आठौं र नवौं दिन – उसको लोग्ने र बिरालो (उपन्यास)

दिनगन्तीका हिसाबले यो आठौ“ दिन भए पनि उसको एउटा विषय र प्रसङ्गको समाप्ति भएको दिन हो आज । बाहिर झमझम पानी परिरहेछ । नीलालाई पानी परेको सारै मन पर्छ । पानी भन्ने दृश्य र शब्दस“गै पनि उसको ठूलो मोह छ । उसका मनपर्ने वस्तुहरूको सूचीमा पानीको नाम एक नम्बरमै राख्नुपर्ला । तर उसलाई यति विघ्न मनपर्ने पानीको विध्वंस देख्दै, सुन्दै र बुझ्दै आएपछि हिजोआज पानी पर्दा पनि उसलाई डर लाग्छ । आपूmले जन्माएको सन्तान विध्वंसक भएपछिको सन्तानप्रतिको मोहजस्तै भएको छ— पानी हिजोआज उसका लागि । यही पानीका कारण हजारौ“ मानिस मरेका र लाखौ“ मानिस घरबारविहीन भएको समाचार टेलिभिजनमा हेरेपछि पानीप्रतिको उसको वितृष्णा बर्सेनि बढ्दै गएको हो । त्यसैले हिजोआज आÏनो हट्टाकट्टा लायकदार र सुन्दर आबारा छोरोजस्तै भएको छ पानी उसका लागि । उसको कोठाको झ्यालबाट वर्षाको सङ्गीत सुन्दै र एकनासको बर्साइ हेर्दै ऊ आनन्द र पीडाको दोसा“धमा पौडिइरहेकी छ, तर वर्षालाई नीलाका अनुभूतिस“ग कुनै सरोकार छैन । मान्छेका विकासका ठूलठूला उपलब्धिलाई निमेषभरमै तुच्छ तुल्याउन सक्ने प्रकृतिको लीलाबाट मानवजाति अझैसम्म पराजित भएको कुराले पनि उसलाई नमीठो पीडा दिने गर्छ ।
अब पानी पर्न पूरै छोडेको छ र बले“सीबाट पानी खसिरहेको कर्कश आवाज भने उसका कानमा ठोक्किइरहेको छ । हिजोमात्र किनेको कोरियन कम्बलले टाउकोसमेत छोपेर उसले आपूmलाई त्यो आवाजबाट पर पार्न खोजी, तर त्यो आवाजले भने उसलाई कम्बलभित्र पनि लखेटिरह्यो । बरु भरखरै किनिएको नया“ कम्बलको एक किसिमको बास्ना भने उसको नाकले सम्हाल्न लागेको छ । धेरै बेरसम्म ऊ मुख छोपेर सुत्नै सक्तिन । बानी नै छैन । एकदम निसास्सिन्छे । त्यसैले केही बेरमै उसले आÏनो मुखबाट कम्बल हटाई । लामोलामो सास ड्ढेरेर आपूmलाई कैदमुक्त अनुभूतिमा ल्याइपु¥याई । बले“सीको पानी खसेको आवाज अझै एकनासले कोठाको वातावरणमा ड्ढैलिएका कारण उसको मन एकतमासको भइरह्यो । नया“ कम्बलको गन्धले भने उसको मनमा एक किसिमको आनन्द छाउन खोजेको छ । बले“सीको धाराले डुबाउन लागेको बेला नया“ कम्बलको हरकले बचाउन लागेको जस्तो लाग्यो उसलाई । मानिसलाई डुबाउन र बचाउन कत्ति पनि बेर नलाग्ने कुरा पनि यस बेला उसका मनमा आए ।
ओछ्यानमा लमतन्न परेर नै ऊ आÏनो नया“ कोठा नियाल्दै छे । एकजना मानिसलाई जीवनयापनका लागि चाहिने सबै कुरा छन्— उसको यो एककोठे घरमा । एउटा सुत्ने कोठा, स“गै टा“सिएको सानो भान्साघर र स“गै स्नानगृह भएको शौचालयले गर्दा यहा“ उसका सामान्य आवश्यकता सजिलै पूरा हुन्छन् । यसबाहेक टी.भी., फ्रिज, ओभन, वासिङमेसिन, इमेल र इन्टरनेट जोडिएको कम्प्युटरसमेतको व्यवस्थाले गर्दा उसको यो घर कुनै पनि सम्पन्न मानिसको घरकै हाराहारीको सुविधादायी थियो । त्यसो त इमेल र इन्टरनेटका बारे उसलाई त्यति राम्रो ज्ञान पनि छैन र उसको राख्ने विचार पनि थिएन । तर उसकी छोरी स्मृतिले सारै नै रहर गरेकी हुनाले उसले पनि इमेल र इन्टरनेट राखेकी हो । “मामु, तिमीले इन्टरनेट र इमेल राखिनौ भने म बेलायत गएपछि कसरी हामी कुराकानी गर्ने ?” स्मृतिले त्यसपछि इमेल र इन्टरनेटका ड्ढाइदाहरूको बेलीबिस्तार लगाएकी थिई । छोरीको रहर पूरा गर्ने इच्छाले नै उसले कम्प्युटर र इमेल पनि आÏनो घरमा राखेकी हो । यो उसको सानो घरमा सबै कुरा हु“दाहु“दै पनि यस घरमा पाहुनापाछाका लागि भने कुनै व्यवस्था छैन र त्यसरी व्यवस्था नभएको कुराले उसलाई नमज्जा हुनुको सट्टा मज्जा लागेको छ≤ किनभने आजसम्मको अनुभवले पाहुनाहरूबाट कुनै रमाइलो अनुभूति स“गाल्ने अवसर उसले पाएकी छैन । सुखका बेलामा डकारीडकारी खाने तिनै पाहुनाले दुःखका बेला उपहास गरेको अनुभव पनि उसले स“गालेकी छ । त्यसैले अबको यो नया“ घरमा पाहुनाको ‘प’का लागि पनि स्थान

नराख्दा उसलाई एक किसिमको अनौठो सुखद मिठास भएको छ । त्यसो त यो तयारी घर किन्ने क्रममा दुईओटा र तीनओटा सुत्ने कोठा भएका घरहरू पनि दलालद्वारा उसलाई नदेखाइएका होइनन् । आÏनी एकमात्र छोरी स्मृति पनि लगत्तैजसो विदेश पढ्न जाने र उसका लागि छुट्टै कोठाको व्यवस्था गर्ने कुरामा स्वयम् स्मृतिले नै पनि अस्वीकार गरेकी हुनाले उसले यही एककोठे घर नै रोजेकी हो । त्यसैले आपूmस“ग पर्याप्त धन हु“दाहु“दै पनि उसले आपूmबाहेक अरूका लागि नहुने यो घर किनेकी हो ।

हिजोसम्म मानिस भन्ने जीवस“गको आत्मीय न्यानोले भिज्ने उसलाई आज तिनै मानिसको सूक्ष्मांशले पनि पिरोल्न थालेको छ । मानिसको गल्लो स्वादले आजित भएकी ऊ अब मानिसस“ग ननजिकिने निर्णयमा पनि पुगेकी छ ।
बिहा गर्ने, घर बनाउने वा किन्ने र छोराछोरी पाउने कुरा आपूmले चाहेर मात्र हु“दैन भन्ने भनाइमध्ये घर बनाउने कुरामा चाहि“ उसको पनि सहमति भएको छ । पा“च वर्षअघि अर्थात् दर्पणस“ग पारपाचुके गर्नासाथ उसले घर बनाइहाल्न वा किनिहाल्न खोजेकी थिई । त्यस बेला जति नै कोसिस गर्दा पनि भनेजस्तो घर नपाउनाले उसले आÏनो इच्छा थन्क्याउनुपरेको थियो । त्यसपछिका समयमा पनि एउटा न एउटा बाधा अडचनले उसको घरसम्बन्धी इच्छा था“ती रहेको थियो । यस बीचका समयमा ऊ भाडाका घरमा बसेकी थिई । पैसा तिरेपछि महानगरमा राम्राराम्रा घर नपाइने कुरा पनि थिएन, तर जति नै सुविधासम्पन्न घरमा गतिलो भाडा तिरेर बस्दा पनि आÏनोपनको अनुभूति भने उसले पाउन सकेकी थिइन । सबै कुराको सुख भएर पनि भाडाका घरमा पराईपनको अनुभूतिमै उसले पा“च वर्ष बिताई सकेकी थिई ।
यो घर हिजो मात्र किनिएको भए पनि यसको पृष्ठभूमि भने छ महिनाअघि नै सुरु भएको थियो । उसको अड्ढिसकै एकजना साथीले चिनाइदिएको रामजी शर्मा नाम गरेको दलालले उसलाई यो घर किन्ने वातावरण मिलाइदिएको थियो ।
महानगरीय जीवनको अर्को ड्ढाइदा पनि उसलाई भएको थियो । उसका लागि आवश्यक सम्पूर्ण सामग्रीहरूको सूचीमात्र उसले दिएकी थिई । उसका मागअनुसारका सम्पूर्ण सामग्रीहरूको व्यवस्था रामजीले नै गरिदिएको थियो र उसले सोअनुसारको भुक्तानीमात्र गरेकी थिई । आपूmले चाहेअनुसारको घरमा ऊ आजैदेखि मालिक्नी भएको गर्वसमेत समेटेर बसिरहेकी छ ।
अहिले बाहिर सा“झ पर्न लागेको छ । खास रुखपात नभएको यो परिसरमा पनि भ“गेराहरूको चा“चा“ ची“ची“ सुनि“दै छ । चराचुरुङ्गीको बास बस्ने बेलाको खैलाबैला र बिहान उठेर होहल्ला गर्ने शैली उसलाई मन पर्छ ।

आभासको घरपरिसरमा केही ठूलठूला रुखहरू पनि भएकाले त्यहा“ भ“गेराका साथसाथै ढुकुर, कोइली, काग, लामपुछ्र«्रे, रुपीलगायत अरू कतिपय नया“ र राम्राराम्रा चराचुरुङ्गीहरू पनि देख्न पाइन्थ्यो । हिजो सा“झ र बिहान पनि त्यहा“ उसले डढेको मन बोकेर ती चराचुरुङ्गी हेरेको कुरा उसका सम्झनामा यस बेला पनि ताजै छ ।
यो राजधानीको सा“गुरो बसाइमा आभासको घरबासको क्षेत्र निकै ड्ढराकिलो मान्नुपर्छ । एउटा खानदानी परिवारको एक्लो छोरो आभासलाई सम्भ्रान्त भन्न सकिने धेरै आधारहरू छन् । मधेसमा मौजासमेत भएको आभासको काठमाडौ“को घर उसको कलाकार बाबुका सिर्जनाहरूको सङ्ग्रहालय नै हो भन्दा पनि ड्ढरक पर्दैन । मनग्गे उमेर बा“चेर दिवङ्गत भइसकेको आभासको बाबु सा“च्चै मरिसकेको हो र ? भन्ने प्रश्नले आभासका घरमा बसुन्जेल उसलाई बारम्बार पच्छ्याइरहन्थ्यो । घरको हाताभित्र प्रवेश गर्नासाथ ढोकैदेखि लिएर हरेक कोणप्रतिकोण, कोठाचोटा जताततै आभासका बाबुको कलाकारिता बा“चिरहेको देखेपछि नै उसलाई आभासको कलाकार बाबु मरेको छैन, ऊ त्यो घरभरि बा“चिÂहेको छ भन्ने अनुभूतिले छोपेको थियो । आभासका नाताले त्यस घरमा प्रवेश गरेकी उसलाई त्यसरी हरेक ठाउ“मा उसको बाबु सलबलाएको त्यो घर आभासको जस्तो कत्ति पनि लागेन । कसोकसो त्यस घरमा उसलाई आपूm निसास्सिएको जस्तो लाग्यो । ≥“आभास † तिमी किन यो घरमा बसेको, यो घर त तिम्रो कलाकार बाबुको नामको सङ्ग्रहालय बनाउनु राम्रो हुन्छ ।” आÏना मनमा आएका “यी चित्र र मूर्तिका डङ्गुर आभासले किन जम्मा गर्नुपरेको होला ?” भन्ने भावनालाई उसले यसरी व्यक्त गरेकी थिई । आपूmलाई मनमा लागेको कुरो तुरुन्तै अभिव्यक्त

गरिहाल्नुपर्ने खालको उसको स्वभावले गर्दा पनि उसले आÏना मनमा त्यस बेला उब्जेका कुराहरू आभासलाई सुनाउन अनुकूल शब्द राखेर नै भनेकी थिई । आÏनो मुखबाट शब्दहरू खुस्किसकेपछि भने “आभासलाई मैले भनेका कुराले चित्त पो दुख्यो कि ? उसको बाबुका चित्र र मूर्ति राखेको कुराको मैले उसका घरमा प्रथम प्रवेशकै दिनमा यसरी भन्नुहुन्थ्यो कि हु“दैनथ्यो ?” भन्ने पछुतोजस्तो पनि उसलाई हुन खोजेको थियो । “का“ त्यसो भनेर हुन्छ र ? विदेशतिरजस्तो यता सरकारले कलाकारको संरक्षण गर्ने चलन छैन । बुबाहजुरका कलाकृति कति छन् कति † यहा“ भएका त बुबाहजुरलाई मनपरेका र मलाई पनि मनपरेका केही कलाकृति मात्रै हुन् । कुनै दिन हाम्रो मौजामा तिमीलाई लैजान्छु अनि देखौली तिमीले बुबाहजुरका सम्पूर्ण सिर्जनाहरू ।” आभासले उसको अपेक्षाविपरीत अझ आÏनै बाबुको कलाकारिताको बखान गरेको थियो । “मैले उहा“ले थोरै कलाकृति सिर्जना गर्नुभएको भनेकी कहा“ हु“ र ? यस्ता कलाकृति नै कलाकृति भएको घरलाई त कलाकै सङ्ग्रहालय बनाउनुपर्छ पो भनेकी हु“ ।” नीलाले आपूmभित्र भएको कलाकृतिप्रतिको वितृष्णालाई लुुकाउन खोज्दै भनेकी थिई । “नीला † तिमीले भनेको कुरा यहा“ त्यति सजिलो छैन । अहिलेको परल मोल मात्रै पनि सरकारले मलाई दिन सक्तैन । यत्रो सम्पत्ति उपयोग गर्न नसक्ने सरकारलाई मैले यसै सुम्पने कुरा पनि त भएन । मैले अहिले बुबाहजुरका कलाकृतिहरूको जति संरक्षण गरेको छु त्यति यहा“ अरू कसैले गर्दैनन् नीलू ।” आभासले आÏना यी कुराहरू केही जोस र केही आद्र्रता मिसिएको स्वरमा भनेको थियो । आभासका पछिल्ला वाक्यले नीलाका मुखमा पनि बुजो हालिदिएजस्तै भएर यो कुरो ड्ढेरि उनीहरूबीच कहिल्यै आएन पनि । त्यसो त त्यस बेला नीलाले आभासका लागि आÏनो मुख बन्द गरे पनि उसको अन्तर्मन आभासका कुरामा पटक्कै सहमत हुन सकेको थिएन । “कठै आभास † तिमी अस्तित्वविहीन भएर यो घरमा कसरी बा“चेका छौ ?” उसको मनान्तरमा आभासका लागि दयाका यस्ता भावना उब्जेका थिए ।

त्यसपछिका दिनमा आभासस“ग उसको कलाकार बाबु अथवा उसको घरबारे नीलाले कहिल्यै टिप्पणी गर्न उपयुक्त ठानिन । बरु अब उसले आपूmलाई आभासकी प्रेमिकाभन्दा बढी सो गृहपरिसर भ्रमणका लागि आएकी पर्यटकको अनुभूतिमा डो¥याएकी थिई । चित्रकला र मूर्तिकलाप्रति खास कुनै रुचि नभएकी ऊ अब घण्टौ“सम्म आभासका बाबुका कलाकृतिमा आपूmलाई भुलाउने व्यर्थ प्रयत्नमा लागेकी थिई ।

आभासस“ग परिचय हुनासाथ नीला उसको घरमा पुगेकी पनि होइन । त्यसो त आभास उसका लागि नवपरिचित मानिस पनि थिएन । नीलाको पूर्वपति दर्पणका झुन्डका झुन्ड साथीमध्येकै एउटा साथी आभास पनि हो । नीलाको पहिलो बिहे हुनुभन्दा पच्चीस वर्षअघिदेखि नै आभासस“ग नीलाको परिचय थियो । नीलाका लागि दर्पणका अरू साथीभाइ र आभासबीच एउटा घटनाका कारण अन्तर परेको थियो । घटना यस्तो थियो— स्मृति जन्मेका बेला नीलालाई रगत चढाउनुपर्ने भएको थियो । त्यस बेला आभासले नीलाका लागि रगत दिएको थियो । अहिलेको जस्तो ब्लड ब्याङ्क त्यस बेला भइदिएको भए आभासले उसलाई दिएको रगतको महइभ्व आभासकै सेरोड्ढेरोमा घुम्ने थिएन । आपूmलाई रगत दिने आÏनो रक्तसमूहको व्यक्तिसमेत बिरामीका मान्छेले बन्दोबस्त गर्नुपर्ने समयमा नीलाको ओ पोजिटिभ समूहको रगत उसका परिवारमा कसैको पनि नभएपछि एउटा सङ्कटकालीन अवस्थाको सिर्जना भएको थियो । त्यस क्षण आभासले नीलाका लागि आÏनो रगत दान गरेको कुरा पछि दर्पणका मुखबाट उसले सुनेकी थिई । त्यसपछि स्मृतिको पास्नीका बेलामात्रै आभासस“ग उसको भेट भएको थियो । “तपाईंले मलाई आÏनो रगत दिएर ठूलो गुन लगाउनुभयो । त्यस बेला तुरुन्त रगत नपाएको भए सायद म ¬” नीलाले भावविभोर भएर कृतज्ञता ज्ञापन गरेकी थिई । “हामीकहा“ रक्तदान गर्ने परिपाटी सुरु नभएकाले यो ठूलो कुरा भएको हो । विदेशतिर यो सामान्य कुरो हो । तपाईं स्वस्थ्य हुनु भो । मेरो रगत बेकार भएन ।” आभासले जवाड्ढ दिएको थियो । आभासको कुरो सा“चो हु“दाहु“दै पनि उसको बोल्ने अथवा उसलाई जवाड्ढ ड्ढर्काउने शैली नीलालाई पटक्कै मन परेन । केहीअघि आभासस“ग कुरा गर्दागर्दै नीला भने संवेदनापूर्ण भावमा झन्नैझन्नै तरल हुन खोजेकी थिई, तर आभासले उसको संवेदनात्मक आवाजको कम्पन महसुस नै गरेको थिएन । “कस्तो रुखो मानिसको रगत मेरो शरीरमा परेछ ।” त्यस बेला उसलाई कसोकसो आड्ढै“देखि वितृष्णा हुन खोजेको थियो ।
त्यसपछिका दिनहरूमा आभासस“ग उसको खास भेटघाट पनि भएन, न त उसले नै आभासस“ग भेट्ने चासो लिएकी थिई । त्यसो त दर्पणका साथीहरूमध्येको एउटा साथीका रूपमा

कहिलेकाही“ उनीहरूका घरमा भित्रिने आभासको क्रम भने रोकिएको थिएन । आभासस“गको आकर्षण भग्नावस्थामा पुगे तापनि आÏनो शरीरमा उसको रगत पनि मिसिएको कुराले गर्दा नीलाले दर्पणका अरू साथीभाइलाईजस्तै आभासलाईचाहि“ चटक्कै बिर्सिन भने सकेकी थिइन ।
यौवनावस्थाका प्रारम्भिक Ôणमा जीवनमा आपूmले चाहेकाचाहेका कुराहरू मात्र हुन्छन्जस्तो नीलालाई लाग्थ्यो । तर जीवन भोग्दै जाने क्रममा उसका आÏनै सोचाइलाई ऊ आड्ढै“ले गलत भन्न बाध्य हुनुपरेको थियो । जीवनयात्राका पथहरूमा आड्ढै“ले पहिल्याउनुपरेका अनकण्टार जङ्गलका का“डेदार झाडीहरूले गर्दा आÏना पूर्वविचार र कट्टर धारणाहरूलाई नीला स्वयम्ले समेत झिक्न नसक्ने र देख्न नसक्ने पारेर आड्ढै“ले गहिरो खाडल खनेर पुर्नुपरेको थियो । आपूmले नरुचाएको मानिस पनि कुनै दिन घनिष्ठ हुन सक्छ र आपूmले नरोजेको बाटो पनि कुनै समय आÏनो लक्ष्यबिन्दु बन्न सक्छ भन्ने कुरा उसको र आभासको सम्बन्धले अहिले उसलाई छर्लङ्गै पारेको छ ।
सातओटी सौता खेपेर पनि पातिव्रत्य धर्ममा अडिग उसकी हजुरआमा र दुई जोईको साझे पोई पाएर पनि पतिपरायणा उसकी आमाको संस्कार ओढेकी नीलाले उसका आ“खा छलेर रन्डीबाजी मात्रै गर्ने लोग्नेलाई पनि स्वीकार गर्न सकिन । कालान्तरमा आÏनो इज्जत र प्रतिष्ठाका रूपमा नीलाको अस्तित्वलाई आÏना पूजाकोठामा राख्न खोज्ने दर्पणको संसार नीलाले नै भताभुङ्ग पारिदिई । एउटा भूmट र आडम्बरपूर्ण लोग्नेस्वास्नीको सम्बन्धलाई उसले स्वीकार गर्नै सकिन । उसको अन्तर्मनले स्वीकार गर्न नसकेको दर्पणको नामको पोतेको झुत्तो लगाउन पनि नीलाले सकिन । दर्पणको देखावटी सम्बन्धलाई नीलाको आत्माले अङ्गीकार गर्न सकेन । सोकेसमा सजाएर राखिएको दाम्पत्यसम्बन्धमा मानिसहरू कसरी बा“च्न सक्छन् ? अह“ † उसले दर्पणस“गको सम्बन्धलाई सजाएर राख्न सक्तैसकिन । त्यसैले कुण्ठाग्रस्त जीवनयापन गर्न नसक्ने मनस्थितिमा उसले आÏनो स्वत्वप्राप्ति खातिर आÏनै प्रिय छोरी स्मृतिको जीवनलाई पनि खण्डित पार्ने दुस्साहस गरी ।

नीला आÏना तरङ्गहरूमा नराम्रोस“ग जेलि“दै थिई । त्यसै बेला बाहिर कसैले डोरबेल थिचेको थियो । कोठामा रात पसिसकेको र बत्ती पनि नबालिएकाले अ“ध्यारोले आÏनो साम्राज्यको परिचय दिन थालिसकेको थियो । यो कोठाको पहिलो अ“ध्यारो भोग्न लागेकीले झन्नै छामछाम छुमछुम गर्दै उसले कोठाको बत्ती बाली । दुधिया मर्करीको उज्यालोले अ“ध्यारोलाई कोठाबाट निमेषभरमै लघारेको थियो । त्यसै बेला उसका आ“खा भित्ते घडीमा परे । बेलुकीको सात बजिसकेको थियो । ढोकाको बाहिरपट्टि भएको सानो बरन्डामा पनि बत्ती बालेपछि ढोकामा राखिएको सुरक्षाप्वालबाट चियाएर उसले बाहिर डोरबेल थिच्ने मानिसलाई चिन्ने प्रयास गरी । यस्तै बाह्रतेह्र वर्षको जस्तो देखिने एउटा केटो ढोकामा उभिएको थियो । नचिनेको केटाले त्यसरी डोरबेल थिच्नु, सा“झ परिसकेको बेला≤ उसलाई अचम्म लाग्दालाग्दै त्यस केटाले हातमा झुन्ड्याएको झोलामा उसका आ“खा परे । झोला देख्नासाथ उसलाई त्यसै बिहानको कुरो पूर्वस्मृति भएर आयो । “साहुनीलाई तिम्रो पसलबाट सामानहरू पु¥याउने गर्नू” बिहान मात्रै रामजीले यसै घरपरिसरको नजिकको एउटा पसलेलाई आदेश दिएको थियो । नीलाका घरायसी दैनिक आवश्यकताका वस्तुहरूको खरिद प्रक्रियाबारे नीलास“ग कुराकानी गरेका आधारमा रामजीले पसलेस“ग नीलालाई चिनापर्ची गराउने क्रममा नीलाको यो समस्या पनि समाधान भएको थियो । सबै घरेलु आवश्यकताका वस्तुहरूले खचाखच भरिएको पसलको त्यो कालो वर्णको साहूले रामजीका कुरा स्वीकार गरी हा“सेर टाउको हल्लाएको थियो । “त्यो त भइहाल्छ हुजुर † बरु कुन बेला कति मालसामान पठाउनुपर्ला हजुर ?” पसलेले आÏना पान खाएर कालाम्मे भएका घिनलाग्दा दा“त देखाउ“दै प्रश्न गरेको थियो । त्यसपछि रामजीले नीलाका अनुहारमा प्रश्नात्मक दृष्टिले हेरेको थियो । “बेलुकी दुई पौन्ड दूध, एक पौन्ड पाउरोटी र आधा दर्जन फुल पठाइदिनुस् न ।” उसले रामजीका प्रश्नात्मक दृष्टिको जवाड्ढ पसलेलाई दिएकी थिई । यस बेला झोला बोकेको त्यो केटो देख्नासाथ उसलाई बिहानका तिनै प्रसङ्गको सम्झना भएको थियो । त्यसैले उसले निर्धक्क भएर आÏनो ढोका उघारेकी थिई । नभन्दै ढोका उघारिसक्न मात्रै के पाएकी थिई उसले, “साहुनी सामान” भन्दै केटाले हातको झोला उसका हातमा थमाएको थियो । केटाका हातबाट झोला लिएर कोठामा पु¥याएपछि सबै सामान उसले एकएक गर्दै जा“चेकी थिई । उसका मागबमोजिमका सामान त्यहा“ भएको ठहर गरिसकेपछि ढोका बाहिरै उभिएको केटालाई उसले परिचयात्मक दृष्टि दिन खोजेकी थिई । “भोलि बिहान ल्याउनुपर्छ ?” केटाले ढोकाबाट भित्र डराएको भावले हेर्दै सोधेको थियो । निक्खर कालो वर्णको कपालमा तेल राम्ररी हालेको सुग्घरी केटो थियो त्यो । पहिलोपटक नीलाले केटाको अनुहार राम्ररी हेरेकी थिई । केटो

कालो भए पनि तेजवान् थियो । “तिम्रो नाम के हो ?” उसले केही हा“स्न खोज्दै भनेकी थिई । “कृष्ण” उसले ड्ढटाड्ढट जवाड्ढ दिएको थियो । “कृष्ण † भोलि बिहान मेरा लागि यो लिस्टको सामान ल्याइदेऊ है †” नीलाले अहिलेको सामानको बिलमा भएको रकम भुक्तानी गर्दै भोलि ल्याइदिनुपर्ने सामानको सूची पनि केटाको हातमा थमाएकी थिई । “बिहान कति बजे ल्याउने ?” केटाले सूची आÏनो सर्टको गोजीमा हाल्दै आÏनो केही बोधोबोधोजस्तो स्वरमा सोधेको थियो । केटामा केही कुरो मिलेको छैनजस्तो उसलाई सुरुमै लागेको थियो, तर यही कुरो मिलेको छैन भन्ने किटान उसले गर्न सकिरहेकी थिइन । अहिले भरखरै मात्र ऊ छर्लङ्ग भएकी थिई । कृष्णको आवाज निकै अस्वाभाविक रूपले बोधो थियो । त्यति तेजिलो देखिने केटाको आवाज भने अनौठो किसिमको सुन्दा उसलाई कस्तोकस्तो लागेको थियो । जताततै व्याप्त यस्ता अनमेलहरूप्रति उसका मनमा ससानो विद्रोह झुल्किन खोज्दाखोज्दै उसले आपूmलाई त्यताबाट पन्छाई । “बिहान सात बजे ल्याइदेऊ न †” त्यसपछि कृष्ण बिदा भएको थियो । अब नीला पनि ढोका थुनेपछि यन्त्रवत् आÏनो बिछ्यौनामा पुगेकी थिई ।

आज दिउ“सो अलि अबेरै लन्च खाएको हुनाले नीलालाई भोक लाग्ने बेला पनि भएको थिएन । त्यसैले यस बेला यो एकान्तमा ढल्केर आÏनो जीवनलाई पुनरावलोकन गर्न उसलाई मन लागिरहेको थियो । उसका जीवनमा पा“च वर्षअघि पनि एउटा यस्तै मोड आएको थियो । त्यो मोड पार गरिसकेकी उसलाई त्यसैअनुरूपको यो मोड पार गर्न सजिलो लाग्नुपर्ने हो तर त्यसो भइरहेको थिएन । आÏनो सप्ताहव्यापी वैवाहिक जीवन भरखरै विसर्जन गरेर आउ“दा आज पनि उसभित्र निस्तब्धताका कल्याङकुलुङहरूले होहल्ला मच्चाइरहेका छन् । एउटा सूत्र कण्ठ गरेपछि त्यस्तै खालका जति पनि हिसाब मिलाउन सकिने जस्तो हु“दो रहेनछ जीवन । धेरै जानेपछि झनै कठिन पो हु“दोरहेछ जीवनको हिसाब मिलाउन । एउटा लामो समयसम्मको दाम्पत्य भोगेर असड्ढल भएको अनुभव स“गालेकी ऊजस्ती आइमाईले ड्ढेरि दाम्पत्य भन्ने क्षेत्रमै किन प्रवेश गर्नुपरेको थियो र ? नगर्नु प्रवेश गरिसकेपछि पुनः बाहिर निस्कनु नै किन पथ्र्यो र ? यतिखेर उसको आÏनै मन बेलाबेला आड्ढै“स“ग वैरी हुन खोज्दै थियो । चाह“दानचाह“दै आएको आÏनो जीवनको यो समयले आपूmलाई गिज्याएको अनुभूतिस“ग भाग्दाभाग्दै आज बिहान मात्रै फेरि पनि ऊ स्मृतिलाई भेट्न गएकी थिई । आÏनो वातावरणको चारैतिरको दृष्टिप्रहारबाट मर्मान्त ऊ स्मृतिका अघिल्तिर पुग्दा भने एउटा सुरक्षाकवचमा भएको महसुस गर्छे । स्मृति उसकी छोरी हो अथवा उसैले जन्माएकी उसकी आमा हो भन्ने अनुभूति नीलालाई धेरैपटक भएको छ । उसको सुखदुःखलाई नजिकैबाट महसुस गर्नु र उसका दुखेका घाउहरूमा मलम लगाउनु स्मृतिको स्वभावै भइसकेको छ । “मैले स्मृतिलाई नजन्माएको भए यति ठूलो संसारमा मेरो भन्ने को हुन्थ्यो होला ?” उसको मानसपटलमा उब्जने प्रिय प्रश्न हो यो । आपूmले भोग्दै आएको जीवनमा आपूmले गर्दै नगरेको पापको परिणामजस्तो लाग्ने यो संसारमा ईश्वरको अस्तित्व छ भन्ने कुरामा उसलाई विश्वास हुन सकेको छैन । यति हु“दाहु“दै पनि स्मृतिको अनुराग पाएको तथ्यसत्यबाट भावविभोर भएको क्षण भने आपूmले यो जन्म र पूर्वजन्ममा समेत गरेका पुण्यकर्मबापत ईश्वरबाट प्रदान गरिएको वरदान पक्कै पनि स्मृति नै हो जस्तो लाग्छ उसलाई ।

“स्मृति म आभासस“ग बस्न सकिन“” स्मृतिलाई जानकारी दिने क्रममा ऊ पग्लन खोजेकी थिई । “ड्याम केयर मम्मी, तिमीलाई जस्तो गर्दा राम्रो हुन्छ, त्यस्तै गर । मलाई जुनसुकै सर्तमा पनि मेरो ह्यापी मम्मी चाहिन्छ ।” स्मृतिले उसलाई आÏनो अ“गालोमा बा“धेर भनेकी थिई । उसको स्नेहसिक्त अ“गालोमा बा“धिएपछि संसारका सम्पूर्ण सुखहरू एकैचोटि आपूmमाथि खनिएको अनुभूतिले पनि नीलाका संवेदनाका बरड्ढहरू पग्लिएर बग्न लागेका थिए । “नो नो मम्मी † नो, म तिम्रो आ“खामा आ“सु हेर्न सक्तिन“ ।” स्मृतिका आ“खामा आ“सुका परिचयहरू सलबलाएको देखेपछि नीलाले पनि कठोर भएर आÏनो आ“खामा उर्लिसकेको बाढीलाई रोकेर डिलसम्म पनि आउन दिएकी थिइन≤ आ“खैभित्र सुकाएकी थिई । “तिम्रा लागि ह्यापी न्युज छ मम्मी † तिम्रो ड्रिम पूरा भएको छ, मैले चार वर्षको स्कलरसिप पाए“ । नेक्स्ट विक म लन्डनमा हुनेछु । यू नो मम्मी † तर तिमीलाई मैले धेरै मिस गर्नेछु । वट ह्वाट क्यान आई डू मामु † यो तिम्रो पनि इच्छा हो । चार वर्षको कुरा न हो । तिमीले आÏनो राम्रो केयर गर्नु । पर्सि म तिमीस“गै रात बिताउने गरी आउ“छु । अनि हामी रातभरि कुरा गरौ“ला । ओ के मम्मी † बाइ मम्मी †” उसका गालाभरि म्वाइ“ नै म्वाइ“का वर्षा गरेर स्मृति उसस“ग छुट्टिएकी थिई । स्मृतिस“ग टाढिनेबित्तिकै चर्को घाममा ठूलो रुखको सियालबाट बाहिरिनुपरेजस्तै भएर नीला बाड्ढिएकी थिई ।

स्मृतिको बाबु अर्थात् दर्पणस“ग उसले पारपाचुके गर्दा स्मृतिको उमेरै कति थियो र † बाह्र वर्षकी सानी केटीले पनि बाबु र आमामध्ये एकजनामात्र रोज्न पाउने अवस्थामा आमालाई नै रोजेर उसस“ग आएकी थिई । आमा रोजेर आएकी उसलाई नीलाले पनि आड्ढै“स“ग राख्न सकेकी थिइन । स्मृतिको उज्ज्वल भविष्यका निम्ति उसलाई राम्रो आवासीय स्कुलमा भर्ना गरेर नीला स्मृतिको भविष्यप्रति आशान्वित पनि थिई । आपूmले नभोगेको सुखभोग गर्न स्मृति सक्षम होस् भन्ने नीलाका चाहनाहरू हिजोआज नीला आड्ढै“का लागि प्रश्नचि≈नजस्ता भएका छन् । नीलाले नभोगेका सुखभोग गराउने प्रयत्नमा नीला आपूmले नभोगेका दुःखहरू पनि कतै नीलाकै कारण स्मृतिले भोगिरहेकी त छैन ?
त्यसो त नीलाले आÏना जीवनका कुनै पनि तीतामीठाहरू स्मृतिस“ग लुकाएकी छैन । उसले आभासस“गको आÏनो प्रेमप्रसङ्ग र पछि आभासस“ग बिहा गर्ने कुृरा पनि छोरीलाई भनेकी थिई । “मामु † तिमी खुसी हुन्छ्यौ भने मलाई केही छैन । तर लोग्नेमान्छेलाई मैलेभन्दा तिमीले बढी चिनेकी छ्यौ । आभासस“ग तिमीले सजिलै जीवन बिताउन सक्छ्यौ ?” पन्ध्र दिनअघि मात्रै स्मृतिले उसस“ग प्रश्न गरेकी थिई । “मम्मी † मान्छेहरू बिहा नगरी किन बस्न सक्तैनन् ? बिहे गरेपछि पनि सुखी त हु“दैनन् । ड्ढेरि किन ? अब त होमो युग आइसक्यो । म त लोग्नेमानिसस“ग बिहे गर्दै गर्दिन“ ।” त्यस बेला स्मृतिले यो कुरा ज्यादै गम्भीर मुद्रामा भनेकी थिई । स्मृतिको पछिल्लो समलिङ्गी बिहेको कुरा सुन्दा त्यस बेला नीलाका शरीरभरि का“डा उमे्रका थिए । “¬ धत् लाटी, त्यस्तो कुरा गर्नुहुन्न” नीलाले डराएर छोरीका अनुहारमा हेर्दै भनेकी थिई । त्यस बेला नीलाका आ“खामा, मनमा अथवा जताततै आभासको प्रेमको छाया“मात्र नसा भएर टा“सिएको थियो । त्यसैले त्यस बेला स्मृतिले भनेका कुराहरू नीलाले बुझेकी थिई अथवा बुझेजस्तो मात्रै गरेकी थिई । अहिले आभासको नसाबाट मुक्त भइसकेकी नीला भने त्यस बेला स्मृतिले भनेका वाक्यहरूले आÏनासामु उभिएर आड्ढै“लाई व्यङ्ग्य गरिरहेको अनुभूतिमा पिरोलि‘दै थिई । त्यसैले आज नीला आÏनी किशोरी छोरी स्मृतिका प्रौढ विचारप्रति आÏनो विचारको तराजु अकासिन पुगेको अनुभूति गर्दै थिई ।

हुन पनि स्मृति आÏनो उमेरभन्दा कैयौ“ गुना धेरै बुद्धि भएकी छ । स्मृतिका सन्तुलित विचारहरूका सामु नीलाले आपूmलाई पटकपटक पराजित पाएकी छ । “स्मृति † तिमीले मलाई आÏनो अपराधी सोच्ने गछ्र्यौ होला । मैले गर्दा तिमी आÏनो बाबुस“ग पनि टाढा भयौ ।” स्मृति होस्टलबाट घरमा आएर नीलास“ग बसेका बेला एक रात नीलाले उसस“ग भनेकी थिई । जोसुकैको पनि परिवार देख्दा अथवा बाबुआमा, छोराछोरी स“गै हि“डेबसेको देख्दा नीलालाई एक किसिमको अपराधबोध हुने गथ्र्यो । “मेरी स्मृतिको परिवार मैले भत्काए“ । एक टुक्रा आÏनो सुखका लागि मैले उसलाई एक्ल्याए“ । मेरा सुखका लागि सदा समर्पित छोरीको सुखका बारे किन मैले कहिल्यै सोचिन“ ? जुन बेला सोचे“ त्यस बेलासम्म समय बितिसकेको थियो ।” नीलाका मनमा हिजोआज बुर्कुसी मार्ने व्यथाहरू थिए यी । धेरै समयसम्म आपूmभित्र पाकिसकेका अपराधभावका पीडाहरू त्यस रात नीलाले आÏनी मायालु छोरीसामु पोखेर आपूm हलुङ हुन खोजेकी थिई । “माम्मा † तिमीले मलाई नचिनाएको भए ऊ मेरो बाबु हो भन्ने कुरो पनि मलाई थाहा हुने थिएन । मेरो बाबु त जो पनि हुन सक्थ्यो तर मेरी आमा तिमी मात्रै हुन सक्छ्यौ । मैले त बिर्सी पनि सके“≤ कोही मेरो बाबु थियो । टेस्टट्युब बेबीको रूपमा आपूmलाई सम्झे भइहाल्छ नि ।†अथवा हामी सम्झौ“≤ मलाई जन्माउनका लागि तिमीले कुनै औषधी खाएकी थियौ । रोग निको भएपछि औषधीकै नाम घोकेर, औषधी समातेर कोही बस्छ त ? टेक इट इजी मम । यस्तो ड्ढाल्तू कुरामा टाइम वेस्ट नगर डियर † तिमी किन टे«डिसनल थोत्री आइमाई हुन्छ्यौ जहिले पनि ? त्यसैले दुःख पनि पाउ“छ्यौ । मान्छे बन मान्छे । म्यान म्यान नट उमन≤ उमन मात्रै कहिल्यै हुनुहु“दैन ।” त्यस रात जोसिलो पाराले बोलिरहेकी आड्ढै“ले जन्माएकी छोरीका अत्याधुनिक विचार सुनेर नीला छक्क परेकी थिई ।
त्यसपछिका दिनहरूमा नीलालाई स्मृतिका “मान्छे बन मान्छे, आइमाई मात्र कहिल्यै हुनुहु“दैन”ले बारम्बार थप्पड हानेको अनुभूति भइरहन्थ्यो । समयको पछिल्लो ड्ढेर समातेर विचारको र व्यवहारको पनि ड्ढराकिलोपनस“ग नजिकिइसकेकी आÏनी छोरीका कतिपय कुराहरूस“ग सहमत भएर पनि ती विचारलाई व्यवहारमा ऊ आड्ढै“ले पालन गर्ने क्रममा भने नीला जहिले पनि पछाडि नै परिरही ।

नीला आपूm सोह्र वर्ष पनि पुग्दानपुग्दै दर्पणस“गको प्रेमको आकर्षणमा परेर अठार वर्षकै कच्चा वयमा बिहेको जन्जालमा ड्ढसेकी थिई । त्यसैले नीलाले आÏनै सा“चोमा स्मृतिलाई पनि ढाल्ने असड्ढल प्रयत्न गरेकी थिई । “तिम्रो कोही ब्वाइफ्रेन्ड होला नि ?” सोह्र वर्ष पुगेकी स्मृतिलाई अर्थात् पोहोरको लामो बिदामा घर आएको बेला उसले सोधेकी थिई । “ओहो मम्मी † ड्ढेरि तिम्रो कुरा आÏनै ट्रयाकमा पुग्यो । केको ब्वाइफ्रेन्ड ? कस्तो ब्वाइफ्रेन्ड ? के तिमी केटाबाहेक केही सोच्न सक्तिनौ । वट आइ डोन्ट लाइक दिज डर्टी ब्वाइज । आई ह्याभ सो मेनी गर्ल फ्रेन्ड एन्ड आई इन्जोइ विथ देम । मामु † यस्तो कुरा सोचेर समय बर्बाद गर्नुहुन्न” नीलाको प्रश्नको लक्ष्य बुझेर पनि नबुझेको जस्तै गरी स्मृतिले हा“सेर जवाड्ढ दिएकी थिई । “होइन मैले तिम्रो प्रेमीको कुरा पो गरेकी ।” नीलाले छोरीका अघिल्तिर आपूmलाई अझ खोलेकी थिई । “मम्मु, तिमी कस्तो चाइल्डिस कुरा गछ्र्यौ । प्रेमस्रेम वाहियात, म त्यस्तो गर्दिन“ के † आÏनो क्यारियर बनाउनुपर्छ क्यारियर । देन इड्ढ आइ विल म्यारी, आइ विल म्यारी विथ ओन्ली गर्ल नेभर ब्वाइ ।” स्मृतिका कुरा सुनेर नीलाका शरीरभरि त्यस बेला पनि का“डा उम्रिएका थिए । आÏनै सन्त्रासले सन्त्रस्त नीलालाई स्मृतिका अडानयुक्त भनाइले थप सन्त्रस्त पारेका थिए । “सृष्टिको विपरीत जानु मानवीय धर्म होइन छोरी । तिमीले कुनै पुरुषस“गै बिहे गर्नुपर्छ ।” नीलाले डराउ“दै भए पनि छोरीस“ग भनेकी थिई । “नो मम वी डोन्ट बिलिभ इन योर सीली रिलिजन एन्ड योर ओल्ड नेचर । तिम्रो सृष्टिको कुरा अब पुरानो भइसक्यो । भन≤ तिमीलाई कतिओटा सृष्टि चाहिन्छ र कस्तो सृष्टि चाहिन्छ ? आई क्यान बाइ इट इन मार्केट एन्ड योर रिलिजन ? द्याट बाएस्ट ड्ढर उमन, आई कान्ट ड्ढलो इट । बुझ्यौ मामु † समयभन्दा धेरै बूढो र थोत्रो छ तिम्रो धर्म ।” सन्तुलित विचारमा व्यक्तिएका स्मृतिका विचारहरूलाई पराजित गर्नसक्ने विचारको एक अंश पनि आपूmस“ग नभएर नीलाको मुख बन्द भएको थियो । आपूmले कल्पना पनि गर्न नसकेका कुराहरू आÏनै छोरीका मुखबाट व्यक्त भएको अवस्थामा पनि नीलाको छाती गर्वले फुल्न खोजेको थियो । यसरी छोरीका विचारका अघि आÏना विचारहरू पङ्गु भएको महसुस गर्दा पनि ऊ दुःखी भएकी थिइन । “मैले पनि आÏनो उमेरलाई स्मृतिले जस्तै सदुपयोग गर्न सकेको भए †” त्यस बेला जीवनमा पहिलोपल्ट आपूm बूढी भएजस्तो लागेको थियो नीलालाई । उसलाई स्मृतिका सामु आपूm बाउन्ने भएजस्तो पनि लाग्यो । स्मृतिका परिपक्व विचार र जीवन जिउने अठोटप्रति नीला आड्ढै“ले थाहा नपाउने गरी नजानि“दो ईष्र्या पनि उसभित्र पलाउन खोजेको थियो ।

सम्झनाका भेलहरूलाई केही बेर रोक्ने प्रयत्न गरी नीलाले । घरछेउको सडकमा मोटर गुडेको आवाज केही धीमा भएको थियो । भित्ते घडीमा भरिएको सुगाको आवाजले दश बजेको सूचना दिइसकेको थियो । नीलालाई केही भोक लागेजस्तो पनि भएकाले उसले ग्या“स बालेर दुइटा फुल र एक प्याकेट दूध पनि उमाल्न बसाली । आज एक सातापछिको यो उसको पहिलो एक्लो खानपिन थियो । त्यसो त एक्लै खान छोडेको समयलाई इमानदारीसाथ उल्लेख .गर्नुपर्दा उसले बितेको एक वर्षका धेरैजसो बेलुकीका खानपिनको उल्लेख गर्नैपर्ने हुन्छ । आभासस“ग सुखद रूपले बितेका ती समयहरूमा उसले पुनः एक्लो खानपिनमा ड्ढर्कनुपर्नेछ भन्ने कल्पना पनि गरेकी थिइन । यस बेला पनि जनावरले खाएजस्तै एक्लै खानुपर्दा नीलाका मनभित्र नमीठो गरी दुख्यो ।

एक वर्षअघि एउटा डिपार्टमेन्टल स्टोरमा आभासस“ग नीलाको अचानक भेट भएको थियो । आभासको परिचित स्वरूपलाई लत्याउन नसके पनि उसस“गको अनाकर्षणले गर्दा नीलाले त्यस क्षण आभासलाई नदेखेजस्तै गरेकी थिई । “नीलाजी †” आभासले उसका अघिल्तिर उभिएर उसलाई बोलाएको थियो । बाध्य भएर नीलाले त्यस दिन उसस“ग बोल्नुपरेको थियो । साधारण भलाकुसारीपछि त्यस दिन उनीहरू छुट्टिएका थिए । संयोग भनौ“ या के ? भोलिपल्टै ब्याङ्कको नीलाको क्यासकाउन्टरमा आभास उभिएको थियो । त्यस दिन ड्युटी पनि नीलाकै भएका कारण आभासको चेक पनि नीलाले नै क्यास गरिदिएकी थिई । साधारण बोलचाल र मुस्कानको आदानप्रदानपछि आभास ड्ढर्केको थियो । “यसलाई कसरी चिनेकी नीला ? यसकी स्वास्नीले पनि यसलाई डाइभर्स गरेकी नि †” नीलाकी सहकर्मी उर्मिलाले आभास मूलगेटमा पुग्दानपुग्दै भनेकी थिई । उर्मिलाको कुरा सुनेर नीला छक्क परेकी थिई । “तिमीले आभासलाई कसरी चिनेकी नि †” उर्मिलाका प्रश्नको जवाड्ढ दिनुको साटो नीलाले उर्मिलास“ग नै प्रतिप्रश्न गरेकी थिई । “मेरो छिमेकी हो यो । बिचराकी स्वास्नी पनि हि“डी, छोराछोरी बोडर्स छन्, बाउआमाअघि लगाइहाल्यो । अहिले

कोही छैन परिवारमा । त्यत्रो घरमा एक्लो छ । नोकरचाकरहरू मात्रै छन् । अर्काको त्यस्तो वैराग देख्दा मेरो त मनै नरमाइलो हुन्छ । तर यो मान्छे किन हो कुन्नि हामीलाई देख्दा पनि हम्मेसी बोल्दैन । एकदमै सामुन्ने नै प¥यो भने बोल्छ । अहिले पनि मोराले नदेखेजस्तो ग¥यो । हाम्रो त बूढा पनि यो मोराको पीर गर्छन् ।” उर्मिलाले आभास उसस“ग नबोलेको तुस पोख्दै आभासबारे केही जानकारी पनि दिएकी थिई । त्यस दिन उनीहरूबीच आभासबारे अरू केही कुरा पनि भएन । दुवै आआÏना कार्यव्यस्ततामा लागेका थिए ।
“आभास र उसकी स्वास्नीबीच किन डाइभर्स भएको रहेछ ?” नीलाले भोलिपल्टको लन्चआवरमा आपूmलाई उर्मिलाका अघि पोख्नबाट रोक्न सकेकी थिइन । हिजो आभासको दाम्पत्यजीवनबारेको आÏनो कहानीस“ग मिल्दोजुल्दो कहानीको उठान उर्मिलाका मुखबाट सुनिसकेपछि त्यसको बा“की अंश थाहा पाउने कुतूहलताले उसलाई छोपिसकेको थियो । “के जान्नु ? हामीले देख्दा दुवै राम्रै थिए । ऊ पनि हुनेखानेकी छोरी, पढेलेखेकी केटी । अझ दुवैले एकअर्कालाई रोजेरै बिहे गरेका थिए । जोडी पनि खूबै मिलेकोजस्तो लाग्थ्यो हामीलाई त । आभासस“ग मेरो त्यति हिमचिम भएन तर उसकी स्वास्नी रूपास“ग मेरो दोहोरो कुराकानी पनि हुने गथ्र्यो । मान्छे मिजासिली थिई रूपा । खूब हा“स्नु बोल्नुपथ्र्यो ।” उर्मिलाले सहज भएर आपूmले जानेजति आभासपुराण सुनाएकी थिई ।

“कति भयो उनीहरूको डाइभर्स भएको ?” नीलाले थप उत्सुकता देखाएकी थिई । “भयो होला तीनचार वर्ष” उर्मिलाले भनेकी थिई । उर्मिलाका कुरा कतै टाढाबाट आएको जस्तो लाग्यो त्यस बेला नीलालाई । “उसले अझै बिहे गरेको छैन त ?” नीलाले निर्विकार भावमा उर्मिलाका अनुहारमा हेरेर सोधेकी थिई र सोधी सक्तानसक्तै उसलाई आपूmले अनावश्यक र ड्ढाल्तू प्रश्न गरेको अनुभूतिले गा“जेको थियो । “आभासले बिहे गर्नुनगर्नुस“ग मैले सरोकारै किन राख्नुपरेको छ र ?” नीलाले मनमनमा भनेकी थिई । “छैन≤ ए सा“च्चि तिमीहरूले बिहे गरे हुन्छ नि † दुवै डिभोसी † आभासले तिमीलाई नै पर्खेजस्तो छ । लौ यो कुरा त मलाई कहिल्यै पनि सम्झना नै आएन ।” उर्मिलाको उल्लसित आवाजले नीला पनि सपनाबाट बिउ“झिएजस्तै भएकी थिई । “लौ नीला गज्जब हुन्छ । मलाई त खूबै ज“च्यो बाबै यो कुरा । हैन≤ हिजोअस्ति नै किन यो कुरा मेरो बुद्धिमा नफुरेको होला ?” उर्मिला टाउको समातेर नीलाका अनुहारमा हेर्दै हा“सिरहेकी थिई । “त्यस्तो कुरा नगर उर्मिला । मैले आभासस“ग बिहे गर्न सोधेको हो र ?” नीलाले केही रिसाउन खोजेको आवाजमा भनेकी थिई । “हेर उर्मिला, कसैका बारेमा जानकारी लिन खोज्नु उसस“ग बिहे गर्नकै लागि हुन्छ कि क्या हो ? तिमीलाई त्यस्तो छ भने तिमीले नै गरे पनि भइहाल्छ नि ?” उर्मिलाको ठट्यौलो कुराकानीलाई नीलाले झगडालु बाटोतिर लान खोज्दै भनेकी थिई । “म त तिमीजस्तो खाली भएकी भए तिमीस“ग सल्लाह गरिरहन्थे“ र ? के गर्नु आÏनो त अजङ्गको बूढो छ, मरे छोड्दैन । एउटा दापमा दुइटा तरवार हाल्न मिल्दैन प्यारी † त्यसो भएर पो स्वादिलो केटो आपूmले चाख्दैनचाखी तिमीलाई सुम्पन खोजेको≤ गुन मान्नु छैन, नरिसाउन मोरी । एकवारको जिन्दगी किन खिया पाछ्र्यौ ? भनेजस्तै वर भेटे के रु“गेर बस्छ्यौ ? मह देखेपछि झि“गाहरू भन्किहाल्छन् । थपक्क बट्टा बन्द गर≤ ढुक्क पनि हुन्छ ।” उर्मिलाले मायालु पाराले भनेकी थिई । उर्मिलाका अघि रिसाएको अनुहार पारेर बसेकी नीलालाई झन्नै झन्नै अर्तीजस्ता लाग्ने उर्मिलाका शब्दहरूले नीलाका मनमस्तिष्कमा डेरा जमाइसकेका थिए । त्यसपछि उर्मिलाले पनि केही भनिन र नीला चुप थिई ।

“नीला † भोलिको डिनर मेरो घरमा छ है † मेरो बूढाको प्रमोसनको उपलक्ष्यमा केही साथीहरू बोलाएका छौ“ ।” नीला र उर्मिलाबीच आभासबारे कुराकानी भएको केही हप्तापछि उर्मिलाले एक दिन नीलालाई उसका घरमा निम्त्याएकी थिई । “रातिको कार्यक्रममा घर ड्ढर्कन अबेर हुन्छ, म आउन्न । सुदेशजीलाई मेरो तड्र्ढबाट बधाई सुनाइदेऊ ल उर्मिला ।” नीलाले तर्कंदै भनेकी थिई ।

अहिले भरखरै कतै गाडीको हर्न बजेको आवाजले नीलाको निद्रा बिउ“झेको छ ।
सडकछेउको घर हुनुको पीडा र सुख दुवै भोग्न पाइने घर रहेछ यो । बितेका जिन्दगीका पानाहरू पल्टाउ“दापल्टाउ“दै हिजो राति नीला कतिखेर निदाई ? उसैले पत्तै पाइन । बितेको रातको बाह्र बजेको सुगाको आवाज भने उसलाई सम्झना छ ।

यस बेला बाहिर उज्यालो राम्ररी छरिएको थिएन । नीलाले सेतो पर्दा उचालेर बाहिर परपरसम्म आ“खा पु¥याएकी थिई । सडक र किनारामा घरहरू टाढाटाढासम्म देखिएका थिए । सडकमा मोटरको घुइ“चो भइसकेको थिएन । सडकमा मानिसहरूको आवागमन पनि ड्ढाट्टफुट्ट मात्र देखि“दै थियो ।
“ओहो अड्ढिस जानुपर्छ” नीलाको मनले सम्झन खोज्यो र एकैछिन कुनै बोझले थिच्न लागेजस्तो पनि भयो उसलाई । आज त्यसैत्यसै थकाइ लागेजस्तो भएको थियो उसलाई । तर जिम्मेवारीको कुर्सीमा बसेपछि अड्ढिस नजा“दा झन् ठूलो पीर हुने गर्छ । अड्ढिस जाने मनस्थितिमा आउन लागेकै बेला ऊ झल्या“स्स भएकी थिई । आज शनिवार, बिदा । बिदाको स्मरणले केहीअघि मात्रै उसका मनमा थुप्रिएको बोझ पन्सिएर हलुको भयो । कोठाको हावामा बिहानीपखको मीठोखाले चिसो मिसिएको थियो । ड्ढागुन महिनाको बिहानी काठमाडौ“को रमणीय मौसम हुने गर्छ । आभासको ठूलो महलजस्तो घरको सानदार रहनसहनमा हिजोसम्म बिताएको बिहानीको झझल्को पनि आयो नीलालाई । तर त्यहा“ आपूmले बिताउनुपरेको पछिल्लो समयको कष्टकर अनुभूतिलाई बिसाउन पाएको आजको बिहानीले आनन्दको अनुपम नसा दिएको महसुस गरेकी थिई नीलाले । नीलाले कम्बलको मीठो न्यानोमा आपूmलाई लुकाउ“दै आ“खा चिम्ली, तर निद्राचाहि“ उसलाई लागेन ।

“बेलुकी तिमीलाई तिम्रो घरसम्म मोटरमा पु¥याइदिने व्यवस्था गरु“ला भएन त ?” उर्मिलाले नीलालाई त्यस दिन उम्कन दिएकी थिइन र त्यस सा“झ उर्मिलाको निम्तो मान्न उसका घरमा नीला निकै सजिएर पुगेकी थिई ।
“नीला, तपाईं त पहिलाभन्दा पनि राम्री हुनुभएछ ।” आभासले एकान्त पाउनासाथ भनेको थियो । “ए हो र †” नीलाले अप्ठ्यारो मान्दै हा“सेर भनेकी थिई । धेरै समयपछि कुनै पुरुषले आÏनो प्रशंसा गर्दा नीलालाई कताकता काउकुती लागेजस्तो भएर रमाइलो पनि लागेको थियो ।

त्यस दिन उर्मिलाले जानीजानी नीला र आभासलाई मात्र एउटा टेबुलमा राख्ने व्यवस्था मिलाएकी थिई । तीन पेग रक्सी पिइसकेपछि आभास निकै भावुक भएको थियो । “दर्पण र तिमीबीच के र किन भयो मलाई थाहा छ नीला † दर्पणले आइमाईलाई कुन्नि के ठान्थ्यो । तर नीला † म रूपालाई धेरै माया गर्थें । तिमीलाई थाहा छैन≤ म सबैलाई माया गर्छु । मैले रूपालाई पनि धेरै माया गरे“ तर उसले मलाई बुझिन । मेरो मायालाई लत्याएर गई । म अहिले पनि उसलाई माया गर्छु जबकि अब ऊ अरू कसैकी भइसकी । हिजो ऊ मेरी थिई । आजकी पराई उसलाई होइन हिजोकी मेरी रूपालाई मैले माया गर्न पाउन्न“ त ?” त्यसपछि आभास सानो बच्चा रोएजस्तै गरी रोएको थियो ।

“आभासजी † लोग्नेमानिस भएर यस्तो कमजोर हुनुहुन्न । तपाईंले अर्को बिहे गरेर आÏनो संसार निर्माण गर्दा भइहाल्छ नि † दर्पणले बिहे गरेर दुदुई जना छोराछोरी पनि जन्माइसक्यो ।” नीलाले आभासलाई सान्त्वना दिने क्रममा सल्लाह पनि दिएकी थिई । “नीला म दर्पणजस्तो मानिस होइन“ । रूपाले छोडेर गएपछि म धेरैस“ग नजिक भए“ तर बिहा गर्ने निर्णय भने गर्न सकिन“ । बिहा गर्ने इच्छा हु“दाहु“दै पनि रूपाको झझल्कोले आजभोलि आइमाईस“ग म नजिकिन सक्तिन“ । चौथो पेग रक्सीको अन्तिम घुट्को निल्दै आभासले भनेको थियो । त्यसपछि भने उसले रक्सी थपेन । नीलाको जीवनचर्याका विषयमा आभासले निकै रुचि लिएर उसलाई खोतलेको थियो । उनीहरूबीच कुराकानी भइरहेका समयमा एकदुईपटक उर्मिला आएर उनीहरूका कुराकानीमा सामेल भएजस्तै गरेर केहीबेर बस्तै आभासका आ“खा छलेर नीलालाई चिमोट्दै जान्थी । उर्मिलाको घरको त्यस दिनको पार्टी नीलालाई पनि निकै रमाइलो लागेको थियो । सुदेशजीले पैसा निकै खर्च गरेर खानपिनको राम्रो बन्दोबस्त गरेका थिए । निकै ठूलो आ“गनमा आठदस जोडी पाहुनाहरू रमाएर रात बिताउ“दै थिए । “उहा“हरू दुवैजना पुराना मित्र हुनुह“ुदो रहेछ †” उनीहरूलाई एउटै टेबुलमा बसालेको केही बेरपछि उर्मिलाले सुदेशजीस“ग आभास र नीलालाई संयुक्त रूपले पनि चिनाएकी थिई । प्रायः दम्पतिलाई मात्रै निम्त्याइएको त्यस पार्टीमा सुदेशजीले आÏनो छिमेकी आभास र पत्नीसखी नीलालाई प्रश्नात्मक दृष्टिले हेरेका थिए । उर्मिलाको अर्थपूर्ण आवाजको त्यो भनाइपछि सुदेशजीका दृष्टिमा तुरुन्तै परिवर्तन देखिएको थियो । सन्तुष्ट मुद्रामा दुवैलाई हेरेर औपचारिक कुराकानीपछि सुदेशजी उर्मिलाका साथमा अरू पाहुनातड्र्ढ लागेका थिए । आभासलाई रक्सीको नसाले असामान्य भावुक

बनाउ“दो रहेछ । आपूmले लामो समयदेखि कठोर ठानेको आभासको यो रूप आÏनासामु खुलेकोमा नीला छक्क परेकी थिई । धेरैदिनपछि पाएको पुरुष सामीप्यले नीलाको रात पनि नसालु भएको थियो । नपिउ“दा नपिउ“दै पनि उसलाई एक किसिमको उन्मादले छोपिसकेको थियो ।
त्यस रात उर्मिलाले नीलालाई आभासकै मोटरमा उसको घरसम्म पठाएकी थिई । “नीला † कहिलेकाही“ मलाई तिम्रो घरमा आउन मन लागे अनुमति दिन्छ्यौ ?” गाडीबाट ओर्लन लागेका बेला नीलाका अनुहारमा हेरेर आभासले प्रश्न गरेको थियो । झन्नै तीन घण्टा लामो एकान्तवार्ताले आभास र नीलाबीचको तपाईंको पर्खाल आभासले ढालिसकेको कुरा नीलाले त्यस बेला मात्रै थाहा पाएकी थिई । नीलालाई पनि यो भत्काइएको पर्खाल रमाइलो लाग्यो । “आउनुस् न, किन नहुने †” नीलाले हतारहतारमा जवाड्ढ ड्ढर्काएकी थिई । तर उसले भने त्यस दिन आभास अगाडि उभिएको तपाईंको पर्खाल भत्काउन सकेकी थिइन । आभासका आ“खामा देखापरेका नसाका लहरले नीलालाई रमाइलो डरको अनुभूतिले छोपेको थियो । हतारहतार “शुभरात्रि †” भन्दै निकैबेर आपूmलाई एकनास हेरिरहेको आभासलाई बिदा गरेर नीला आÏनो डेरामा प्रवेश गरेकी थिई ।

“हिजो कत्तिको मज्जा आयो त महारानी ?” उर्मिलाले अड्ढिसमा एकान्त पाउनासाथ नीलाको भु“डीमा आÏनो चोरऔ“लाले छेड्दै सोधेकी थिई । “तिम्रो घरको पार्टीमा जहिले पनि मज्जा नै आउ“छ नि †” नीलाले हा“स्दै जवाड्ढ दिएकी थिई । “ए मैया“ मस“ग लाटी भएर देखापर्नु पर्दैन≤ मैले मेरो घरको पार्टी सोधेकी होइन । आभासस“गको मज्जाको कुरा पो सोधेकी नखरमाउली † हिजो राति त टीनएजलाई पनि बिर्साउने शैली थियो नि तिमीहरूको । आज मस“ग थाहै नपाएको स्वादजस्तो गर्छे वा यो मान्छे †” उर्मिला अझै इतरि“दै थिई । “त्यस्तो केही होइन है †” नीलाले ड्ढेरि पनि सरल उत्तर दिएकी थिई । “हु“ … आभासको गाडी त निकै अबेर ड्ढर्केको थियो नि †” उर्मिलाले आ“खा सन्काउ“दै एकै सासले सोधेकी थिई । “तिमी मारी हत्ते मलाई पु¥याउनासाथ बाटैबाट उनी ड्ढर्केका हुन् । मलाई छोडेपछि उनी कता गए मलाई के थाहा भन त ?” नीलाले निश्छल भावले उत्तर दिएकी थिई । केहीबेर नीलाका अनुहारमा हेरेर उर्मिलाले ठूलै खेलमा हारेको अनुहार बनाई । “रानी † माछा निकै स्वादिलो छ, उम्कन नदेऊ, पछि पछुतो पर्ला † मैले निकै विचार गरेर जोडी बा“धिदिन खोजेकी हु“ ।” उर्मिलाले गम्भीर स्वरमा पनि उत्ताउलिएर भनेकी थिई । “हिजो हनिमुन रिन्यु गरेजस्तो छ नि, म्याडमको आजको कुरा निकै रसिलो छ ।” नीलाले पनि उर्मिलाकै रङ्गमा रङ्गि“दै भनेकी थिई । “का“ र, आÏनो भाग्यमा कहा“को हनिमुन † बूढो मान्छे टिल्लाराम आपूm जिल्लाराम । रातभरि कल्पि“दै सुतियो । आÏनो त घर न घाटजस्तो छ बाबै † त्यसै भएर तिम्रो र आभासको जोडी बा“धिदिएर एउटा पुण्यकर्म गर्न पाए अर्को जन्ममा आपूmले पनि मोज गर्न पाइन्थ्यो कि भन्या † खोई हिजोको तिम्रो प्रगति सुन्दा त मैले आशै मारे“ बा †” उर्मिलाको अनुहारमा सा“च्चै विषादका रेखाहरू छरपस्ट देखिए । उर्मिलाको गम्भीरताले नीलाको पनि मुटुनजिक छोयो । उर्मिलाका कुराले नीलालाई पनि नरमाइलो लाग्यो ।

त्यसो त उनीहरूको त्यो नरमाइलो क्षणिक रह्यो । त्यसपछि उर्मिलाले चाहेकै कुरा भएको थियो अर्थात् पर्सिपल्टै बेलुकी सात बजे नीलाको ढोकाको कलबेल थिचिएको थियो । यो कलबेल थिच्ने अरू कोही नभएर आभास नै थियो । आभासले त्यस रातको निकै लामो समय नीलाका कोठामा बिताएको थियो । एउटी आइमाई र एउटा लोग्नेमानिस अनि उनीहरूको पीडा पनि साझा भएपछि उनीहरूको त्यो समय आपसी पीडा निवारणमै बितेको थियो । दुवैले एकअर्काको पीडानिवारणलाई प्राथमिकता दिए अथवा आपसी आनन्दको खोज गरे≤ त्यो उनीहरूले नै जान्ने विषय हो । तर एउटा कुराचाहि“ सत्य थियो त्यस रात छुट्टिने बेलामा दुवैलाई नछुट्टिएरै रात बिताउने इच्छा भएको थियो ।
त्यस रात आभास पनि सन्तुष्ट भएरै आÏनो घर ड्ढर्केको थियो । त्यसै गरी नीलाले पनि पुरुषबाट प्राप्त गर्न सकिने आनन्द यति धेरै हुनसक्छ र त्यस आनन्दले जीवनको गतिहीनतामा थप उर्जासमेत प्रदान गर्छ भन्ने कुरा पच्चीस वर्षे पुरुष समागमको इतिहासमा पहिलोपल्ट महसुस गरेकी थिई । धेरै लामो समयपछिको पुरुषसंसर्गकै अथवा अरू नै कुनै तइभ्वको समागम थियो त्यो रात † उसले ठम्याउन भने सकेकी थिइन । यद्यपि आÏना जीवनमा पुरुषसमागमबाट अपार आनन्द प्राप्त गरेको पहिलो अनुभव नीलाले गरेकी थिई ।

दर्पणस“ग पारपाचुके गरिसकेपछि एक्लो जीवन बिताउने क्रममा केही पूर्वपरिचित पुरुषहरू र केही नवपरिचित आÏनै सहकर्मीहरूले पनि नीलास“ग पटकपटक नजिकिने चाहना प्रत्यक्ष र परोक्षमा पनि नराखेका होइनन् । त्यस्ता पुरुषहरूमा अधिकांश विवाहित अधबैंसे थिए । ती अधबै“सेहरू आÏना स्वास्नीका अघि नीलास“ग बोल्न पनि रुचाउ“दैनथे, अझ नचिनेको झै“ अभिनय गर्न पनि पछि पर्दैनथे । स्वास्नीका आ“खाबाट ओझेल पर्नासाथ नीलाको बड्ढादार नोकर नै बनु“लाजस्तो गरेर उसका नजिक आउन खोज्थे । त्यस्ता हरेक लोग्नेमानिसहरूमा उसलाई दर्पणको झझल्को आउ“थ्यो । दर्पणले नीलाका आ“खा छल्नासाथ नीलाकै साथीहरू, नातेदार दिदीबहिनीहरू र घरमा काम गर्न राखिएका जातकुजातका नोकर्नीहरूलाई समेत ओछ्यानमा सुताएका चित्रहरू नीलाका आ“खामा सजीव भएर नाच्ने गर्थे । त्यसैले कामपिपासु भएर आपूmलाई ललाउनड्ढकाउन आउने पुरुषहरूस“ग नीला पग्लिनुको साटो घृणा र आक्रोशले तमतमाउने गर्थी ।
एउटी एक्लै बसेकी आइमाई पुरुषसंसर्गविना बा“च्नै सक्तिन भन्ने धारणामा अभिशप्त नीलाको यौवन भोग्न नपाएका तिनै पुरुषहरू मध्ये केही नीलाको मिथ्या बदनामीमा र कोहीचाहि“ नीलाको स्त्रीपनामा नै आशङ्का व्यक्त गरेर शङ्कास्पद चर्चापरिचर्चा गर्न गराउन पनि पछि पर्दैनथे ।

यसरी आÏनो यौवनको उन्मादलाई दर्पणका कुत्सित सम्झनाहरूमै समर्पण गरिसकेकी नीलाको दमित स्त्रीपनलाई आभासस“गको एकै पटकको संसर्गले जगाइदिएको थियो । हुन पनि त्यस रातपछिका धेरै रातहरू नीलाले आभासको अभावको छटपटीमै बिताएकी थिई भने कैयौ“ रात र दिन आभासबाट प्राप्त सुखको समुद्रमा पौडेर बिताएकी थिई ।
विगतलाई केही बेर थन्क्याएर नीला वर्तमानमा ड्ढर्केकी थिई । यस बेला कोठाभित्र बाहिरको उज्यालोले आÏनो साम्राज्य ड्ढैलाइसकेको थियो । मन नभए पनि नीला आÏना नित्यकर्म सम्पादन गर्न जुटेकी थिई । ऊ बाथरुममै भएको बेला ड्ढोनको घन्टी बजेको थियो । “मेरो नम्बर कसैलाई थाहा थिएन, सायद रङनम्बर होला †” नीलाले ड्ढोनको रिसिभर उठाउ“दै सम्झेकी थिई ।

“नीला † बधाई छ≤ घर किनेको पनि हामीलाई थाहा नदिने † तिमी त कपटी मान्छे हौ, आभासले पनि ड्ढोन नगरेको । पख न तिमीहरूलाई †” ड्ढोनमा उर्मिला चर्किरहेकी थिई ।
“तिमीलाई मेरो नम्बर कसले दियो †” नीलाले आÏनो कुतूहलता पोखी ।
“रामजी हिजो तिमीले दिएको तिम्रो चेक क्यास गर्न आएको थियो । उसैले भनेर थाहा पाए“ । तिमीहरू त्यत्रो ठूलो आभासको घर छोडेर किन त्यत्ति सानो Ïल्याटमा गएका होलाउ भनेर म त छक्क पनि परे“ । कतै हनिमुन मनाउने नया“ तरिका पो हो कि पनि भन्ठाने“ ।” नीलाको जानकारी लिनेभन्दा पनि उर्मिला छिल्लिने अवस्थामा पुगेकी थिई । “उर्मिला † सबै कुरा भेटेर भनु“ला, अहिले म बिजी छु, ड्ढोन राख्छु है †” नीलाले उसको प्रतिउत्तर नै नपर्खी ड्ढोन राखी ।

समयले मानिसलाई कति परिवर्तित गर्दो रहेछ । अस्तिसम्म यही उर्मिलाले गरेका ठट्टाले नीलाको तनमनमा काउकुती लगाउ“थ्यो । तर आज उसले गरेको ठट्टाले उसको तनमनमा आगो लागेजस्तो भएको थियो ।
हुन पनि एक वर्षसम्म आभासको प्राप्तिका लागि नीला तडपिएको कुरा उर्मिलालाई मात्रै राम्ररी थाहा थियो । आभास र नीलाबीच पुल बनेकी उर्मिलालाई आभास र नीलाबीच अब कहिल्यै नगा“सिने भ“गालो परिसकेको कुरा पनि बिचरा उर्मिलालाई के थाहा होस् र † त्यो बरी त आपूmले एउटा जोडी मिलाउन पाएको उमङ्गमा अझै पनि रमाइरहेकी थिई ।
नीलालाई चियाको तलतलले सतायो, तर कृष्णले अझै चियापत्ति ल्याइपु¥याएको थिएन । उसले भित्ते घडीमा आ“खा पु¥याई । भरखर साढे छ बज्दै रहेछ । उसले डाइनिङ कुर्सीमा बसेर हिजोको अखबार पढ्न खोजी । नीलाका आ“खा अखबारमा भए पनि उसको मन कसै गरे पनि अखबारमा अडिन सकेको थिएन । उसको मन आÏना भरखरैजसो बितेका दिनहरूका मानसचित्र पहिल्याउने धुनमा थियो ।
आभासले बिहे गर्ने त्यत्ति इच्छा गरेको थिएन तर नीलालाई भने बिहा नगरी यसरी दिन प्रतिदिन आभासस“ग गहिरि“दै गएको उनीहरूको सम्बन्धले अत्याउन लागेको थियो । समाजको अवैध परिभाषाले गर्दा उनीहरूबीचका सुखद क्षणलाई पनि सङ्क्रमित पार्न लागिसकेको अनुभूति नीलाले

गरेकी थिई । त्यसैले वैवाहिक बन्धनमा बा“धिने हतार पनि नीलाले नै गरेकी थिई । गु≈येश्वरीको मन्दिरमा गएर उनीहरूले एकअर्कालाई पूmलका माला लगाइदिएका थिए । आÏनो परम्परा थाम्ने नाउ“मा आभासले नीलाको सिउ“दो का“चो सि“दुरले रङ्गाइदिएको थियो र नीलाले पनि आÏनो निधार आभासका खुट्टामा राखेर आपूm उसप्रति समर्पित भएको प्रमाण पेस गरेकी थिई ।
ईश्वरबाहेक कसैलाई साक्षी नराखी उनीहरूले बिहे गरेका थिए । बिहेको अघिल्लो दिन आभासले नीलालाई उसको छोरो विवेक र छोरी अंशुस“ग परिचय गराउन उनीहरूको स्कुल पु¥याएको थियो । आÏनी छोरी स्मृतिकै हाराहारीका आभासका छोराछोरी देख्दा नीलालाई आÏनी छोरीको झझल्को लागेको थियो । त्यस बेला आभासले छोरास“ग खास केही भनेको थिएन । तर छोरीस“ग भने एकान्तमा निकै बेर कुरा गरेको थियो । त्यसपछि उनीहरू चारैजना एकै ठाउ“मा बसेर केहीबेर कुराकानी गरेका थिए । “अंशु † तिमीलाई पनि घरमा आउ“दा एक्लोपन हुनेछैन ।” आभासले आपूmलाई एकान्तको साथीको आवश्यकता पूरा गर्ने क्रममा नीलास“ग बिहा गर्न लागेको कुरा भन्दै पछिल्लो वाक्य बोलेको थियो । “पापा, हजुरको सुखका लागि जसो गरिसिन्छ मलाई राम्रो लाग्छ ।” यसो भन्दाभन्दै अंशुको गला भारी भएको नीलाले चाल पाएकी थिई । आभासका गालामा म्वाइ“ खाएर नीलालाई हात हल्लाउ“दै रुन्चे हा“सो हा“सेर अंशु बिदा भएकी थिई । अंशुका पछिपछिजस्तो विवेक पनि गएको थियो । त्यस बेला अंशुको हा“सोका पछाडि लुकेको पीडाले नीलालाई भने निकै बेरसम्म पछ्याइरह्यो ।
आभासस“ग घनिष्ठ भएको एक वर्ष एक महिनापछि नीला आभासकी जीवनस“गिनी भएर उसका घरमा पुगेकी थिई ।

डोरबेल बजेकाले नीलाका सम्झनाका तरङ्गहरू स्थगित हुन पुगे । “कृष्ण आयो होला †” नीलाले पूर्वानुमानसाथ ढोका खोलेकी थिई । नभन्दै कृष्ण आÏना दुवै हातमा झोला झुन्ड्याएर उभिएको रहेछ । ङिच्च हा“सेर अनुहारमा परिचित भाव ल्याउ“दै र आÏना सेता दा“त देखाउ“दै ऊ यथावत् उभिइरह्यो । उसको उपस्थिति अब नीलाका लागि पनि परिचित र औचित्यपूर्ण भएकाले नीलाले ढोका उघार्दै उसलाई आÏना मुस्कानले स्वागत गरेकी थिई । कृष्ण सामान बोकेर उसको पछिपछि भित्र कोठामा आएको थियो । कृष्ण नीलाको कोठालाई बडो चाख मानेर हेर्दै आÏना कलिला हातहरूले सामान बोकेर उभिई नै रहेको थियो । नीलाले सामान त्यही“ राख्ने आदेश दिएकी थिई र उसलाई बस्ने अनुमति पनि दिएकी थिई, तर पनि ऊ बसेन । उभिएरै आÏनो खल्तीबाट भरखरै ल्याइएका सामानको बिल नीलाका अघि तेस्र्याएको थियो । नीलाले पनि त्यही“ टेबुलमा भएको आÏनो हाते झोलाबाट पैसा झिकेर उसलाई दिई । पैसा गनेर खल्तीमा राख्दै ऊ डराएको भावमा मुस्कुराउन खोज्दै बिदा भएको थियो । त्यसपछि नीलाले पनि ढोका लगाएकी थिई ।
सामानबाट चियापत्ति र चिनी झिकेर पहिले नीलाले चिया बनाई । आÏनो नया“ घरको पहिलो कप चियाले उसलाई एक किसिमको अनौठो तृप्ति दियो । चियाको तलतल मेटि“दा नमेटि“दै ऊ आÏना तरङ्गका लहरहरूमा पुनः डुबुल्की लगाउन थाली ।

त्यसो त बिहे गरेर मात्रै नीला आभासका घरमा भित्रिएकी होइन । बिहे हुनुभन्दा एक वर्षअघि नै उनीहरूको तनमनले एकअर्काको आवश्यकता अनुभव गर्न थालेपछि आभासले लगत्तैजसो उसलाई त्यस घरमा पु¥याएको थियो ।
पहिलो दिन आभासको सुत्ने कोठामा पुगेको बेला सर्वप्रथम उसको बिछ्यौनाको गोडामुन्तिर टा“गिएको सेतो बिरालोको ठूलो ड्ढोटो देखेर नीला निकै अचम्मित भएकी थिई । हुन पनि बिरालाको यति ठूलो तस्बिर उसले आजसम्म कसैको सुत्ने कोठामा पनि देखेकी थिइन । बैठककोठामा भने मानिसहरूले बाघको वा मृगको छाला अथवा कुनै जीवजन्तु वा अरू कसैका पनि तस्बिर वा पेन्टिङहरू सजाएको नीलाले नदेखेकी होइन । तर सुत्ने कोठामा त्यत्ति ठूलो बिरालाको तस्बिर पहिलोपटक देख्दा नीलालाई हुनसम्मको अचम्म लागेको थियो । त्यसो त विवाहित जोडीका सुत्ने कोठामा उनीहरूका रमाइला तस्बिर अथवा कुनै प्रेमपरिणय झल्कने जीवन्त तस्बिर सजिएको पनि उसले नदेखेकी होइन । दर्पणकै घरमा पनि उनीहरूको सुत्ने कोठामा नीला र दर्पणको स्वयंवरका

बेला खिचेको तस्बिरलाई चा“दीको फ्रेममा हालेर उसले आड्ढैले नै सजाएकी पनि थिई । “बिरालो मेरो अत्यन्त प्यारो जीव हो । नीला म बिरालोलाई खूबै माया गर्छु≤ यो तस्बिर मैले बाल्यकालमा पालेको बिरालाको हो । मेरा बुबाले खिच्नुभएको हो यो तस्बिर । तिमीलाई कस्तो लाग्यो ?” नीलाले बिरालाको तस्बिरलाई निकै छक्क परेर हेरेको देखेपछि त्यस बेलाको नीलाको कौतूहल .मेटाउने प्रयास आभासले गरेको थियो । आभासका कुरा सुनेपछि बिरालाको मायाले हो अथवा उसका स्वर्गवासी बाबुले खिचेको तस्बिर भएकाले त्यो तस्बिर आभासले सुत्ने कोठामा टा“गेको हो ? नीलाले त्यस बेला बुझ्न सकेकी थिइन । त्यस दिन आभासको बिछ्यौनामा उनीहरू पहिलोपल्ट रमाउन खोजेका थिए । आभासको अनुभूति त ऊ के जानोस् तर त्यस दिन नीलाका अनुभूतिमा भने आपूm र आभासका बीच बिरालाको त्यो तस्बिर आएको थियो । तेस्रो अस्तित्वको उपस्थितिको आभासले कति कोसिस गर्दा पनि त्यस समयको सा“चो रमाइलो उसले प्राप्त गर्न सकेकी थिइन । त्यसैले आभासको सुत्ने कोठाबाट बाहिर निस्क“दा नीलाले त्यो बिरालाको तस्बिरलाई मनपराएर हेर्न सकिन ।
“म पै“तालीस वर्षको भए“ र अहिलेसम्म मैले सातओटा बिरालाहरू पालिसके“ । सबैभन्दा पहिले थिई नैनकला, त्यसपछि चुआ, हेन्द्री, वंशी, रूपेश, मनमती र सबैभन्दा पछिल्लोचाहि“ अनङ्ग हो । नीला तिमीलाई बिरालो कस्तो लाग्छ ?” बैठककोठामा बसेर चिया पिइरहेको बेलामा आभासले नीलालाई आÏना बिरालाहरूको छोटकरी इतिहास भन्ने क्रममा अप्रत्याशित रूपमा उसको बिरालो रुचि जान्न खोजेको थियो । अचानक आभासको प्रश्नले केहीबेर त नीला अकमक्क नै परेकी थिई । “यसबारे मेरो कुनै अनुभव छैन । हेर्दा त राम्रै हुन्छ, तर मैले नपालेको हुनाले जीवजन्तुका विषयमा म यसै केही भन्न सक्तिन“ ।” नीलाले तटस्थ भएर जवाड्ढ दिएकी थिई । “ए त्यस्तो मनै नपर्ने वा डराउने त केही छैन हैन ?” आभास आश्वस्त हुन खोजेको थियो । “डर त मलाई बाघस“ग पनि लाग्दैन, बिरालो जाबोस“ग के डराउनु †” नीलाले पनि आÏनो साहसको परिचय जोसिलो पाराले दिन खोजेकी थिई । “ए † बाघस“ग पनि नडराउने, अनि मस“ग नि †” आभासले गिज्याएको पाराले भन्दै नीलालाई अ“गालामा बा“धेको थियो । “तिमीस“ग पनि †” नीला निख्रि“दो बै“स पोखेर हा“सेकी थिई । “हो महारानी तिमीस“ग त मै डराउ“छु, हायलकायल पारिदि“दी रैछ्यौ †” नीलाका हात समातेर आÏनो बिहान मात्र खौरेको गालामा दल्दै आभासले भनेको थियो । आभासका कुराले नीलाका अनुहारमा पनि केही सरमका छिटाहरू देखापरेका थिए । दुवैले एकअर्काका आ“खामा हेराहेर गरिरहे र दुवै एकैचोटि खित्का छाडेर हा“सेका पनि थिए । हा“स्दाहा“स्दैको आभासका अनुहारमा अचानक पीडाका केही रेखाहरू पनि देखेर नीलालाई नरमाइलो लाग्न खोज्दै थियो । “एउटा कुरा सुन्छ्यौ नीला † रूपालाई बिरालो पटक्कै मन पर्दैनथ्यो । उसले मेरो अनङ्गलाई त विष पनि खुवाउने प्रयत्न गरेकी थिई । ऊ बिरालाको नामै सुन्न सक्तिनथी ।” अचानक आभासको स्वरमा भारीपन आउन लागेको जस्तो नीलालाई लाग्यो । तीन सीटे सोड्ढामा उनीहरू त्यस बेला बसेका थिए । कसोकसो नीलाको काखमा आÏनो टाउको राखेर आभास ढल्किसकेको थियो । “मैले रूपालाई धेरैचोटि भने“, म बिरालोलाई माया गर्छु । तिमीले मेरो प्यारो बिरालोलाई दुव्र्यवहार नगर । म आपूmलाई कसैले नराम्रो गरे पनि सहु“ला तर मेरो बिरालालाई नराम्रो गर्ने कसैको आशय पनि सहन सक्तिन“ । तर उसले कहिल्यै मेरो कुरै सुनिन≤ एउटा कानले सुनेजस्तो गरेर अर्को कानले उडाइदिन्थी । उसले एकनास मेरो बिरालाको खेदो गरिरही, तर मैले भने झन्झनै बिरालोलाई माया गरिरहे“ । अनङ्गभन्दा अघिकी मेरी बिराली मनमती पनि कालगतिले मरेकी हो जस्तो मलाई लाग्दैन । बेलुकी म सुत्ने बेलामा सद्दे भएकी बिराली बिहान म उठ्दा मरिराखेकी थिई । म कति रोए“ मनमती मर्दा, तर रूपाले पटक्कै शोक गरिन । त्यस बेला त मैले रूपामाथि शङ्का पनि गरिन“ तर अनङ्गलाई कीटनाशक औषधी मिसाएको मासु उसले खुवाएको थाहा पाएपछि भने मनमतीलाई पनि उसैले मारेकी हो जस्तो मलाई लागेको छ ।” निक्कै लामो सास ड्ढेरेर आभासले भनेको थियो ।
आभासका कुरा सुनेपछि त्यस बेला नीलालाई आभासप्रति हुनसम्मको सहानुभूति पलाएको थियो भने रूपाप्रति ऊ थाहै नपाई आक्रोशित हुन पुगेकी थिई । “रूपाले नै अनङ्गलाई विष खुवाएको तिमीले कसरी थाहा पायौ त ? अनि अनङ्ग म¥यो ?” नीलाले बिरालाको कथामा रुचि लिएर सोधेकी थिई । “अनङ्गले मासु चाट्नासाथ बान्ता गर्न खोजेको रहेछ । संयोगले त्यस बेला म अनङ्गलाई खोज्दै त्यहा“ आइपुगेको थिए“ । अनङ्गले मासु खान सकेन र स्वा“स्वा“ गर्न थाल्यो । म आत्तिएर हत्तपत्त अनङ्गलाई मोटरमा हालेर पशु डाक्टरकहा“ पुगे“ । नभन्दै डा. कायस्थले अनङ्गलाई बान्ता गराए । “यसले कीटनाशक विष खाएको छ ।” डा. कायस्थले भने । त्यसपछि डाक्टरले अनङ्गलाई एउटा सुई दिएपछि उनले लेखिदिएका औषधीहरू पनि किनी म घर ड्ढर्केको थिए“ । म घरमा पुग्दा अनङ्गको भा“डामा भएको मासु त्यहा“ थिएन । नोकरचाकरलाई सोध्दा “हामीलाई थाहा छैन” भने । रूपालाई सोध्दा उसले “मैले ड्ढालिदिए“” भनी । “किन ड्ढाल्यौ” भनेर मैले सोध्दा उसले कुनै जवाड्ढ दिइन । त्यसपछि मैले रूपालाई नै सोधेको थिए“— “आज अनङ्गलाई कसले मासु खान दिएको थियो ?” “मैले” रूपाले निकै कठोर आवाजमा जवाड्ढ दिएकी थिई । “अनि मासुमा विष पनि तिमीले मिसाएको हो ?” मैले रूपाका अनुहारमा आ“खा गाडेर हेर्दै सोधेको थिए“ । तर मेरो पछिल्लो प्रश्नको जवाड्ढ रूपाले दिइन । ऊ बोल्दै बोलिन ।
त्यसो त रूपा यो घर छोडेर गइसकेपछि पनि धेरैपछि मात्र रूपाका राखनधरन गर्ने बाकसमा मैले कीटनाशक औषधीको सिसी ड्ढेला पारेको थिए“ ।
आभासको स्वरमा निराशाको व्यापकता थियो । त्यस बेला नीलालाई आभासप्रति धूमधाम प्रेम उर्लेर आएको थियो र रूपाप्रति घनघोर वितृष्णा । “कस्ती हत्यारिणी आइमाई ?” नीलाले रूपाप्रतिको आÏनो मनको ड्ढोहोर मनमनै पोखेकी थिई । त्यस बेला बाहिर देखिने गरी भने नीलाको दाहिने हात आभासका छातीका रौ“ सुमसुम्याउन व्यस्त थियो । “अनङ्ग अहिले कहा“ छ त ?” नीलालाई आपूmले नदेखेको त्यो दयनीय जीव पनि हेरू“ हेरू“ लागेको थियो त्यस क्षण । “रूपाले घर छोडेर हि“डेको दुई वर्षपछि अनङ्ग पनि म¥यो । भोलि अनङ्ग मरेको दुई वर्ष पुग्छ ।” आभासको स्वर केही भक्कानिएको पनि थियो । नीलाले आभासले चाल नपाउने गरी उसका आ“खामा हेरी । उसका चिम्लिएका आ“खाका परेलाका डीलबाट आ“सुका थोपा खस्लान्खस्लान् जस्तो गरेर ड्ढेरि भित्रै ड्ढर्किएका थिए । त्यसपछि त्यस दिन उनीहरूबीच अरू केही कुराकानी भएन । त्यसपछिका दिनहरूमा पनि बिरालो या त्यससम्बन्धी कुनै कुरा भएको थिएन । यत्ति हो≤ आभासको सुत्ने कोठाको बिरालाको तस्बिर भने नीलाका लागि प्रिय हुनै सकेको थिएन । आभासको बिरालो प्रेमको कथा सुनिसकेपछि नीलाले आभासस“ग त्यो तस्बिर सुत्ने कोठाबाट बाहिर निकाल्ने प्रस्ताव राख्न सक्ने कुरा पनि थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *