ताको घडी हेर्दै आभासले भनेको थियो । “राजा बाहिर सवारी होइबक्सने हो कि ? बे्रकड्ढास्टको समय बितिसकेकाले आज ज्यूनार गरिबक्सन्छ भन्ठानेर मैले छिट्टै भुजा नै तयार गर्दै छु ।” दलबहादुर दाइले विनम्र स्वरमा बिन्ती बिसाएका थिए । “होइन≤ अहिले बाहिर कतै नजाने । पौने एघार भएछ, एघार बजे मिलनलाई औषघी खुवाउनुपर्छ । भुजालाई कति बेर लाग्ला ?” आभासले सोधेको थियो । “अब पन्ध्रबीस मिनेटमा तयार भइसक्छ ।” दलबहादुर दाइले भित्ताको घडी हेर्दै भनेका थिए । “ए त्यसो भए मिलनलाई औषधी खुवाएपछि हामी भुजै खाने≤ हु“दैन त नीला ?” आभासले दलबहादुर दाइलाई निर्देशन दिएको थियो र सो निर्देशनमा उसले नीलाको पनि औपचारिक सहमति खोजेको थियो । “भइहाल्छ नि † मलाई त भोक पनि लागेको छैन ।” नीलाले जवाड्ढ ड्ढर्काएकी थिई । वास्तवमा केहीबेरअघि देखापरेको उसको भोक केही क्षणअघि अचानक हराएको थियो ।
त्यसपछि उनीहरू बैठककोठामा आएर बसेका थिए । नीलाका अनुहारमा हलुका पीडाका रङहरू छरिएका थिए । आभासका अनुहारमा उत्साह र उमङ्गका रङ पोखिएका थिए । आभासको अनुहारका रङहरूले नीलालाई थप पीडाबोध भइरहेको थियो । नीलाका लागि त्यसपछिको समय रसहीन भएरै बितेको थियो ।
त्यस दिन पनि आभास दिनभरि नै बिरालाको खोजखबरमा लागिर≈यो । दिउ“सो एकपल्ट डा. दत्त पनि बिरालाको सन्चोबिसन्चो सोध्न आएको थियो । “तपाईंले ठूलो गुन लाउनुभयो डाक्टरसाहेब † हिजो राति तपाईं नआएको भए मेरो मिलन खत्तम हुने थियो ।” आभासले डा. दत्तको ढाडमा धाप मार्दै भनेको थियो । “मैले त्यस्तो के गरे“ र राजा † त्यो त मेरो कर्तव्य नै थियो≤ आपूmले जानेको कुरो ।” डा. दत्तले हा“स्तै भनेको थियो । “डाक्टरसाहेब, भरे सा“झ यतै बसौ“ न † आजको डिनर हामीकहा“ गरौ“ हुन्न ?” आभासले डाक्टरलाई बिदा गर्ने बेलामा उसस“ग हात मिलाउ“दै भनेको थियो । “हो र राजा † कति बजे आऊ“ ?” डाक्टर दत्त निम्तोकै प्रतीक्षामा भएझै“ उत्साही भएर बोलेको थियो । “छ बजे नै आउनोस् न, छिट्टै भेला हु“दा केहीबेर कुराकानी पनि गर्न पाइन्छ ।” आभासले भनेको थियो ।
त्यसपछि डा. दत्त बिदा भएको थियो । “बिचरो डाक्टर राति त्यसरी बोलाउनासाथ नआइदिएको भए के हुन्थ्यो के ?” डाक्टर गएको बाटोतिर कृतज्ञतापूर्ण दृष्टिले हेर्दै आभासले भनेको थियो ।
त्यसै बेलुकी डाक्टर र आभासले रक्सी पिएका थिए । नीलाले चिसो पेय लिएर उनीहरूलाई साथ दिएकी थिई । डाक्टर पा“च पेग रक्सी पिएर पनि अझै थप्ने उत्साहमा थियो । “हाम्रो तलबले यस्ता मह“गाखाले रक्सी पिउन कहा“ पुग्छ र राजा † हजुरहरूजस्तै मनकारी मानिसहरूको दयामायामा कहिलेकाही“ पिउन पाइन्छ । त्यसो त म ज्यान गए पनि सस्तोखाले रक्सी पिउ“दिन राजा ।” रक्सी लाग्दै गएपछि डा. दत्तले उसको गोपनीयता खोलेको थियो । “मानिसहरू भूmटो सान देखाउ“छन् । अस्तिको हप्ता पुराना सचिवज्यूको बिदाइ र नया“ सचिवज्यूको स्वागतमा हाम्रो पशुस्वास्थ्य चिकित्सक संघका अध्यक्ष डा. पन्तले एउटा डिनरको आयोजना गरेका थिए । भुर्कुट नक्कली रक्सी≤ ब्ल्याकलेबल र रेडलेबलको बोतलमा च्यालेन्जर भरेर राखेको रहेछ । मैले त पहिलो पेगमै चिनिहाले“ । के भन्ने कसलाई ? चुप लाग्नु सिवाय के गर्नु र ? तर कसैलाई केही मतलब हु“दो रै’नछ । घटाघट सबैले पिए । म एकजना मात्र एक पेगमा थन्किए“ । मलाई सबैले कर गर्दै थिए तर मैले “सन्चो छैन” भनेर टारे“ ।” डा. दत्त केही लरबराएको स्वरमा बोल्दै थियो ।
“राजा, भनिबक्सियोस् त च्यालेन्जर किन भर्नुपरेको तिनीहरूलाई † रेडलेबल धान्न नसके च्यालेन्जर भनेर नै राखिदिए भइहाल्छ नि ?” डा. दत्त आÏनो असन्तुष्टि पोख्न व्यस्त थियो । “तर राजा, मानिसहरू च्यालेन्जरलाई रेडलेबल र ब्ल्याकलेबल भनेर गर्वका साथ पिउ“दा रहेछन् । डा. पन्तलाई सबैले सम्मान गरेका थिए, “ओहो कस्तो दिलदार मानिस, रेडलेबल र ब्ल्याकलेबल त पानीसरह खुवाएका थिए । पार्टी भनेको त त्यस्तो होस् न †” हाम्रा डाक्टरसापहरूको समूहमा डा. पन्त त हीरो नै भएका थिए ।” डा. दत्तको रक्सी अब चूप नलाग्ने गरी चम्केजस्तो थियो ।

“रानीसाहेबले लिई बक्सेन ?” नीलातिर पनि डा. दत्त लक्षित थियो । “उनी रक्सी पिउन्नन्” आभासले नीलाको साटो जवाड्ढ दिएको थियो ।
आभास तेस्रो पेगको चुस्की लिं“दै थियो । डा. दत्त छैटौ“ पेगमा अघि बढ्दै थियो । “मलाई रक्सी लागेको जस्तो भएको छ राजा, अब मैले सुत्नुपर्छ । म घर जानुप¥यो ।” केही लर्बराएको आवाजमा दत्तले भनेको थियो । जुरुक्क उभिएको डा. दत्त पुनः सोड्ढामा बसेको थियो । “भुजा खाएर जाने होइन ?” आभासले भनेको थियो । “होइन ? अब भुजा खान सक्तिन“ म, घरमा गएर थपक्क सुत्छु । ड्ढेरि स्न्याक्स धेरै खाएकाले पेट पनि भरिएको छ ।” उभि“दै डा. दत्तले भनेको थियो र ड्ढेरि थ्याच्च सोड्ढामै बसेको थियो । “तपाईं कसरी मोटर हा“क्नुहुन्छ ? तपाईंको मोटर भोलि लैजानुहोला≤ अहिले मेरो मोटरमा पु¥याइदिन्छु ।” आभासले डाक्टरको स्थितिको अवलोकन गरेर भनेको थियो ।
“आइ एम सरी राजा † धेरै दिनपछि राम्रो रक्सी खान पाउ“दा अलि धेरै नै भएछ≤ मलाई होसै भएन ।” डा. दत्तले दुवै हात जोडेर भनेको थियो । “केही छैन≤ डाक्टर साहेब † बरु तपाईं भुजा नखाने नै हो भने तपाईंलाई पु¥याएर आऊ“ ।” आभासले घडीमा आ“खा पु¥याएको थियो । घडीले दश बजाएर पनि अघि बढिसकेको थियो । विशालनगरबाट सीतापाइला डाक्टरको घरसम्म पु¥याएर आउन आभासलाई झन्नै एकघण्टा लागेको थियो ।
त्यस सा“झ डा. दत्त र आभासका बीच धेरै बेरसम्म मिलनको रोग, उपचार, हेरचाह र उसको राम्रो स्वास्थ्यका लागि पालन गर्नुपर्ने विषयमा नै धेरैजसो कुराकानी केन्द्रित भएको थियो । झी“जोलाग्दो वातावरण र विषयले नीला आजित भइसकेकी थिई । अझ पछिल्लो समयमा डा. दत्तलाई पु¥याउन गएको आभासलाई रातको चकमन्नतामा पर्खेर बस्नुपर्दा नीलालाई त्यस रात अपार खिन्नताबोध भइरहेको थियो ।
“मङ्गले, ए मङ्गले † मिलनले दूध खायो ?” डा. दत्तलाई पु¥याएर घरको ढोकाबाट पस्नासाथ आभास चिच्याएको थियो । “छैन हजुर” मङ्गलमानको मधुरो स्वर आएको थियो । “हेर त्यो बिचरा कति भोकायो होला † छिटो लेर आइज त्यसको दूधदानीमा दूध ।” आभासले बिरालाको कोठामा प्रवेश गर्दै मङ्गलमानलाई आदेश दिएको थियो ।
आभासले बिरालो बोकेर बैठककोठामा ल्याएको थियो । केही बेरमै दलबहादुर दाइले दूधदानीमा दूध हालेर ल्याएका थिए । “राजा, मङ्गलेले मिलनलाई दूध खुवाउ“छ । हजुरहरू भुजा ज्यूनार गरिस्योस्≤ चिसो भइसक्यो ।” दलबहादुर दाइले आÏनो पछिपछि आएको मङ्गलेलाई देखाउ“दै भनेका थिए । “भैगो, यता देऊ दूधदानी । यो मङ्गले केही कामको छैन । मैले बिर्संदा आज मिलन भोकै भयो । मिलनलाई दूध खुवाइसकेपछि मात्रै हामी भुजा खाने, है नीला †” आभासले नीलाको पनि सहमति खोजेको थियो । नीलाले टाउको हल्लाएर सहमति जनाएकी थिई । दलबहादुर दाइ पराजित भाव बोकेर त्यहा“बाट ड्ढर्केका थिए । मङ्गले त्यतै कतैतिर छेउलागेर अपराधी भावमा उभिरहेको थियो । सोड्ढामा बिरालोलाई सुताएर आपूm भुइ“ गलै“चामा बसेर आभास दूधदानीबाट बिरालोलाई दूध चुसाइरहेको थियो । बिरालोले पनि घटघटी दूध खाइरहेको थियो । बोतलमा दूध रित्तिएपछि आभासले बिरालोलाई उसैको कोठामा पु¥याएर मङ्गलेको जिम्मा लगाएको थियो ।
उनीहरू त्यस रात खाना खाइसकेर आÏनो कोठामा आउ“दा घडीले बाह्र बजाउनै लागेको थियो । “पख है † म मिलनलाई लिएर आउ“छु ।” सुत्ने कोठामा पसिसकेको आभासका आ“खा रित्तो झोलुङ्गोमा परेपछि ऊ तुरुन्तै कोठाबाट बाहिरिएको थियो । त्यसको एकैछिनमा छातीमा बिरालो टा“सेर ऊ ड्ढर्किएको थियो ।
बिरालोलाई उसको पलङमा सुताएर आभास रात्रिपोसाकमा नीला नजिक आएको थियो । नीलालाई निद्राभन्दा धेरै आभासकै प्रतीक्षा थियो । आभासले अ“गालोमा आपूmलाई बा“ध्नासाथ उसले आÏना मनका सबै तुसहरू पखालिसकेकी थिई । “जे भए पनि आभास मेरो हो र ऊ अब बिहानसम्म मेरो हुनेछ≤ रात ढीलै बितिदिए हुने थियो ।” आÏना मनमा यस्तै कल्पना सजाएकी नीलाले क्रमशः आपूmलाई सम्पूर्ण रूपले आभासमै समर्पण गर्दै थिई । “बुझ्यौ नीला † अब मिलनलाई केही पनि हु“दैन । हिजो राति त मलाई असाध्य डर लागेको थियो । मेरो आ“खा पनि कस्तो पोलेको छ । हिजो राति निद्रा पनि पुगेको छैन । तिमी त निदायौ हैन ?” नीलालाई अ“गालोमा राखेको आभासले नीलालाई आÏनो विषय बनाउन सकेको थिएन । “हेर न, बिहान मिलन छिट्टै उठ्छ । सबेरै यसलाई बगै“चामा घुमाउनुपर्छ≤ मङ्गलेको भर छैन । मैले नगरे यो मर्छ ।” नीलाले आभासको अ“गालोबाट निसास्सिएर आपूmलाई मुक्त पारी । “हे भगवान् †” अचानक नीलालाई आपूm निरीह भएको अनुभूति भयो र उसले मनमनै भगवान् गुहार्न पुगेको पनि स्वयं उसैले पत्तो पाएकी थिइन ।
“मेरो शरीर पनि कति सारो दुखेछ, दिनभरि त पत्तै पाइन“ ।” आभासले पनि नीलालाई अ“गालेको हात झिकेर उत्तानो पर्दै भनेको थियो । त्यसको केहीबेरमै ऊ मस्त निद्रामा परेको थियो । निदाएको आभासको अनुहार देखेर नीलालाई यसै नरमाइलो लागिर≈यो≤ उसलाई क्वा“क्वा“ डा“को छाडेर रोऊ“रोऊ“ लागेर पनि आएको थियो । नीला रुन पनि सकिन । निद्राको समय बितिसकेको कारणले हो अथवा किन हो ? उसको निद्रा पनि हराएजस्तो भएको थियो । नीला निद्रा बोलाउने क्रममा ओल्टेकोल्टे ड्ढर्कंदै रात बिताउ“दै थिई ।

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *